यहेज्केल 7:10
हेर्, त्यो दिन! हेर्, त्यो आउँदैछ । तेरो सर्वनाश निस्केर आएको छ । लट्ठी फुलेको छ, अहङ्कारको कोपिला लागेको छ!
हेर्, त्यो दिन! हेर्, त्यो आउँदैछ । तेरो सर्वनाश निस्केर आएको छ । लट्ठी फुलेको छ, अहङ्कारको कोपिला लागेको छ!
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
11हिंसा बढेर दुष्टताको लठ्ठी भएको छ—तिमध्ये कुनै पनि, ति भीडमध्ये कुनै पनि, तिनका धन-सम्पत्तिमध्ये केही पनि, र तिनीहरूका कुनै पनि बहुमूल्य चीज छोडिनेछैन!
12समय आउँदैछ । दिन नजिकै आएको छ । किन्नेले आनन्द नगरोस्, बेच्नेले शोक नगरोस्, किनकि मेरो क्रोध जम्मै भीडमाथि परेको छ!
3अब अन्त्य तँमाथि आएको छ, किनकि म आफ्नो क्रोध तँमाथि पठाउँदैछु, र तेरो चालअनुसार म तेरो न्याय गर्नेछु । तब तेरा सबै घिनलाग्दा कामहरू तँमाथि नै ल्याउनेछु ।
4किनकि मेरा आँखाले तँलाई दया देखाउनेछैनन्, र म तँलाई छोड्नेछैन । बरु, तेरा कामहरू तँमाथि नै ल्याउनेछु, र तेरा घिनलाग्दा कामहरू तेरा माझमा हुनेछन्, यसरी म नै परमप्रभु हुँ भनी तैंले जान्नेछस् ।
5परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः विपत्ति! विशेष विपत्ति! हेर्, त्यो आउँदैछ ।
6अन्त्यचाहिं साँच्चै नै आउँदैछ । अन्त्य तिमीहरूका विरुद्धमा उठेको छ । हेर्, त्यो आउँदैछ!
7तिमीहरू जो देशमा बस्छौ, तिमीहरूको सर्वनाश आउँदैछ । समय आएको छ । सर्वनाशको दिन नजिकै छ, र पर्वतहरू आनन्दित हुनेछैनन् ।
8अब चाँडै मेरो क्रोध म तँमाथि पोखाउनेछु, र मेरो रिस तेरो विरिद्धमा खन्याउनेछु । तेरो चालअनुसार म न्याय गर्नेछु, र तेरा सबै घिनलाग्दा कामहरू तँमाथि ल्याउनेछु ।
9किनकि मेरा आँखाले तँलाई दयापूर्वक हेर्नेछैनँ, र तँलाई म छोड्नेछैन । जस्तो तैंले गरेको छस् तेस्तै म तँलाई गर्नेछु । अनि तेरा घृणित कुराहरू तेरै माझमा हुनेछन् ताकि तँलाई दण्ड दिनेचाहिं म परमप्रभु नै हुँ भनी तैंले जान्नेछस् ।
8हेर्, त्यो दिन आउँदैछ, र त्यो हुनेछ, यो परमप्रभु परमेश्वरको घोषणा हो ।
31“हेर्, अहङ्कारी, म तेरो विरुद्धमा छु, यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो, किनकि ए अहंकारी, तँलाई दण्ड दिने तेरो दिन आइपुगेको छ, जति बेला म तँलाई दण्ड दिनेछु ।
11तैंले रोपेको, बार लगाएको र खेती गरेको दिनमा । तेरा बीउहरू चाँडै वृद्धि हुनेछन्, तर कष्ट र घोर दुखको दिनमा फल दिनेछैन ।
1¶ किनभने हेर, त्यो दिन आउँदै छ, जुन दिन भट्टीझैँ दन्कनेछ । त्यस दिन सबै हठी र दुष्ट काम गर्नेहरू ठुटाझैँ हुनेछन् । आउन लागेको दिनले तिनीहरूलाई जलाई भस्म गर्नेछ, र तिनीहरूको न त जरा न हाँगा बाँकी रहनेछ, सेनाहरूका परमप्रभु भन्नुहुन्छ ।
9मानिसहरूलाई भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः के त्यो सप्रला त? के त्यो जरैसमेत उखेलिंदैन र त्यसका फलहरू टिपिंदैनन्, र त्यो ओइलाउनेछैन र? त्यसलाई जरैसमेत उखेल्नलाई बलियो हात वा धेरै मानिसहरू आवश्यक हुनेछैन् ।
