प्रेरितहरूको काम 7:53

अनलक शाब्दिक बाइबल

तपाईंहरूले स्वर्गदूतहरूद्वारा स्थापित व्यवस्था पाउनुभयो तर त्यसको पालना गर्नुभएन ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • गलाती 3:19 : 19 त्यसो भए व्यवस्था किन दिइयो त? ती प्रतिज्ञा गरिएकाहरूकहाँ अब्राहामका सन्तान नआउन्जेलसम्म अपराधको कारणले व्यवस्था थपियो । यो व्यवस्था एउटा मध्यस्तकर्ताको हातद्वारा स्वर्गदूतहरूमार्फत लागु गरिएको थियो ।
  • इब्रा 2:2 : 2 यदि स्वर्गदूतहरूद्वारा बोलिएको सन्देशको मान्यता भयो भने, र हरेक आज्ञा उल्लघङ्न गर्ने र अनाज्ञाकारीहरूले ठिक सजाय पाउँछन् भने र
  • व्यव 33:2 : 2 तिनले भनेः “परमप्रभु सीनैबाट आउनुभयो, र तिनीहरूमाथि सेइरबाट उदय हुनुभयो । उहाँ पारान पर्वतबाट चम्कनुभयो, र उहाँ दसौँ हजार पवित्र जनसित आउनुभयो । उहाँको दाहिने हातमा बिजुलीको प्रकाश थियो ।
  • यूह 7:19 : 19 के मोशाले तिमीहरूलाई व्यवस्था दिएनन् र? तैपनि तिमीहरू कसैले व्यवस्था पालन गर्दैनौ । तिमीहरू मलाई किन मार्न चाहन्छौ?”
  • प्रेरि 7:38 : 38 यी तिनै मानिस हुन् जो उजाड-स्थानमा भएको समुदायसित स्वर्गदूतसँगै थिए जो सीनै पर्वतमा तिनीसित बोलेका थिए । यी तिनै मानिस थिए जो हाम्रा पुर्खाहरूसित थिए; यी तिनै मानिस थिए जसले हामीलाई दिन जीवित वचनहरू प्राप्‍त गरे ।
  • गलाती 6:13 : 13 किनकि खतना भएकाहरूले नै व्यवस्थाको पालन गरेका हुँदैनन् । बरु, तिमीहरूका शरीरका विषयमा घमण्ड गर्न सकून् भनेर तिमीहरूको खतना भएको तिनीहरू चाहन्छन् ।
  • निर्ग 19:1-9 : 1 ¶ इस्राएलका मानिसहरू मिश्र देशबाट निस्केको तिन महिना बितेपछि ठिक त्यही दिनमा तिनीहरू सीनैको उजाड-स्थानमा आइपुगे । 2 तिनीहरू रपीदीमबाट सीनैको उजाड-स्थानमा आइपुगेपछि तिनीहरूले पर्वतको सामुन्‍ने उजाड-स्थानमा छाउनी हाले । 3 मोशा परमेश्‍वरकहाँ माथि उक्लेर गए । परमप्रभुले पर्वतबाट तिनलाई भन्‍नुभयो, “तैँले याकूबको घराना अर्थात् इस्राएलका मानिसहरूलाई यसो भन्‍नूः 4 मैले मिश्रीहरूलाई के गरेँ, र मैले कसरी तिमीहरूलाई गरुडको पखेटामा बोकेर मकहाँ ल्याएँ भनी तिमीहरूले देखेका छौ । 5 अब तिमीहरूले आज्ञाकारितापूर्वक मेरो कुरा सुन्यौ र मेरो करार पालन गर्‍यौ भने सबै जातिमध्ये तिमीहरूचाहिँ मेरो विशेष सम्पत्ति हुनेछौ किनकि सबै पृथ्वी मेरै हुन् । 6 तिमीहरू मेरा लागि पुजारीहरूका राज्य र पवित्र जाति हुनेछौ । तैँले यी वचनहरू इस्राएलका मानिसहरूलाई बताउनू ।” 7 मोशा ओर्लेर आई मानिसहरूका धर्म-गुरुहरूलाई बोलाउन पठाए । परमप्रभुले तिनलाई भन्‍नुभएका सबै वचन तिनले तिनीहरूका सामु राखे । 8 सबै मानिसले सँगसँगै जवाफ दिए, “परमप्रभुले भन्‍नुभएका सबै कुरा हामी गर्नेछौँ ।” तब मानिसहरूका वचन परमप्रभुलाई भन्‍न मोशा आए । 9 परमप्रभुले मोशालाई भन्‍नुभयो, “म तँसित बोल्दा तँलाई मानिसहरूले सदाको लागि विश्‍वास गरून् भन्‍ने हेतुले म बाक्लो बादलमा तँकहाँ आउनेछु” । तब मोशाले मानिसहरूका वचन परमप्रभुलाई बताए । 10 परमप्रभुले मोशालाई भन्‍नुभयो, “मानिसहरूकहाँ जा । आज र भोलि तैँले तिनीहरूलाई मेरो लागि अलग गर् र तिनीहरूका आ-आफ्ना लुगाहरू धुन लगा । 