यहेज्केल 29:20

अनलक शाब्दिक बाइबल

त्‍यसले मेरो निम्ति गरेको परिश्रमको ज्‍यालाको रूपमा मिश्रदेश मैले त्‍यसलाई दिएको छु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 10:6-7 : 6 त्यसलाई अहङ्कारी जातिको विरुद्ध र मेरो पुरा क्रोध पाउने मानिसहरूको विरुद्ध म पठाउँछु । लूटका मालहरू लिने, शिकार लिने र तिनीहरूलाई गल्लीको हिलोलाई झैं कुल्चने आज्ञा म उसलाई दिन्छु । 7 तर यो उहाँको इच्छा होइन, न त उहाँले यसरी सोच्‍नुहुन्छ । धेरै जातिहरूलाई विनाश गर्ने र निमिट्यान्‍न पार्ने कुरा उहाँको मनमा छ ।
  • यिर्मि 25:9 : 9 हेर्, मेरो दास बेबिलोनका राजा नबूकदनेसरसँगै उत्तरका सबै मानिसलाई जम्मा गर्न एउटा आदेश मैले दिनै लागेको छु, यो परमप्रभुको घोषणा हो, तिनीहरूलाई म यस देश र यसका बासिन्दाहरूको विरुद्धमा र तिमीहरूका वरिपरि भएका सबै जातिको विरुद्धमा ल्याउनेछु । किनकि म तिनीहरूलाई विनाशको निम्ति अलग गर्नेछु । म तिनीहरूलाई त्रास, गिल्ला र अनन्तको विनाशको पात्रमा परिणत गरिदिनेछु ।
  • यशा 45:1-3 : 1 ¶ आफ्नो अभिषिक्‍त कोरेसलाई परमप्रभुले यसो भन्‍नुहुन्छ, उसको सामु रहेका जातिहरूलाई अधीन गर्न, राजाहरूलाई निशस्‍त्र पार्न र ढोकाहरू खुल्‍ला रहून् भनेर उसको सामु भएका ढोकाहरू खोल्न, उसको दाहिने हातलाई म समात्छुः 2 “म तेरो अगि-अगि जानेछु र पर्वतहरूलाई समतल बनाउनेछु । काँसाका ढोकाहरूलाई म टुक्रा-टुक्रा बनाउनेछु र तिनीहरूका फलामे बारहरूलाई काटेर टुक्रा बनाउनेछु। 3 अनि अँध्यारोका भण्डारहरू र टाढा लुकाइएका धनहरू म तँलाई दिनेछु, जसले गर्दा तैंले जान्‍न सक्‍छस् कि म परमप्रभु इस्राएलका परमेश्‍वर हुँ जसले तेरो नाउँ काढेर तँलाई बोलाउँछ ।
  • २ राजा 10:30 : 30 त्यसैले परमप्रभुले येहूलाई भन्‍नुभयो, “ परमप्रभुको दृष्‍टिमा जे ठिक थियो, तैँले त्यही गरेको कारणले र आहाबको घरानालाई मेरो ह्रदयमा भएअनुसार गरेको हुनाले तेरा सन्तानहरूको चार पुस्तासम्म इस्राएलको सिंहासनमा बस्‍नेछन् ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहे 29:18-19
    2 पदहरू
    86%

    18ए मानिसको छोरो, बेबिलोनको राजा नबूकदनेसरले टुरोसको विरुद्धमा कडा परिश्रम गर्नलाई आफ्‍नो फौजले तयार राख्‍यो । हरेकको टाउको तालु खुइले नभएसम्म दलियो र हरेक कुमलाई खस्रो पारियो । तापनि टुरोसको विरुद्धमा त्‍यसले गरेको परिश्रमको सट्टा त्‍यसले र त्‍यसको सेनाले केही इनाम पाउन सकेनन्‌ ।

