व्यवस्थाविवरण 22:8

अनलक शाब्दिक बाइबल

तिमीहरूले नयाँ घर बनाउँदा छतको चारैतिर बार लगाउनू ताकि त्यहाँबाट कोही लड्यो भने त्यसको दोष तिमीहरूको घरलाई नलागोस् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ शमू 11:2 : 2 त्यसैले एक साँझ यस्‍तो भयो, दाऊद आफ्नो ओछ्‍यानबाट उठे र आफ्‍नो दरबारको छतमा हिंडिरहे । त्यहाँबाट तिनले एक जना स्‍त्रीलाई देखे जो नुहाइरहेकी थिइन्, र ती महिला हेर्दा साह्रै सुन्दरी थिइन् ।
  • यशा 22:1 : 1 ¶ दर्शनको बेसीको विषयमा एउटा घोषणाः के कारणले तिमीहरू सबै जना घरको छतमाथि गएका छौ?
  • यिर्मि 19:13 : 13 यसरी, यरूशलेमका घरानाहरू र यहूदाका राजाहरू, ती सबै घर जसका कौसीहरूमा अशुद्ध मानिसहरूले आकाशमण्‍डलका सबै ताराहरूको पुजा गरे र अरू देवताहरूलाई अर्घबलि चढाए, तिनीहरू तोपेतजस्तै हुनेछन्' ।”
  • मत्त 10:27 : 27 जे म तिमीहरूलाई अँध्यारोमा भन्दछु, त्यो उज्यालोमा भनिदेओ र जे तिमीहरूले आफ्नो कानमा मधुर रूपमा सुन्छौ, त्यो घरको धुरीबाट घोषणा गर ।
  • मर 2:4 : 4 भिडले गर्दा तिनीहरू उहाँको नजिक जान सकेनन् । तिनीहरूले उहाँ हुनुभएको ठिक माथि छानो हटाए, र तिनीहरूले यसमा प्वाल पारे, अनि तिनीहरूले त्यस पक्षाघाती सुतेको ओछ्यानलाई तल झारे ।
  • प्रेरि 10:9 : 9 भोलिपल्ट लगभग दिउँसोको बाह्र बजेको थियो । तिनीहरू यात्रा गरेर शहरको नजिक आइपुग्दा पत्रुस प्रार्थनाको लागि घरको माथिल्लो कौसीमा उक्ले ।
  • निर्ग 22:6 : 6 आगलागी भई काँडामा फैलन पुगी त्यसले अन्‍नको बिटा वा मकैको बिटा वा खेतलाई भस्म पार्‍यो भने आगो लगाउनेले क्षतिपूर्ति तिरिदिनुपर्छ ।
  • निर्ग 21:28-36 : 28 कुनै गोरुले पुरुष वा स्‍त्रीलाई सिङले हानेर मार्‍यो भने त्यसलाई ढुङ्गाले हानेर मारिनुपर्छ, र त्यसको मासु खाइनुहुँदैन । 29 तर गोरुको मालिकचाहिँ निर्दोष होस् । तर गोरुको विगतमा हान्‍ने बानी थियो र त्यसको मालिकलाई यसबारे चेताउनी दिँदा पनि उसले बाँधेर राखेको रहेनछ र गोरुले पुरुष वा महिलालाई मार्‍यो भने त्यसलाई ढुङ्गाले हानेर मारिनैपर्छ र त्यसको मालिकलाई पनि मारिनैपर्छ । 30 त्यसको जीवनको लागि कुनै मूल्य माग गरिएको छ भने मागेजति मालिकले दिनुपर्छ । 