निर्गमन 15:23

अनलक शाब्दिक बाइबल

। त्यसपछि तिनीहरू मारा भन्‍ने ठाउँमा आइपुगे, तर त्यहाँको पानी तितो भएकोले तिनीहरूले पिउन सकेनन् । त्यसैले तिनीहरूले त्यस ठाउँको नाउँ मारा राखे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • गिन 33:8 : 8 त्यसपछि तिनीहरू पी-हहीरोतबाट हिँडे र समुद्रको बिचबाट हुँदै मरुभूमितिर लागे । तिनीहरूले एथामको मरुभूमिमा तिन दिनसम्म यात्रा गरे र मारामा छाउनी हाले ।
  • रूत 1:20 : 20 तर तिनले तिनीहरूलाई भनिन्, “मलाई नाओमी नभन । मलाई तितो भन, किनभने सर्वशक्तिमानले मसँग धेरै तिक्‍ततापूर्ण रूपमा व्यवहार गर्नुभएको छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • निर्ग 15:24-25
    2 पदहरू
    83%

    24त्यसकारण मानिसहरूले “हामीले के पिउने?” भनी मोशालाई गनगन गरे ।

    25मोशाले परमप्रभुलाई पुकारा गरे, र उहाँले तिनलाई एउटा बिरुवा देखाइदिनुभयो । मोशाले त्यसलाई पानीमा हाल्दा पानी पिउनलाई मिठो भयो । त्यहीँ नै परमप्रभुले तिनीहरूलाई कडा विधि दिनुभयो, त्यहाँ नै उहाँले तिनीहरूको जाँच गर्नुभयो ।

  • 22तब मोशाले इस्राएललाई लाल समुद्रबाट अगाडि लगे । तिनीहरू शूरको उजाड-स्थानमा लागे । तिन दिनसम्म तिनीहरूले उजाड-स्थानमा यात्रा गरे र पानी पाएनन्

  • गिन 33:8-10
    3 पदहरू
    76%

    8त्यसपछि तिनीहरू पी-हहीरोतबाट हिँडे र समुद्रको बिचबाट हुँदै मरुभूमितिर लागे । तिनीहरूले एथामको मरुभूमिमा तिन दिनसम्म यात्रा गरे र मारामा छाउनी हाले ।

    9तिनीहरू माराबाट हिँडे र एलीममा आइपुगे । एलीममा बाह्रवटा पानीका मूल र सत्तरीवटा खजूरका रुख थिए । तिनीहरूले त्यहीँ नै छाउनी हाले ।

    10तिनीहरू एलीमबाट हिँडे र लाल समुद्रको किनारमा छाउनी हाले ।

  • निर्ग 17:1-3
    3 पदहरू
    76%

    1¶ परमप्रभुको निर्देशन मानी इस्राएलीहरूको सारा समुदाय सीनको उजाड-स्थानबाट यात्रा गरे । तिनीहरूले रपीदीममा छाउनी हाले, तर त्यहाँ मानिसहरूलाई पिउन पानी थिएन ।

    2त्यसैले मानिसहरूले तिनीहरूको अवस्थाको निम्ति मोशालाई दोष लगाए र भने, “हामीलाई पिउन पानी दिनुहोस् ।” मोशाले भने, “तिमीहरू किन मसित झगडा गर्छौ? तिमीहरू किन परमप्रभुको जाँच गर्छौ?”

    3मानिसहरू तिर्खाएका थिए । त्यसैले तिनीहरूले मोशाको विरुद्धमा गनगन गरे । तिनीहरूले भने, “तपाईंले हामीलाई मिश्रबाट किन निकालेर ल्याउनुभएको? हामी, हाम्रा छोराछोरी र हाम्रा गाईवस्तुलाई तिर्खाले मार्नलाई?”

  • गिन 21:14-17
    4 पदहरू
    74%

    14त्यसैले परमप्रभुको युद्धको पुस्तकमा यस्तो लेखिएको छ, “सूपाको वाहेब र अर्ननोनका बेँसीहरू,

    15बेँसीका ओह्रालाहरू, जो आरको सहरतिर लाग्छन् र मोआबको सिमानसम्म पुग्छन् ।”

    16तिनीहरूले त्यहाँबाट बेओरसम्म यात्रा गरे । त्यो इनारमा परमप्रभुले मोशालाई भन्‍नुभयो, “मानिसहरूलाई भेला गर् र म तिनीहरूलाई पानी दिन्छु ।”

    17त्यसपछि इस्राएलले यो गीत गायो, “इनारको मूल फुटेर निस्क्यो! यसको गीत गाओ,

  • 14तिनीहरू आलूशबाट हिँडे र रपीदीममा छाउनी हाले, जहाँ मानिसहरूलाई पिउनलाई पानी थिएन ।

