यहेज्केल 46:12

अनलक शाब्दिक बाइबल

जब शासकले स्वइच्छा भेटी चढाउँछन्, चाहे त्यो परमप्रभुको निम्ति होमबलि होस् वा मेलबलि, पूर्वपट्टि फर्केको ढोका तिनको निम्ति खोलिनेछ । तिनले शबाथ दिनमा झैं होमबलि वा मेलबलि चढाउनुपर्छ । तब तिनी बाहिर जानुपर्छ, र तिनी बाहिर गएपछि, त्‍यो ढोका बन्द गरिनेछ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहे 45:17 : 17 चाडहरू र औंसीका उत्सवहरू र शबाथ दिनहरू—इस्राएलको घरानाका सबै तोकिएका चाडहरूमा होमबलि, अन्‍नबलि, र अर्घबलिका निम्ति पशुहरू तयार गर्ने जिम्मेवारी शासकको हुनेछ । तिनैले इस्राएलको घरानाको निम्ति प्रायश्‍चित गर्न पापबलि, अन्‍नबलि, होमबलि, र मेलबलिको प्रबन्‍ध गर्नेछन् ।
  • यहे 46:1-2 : 1 ¶ परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: भित्री चोकको पूर्वपट्टि फर्किएको ढोका कामको हप्‍ताको छ दिनसम्म बन्द हुनेछ, तर शबाथको दिनमा त्यो खोलिनेछ र औंसीको दिनमा त्यो खोलिनेछ । 2 बाहिरबाट ढोका र त्यसको दलान हुँदै शासक बाहिरी चोकमा आउनेछन्, र पुजारीहरूले होमबलि र मेलबलि चढाउँदा तिनी भित्री ढोकाको चौकोसको छेउमा खडा हुनेछन् । तब तिनले भित्री ढोकाको सँघारमा आराधना गर्नेछन् र बाहिर जानेछन्, तर त्यो ढोका भने साँझसम्म नै बन्द हुनेछैन ।
  • यहे 46:8 : 8 जब शासक ढोका र त्यसको दलानको बाटोबाट आउँछन्, तब तिनी त्यही बाटोबाट भएर बाहिर जानुपर्छ ।
  • यहे 44:3 : 3 इस्राएलको शासक परमप्रभुको अगि भोजन गर्नलाई त्यहाँ बस्‍नेछ । त्यो ढोकाको दलानबाट भित्र आउनेछ र त्यही बाटो बाहिर जानेछ ।”
  • लैव्य 23:38 : 38 परमप्रभुका निम्ति शबाथ, र तिमीहरूले परमप्रभुलाई दिने तिमीहरूका उपहारहरू, तिमीहरूका भाकलहरू, र तिमीहरूका सबै स्वेच्छा भेटीहरू बाहेक यी चाडहरू हुने छन् ।
  • २ इति 29:31 : 31 तब हिजकियाले भने, “अब तिमीहरूले परमप्रभुमा आफैलाई अर्पण गरेका छौ । यहाँ आओ र परमप्रभुको मन्दिरमा बलिदान र धन्‍यवादका बलिहरू ल्याओ ।” समुदायले बलिदानहरू र धन्‍यवाद बलिहरू ल्‍याए, र राजीखुशी हृदय हुनेहरू सबैले आआफ्‍ना होमबलि ल्‍याए ।
  • एज्रा 1:4 : 4 राज्यको कुनै पनि क्षेत्रमा भएका मानिसहरू जहाँ त्यस देशका बाँकी बचेकाहरू बसोबास गर्दैछन्, तिनीहरूले यरूशलेममा भएको परमेश्‍वरको मन्दिर बनाउनलाई चाँदी र सुन, धनदौलत र गाईवस्तु अनि स्वेच्छा भेटी दिनुपर्छ ।”
  • एज्रा 3:5 : 5 यसैगरी, सबै स्वेच्छिक भेटीहरूका साथै परमप्रभुका सबै तोकिएका चाडका लागि दैनिक होमबलिहरू र मासिक होमबलिहरू र भेटीहरू पनि थिए ।
  • एज्रा 6:17 : 17 परमेश्‍वरको मन्दिरको समर्पणको निम्ति तिनीहरूले एक सयवटा साँढे, एक सयवटा भेडा र चार सयवटा थुमा बलि चढाए । इस्राएलका एक-एक कुलको लागि सारा इस्राएलीको लागि पापबलिको रूपमा बाह्रवटा बोका पनि चढाइयो ।