31 गोरुले कुनै मानिसको छोरो वा छोरीलाई हानेको छ भने त्यसको मालिकले नियमअनुसार तिर्नुपर्ने हुन्छ । 32 गोरुले कमारा वा कमारीलाई हान्यो भने त्यसको मालिकले चाँदीको तिस सिक्‍का देओस् र गोरुलाई चाहिँ ढुङ्गाले हानेर मारियोस् । 33 कुनै मानिसले खाडललाई उदाङ्गै राख्यो वा त्यसले खाडल खनेर त्यसलाई ढाकेन र त्यसभित्र गोरु वा गधा खस्यो भने 34 खाडल खन्‍नेले हर्जाना तिर्नुपर्छ । त्यसले मृत पशुको मालिकलाई रुपियाँ तिर्नपर्छ र त्यो मरेको पशु त्यसको हुनेछ । 35 एउटा मान्छेको गोरुले अर्को मान्छेको गोरुलाई चोट पुर्‍याएर त्यो मर्‍यो भने त्यसले जिउँदो गोरुलाई बेची तिनीहरूले त्यसको मूल्य बाँडफाँड गर्नुपर्छ र तिनीहरूले मरेको गोरुलाई पनि बाँडफाँड गर्नुपर्छ । 36 तर त्यस गोरुको विगतमा पनि हान्‍ने बानी रहेछ र त्यसको मालिकले त्यसलाई बाँधेर राखेको रहेनछ भनी थाहा हुन आयो उसले गोरुको सट्टा गोरु तिर्नुपर्छ अनि मरेको पशु त्यसको मालिकको हुनेछ ।
  • मत्त 18:6-7 : 6 तर ममा विश्‍वास गर्ने यी सानाहरूमध्ये एउटैलाई पनि जसले पाप गर्न लगाउँछ, त्यसको गलामा एउटा ठुलो ढुङ्गो झुण्ड्याइ समुद्रको गहिराइमा फालिदिनु असल हुने थियो । 7 कठिनाइको समयको कारण यस संसारलाई धिक्‍कार! किनकि यस्तो समय आउनु आवश्यक छ, तर त्यस मानिसलाई धिक्‍कार जसद्वारा यस्तो समय आउँछ!
  • यहे 3:18 : 18 जब म एक जना दुष्‍ट मानिसलाई 'तँ निश्‍चय नै मर्नेछस्‌' भन्‍छु, र त्‍यसको प्राण बचाउनलाई तैंले त्‍यसलाई चेताउनी दिइनस्, वा त्‍यसको दुष्‍ट चालको लागि त्‍यसको विरुद्ध सल्‍लाह दिइनस्‌—भने, त्‍यो मानिस पापको कारण मर्नेछ, तर म त्‍यसको रगत तेरो हातबाट लिनेछु ।
  • यहे 3:20 : 20 धर्मी मानिस आफ्‍नो धार्मिकताबाट फर्केर दुष्‍ट्याइँ गर्छ, र त्‍यसको लागि ठक्‍कर खाने ढुङ्गो मैले राखें भने त्‍यो मर्नेछ । तैंले त्‍यसलाई चेताउनी नदिएको हुनाले त्‍यो आफ्‍नै पापमा मर्नेछ, र त्‍यसले गरेका धर्मिक कामहरूको सम्‍झना म राख्‍नेछैन, तर त्‍यसका रगत लेखा म तेरो हातबाट लिनेछु ।
