प्रेरितहरूको काम 7:12
तर जब मिश्रमा अन्न पाईंदोरहेछ भनी याकूबले सुने तिनले पहिले हाम्रा पुर्खाहरूलाई त्यहाँ पठाए ।
तर जब मिश्रमा अन्न पाईंदोरहेछ भनी याकूबले सुने तिनले पहिले हाम्रा पुर्खाहरूलाई त्यहाँ पठाए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
9कुलपतिहरूले योसेफको विरुद्धमा डाह गरे र तिनलाई मिश्रमा बेचिदिए । तर परमेश्वर तिनीसित हुनुहुन्थ्यो ।
10र उहाँले तिनलाई सबै दुःखकष्टबाट छुटाउनुभयो र मिश्रका राजा फारोको सामने तिनलाई कृपा र बुद्धि दिनुभयो । तब फारोले तिनलाई मिश्र र तिनका सारा घरानाका शासक बनाए ।
11त्यस बेला सारा मिश्र र कनानभरि अनिकाल पर्यो र ठुलो सङ्कष्ट आइपर्यो । परिणाम स्वरूप हाम्रा पुर्खाहरूले कुनै खाना पाएनन् ।
13दोस्रो पटकको भेटघाटमा योसेफले आफूलाई आफ्ना दाजुहरूकहाँ प्रकट गरे, र योसेफको परिवारलाई फारोकहाँ परिचित गराइयो ।
14आफ्ना पिता याकूब र तिनका सबै नातेदारहरू अर्थात् पचहत्तर प्राणीलाई मिश्रमा आउनुहोस् भनी तिनले आफ्ना दाजुहरूमार्फत खबर पठाए ।
15त्यसैले याकूब मिश्रमा गए । त्यहाँ तिनको मृत्यु भयो र हाम्रा पुर्खाहरू पनि त्यहीँ नै मरे ।
1¶ अब मिश्रमा अनाज पाइँदोरहेछ भनी याकूबलाई थाहा भयो । तिनले आफ्ना छोराहरूलाई भने, “तिमीहरू किन एक-अर्कालाई हेर्छौ?”
2तिनले भने, “मिश्रमा अनाज छ भनी मैले सुनेको छु । हामी जीवित रहनको लागि तल गएर हाम्रो लागि अनाज किन ।”
3योसेफका दस जना दाजु मिश्रमा अनाज किन्नका लागि गए ।
1¶ देशमा अति भयानक अनिकाल परेको थियो ।
2तिनीहरूले मिश्रबाट ल्याएका अनाज खाइसकेपछि तिनीहरूका पिताले तिनीहरूलाई भने, “फेरि हाम्रो लागि अन्न किन्नलाई जाओ ।”
8जब याकूब मिश्रदेशमा गए, र तिमीहरूका पुर्खाहरूले परमप्रभुसँग पुकारा गरे तब परमप्रभुले मोशा र हारून पठाउनुभयो जसले तिमीहरूका पुर्खाहरूलाई मिश्रदैशबाट बाहिर ल्याए र तिनीहरू यस ठाउँमा बसोबास गरे ।
5किन्न आउनेहरूमध्ये इस्राएलका छोराहरू पनि थिए किनकि कनान देशमा पनि अनिकाल परेको थियो ।
25तिनीहरू मिश्रबाट यात्रा गरी कनान देशमा आफ्ना पिताकहाँ आए ।
15हाम्रा पुर्खाहरू मिश्रमा गए र मिश्रमा नै लामो समयसम्म बसेको तपाईंलाई थाहा छ । मिश्रीहरूले हामी र हाम्रा पुर्खाहरूलाई रुखो व्यवहार गरे ।
7तब योसेफले आफ्ना बुबा याकूबलाई पनि फारोकहाँ हाजिर गराए । याकूबले फारोलाई आशीर्वाद दिए ।
17परमेश्वरले अब्राहामसित प्रतिज्ञा गर्नुभएको समय नजिकिँदै गर्दा मानिसहरू मिश्रमा गुणात्मक रूपमा बढे ।
18त्यसपछि मिश्रमा अर्का राजाको उदय भयो जसले योसेफलाई चिन्दैनथ्ये ।
17उहाँले तिनीहरू अगिअगि एक जना मानिसलाई पठाउनुभयो । योसेफलाई कमाराको रूपमा बेचिएका थिए ।
5त्यसपछि फारोले योसेफलाई भने, “तिम्रा बुबा र तिम्रा दाजुभाइहरू तिमीकहाँ आएका छन् ।
5याकूबका जम्मा सन्तानको सङ्ख्या सत्तरी जना थियो । योसेफ पहिले नै मिश्रमा थिए ।
6तिनीहरूले आफ्ना गाईबस्तु र कनान देशमा जम्मा गरेका मालसामानहरूसँगै लगे । याकूब र तिनका जम्मै सन्तान मिश्रमा गए ।
1¶ तब भित्र गएर योसेफले फारोलाई भने, “मेरा बुबा र दाजुभाइहरू, उनका बगाल र बथानहरू र उनीहरूका सबै थोक लिएर कनानबाट आएका छन् । हेर्नुहोस्, अहिले उनीहरू गोशेन प्रदेशमा छन् ।”
17फारोले योसेफलाई भने, “तिम्रा दाजुहरूलाई यसो गर्न भन, 'आ-आफ्ना पशुहरू लदाएर कनान देशमा जाओ ।
28गोशेनमा तिनलाई भेट्न आइदेऊन् भनी याकूबले यहूदालाई योसेफकहाँ खबर दिन आफ्नो अगि पठाए ।
57सारा संसारमा भयानक अनिकाल परेकोले सबै देशका मानिसहरू योसेफबाट अनाज किन्न मिश्रमा आउँदै थिए ।
12योसेफले आफ्ना बुबा, दाजुभाइहरू र आफ्ना बुबाका परिवारका सबैलाई उनीहरूका आस्रित परिवारको सङ्ख्याअनुसार खानेकुरा उपलब्ध गराए ।
25हाम्रा पिताले भन्नुभयो, 'फेरि गएर हाम्रा लागि अनाज किन ।'
31योसेफले आफ्ना दाजुभाइहरू र आफ्ना बुबाका परिवारहरूलाई भने, “अब म गएर फारोलाई यसो भनेर खबर दिनेछु, ‘कनान देशका मेरा दाजुभाइहरू र मेरा बुबाका घरानाहरू मकहाँ आएका छन् ।
12उनका दाजुहरू आफ्ना बुबाका भेडाबाख्राहरूका बगाललाई चराउन शकेममा गएका थिए ।
55सारा मिश्र अनिकालले तडपिँदा जनताहरूले अनाजको लागि फारोलाई पुकारे । फारोले सबै मिश्रीहरूलाई भने, “योसेफकहाँ जाओ र तिनले भनेझैँ गर ।”