यहेज्केल 6:4

अनलक शाब्दिक बाइबल

तब तिमीहरूका वेदीहरू उजाड हुनेछन्, र खम्‍बाहरू नाश पारिनेछ र तिमीहरूका मरेकाहरूलाई तिनीहरूकै मूर्तिहरूका सामु म फाल्नेछु ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ इति 14:5 : 5 साथै तिनले यहूदाका सबै सहरहरूमा भएका अल्‍गा थानहरू र धूप बाल्‍ने वेदीहरू पनि हटाइदिए । तिनको अधीनमा देशले शान्‍ति पायो ।
  • लैव्य 26:30 : 30 म तिमीहरूका डाँडाका थानहरू नाश गर्ने छु, तिमीहरूका धूपका वेदीहरू भत्‍काइदिने छु, र तिमीहरूका लाशहरू तिमीहरूका मृत मूर्तिहरूमाथि फालिदिने छु, र म तिमीहरूलाई तिरस्कार गर्ने छु ।
  • १ राजा 13:2 : 2 तिनले परमप्रभुको वचनद्वारा वेदीको विरुद्धमा चिच्च्याए, “हे वेदी, हे वेदी! परमप्रभु यसो भन्नुहुन्छ, 'हेर, दाऊदको घरानामा योशियाह नाउँ गरेको बालकको जन्म हुने छ, र त्यसले तेरो लागि बलिदान चढाउने डाँडाका ठाउँहरूमा पुजारीहरूलाई तँमाथि नै बलिदान चढाउने छ । तँमाथि तिनीहरूले मानिसका हड्डीहरू जलाउने छन्' ।”
  • २ राजा 23:14 : 14 तिनले ढुङ्गाका खम्बाहरूलाई टुक्राटुक्रा पारे, र अश्शेरा देवीका खम्बाहरूलाई काटे र ती ठाउँ मानिसका हड्‍डीहरूले भरे ।
  • २ राजा 23:16-20 : 16 योशियाहले त्यस क्षेत्रमा नजर लगाए र पहाडी क्षेत्रमा तिनले चिहानहरू देखे । ती चिहानहरूबाट हड्‍डीहरू ल्याउन तिनले मानिसहरू पठाए । त्यसपछि तिनले ती हड्‍डीहरूलाई वेदीमाथि राखेर जलाए जसले त्‍यो अपवित्र पार्‍यो । परमेश्‍वरका मानिसले बोलेका परमप्रभुको वचनअनुसार यसो हुन आएको थियो, ती मानिसले यी कुराहरूका बारेमा पहिले नै बोलेका थिए । 17 तब तिनले सोधे, “मैले देखेको त्यो स्मारकचाहिं केको हो?” सहरका मानिसहरूले तिनलाई जवाफ दिए, “त्यो यहूदाबाट आएका परमेश्‍वरका मानिसको चिहान हो जसले तपाईंले भर्खरै बेथेलको वेदीको विरुद्धमा गर्नुभएको कुराको बारेमा बोलेका थिए ।” 18 त्‍यसैले योशियाहले भने, “त्यसलाई छोड । तिनका हड्‍डीहरूलाई कसैले पनि नसारोस् । त्‍यसैले सामरियाबाट आएका अगमवक्ताका हड्‍डीहरूसँगै तिनका हड्‍डीहरूलाई तिनीहरूले त्‍यहाँ छाडे । 19 त्‍यसपछि सामरियाका सहरहरूमा भएका उच्‍च ठाउँहरू जसलाई इस्राएलका राजाहरूले बनाएका र परमप्रभुलाई क्रुद्ध तुल्याएका थिए, ती सबैलाई योशियाहले हटाए । तिनले बेथेलमा जे गरेका थिए, तिनलाई पनि ठिक त्यही गरे । 20 उच्‍च ठाउँहरूका सबै पुजारीलाई तिनले वेदीहरूमा मारे, र तिनले मानिसका हड्‍डीहरू तिनमा जलाए । तब तिनी यरूशलेममा फर्के ।