11 तेस्रो दिनमा तयार भएर बस् किनकि तेस्रो दिनमा परमप्रभु सीनै पर्वतमा ओर्लिआउनुहुनेछ । 12 तैँले मानिसहरूका लागि पर्वतको वरिपरि सिमाना लगाउनू । तिनीहरूलाई भन्‍नू, 'तिमीहरू पर्वतमा उक्लेर नजाओ वा यसको सिमानालाई नछोओ । जसले पर्वतलाई छुन्छ त्यो निश्‍चय नै मारिनेछ ।' 13 यस्तो व्यक्तिलाई कसैको हातले छुनुहुँदैन । बरु, उसलाई निश्‍चय नै ढुङ्गाले वा काँडले हानेर मारिनुपर्छ । चाहे त्यो मानिस होस् वा पशु त्यसलाई मारिनैपर्छ । जब तुरही लामो समयसम्म बज्छ तिनीहरू पर्वतको फेदीमा आउनुपर्छ ।” 14 तब मोशा पर्वतबाट झरेर मानिसहरूकहाँ गए । तिनले मानिसहरूलाई परमप्रभुको निम्ति अलग गरे र तिनीहरूले आ-आफ्ना लुगाहरू धोए । 15 तिनले मानिसहरूलाई भने, “तेस्रो दिनमा तयार होओ । सहवास नगर ।” 16 तेस्रो दिनमा जब बिहान भयो गर्जन सुनियो र बिजुली चम्क्यो अनि पर्वतमा एउटा बाक्लो बादल देखा पर्‍यो र तुरहीको ठुलो आवाज आयो । छाउनीमा भएका सबै मानिस थरथर काँपे । 17 परमेश्‍वरलाई भेट्न मोशाले मानिसहरूलाई छाउनी बाहिर ल्याए, र तिनीहरू पर्वतको फेदीमा खडा भए । 18 सीनै पर्वत पुरै धुवाँले भरिएको थियो किनकि परमप्रभु आगो र धुवाँमा यसमा ओर्लनुभएको थियो । भट्टीको धुवाँजस्तै गरी धुवाँ माथि गयो, र पुरै पर्वत बेस्सरी हल्लियो । 19 जब तुरहीको आवाज झनझन चर्को हुँदै गयो मोशा बोल्न लागे र परमप्रभुले तिनलाई सुन्‍ने गरी जवाफ दिनुभयो । 20 परमप्रभु सीनै पर्वतको टुप्पोमा ओर्लनुभयो, र उहाँले मोशालाई टुप्पोमा बोलाउनुभयो । त्यसैले मोशा माथि उक्ले ।
  • रोमी 2:23-25 : 23 तिमी जो परमेश्‍वरको व्‍यवस्‍थामा गर्वका साथ रमाउँछौ, के तिमीले व्‍यवस्‍था उल्‍लङ्घन गरेर परमेश्‍वरको अपमान गर्छौ? 24 किनकि जसो लेखिएको छ, “तिमीहरूले गर्दा गैरयहूदीहरूका माझमा परमेश्‍वरको नाउँको अनादर भएको छ ।” 25 यदि तिमीहरूले व्‍यवस्‍था पालन गर्छौ भने वास्‍तवमा खतनाले तिमीहरूलाई लाभ दिन्‍छ, तर यदि तिमीहरू व्‍यवस्‍था भङ्‌ग गर्नेहरू हौ भने, तिमीहरूको खतना बेखतना हुन्‍छ ।
  • भजन 68:17 : 17 परमेश्‍वरका रथहरू बीसौं हजार, हजारौं हजार छन् । परमप्रभु सीनैमा जस्तै पवित्र स्थानमा तिनीहरूमा माझमा हुनुहुन्छ ।
  • यहे 20:18-21 : 18 उजाड-स्‍थान मैले तिनीहरूका छोराछोरीलाई भनें, “तिमीहरूका पुर्खाहरूका विधिहरूमा नहिंड न त तिनीहरूका नियमहरू पालन गर, न त तिनीहरूका मूर्तिहरूले आफूलाई बिटुलो पार्ने काम गर । 19 म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, मेरा विधिहरूमा हिंड, र मेरा नियमहरू मान र पालन गर । 20 मेरा शबाथहरूलाई पवित्र राख, ताकि मेरो र तिमीहरूका बिचमा ती एउटा चिन्‍ह हुनेछन्, ताकि म नै परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ भनी तिमीहरूले जान्‍नेछौ ।” 21 तर तिनीहरूका छोराछोरीले मेरो विरुद्धमा विद्रोह गरे । तिनीहरू मेरा उर्दीहरूमा हिंडेनन्, न त मेरा व्‍यवस्‍थाहरू पालन गरे । मानिसले ती पालन गर्‍यो भने त्‍यसद्वारा ऊ बाँच्‍नेछ । तिनीहरूले मेरा शबाथहरूलाई बिटुलो पारे, यसैले मेरो क्रोध शान्त पार्न मैले उजाड-स्‍थान आफ्‍नो रिस तिनीहरूका विरुद्धमा खन्‍याउने निश्‍चय गरें ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 76%

