गिन्ती 5:23
पुजारीले यी श्रापहरूलाई मुट्ठोमा लेख्नुपर्छ, र ती लेखिएका श्रापहरूलाई त्यो तितो पानीमा धुनुपर्छ ।
पुजारीले यी श्रापहरूलाई मुट्ठोमा लेख्नुपर्छ, र ती लेखिएका श्रापहरूलाई त्यो तितो पानीमा धुनुपर्छ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
24पुजारीले श्राप ल्याउने त्यो तितो पानी त्यो महिलालाई पिउन लगाउनुपर्छ । त्यो पानी त्यसभित्र जाने छ र तितो तुल्याउनेछ ।
25पुजारीले महिलाको हातबाट डाहको अन्नबलि लिनुपर्छ । उसले परप्रभुको सामु अन्नबलिलाई डोलाउनुपर्छ र यसलाई वेदीमा ल्याउनुपर्छ ।
26पुजारीले अन्नबलिबाट एक मुट्ठी लिएर यसलाई वेदीमा जलाउनुपर्छ । त्यसपछि त्यसले महिलालाई त्यो तितो पानी पिउन दिनुपर्छ ।
27त्यसले त्यसलाई पानी पिउन दिँदा त्यसले आफ्नो पति विरुद्ध पाप गरेकोले यदि त्यो अशुद्ध भएकी छे भने, त्यो श्राप ल्याउने पानी त्यसभित्र जानेछ र तितो तुल्याउनेछ । त्यसको पेट फुलिनेछ र त्यसको जाँघ सुक्नेछ । त्यो महिला आफ्ना मानिसहरूबिच श्रापित हुनेछ ।
28तर यदि महिला अशुद्ध भएकी छैन भने र त्यो शुद्ध छे भने, त्यो स्वतन्त्र हुने छे । त्यसले बालक जन्माउन सक्ने छे ।
29डाहको नियम यही हो । आफ्नो पतिबाट बरालिने र अशुद्ध हुने महिलाको नियम यही हो ।
30आफ्नी पत्नीप्रति डाही हुँदा डाहको आत्मा भएको पुरुषको निम्ति नियम यही हो । उसले महिलालाई परमप्रभुको सामु ल्याउनुपर्छ र पुजारी डाहको व्यवस्थाले वर्णन गरेका सबै थोक गर्नुपर्छ ।
31पुरुष आफ्नी पत्नीलाई पुजारीकहाँ ल्याएको दोषबाट मुक्त हुनेछ । महिलाले त्यसको कुनै पनि दोष भोग्नुपर्छ ।”
16पुजारीले त्यस स्त्रीलाई नजिक ल्याउनुपर्छ र त्यसलाई परमप्रभुको सामु राख्नुपर्छ ।
17पुजारीले पवित्र पानीको भाँडो लिनुपर्छ र पवित्र वासस्थानको भुइँबाट धूलो लिनुपर्छ । त्यसले त्यो धूलोलाई त्यो पानीमा हाल्नुपर्छ ।
18पुजारीले त्यो महिलालाई परमप्रभुको सामु खडा गर्नेछ र त्यसले त्यो महिलाका कपाल फुलाइदिनेछ । त्यसले त्यो सम्झनाको अन्नबलिलाई त्यसको हातमा राख्नेछ, जुन सन्देहको अन्नबलि हो ।
19पुजारीले श्राप ल्याउन सक्ने तितो पानीलाई त्यसको हातमा राख्नेछ । पुजारीले त्यस महिलालाई शपथ खान लगाओस् र त्यसलाई यसो भनोस्, 'यदि अरू कुनै पुरुषले तँसँग यौन सम्बन्ध राखेको छैन भने र यदि तँ बरालिएर गएको छैनस् र अपराध गरेको छैन भने, तँ श्राप ल्याउने यो तितो पानीबाट मुक्त हुनेछस् ।
20तर यदि पतिको अधीनमा भएकी तँ बरालिएकी छस्, यदि तँ अशुद्ध भएकी छस् र यदि अरू कुनै पुरुष तँसँग सुतेको छ भने,
21(पुजारीले त्यो महिलामाथि श्राप ल्याउन सक्ने शपथ खान लगाउनुपर्छ र त्यसले महिलालाई भनिरहोस्) 'परमप्रभुले तँलाई श्रापित तुल्याउनुभएको होस् जुन तेरा मानिसहरूलाई देखाइनेछ । यदि परप्रभुले तेरो जाँघ सुक्ने तुल्याउनुभयो र तेरो पेट सुनिने तुल्याउनुभयो भने, यसै होस् ।