  • गिन 29:39 : 39 यी तिमीहरूका भाकल र स्वेच्छा बलिहरूको अतिरिक्‍त हुनुपर्छ । तिमीहरूले यिनीहरूलाई तिमीहरूका होमबलि, अन्‍नबलि, अर्घबलि र मेलबलिको रूपमा चढाउनुपर्छ ।”
  • १ राजा 3:4 : 4 राजा बलिदान चढाउन गिबोनमा गए किनकि त्यो निकै उच्च स्थान थियो । सोलोमनले त्यस वेदीमा एक हजारवटा होमबलि चढाए ।
  • १ इति 29:21 : 21 भोलिपल्‍ट तिनीहरूले परमप्रभुको निम्‍ति बलिदान गरे, र उहाँलाई होमबलि चढाए । तिनीहरूले एक हजार साँढे, एक हजार भेडा, एक हजार थुमा, र तिनका साथै आफ्‍ना अर्घबलि र सबै इस्राएलको निम्‍ति अरू प्रशस्‍त बलिदान चढाए ।
  • २ इति 5:6 : 6 सोलोमन राजा र इस्राएलका सारा समुदाय अनगिन्ति भेडा र साँढेको बलिदान चढाउँदै सन्दुकको अघि भेला भए ।
  • २ इति 7:5-7 : 5 सोलोमन राजाले बाईस हजार साँढे र एक लाख बीस हजार भेडा-बाख्रा बलि चढाए । यसरी राजा र सबै मानिसले परमेश्‍वरको मन्‍दिरको समर्पण गरे । 6 पुजारीहरू प्रत्‍येक आफूले सेवा गर्ने ठाउँमा उभिएर खडा भएर । लेवीहरू पनि परमप्रभुको संगीतका बाजाहरू लिएर खडा भए, जसलाई दाऊद राजाले गीतद्वारा परमप्रभुलाई धन्यवाद दिनको निम्ति बनाएका थिए, “उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्‍छ ।” तिनीहरूका सामु सबै पुजारीले आआफ्ना तुरही बजाए, र सबै इस्राएली खडा भए । 7 सोलोमनले परमप्रभुका मन्‍दिरको सामुन्‍नेको चोकको मध्‍य भागलाई अलग गरे । त्‍यहाँ तिनले होमबलिहरू र मेलबलिहरूका बोसोको भाग चढाए, किनभने तिनले बनाएको काँसाको वेदीमा होमबलि, अन्‍नबलि र बोसोका भागहरू अटाएनन्‌ ।
  • लैव्य 1:3 : 3 यदि त्यसको बलि गाई-गोरुको होमबलि हो भने, त्यसले निष्‍खोट गोरु ल्याओस् । परमप्रभुको अगि ग्रहणयोग्‍य होस् भनेर त्यसले त्यो भेट हुने पालको प्रवेशद्वारमा चढाओस् ।
  • लैव्य 7:16 : 16 तर यदि त्यसको भेटी प्रतिज्ञाको निम्ति बलिदान भएमा, त्यसले बलिदानलाई अर्पण गर्ने दिनमा नै त्यो खाइयोस्, तर त्यसबाट बाँकी रहेको जति अर्को दिन खान सकिने छ ।
  • रोमी 12:1 : 1 ¶ यसकारण, भाइहरू हो, परमेश्‍वरको कृपाद्वारा म तिमीहरूलाई बिन्‍ती गर्दछु, कि आ-आफ्ना शरीरलाई पवित्र र परमेश्‍वरमा ग्रहणयोग्य जिउँदो बलिको रूपमा अर्पण गर । यो नै तिमीहरूको उचित सेवा हो ।
  • एफिसी 5:2 : 2 र ख्रीष्‍टले हामीलाई प्रेम गर्नुभएर आफैँलाई हाम्रो निम्ति दिनुभए झैँ तिमीहरू प्रेममा हिँड । परमेश्‍वरको निम्ति सुगन्धित सुवास्‍ना हुनको निम्ति उहाँ एक भेटी र बलिदान हुनुहुन्थ्यो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहे 46:1-5
    5 पदहरू
    90%