    51हे हठी मानिसहरू हो, हृदय र कानको खतना नभएकाहरू, तपाईंहरू सधैँ पवित्र आत्माको विरोध गर्नुहुन्छ । तपाईंहरूका पुर्खाले जस्तो गरे तपाईंहरू पनि त्यस्तै गर्नुहुन्छ ।

    52तपाईंहरूका पुर्खाले कुनचाहिँ अगमवक्‍तालाई सताएनन्? तिनीहरूले अगमवक्‍ताहरूलाई मारे जो धर्मी जनको आगमनअगि देखा परेका थिए । अहिले आएर तपाईंहरूले उहाँका विश्‍वासघाती र उहाँका हत्यारा बन्‍नु भएको छ ।

  • इब्रा 2:2-3
    2 पदहरू
    74%

    2यदि स्वर्गदूतहरूद्वारा बोलिएको सन्देशको मान्यता भयो भने, र हरेक आज्ञा उल्लघङ्न गर्ने र अनाज्ञाकारीहरूले ठिक सजाय पाउँछन् भने र

    3हामीले यति ठुलो मुक्‍तिको बेवास्‍ता गर्‍यौँ भने, तब हामी कसरी उम्कन सक्छौँ र? यो मुक्‍ति जुन पहिलो पल्ट प्रभुद्वारा नै घोषणा गरिएको थियो र जसले यो सुने हाम्रा निम्ति त्यो पक्‍का गरियो ।

  • 54जब परिषद्का सदस्यहरूले यी कुराहरू सुने तिनीहरू स्तिफनसको विरुद्धमा क्रूद्ध बने र तिनीहरूले दाह्रा किटे ।

  • 12यो अगमवक्तालाई प्रकट गरिएको थियो जुन तिनीहरूले यी कुराहरूको सेवा गरिरहेका थिए, तिनीहरू आफ्नै लागि होइन तर तिमीहरूका लागि । यी कुरा स्वर्गबाट पठाइनुभएका पवित्र आत्माबाट तिमीहरूलाई प्रचार भएको सुसमाचार ल्याउनेहरूद्वारा तिमीहरूलाई सुनाइएको छ । यी कुराहरू प्रकट होऊन् भनेर स्वर्गदूतहरू पनि इच्छा गर्छन् ।

  • 6आफ्नो अधिकारको प्रतिष्‍ठालाई कायम नगरेका तर आफ्नो उचित बासस्थानलाई त्यागेका स्वर्गदूतहरूलाई परमेश्‍वरले अनन्तका साङ्लाहरूमा त्यस महान् दिनमा इन्साफको निम्ति पूर्ण अन्धकारमा राख्‍नुभएको छ ।

  • 19त्यसो भए व्यवस्था किन दिइयो त? ती प्रतिज्ञा गरिएकाहरूकहाँ अब्राहामका सन्तान नआउन्जेलसम्म अपराधको कारणले व्यवस्था थपियो । यो व्यवस्था एउटा मध्यस्तकर्ताको हातद्वारा स्वर्गदूतहरूमार्फत लागु गरिएको थियो ।

  • 19के मोशाले तिमीहरूलाई व्यवस्था दिएनन् र? तैपनि तिमीहरू कसैले व्यवस्था पालन गर्दैनौ । तिमीहरू मलाई किन मार्न चाहन्छौ?”