  • यहे 32:2-9 : 2 “मानिसको छोरा, मिश्रदेशको राजा फारोको सम्‍बन्‍धमा विलाप गर् । त्यसलाई यसो भन्, ‘तँ जातिहरूका बिचमा जवान सिंहझैं छस्, तर समुद्रमा तँ विशाल पशुझैं छस् । तैंले पानीलाई मन्थन गर्छस्, आफ्नो खुट्टाले पानीलाई हल्लाउँछस्, र तिनीहरूका पानीलाई हिलो बनाउँछस् । 3 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः धेरै मानिसहरूका भीडमा म तँमाथि एउटा जाल फिंजाउनेछु, र तिनीहरूले तँलाई मेरो जालमा उठाउनेछन् । 4 तँलाई म देशमा त्याग्‍नेछु । म तँलाई मैदानमा फल्‍नेछु र आकाशका सबै चरालाई तँमाथि बस्‍न लगाउनेछु । पृथ्वीका सारा जीवित पशुहरूको भोक तँद्वारा नै मेटिनेछ । 5 किनकि पर्वतहरूमा म तेरो मासु छर्नेछु, र तेरो किरा-परेको लासहरूले बेसीहरूलाई भर्नेछु । 6 तब पर्वतहरूमाथि म तेरो रगत खन्याउनेछु, र खोंचहरू तेरो रगतले भरिनेछ । 7 त्‍यसपछि जब तँलाई म नष्‍ट गर्नेछु, तब म आकाश ढाक्‍नेछु र त्‍यसका ताराहरूलाई अँध्यारो पार्नेछु । म सूर्यलाई बादलले ढाक्‍नेछु, र चन्द्रमाले आफ्नो प्रकाश दिनेछैन । 8 आकाशमा भएका सबै चम्कने ज्योतिलाई म तँमाथि अँध्यारो पार्नेछु, र तेरो देशमाथि म अन्धकार ल्याउनेछु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो । 9 यसरी जातिहरूका बिचमा, तैंले नजानेका देशहरूका बिचमा जब म तेरो सर्वनाश ल्‍याउनेछु, तब तँलाई थाहा नभएका देशहरूका धेरै जना मानिसका हृदयलाई म भयभीत पार्नेछु ।
  • प्रेरि 20:26-27 : 26 त्यसकारण तपाईंहरूलाई आजको दिन म यो गवाही दिन्छु कि म कुनै मानिसको रगतदेखि निर्दोष छु । 27 किनकि मैले तपाईंहरूलाई परमेश्‍वरको सम्पूर्ण इच्छा घोषणा गर्नेदेखि आफैँलाई रोकिनँ ।
  • रोमी 14:13 : 13 यसकारण, एक-अर्काको न्याय नगरौँ, तर बरु, यो अठोट गरौँ, कि हामी कसैले आफ्‍नो भाइको निम्ति ठेस लाग्‍ने थोक वा पासो राख्‍नेछैनौँ ।
  • १ कोरि 10:32 : 32 तिमीहरूले यहूदीहरू वा ग्रिकहरूको अथवा परमेश्‍वरको मण्डलीको अपमान नगर ।
  • फिलि 1:10 : 10 म यसको निम्ति प्रार्थना गर्छु, ताकि जे असल छ ती कुराहरू तिमीहरूले पारख गरेर छान्‍न सक । म यसको निम्ति प्रार्थना गर्छु, ताकि तिमीहरू ख्रीष्‍टको दिनमा इमानदार र दोषरहित रहन सक ।
  • १ थेस 5:22 : 22 सबै किसिमको खराबीलाई त्याग ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 12नत्रता तिमीहरूले अघाउञ्‍जेल खाँदा र तिमीहरूले घरहरू बनाई तिनमा बस्दा तिमीहरूको हृदय घमण्डले फुल्ने छ ।

