यहेज्केल 18:8

अनलक शाब्दिक बाइबल

यस्तो मानिसको बारेमा के भन्‍ने, जसले आफूले दिएको लोनको ब्‍याज धेरै लिंदैन, र आफूले बेचेको कुरामा धेरै नाफा लिंदैन? उसको बारेमा यसो भनिन्छ, उसले न्याय गर्छ र मानिसहरूका बिचमा विश्‍वस्‍तता कायम गर्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 22:25 : 25 मेरा मानिसहरूका बिचमा भएका गरिबहरूलाई तिमीहरूले ऋण दियौ भने तिमीहरू उसको लागि साहुकारजस्ता नहोओ वा त्यसबाट ब्याज असुल नगर ।
  • जक 8:16 : 16 तिमीहरूले यी कामहरू गर्नुपर्छ: हरेक मानिसले आफ्नो छिमेकीसँग सत्य बोलोस् । आफ्नो इलाकामा सत्य, न्याय, र शान्तिसँग इन्साफ गर ।
  • व्यव 23:19-20 : 19 ब्याज प्राप्‍त गर्न सकिने रुपियाँ-पैसा, भोजन वा अन्य कुनै पनि कुरो आफ्नो इस्राएली भाइलाई ऋणस्वरूप दिँदा त्यसबाट ब्याज नलिनू । 20 परदेशीबाट भने तिमीहरूले ब्याज लिन सक्छौ । तर आफ्नो इस्राएली भाइबाट भने तिमीहरूले ब्याज लिनुहुँदैन । यसरी परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूले अधिकार गर्न लागेको देशमा तिमीहरूको हात परेको हरेक थोकमा आशिष् दिनुभएको होस् ।
  • लैव्य 25:35-37 : 35 यदि तिमीहरूका सङ्गी-नागरिक गरिब भएर आफ्नो हेरचाह गर्न सकेन भने, तिमीहरूले जसरी कुनै परदेशीलाई वा तिमीहरूका बिचमा कतै बाहिरबाट आएर बसोबास गरेका मानिसहरूलाई सहयोग गर्छौ, त्यसरी नै त्यसलाई सहयोग गर्नू । 36 त्यसलाई ब्याज नलगाउनू वा त्यसबाट कुनै किसिमको फाइदा नलिनू, आफ्ना परमेश्‍वरको आदर गर्नू ताकि तेरो भाइ तँसँगै बसोबास गर्न सकोस् । 37 तिमीहरूले त्यसलाई ब्याजमा ऋण नदिनू, न त नाफा कमाउनको निम्ति आफ्नो भोजन त्यसलाई बेच्‍नू ।
  • भजन 15:5 : 5 त्यसले रुपियाँ दिंदा ब्याज लिंदैन । निर्दोषको विरुद्ध साक्षी दिन त्यसले घूस लिंदैन । यी कुरा गर्नेहरू कहिल्यै डग्‍नेछैनन् ।
  • यहे 18:13 : 13 र उसले महंगो ब्‍याजमा रुपियाँ दिन्‍छ र आफूले बेचेको कुरामा धेरै मुनाफा कमाउँछ । के यस्‍तो मानिस जीवित रहनुपर्छ? ऊ निश्‍चय पनि जीवित रहँदैन । ऊ निश्‍चय मर्नेछ र उसको रगत उसकै शिरमाथि पर्नेछ किनभने उसले यी सबै घिनलाग्‍दा कुराहरू गरेको छ ।
  • यहे 18:17 : 17 त्‍यो छोरोले कसैलाई थिचोमिचो गर्दैन वा महंगो ब्याज लिंदैन वा लोनबाट धेरै मुनाफा कमाउँदैन, तर उसले मेरा नियमहरू मान्‍छ, र मेरा विधिहरूअनुसार हिंड्‍छ । त्‍यो छोरो आफ्‍नो बुबाका पापको कारण मर्नेछैनः ऊ निश्‍चय नै बाँच्‍नेछ ।