10यसैले हेर्, त्यसलाई रोपेपछि के त्यो बढ्छ र? पूर्वीय बतासले त्यसलाई हानेपछि के त्यो ओइलाउँदैन र? त्यो उम्रेकै बगैंचाको जमिनमा त्यो पूर्ण रूपमा सुक्छ' ।”
11तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
14किनकि त्यसका ठुला हाँगाहरूबाट आगो निस्क्यो, र त्यसका फलहरू भस्म पार्यो । त्यसमा कुनै बलियो हाँगा बाँकी रहेन, शासन गर्ने राजदण्ड पनि रहेन ।' यो एउटा विलापको गीत हो, र विलापको गीतको रूपमा गाउनुपर्छ ।”
27राजाले शोक गर्नेछन् र शासकले निराशको पोशाक पहिरिनेछ, जबकि देशका मानिसहरूका हात त्रासले काँप्नेछन् । तिनीहरूका आफ्नै चालअनुसार तिनीहरूलाई म यसो गर्नेछु । म नै परमप्रभु हुँ भनी तिनीहरूले नजानेसम्म तिनीहरूकै मानकअनुसार म तिनीहरूको न्याय गर्नेछु ।
9हेर, देशलाई विनाश पार्न र त्यसबाट पापीहरूलाई नाश पार्न, परमप्रभुको दिन निर्दयी क्रोध र प्रचूर रिस लिएर आउँछ ।
6बिहानमा त्यो फक्रिन्छ र बढ्छ । साँझमा त्यो ओइलाउँछ र सुक्छ ।
10यसैकारण परमप्रभु परमेश्वर यस्तो भन्नुहुन्छ: त्यो उचाइमा अग्लो भएको कारण, र त्यसको टुप्पो त्यसका हाँगाहरूका बिचमा भएको हुनाले, आफ्नो उचाइको कारण त्यो घमण्डले फुल्यो ।
11त्यसको दुष्टताअनुसार त्यसलाई व्यवहार गरियोस् भनेर मैले त्यसलाई जातिहरूका बिचमा एउटा शक्तिशाली व्यक्तिको हातमा दिएको छु । मैले त्यसलाई बाहिर फालेको छु ।
15हाय! त्यो दिन, किनकि परमप्रभुको दिन नजिकै छ । त्योसँगै सर्वशक्तिमान्बाट विनाश आउनेछ ।
14परमप्रभुको त्यो महान् दिन नजिकै छ, नजिक र चाँडै आउँदै छ । परमप्रभुको दिनको आवाज चिच्याई-चिच्याई रोइरहेको योद्धाको झैँ हुनेछ ।
15त्यो दिन क्रोधको दिन, संकट र पीडाको दिन, आँधी र विनाशको दिन, अन्धकार र विरक्तको दिन, बादल र घोर अन्धकारको दिन हुनेछ ।
5कटनीअगि फूल फुल्ने समय सिद्धिएपछि र फूल दाख हुँदैगर्दा, उहाँले छाँट्ने हँसियाहरूले छाँट्नुहुनेछ र उहाँले फैलिरहेको हाँगाहरूलाई काट्नुहुनेछ र लानुहुनेछ ।
7त्यसले मेरो दाखबारीलाई उजाड ठाउँ बनाएको छ र मेरो नेभाराका बोटलाई लाछेर नाङ्गो पारेको छ । त्यसका बोक्राहरू त्यसले ताछेको छ र टाढा फालेको छ, र हाँगाहरू केवल सेता मात्र छन् ।
24तब मैदानका सबै रूखले म नै परमप्रभु हुँ भनी जान्नेछन् । म अग्लो रूखलाई होचो बनाउनेछु, र होचो रूखलाई अल्गो बनाउनेछु । पानी पाएको रूखलाई म सुकाइदिन्छु र सुकेको रूखलाई म हरियो बनाउँछु । म परमप्रभु हुँ । मैले नै यो कुरा हुनेछ भनी घोषणा गरेको छु । अनि मैले यो गरेको छु ।
4त्यसको महिमित सुन्दरताको ओइलाउने फुल अर्थात् धनी बेसीको शिरमा रहेको छ, त्यो पहिले पाकेको अन्जिरजस्तो हुनेछ, जब कसैले त्यसलाई देख्छ, तब आफ्नो हातमा हुँदा नै त्यसले त्यो निलिहाल्छ ।
7मैले भनेँ, ‘निश्चय नै तैँले मेरो भय मान्नेछस् । मेरो सुधारलाई स्वीकार गर् र मैले तेरो विरुद्धमा गरिदिनेछु भनी योजना गरेझैँ, तँ तेरो घरबाट बहिष्कार हुनेछैनस् ।’ तर तिनीहरू हरेक बिहानीलाई भ्रष्ट कामहरुद्धारा सुरुवात गर्न आतुर हुन्छन् ।
