यहेज्केल 23:24

अनलक शाब्दिक बाइबल

उनीहरू तेरो विरुद्धमा हतियारहरू र रथहरू र गाडाहरू र मानिसहरूका ठुलो भीडलाई साथमा लिएर आउनेछन्‌ । ठुला ढालहरू, साना ढालहरू लिएर र टोप लाएर उनीहरूले तँलाई घेरा हाल्‍नेछन्‌ । तँलाई दण्‍ड दिने मौका उनीहरूलाई म दिनेछु, र उनीहरूले आफ्‍ना कामहरूले तँलाई दण्‍ड दिनेछन्‌ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यिर्मि 39:5-6 : 5 तर कल्दीहरूका सेनाले तिनीहरूलाई खेदे, र यरीहो नजिकै यर्दन नदीको बेँसीको मैदानमा सिदकियाहलाई भेट्टाए । तिनीहरूलाई तिनलाई पक्रे र हमात देशको रिब्ला भन्‍ने ठाउँमा बेबिलोनका राजा नबूकदनेसरकहाँ ल्याए, जहाँ नबूकदनेसरले तिनलाई दण्डाज्ञा दिए । 6 रिब्लामा बेबिलोनका राजाले सिदकियाहका आँखाकै सामु तिनका छोराहरूलाई मारे । तिनले यहूदाका सबै कुलीनहरूलाई पनि मारे ।
  • यिर्मि 47:3 : 3 बलिया घोडाहरूको टापले फड्‍केको आवाजमा, तिनीहरूका रथका वेग र तिनीहरूका पाङ्ग्राका हल्लामा, बुबाहरूको आफ्नै कमजोरीको कारणले तिनीहरूले आफ्नै छोराछोरीलाई सहायता गर्नेछैनन् ।
  • यहे 16:38 : 38 किनकि व्यभिचार र रगतको बगाएको निम्‍ति म तँलाई दण्ड दिनेछु । अनि मेरो क्रोध र डाहको रक्तपात तँमाथि म ल्याउनेछु ।
  • यहे 23:45 : 45 तर धार्मिक मानिसहरूले न्‍याय गर्नेछन् र व्‍यभिचारिणीहरूका रूपमा तिनीहरूलाई दण्‍ड दिनेछन् अनि हत्‍या गर्नेहरूलाई सुनाउने दण्‍डले तिनीहरूले उनीहरूलाई दण्‍ड दिनेछन्, किनभने तिनीहरू व्‍यभिचारिणीहरू हुन्‌ र तिनीहरूका हातमा हत्‍याको रगत छ ।
  • यहे 26:10 : 10 त्‍यसका घोडाहरू यति धेरै हुनेछन्, कि तिनका धूलोले तँलाई ढाक्‍नेछ । घोडचढीहरू, गाढाहरू र रथहरूको आवाजले तेरा पर्खालहरू हल्लिनेछन् । पर्खाल भत्‍केको कुनै सहरभित्र मानिसहरू पसेझैं गरी त्‍यो तेरा ढोकाहरूभित्र पस्‍छ ।
  • नहू 2:3-4 : 3 त्यसका शक्तिशाली मानिसहरूका रक्षा कवचहरू राता छन्, र त्यसका सैनिकहरू वैजनी रङ्गका पोशाकमा छन् । तिनीहरूका रथहरू तयार भएका दिनमा तिनीहरूका धातुद्धारा चम्किन्छन्, र सल्लोका भालाहरू हावामा लहराइन्‍छन् । 4 ती रथहरू सडकहरूबाट तीव्र गतिमा अगि बढ्छन्, फराकिला सडकहरूमा ती अगाडि र पछाडि दौडन्‍छन् । तिनीहरू राँकाझैँ देखिन्छन्, र तिनीहरू बिजुलीझैँ दौडन्‍छन् ।
  • नहू 3:2-3 : 2 तर अब त्यहाँबाट कोर्राहरूको, तेज पाङ्ग्राहरू, उफ्रदै गरेका घोडाहरू, र रथहरूको कुदाइको आवाज आउँछन् । 3 आक्रमण गर्ने घोडचढीहरू, टल्कने तरवारहरू, चम्कने भालाहरू, लास र मुर्दाहरूको थुप्रो त्यहाँ छन् । त्यहाँ अनगिन्ती लाशहरू छन् । त्यसलाई आक्रमण गर्नेहरू लाशमा ठोकर खाँदै हिँड्छन् ।
  • यहे 21:23 : 23 युद्धको निम्‍ति राजासित मित्रताको शपथ खाने यरूशलेका मानिसहरूलाई त्‍यो बेकारको जोखना हेरेजस्‍तो देखिनेछ । तर राजाले तिनीहरूलाई घेरा हल्‍नलाई तिनीहरूले सम्झौता उलङ्घन गरे भनेर तिनीहरूलाई दोष लगाउनेछ ।
  • २ शमू 24:14 : 14 त्यसपछि दाऊदले गादलाई भने, “म ठुलो कष्‍टमा परेको छु । मानिसको हातमा पर्नुभन्दा परमप्रभुको हातमा नै हामी परौं, किनकि उहाँका दयापूर्ण कामहरू धेरै महान् छन् ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 7तेरा उत्तम बेसीहरू रथहरूले भरिनेछन् र घोडचढीहरूले ढोकाहरूमा आफ्‍ना ठाउँ ओगट्नेछन् ।