  • यहे 22:12 : 12 तँभित्र यी मानिसहरूले रक्तपात गर्नलाई घूस लिन्‍छन्‌ र तैंले बढी ब्‍याज लिएर र धेरै मुनाफा कमाएको छस्, र थिचोमिचो गरेर तैंले आफ्नो छिमेकीलाई नष्‍ट गरेको छस्, र तैंले मलाई बिर्सेको छस्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
  • जक 7:9-9 : 9 “सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ, ‘साँचो न्याय, करारको विश्‍वसनीयता, र अनुग्रहद्वारा इन्साफ गर । हरेक मानिसले आफ्नो दाजुभाइको निम्ति यस्तो गरोस् । 10 विधवा र टुहुरा, परदेशी, र गरिब मानिसमाथिअत्याचार नगर, र कसैले पनि आफ्नो हृदयमा अर्काको विरुद्ध खराबीको योजना नबनाओस् ।’
  • नीति 28:8 : 8 धेरै ब्याज लगाएर आफ्नो सम्पत्ति बढाउने मानिसको धनलाई अर्कैले कुम्ल्याउँछ र त्यसले गरिबहरूमाथि दया देखाउँछ ।
  • नीति 31:8-9 : 8 बोल्न नसक्‍नेहरू र नष्‍ट भइरहेकाहरूको अधिकारको लागि बोल् । 9 आवाज उठा, र जे ठिक छ त्यसको नापअनुसार न्याय गर्, अनि गरिब र खाँचोमा परेकाहरूको अधिकारको निम्ति बोल् ।
  • यशा 1:17 : 17 असल गर्न सिक । न्याय खोज, थिचोमिचोमा परेकाहरूलाई छुटाओ, अनाथलाई न्याय देओ र विधवाको रक्षा गर ।”
  • यशा 33:15 : 15 त्यही नै जो धार्मिकतासाथ हिंड्छ र इमानदारसाथ बोल्छ । जसले अत्यचारको लाभलाई घृणा गर्छ, जसले घूस स्वीकार नगर्न आफ्नो हात टकटकाउँछ, रक्‍तपातको बारे सुन्‍नदेखि आफ्ना कानहरू बन्द गर्छ र जसले दुष्‍टता हेर्नदेखि आफ्ना आँखाहरू बन्‍द गर्छ—
  • यिर्मि 15:10 : 10 हे मेरी आमा, मलाई धिक्‍कार छ! किनकि तपाईंले मलाई जन्म दिनुभयो, म जो देशैभरि तर्क र विवादको मानिस हुँ । मैले ऋण दिएको छैनँ, न कसैले मलाई ऋण दिएको छ, तर तिनीहरू सबैले मलाई श्राप दिन्छन् ।
  • यिर्मि 22:15-16 : 15 के यही कुराले तँलाई असल राजा बनाउँछन्, कि तैंले देवदारुका फल्याकहरू पाउने इच्‍छा गरिस्? तेरा बाबुले पनि खाए र पिए, तापनि न्याय र धार्मिकता कायम राखे, होइन र? त्यसको लागि असल कुराहरू नै भए । 16 उसले गरिबहरू र खाँचोमा परेकाहरूको पक्षमा न्याय गर्‍यो । त्यस बेला राम्रै भएको थियो । के मलाई चिन्‍नुको अर्थ यही होइन र? यो परमप्रभुको घोषणा हो ।
  • व्यव 1:16-17 : 16 त्यस बेला मैले तिमीहरूका न्यायकर्ताहरूलाई यसो भनी आज्ञा दिएँ, 'तिमीहरूका दाजुभाइहरूका बिचमा भएको झगडालाई सुनी कुनै मानिस, भाइ र तिमीहरूका परदेशीको बिचमा धार्मिकतापूर्वक न्याय गर । 17 झगदा हुँदा कसैको पक्षपात नगर । साना-ठुला दुवैको कुरामा समान रूपमा ध्यान देओ । मानिसको अनुहारदेखि नडराओ किनकि न्याय परमेश्‍वरको हो । तिमीहरूले मिलाउन नसक्‍ने झगडा मकहाँ ल्याओ र म त्यो सुन्‍ने छु ।'