    1¶ परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: भित्री चोकको पूर्वपट्टि फर्किएको ढोका कामको हप्‍ताको छ दिनसम्म बन्द हुनेछ, तर शबाथको दिनमा त्यो खोलिनेछ र औंसीको दिनमा त्यो खोलिनेछ ।

    2बाहिरबाट ढोका र त्यसको दलान हुँदै शासक बाहिरी चोकमा आउनेछन्, र पुजारीहरूले होमबलि र मेलबलि चढाउँदा तिनी भित्री ढोकाको चौकोसको छेउमा खडा हुनेछन् । तब तिनले भित्री ढोकाको सँघारमा आराधना गर्नेछन् र बाहिर जानेछन्, तर त्यो ढोका भने साँझसम्म नै बन्द हुनेछैन ।

    3शबाथ र औंसीमा देशका मानिसहरूले पनि यही ढोकामा परमप्रभुको आराधना गर्नेछन् ।

    4शासकले परमप्रभुलाई शबाथ दिनमा चढाउने होमबलि छवटा निष्खोट थुमा र एउटा निष्खोट भेडो हुनेछ ।

    5भेडोसँग चढाइने अन्‍नबलि एक एपा हुनेछ, र थुमासँग चढाइने अन्‍नबलि तिनले दिन चाहेजति हुनेछ, र अन्‍नको हरेक एपासँग एक हीन तेल होस् ।

  • यहे 46:7-11
    5 पदहरू
    85%

    7तिनले साँढेको निम्ति एक एपा, भेडोको निम्ति एक एपा, र थुमाहरूका निम्ति तिनले दिन चाहेजति अन्‍नबलि चढाउन्, र अन्‍नको हरेक एपाको निम्ति एक हीन तेल होस् ।

    8जब शासक ढोका र त्यसको दलानको बाटोबाट आउँछन्, तब तिनी त्यही बाटोबाट भएर बाहिर जानुपर्छ ।

    9तर जब देशका मानिसहरू तोकिएका चाडहरूमा परमप्रभुको सामु आउँछन्, तब उत्तरी ढोकाबाट आउनेहरू दक्षिणी ढोकाबाट बाहिर जानुपर्छ, र दक्षिणी ढोकाबाट आउनेहरू उत्तरी ढोकाबाट बाहिर जानुपर्छ । कोही पनि आफू भित्र पसेको ढोकातिर फर्कनुहुँदैन, किनकि त्यो सिधै अगाडि जानुपर्छ ।

    10शासक तिनीहरूका बिचमा हुनुपर्छ । तिनीहरू भित्र जाँदा उनी पनि भित्र जानुपर्छ, र तिनीहरू बाहिर निस्कँदा, उनी पनि बाहिर निस्कनुपर्छ ।

    11चाडहरूमा साँढेको निम्ति एक एपा, र भेडोको निम्ति एक एपा, र थुमाहरूका तिनले दिने गरेजति अन्‍नबलि होस्, र हरेक एपाको निम्त एक हीन तेल होस् ।

  • यहे 44:1-3
    3 पदहरू
    78%

    1¶ त्‍यसपछि ती मानिसले मलाई पूर्व फर्केको बाहिरी पवित्र स्थानको ढोकामा ल्याए । त्यो बलियो गरी बन्द थियो ।