  • यहे 26:7-12
    6 पदहरू
    77%

    7किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर्, उत्तरबाट राजाहरूका राजा बेबिलोनको राजा नबूकदनेसरलाई घोडाहरू र रथहरू, र घोडचढीहरू र धेरै जना मानिससहित म टुरोसको विरुद्धमा ल्‍याउनेछु ।

    8त्‍यसले मैदानहरूमा तेरा छोरीहरूलाई मार्नेछ । त्‍यसले तेरो विरुद्धमा घेरा-मचान निर्माण गर्नेछ, र तेरा पर्खालहरूमा आड लाग्‍ने किल्‍ला निर्माण गर्नेछ, र तेरो विरुद्धमा ढालहरू उठाउनेछ ।

    9तेरो पर्खालमा हिर्काउनलाई त्‍यसले मूढाहरू राख्‍नेछ, र त्‍यसका हतियारले तेरा धरहराहरू ढाल्‍नेछ ।

    10त्‍यसका घोडाहरू यति धेरै हुनेछन्, कि तिनका धूलोले तँलाई ढाक्‍नेछ । घोडचढीहरू, गाढाहरू र रथहरूको आवाजले तेरा पर्खालहरू हल्लिनेछन् । पर्खाल भत्‍केको कुनै सहरभित्र मानिसहरू पसेझैं गरी त्‍यो तेरा ढोकाहरूभित्र पस्‍छ ।

    11त्‍यसका घोडाहरूका टापहरूले तेरा सबै सडकहरू कुल्‍चिनेछ । त्‍यसले तेरा मानिसहरूलाई तरवारले मार्नेछ, र तेरा बलिया खामाहरू जमिनमा ढल्‍नेछन्‌ ।

    12उनीहरूले तेरा धन-सम्‍पत्तिहरू लुट्‌नेछन्, र तेरा व्‍यापारका मालहरू लुट्‌नेछन् । उनीहरूले तेरा पर्खालहरू ढाल्‍नेछन्‌ र तेरा आरामदायी घरहरू भत्‍काउनेछन्‌ । तेरा ढुङ्गा र काठपात, फोहोरलाई उनीहरूले समुद्रमा फाल्‍नेछन्‌ ।

  • यहे 23:25-26
    2 पदहरू
    77%

    25मेरो डाहको रिस तँतिर म फर्काउनेछु, र क्रोधमा उनीहरूले तँसित व्‍यवहार गर्नेछन्‌ । उनीहरूले तेरा नाक र कान काट्‌नेछन्, र तेरा बाँचेकाहरू तरवारले ढल्‍नेछन्‌ । उनीहरूले तेरा छोराछोरीलाई लानेछन्, र तेरा बाँचेकाहरूलाई आगोले भस्‍म पार्नेछ ।

    26उनीहरूले तेरा वस्‍त्र उतारेर तँलाई नाङ्गै बनाउनेछन्, र तेरा सबै गहना लैजानेछन्‌ ।

  • 23बेबिलोनीहरू र सबै कल्‍दीहरू, पकोद, शोअ र कोअका मानिसहरू, र तिनीहरूसँगै सबै अश्‍शूरहरू, बलिया, सुन्‍दर मानिसहरू, गभर्नरहरू, कमाण्‍डरहरू, ती सबै जना अधिकारीहरू र इज्‍जतदार मानिसहरूलाई, घोडामा सवार सबै जना मानिसहरूलाई ।

  • 23तिनीहरूले धनु र भालाहरू उठाउने छन् । तिनीहरू क्रुर छन् र दया नै छैन । तिनीहरूको आवाज समुद्रको गर्जनजस्तो छ, र तिनीहरू घोडाहरूमा सवार हुँदैछन् । हे सियोनकी छोरी, तेरो विरुद्धमा युद्ध गर्न तिनीहरू पङ्क्तिबद्ध भएर आउने मानिसहरूजस्तै अगाडि बढ्छन् ।”