  • २ इति 34:4-5 : 4 मानिसहरूले तिनको उपस्‍थितिमा बाल देवताहरूका वेदीहरू भत्काए । तिनमाथि भएका धूप वेदीहरूलाई तिनले टुक्रा-टुक्रा पारे । तिनले अशेरा देवीका खम्बाहरू र मूर्तिहरू र प्रतिमाहरू धुलो टुक्रा-टुक्रा पारेर धुलोपिठो बनाए । तिनलाई बलिदान चढाउने मानिसहरूका चिहानहरूमा त्यो धुलो छरिदिए । 5 तिनका पुजारीहरूका हड्‍डी पनि तिनीहरूकै वेदीहरूमा तिनले जलाइदिए । यसरी तिनले यहूदा र यरूशलेमलाई शुद्ध पारे ।
  • यिर्मि 8:1-2 : 1 ¶ “यो परमप्रभुको घोषणा हो, त्यस बेला तिनीहरूले चिहानहरूबाट यहूदाका राजाहरू, यसका अधिकारीहरू, पुजारीहरू, अगमवक्ताहरू र यरूशलेमका बासिन्दाहरूका हड्‍डीहरू निकाल्नेछन् । 2 त्यसपछि तिनीहरूले सूर्य, चन्द्रमा र आकाशका सबै ताराको प्रकाशमा तिनलाई फैलाउनेछन् । तिनीहरूले आकाशका यी कुराहरूलाई पछ्याएका छन्, सेवा गरेका छन्, तिनको खोजी गरेका छन् र पुजा गरेका छन् । हड्‍डीहरू फेरि जम्मा गरिने र गाडिने छैनन् । ती जमिनको सतहमा मलझैं परिरहनेछन् ।
  • यिर्मि 43:13 : 13 उसले मिश्र देशको हेलियोपोलिसमा भएका ढुङ्गाका मूर्तिहरू भत्कानेछ । उसले मिश्रका देवताहरूका मन्दिरहरू जलानेछ ।”
  • यहे 6:5-6 : 5 इस्राएलका मानिसहरूका लाशहरूलाई तिनीहरूकै मूर्तिहरूका सामु म राखिदिनेछु, र तिमीहरूका हड्‍डीहरू तिमीहरूकै वेदीहरूका चारैतिर छरपष्‍ट पारिदिनेछु । 6 तिमीहरू जहाँ बसे तापनि तिमीहरूका नगरहरू उजाड पारिनेछन्, र अल्‍गा-अल्‍गा ठाउँहरू नष्‍ट हुनेछन्, ताकि तिमीहरूका वेदीहरू उजाड र नष्‍ट हुनेछन् । तब तिनीहरू चकनाचुर हुनेछन् र हराउनेछन्, तिमीहरूका खम्बाहरू काटिनेछन् र तिमीहरूका कामहरू लोप हुनेछन् ।
  • यहे 6:13 : 13 जब तिनीहरूका मूर्तिहरूका बिचमा, तिनीहरूका वेदीहरूका चारैतिर, सबै अल्‍गा-अल्‍गा ठाउँहरूमा, सबै पर्वतहरूका टाकुराहरूमाथि, सबै झ्‍याम्‍म परेका रूखहरूमुनि र सबै पात भएका बजराँटका रूखहरूमुनि— जहाँ-जहाँ तिनीहरूले आफ्‍ना मूर्तिहरूका निम्‍ति धूप बाल्‍थे, त्‍यहाँ-त्‍यहाँ जब तिनीहरूका मारिएकाहरू लडिरहनेछन्, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्‌ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहे 6:5-7
    3 पदहरू
    88%

