गलातीहरू 2:18

अनलक शाब्दिक बाइबल

व्यवस्थालाई पुरा गर्नुपर्छ भन्‍ने कुरामा मैले मेरो विश्‍वासलाई पुनर्निर्माण गरेँ, त्यो विश्‍वास जुन मैले भङ्ग गरिसकेको थिएँ । म आफैँलाई व्यवस्था भङ्ग गर्ने मानिस तुल्याउँछु ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • गलाती 4:9-9 : 9 तर अहिले तिमीहरूले परमेश्‍वरलाई चिन्दछौ वा निश्‍चय नै तिमीहरू परमेश्‍वरद्वारा चिनिएका छौ भने, किन तिमीहरू फेरि कमजोर र मूल्यहीन आधारभूत सिद्धान्तहरूतर्फ फर्किरहेका छौ? के तिमीहरू फेरि दास हुने चाहना गर्छौ? 10 तिमीहरूले ध्यानपूर्वक विशेष दिनहरू, औँसी, ऋतुहरू र वर्षहरूलाई मान्दछौ । 11 म तिमीहरूका लागि चिन्ता गर्दछु । म यो चिन्ता गर्दछु, कि मैले तिमीहरूमाथि व्यर्थमा मेहनत गरेँ । 12 भाइहरू हो, म यो बिन्ती गर्दछु, कि म जस्तो छु तिमीहरू पनि त्यस्तै होओ, किनकि म पनि तिमीहरूजस्तै भएको छु । तिमीहरूले मप्रति कुनै खराबी गरेका छैनौ ।
  • गलाती 5:11 : 11 मेरा भाइहरू हो, यदि म अझै पनि खतनाको प्रचार गर्दछु भने, अझै पनि म किन सताइएको छु? त्यसो हो भनेता क्रुसको बाधा नष्‍ट हुने थियो ।
  • रोमी 14:15 : 15 यदि खानाले गर्दा तिम्रो भाइलाई चोट पुग्छ भने, तिमी प्रेममा चलिरहेका छैनौ । जसको निम्ति ख्रीष्‍ट मर्नुभयो त्यसलाई तिम्रो खानाले नष्‍ट नपार ।
  • १ कोरि 8:11-12 : 11 मूर्तिहरूको वास्तविक प्रकृतिको बारेमा तिमीहरूको समझको कारणले गर्दा कमजोर भाइ नष्‍ट हुन्छ, जसको निम्ति ख्रीष्‍ट मर्नुभयो । 12 त्यसैले, जब तिमीले आफ्नो भाइको विरुद्धमा पाप गरेर उनीहरूको कमजोर विवेकलाई चोट पुर्‍याउँछौ, तिमीले ख्रीष्‍टको विरुद्धमा पाप गर्छौ ।
  • गलाती 2:4-5 : 4 ख्रीष्‍ट येशूमा हामीसँग भएको स्वतन्‍त्रताको जासुसी गर्न गुप्‍त रूपमा आएका झुटा दाजुभाइहरूका कारण यो विषय उठ्यो । तिनीहरूले हामीलाई व्यवस्थाका दासहरू बनाउन चाहे । 5 तिमीहरूका निम्ति सुसमाचारको सत्यता अपरिवर्तित रहिरहोस् भनेर हामी तिनीहरूका कुरामा एक घण्टा पनि झुकेनौँ ।
  • गलाती 2:12-16 : 12 याकूबबाट केही मानिसहरू आउनुअगि पत्रुस गैरयहूदीहरूसँग बसेर खाँदै थिए । तर जब यी मानिसहरू आए, उनले यो रोके र उनी गैरयहूदीहरूबाट टाढिए । उनी यी खतना गर्नैपर्ने मानिसहरूसँग डराए । 13 बाँकी यहूदीहरूले पनि पत्रुसको यस कपटपूर्ण काममा साथ दिए । यसको परिणाम स्वरूप बारनाबास पनि उनीहरूको कपटपूर्ण कामको कारण भड्‌किए । 14 जब मैले तिनीहरूले सुसमाचारको सत्यता नपछ्याइरहेको देखेँ, मैले तिनीहरू सबैका सामुन्‍ने पत्रुसलाई भनेँ, “तिमी यहूदी भएर पनि यहूदी स्वभावको सट्टा गैरयहूदी स्वभावमा जिइरहेका छौ भने, तिमीले कसरी गैरयहूदीहरूलाई यहूदीहरू जस्तो गरी जिउनको निम्ति कर लगाउन सक्छौ?” 15 हामी जो जन्मसिद्ध यहूदीहरू हौँ र “गैरयहूदी पापीहरू होइनौँ”, 16 व्यवस्थाद्वारा कोही पनि धर्मी हुन सक्दैन भन्‍ने कुरा हामी जान्दछौँ । त्यसको सट्टा, तिनीहरू येशू ख्रीष्‍टमा विश्‍वासद्वारा धर्मी ठहरिन्छन् । हामी ख्रीष्‍ट येशूमा विश्‍वासमा आयौँ ताकि हामी ख्रीष्‍टमा विश्‍वासद्वारा धर्मी ठहरिन सकौँ र व्यवस्थाअनुसारका कामहरूद्वारा होइन । किनकि व्यवस्थाअनुसारका कामहरूद्वारा कोही पनि धर्मी ठहरिन सक्दैन ।
  • गलाती 2:21 : 21 म परमेश्‍वरको अनुग्रहलाई इन्कार गर्दिनँ, किनकि यदि व्यवस्थाद्वारा धार्मिकता आउने भए, ख्रीष्‍ट व्यर्थैमा मर्नुभयो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • गलाती 2:16-17
    2 पदहरू
    79%