  • 75%

    41“हेर, उत्तरबाट एउटा जाति आउँदैछ । पृथ्वीको पल्लो छेउबाट एउटा जाति र धेरै राजाहरूलाई उत्तेजित पारिंदैछ ।

    42तिनीहरूले धनु र भालाहरू उठाउनेछन् । तिनीहरू क्रुर छन् र दया देखाउँदैनन् । ए बेबिलोनकी छोरी हो, तिनीहरूको सोर समुद्रको गर्जनझैं छ, र युद्ध गर्न तयार मानिसहरूझैं तेरो विरुद्धमा तिनीहरू घोडामा सवार हुँदैछन् ।

  • यहे 16:39-40
    2 पदहरू
    74%

    39तँलाई तिनीहरूका हातमा म सुम्‍पिदिनेछु, यसरी तिनीहरूले तेरा गुमज पुजाकोठा भत्‍काउनेछन्‌ र डाँडाका थानहरू ढाल्नेछन् र तिनीहरूले तेरा वस्‍त्रहरू फुकाएर तँलाई नाङ्गो पार्नेछन्‌ र तेरा सबै गरगहना लैजानेछन् । तिनीहरूले तँलाई नाङ्गो र उजाड छोडिदिनेछन्‌ ।

    40तब तिनीहरूले तेरो विरुद्धमा एउटा भीड ल्‍याउनेछन्, र तँलई ढुङ्गाले हान्‍नेछन्, र तिनीहरूले तँलाई आफ्‍ना तरवारहरूले टुक्रै-टुक्रा पार्नेछन्‌ ।

  • नहू 2:4-5
    2 पदहरू
    73%

    4ती रथहरू सडकहरूबाट तीव्र गतिमा अगि बढ्छन्, फराकिला सडकहरूमा ती अगाडि र पछाडि दौडन्‍छन् । तिनीहरू राँकाझैँ देखिन्छन्, र तिनीहरू बिजुलीझैँ दौडन्‍छन् ।

    5तँलाई टुक्रा-टुक्रा पार्नेले आफ्ना अधिकारीहरूलाई बोलाउँछ, तर तिनीहरू हिँड्ने क्रममा एक आपसमा ठेस खाई लड्छन् । तिनीहरू सहरको पर्खाललाई आक्रमण गर्न हतारिन्छन् । यी आक्रमण गर्नेहरूलाई बचाउनको निम्ति ठुलो रक्षा कवच बनाइन्छ ।

  • हब 1:7-9
    3 पदहरू
    73%

    7तिनीहरू डरलाग्दा र भयानक छन् । न्याय र वैभव तिनीहरूबाटै अगाडि बढ्छ ।

    8तिनीहरूका घोडाहरू चितुवाभन्दा तेज, र साँझका ब्वाँसाहरूभन्दा द्रुत छन् । यसैकारण तिनीहरूका घोडाहरूले जमिनमा कुल्चन्‍छन्, र तिनीहरूका घोडचढीहरू टाढा-टाढाबाट आउँछन्, र तिनीहरू शिकारलाई खानको निम्ति आतुर भएको गरुडझैँ उड्छन् ।

    9तिनीहरू सबै हिंसाको निम्ति आउँछन् । तिनीहरूको समुहहरू मरुभूमिको हुरीझैँ जान्छन्, र बालुवासरह कैदीहरू ल्याउँछन् ।

  • 37तिनीहरूका घोडाहरू, तिनीहरूका रथहरू र बेबिलोनको बिचमा भएका सबै मानिसको विरुद्धमा तरवार छ, यसैले तिनीहरू स्‍त्रीहरूझैं हुनेछन् । त्यसका भण्डारहरूमा तरवार आउँदैछ, र ती लुटिनेछन् ।

  • 7विदेशीहरू, अरू जातिका डरलाग्‍दा मानिसहरूलाई म तेरो विरुद्धमा ल्‍याउनेछु । तिनीहरूले आफ्‍ना तरवार तेरो बुद्धिको सौन्‍दर्यको विरुद्धमा थुत्‍नेछन्, र तेरो गौरवलाई अपवित्र पार्नेछन् ।

  • 28तिनीहरूका काँडहरू तीखा छन् र तिनीहरूका सबै धनुहरूमा ताँदो चढाइएका छन् । तिनीहरूका घोडाहरूका खुर चकमक ढुङ्गाहरूजस्ता छन् र तिनीहरूका रथहरूका पाङ्ग्राहरू आँधिजस्ता छन् ।