    5इस्राएलका मानिसहरूका लाशहरूलाई तिनीहरूकै मूर्तिहरूका सामु म राखिदिनेछु, र तिमीहरूका हड्‍डीहरू तिमीहरूकै वेदीहरूका चारैतिर छरपष्‍ट पारिदिनेछु ।

    6तिमीहरू जहाँ बसे तापनि तिमीहरूका नगरहरू उजाड पारिनेछन्, र अल्‍गा-अल्‍गा ठाउँहरू नष्‍ट हुनेछन्, ताकि तिमीहरूका वेदीहरू उजाड र नष्‍ट हुनेछन् । तब तिनीहरू चकनाचुर हुनेछन् र हराउनेछन्, तिमीहरूका खम्बाहरू काटिनेछन् र तिमीहरूका कामहरू लोप हुनेछन् ।

    7मृतहरू तिमीहरूकै माझमा ढल्‍नेछन्, र म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ ।

  • लैव्य 26:30-33
    4 पदहरू
    84%

    30म तिमीहरूका डाँडाका थानहरू नाश गर्ने छु, तिमीहरूका धूपका वेदीहरू भत्‍काइदिने छु, र तिमीहरूका लाशहरू तिमीहरूका मृत मूर्तिहरूमाथि फालिदिने छु, र म तिमीहरूलाई तिरस्कार गर्ने छु ।

    31म तिमीहरूका सहरहरूलाई भग्‍नावशेषमा परिणत गरिदिने छु र तिमीहरूका पवित्र स्थलहरू नष्‍ट गरिदिने छु । म तिमीहरूका बलिदानहरूका सुगन्धबाट प्रसन्‍न हुने छैनँ ।

    32म तिमीहरूका देशलाई ध्वस्त पारिदिने छु । त्यहाँ बस्‍ने तिमीहरूका दुश्‍मनहरूले त्यस्तो विनाश देखेर आश्‍चर्यचकित हुने छन् ।

    33म तिमीहरूलाई जाति-जातिहरूका बिचमा तितरबितर पारिदिने छु, र मेरो तरवार निकालेर तिमीहरूको पछि लाग्‍ने छु । तिमीहरूको देश त्यागिने छ र तिमीहरूका सहरहरू विनाश हुने छन् ।

  • यहे 6:2-3
    2 पदहरू
    81%

    2“ए मानिसको छोरो, इस्राएलका पर्वतहरूतिर तेरो मुख फर्का र तिनीहरूका विरुद्धमा अगमवाणी गर् ।

    3यसो भन्, “ए इस्राएलका पर्वतहरू हो, परमप्रभु परमेश्‍वरको यो वचन सुन । पर्वतहरू र डाँडाहरू, खोल्‍साहरू र बेसीहरूलाई परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर, तिमीहरूका विरुद्धमा म तरवार ल्‍याउँदैछु, र तिमीहरूका अल्‍गा-अल्‍गा ठाउँहरूलाई म नाश गर्नेछु ।

  • यहे 6:13-14
    2 पदहरू
    80%

    13जब तिनीहरूका मूर्तिहरूका बिचमा, तिनीहरूका वेदीहरूका चारैतिर, सबै अल्‍गा-अल्‍गा ठाउँहरूमा, सबै पर्वतहरूका टाकुराहरूमाथि, सबै झ्‍याम्‍म परेका रूखहरूमुनि र सबै पात भएका बजराँटका रूखहरूमुनि— जहाँ-जहाँ तिनीहरूले आफ्‍ना मूर्तिहरूका निम्‍ति धूप बाल्‍थे, त्‍यहाँ-त्‍यहाँ जब तिनीहरूका मारिएकाहरू लडिरहनेछन्, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्‌ ।

    14अनि म आफ्‍नो हातले हिर्काउनेछु र उजाड-स्‍थानदेखि दिब्‍लासम्‍मै तिनीहरूका सबै बस्‍ने ठाउँहरू अर्थात्‌ तिनीहरूको देशलाई उजाड र सुनसान बनाइदिनेछु । तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन् ।

  • 13बरु, तैँले तिनीहरूका वेदीहरू भत्काइदिनू, तिनीहरूका ढुङ्गाका खम्बाहरू टुक्रा-टुक्रा पारिदिनू र तिनीहरूका अशेरा देवीका मूर्तिहरूलाई काटेर ढालिदिनू ।

  • मीका 5:13-14
    2 पदहरू
    77%

    13म तिमीहरूले हातले बनाएका मुर्तिहरू र तिमीहरूका ढुङ्गाका स्तम्भहरूलाई नाश गर्नेछु । अबदेखि तिमीहरूले आफ्ना हातले बनाएका वस्तुहरूलाई पुज्नेछैनौ ।

    14म तिमीहरूका बिचबाट अशेराका खम्बाहरू उखेलिदिनेछु, र म तिमीहरूका सहरहरू नाश गर्नेछु ।

  • 5तिनीहरूसित यसरी व्यवहार गर्नूः तिनीहरूका वेदीहरू भत्काइदिनू; तिनीहरूका ढुङ्गाका खम्बाहरू टुक्राटुक्रा पारिदिनू; तिनीहरूका अशेरा देवीका खम्बाहरू काटेर ढालिदिनू र तिनीहरूका मूर्तिहरू आगोमा जलाइदिनू ।