22श्राप ल्याउने यो पानी तेरो पेटभित्र जानेछ र तेरो पेट सुनिनेछ र तेरो जाँघ सुक्ने छ । त्यो महिलाले 'हो, म दोषी छु भने यस्तै होस्' भनी जवाफ दिनुपर्छ ।
27त्यसकारण, यस पुस्तकमा लेखिएका सबै श्राप आउने गरी परमप्रभुको रिस यस देशको विरुद्धमा दन्किएको हो ।
19त्यस्तो व्यक्तिले यो श्रापका वचनहरू सुन्दा त्यसले आफैलाई आशिष् दिई आफ्नो ह्रदयमा यसो भन्छ, 'म मेरो ह्रदयको हठीपनामा हिँडे तापनि मसित शान्ति हुने छ ।' यसले सुक्खा जमिनसँगै भिजेको जमिनलाई पनि नष्ट गर्ने छ ।
20परमप्रभुले त्यसलाई क्षमा दिनुहुने छैन, बरु परमप्रभुको क्रोध र उहाँको डाह त्यो मानिसको विरुद्धमा दन्कने छ अनि यस पुस्तकमा लेखिएका सबै श्राप त्यसमाथि आउने छन् । यसरी परमप्रभुले आकाशमुनिबाट त्यसको नाउँ मेटिदिनुहुने छ ।
21व्यवस्थाको यस पुस्तकमा लेखिएका करारका सबै श्रापअनुसार परमप्रभुले त्यसलाई इस्राएलका सबै कुलबाट विनाशको निम्ति अलग गर्नुहुने छ ।
15तर आज मैले तिमीहरूलाई दिएका सबै आज्ञासाथै विधिहरू पालन गर्न तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको कुरा सुनेनौ भने यी सबै श्राप तिमीहरूमाथि आइपर्ने छन् ।
16तिमीहरूको सहर र तिमीहरूको खेतमा श्राप पर्ने छ ।
17तिमीहरूको डालो र पिठो मुछ्ने आरीमा श्राप पर्ने छ ।
18तिमीहरूको सन्तान, तिमीहरूको भूमिको उब्जनी, तिमीहरूको गाईवस्तु र बाछा-बाछीहरूमा श्राप पर्ने छ ।
19तिमीहरू भित्र आउँदा र बाहिर जाँदा श्राप पर्ने छ ।
20तिमीहरूले दुष्ट काम गरी मलाई त्यागेकाले तिमीहरू चाँडै नष्ट नभएसम्म तिमीहरूले हात लगाउने हरेक थोकमा परमप्रभुले तिमीहरूमाथि श्राप, भ्रम र हप्की पठाउनुहुने छ ।
3अनि तिनले मलाई भने, “यो त्यो सराप हो जुन सारा भूमिमा जानेछ । किनकि यसको एकापट्टि जे भनिएको छ त्यसको आधारमा हरेक चोर बहिष्कृत हुनेछ, र अर्कापट्टि जे भनिएको छ त्यसको आधारमा झुटो शपथ खाने हरेक बहिष्कृत हुनेछ ।”
5पुजारीले माटोको भाँडामा भएको ताजा पानीमाथि दुई चराहरूमध्ये एउटालाई मार्नू भनी आज्ञा गर्ने छ ।
24‘परमप्रभु यसो भन्नुहुन्छ: हेर्, मैले यहूदाका राजाको सामुन्ने पढेको पुस्तकमा लेखिएका सबै सरापहरू यो ठाउँ र त्यसका मानिसहरूमाथि ल्याउन लागेको छु ।
18त्यसले सरापलाई आफ्नो लुगाको रूपमा लगायो र त्यसको सराप त्यसको अन्तस्करणमा पानीझैं र त्यसको हाडमा तेलझैं आयो ।
14“परमेश्वरलाई सरापेको मानिसलाई छाउनीबाट बाहिर निकाल् । त्यसको कुरा सुनेका सबैले आफ्ना हात त्यसको टाउकोमाथि राखून्, र त्यसपछि जम्मै समुदायले त्यसलाई ढुङ्गाले हानून् ।
15इस्राएलका मानिसहरूलाई तैँले यसरी सम्झाउनू, ‘आफ्ना परमेश्वरलाई सराप्नेले आफ्नो दोष आफै बोकोस् ।
19'परदेशी, टुहुरा वा विधवाले पाउनुपर्ने न्याय हरण गर्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
6त्यसैले तपाईं आउनुहोस् र मेरो निम्ति यस जातिलाई सराप दिनुहोस्, किनभने तिनीहरू मेरो निम्ति ज्यादै बलिया भएका छन् । सायद त्यसपछि मैलै तिनीहरूलाई आक्रमण गर्न र मेरो भूमिबाट लखेट्न सक्छु । तपाईंले जसलाई आशिष् दिनुहुन्छ, त्यो आशिषित्् हुने छ र तपाईंले जसलाई सराप दिनुहुन्छ, त्यो श्रापित हुने छ ।”