    2परमप्रभुले मलाई भन्‍नुभयो, “यो ढोकाको बन्द गरी मोहर लगाइएको छ । यो खोलिनेछैन । कोही पनि मानिस त्यहाँबाट जानेछैन, किनकि परमप्रभु, इस्राएलका परमेश्‍वर त्यहाँबाट आउनुभएको छ, यसैले त्यो बलियो गरी बन्द गरिएको छ ।

    3इस्राएलको शासक परमप्रभुको अगि भोजन गर्नलाई त्यहाँ बस्‍नेछ । त्यो ढोकाको दलानबाट भित्र आउनेछ र त्यही बाटो बाहिर जानेछ ।”

  • यहे 46:19-20
    2 पदहरू
    75%

    19त्यसपछि ती मानिसले मलाई ढोकाबाट पुजारीहरूका पवित्र कोठाहरूमा लगे, जुन उत्तरतर्फ फर्केका थिए । पश्‍चिमतर्फ एउटा ठाउँ थियो ।

    20तिनले मलाई भने, “यो त्यही ठाउँ हो जहाँ पुजारीहरूले पापबलि र दोषबलिलाई उमाल्छन् र जहाँ तिनीहरूले अन्‍नबलिलाई पोल्छन् । तिनीहरूले ती बलिहरूलाई बाहिरी चोकमा लानुहुँदैन, किनकि त्‍यसो गरे मानिसहरू पवित्र हुनेछन् ।”

  • यहे 45:16-18
    3 पदहरू
    75%

    16देशका सबै मानिसहरूले इस्राएलको शासकलाई यो उपहार दिनेछन् ।

    17चाडहरू र औंसीका उत्सवहरू र शबाथ दिनहरू—इस्राएलको घरानाका सबै तोकिएका चाडहरूमा होमबलि, अन्‍नबलि, र अर्घबलिका निम्ति पशुहरू तयार गर्ने जिम्मेवारी शासकको हुनेछ । तिनैले इस्राएलको घरानाको निम्ति प्रायश्‍चित गर्न पापबलि, अन्‍नबलि, होमबलि, र मेलबलिको प्रबन्‍ध गर्नेछन् ।

    18परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: पहिलो महिनाको पहिलो दिनमा, तिमीहरूले बथानबाट एउटा निष्खोट साँढे लिनू र पवित्र-स्थानको निम्ति पापबलि चढाउनु ।

  • यहे 45:22-24
    3 पदहरू
    73%

    22त्यस दिनमा, शासकले आफ्नै निम्ति र देशका सबै मानिसहरूका निम्ति पापबलिको रूपमा एउटा साँढे तयार गर्नेछन् ।

    23सात दिनको पर्वमा, शासकले परमप्रभुको निम्ति होमबलि तयार गर्नेछन्: सात दिनसम्म हरेक दिन सातवटा साँढे र सात वटा निष्खोट भेडा, र हरेक दिन पापबलिको रूपमा एउटा बोको ।

    24अनि शासकले हरेक साँढेको निम्ति एक एपा र हरेक भेडोको निम्ति एक एपा अन्‍नबलि र हरेक एपाको निम्ति एक हीन तेल तयार गर्नेछ ।

  • 13यसका अतिरक्‍त, तिमीहरूले दैनिक रूपमा परमप्रभुलाई एक वर्षे निष्खोट भेडो होमबलिको रूपमा चढाउनु । यो तिमीहरूले हरेक बिहान गर्नुपर्छ ।

  • 15तिनीहरूले थुमा, अन्‍नबलि र तेललाई हरेक बिहान तयार गर्नेछन् । यो सधैंको होमबलि हुनेछ ।

  • 1¶ त्‍यसपछि ती मानिसले मलाई पूर्वपट्टि खोलिने ढोकामा लगे ।

  • 19शबाथअगि यरूशलेमका प्रवेश-द्वारहरूमा साँझ पर्नेबित्तिकै ती बन्द गरेर शबाथ नसकिएसम्म नखोलिऊन् भनी मैले आज्ञा दिएँ । शबाथ-दिनमा कुनै भारी भित्र लैजान नसकियोस् भनेर प्रवेश-द्वारहरूमा मैले मेरा केही सेवकहरू नियुक्त गरेँ ।