  • व्यव 16:18-20 : 18 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने तिमीहरूका सबै सहरमा न्यायकर्ता र अधिकारीहरू नियुक्त गर्नू । तिमीहरूका हरेक कुलबाट तिनीहरूलाई छान्‍नू, र तिनीहरूले मानिसहरूको निष्पक्ष न्याय गरून् । 19 तिमीहरूले जबरजस्ती न्याय हरण नगर । पक्षपात नगर न त घुस लेओ किनकि घुसले बुद्धिमानीहरूको आँखालाई अन्धो तुल्याई धर्मीहरूका वचनलाई बङ्ग्याइदिन्छ । 20 न्यायको मात्र पछि लाग ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूले दिनुहुने देशलाई अधिकार गरी त्यहाँ तिमीहरू बस्‍न सक्‍ने छौ ।
  • लैव्य 19:15 : 15 झुटो न्याय नगर्नू । कोही गरिब भएको कारण र कोही महत्त्वपूर्ण भएको कारण तिमीहरूले कसैप्रति पक्षपात नगर्नू । बरु, आफ्नो छिमेकीको सही न्याय गर्नू ।
  • लैव्य 19:35 : 35 लम्बाइ, तौल र सङ्ख्या नाप्‍दा छल नगर्नू ।
  • २ शमू 22:24 : 24 म उहाँको सामु निर्दोष भएको छु र मैले आफैंलाई पापबाट अलग राखेको छु ।
  • नहे 5:1-9 : 1 ¶ तब मानिसहरू र तिनीहरूका पत्‍नीहरूले आफ्ना यहूदी मित्रहरूका विरुद्धमा ठुलो आवाज उठाए । 2 त्यहाँ केही मानिसहरू थिए जसले भने, “हाम्रा छोराछोरीहरूसमेत गर्दा हामी धेरै छौँ । हामीले खाएर बाँच्नलाई अन्‍न प्राप्‍त गरौँ ।” 3 त्यहाँ अरू केही मानिसहरू पनि थिए जसले भने, “अनिकालको समयमा अन्‍न प्राप्‍त गर्न हामी हाम्रा खेतहरू, हाम्रा दाखबारीहरू र हाम्रा घरहरू बन्धकमा राख्दै छौँ ।” 4 केहीले यसो पनि भने, “राजालाई हाम्रा खेतहरू र हाम्रा दाखबारीहरूको कर तिर्न हामीले पैसा सापट लिएका छौँ । 5 तरै पनि हाम्रा शरीर हाम्रा दाजुभाइहरूका शरीर जस्तै हुन्, र हाम्रा छोराछोरीहरू तिनीहरूका छोराछोरीहरूजस्तै हुन् । हाम्रा छोराछोरीहरूलाई कमारा-कमारी बन्‍नको लागि बेच्न हामी बाध्य छौँ । हाम्रा केही छोरीहरू पहिले नै कमारी भइसकेका छन् । अरू मानिसहरूले हाम्रा खेतहरू र हाम्रा दाखबारीहरू अधिकार गरेकाले हामीसित मदत गर्ने खुबी छैन ।” 6 जब मैले तिनीहरूको रोदन र यी वचनहरू सुने म सार्‍है रिसाएँ । 7 तब मैले यस विषयमा सोचविचार गरेँ, अनि कुलीनहरू र अधिकारीहरूलाई दोष लगाएँ । मैले तिनीहरूलाई भनेँ, “तिमीहरू हरेकले आफ्नै भाइबाट ब्याज लिँदै छौ ।” मैले तिनीहरूको विरुद्धमा ठुलो भेला गराएँ, 8 र तिनीहरूलाई भनेँ, “हामी कुलीनहरूले जाति-जातिहरूकहाँ दासत्वमा बेचिएका हाम्रा यहूदी दाजुभाइहरूलाई दाम तिरी फिर्ता गरेर ल्याएका छौँ, तर तिमीहरू आफ्ना दाजुभाइ तथा दिदी-बहिनीहरू फेरी हामीलाई बेच्छौ!” तिनीहरू स्तब्ध भए र बोल्नलाई कुनै शब्दै भएन । 