    19यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, 'हेर्, म मिश्रदेशलाई बेबिलोनको राजा नबूकदनेसरको हातमा दिनेछु, र त्‍यसले उसका धन-सम्‍पत्ति, र भेट्टाएका जति सबै थोक लानेछ । त्‍यो त्‍यसको फौजको ज्‍याला हुनेछ ।

  • यहे 29:9-10
    2 पदहरू
    77%

    9यसैले मिश्रदेश उजाड र बग्‍नावशेष हुनेछ । तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌, किनभने समुद्रको पशुले भनेको थियो, “नील नदी मेरै हो, किनकि मैले नै त्‍यो बनाएको हुँ ।”

    10यसकारण हेर्, म तेरो विरुद्धमा र तेरो नदीको विरुद्धमा छु, र मिश्रदेशलाई म उजाड र निर्जन बनाउनेछु, अनि मिग्‍दोलदेखि आश्‍वानसम्‍म र कूश देशको सिमानासम्‍म नै तँ उजाड-स्‍थान हुनेछस् ।

  • यहे 30:19-20
    2 पदहरू
    75%

    19म मिश्रदेशलाई दण्‍डको फैसला गर्नेछु, यसरी तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌' ।”

    20एघारौं वर्षको पहिलो महिनाको सातौं दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • यिर्मि 27:5-6
    2 पदहरू
    75%

    5'मेरो महाशक्ति र पसारिएको पाखुराद्वारा म आफैले पृथ्वी बनाएँ । मैले पृथ्वीका मानिसहरू र जनावरहरू पनि बनाएँ, र मेरो दृष्‍टिमा ठिक लागेको जोकसैलाई म यो सुम्पिदिन्छु ।

    6त्यसैले अब म आफैले यी सबै देश मेरो दास, बेबिलोनका राजा नबूकदनेसरको हातमा दिंदैछु । साथै, त्यसको सेवा गर्नलाई जमिनका जीवित प्राणीहरू पनि म त्यसलाई दिंदैछु ।

  • यहे 30:10-12
    3 पदहरू
    75%

    10परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः “'म बेबिलोनको राजा नबूकदनेसरको हातद्वारा मिश्रदेशका भीडहरूलाई अन्‍त्‍य गरिदिनेछु ।

    11त्‍यो र त्‍यससँग भएको त्‍यसको सेना जातिहरूका त्रासलाई यो देशको नाश गर्नलाई ल्‍याइनेछन्‌ । तिनीहरूले मिश्रदेशको विरुद्धमा आफ्‍ना तरवार थुत्‍नेछन्, र मारिएकाहरूका सङ्‍ख्‍याले यो देशलाई भर्नेछन्‌ ।

    12नदीहरूका पानीलाई म सुकाइदिनेछु, र देशलाई म दुष्‍ट मानिसहरूका हातमा बेचिदिनेछु । त्‍यो देश र त्‍यसमा भएका सारा थोकहरूलाई विदेशीहरूका हातद्वारा म उजाड पार्नेछु— म परमप्रभुले यो भनेको हुँ ।

  • 15जब म मिश्र देशलाई त्यागिएको ठाउँ बनाउनेछु, जब त्यो देश आफ्नो प्रशास्तता उजाड बनाइनेछ, जब म त्यसका सारा बासिन्दालाई आक्रमण गर्नेछु, तब म परमप्रभु हुँ भनेर तिनीहरूले जान्‍नेछन् ।

  • 6तब मिश्रदेशमा बस्‍नेहरू सबैले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌ । किनकि तिनीहरू इस्राएलका घरानाको निम्‍ति एउटा नर्कटको लट्ठी भएका छन् ।

  • 55मेरो निम्ति इस्राएलका मनिसहरू नोकरहरू हुन् । यिनीहरू मेरा नोकरहरू हुन् जसलाई मैले मिश्र देशबाट बाहिर निकालेर ल्याएँ । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ’ ।”

  • 4मिश्रीहरूलाई कठोर मालिको हातमा म दिनेछु र तिनीहरूमाथि बलियो राजाले राज्‍य गर्नेछ— यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।”