  • 5अधिकारीहरूले मानिसहरूलाई यसो भनून्, 'के घर निर्माण गरेर त्यसलाई अर्पण गर्न नपाएको यहाँ कोही छ? त्यो आफ्नो घरमा फर्केर जाओस् ताकि त्यो युद्धमा मर्नु नपरोस् र अर्कोले त्यसको घर अर्पण नगरोस् ।

  • 71%

    13जसले आफ्नो घर अधार्मिकता, आफ्ना माथिल्ला कोठाहरू अन्यायले बनाउँछ, जसले आफ्नो छिमेकीलाई सित्तैमा काम लगाउँछ, अनि जसले उसलाई ज्याला दिंदैन, त्‍यसलाई धिक्‍कार छ ।

    14उसले भन्छ, 'आफ्नो निम्ति माथिल्ला कोठाहरू फराकिलो भएको एउटा ठुलो महल म बनाउनेछु ।' त्यसले उसले त्‍यसको निम्‍ति ठुला-ठुला झ्यालहरू बनाउँछ र त्‍यसमा देवदारुका पल्लाहरू हाल्‍छ अनि उसले त्‍यसमा रातो रङ लगाऊँछ ।

  • 17जो घरको छानामाथि छ, ऊ घरबाट कुनै सामान लिन तल नझरोस् ।

  • 10परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा निर्दोष रगत नबगाइयोस् र त्यसको दोष तिमीहरूमाथि नलागोस् भन्‍नाका लागि यसो गर ।

  • 7माउलाई जान दिएर बचेरोलाई लैजान सक्छौ । यो आज्ञालाई पालन गर ताकि तिमीहरूको भलो हुन सकोस्, र तिमीहरूको आयु लामो होस् ।

  • 30तिम्रो मगनी भएकी केटीलाई अर्को पुरुषले लगेर बलत्कार गर्ने छ । तिमीहरूले घर बनाउने छौ, तर त्यसमा बस्‍न पाउने छैनौ ।

  • 15घरको छतमा हुनेहरू तल नओर्लून् वा उसले घरभित्रबाट केही पनि ननिकालोस्,

  • 27तेरो बाहिरको काम तयार गर्, र खेतबारीमा गरिने हरेक काम तँ आफैले तयार राख् । त्यसपछि तेरो घर बना ।

  • 8तर परमप्रभुले मकहाँ आउनुभयो र भन्‍नुभयो, ‘तैंले धेरै रक्तपात गरेको र धेरै युद्ध गरेको छस्‌ । मेरो नाउँको निम्‍ति मन्‍दिर तैंले बनाउनेछैनन्, किनभने मेरो दृष्‍टिमा तैंले पृथ्‍वीमा धेरै रगत बगाएको छस्‌ ।

  • 19तिम्रो घरबाहिर बाटोतिर जानेहरूको रगत तिनीहरूको शिरमाथि पर्ने छ र हामी दोषरहित हुने छौँ । तर घरमा तिमीसँगै रहने कुनै माथि हात लगाइयो भने, त्यसको रगत हाम्रो शिरमा पर्ने छ ।

  • हब 2:9-12
    4 पदहरू
    69%

    9‘धिक्‍कार त्यसलाई जसले दुष्‍टको हातबाट आफैँलाई सुरक्षित राख्‍नलाई आफ्नो गुँड उच्‍च स्थानमा बनाउन सकोस् भनेर आफ्नो घरको निम्ति दुष्‍टताका मुनाफाबाट चीजहरू बनाउँछ ।’

    10तैँले धेरै मानिसहरूलाई सर्वनाश गरेर आफ्नो घरानाको निम्ति शर्म ल्याएको छस्, र आफ्नै विरुद्ध पाप गरेको छस् ।

    11किनभने भित्ताबाट ढुङ्गाहरूले पुकार्नेछन्, र काठका दलिनहरूले तिनीहरूलाई जवाफ दिनेछन्,

    12‘धिक्‍कार त्यसलाई जसले रगतले शहर बनाउँछ, र जसले अधर्ममा नगर स्थापना गर्दछ ।’

  • 2घर फोर्दै गर्दा चोरलाई भेट्टाइयो र त्यसलाई प्रहार गर्दा त्‍यो मर्‍यो भने त्यसलाई हिर्काउने हत्याको दोषी हुनेछैन ।

  • 25पानी पर्‍यो, बाढी आयो, र हुरी आयो र त्यस घरलाई हान्यो, तर त्यो घर ढलेन, किनकि त्यो घर चट्टानमाथि बनाइएको थियो ।

  • 28तेरा पिता-पुर्खाहरूले खडा गरेका प्राचीन साँध-सिमानाको ढुङ्गो नहटा ।

  • 18अल्छेपनको कारण छाना भत्कन्छ, र निष्क्रिय हातको कारण घर चुहुने हुन्छ ।

  • 31कुनै मानिसले आफ्नो छिमेकीको विरुद्धमा पाप गरी त्यसलाई शपथ खान लगाइयो र त्यसले यस मन्दिरभित्रको वेदीको सामु आई शपथ खायो भने