9 मैले यसो पनि भनेँ, “तिमीहरूले जे गरिरहेका छौ, त्यो ठिक होइन । जाति-जातिहरू अर्थात् हाम्रा शत्रुहरूका कटाक्षलाई रोक्‍न के तिमीहरू हाम्रा परमेश्‍वरोक डरमा चल्नुपर्दैन र? 10 मैले, मेरा दाजुभाइहरूले र मेरा सेवकहरूले तिनीहरूलाई रुपियाँ-पैसा र अन्‍न सापट दिँदै छौँ । तर हामीले यी ऋणमा ब्याज लगाउन रोक्‍नुपर्छ । 11 आजकै दिन तिमीहरूले तिनीहरूबाट लिएका तिनीहरूका खेतहरू, दाखबारीहरू, भद्राक्ष बारीहरू, तिनीहरूका घरहरू, रुपियाँ-पैसाको ब्याज, अन्‍न, नयाँ दाखमद्य र तेल फर्काइदेओ ।”
  • नहे 5:15 : 15 तर मभन्दा अगिका राज्यपालहरूले मानिसहरूमाथि गर्‍हौँ बोझ लादिदिए, र तिनीहरूको दैनिक भोजनसाथै दाखमद्यको लागि मानिसहरूबाट चाँदीका चालिस सिक्‍का कर लिएका थिए । तिनीहरूका सेवकहरूले पनि मानिसहरूमाथि थिचोमिचो गरे । तर परमेश्‍वरको भयको कारणले मैले त्यसो गरिनँ ।
  • अय्यू 29:7-9 : 7 जति बेला म सहरको मूल ढोकाबाट बाहिर निस्‍कन्‍थें, जति बेला सहरको चोकमा भएको मेरो शासनमा म बस्थें, 8 जवान मानिसहरूले मलाई देखे र मेरो आदर गरेर तिनीहरू टाढै बस्थे, अनि पाका मानिसहरू मेरो निम्‍ति खडा हुन्थे र उभिन्थे । 9 जब म आउँथें, तब राजकुमारहरूको बोली नै बन्द हुन्थ्यो । तिनीहरूले आफ्ना हातले मुख छोप्थे । 10 कुलीनहरूका आवाजहरू बन्‍द हुन्थ्यो, अनि तिनीहरूको जिब्रो तिनीहरूकै तालुमा टाँसिन्थ्यो । 11 किनकि तिनीहरूका कानले सुन्थे, र मलाई आशिष् दिन्थे । तिनीहरूका आँखाले मलाई देखेपछि तिनीहरूले मेरो साक्षी दिन्थे, र मलाई स्‍याबासी दिन्‍थे, 12 किनकि गरिब मानिसले पुकारा गर्दा मैले उसलाई छुटाउँथेँ, र अनाथलाई मदत गर्ने कोही नहुँदा मैले उसको हेरचाह गर्थें । 13 मर्न लागेको मानिसले मलाई आशिष् दिन्थ्यो । विधवाको हृदय आनन्दले गाउने मैले बनाइदिन्थेँ । 14 मैले धार्मिकता पहिरिन्थेँ, र यसलाई मलाई ढाक्थ्यो । मेरो इन्साफ पोशाक र फेटाझैं हुन्थ्यो । 15 दृष्‍टिविहीन मानिसको लागि म आँखा भएँ । लङ्गडोको लागि म खुट्टा भएँ । 16 खाँचोमा परेको मानिसको लागि म पिता भएँ । मैले नचिनेको मानिसको मुद्दाको पनि म जाँच गरिदिन्थेँ । 17 मैले अधर्मी मानिसको बङ्गारा झारिदिएँ । मैले त्यसको दाँतको बिचबाट सिकारलाई बाहिर निकालें ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहे 18:9-19
    11 पदहरू
    86%