  • 25सर्वशक्तिमान् परमप्रभुले तिनीहरूलाई आशिष् दिनुहुनेछ र भन्‍नुहुनेछ, “ए मेरा मानिस, मिश्रदेश धन्यको होओ । मेरो हातको काम अश्शूर । मेरो उत्तराधिकार इस्राएल ।”

  • 6त्‍यस दिन मैले तिनीहरूसित यो शपथ खाएँ, कि म तिनीहरूलाई मिश्रदेशबाट बाहिर निकालेर मैले तिनीहरूका निम्‍ति मैले होसियारीसाथ छानेको देशमा ल्‍याउनेछु । त्‍यहाँ दूध र मह बग्‍दैथियो । यो सबै देशहरूभन्‍दा बढी सुन्‍दर गहना थियो ।

  • यहे 30:25-26
    2 पदहरू
    72%

    25किनकि म बेबिलोनको राजाको हात शक्तिशाली बनाउनेछु, जबकी फारोका हात निर्बल हुनेछ । जब म बेबिलोनका राजाको हातमा मेरो तरवार दिनेछु, किनकि त्‍यसले मिश्रदेशको विरुद्धमा त्‍योद्वारा आक्रमण गर्नेछ । तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌ ।

    26यसरी मिश्रीलाई जातिहरूका बिचमा म छरपष्‍ट पारिदिनेछु, र तिनीहरूलाई देशहरूमा तितरबितर पारिदिनेछु । तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌' ।”

  • यहे 29:12-14
    3 पदहरू
    72%

    12किनकि म मिश्रदेशलाई बस्‍ती नभएका देशहरूका बिचमा उजाड पार्नेछु, र त्‍यसका सहरहरू भग्‍नावशेष भएका सहरहरूका बिचमा चालीस वर्षसम्‍मै उजाड रहनेछन्‌ । अनि म मिश्रीहरूलाई जातिहरूका बिचमा छरपष्‍ट पार्नेछु र देशहरूमा म तिनीहरूलाई तितरबितर पार्नेछु ।

    13किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः चालीस वर्षको अन्‍तमा मिश्रीहरूलाई तिनीहरू छरपष्‍ट भएका मानिसहरूका बिचबाट म भेला गर्नेछु ।

    14म मिश्रदेशको सुदिन फर्काउनेछु र तिनीहरूलाई फारोको राज्‍यमा, तिनीहरूका सुरुको देशमा फर्काएर ल्‍याउनेछु । तब तिनीहरू त्‍यहाँ एक तुच्‍छ राज्‍य भएर बस्‍नेछन्‌ ।

  • 11किनकि ऊ आउनेछ, र मिश्रदेशलाई आक्रमण गर्नेछ । मृत्युको लागि निधो गरिएको व्यक्ति मृत्‍युलाई दिइनेछ । निर्वासनको लागि निधो गरिएको व्यक्ति निर्वासनमा लगिने छ । तरवारको लागि निधो गरिएको व्यक्ति तरवारको धारमा पर्नेछ ।

  • 14किनकि अरू धेरै जातिहरू र महान् राजाहरूले यी जातिहरूका मानिसहरूलाई कमारा तुल्याउनेछन् । तिनीहरूका कामहरू र तिनीहरूका हातका कार्यहरूका कारण म तिनीहरूलाई बदला लिनेछु ।”

  • 30परमप्रभु यसो भन्‍नुहुन्छ, 'हेर, मिश्रको राजा फारो होप्रालाई त्यसका शत्रुहरू र त्यसको ज्यान लिन खोज्नेहरूको हातमा मैले सुम्पिदिनै लागेको छु । यहूदाका राजा सिदकियालाई मैले त्यसको ज्यान लिन खोज्ने शत्रु बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्पेको जस्‍तै त्‍यो हुनेछ ।’”