29जब परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई तिमीहरूले अधिकार गर्ने देशमा ल्याउनुहुन्छ तब तिमीहरूले आशिष्चाहिँ गीरीज्जीम डाँडामा र श्रापचाहिँ एबाल डाँडामा घोषणा गर्नू ।
65तपाईंले तिनीहरूका हृदय लज्जित पर्न दिनुहुने छ । तपाईंको दण्डाज्ञा तिनीहरूमाथि परोस् ।
18अर्थात् तिनीहरू आजको दिनमा भएझैं तिनीहरूलाई विनाश, भय अनि गिल्ला र सरापको पात्र बनाउन यरूशलेम, यहूदाका सहरहरू, त्यसका राजाहरू र अधिकारीहरूलाई यो पिउन लगाएँ ।
14तिनीहरूका मुख श्राप र तिक्तताले भरिएका छन् ।
14त्यसका पतिले यो नदेखे तापनि वा थाहा नै नपाए तापनि र त्यो कार्य गर्दा कसैले नपक्रे तापनि र त्यसको विरुद्ध कोही नभए तापनि, त्यसकी पत्नी अशुद्ध भएकी छे भन्ने डाहको आत्माले थाहा देला । तथापि पत्नी अशुद्ध नभएको हुँदा पनि डाहको गलत विचार आउन सक्ला ।
4पुजारी एलाजारले यसको केही रगत त्यसको औँलाले लिएर भेट हुने पालको अघिल्तिर सात पटक छर्कनू ।
2किनकि तिनीहरू रोटी र पानी लिएर इस्राएलीहरूकहाँ आएका थिएनन्, तर तिनीहरूले इस्राएललाई सराप दिन बालामलाई भाडामा लिएका थिए । तथापि हाम्रा परमेश्वरले सरापलाई आशिष्मा परिणत गरिदिनुभयो ।
61ती तिमीहरूमा टाँसिने छन् । यसको अतिरिक्त, तिमीहरू नष्ट नभएसम्म परमप्रभुले व्यवस्थाको यस पुस्तकमा नलेखिएका हरेक रोग र विपत्ति पनि तिमीहरूमाथि ल्याउनुहुने छ ।
15उहाँले मलाई तिक्तताले भरिदिनुभयो, र ऐरेलु पिउन लगाउनुभयो ।
23अब यसैकारण तिमीहरू श्रापित भएका छौ र तिमीहरूमध्ये केही सधैँको निम्ति मेरा परमेश्वरको भवनमा दाउरा काट्ने र पानी तान्ने दासहरू हुने छौ ।”
17अशुद्ध व्यक्तिको निम्ति यसो गर्नूः जलाइएको पापबलिबाट केही खरानी लिनू र ताजा पानीसँग भाँडामा मिसाउनू ।
23। त्यसपछि तिनीहरू मारा भन्ने ठाउँमा आइपुगे, तर त्यहाँको पानी तितो भएकोले तिनीहरूले पिउन सकेनन् । त्यसैले तिनीहरूले त्यस ठाउँको नाउँ मारा राखे ।
25तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आराधना गर्नू, अनि उहाँले तिमीहरूका अन्न र पानीमा आशिष् दिनुहुनेछ । म तिमीहरूका बिचबाट रोग हटाइदिनेछु ।
3तिनीहरूलाई भन्, 'परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छः यस करारका वचनहरू नसुन्ने जोसुकै श्रापित होस् ।
21यो यी परिस्थितिसम्बन्धी निरन्तरको नियम हुने छ । अशुद्धताको निम्ति पानी छर्कने व्यक्तिले आफ्नो लुगा धुनुपर्छ । अशुद्धताको निम्ति पानी छुने व्यक्ति साँझसम्म अशुद्ध हुने छ ।
45यी सबै श्राप तिमीहरूमाथि आइपर्ने छन् र तिमीहरू नष्ट नभएसम्म तिनले तिमीहरूको पिछा गर्ने छन् । उहाँले तिमीहरूलाई उहाँका आज्ञा र निर्देशनहरू पालन गर्न तिमीहरूले उहाँको कुरा नसुनेकाले यो हुने छ ।
16'आफ्ना बुबाआमालाई श्राप दिने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'