    16व्यवस्थाद्वारा कोही पनि धर्मी हुन सक्दैन भन्‍ने कुरा हामी जान्दछौँ । त्यसको सट्टा, तिनीहरू येशू ख्रीष्‍टमा विश्‍वासद्वारा धर्मी ठहरिन्छन् । हामी ख्रीष्‍ट येशूमा विश्‍वासमा आयौँ ताकि हामी ख्रीष्‍टमा विश्‍वासद्वारा धर्मी ठहरिन सकौँ र व्यवस्थाअनुसारका कामहरूद्वारा होइन । किनकि व्यवस्थाअनुसारका कामहरूद्वारा कोही पनि धर्मी ठहरिन सक्दैन ।

    17तर यदि हामी ख्रीष्‍टमा परमेश्‍वरद्वारा धर्मी हुन खोज्छौँ भने, हामीले आफैँलाई पापी भएको पनि पाउँछौ । के त्यसो भए ख्रीष्‍ट पापको दास हुनुभयो त? त्यस्तो होइन!

  • गलाती 2:19-21
    3 पदहरू
    77%

    19व्यवस्थाद्वारा व्यवस्थाको निम्ति म मरेँ, ताकि म परमेश्‍वरको निम्ति बाँच्‍न सकूँ ।

    20म ख्रीष्‍टसँगै क्रुसमा टाँगिएको छु । अब उसो जिउने म होइनँ, तर ख्रीष्‍ट ममा जिउनुहुन्छ । अब जुन जीवन म शरीरमा जिउँछु, म परमेश्‍वरका पुत्रको विश्‍वासमा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफैँलाई मेरो निम्ति दिनुभयो ।

    21म परमेश्‍वरको अनुग्रहलाई इन्कार गर्दिनँ, किनकि यदि व्यवस्थाद्वारा धार्मिकता आउने भए, ख्रीष्‍ट व्यर्थैमा मर्नुभयो ।

  • 10परमेश्‍वरको अनुग्रहअनुसार उहाँले मलाई दिनुभएको कारिगरको क्षमतालाई प्रयोग गरेर मैले जग बसालेँ, र अर्कोले त्यसमाथि घर बनाउँदै छ । तर हरेक व्यक्‍तिले कसरी बनाउँदै छ भन्‍ने बारेमा सावधान रहनुपर्छ ।

  • 7तर यदि मेरो झुटद्वारा परमेश्‍वरको सत्यताले उहाँको निम्ति प्रशस्त प्रशंसा प्रदान गर्छ भने मलाई अझ पनि किन पापीको रूपमा न्याय गरिन्छ त?