  • यहे 20:8-10
    3 पदहरू
    71%

    8तर तिनीहरूले मेरो विरुद्धमा विद्रोह गरे र मेरो कुरा सुन्‍न इच्छुक भएनन् । हरेक मानिसले आफ्‍ना दृष्‍टिबाट ती घिनलाग्‍दा कुराहरूलाई फालेनन् न त तिनीहरूले मिश्रदेशका मूर्तिहरूलाई नै त्‍यागे । यसैले मिश्रदेशको बिचमा तिनीहरूका माझमा मेरो क्रोध शान्त पार्नको निम्ति तिनीहरूमाथि मेरो रिस पोख्‍ने निश्‍चय मैले गरें ।

    9आफ्‍नो नाउँको खातिर मैले यो काम गरें, यसरी तिनीहरू बसोबास गरेका जातिहरूका दृष्‍टिमा मेरो नाउँ अपवित्र नहोस् । तिनीहरूलाई मिश्रदेशबाट बाहिर निकालेर ल्‍याएर मैले आफूलाई तिनीहरूका अघि प्रकट गरें ।

    10यसैले मैले तिनीहरूलाई मिश्रदेशबाट बाहिर निकालें र तिनीहरूलाई उजाड-स्‍थान ल्‍याएँ ।

  • यहे 29:2-3
    2 पदहरू
    71%

    2“ए मानिसको छोरो, तेरो मुख मिश्रदेशको राजा फारोतिर फर्का । त्‍यसको विरुद्धमा र सारा मिश्रदेशको विरुद्धमा अगमवाणी भन्‌ ।

    3घोषणा गर र यसो भन्ः 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर्, ए मिश्रदेशको राजा फारो, म तेरो विरुद्धमा छु । आफ्‍नो नदीको बिचमा लडिरहने, ठुलो अजिङ्गर तँ यसो भन्‍छस्, “मेरो नदी मेरै हो । त्‍यो मैले आफ्‍नो निम्‍ति बनाएको हुँ ।”

  • 22यसकारण परमप्रभु परमेश्‍वर योस भन्‍नुहुन्छ, 'हेर्, म मिश्रदेशको राजा फारोको विरुद्धमा छु । किनकि म त्यसको बलियो र भाँचिएको दुबै हात भाँच्नेछु, र त्यसको तरवार हातबाट झर्ने म बनाउनेछु ।

  • 3किनकि म परमप्रभु तेरो परमेश्‍वर, इस्राएलको परमपवित्र तेरो उद्धारक हुँ । मैले मिश्रदेशलाई तेरो मूल्यको रूपमा दिएको छु, कूश र सेबालाई तेरो बद्लामा दिएको छु ।

  • 18तब फारो र त्यसका सबै सेना, त्यसका रथहरू र त्यसका घोडचढीहरूको कारणले मैले आदर पाउँदा म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन् ।”

  • 14परमप्रभु यसो भन्‍नुहुन्छ, “मिश्रदेशको कमाइ र शेबाका अग्‍ला कदका मानिसहरूसँग कूशको व्यापार तँकहाँ ल्याइनेछ । ती तेरै हुनेछन् । साङ्लामा तिनीहरू तेरो पछि-पछि आउनेछन् । तिनीहरू तेरो सामु घोप्टो पर्नेछन् र यसो भन्‍दै तँसँग बिन्ति गर्नेछन्, 'निश्‍चय पनि परमेश्‍वर तपाईंसँग हुनुहुन्छ र उहाँबाहेक अरू कोही छैन' ।”

  • 13जसरी मैले यरूशलेमलाई तरवार, अनिकाल र विपत्तिले दण्ड दिएँ, त्यसै गरी मिश्रदेशमा बसेका मानिसहरूलाई दण्ड दिनेछु,

  • 20यसरी योसेफले मिश्रका सबै जग्‍गाजमिन फारोको निम्‍ति किने । अनिकाल धेरै भएको हुनाले हरेक मिश्रीले आफ्‍ना जग्‍गाजमिन बेच्यो । यसरी जग्‍गाजमिन फारोको भयो ।