  • 3तिनीहरूका वेदीहरू भत्काइदिनू र तिनीहरूका ढुङ्गाका मूर्तिहरूलाई टुक्राटुक्रा पारिदिनू र तिनीहरूका अशेरा देवीका खम्बाहरू जलाइदिनू । खोपेर बनाइएका तिनीहरूका देवताका मूर्तिहरू काटिदिनू र त्यस ठाउँबाट तिनीहरूका नाउँ मेटिदिनू ।

  • 2किनकि तिनीहरूको हृदय छलपूर्ण छ । अब तिनीहरूले आफ्नो दोषको दण्ड भोग्‍नैपर्छ । परमप्रभुले तिनीहरूका वेदीहरू भत्‍काउनुहुन्छ, तिनीहरूका स्‍तम्‍भहरू नाश गर्नुहुन्छ ।

  • 14निनवे, तेरो विषयमा परमप्रभुले एउटा आज्ञा दिनुभएको छ, “अब तेरो नाम बोक्‍ने कोही वंश बाँकी रहनेछैन । कलात्मक रूपमा हातले बनाइएका र फलाम गालेर बनाइएका मुर्तिहरूलाई तिमीहरूका देवताहरूका घरबाट म हटाइदिनेछु । म तेरो चिहान तयार गर्नेछु, किनकि तँ तुच्छ छस् ।”

  • यहे 35:8-9
    2 पदहरू
    75%

    8मारिएकाहरूले म त्यसका पर्वतहरूलाई भरिदिनेछु । तरवारद्वारा मारिएकाहरूचाहिं तेरा अग्ला पहाडहरू र बेसीहरू र तेरा सबै खोलाहरूमा ढल्‍नेछन् ।

    9तँलाई म सधैंको निम्ति उजाड बनाउनेछु । तेरा सहरहरूमा कोही बास गर्नेछैनन्, तर म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस् ।

  • 4तेरा सहरहरूलाई म भग्‍नावशेष बनाउनेछु, र तँ आफैचाहिं उजाड हुनेछस् । तब म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस् ।

  • 21‘इस्राएलको घरानालाई यसो भन्‌: परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर्, म आफ्‍नो पवित्रस्‍थान—तिमीहरूका शक्तिको गर्व, तिमीहरूका आँखाको खुसी, र तिमीहरूका प्राणको इच्छालाई अपवित्र तुल्‍याउनेछु, र तिमीहरूले छोडिराखेका तिमीहरूका छोराछोरी तरवारले मारिनेछन्‌ ।

  • 7किनकि त्यो दिनमा तिमीहरूका आफ्नै हातले पापपुर्ण किसिमले बनाएका चाँदीका मूर्तीहरू र सुनका मूर्तीहरूबाट प्रत्‍येक व्‍यक्‍ति मुक्‍त हुनेछ ।

  • 11तेरो भुमिका सहरहरूलाई म नाश गर्नेछु र तिमीहरूका गढीहरूलाई भत्काइदिनेछु ।

  • 14तिनले ढुङ्गाका खम्बाहरूलाई टुक्राटुक्रा पारे, र अश्शेरा देवीका खम्बाहरूलाई काटे र ती ठाउँ मानिसका हड्‍डीहरूले भरे ।

  • 28तब देशलाई म उजाड र त्रास तुल्याउनेछु, र त्यसको शक्तिको घमण्डको अन्त्य हुनेछ, किनकि इस्राएलका पर्वतहरू त्यागिनेछन्, र त्यहाँबाट भएर कोही पनि जानेछैन ।’

  • मीका 1:6-7
    2 पदहरू
    73%

    6“म सामरियालाई भग्‍नावशेषको थुप्रो, र दाखबारी लगाउने स्थान बनाइदिनेछु, र म त्यसका ढुङ्गाहरूलाई तल उपत्यकामा फ्याँकिदिनेछु र म त्यसका जगहरूलाई नाङ्गा बनाइदिनेछु ।

    7त्यसका सबै हातले बनाइएका चिजहरू टुक्रा-टुक्रा पारिनेछन्, र त्यसले पाएका सबै उपहारहरूलाई आगोद्धारा जलाइनेछ, र त्यसका सबै मुर्तिहरूलाई म नष्‍ट गर्नेछु । त्यसले आफ्ना उपहारहरू वेश्याको ज्यालाबाट संचय गरेको हुनाले, ती फेरि वेश्याकै ज्याला बन्‍नेछन् ।”