    9एक जना मानिस मेरा विधिहरू पालन गर्छ, र विश्‍वाससित मेरा नियमहरू मान्‍छ भने त्यो धर्मी मानिसको निम्ति प्रतिज्ञा यो होः त्‍यो निश्‍चय नै बाँच्‍नेछ— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

    10तर मानौं, उसको एक जना हिंस्रक छोरो छ, जसले हत्‍या गर्छ र यी माथि उल्‍लेखित कुनै पनि काम गर्छ,

    11(उसका बुबाले यी कुरामध्‍ये एउटै पनि नगरेको भए पनि) । उसले डाँडाहरूमा खान्‍छ, र आफ्‍नो छिमेकीकी पत्‍नीलाई बिटुलो पार्छ । उसको बारेमा के भन्‍न सकिन्छ र?

    12यो मानिसले गरीब र दरिद्रमाथि थिचोमिचो गर्छ, र उसले लुट्‍छ र डकैती गर्छ र धितो फर्काउँदैन, अनि उसले आफ्‍ना आँखा मूर्तिहरूतिर उचाल्‍छ, र घिनलाग्‍दा कामहरू गर्छ,

    13र उसले महंगो ब्‍याजमा रुपियाँ दिन्‍छ र आफूले बेचेको कुरामा धेरै मुनाफा कमाउँछ । के यस्‍तो मानिस जीवित रहनुपर्छ? ऊ निश्‍चय पनि जीवित रहँदैन । ऊ निश्‍चय मर्नेछ र उसको रगत उसकै शिरमाथि पर्नेछ किनभने उसले यी सबै घिनलाग्‍दा कुराहरू गरेको छ ।

    14तर हेर, मानौं एक जना मानिस छ र उसको एक जना छोरो छ, जसले आफ्‍ना बुबाले गरेका सबै पापहरू देख्‍छ, अनि उसले ती देखे तापनि उसले ती कुराहरू गर्दैन ।

    15त्‍यो छोरोले डाँडाका थानहरूमा खाँदैन, र उसले इस्राएलका घरानाका मूर्तिहरूतिर आफ्‍ना आँखा लगाउँदैन, र उसले आफ्‍नो छिमेकीकी पत्‍नीलाई बिटुलो पार्दैन । उसको बारेमा के भन्‍न सकिन्छ?

    16त्‍यो छोरोले कसैलाई थिचोमिचो गर्दैन, वा बन्‍धक खोस्‍दैन वा चोरीका सामानहरू लिंदैन, तर त्‍यसको साटोमा आफ्‍नो खानेकुरा भोकालाई दिन्‍छ, र नाङ्गालाई लुगाले ढाक्‍छ ।

    17त्‍यो छोरोले कसैलाई थिचोमिचो गर्दैन वा महंगो ब्याज लिंदैन वा लोनबाट धेरै मुनाफा कमाउँदैन, तर उसले मेरा नियमहरू मान्‍छ, र मेरा विधिहरूअनुसार हिंड्‍छ । त्‍यो छोरो आफ्‍नो बुबाका पापको कारण मर्नेछैनः ऊ निश्‍चय नै बाँच्‍नेछ ।

    18उसको बुबाले अरूबाट जबरदस्‍ती लिएर थिचोमिचो गरेको र आफ्‍नो भाइको डकैती गरेको, र आफ्ना मानिसहरूका माझमा जे असल छैन त्‍यही गरेको कारणले, हेर, ऊ आफ्‍नो अधर्ममा मर्नेछ ।

