दानिएल 11:33
मानिसहरूमध्ये बुद्धिमान्ले धेरै जनालाई बुझाउनेछ । तर तरवार र आगोले तिनीहरू ढल्नेछन् । तिनीहरू कैदमा जानेछन् र धेरै दिनसम्म लुटिनेछन् ।
मानिसहरूमध्ये बुद्धिमान्ले धेरै जनालाई बुझाउनेछ । तर तरवार र आगोले तिनीहरू ढल्नेछन् । तिनीहरू कैदमा जानेछन् र धेरै दिनसम्म लुटिनेछन् ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
34तिनीहरू ढलेका अवस्थामा, तिनीहरूलाई थोरै सहायता मिल्नेछ । कपट गरेर धेरै जनाले तिनीहरूसँग मिलाप गर्नेछन् ।
35बुद्धिमान्मध्ये कोही-कोहीले ठेस खानेछन्, जसले गर्दा तिनीहरू अन्तको समयसम्म खारिनेछन्, शुद्ध पारिनेछन्, र दागरहित हुनेछन् । किनभने तोकिएको समय आउन अझै बाँकी हुन्छ ।
31उसको सैन्य-बल उठ्नेछ र पवित्र-स्थानका किल्लाहरूलाई अशुद्ध पार्नेछ । तिनीहरूले दैनिक होमबलि हटाउनेछन्, र तिनीहरूले घृणित थोक स्थापना गर्नेछन् जसले विनाश ल्याउनेछ ।
32अनि करारको विरुद्धमा दुष्टतापूर्ण काम गर्नेहरूलाई उसले तिनलाई धोका दिनेछ र तिनलाई भ्रष्ट पार्नेछ । तर आफ्ना परमेश्वरलाई चिन्ने मानिसहरू बलियै हुनेछन् र सोअनुसार काम गर्नेछन् ।
10धेरै जना शुद्ध पारिनेछन्, दागरहित बनाइनेछन्, र खारिनेछन्, तर दुष्टहरूले दुष्ट काम गर्नेछन् । दुष्टहरूमध्ये कसैले पनि बुझ्नेछैन, तर बुद्धिमान्हरूले बुझ्नेछन् ।
26तिनको मिठा भोजन खानेहरूले समेत तिनलाई नाश गर्न खोज्नेछन् । बाढीले झैं तिनका सेना बगाइनेछ, र तीमध्ये धेरै जना मारिनेछन् ।
3बुद्धिमान् मानिसहरू माथि आकाशको उज्यालोझैं चम्कनेछन्, र धेरैलाई धार्मिकतामा डोर्याउनेहरू सदाको निम्ति ताराहरूझैं हुनेछन् ।
4तर तिमी दानिएल, यी वचनलाई बन्द गर । अन्तको समयसम्म त्यो पुस्तकलाई मोहर लगाई राख । धेरै जना यता-उता दौडनेछन्, र ज्ञान बढ्नेछ ।”
15भेट्टाइएका हरेक व्यक्तिलाई मारिनेछ र कब्जा गरिएका हरेक व्यक्ति तरवारले मर्नेछ ।
16तिनीहरू दूधे बालकहरूलाई पनि तिनीहरूकै आँखाको सामु पछारेर टुक्रा-टुक्रा पारिनेछ । तिनीहरूका घरहरू लुटिनेछ र तिनीहरूका पत्नीहरूलाई बलत्कार गरिनेछ ।
14ती समयमा धेरै जना दक्षिणको राजाको विरुद्धमा खडा हुनेछन् । दर्शन पुरा गर्नलाई तिम्रा मानिसहरूका बिचमा भएका हिंसात्मक छोराहरूले आफैंलाई तयार पार्नेछन्, तर तिनीहरू ठेस खानेछन् ।
15धेरै जना मानिस यसमा ठेस खानेछन् र लड्नेछन् र चकनाचूर हुनेछन्, र जाल फस्नेछन् र समातिनेछन् ।
9यसरी जातिहरूका बिचमा, तैंले नजानेका देशहरूका बिचमा जब म तेरो सर्वनाश ल्याउनेछु, तब तँलाई थाहा नभएका देशहरूका धेरै जना मानिसका हृदयलाई म भयभीत पार्नेछु ।
10तेरो विषयमा म धेरै जना मानिसलाई अचम्मित पार्नेछु । मैले तिनीहरूका अगि आफ्नो तरवार चलाउँदा, तेरो विषयमा तिनीहरूका राजाहरू डरले काँप्नेछन् । तेरो सर्वनाशको दिनमा, तेरो कारणले प्रत्येक व्यक्ति हर घडी काँप्नेछ ।
11किनकि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः बेबिलोनको राजाको तरवार तेरो विरुद्धमा आउनेछ ।
25तेरा मानिसहरू तरवारले मारिनेछन् र तेरा बलिया मानिसहरू युद्धमा ढल्नेछन् ।
7विदेशीहरू, अरू जातिका डरलाग्दा मानिसहरूलाई म तेरो विरुद्धमा ल्याउनेछु । तिनीहरूले आफ्ना तरवार तेरो बुद्धिको सौन्दर्यको विरुद्धमा थुत्नेछन्, र तेरो गौरवलाई अपवित्र पार्नेछन् ।