  • 7शासकको जमिनचाहिं पवित्र-स्थान र सहरको निम्ति अलग गरिएको क्षेत्रको दुवैपट्टि हुनेछ । त्यो तिनीहरूको पश्‍चिम र पूर्वपट्टि हुनेछ । पूर्वदेखि पश्‍चिमसम्म यी भागहरूमध्ये एउटाको लमाइसँग बराबर लमाइ हुनेछ ।

  • 12दक्षिण भागमा ती कोठाहरूमा जाने ढोकाहरू थिए जुन उत्तरका ढोकाहरूजस्‍तै थिए । भित्री बाटोको मुखमै एउटा ढोका थियो, र त्यो बाटो धेरै कोठाहरूसम्म पुग्थ्यो । पूर्वपट्टि एउटा छेउमा त्यस बाटोमा जाने ढोकाको थियो ।

  • 21पवित्र रूपमा अलग जमिन र सहरको क्षेत्रको दुवैपट्टिको जमिनको बाँकी भाग शासकको निम्ति हुनेछ । पूर्वतिर शासकको जमिनको क्षेत्र पवित्र रूपमा अलग जमिनको सिमानाबाट पूर्वी सिमानासम्म पच्‍चीस हजार हात हुनेछ र पश्‍चिममा पश्‍चिमी सिमानासम्म पच्‍चीस हजार हात हुनेछ । बिचमा पवित्र रूपमा अलग जमिन हुनेछ, र त्यसको बिचमा पवित्र मन्दिर हुनेछ ।

  • 15ती मानिसले भित्री मन्‍दिर नापेर सके र मलाई पूर्वतिर फर्केको ढोकातर्फ लगे र त्यहाँ वरिपरिका क्षेत्र सबै नापे ।

  • 4तपाईंहरूले यसो गर्नुपर्छः शबाथमा आफ्‍नो काममा आउने पुजारीहरू र लेवीहरूको एक तिहाइचाहिं ढोकाहरूका रक्षकहरू हुनुपर्छ ।

  • यहे 40:38-39
    2 पदहरू
    68%

    38सबै भित्री ढोकाको छेउमा ढोका भएको कोठा थियो । त्यहाँ तिनीहरूले होमबलि धुन्थे ।

    39हरेक दलानको दुवैतिर दुई-दुईवटा टेबल थिए जहाँ होमबलि, पापबलि र दोषबलिलाई मारिन्थ्यो ।

  • 11तेरा ढोकाहरू पनि निरन्‍तर रूपमा खुला रहनेछ । ती दिन वा रात कहिल्यै बन्द गरिनेछैन, ताकि जातिहरूका सम्पत्ति तिनीहरूका राजाहरूलाई अगि राखेर ल्याउन सकियोस् ।

  • 24यो परमप्रभुको घोषणा हो, तिमीहरूले साँच्‍चै मेरो कुरा सुन्यौ र शबाथ-दिनमा यस सहरका ढोकाहरूसम्म भारी बोकेर ल्‍याएनौ तर शबाथ-दिनलाई परमप्रभुको निम्ति अलग गर्‍यौ र त्‍यसमा कुनै काम गरेनौ भने,

  • 44भित्री ढोकाको बाहिरी भागमा, भित्री चोकभित्र, गाउनेहरूका कोठाहरू थिए, एउटाचाहिं उत्तरमा दक्षिणतिर फर्केको, र अर्को चाहिं दक्षिणमा उत्तरतिर फर्केको थियो ।

  • 27अनि त्यो पवित्र-स्थानमा, अर्थात् पवित्र-स्थानमा सेवा गर्नलाई भित्री चोकमा प्रवेश गर्ने दिनमा, त्यसले आफ्नो निम्ति पापबलि ल्याओस्, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

  • 32तब ती मानिसले मलाई पूर्वी बाटोको भित्री चोकमा ल्याए र ढोकाको नाप लिए, जसको नाप अरू ढोका बराबर थियो ।