  • 4मानिसहरूले तिनको उपस्‍थितिमा बाल देवताहरूका वेदीहरू भत्काए । तिनमाथि भएका धूप वेदीहरूलाई तिनले टुक्रा-टुक्रा पारे । तिनले अशेरा देवीका खम्बाहरू र मूर्तिहरू र प्रतिमाहरू धुलो टुक्रा-टुक्रा पारेर धुलोपिठो बनाए । तिनलाई बलिदान चढाउने मानिसहरूका चिहानहरूमा त्यो धुलो छरिदिए ।

  • यहे 11:6-7
    2 पदहरू
    73%

    6तिमीहरूले यस सहरमा मारेका मानिसहरूका सङ्ख्‍यालाई वद्धि गरेका छौ, र यसका गल्‍लीहरू तिनीहरूले भरेका छौ ।

    7यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तिमीहरूले मारेका मानिसहरू जसका लाशहरू तिमीहरूले यरूशलेमको बिचमा छाडेका छौ, ती मासु हुन्, र यो सहरचाहिं भाँडो हो । तर तिमीहरूचाहिं यस सहरका बिचबाट बाहिर निकालिनेछौ ।

  • 3आफ्‍ना सबै इलाकामा तिमीहरूले गरेका पापको कारणले तिमीहरूका अग्ला ठाउँहरूसँगै खुला देशमा भएको मेरो पर्वत र तिमीहरूका धन-सम्पत्ति र तिमीहरूका सबै खजाना म लुटको मालको रूपमा दिनेछु ।

  • 4यसकारण, ए इस्राएलका पर्वतहरू, परमप्रभु परमेश्‍वरको वचन सुनः पर्वतहरू र अग्ला पहाडहरू, खोलाहरू र बेसीहरू, तिनीहरूका वरिपरि भएका अरू जतिहरूका निम्‍ति लूट र हाँसोको विषय बनेका निर्जन उजाड-स्थानहरू र त्‍यागिएका सहरहरूलाई परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ,

  • 31जब तिमीहरू आफ्‍ना उपहारहरू चढाउँछौ— जब तिमीहरू आफ्‍ना छोराहरूलाई आगोमा हिंड्न लगाउँछौ— तब आजको दिनसम्‍म पनि तिमीहरूले आफ्‍ना मूर्तिहरूको कारणले आफैलाई बिटुलो पार्छौ । यसैले ए इस्राएलको घराना, मसँग सोधपूछ गर्न मैले तिमीहरूलाई किन दिनु? जस्तो म जीवित छु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो— तिमीहरूले मलाई सोधपूछ गर्न म दिनेछैनँ ।

  • 39तँलाई तिनीहरूका हातमा म सुम्‍पिदिनेछु, यसरी तिनीहरूले तेरा गुमज पुजाकोठा भत्‍काउनेछन्‌ र डाँडाका थानहरू ढाल्नेछन् र तिनीहरूले तेरा वस्‍त्रहरू फुकाएर तँलाई नाङ्गो पार्नेछन्‌ र तेरा सबै गरगहना लैजानेछन् । तिनीहरूले तँलाई नाङ्गो र उजाड छोडिदिनेछन्‌ ।

  • 11यसकारण जस्‍तो म जीवित छु—यो परमप्रभु परमेश्‍वरको घोषणा हो—तेरा सबै घृणित कुराहरू र तैंले गरेका सबै घिनलाग्‍दा कामहरूले मेरो पवित्रस्‍थानलाई तैंले बिटुलो पारेको हुनाले म आफै तेरो संख्‍या घटाउनेछु । मेरो आँखाले तँलाई टिठ्याउनेछैन, र म तँलाई छोड्नेछैनँ ।

  • 39यसैले ए इस्राएलका घराना, परमप्रभु परमेश्‍वर तिमीहरूलाई यसो भन्‍नुहुन्‍छः तिमीहरू हरेक आ-आफ्‍नो मूर्तिहरूतिर जानुपर्छ । तिमीहरू मेरो कुरा सुन्‍न इन्‍कार गर्छौ भने तिनीहरूकै पुजा गर, तर आफ्‍ना उपहारहरू र मूर्तिहरूले मेरो पवित्र नाउँलाई तिमीहरूले अपवित्र पार्नुहुँदैन ।