  • 11किनकि, हेर, परमप्रभुले एउटा आज्ञा दिनुहुनेछ, र ठुलो घर टुक्रा-टुक्रा हुनेछ, र सानो घरचाहिं धूलोपिठो हुनेछ ।

  • 10तिमीहरूले यरूशलेमा घरहरू गन्यौ र तिमीहरूले पर्खाललाई बलियो पार्न घरहरू भत्कायौ ।

  • 12तिमीहरूले लगाउने लुगाको चारै कुनामा झुम्का लगाउनू ।

  • 27पानी पर्‍यो, बाढी आयो, र हुरी आयो र त्यस घरलाई हान्यो । र त्यो ढल्यो र पूर्ण रूपमा नष्‍ट भयो ।”

  • 1¶ दर्शनको बेसीको विषयमा एउटा घोषणाः के कारणले तिमीहरू सबै जना घरको छतमाथि गएका छौ?

  • 14कुनै मानिसले जानाजानी आफ्नो छिमेकीलाई आक्रमण गरी धूर्त योजनामुताबिक मार्‍यो भने त्यो परमेश्‍वरको वेदीमा भए तापनि त्यसलाई मार्नलाई लगियोस् ।

  • लैव्य 14:42-43
    2 पदहरू
    68%

    42तिनीहरूले अरू ढुङ्गाहरू लिएर ती झिकिएका ढुङ्गाहरूका स्थानमा राखून् र घरका पर्खालहरू पोत्‍नको निम्ति नयाँ माटो प्रयोग गरून् ।

    43ढुङ्गाहरू निकालिएको र पर्खाल खुर्किएर पोतिएको घरमा फेरि ढुसी देखा पर्‍यो र त्यो फैलियो भने,

  • व्यव 19:13-14
    2 पदहरू
    67%

    13तिमीहरूका आँखाले त्यसलाई दया देखाउनुहुँदैन । बरु, तिमीहरूले इस्राएलबाट निर्दोषको हत्याको दोषलाई निर्मूलन गर्नुपर्छ ताकि तिमीहरूको भलो हुन सकोस् ।

    14परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई निज सम्पत्तिको रूपमा अधिकार गर्न दिन लाग्‍नुभएको देशमा लामो समयदेखि राखिएको आफ्नो छिमेकीको सिमानाको ढुङ्गो नहटाओ ।

  • 17कसैको रगत बगाएकोले मानिस दोषी छ भने त्यसको मृत्यु नभएसम्म त्यो भगुवा हुने छ र कसैले त्यसलाई सहायता गर्ने छैन ।

  • 8तर चोरलाई फेला पारिएन भने घरको मालिकको छिमेकीको सम्पत्तिमाथि उसकै हात छ या छैन भनी जाँच गर्न त्यो न्यायकर्ताहरूको सामु आउनुपर्छ ।

  • 19तरै पनि तैँले त्यो भवन बनाउने छैनस्, बरु तेरो छोरो अर्थात् तेरो आफ्नै रगत र मासुको छोरोले मेरो नाउँमा भवन बनाउने छ ।'

  • 9तिमीहरूले दाखबारीमा दुई किसिमका बिउ नलागाउनू । नत्रता तिमीहरूले त्यसो गर्‍यौ भने तिमीहरूले लगाएको बिउ मात्र नभई दाखबारीसमेत अपवित्र हुने छ ।

  • 9झगडालु पत्‍नीसित एउटै घरमा बस्‍नुभन्दा कौसीको कुनामा बस्‍नु बेस हुन्छ ।

  • 18माकुरोले झैं, एक जना पहरेदारले बनाउने झुप्रोझैं, उसले आफ्‍नो घर बनाउँछ ।

  • 1¶ परमप्रभुले नै घर बनाउनुभएन भने, त्‍यसलाई बनाउनेहरूले व्यर्थमा काम गर्छन् । परमप्रभुले नै सहरको रक्षा गर्नुभएन भने, रक्षकले व्यर्थमा रक्षा गर्छ ।

  • 12हेर, त्‍यो पर्खाल ढल्‍नेछ । के अरूले तिमीहरूलाई यसो भनेका छैनन् र, “तिमीहरूले पोतेको चुन कहाँ छ?”

