दानिएल 9:19
हे परमप्रभु सुन्नुहोस्! हे परमप्रभु क्षमा गर्नुहोस्! हे परमप्रभु ध्यान दिनुहोस् र काम गर्नुहोस् । हे मेरा परमेश्वर, तपाईंको आफ्नै निम्ति ढिला नगर्नुहोस्, किनभने तपाईंको सहर र तपाईंका मानिस तपाईंकै नाउँले बोलाइन्छन् ।”
हे परमप्रभु सुन्नुहोस्! हे परमप्रभु क्षमा गर्नुहोस्! हे परमप्रभु ध्यान दिनुहोस् र काम गर्नुहोस् । हे मेरा परमेश्वर, तपाईंको आफ्नै निम्ति ढिला नगर्नुहोस्, किनभने तपाईंको सहर र तपाईंका मानिस तपाईंकै नाउँले बोलाइन्छन् ।”
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
15अब हे परमप्रभु हाम्रा परमेश्वर, शक्तिशाली हातले तपाईंले आफ्ना मानिसहरूलाई मिश्रदेशबाट बाहिर ल्याउनुभयो, र आजको दिनसम्म तपाईंले आफ्नो नामको ख्याति कायम राख्नुभएको छ । तापनि हामीले अझै पाप गर्यौं, र हामीले दुष्ट काम गरेका छौं ।
16हे परमप्रभु, तपाईंका सबै धार्मिक कामहरूका कारणले, तपाईंको सहर यरूशलेम, तपाईंको पवित्र पर्वतबाट तपाईंको रिस र क्रोध हटोस् । हाम्रा पापहरू र हाम्रा पुर्खाहरूका अपराधहरूका कारणले, यरूशलेम र हाम्रा वरिपरि भएका तपाईंका मानिस सबै घृणाका पात्र भएका छन् ।
17अब हे हाम्रा परमेश्वर, तपाईंको दासको प्रार्थना र कृपाको निम्ति गरिएको उसको निवेदन सुन्नुहोस् । हे परमप्रभु, तपाईंको खातिर, उजाड भएको तपाईंको पवित्र स्थानमा आफ्नो अनुहार चम्काउनुहोस् ।
18मेरा परमेश्वर, आफ्ना कान खोल्नुहोस् र सुन्नुहोस् । आफ्ना आँखा खोल्नुहोस् र हेर्नुहोस् । हामी तहस-नहस पारिएका छौं। तपाईंको नामद्वारा पुकारिने त्यो सहरलाई हेर्नुहोस् । हाम्रो धार्मिकताको कारणले होइन, तर तपाईंको महान् कृपाको कारणले तपाईंबाट सहायता पाउनलाई हामी बिन्ती गर्छौं ।
20जब म बोलिरहेको, प्रार्थना गरिरहेको र आफू अनि आफ्ना मानिस इस्राएलका पाप स्विकार गरिरहेको थिएँ, र परमेश्वरको पवित्र पर्वत निम्ति परमप्रभु मेरा परमेश्वरको सामु मेरा बिन्तीहरू राख्दै थिएँ—
38जब तिनीहरूलाई उनीहरूले कैद गरेर लगेको देशमा तिनीहरूले आफ्ना सारा हृदय र आफ्ना सारा प्राणले तपाईंतिर फर्किन्छन् र तिनीहरूका पुर्खाहरूलाई तपाईंले दिनुभएको देशतिर र तपाईंले चुन्नुभएको यो सहरतिर र तपाईंका नाउँको निम्ति मैले बनाएको यस मन्दिरतिर फर्केर तिनीहरूले तपाईंमा प्रार्थना गर्छन् ।
39तब तपाईं बस्नुहुने स्वर्गबाट तिनीहरूको प्रार्थना र तिनीहरूका बिन्ती सुन्नुहोस्, र तिनीहरूलाई मदत गरिदिनुहोस् । तपाईंको विरुद्धमा पाप गरेका तपाईंका मानिसलाई क्षमा गरिदिनुहोस् ।