  • 4यसकारण तिनीहरू यो कुरा घोषणा गर र तिनीहरूलाई यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः इस्राएलका घरानाका हरेक मानिस जसले आफ्‍नो हृदयमा मूर्तिहरू राख्‍छन्, र आफ्‍नो अधर्मको ठक्‍कर लाग्‍ने ढुङ्गा आफ्‍नो अनुहारको सामुन्‍ने राख्‍छन्, र पनि अगमवक्ताकहाँ जान्‍छन्, म परमप्रभुले त्‍यसका मूर्तिहरूका संख्याअनुसार त्‍यसलाई जवाफ दिनेछु ।

  • 18मूर्तीहरू पुर्ण रूपमा बितेर जानेछन् ।

  • 14“किनभने मैले इस्राएलका पापको दण्ड दिने दिनमा, म बेथेलका वेदीहरूलाई पनि दण्‍ड दिनेछु । वेदीका सिङहरू काटिनेछन् र भुइँमा खस्‍नेछन् ।

  • 9तब मबाट तर्केका तिनीहरूका व्‍यभिचारी हृदय र मूर्तिहरूका पछि लाग्‍ने तिनीहरूका कुदृष्‍टहरूले म दुःखित भएको थिएँ भनी ती बाँचेकाहरूले आफूलाई कैद गरिएका जातिहरूका बिचमा मेरो बारेमा विचार गर्नेछन् । तब तिनीहरूले गरेको दुष्‍टता र तिनीहरूका सबै घृणित कामहरूको कारण तिनीहरूले आफ्नो अनुहारमा घृणा देखाउनेछन् ।

  • 6यसकारण इस्राएलका घरानालाई यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः पश्‍चात्ताप गर र आफ्‍ना मूर्तिहरूदेखि फर्क । सबै घिनलाग्‍दा कुराबाट आफ्ना मुख फर्काओ ।

  • 13यसैकारण म तिमीहरूलाई भयङ्कर रूपमा प्रहार गर्नेछु, र तिमीहरूका पापको कारण म तिमीहरूलाई उजाड बनाउनेछु ।

  • 16अरू देवताहरूलाई धुप बालेर र तिनीहरूका आफ्नै हातले बनाएका वस्तुहरूलाई पुजा गरेर मलाई त्यागेका हुनाले तिनीहरूका सबै दुष्‍ट कामको विरुद्धमा म इन्साफ गर्नेछु ।

  • 8तब तिनीहरूले पाप गरेका हुनाले म तिनीहरूको देशलाई त्‍यागिएको उजाड-स्‍थान बनाउनेछु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।”

  • 14तँलाई चारैतिरका जातिहरूका बिचमा र तेरो छेउबाट भएर जानेहरू हरेक व्‍यक्‍तिका दृष्‍टिमा तँलाई म उजाड र खिसीको पात्र बनाउनेछु ।

  • 22तिमीहरूले आफ्‍ना खोपिएका चाँदीका र सुनले बनाइएका आकृतिहरूलाई अपवित्र तुल्याउनेछौ । तिमीहरूले महिनावारीको फोहर फालेझैं ती फाल्नेछौ । तिनलाई तिमीहरू भन्‍नेछौ, “यहाँबाट गइहाल ।”

  • 9यसैले यसरी याकूबको अपराधको प्रयाश्‍चित गरिनेछ, किनकि यही नै त्यसको पाप हटाउने कार्यको फल हुनेछः जति बेला उहाँले वेदीका ढुङ्गाहरूलाई खरी ढुङ्गाजस्तै बनाउनुहुन्छ र टुक्रा-टुक्रा पार्नुहुन्छ, अनि त्यहाँ कुनै अशेराको खम्बाहरू वा धूप चढाउने वेदी रहनेछैन ।

  • 9इसहाकका उच्‍च ठाउँहरू नष्‍ट पारिनेछन्, इस्राएलका पवित्र स्थानहरू तहस-नहस पारिनेछन्, र म तरवार लिएर यारोबामको घरानाको विरुद्ध खडा हुनेछु ।”

  • 9त्यस दिन तिनीहरूका बलिया सहरहरू डाँडाका टाकुराहरूका भिरहरूमा त्यगिएका जङ्‍गलजस्‍तै हुनेछन्, जसलाई इस्राएलका मानिसहरूका कारणले त्यागिएका थिए र त्यो उजाड हुनेछ ।