  • रोमी 7:19-21
    3 पदहरू
    72%

    19किनकि मैले चाहेको असल थोक म गर्दिनँ, तर म जुन खराब कुरो गर्न चाहन्‍नँ, म त्यही गर्छु ।

    20अब म जे गर्न चाहँदिनँ त्यही गर्छु भने, यो गरिरहने म होइन, तर ममा बास गर्ने पाप हो ।

    21तब मैले ममा असल गर्ने सिद्धान्त भेट्टाउँछु, तर ममा दुष्‍ट वास्तवमै उपस्थित भएको पाउँछु ।

  • गलाती 5:1-4
    4 पदहरू
    72%

    1¶ स्वतन्‍त्रताको निम्ति ख्रीष्‍टले हामीलाई मुक्त गराउनुभएको हो । यसैकारण, स्थिर होओ र फेरि बन्धनको जुवामुनि नपर ।

    2हेर! म पावल तिमीहरूलाई भन्दछु, कि तिमीहरूको खतना भए तापनि ख्रीष्‍टमा तिमीहरूलाई केही फाइदा हुनेछैन ।

    3फेरि, खतना गरिएका सबै मानिसलाई म यो गवाही दिन्छु, कि सबै व्यवस्था पालन गर्न त्यो बाध्य हुन्छ ।

    4जो व्यवस्थाबाट धर्मी ठहराइएका छौ, तिमीहरू ख्रीष्‍टबाट अलग गरिएका छौ । तिमीहरू अनुग्रहबाट टाढा गएका छौ ।

  • याक 2:10-11
    2 पदहरू
    71%

    10किनकि जसले सम्पूर्ण व्यवस्था पालन गर्दछ, तर एउटै कुरामा मात्र ठक्‍कर खान्छ भने, त्यो सम्पूर्ण व्यवस्थाको उल्लङ्घन गरेकोमा दोषी ठहरिन्छ ।

    11किनभने जसले “व्यभिचार नगर” भनेर भन्‍नुभयो उहाँले “हत्या नगर” पनि भन्‍नुभयो । यदि तिमीहरूले व्यभिचार गर्दैनौ, तर हत्या गर्छौ भने तिमीहरूले व्यवस्थाको उल्लङ्घन गर्छौ ।

  • 13म यहूदी हुदाँ मेरो पहिलेको जीवनको बारेमा तिमीहरूले सुनेका छौ, कि कसरी मैले परमेश्‍वरको मण्‍डलीलाई हिंसात्‍मक रूपले अत्यधिक सताइरहेको थिएँ र त्‍यसलाई नष्‍ट गरिरहेको थिएँ ।

  • रोमी 7:13-17
    5 पदहरू
    71%

    13त्यसैले, के जे असल छ त्यो मेरो निम्ति मृत्यु बन्यो? यस्तो कहिल्यै नहोस् । तर पापलाई पाप नै देखाउन सकियोस् भनी जे असल थियो त्यसद्वारा ममा मृत्यु ल्याइयो । आज्ञाद्वारा यस्तो भयो, ताकि पाप अत्यधिक पापमय बन्‍न सकोस् ।

    14हामी जान्दछौँ, कि व्यवस्था आत्मिक हो, तर म शारीरिक हुँ । म पापको दासत्वमा बेचिएको छु ।

    15किनभने म जे गर्छु, त्यो म वास्तवमा बुझ्दिनँ । किनकि म जे गर्न चाहन्छु, त्यो म गर्दिनँ; अनि म जेलाई घृणा गर्छु, म त्यही गर्छु ।

    16तर म जे चाहँदिनँ म त्यही गर्छु भने, व्यवस्था असल हो भनी म व्यवस्थासँग सहमत हुन्छु ।

    17तर अब यो गर्ने म होइन, तर ममा रहने पाप हो ।

  • 11मेरा भाइहरू हो, यदि म अझै पनि खतनाको प्रचार गर्दछु भने, अझै पनि म किन सताइएको छु? त्यसो हो भनेता क्रुसको बाधा नष्‍ट हुने थियो ।

  • 14हाम्रा प्रभु येशू ख्रीष्‍टको क्रुसबाहेक मैले अरू कुनै कुरामा कहिल्यै गर्व गर्न नपरोस् । उहाँद्वारा नै म संसारको लागि र संसार मेरो लागि क्रुसमा टाँगिएको छ ।

  • 7त्यसो भए, हामी के भनौँ त? के व्यवस्था आफैँ पाप हो? यस्तो कहिल्यै नहोस् । तथापि यदि व्यवस्था नभएको भए मैले कहिल्यै पाप जान्‍ने थिइनँ । किनकि यदि व्यवस्थाले, “तैँले लोभ नगर्” नभनेसम्म मैले लोभ के हो भनी कहिल्यै जान्‍ने थिइनँ ।