40अब हे मेरा परमेश्वर, यस ठाउँमा चढाइएका प्रार्थनाहरूमा आफ्ना आँखा खोल्नुहोस्, र आफ्ना कान थाप्नुहोस् ।
4मैले यी वचन सुन्ने बित्तिकै म बसेर रोएँ, अनि कैयौँ दिनसम्म स्वर्गका परमेश्वरको सामु म शोक गर्दै, उपवास बस्दै र प्रार्थना गर्दै बसेँ ।
5तब मैले भनेँ, “तपाईं स्वर्गका परमेश्वर परमप्रभु हुनुहुन्छ, जो महान् र भययोग्य हुनुहुन्छ । तपाईंलाई प्रेम गर्नेहरू र तपाईंका आज्ञाहरू मान्नेहरूप्रति करार पुरा गर्नुहुन्छ र तपाईंको अचुक प्रेम देखाउनुहुन्छ ।
6अब तपाईंका दासहरू अर्थात् इस्राएलका मानिसहरूका निम्ति तपाईंका दास मैले दिनप्रतिदिन गर्ने मेरो प्रार्थना सुन्नुहोस्, र तपाईंका आँखा खोल्नुहोस् । तपाईंको विरुद्धमा हामी सबै इस्राएलीले गरेका पाप म स्वीकार गर्दै छु । म र मेरा पिताको घराना दुवैले पाप गरेका छन् ।
9हे हाम्रा उद्धारका परमेश्वर, तपाईंको नाउँको महिमाको खातिर हामीलाई सहायता गर्नुहोस् । तपाईंको नाउँको खातिर हामीलाई बचाउनुहोस् र हाम्रा पापहरू क्षमा गर्नुहोस् ।
32त्यसकारण, अब हे हाम्रा परमेश्वर तपाईं महान्, शक्तिशाली र भययोग्य परमेश्वर हुनुहुन्छ, जसले आफ्नो करार र अचुक प्रेम राख्नुहुन्छ । अश्शूरका राजाहरूको समयदेखि आजको दिनसम्म हामी, हाम्रा राजाहरू, हाम्रा राजकुमारहरू, हाम्रा पुजारीहरू, हाम्रा अगमवक्ताहरू, हाम्रा पिता-पुर्खाहरू र तपाईंका सारा मानिसमाथि आइपरेका यी कठिनाइलाई हलुका नसम्झनुहोस् ।
7हे परमप्रभु, धार्मिकता तपाईंको हो । तर आज, हाम्रो अनुहार, अनि यहूदाका मानिसहरू र यरूशलेममा बस्नेहरू, र सारा इस्राएलीहरू लाजमा परेका छन् । अनि तपाईंले विभिन्न ठाउँहरूमा छरपष्ट पार्नुभएका नजिक र टाढाका सबै मानिसहरू त्यसमा समावेश हुन्छन् । हामीले तपाईंको विरुद्धमा गरेका विश्वासघातको कारणले नै यस्तो भएको हो ।
8हे परमप्रभु, हामीले तपाईंको विरुद्धमा पाप गरेका कारणले गर्दा, हामी, हाम्रा राजाहरू, अगुवाहरू, र पुर्खाहरूका अनुहार शर्ममा परेका छन् ।
9दया र क्षमा परमप्रभु हाम्रा परमेश्वरका हुन्, किनकि हामीले उहाँको विरुद्धमा विद्रोह गरेका छौं ।
19तापनि हे परमप्रभु मेरा परमेश्वर, आफ्नो सेवकको यो प्रार्थना र पुकारालाई कदर गर्नुहोस् । तपाईंका सेवकले तपाईंको सामु गर्ने रोदन र प्रार्थना सुन्नुहोस् ।
11हे परमप्रभु, तपाईंको नाउँको खातिर मेरो पाप क्षमा गर्नुहोस्, किनकि यो महान् छ ।
6मैले भने, “हे मेरा परमेश्वर, मेरो अनुहार तपाईंकहाँ उठाउन म लज्जित र अयोग्य भएको छु, किनकि हाम्रा अपराध हाम्रा शिरमाथि पुगेका छन्, र हाम्रा दोष स्वर्गसम्मै पुगेका छन् ।