  • 9मैले तिमीहरूलाई मिश्रीहरूका हातबाट र तिमीहरूलाई अत्‍याचार गरिरहेका सबै जनाका हातबाट बचाएँ । तिनीहरूलाई मैले तिमीहरूका सामुबाट लखेटें, र तिमीहरूलाई मैले तिनीहरूका देश दिएँ ।

  • 28त्यसपछि तिनले भने, “तिम्रो ज्याला कति भयो, मलाई भन । म तिरिदिनेछु ।”

  • 20म आफ्‍नो जाल त्‍यसमाथि फिंजाउनेछु र मेरो शिकारी जालमा ऊ पर्नेछ । तब म उसलाई बेबिलोनमा लानेछु, र उसले मलाई धोका दिंदा उसले मप्रति गरेको विद्रोहको निम्‍ति म उसको न्‍याय गर्नेछु ।

  • 13बेबिलोनका राजा नबूकदनेसर मिश्रदेशमा आउँदा र आक्रमण गर्दा परमप्रभुले यर्मिया अगमवक्तालाई भन्‍नुभएको वचन यही होः

  • 44उहाँले तिनीहरूलाई जातिहरूका देश दिनुभयो । तिनीहरूले मानिसहरूका सम्पत्तिमाथि आफ्नो अधिकार जमाए,

  • 10तैंले यसो भनेको छस्, “यी दुई जाति र यी दुई देश मेरा हुनेछन्, र हामी तीमाथि अधिकार गर्नेछौं ।” तापनि परमप्रभु तिनीहरूसँग हुनुभयो ।

  • 21त्‍यस दिन म इस्राएलका घरानाको निम्‍ति एउटा सीङ उमार्नेछु, र तिनीहरूका बिचमा म तँलाई बोल्ने बनाउनेछु, ताकि तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌' ।”

  • 19अरू जातिहरूले पनि यसलाई पिउनुपर्‍यो, अर्थात् मिश्रका राजा फारो, र उसका सेवकहरू, अधिकारीहरू र उसका सबै मानिस,

  • 20म मेरो हात फैलाई मैले मिश्रीहरूका बिचमा गर्ने सबै आश्‍चर्यकर्मले तिनीहरूलाई आक्रमण गर्नेछु । त्यसपछि त्यसले तिमीहरूलाई जान दिनेछ ।

  • 20मिश्रदेशमा यो सर्वशक्तिमान् परप्रभुको निम्ति एउटा चिन्ह र गवाहीको रूपमा हुनेछ । अत्याचारीहरूको कारणले तिनीहरूले परमप्रभुमा पुकारा गर्दा, उहाँले तिनीहरूका निम्ति एउटा उद्धारक र एक जना रक्षक पठाउनुहुनेछ र उहाँले तिनीहरूलाई छुटकारा दिनुहुनेछ ।

  • 8जब म मिश्रदेशमा आगो लगाउनेछु, र जब त्‍यसका सबै सहयोगी नाश हुनेछन्, तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌ ।

  • 12तेरा धेरै जनालाई म योद्धाहरूका तरवारहरूले ढाल्‍नेछु । हरेक योद्धा जातिहरूका बिचमा आतंक बन्‍नेछ । यी योद्धाहरूले मिश्रदेशको घमण्डलाई तोड्नेछ र त्यसका सबै भिडलाई सर्वनाश गर्नेछ ।

  • 5मैले मिश्रमाथि मेरो हात पसारेर इस्राएलीहरूलाई तिनीहरूका बिचबाट ल्याएपछि म नै परमप्रभु हुँ भनी मिश्रीहरूले जान्‍नेछन् ।”

  • 20तिमीहरूका धन-सम्पत्तिको बारेमा चिन्ता नमान किनकि मिश्र देशका सबै असल-असल थोकहरू तिमीहरूकै हुन्' ।”