  • 24हेर्नुहोस्, यो सहर कब्जा गर्नलाई घेर-मचान सहरसम्मै आइपुगेको छ । तरवार, अनिकाल, विपत्तिको कारणले यो सहरको विरुद्धमा लडाइँ गर्ने कल्दीहरूको हातमा यसलाई दिइएको छ । किनकि जे हुनेछ भनी तपाईंले भन्‍नुभयो, त्यो हुँदैछ, र तपाईंले त्‍यो हेर्दै हुनुहुन्‍छ ।

  • 4'परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः हेर्, तेरो हातमा लडाइँका जुन हतियारहरू छन्, जसद्वारा तैंले बेबिलोनका राजा र तँलाई पर्खालबाहिर घेराबन्दी गर्ने कल्दीहरूको विरुद्धमा लड्दैछस्, ती हतियारहरू म तेरै विरुद्धमा चलाउन लागेकोछु । किनकि म तिनलाई यस सहरको बिचमा जम्मा गर्नेछु ।

  • 46यसैले परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः म तिनीहरूका विरुद्धमा एउटा भीड खडा गर्नेछु र तिनीहरूलाई त्रास र लूटमा सुम्‍पिदिनेछु ।

  • यिर्मि 46:3-4
    2 पदहरू
    72%

    3साना र ठुला ढालहरू तयार पार, अनि युद्ध गर्नलाई अगाडि बढ ।

    4घोडाहरूमा जीन-लगाम कस । घोडाहरूमा सवार होओ, र टोप लगाएर आफ्नो ठाउँमा खडा होओ । भालाहरू टल्काओ, र आ-आफ्नो कवच लगाओ ।

  • यहे 38:4-5
    2 पदहरू
    72%

    4यसैले तँलाई म फर्काउनेछु र तेरो बङ्‍ग्रामा बल्छी लगाउनेछु । तेरा फौज, घोडाहरू र घोडचढीहरू, सारा हतियारले सुसज्‍जित सबै जना, साना र ठुला ढालहरूका साथमा एउटा ठुलो दल, तरवारहरू बोकेका सबै जनासँगै तँलाई म बाहिर पठाउनेछु ।

    5फारस, कूश र लिबिया तिनीहरूसँगै हुनेछन् । ती सबै जनाले ढाल बोकेका र टोप लगाएका हुनेछन् ।

  • 10फारस, लूद र पूतका मानिसहरू तेरो फौजमा तेरा योद्धहरू थिए । तिनीहरूले आ-आफ्‍ना ढाल र टोप तँभित्रै टाँगे । तिनले तेरो गौरव दर्शाए ।

  • 2तर अब त्यहाँबाट कोर्राहरूको, तेज पाङ्ग्राहरू, उफ्रदै गरेका घोडाहरू, र रथहरूको कुदाइको आवाज आउँछन् ।

  • 9ए घोडाहरू हो, माथि जाओ । ए रथहरू हो, रिसाओ । सिपाहीहरू बाहिर जाऊन्, ढाल बोक्‍ने कूश र पूतका निपुण मानिसहरू अनि लूदका बाण हान्‍न निपुण मानिसहरू हो, अगि बढ ।’

  • 72%

    18हेर, सारा देश अर्थात् यहूदाका राजाहरू, यसका अधिकारीहरू, पुजारीहरू र देशका मानिसको विरुद्धमा आज मैले तँलाई एउटा किल्लाबन्दी गरिएको सहर, फलामे खम्बा र काँसाको पर्खाल बनाएको छु ।

    19तिनीहरू तेरो विरुद्धमा लड्नेछन्, तर तिनीहरूले तँलाई पराजित गर्नेछैनन्, किनकि तेरो उद्धार गर्न म तँसितै हुनेछु, यो परमप्रभुको घोषणा हो ।”

  • यहे 32:10-11
    2 पदहरू
    71%

    10तेरो विषयमा म धेरै जना मानिसलाई अचम्मित पार्नेछु । मैले तिनीहरूका अगि आफ्नो तरवार चलाउँदा, तेरो विषयमा तिनीहरूका राजाहरू डरले काँप्‍नेछन् । तेरो सर्वनाशको दिनमा, तेरो कारणले प्रत्‍येक व्‍यक्‍ति हर घडी काँप्‍नेछ ।

    11किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः बेबिलोनको राजाको तरवार तेरो विरुद्धमा आउनेछ ।

  • 27पृथ्वीमा झण्ड फहराओ । जातिहरूका बिचमा तुरही फुक । त्यसलाई आक्रमण गर्न जातिहरू अर्थात् आरारात, मिन्‍नी र अशकनजलाई बोलाओ । त्यसलाई आक्रमण गर्न कमान्‍डर नियुक्त गर । सलहहरूको हुलझैं घोडाहरू ल्याओ ।