3उपवाससहित प्रार्थना र बिन्ती गर्न, भाङ्ग्रा लगाउँदै र खरानीमा बस्दै परमप्रभु परमेश्वरको खोजी गर्न मैले आफ्नो अनुहार उहाँतर्फ फर्काएँ ।
4परमप्रभु आफ्नो परमेश्वरसँग मैले प्रार्थना गरें, अनि मैले हाम्रा पापहरू स्वीकारें । मैले भनें, “कृपया, हे परमप्रभु, तपाईं महान् र भययोग्य परमेश्वर हुनुहुन्छ, तपाईंले आफ्नो करारको पालन गर्नुहुन्छ र तपाईंलाई प्रेम गर्ने र तपाईंका आज्ञाहरू मान्नेलाई प्रेम गर्न तपाईं विश्वासयोग्य हुनुहुन्छ ।
13मोशाको व्यवस्थामा लेखिएझैं सबै विपत्ति हामीमाथि आइपरेको छन्, तापनि आफ्ना पापबाट फर्केर र तपाईं परमप्रभु परमेश्वरका सत्यतामा ध्यान दिएर हामीले तपाईंबाट कृपा पाउन अझैसम्म बिन्ती गरेका छैनौं ।
21यसैले आफ्ना सेवक र तपाईंका मानिस इस्राएलले यो ठाउँतिर फर्केर प्रार्थना गर्दा ती बिन्तीहरू सुन्नुहोस् । हो, त्यो ठाउँबाट, तपाईं बस्नुहुने स्वर्गबाट सुन्नुहोस् । अनि तपाईंले सुन्नुहुँदा क्षमा गर्नुहोस् ।
19तिनीहरू उजाड र श्रापित हुनेछन् भनी मैले यस ठाउँ र यसका बासिन्दाहरूको विरुद्धमा भनेको सुनेर तैँले आफ्नो ह्रदय कोमल बनाएको र तैँले परमप्रभुको सामु आफैलाई विनम्र तुल्याएको अनि तैँले आफ्ना लुगा च्यातेको र मेरो सामु रोएका हुनाले मैले तेरो कुरा पनि सुनेको छु—यो परमप्रभुको घोषणा हो ।
9हे परमप्रभु, हामीसँग नरिसाउनुहोस्, न त तपाईंको मनमा हाम्रो विरुद्धमा निनुहोस् । कृपया हामी तपाईंका मानिसहरूलाई हेर्नुहोस् ।
28तरै पनि हे परमप्रभु मेरा परमेश्वर, तपाईंका दासको यस प्रार्थना र बिन्तीलाई आदर गरिदिनुहोस् । आज तपाईंका दासले तपाईंको सामु टक्र्याउने प्रार्थना र पुकारालाई सुनिदिनुहोस् ।
29रातदिन यस मन्दिरतर्फ तपाईंका आँखा खुला रहोस् जुन ठाउँको बारेमा तपाईंले भन्नुभएको छ, 'त्यहाँ मेरो नाउँ र उपस्थिति रहने छ' ताकि तपाईंका दासले यस ठाउँतर्फ चढाएका प्रार्थनाहरू तपाईंले सुन्नुभएको होस् ।
30त्यसैले हामीले यस ठाउँतर्फ फर्केर प्रार्थना गर्दा तपाईंका दास र तपाईंको जाति इस्राएलको बिन्तीलाई सुनिदिनुहोस् । हो, तपाईं बसोबास गर्नुहुने ठाउँ अर्थात् स्वर्गबाट सुन्नुहोस् । तपाईंले सुन्नुभएपछि क्षमा दिनुहोस् ।
49तब तपाईंको वासस्थान स्वर्गबाट मदतको लागि तिनीहरूले चढाएको प्रार्थना र अनुरोध सुन्नुहोस् । यसरी तिनीहरूसितको सम्बन्ध पुनर्स्थापित हुने छ ।
50तपाईंको विरुद्धमा पाप गरेका तपाईंको जातिलाई क्षमा दिनुहोस्, र तिनीहरूले तपाईंको विरुद्धमा गरेका सबै अधर्म क्षमा गरिदिनुहोस् अनि तिनीहरूका विजेताहरूका सामु तिनीहरूलाई दया देखाउनुहोस् र तिनीहरूका विजेताहरूलाई पनि तिनीहरूमाथि दया देखाउन लगाइदिनुहोस् ।