  • निर्ग 17:6-7
    2 पदहरू
    73%

    6म होरेब पर्वतमा चट्टानमा तेरो सामु खडा हुनेछु, र तैँले चट्टानलाई हिर्का । मानिसहरूलाई पिउन चट्टानबाट पानी निस्केर आउनेछ ।” तब मोशाले इस्राएलका धर्म-गुरुहरूको दृष्‍टिमा त्यसै गरे ।

    7इस्राएलीहरूको गनगन र “परमप्रभु हाम्रा बिचमा हुनुहुन्छ कि हुनुहुन्‍न?” भनी तिनीहरूले प्रभुको जाँच गरेकाले तिनले त्यस ठाउँको नाउँ मस्साह र मेरीबा राखे ।

  • 32तिनीहरूले मेरीबको पानीमा पनि परमप्रभुलाई रिस उठाए र तिनीहरूका कारणले मोशाले कष्‍ट भोगे ।

  • 13यो ठाउँलाई मेरीबाको पानी भनियो, किनभने इस्राएलका मानिसहरूले त्यहाँ परमप्रभुसँग झगडा गरेका थिए, र उहाँले आफैलाई पवित्र जनको रूपमा प्रकट गर्नुभएको थियो ।

  • 24सबै मिश्रीले पिउने पानीको लागि नदीको वरिपरि खने, तर तिनीहरूले नदीकै पानी भने पिउन सकेनन् ।

  • गिन 20:4-5
    2 पदहरू
    71%

    4परमप्रभुको समुदाय, हामी र हाम्रा पशुहरू मर्नलाई किन यहाँ ल्याउनुभएको?

    5यो डरलाग्‍दो ठाउँमा ल्याउन हामीलाई किन मिश्रबाट आउन लगाउनुभयो? यहाँ बिउ, नेभारा, दाख वा अनार केही पनि छैन र पिउने पानी पनि छैन ।”

  • 2त्यहाँ मिरियम मरिन् र तिनलाई त्यहीँ गाडियो । समुदायको निम्ति त्यहाँ पानी थिएन, त्यसैले तिनीहरू मोशा र हारूनको विरुद्ध भेला भए ।

  • 21उहाँले तिनीहरूलाई मरुभूमिमा डोर्‍याउनुहुँदा तिनीहरूलाइ तिर्खा लागेन । उहाँले तिनीहरूको निम्ति चट्टानबाट पानी बगाउनुभयो । उहाँले चट्टानलाई चिरा पार्नुभयो र पानी बाहिर बगेर आयो ।

  • 27तब मानिसहरू एलीममा आइपुगे जहाँ पानीका बार्‍हवटा मुल र सत्तरीवटा खजुरका रुख थिए । तिनीहरूले पानी नजिकै पाल टाँगे ।

  • 2उजाड-स्थानमा इस्राएलीहरूका सारा समुदायले मोशा र हारूनको विरुद्धमा गनगन गरे ।

  • 44उहाँले मिश्रदेशका नदीहरूलाई रगतमा परिणत गर्नुभयो, ताकि तिनीहरूले आफ्‍ना नदीहरूका पानी पिउन सकेनन् ।

  • 20तर तिनले तिनीहरूलाई भनिन्, “मलाई नाओमी नभन । मलाई तितो भन, किनभने सर्वशक्तिमानले मसँग धेरै तिक्‍ततापूर्ण रूपमा व्यवहार गर्नुभएको छ ।

  • गिन 5:23-24
    2 पदहरू
    68%

    23पुजारीले यी श्रापहरूलाई मुट्ठोमा लेख्‍नुपर्छ, र ती लेखिएका श्रापहरूलाई त्यो तितो पानीमा धुनुपर्छ ।

    24पुजारीले श्राप ल्याउने त्यो तितो पानी त्यो महिलालाई पिउन लगाउनुपर्छ । त्यो पानी त्यसभित्र जाने छ र तितो तुल्याउनेछ ।

  • 15यसैले मिरियमलाई छाउनीबाहिर सात दिनसम्म थुनियो । तिनी छाउनीमा नफर्केसम्म मानिसहरूले यात्रा गरेनन् ।

  • 11के एउटा छहराको मुखबाट त्यसले मिठो र तितो पानी दुवै निकाल्दछ र?