    19तर तिमीहरू भन्छौ, 'छोरोले आफ्‍नो बुबाको अधर्मको फल भोग्‍नु किन नपर्ने?' किनकि छोराले न्‍याय र धार्मिकता पुरा गर्छ र मेरा सबै विधिहरू पालन गर्छ । उसले ती पुरा गर्छ । ऊ निश्‍चय नै बाँच्‍नेछ ।

  • यहे 18:5-7
    3 पदहरू
    86%

    5एक जना धर्मी र न्‍याय तथा धर्मिकता कायम राख्‍ने मानिसको बारेमा के भण्‍न सकिन्छ—

    6उसले डाँडाहरूमा खाँदैन, वा इस्राएलका घरानाका मूर्तिहरूतिर हेर्दैन, र उसले आफ्‍नो छिमेकीकी पत्‍नीलाई अपवित्र पार्दैन, न त महिनावारीको समयमा कुनै स्‍त्रीकहाँ जान्‍छ । के ऊ धर्मी मानिस हो?

    7यस्तो मानिसको बारेमा के भन्‍न सकिन्छ, जसले कसैलाई थिचोमिचो गर्दैन, र लोन लिनेले धितो राखेको सामान लोन लिनेलाई उसले फर्काउँछ, र उसले चोरी गर्दैन, तर भोकालाई आफ्‍नो खानेकुरा दिन्‍छ, र नाङ्गालाई लुगा पहिराउँछ । के ऊ धर्मी मानिस हो?

  • 5त्यसले रुपियाँ दिंदा ब्याज लिंदैन । निर्दोषको विरुद्ध साक्षी दिन त्यसले घूस लिंदैन । यी कुरा गर्नेहरू कहिल्यै डग्‍नेछैनन् ।

  • 25मेरा मानिसहरूका बिचमा भएका गरिबहरूलाई तिमीहरूले ऋण दियौ भने तिमीहरू उसको लागि साहुकारजस्ता नहोओ वा त्यसबाट ब्याज असुल नगर ।

  • लैव्य 25:36-37
    2 पदहरू
    78%

    36त्यसलाई ब्याज नलगाउनू वा त्यसबाट कुनै किसिमको फाइदा नलिनू, आफ्ना परमेश्‍वरको आदर गर्नू ताकि तेरो भाइ तँसँगै बसोबास गर्न सकोस् ।

    37तिमीहरूले त्यसलाई ब्याजमा ऋण नदिनू, न त नाफा कमाउनको निम्ति आफ्नो भोजन त्यसलाई बेच्‍नू ।

  • यहे 22:12-13
    2 पदहरू
    76%

    12तँभित्र यी मानिसहरूले रक्तपात गर्नलाई घूस लिन्‍छन्‌ र तैंले बढी ब्‍याज लिएर र धेरै मुनाफा कमाएको छस्, र थिचोमिचो गरेर तैंले आफ्नो छिमेकीलाई नष्‍ट गरेको छस्, र तैंले मलाई बिर्सेको छस्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

    13हेर्, तैंले अन्‍यायसित नाफा गरेको र तेरो बिचमा भएको रक्तपातलाई मैले आफ्‍नो हातले प्रहार गरेको छु ।

  • 15त्यही नै जो धार्मिकतासाथ हिंड्छ र इमानदारसाथ बोल्छ । जसले अत्यचारको लाभलाई घृणा गर्छ, जसले घूस स्वीकार नगर्न आफ्नो हात टकटकाउँछ, रक्‍तपातको बारे सुन्‍नदेखि आफ्ना कानहरू बन्द गर्छ र जसले दुष्‍टता हेर्नदेखि आफ्ना आँखाहरू बन्‍द गर्छ—