23जातिहरूले यो जान्नेछन्, कि इस्राएलको घरानाले आफ्ना अपराधले मलाई धोका दिएका हुनाले तिनीहरू कैदमा गए । यसैले मैले तिनीहरूबाट आफ्नो मुहारलाई लुकाएँ र तिनीहरूका शत्रुहरूका हातमा तिनीहरूलाई दिएँ, ताकि तिनीहरू सबै तरवारले मारिए ।
12यद्यपि, तिनीहरू सुन्दैनन् भने, तिनीहरू तरवारले नष्ट पारिनेछन् । तिनीहरूसँग ज्ञान नभएको हुनाले तिनीहरू मर्नेछन् ।
40तब तिनीहरूले तेरो विरुद्धमा एउटा भीड ल्याउनेछन्, र तँलई ढुङ्गाले हान्नेछन्, र तिनीहरूले तँलाई आफ्ना तरवारहरूले टुक्रै-टुक्रा पार्नेछन् ।
9त्यसकाणले हाम्रा पुर्खाहरू तरवारले मारिएका छन्, र हाम्रा छोराहरू, हाम्री छोरीहरू र हाम्री पत्नीहरू यसैले कैदमा छन् ।
39सबैभन्दा बलिया किल्लाहरूलाई उसले पराई देवको सहायताले आक्रमण गर्नेछ । उसका कुरा मान्ने हरेकलाई उसले धेरै सम्मान दिनेछ । उसले तिनीहरूलाई धेरै मानिसहरूका शासकहरू बनाउनेछ, र त्यो देशलाई उसले इनामको रूपमा विभाजन गर्नेछ ।
16उहाँले ठक्कर खानेहरूको सङ्ख्या बढाउनुहुन्छ । हरेक सिपाही अर्कोमा ढल्नेछ । तिनीहरू भन्दैछन्, 'खडा होऊ । हामी घर जाऔं । हाम्रा आफ्नै मानिसहरूकहाँ, हाम्रो आफ्नै मातृभूमिमा जाऔं । हामीलाई प्रहार गर्ने यो तरवारलाई हामी छोडौं ।'
10तरवार चलाउनेहरूका हातहरूमा तिनीहरूलाई दिइनेछ, र तिनीहरू स्यालहरूका आहारा हुनेछन् ।
33यसैकारण यी सबै कुरा हुँदा – हेर, त्यो हुन आउनेछ – तब तिनीहरूका बिचमा एउटा अगमवक्ता रहेछन् भनी तिनीहरूले जान्नेछन् ।”
35यो परमप्रभुको घोषणा हो, कल्दीहरूको विरुद्धमा र बेबिलोनका बासिन्दाहरू, त्यसका अगुवाहरू र यसका बुद्धिमानी मानिसहरूको विरुद्धमा एउटा तरवार छ ।
36व्यर्थका कुराहरू गर्नेहरूको विरुद्धमा तरवार छ । तिनीहरू मूर्ख हुनेछन् । त्यसका सिपाहीहरूको विरुद्धमा तरवार छ । तिनीहरू त्रासले भरिनेछन् ।
37तिनीहरूका घोडाहरू, तिनीहरूका रथहरू र बेबिलोनको बिचमा भएका सबै मानिसको विरुद्धमा तरवार छ, यसैले तिनीहरू स्त्रीहरूझैं हुनेछन् । त्यसका भण्डारहरूमा तरवार आउँदैछ, र ती लुटिनेछन् ।
2तापनि उहाँ बुद्धिमान् हुनुहुन्छ, उहाँले विपत्ति ल्याउनुहुनेछ र आफ्नो वचनबाट उहाँ पछि हट्नुहुनेछैन । उहाँ दुष्ट घराना र पाप गर्न सहायता गर्नेहरूका विरुद्धमा उठ्नुहुनेछ ।
14यसकारण, हेर्, म यी मानिसहरूका माझमा अचम्मका कुरा, आश्चर्यमाथि आश्चर्य गर्नलाई अघि बढ्नेछु । तिनीहरूका बुद्धिमान् मानिसहरूका बुद्धि नष्ट हुनेछ र तिनीहरूका विवेकशील मानिसहरूका समझ लोप हुनेछ ।”
37कसैले नखेदेको भए तापनि तिमीहरू तरवारबाट टाढा भागेझैँ भाग्ने छौ र एक-अर्कासँग ठोकिने छौ । तिमीहरूसँग आफ्ना दुश्मनहरूको अगाडि उभिने तागत हुने छैन ।
8अश्शूर तरवारले ढल्नेछ । मानिसले नचालाएको तरवारद्वारा त्यो नाश हुनेछ । त्यो तरवारबाट भाग्नेछ र त्यसका जवान मानिसहरूलाई सित्तैंका काम गर्न लगाइनेछ ।
4किनभने घाइते मानिसहरू कल्दीहरूको देशमा ढल्नेछन् । मारिएकाहरू त्यसका सडकहरूमा ढल्नेछन् ।
2“ए मानिसको छोरा, तेरा मानिसहरूलाई यो घोषणा गर् । तिनीहरूलाई यसो भन्, ‘जब म आफ्नो तरवारलाई कुनै देशको विरुद्धमा उठाउँछु, तब त्यस देशका मानिसहरूले आफूमध्ये एक जनालाई लिन्छन् र उसलाई आफ्ना रक्षक बनाउँछन् ।
20तरवारद्वारा मारिएकाहरूका बिचमा तिनीहरू मर्नेछन् । तरवार थुतिएको छ! त्यो तरवारलाई दिइएको छ । तिनीहरूले त्यसलाई र त्यसका भिडलाई कब्जा गर्नेछन् ।
8परमप्रभु भन्नुहुन्छ, “त्यो दिनमा के म एदोमबाट बुद्धिमान् मानिसहरूलाई र एसावका पहाडबाट समझदारलाई नाश गर्नेछैनँ र?”