  • 15उहाँले मलाई तिक्तताले भरिदिनुभयो, र ऐरेलु पिउन लगाउनुभयो ।

  • गिन 21:4-5
    2 पदहरू
    68%

    4तिनीहरूले तिनीहरूलाई र तिनीहरूका सहरलाई पूर्ण रूपमा नष्‍ट गरे । त्यस ठाउँको नाउँ होर्मा राखियो । तिनीहरूले एदोमको भूमिलाई फेरो मारेर नर्कटको समुद्रको बाटो हुँदै होर पर्वतबाट गए । बाटोमा मानिसहरू अति निरुत्साहित भए ।

    5मानिसहरू परमेश्‍वर र मोशा विरुद्ध बोले, “मरुभूमिमा मर्न तपाईंले हामीलाई मिश्रबाट किन ल्याउनुभयो? यहाँ रोटी छैन, पानी पनि छैन अनि यो घृणास्पद खाना हामी घृणा गर्छौं ।”

  • गिन 20:10-11
    2 पदहरू
    68%

    10अनि मोशा र हारूनले चट्टानको सामु मानिसहरू भेला पारे । मोशाले तिनीहरूलाई भने, “अब हे बागीहरू हो, सुन । के हामीले तिमीहरूलाई यो चट्टानबाट पानी निकाल्नपर्छ?

    11अनि मोशाले आफ्नो हात उठाएर चट्टानलाई दुई पटक हिर्काए, र पानी निस्क्यो । समुदाय र तिनीहरूका गाईवस्तुहरूले पानी पिए ।

  • 7त्यहाँबाट तिनीहरू गुदगुदासम्म हिँडे र गुदगुदाबाट खोलाहरू भएको योतबातामा आए ।

  • 22तबेरा, मस्साह र किब्रोथ-हत्तावामा तिमीहरूले परमप्रभुलाई क्रोधित तुल्यायौ ।

  • 21नदीका माछाहरू मरे र पानी गन्हाउन थाल्यो । मिश्रीहरूले नदीको पानी पिउन सकेनन्, र मिश्र देशैभरि जताततै रगतै-रगत थियो ।

  • 14तिमीहरू दुवै जनाले सीनको मरुभूमिमा मेरो आज्ञा विरुद्ध विद्रोह गरेको हुनाले यस्तो हुने छ । त्यहाँ चट्टानबाट पानी बगेर निस्कँदा तिमीहरूका रिसमा तिमीहरूले सारा समुदायको नजरमा पवित्र जनको रूपमा मलाई आदर गर्न चुक्यौ ।” यो घटना सीनको मरूभूमिको कादेशको मेरीबाको पानीमा भएको थियो ।

  • 16तर तिनीहरू मिश्रदेशबाट आए, र इस्राएल उजाड-स्‍थान हुँदै लाल समुद्रमा र कादेशमा गए ।

  • 27तिमीहरूका पालहरूमा गनगन गर्दै तिमीहरूले भन्यौ, “परमप्रभुले हामीलाई घृणा गर्नुभएको छ । त्यसैले, एमोरीहरूको हातमा सुम्पी हामीलाई नष्‍ट गर्न उहाँले हामीलाई मिश्र देशबाट बाहिर ल्याउनुभएको छ ।

  • 9मोशाले इस्राएलीहरूलाई यो कुरा बताउँदा तिनीहरूको कठोर दासत्वको कारणले उब्जेको तिनीहरूको निरुत्साहले गर्दा तिनीहरूले तिनको कुरा सुनेनन् ।

  • 11त्यो ताराको नाउँ “ऐरेलु” हो । एक-तिहाइ भागको पानी तितो भयो, र त्यो तितो भएको पानीबाट धेरै मानिस मरे ।

  • 9तिनीहरूले भूमिलाई देखे र इस्राएलका मानिसहरूका मनलाई निरुत्साहित बनाए, ताकि परमप्रभुले तिनीहरूलाई दिनुभएको भूमिमा प्रवेश गर्न तिनीहरूले इन्कार गरून् ।

  • 22तिनीहरू बिहान सबेरै ब्युँझे र पानीमा घाम प्रतिबिम्‍बित भयो । मोआबीहरूले तिनीहरूको सामु भएको पानी हेरे, तब त्‍यो रगतजस्तै रातो देखियो ।

  • 15उहाँले उजाडस्थानको चट्टा चिर्नुभयो र समुद्रको गहिराइ भर्न प्रशस्‍त हुने पानी उहाँले तिनीहरूलाई दिनुभयो ।

  • 15इस्राएलका मानिसहरूले यसलाई देखेपछि तिनीहरूले एक-अर्कालाई भने, “यो के हो?” यो के थियो भनी तिनीहरूलाई थाहा थिएन । मोशाले तिनीहरूलाई भने, “यो परमप्रभुले तिमीहरूलाई खानलाई दिनुभएको रोटी हो ।

  • 11तिनीहरूले मोशालाई भने, “के मिश्रमा चिहान नभएकोले तपाईंले हामीलाई यस उजाड-स्थानमा मर्न ल्याएउनुभएको हो? मिश्रबाट बाहिर निकाली किन तपाईंले हामीसित यसरी व्यवहार गर्नुभएको?