  • 49तर यो भिडले व्यवस्था जान्दैन, तिनीहरू श्रापितहरू हुन् ।”

  • 68%

    38यी तिनै मानिस हुन् जो उजाड-स्थानमा भएको समुदायसित स्वर्गदूतसँगै थिए जो सीनै पर्वतमा तिनीसित बोलेका थिए । यी तिनै मानिस थिए जो हाम्रा पुर्खाहरूसित थिए; यी तिनै मानिस थिए जसले हामीलाई दिन जीवित वचनहरू प्राप्‍त गरे ।

    39यी तिनै मानिस थिए जसप्रति हाम्रा पुर्खाहरू आज्ञाकारी बनेनन्; तिनीहरूले तिनलाई पन्छाए र तिनीहरू आफ्ना हृदयमा मिश्रमा फर्कने चाहना गरे ।

  • 52यहूदी व्यवस्थाका शिक्षकहरू तिमीहरूलाई धिक्‍कार छ, किनभने तिमीहरूले बुद्धिको साँचोलाई तिमीहरूबाट टाढा लग्यौ । तिमीहरू आफैँ यो परिस्थिति भएर गएनौ र तिमीहरू तिनीहरूबाट लुक्यौ ।

  • मल 2:8-9
    2 पदहरू
    67%

    8तर तिमीहरू साँचो मार्गबाट टाढा गएका छौ । तिमीहरूका शिक्षाले धेरैलाई ठेस लागेको छ । तिमीहरूले लेवीको करारलाई तोडेका छौ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।

    9“यसैले मैले पनि तिमीहरूलाई सारा मानिसहरूका अगाडि तुच्छ र निंदनीय बनाएको छु, किनभने तिमीहरू मेरा मार्गमा हिँडेका छैनौ, तर शिक्षा दिइएका कुराहरूमा पक्षपात गरेका छौ ।”

  • 27यदि स्वाभाविक रूपले खतना नभएकाले व्यवस्था पुरा गर्छ भने के त्यसले तिमीलाई दोषी ठहराउँदैन र? तिमीहरूसँग लिखित धर्मशास्‍त्र र खतना भएको भए तापनि तिमीहरूले व्यवस्था उल्‍लङ्घन गर्ने भएकाले यसो भएको हो ।

  • रोमी 2:12-14
    3 पदहरू
    67%

    12किनकि जतिले व्यवस्थाविना पाप गरेका छन्, तिनीहरू व्यवस्थाविना नै नष्‍ट हुनेछन् र जतिले व्यवस्थाप्रति पाप गरेका छन्, तिनीहरू व्यवस्थाद्वारा नै न्याय गरिनेछन् ।

    13किनकि परमेश्‍वरको सामु धर्मी ठहरिनेहरू व्यवस्था सुन्‍नेहरू होइनन्, तर व्यवस्था पालन गर्नेहरू नै धर्मी ठहरिनेछन् ।

    14किनकि गैरयहूदीहरू जससँग व्यवस्था छैन, तिनीहरूले स्वभावद्वारा नै व्यवस्थाका कुराहरू गर्छन् । तिनीहरू आफ्ना निम्ति आफैँ नै व्यवस्था हुन्, यद्यपि तिनीहरूसँग व्यवस्था छैन ।

  • 13तिमीहरूले परमेश्‍वरको आज्ञालाई चल्दै आएको आफ्नो परम्पराले व्यर्थ तुल्याएका छौ । र तिमीहरू त्यस्तै धेरै काम गर्छौ ।”

  • 10तिनीहरूले परमेश्‍वरसँगको करार पालन गरेनन् र तिनीहरूले उहाँको व्यवस्था पालन गर्न इन्कार गरे ।