9हामी दासहरू हौं, तर हाम्रा परमेश्वरले हामीलाई बिर्सनुभएको छैन, तर हामीसम्म करारको विश्वासनीयता फैलाउनुभएको छ । हामीले हाम्रा परमेश्वरको मन्दिर पुनर्निर्माण गर्न सकौं र यसका भग्नावशेषहरूलाई उठाउन सकौं भनेर हामीलाई नयाँ शक्ति प्रदान गर्न उहाँले फारसका राजाको दृष्टिमा यसो गर्नुभएको छ । उहाँले हामीलाई यहूदा र यरूशलेममा सुरक्षाको पर्खाल दिनलाई उहाँले यसो गर्नुभयो ।
10तर अब हे हाम्रा परमेश्वर, यसपछि हामी के भन्न सक्छौं र? हामीले तपाईंका आज्ञाहरू भुलेका छौं ।
24जब तपाईंका मानिस इस्राएलले तपाईंको विरुद्धमा पाप गरेका कारणले तिनीहरू आफ्ना शत्रुहरूद्वारा पराजित हुन्छन्, अनि तिनीहरूले तपाईंको नाउँ लिंदै यस मन्दिरमा तपाईंलाई प्रार्थना र नम्र-निवेदन गर्दै तपाईंतिर फर्कन्छन् भने—
25तब तपाईंले स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नुहोस्, र आफ्ना मानिस इस्राएलको पाप क्षमा गर्नुहोस् । तिनीहरू र तिनीहरूका पुर्खाहरूलाई तपाईंले दिनुभएको देशमा तिनीहरूलाई फर्काएर ल्याउनुहोस् ।
13तापनि हाम्रो दुष्ट अभ्यास र हाम्रो ठुलो दोषको कारणले हामीमाथि हरेक कुरा आइपरे पनि तपाईं हाम्रा परमेश्वरले हामीलाई हाम्रा अपराधअनुसार कम दण्ड दिनुभएको छ र हामीलाई बाँचेकाहरू छाड्नुभएको छ,
9‘हामीमाथि विपत्ति—तरवार, न्याय, वा रोग,वा अनिकाल आउँछ भने— हामी यस मन्दिरको अगि र तपाईंको अगि खडा हुने छौं (किनकी तपाईंको नाउँ यस मन्दिरमा छ), र हाम्रो कष्टमा हामी तपाईंसित पुकारा गर्ने छौं, र तपाईंले हाम्रा बिन्ती सुन्नुहुने छ र हामीलाई बचाउनुहुने छ ।'
14तब मेरो आफ्नै नाउँ दिइएको मेरा मानिसहरूले आफैलाई नम्र पार्छन्, प्रार्थना गर्छन्, मेरो मुहारको खोजी गर्छन् र आफ्ना दुष्ट चालहरूबाट फर्किन्छ्न् भने, म स्वर्गबाट सुन्नेछु, तिनीहरूका पाप क्षमा गर्नेछु, र तिनीहरूका देशलाई निको पार्नेछु ।
33तपाईंको जाति इस्राएलले तपाईंको विरुद्धमा पाप गरेकाले तिनीहरू शत्रुबाट पराजित हुँदा तिनीहरू तपाईंकहाँ फर्की तपाईंको नाउँलाई पुकारे, प्रार्थना गरे र तपाईंको मन्दिरमा क्षमाको अनुरोध गरे भने
34तब स्वर्गमा सुन्नुहोस् र तपाईंको जाति इस्राएलको पाप क्षमा गरिदिनुहोस् । तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिनुभएको देशमा तिनीहरूलाई फर्काएर ल्याउनुहोस् ।
9उहाँ तिमीहरूप्रति अनुग्रही होऊन् भनेर तिमीहरू उहाँको मुहारको खोजी गर्छौ । तर सेनाहरूका परमप्रभु भन्नुहुन्छ, तिमीहरूका हातमा त्यस्तो भेटी लिएर, के उहाँले तिमीहरूका शिर उठाउनुहुन्छ?