  • 8धेरै ब्याज लगाएर आफ्नो सम्पत्ति बढाउने मानिसको धनलाई अर्कैले कुम्ल्याउँछ र त्यसले गरिबहरूमाथि दया देखाउँछ ।

  • यहे 33:15-16
    2 पदहरू
    75%

    15र त्यसले ऋणको निम्ति आफूले दुष्‍टतापूर्वक राखेको धितो फिर्ता गर्छ, वा त्यसले चोरेको कुरालाई फिर्ता गर्छ, र जीवन दिने विधिहरू पालना गर्छ र फेरि पाप गर्दैन भने, तब त्यो निश्‍चय नै जिउनेछ । त्यो मर्नेछैन ।

    16त्यसले गरेका कुनै पनि पापको सम्झना हुनेछैन । त्यसले न्यायपूर्ण र धार्मिक रूपमा काम गरेको छ र यसैले त्यो निश्‍चय नै जिउनेछ ।

  • व्यव 23:19-20
    2 पदहरू
    74%

    19ब्याज प्राप्‍त गर्न सकिने रुपियाँ-पैसा, भोजन वा अन्य कुनै पनि कुरो आफ्नो इस्राएली भाइलाई ऋणस्वरूप दिँदा त्यसबाट ब्याज नलिनू ।

    20परदेशीबाट भने तिमीहरूले ब्याज लिन सक्छौ । तर आफ्नो इस्राएली भाइबाट भने तिमीहरूले ब्याज लिनुहुँदैन । यसरी परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तिमीहरूले अधिकार गर्न लागेको देशमा तिमीहरूको हात परेको हरेक थोकमा आशिष् दिनुभएको होस् ।

  • 10मैले, मेरा दाजुभाइहरूले र मेरा सेवकहरूले तिनीहरूलाई रुपियाँ-पैसा र अन्‍न सापट दिँदै छौँ । तर हामीले यी ऋणमा ब्याज लगाउन रोक्‍नुपर्छ ।

  • 15झुटो न्याय नगर्नू । कोही गरिब भएको कारण र कोही महत्त्वपूर्ण भएको कारण तिमीहरूले कसैप्रति पक्षपात नगर्नू । बरु, आफ्नो छिमेकीको सही न्याय गर्नू ।

  • 21दुष्‍ट मानिसहरूले ऋण लिन्छन् तर तिर्दैनन्, तर धर्मी व्‍यक्‍ति उदार हुन्छ र दिन्छ ।

  • 8तर तिमीहरूले उसलाई निश्‍चय नै आफ्नो हात खुला गर्नू, र उसको खाँचोको लागि पर्याप्‍त मात्रामा ऋण दिनू ।

  • 4तिनीहरूले भने, “तपाईंले हामीलाई ठग्‍नुभएको वा, थिचोमिचो गर्नुभएको वा कुनै मानिसको हातबाट कुनै पनि कुरा चोर्नुभएको छैन ।”

  • यिर्मि 7:5-6
    2 पदहरू
    72%

    5किनकि तिमीहरूले वास्तवमै तिमीहरूका मार्ग र अभ्यासहरू असल बनायौ भने, अनि तिमीहरूले मानिस र त्यसको छिमेकीको बिचमा न्यायलाई पूर्ण रूपमा कायम राख्यौ भने,

    6तिमीहरूले देशमा बस्‍ने मानिस, अनाथ वा विधवालाई शोषण गरेनौ र यस ठाउँमा निर्दोषको रगत बगाएनौ र आफैलाई हानि पुर्‍याउन अरू देवताहरूको पछि लागेनौ भने,

  • 11आफ्नो छिमेकीको सम्पत्तिमा आफ्नो हात छैन भनी दुवै जनाले परमप्रभुको सामु शपथ खानुपर्छ । सम्पत्तिको मालिकले यसलाई स्वीकार गर्नैपर्छ र अर्कोले क्षतिपूर्ति तिर्नुपर्दैन ।

  • 14तिमीहरूले आफ्नो छिमेकीलाई आफ्नो जग्‍गा बेच्‍दा वा आफ्नो छिमेकीबाट जग्‍गा किन्दा तिमीहरूले एक-अर्कालाई धोका नदिनू ।

  • 27तँसित तिर्ने उपायको कमी भयो भने कसैलाई तेरो खाटसमेत लैजानबाट कुन कुराले रोक्‍न सक्छ?