  • 22किनभने म जाति-जातिहरूका राज्यहरूको सिंहासनलाई पल्टाइदिनेछु र तिनीहरूका शक्तिलाई नष्‍ट गर्नेछु । रथहरू र तिनीहरूमा सवारहरूलाई म पल्टाइदिनेछु । घोडाहरू र तिनमा सवारहरू आफ्ना दाजुभाइहरूका तरवारद्धारा तल खस्‍नेछन् ।

  • 14किनकि अरू धेरै जातिहरू र महान् राजाहरूले यी जातिहरूका मानिसहरूलाई कमारा तुल्याउनेछन् । तिनीहरूका कामहरू र तिनीहरूका हातका कार्यहरूका कारण म तिनीहरूलाई बदला लिनेछु ।”

  • 14यहूदा पनि यरूशलेमको विरुद्ध लडाइँ गर्नेछ । तिनीहरूले वरपरका सबै जातिहरूका सम्पत्तिहरू-सुन, चाँदी, र असल लुगाहरू प्रशस्त मात्रामा बटुल्नेछन् ।

  • 24मेरा मालिकका सेवकहरूमध्ये सबैभन्दा तल्लो एउटा कप्‍तानको पनि तपाईं कसरी विरोध गर्न सक्‍नुहुन्छ? तपाईंले रथहरू र घोडचढीहरूको लागि मिश्रदेशमा भरोसा गर्नुगर्नुपर्छ ।

  • 1¶ बेबिलोनका राजा नबूकदनेसर र तिनका सबै सेना, तिनको अधीनका पृथ्वीमा भएका सबै राज्य र तिनमा भएका सबै मानिसले यरूशलेम र यसका सबै सहरको विरुद्धमा युद्ध सुरु गर्दा यर्मियाकहाँ परमप्रभुको वचन यसो भनेर आयोः

  • 17त्यसैले तिमीहरूका फसल, तिमीहरूका छोराछोरी अनि तिमीहरूका खानेकुरा स्वाहा पारिनेछन् । तिनीहरूले तिमीहरूका भेडा-बाख्रा र गाईवस्तु खानेछन् । तिनीहरूले तिमीहरूका दाखका बोट र अञ्जीरका बोटहरूका फल खानेछन् । तिमीहरूले भरोसा गरेका तिमीहरूका किल्ला भएका सहरहरूलाई तिनीहरूले तरवारले नष्‍ट पार्नेछन् ।

  • 2तब त्‍यसका चारैतिर घेरा हाल्‌, र त्‍यसको विरुद्धमा किल्लाहरू बना । त्यसको वरिपरि घेरा-मचान खडा गर्, र त्‍सको वरिपरि छाउनी बना । त्‍यसलाई आक्रमण गरी भत्‍काउने मूढाहरू राख्‌ ।

  • 5पर्वतहरूका टाकुराहरूमा रथहरूले गरेझैं, झिंजाहरू भस्‍म पार्ने भयङ्कर ज्वालाको आवाजझैं, युद्धको निम्ति तयार भएको शक्तिशाली सेनाझैं, आवाज गरेर तिनीहरू उफ्रन्‍छन् ।

  • 24तैंले देख्‍ने गरी म बेबिलोन र कल्दीका सबै बासिन्दालाई बदला लिनेछु, किनकि तिनीहरूले सियोनमा सारा किसिमका दुष्‍ट काम गरेका छन्, यो परमप्रभुको घोषणा हो ।

  • 10त्यस बेला बेबिलोनका राजा नबूकदनेसरका सेनाले यरूशलेमलाई आक्रमण गर्‍यो र सहरलाई घेरा हाल्‍यो ।

  • 15किनकि मैले उत्तरी राज्यहरूका सबै कुललाई बोलाउँदैछु भनी यो परमप्रभुको घोषणा हो । तिनीहरू आउनेछन्, र यरूशलेमका मूल ढोकाहरूको प्रवेशद्वारमा आ-आफ्नो सिंहासन स्थापित गर्नेछन्, अनि तिनीहरू यसका चारैतिरका पर्खालहरू र यहूदाका सबै सहरको विरुद्धमा लाग्‍नेछन् ।

  • 20अम्‍मोनीहरूको सहर रब्‍बामा बेबिलोनी फौज आउनलाई एउटा बाटोमा निशाना बनाइदे । अर्कोमा तिनै फौजलाई यहूदामा र किल्‍ला भएको यरूशलेम सहरमा आउनलाई एउटा निशाना बनाइदे ।