  • 30तर फरिसीहरू र यहूदीहरूका व्यवस्थाका पण्डितहरू, जसले उनीबाट बप्‍तिस्‍मा लिएका थिएनन्, तिनीहरू आफैँले आफ्ना निम्ति परमेश्‍वरको बुद्धिलाई इन्कार गरे ।

  • 13किनकि खतना भएकाहरूले नै व्यवस्थाको पालन गरेका हुँदैनन् । बरु, तिमीहरूका शरीरका विषयमा घमण्ड गर्न सकून् भनेर तिमीहरूको खतना भएको तिनीहरू चाहन्छन् ।

  • 31तर इस्राएलीहरू, जो व्यवस्थाको धार्मिकताको पछि लागे, तिनीहरू यसमा आइपुगेनन् ।

  • 11स्वर्गदूतहरूसँग मानिसहरूसित भन्दा धेरै शक्‍ति र दक्षता छ, तर उनीहरूले प्रभुको अगाडि तिनीहरूको विरुद्धमा निन्दापूर्ण न्याय ल्याउँदैनन् ।

  • 26तब तिनीहरू अनाज्ञाकारी बने, र तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गरे । तिनीहरूले तपाईंको व्यवस्थालाई पिठिउँ फर्काए । तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे जसले तिनीहरूलाई तपाईंकहाँ फर्कन चेताउनी दिएका थिए । तिनीहरूले ठुलो ईश्‍वर-निन्दा गरे ।

  • 4किनकि परमेश्‍वरले पाप गर्ने स्वर्गदूतहरूलाई त छोड्नुभएन । बरु, तिनीहरूलाई तल पातालमा सुम्पिदिनुभयो र इन्साफ नहुन्जेलसम्म साङ्लाले बाँधेर घोर अन्धकारमा राखिदिनुभयो ।

  • 5हामीले कुरा गरिराखेको आउँदो संसारलाई परमेश्‍वरले स्वर्गदूतहरूको अधीनमा राख्‍नुभएन ।

  • 12व्यवस्था वा सेनाहरूका परमप्रभुको वचन नसुन्‍नको निम्ति तिनीहरूले आफ्ना हृदयलाई चट्टानझैँ कडा बनाए । पहिलेका समयमा, उहाँले यी सन्देशहरू आफ्ना मानिसहरूकहाँ आफ्नो आत्माद्वारा, अगमवक्ताहरूका ओठद्वारा पठाउनुभयो । तर ती मानिसहरूले सुन्‍न इन्कार गरे, यसैकारण सेनाहरूका परमप्रभु तिनीहरूसँग धेरै रिसाउनुभयो ।

  • 8मेरा पवित्र कुराहरूका बारेमा तिमीहरूले आफ्ना कर्तव्य पुरा गरेका छैनौ, तर तिमीहरूले आफ्ना कर्तव्यहरू पुरा गर्न अरू नियुक्त गर्‍यौ र तिमीहरूले तिनीहरूलाई नै मेरो पवित्र स्थानको रेखदेख गर्न लगायौ ।

  • मर 7:8-9
    2 पदहरू
    66%

    8तिमीहरू परमेश्‍वरको आज्ञालाई त्याग्दछौ र मानिसहरूको परम्परालाई पक्री राख्छौ ।”

    9अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू परमेश्‍वरको आज्ञालाई सहजै इन्कार गर्दछौ, कि तिमीहरूले आफ्नो परम्परा पालन गर्न सक!

  • इब्रा 7:5-6
    2 पदहरू
    66%

    5एकातिर, लेवीका छोराहरू जसले पुजारी पदलाई प्राप्‍त गरेका छन्, तिनीहरूलाई मानिसहरू अर्थात् आफ्नै भाइहरूबाट दशांश लिने आज्ञा व्यवस्थाले दिएको छ, यद्यपि तिनीहरू पनि अब्राहामकै सन्तानबाट आएका हुन् ।

    6तर अर्कोतिर, मल्कीसेदेक जसका वंशावली तिनीहरूबाटका थिएनन्, जसले अब्राहामबाट सबै दशांश प्राप्‍त गरे, र तिनले जसलाई प्रतिज्ञाहरू गरिएको थियो उनलाई आशिष्‌‌ दिए ।