14तिम्रा मानिसहरूलाई अन्तका दिनमा के हुनेछ भनेर बुझ्न तिमीलाई मदत गर्न म आएको हुँ । किनकि यो दर्शनचाहिं अझै आउन बाँकी दिनको निम्ति हो ।”
10‘विपत्तिले हामीलाई उछिन्ने वा छुनेछैन’ भन्नेहरू, मेरा मानिसहरूमध्येका सबै पापीहरू तरवारद्वारा मारिनेछन् ।
22उसको सामु एउटा सेनालाई बाढीले झैं बगाउनेछ । करार सेना र अगुवा दुवै नष्ट हुनेछन् ।
23ऊसित मित्रता गरेको समयदेखि नै उसले छलपूर्ण ढङ्गले काम गर्नेछ । थोरै मानिसको साथमा पनि ऊ शक्तिशाली हुनेछ ।
4तिनीहरू आफ्ना शत्रुहरूद्वारा निर्वासनमा लगिए भने पनि, त्यहाँ म तरवारलाई आज्ञा गर्नेछु, र त्यसले तिनीहरूलाई मार्नेछ । असल निम्ति होइन तर खराबको निम्ति म तिनीहरूमाथि आफ्ना आँखा लगाउनेछु ।”
2देशको अधर्मको कारण त्यहाँ धेरै शासकहरू हुन्छन्, तर समझशक्ति र ज्ञान भएको मानिसले अमनचैन कायम राख्ने छ ।
1¶ विनाश नभएको विनाश पार्ने तँलाई धिक्कार! तिनीहरूले धोका नदिएको धोकेबाजलाई धिक्कार! जब तैंले विनाश गर्न छोड्छस् तब तेरो विनाश हुनेछ । जब तैले धोका दिन छोड्छस् तब तिनीहरूले तँलाई धोका दिनेछन् ।
34तिनीहरूले आगोको ज्वालालाई निभाए; तरवारको धारबाट भागे; रोगहरूबाट निको पारिए; युद्धमा शक्तिशाली भए; र विदेशी सेनाहरूलाई भगाए ।
9को बुद्धिमान छ, जसले यी कुराहरू बुझ्न सक्छ? कसले कुराहरू बुझ्छ जसले गर्दा उसले ती जान्न सक्छ? किनकि परमप्रभुका मार्गहरू ठिक हुन्छन्, र धर्मीचाहिं तिनमा हिँड्छन्, तर विद्रोह गर्नेहरूचाहिं तिनमा ठेस खानेछन् ।
16यी मानिसहरूलाई डोर्याउनेहरूले तिनीहरूलाई पथभ्रष्ट पार्छन् र तिनीहरूद्वारा डोर्याइनेहरू निलिन्छन् ।
12त्यो सेना लगिनेछ, र दक्षिणको राजाको हृदय घमण्डले फुल्नेछ, र तिनले दसौं हजारलाई मार्नेछन्, तर तिनी विजयी हुनेछैनन् ।
6तिनीहरूका सहरहरूमा तरवार चल्नेछ र तिनीहरूका मुख्य ढोकाका बारहरूलाई नष्ट गर्नेछ । तिनीहरूका आफ्नै योजनाहरूका कारणले, त्यसले तिनीहरूलाई नष्ट गर्नेछ ।
12काँढाका झाडीहरू काटेर जलाएझैं मानिसहरूलाई चूनझैं जलाइनेछ ।
10तिनीहरूले मैदानबाट काठ बटुल्नेछैनन् वा जङ्गलबाट रूखहरू काट्नेछैनन्, किनभने तिनीहरूले हतियारहरू बाल्नेछन् । तिनीहरूबाट लान इच्छा गर्नेहरूबाट नै तिनीहरूले लिनेछन् । तिनीहरूलाई लुट्न इच्छा गर्नेहरूलाई नै तिनीहरूले लुट्नेछन्, यो परमप्रभु परमेश्वरको घोषणा हो ।”