  • यहे 40:23-24
    2 पदहरू
    67%

    23उत्तरपट्टि फर्किएको ढोकाको सामु भित्री चोकमा जाने एउटा ढोका थियो, जस्‍तो पूर्वमा पनि ढोका थियो । ती मानिसले एउटा ढोकादेखि अर्को ढोकासम्म नापे, त्यसको दुरी एकसय हात थियो ।

    24त्यसपछि ती मानिसले मलाई दक्षिणको ढोकामा ल्याए, र त्यसका पर्खाल र दलान अरू बाहिरी ढोका बराबर थिए ।

  • 5इस्राएलका मानिसहरूले आफ्ना बलिदानहरूलाई बाहिर खुला ठाउँमा नभएर भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुकहाँ ल्याऊन्, र परमप्रभुको निम्ति मेलबलिको रूपमा अर्पण गरिनको निम्ति तिनीहरूले त्यो पुजारीकहाँ ल्याऊन् भनेर यो आज्ञा दिइएको हो ।

  • 4यसरी पूर्वपट्टि खोलिएको ढोकाको बाटोबाट परमप्रभुको महिमा मन्‍दिरभित्र आयो ।

  • 12तिनीहरूका बिचमा हुने शासकले साँझमा आफ्‍नो काँधमा सामान बोक्‍नेछ, र पर्खालबाट बाहिर जानेछ । तिनीहरूले पर्खाल फोर्नेछन् र आफ्ना सामानहरू बाहिर निकाल्नेछन् । आफ्‍ना आँखाले भूइँ नदेखोस्‌ भनेर त्‍यसले आफ्‍नो मुख छोप्‍नेछ ।

  • 31तब मैले यहूदाका अगुवाहरूलाई पर्खालको माथि जान लगाएँ, र धन्यवाद दिन मैले दुईवटा ठुला-ठुला गायन-झुण्ड नियुक्त गरेँ । एउटा झुण्ड दाहिनेतिर पर्खालमा फोहोर ढोकामा गयो ।

  • 10त्यहाँ पूर्वपट्टिको ढोकाको दुवैतिर तिन वटा रक्षक कोठा थिए, र ती हरेकको एउटै नाप थियो, र तिनीहरूलाई अलग गर्ने पर्खालको पनि नाप एउटै थियो ।

  • 11परमप्रभुले मोशालाई भन्‍नुभयो, “हरेक अगुवाले वेदीको समर्पणको निम्ति आ-आफ्नो दिनमा आ-आफ्नो भेटीहरू चढाउनुपर्छ ।”

  • 31इस्राएलका कुलहरूका नाउँमा तिनवटा ढोकाहरू हुनेछन्: एउटा ढोका रूबेन, अर्को ढोका यहूदा र अर्को ढोका लेवीको लागि हुनेछ ।

  • 5यसैगरी, सबै स्वेच्छिक भेटीहरूका साथै परमप्रभुका सबै तोकिएका चाडका लागि दैनिक होमबलिहरू र मासिक होमबलिहरू र भेटीहरू पनि थिए ।

  • 3यदि त्यसको बलि गाई-गोरुको होमबलि हो भने, त्यसले निष्‍खोट गोरु ल्याओस् । परमप्रभुको अगि ग्रहणयोग्‍य होस् भनेर त्यसले त्यो भेट हुने पालको प्रवेशद्वारमा चढाओस् ।

  • 20त्यसपछि तिनले बाहिरी चोकको उत्तरमा भएको ढोकाको लमाइ र चौडाइ नापे ।

  • 11तिनीहरू मेरो पवित्र-स्थानमा सेवकहरू हुन्, र तिनीहरूले मन्‍दिरका ढोकाहरूका रेखदेख गर्छन् र मन्‍दिरमा सेवा गर्छन् र तिनीहरूले होमबलि र मानिसहरूका बलिदानहरूलाई मार्छन्, र तिनीहरू मानिसहरूको अगि खडा हुन्‍छन् र तिनीहरूको सेवा गर्छन् ।