  • 29तिनीहरू तपाईंको व्यवस्थामा फर्कून् भनेर तपाईंले तिनीहरूलाई चेताउनी दिनुभयो । तरै पनि तिनीहरू हठी भए, र तपाईंका आज्ञाहरू सुनेनन् । आज्ञा पालन गर्ने जोसुकैलाई जीवन दिने तपाईंका आज्ञाहरूको विरुद्धमा तिनीहरूले पाप गरे । तिनीहरू हठी बने र अटेरी बने अनि सुन्‍न इन्का गरे ।

  • 6उसले मन्दिरलाई अशुद्ध पार्न पनि प्रयास गर्‍यो, त्यसैले उसलाई हामीले पक्र्यौँ ।

  • 28मोशाको व्यवस्थालाई उल्लङ्घन गर्ने जो कोही पनि दुई वा तिन जना साक्षीको गवाहीमा दयाविना नै मर्दछ ।

  • 34हाम्रा राजाहरू, हाम्रा राजकुमारहरू, हाम्रा पुजारीहरू र हाम्रा पिता-पुर्खाहरूले तपाईंको व्यवस्था पालन गरेका छैनन्, न त तपाईंका आज्ञाहरू वा तपाईंले तिनीहरूलाई चेताउनी दिनुभएका तपाईंका करारका आदेशहरूलाई ध्यान दिएका छन् ।

  • 15जसले प्रभु येशू र अगमवक्‍ताहरूलाई मारे र हामीलाई पनि धपाए, जसले परमेश्‍वरलाई खुसी पार्दैनन, तर सबै मानिसहरूप्रति शत्रुता राख्छन् ।

  • 38तिमीहरूमा उहाँको वचन रहेको छैन, किनकि उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्‍वास गरिरहेका छैनौ ।

  • 7त्यसो भए, हामी के भनौँ त? के व्यवस्था आफैँ पाप हो? यस्तो कहिल्यै नहोस् । तथापि यदि व्यवस्था नभएको भए मैले कहिल्यै पाप जान्‍ने थिइनँ । किनकि यदि व्यवस्थाले, “तैँले लोभ नगर्” नभनेसम्म मैले लोभ के हो भनी कहिल्यै जान्‍ने थिइनँ ।

  • 23तिमी जो परमेश्‍वरको व्‍यवस्‍थामा गर्वका साथ रमाउँछौ, के तिमीले व्‍यवस्‍था उल्‍लङ्घन गरेर परमेश्‍वरको अपमान गर्छौ?

  • 7स्वर्गदूतहरूका विषयमा उहाँ यसो भन्‍नुहुन्छ, “उहाँ जसले आफ्ना दासहरूलाई आगोको ज्वाला र उहाँका स्वर्गदूतहरूलाई आत्माहरू बनाउनुहुन्छ ।”

  • 10व्यवस्था अनुसारका कामहरूमा भर पर्नेहरू श्रापित हुन्छन् । किनकि यसरी लेखिएको छ “व्यवस्थामा लेखिएका सबै कुराहरू पालन नगर्ने सबै श्रापित हुन्छन् ।”

  • 40यसैकारण होसियार हुनुहोस्, अगमवक्‍ताले बोलेको यो कुरा तपाईंहरूमाथि आइनपरोस्:

  • 47तिमीहरूलाई धिक्‍कार, किनभने तिमीहरूले अगमवक्‍ताहरूको चिहानको स्मरणको लागि निर्माण गर्‍यौ, तर तिनीहरूलाई मार्ने तिमीहरूकै पुर्खाहरू हुन् ।

  • 24हामीले त्यस्तो गर्ने आज्ञा नगरेका केही मानिसहरू हाम्रो बिचबाट तपाईंहरूकहाँ आएर तपाईंहरूको आत्मालाई दु:खित पार्ने खालका शिक्षाहरू दिएर तपाईंहरूलाई दुःख दिइरहेका छन् ।

  • 12व्यवस्था विश्‍वासबाट आएको होइन, तर त्यसको सट्टामा, “जसले व्यवस्थामा भएका कुराहरू गर्दछ त्यो व्यवस्थाअनुसार नै जिउनेछ ।”

  • 8तर हामीले तिमीहरूका माझमा जुन सुसमाचार घोषणा गर्‍यौँ, त्योभन्दा बाहेक अरू कुनै सन्देशलाई यदि हामी वा स्वर्गबाट आएका स्वर्गदूतले नै प्रचार गरे तापनि त्यो श्रापित होस् ।