  • 5उदाहरणको लागि, कुनै मानिस आफ्नो छिमेकीसँगै दाउरा काट्न जङ्गलमा जान्छ र रुख ढाल्नलाई बञ्चरो चलाउँदा बञ्चरो बीँडबाट फुस्केर छिमेकीलाई लागेर त्यो मर्‍यो भने त्यो मान्छे यीमध्ये कुनै एउटा सहरमा भागेर आफ्नो ज्यान बचाउन सक्छ ।

  • 33कुनै मानिसले खाडललाई उदाङ्गै राख्यो वा त्यसले खाडल खनेर त्यसलाई ढाकेन र त्यसभित्र गोरु वा गधा खस्यो भने

  • 48ऊ एक जना घर बनाउने मानिसजस्तो हो, जसले जमिन गहिरो गरी खन्यो र घरको जग बलियो चट्टानमाथि बसाल्यो । जब जलप्रवाह भयो, तब बाढी उर्ली आएर त्यस घरलाई प्रहार गर्‍यो, तर त्यसलाई हल्लाउन सकेन, किनभने त्यो राम्ररी बनाइएको थियो ।

  • 5'घरहरू बनाओ र तिनमा बस । बारीहरूमा बीउ रोप र तिनको फल खाओ ।

  • 14जब कुनै मानिसले आफ्नो घर परमप्रभुको निम्ति पवित्र उपहारको रूपमा अलग गर्दछ भने, पुजारीले त्यो असल छ वा छैन भनेर हेरी त्यसको मूल्य निर्धारण गरोस् । पुजारीले त्यसको मूल्य जति निर्धारण गर्दछ, त्यति नै त्यसको मूल्य हुने छ ।

  • 10परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका पिता-पुर्खाहरू अर्थात् अब्राहाम, इसहाक र याकूबसित तिमीहरूलाई दिन्छु भनी शपथ खानुभएको तिमीहरूले नबनाएका अनि ठुला

  • 22कुनै मानिसले मृत्यु योग्यको पाप गरेको छ र त्यसलाई मृत्युदण्ड दिँदा त्यसलाई रुखमा झुण्ड्यायौ भने

  • 7साथै, कुनै घरहरू नबनाओ, बीउ नरोप वा दाखबारी नलगाओ । यो तिमीहरूका लागि होइन । किनकि आफ्‍नो जीवनभर तिमीहरू पालमा बस्‍नुपर्छ, ताकि तिमीहरू विदेशीहरूको रूपमा बसिरहेका देशमा धेरै दिन बाँच्‍न सक्‍नेछौ ।'

  • 15र हरेक अग्ला धरहराका विरुद्धमा, छेड्‍नै नसक्‍ने हरेक पर्खालका विरुद्धमा,

  • 23वा यदि त्यसले आक्रमणमा परेका व्यक्‍तिलाई नदेखी ढुङ्गा फ्याँक्दा लाग्छ र मर्छ, अनि आक्रमणमा परेको व्यक्‍ति दोष लगाइएको व्यक्‍तिको शत्रु होइन भने; त्यसले त्यसलाई चोट पुर्‍याउन खोजिरहेको थिएन । तर आक्रमणमा परेको व्यक्‍ति मर्छ भने यसो गर्नुपर्छ ।

  • 8खाडल खन्‍ने कोही पनि त्यसभित्र खस्‍न सक्छ, र कसैले पर्खाल भत्काउँदा सर्पले त्यसलाई डस्‍न सक्छ ।