59मैले परमप्रभुको सामु चढाएका यी वचनहरू रातदिन परमप्रभु हाम्रा परमेश्वरको नजिक रहून् ताकि दिनप्रतिदिनको खाँचोअनुसार तपाईंको दास र तपाईंको जाति इस्राएलको कारण मदत मिलोस्,
20हे परमप्रभु, हामी हाम्रा दोष, हाम्रा पुर्खाहरूका अपराध स्वीकार गर्छौं, किनकि हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं ।
27तेरो हृदय नरम भएको हुनाले, र परमेश्वरले यो ठाउँ र यसका बासिन्दाहरूका विषयमा भनेका कुरा सुनेर उहाँको सामु तँ विनम्र भएको हुनाले, र तैंले आफूलाई मेरो सामु तँ विनम्र पारेको र आफ्ना लुगा च्यातेको र मेरो उपस्थितिमा रोएको हुनाले, मैले तेरो बिन्ती सुनेको छु— यो परमप्रभुको घोषणा हो—
9तब तिनले उनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, जसकहाँ तिमीहरूले मलाई तिमीहरूका बिन्ती राख्न पठायौ,
19म तपाईंसँग बिन्ती गर्छु, कि तपाईंले यी मानिसहरूलाई तिनीहरू मिश्रमा हुँदादेखि अहिलेसम्म सदैव क्षमा गर्नुभएझैँ तपाईंको करारको विश्वसनीयताको महान्ताको कारण यी मानिसहरूका पाप क्षमा गर्नुहोस् ।”
21हे परमप्रभु मेरो परमेश्वर, तपाईंको नाउँको खातिर मसँग कृपासाथ व्यवहार गर्नुहोस् । तपाईंको करारको विश्वस्तता असल भएको हुनाले मलाई बचाउनुहोस् ।
11हे परमप्रभु, म बिन्ती गर्छु, कि तपाईंको नाउँको आदर गर्ने तपाईंका दास र तपाईंका दासहरूको प्रार्थना सुन्नुहोस् । आज तपाईंको दासलाई सफलता दिनुहोस्, र यस मानिसको दृष्टिमा उसलाई कृपा देखाउनुहोस् ।” म राजाको मद्य टक्र्याउने व्यक्तिको रूपमा काम गर्थें ।
16हे परमप्रभु, आफ्नो कान थाप्नुहोस् र सुन्नुहोस् । हे परमप्रभु, आफ्ना आँखा खोल्नुहोस्, र सनहेरीबका कुराहरू सुन्नुहोस् जुन त्यसले जीवित परमेश्वरको गिल्ला गर्न पठाएको छ ।
52तपाईंका दास र तपाईंको जाति इस्राएलले जुनसुकै बेला तपाईंलाई पुकारा गर्दा तिनीहरूको कुरा सुन्न तपाईंका आँखा खुला रहून् ।
4तब राजाले मलाई भन्नुभयो, “मैले के गरेको तिमी चाहन्छौ?” त्यसैले मैले स्वर्गका परमेश्वरलाई प्रार्थना चढाएँ ।