1¶ यिशैको ठुटोबाट एउटा टुसा पलाउनेछ र त्यसका जराहरूबाट पलाएको एउटा हाँगाले फल फलाउनेछ ।
15किनकि सबै जातिहरूमाथि परमप्रभुको दिन नजिकै छ । तैंले जस्तो गरेको छस्, तँलाई त्यस्तै गरिनेछ । तेरा कामहरू तेरो आफ्नै थाप्लोमा फर्किनेछन् ।
10धेरै जनालाई काट्नलाई त्यसमा धार लगाइनेछ । बिजुलीझैं चम्कनलाई त्यसलाई टल्काइनेछ । के हामी मेरो छोराको राजदण्डमा आनन्दित हुनुपर्छ र? आउनेवाला तरवारले हरेक त्यस्ता राजदण्डलाई घृणा गर्छ ।
17इस्राएलको प्रकाश आगो बन्नेछ र त्यसको परमपवित्र आगोको ज्वालाजस्तो बन्नुहुनेछ । त्यसले उसको काँढाहरू र सिउँडीहरूलाई एकै दिनमा डढाउने र नष्ट पार्नेछ ।
25ए इस्राएल अपवित्र र दुष्ट शासक, जसको दण्डको दिन आएको छ, र जसको अपराध गर्ने समय सकिएको छ,
11त्यसका हाँगाहरू बलिया थिए, जसलाई शासकको राजदण्डको लागि प्रयोग गरिए, र त्यसको आकार हाँगाहरूभन्दा माथि उठ्यो, र त्यसको उचाइचाहिं त्यसका पातहरूमा देखिन्थ्यो ।
12तर त्यो दाखको बोट क्रोधमा उखेलियो, र जमिनमा फालियो, र पूर्वीय बतासले त्यसका फललाई सुकाइदियो । त्यसका बलिया हाँगाहरू भाँचिए र सुके, र आगोले ती भस्म पारिए ।
33हेर, परमप्रभु सर्वशक्तिमान् परमप्रभुले डरलाग्दो विनाशसँगै हाँगाहरू लुछ्नुहुनेछ । सबैभन्दा अग्ला रूखहरू काटिनेछन् र अहङ्कारीलाई होच्याइनेछ ।
3यसैकारण परमप्रभु यस्तो भन्नुहुन्छ, “हेर, यस वंशको विरुद्ध म सर्वनाश ल्याउँदै छु, र त्यसबाट तिमीहरू उम्कन सक्नेछैनौ । तिमीहरू घमण्डसाथ हिँड्नेछैनौ, किनकि त्यो खराब समय हुनेछ ।
17उहाँले मलाई भन्नुभयो, “ए मानिसको छोरो, के तँ यो देख्छस्? के तिनीहरूले यहाँ गरिरहेका यी घिनलाग्दा काम यहूदाका घरानाको लागि सानो कुरा हो र? किनकि तिनीहरूले देशलाई हिंसाले भरेका छन् र आफ्ना नाकमा हाँगा राखेर मलाई रिस उठाउनलाई तर्केका छन् ।
14यसकारण परमप्रभुले इस्राएलबाट टाउको र पुच्छर, खजूरको हाँगा र नर्कट एकै दिनमा नष्ट पार्नुहुनेछ ।
16उसका जराहरू तलतिरका नै सुक्नेछन् । माथिको उसको हाँगा काटिनेछ ।
15यसैले ए बेथेल, तेरो ठुलो दुष्टताको कारणले, तँलाई पनि यस्तै हुनेछ । झिसमिसेमा इस्राएलका राजा पूर्ण रूपले नाश पारिनेछ ।
1¶ हेर! परमप्रभुको त्यो दिन आउँदै छ जब तिमीहरूको लुटको सम्पत्ति तिमीहरूका माझमा बाँडिनेछ ।
13किनकि जाँच आउनेछ, तर यहूदाको राजदण्ड रहेन भने नि?— यो परमप्रभु परमेश्वरको घोषणा हो ।
5अश्शूरलाई धिक्कार, जो मेरो रिसको लट्ठी हो, त्यो लहुरो जसद्वारा म आफ्नो क्रोध मच्चाउँछु!
14हेर, साँझमा त्रास! बिहान हुनअगि ती बितिजानेछन्! हामीलाई लूट्नेहरू, हामीलाई डकैती गर्नेहरूको भाग यस्तै हुनेछ ।
9“परमप्रभु यसो भन्नुहुन्छ, 'त्यसरी नै यहूदा र यरूशलेमको ठुलो अहंकारलाई म नाश गर्नेछु ।
23हेर, परमप्रभुको आँधी, उहाँको क्रोध बाहिर निस्केको छ । यो आइरहने आँधी हो । यसले दुष्ट मानिसहरूका शिरमा चक्कर लगाउनेछ ।
5परमप्रभुले दुष्टहरूको लट्ठी र ती शासकहरूको राजदण्ड भाँच्नुभएको छ,