  • 17गरिबप्रति दयालु हुनेले परमप्रभुलाई सापट दिन्छ, र उहाँले त्यसले गरेको कामको प्रतिफल दिनुहुने छ ।

  • 6मुद्दा मामिलामा गरिबहरूको न्याय हरण नगर ।

  • 20न्यायको मात्र पछि लाग ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूले दिनुहुने देशलाई अधिकार गरी त्यहाँ तिमीहरू बस्‍न सक्‍ने छौ ।

  • 22उसको विरुद्धमा उसले गरेको सारा अपराधको सम्‍झना फेरि गरिनेछैन । उसले अभ्‍यास गरेको धर्मिकताको कारणले ऊ बाँच्‍नेछ ।

  • 24तर धर्मी मानिसले आफ्‍नो धार्मिकतालाई त्‍यागेर पाप गर्छ, र दुष्‍ट मानिसले गरेका घिनलाग्‍दा कामहरू गर्छ भने, के त्‍यो बाँच्‍नेछ र? उसले विद्रोह गरेर मलाई धोका दिएको कारणले उसले अघि गरेको कुनै पनि धर्मिकताको कामको सम्‍झना हुनेछैन । यसैले उसले गरेका पापहरूमा नै ऊ मर्नेछ ।

  • 5अनुग्रहसाथ व्यवहार गर्ने र रुपियाँ ऋण दिने, अनि आफ्नो करोबार इमानदारसाथ गर्ने मानिसको भलो हुन्छ ।

  • 3परमप्रभु यसो भन्‍नुहुन्छः न्याय र धार्मिकता कायम राख, अनि लुटिएको कुनै व्यक्तिलाई थिचोमिचो गर्नेको हातबाट छुटकारा देओ । तिमीहरूको देशमा भएका कुनै पनि विदेशी वा अनाथ वा विधवालाई दुर्व्यवहार नगर । यस ठाउँमा हिंसा नगर वा निर्दोष रगत नबगाओ ।

  • 6कसैले धितोको रूपमा जाँतो वा जाँतोको माथिल्लो ढुङ्गा नलिओस् किनकि त्यसो गर्नु भनेको त्यस व्यक्तिको जीवन लिनु बराबर हो ।

  • 28किनकि आफूले गरेका सबै अपराधहरू उसले देखेको छ र तीबाट फर्केको छ । ऊ निश्‍चय नै बाँच्‍नेछ, र ऊ मर्नेछैन ।

  • 12त्यो गरिब रहेछ भने त्यसको आफ्नो सम्पत्ति ठानी धरौटीसितै नसुत्‍नू ।

  • 17परदेशी वा अनाथले पाउने न्याय हरण गर्न दमन नगर । विधवाको ओढ्ने धरौटीको रूपमा नराख ।

  • 7थाकेका मानिसहरूलाई तपाईंले पानी पिउन दिनुभएको छैन । भोकाएका मानिसहरूले रोटी पाउन तपाईंले रोक्‍नुभएको छ ।

  • 10विधवा र टुहुरा, परदेशी, र गरिब मानिसमाथिअत्याचार नगर, र कसैले पनि आफ्नो हृदयमा अर्काको विरुद्ध खराबीको योजना नबनाओस् ।’

  • 23किनकि परमेश्‍वरले व्‍यक्‍तिको थप जाँच गर्नुपर्दैन । कुनै पनि व्यक्ति इन्‍साफको लागि उहाँको सामु जानु आवश्यक छैन ।