  • 20यसरी सुसमाचार घोषणा गर्ने मेरो इच्छा भएको छ, तर ख्रीष्‍टको नाउँ चिनिएका ठाउँहरूमा होइन, ताकि अरू मानिसहरूले बसालेको जगमाथि मैले निर्माण नगरौँ ।

  • 2किनकि ख्रीष्‍ट येशूमा जीवनको आत्माको सिद्धान्तले मलाई पाप र मृत्युको सिद्धान्तबाट स्वतन्‍त्र बनाएको छ ।

  • 9एक समय म व्यवस्थाविना जीवित थिएँ, तर जब आज्ञा आयो, पापले पुनः जीवन पायो र म मरेँ ।

  • 17यदि कसैले परमेश्‍वरको मन्दिरलाई नाश गर्छ भने उहाँले त्‍यसलाई पनि नाश गर्नुहुनेछ । किनकि परमेश्‍वरको मन्दिर पवित्र छ, र तिमीहरू पनि त्यस्तै छौ ।

  • 27तर म आफ्‍नो शरीरलाई वशमा राख्छु र यसलाई दासजस्‍तै बनाउँछु, ताकि प्रचार गरेपछि म आफैँचाहिँ अयोग्य नबनूँ ।

  • 9त्यसो भए के त? के हामी आफैँले आफ्‍नो सफाइ दिँदै छौँ? त्यसो नहोस्! किनकि यहूदीहरू र ग्रिकहरू सबै पापको अधीनमा थिए भनी हामीले पहिले नै दोष लगाइसकेका छौँ ।

  • 8किनकि जसले तिमीहरूलाई नाश गर्न नभई तिमीहरूलाई निर्माण गर्न हामीलाई प्रभुले दिनुभएको हाम्रो अधिकारको बारेमा मैले केही ज्यादा नै घमण्ड गरेँ भने पनि म लज्‍जित हुनेछैन ।

  • 27यदि स्वाभाविक रूपले खतना नभएकाले व्यवस्था पुरा गर्छ भने के त्यसले तिमीलाई दोषी ठहराउँदैन र? तिमीहरूसँग लिखित धर्मशास्‍त्र र खतना भएको भए तापनि तिमीहरूले व्यवस्था उल्‍लङ्घन गर्ने भएकाले यसो भएको हो ।

  • 1¶ भाइहरू हो, यदि कुनै मानिसले पाप गरेको फेला परेमा, तिमीहरूमध्येका आत्मिक व्यक्‍तिहरूले चाहिँ नम्रताको आत्मामा त्यस व्यक्‍तिलाई पुनर्स्थापित गर्नुपर्छ । तिमीहरू आफैँ परीक्षामा नपर्नको निम्ति आफ्नो ख्याल गर ।

  • 20उहाँको दृष्‍टिमा व्यवस्थाका कामहरूद्वारा कुनै पनि मानिस धर्मी नठहरिने हुनाले यसो भएको हो । किनकि व्यवस्थाद्वारा नै पापको ज्ञान आउँछ ।

  • 13त्यसकारण, यदि मैले खाएको खाना मेरो भाइलाई ठेसको कारण बन्छ भने, म फेरि कहिल्यै मासु खानेछैनँ, ताकि म मेरो भाइको पतनको कारण नबनूँ ।

  • 23तिमी जो परमेश्‍वरको व्‍यवस्‍थामा गर्वका साथ रमाउँछौ, के तिमीले व्‍यवस्‍था उल्‍लङ्घन गरेर परमेश्‍वरको अपमान गर्छौ?

  • 12किनकि जतिले व्यवस्थाविना पाप गरेका छन्, तिनीहरू व्यवस्थाविना नै नष्‍ट हुनेछन् र जतिले व्यवस्थाप्रति पाप गरेका छन्, तिनीहरू व्यवस्थाद्वारा नै न्याय गरिनेछन् ।

  • 17किनभने कोही ख्रीष्‍टमा छ भने ऊ नयाँ सृष्‍टि हो । पुराना कुरा बितेर गएका छन् । हेर, ती नयाँ भएका छन् ।

  • 25यदि तिमीहरूले व्‍यवस्‍था पालन गर्छौ भने वास्‍तवमा खतनाले तिमीहरूलाई लाभ दिन्‍छ, तर यदि तिमीहरू व्‍यवस्‍था भङ्‌ग गर्नेहरू हौ भने, तिमीहरूको खतना बेखतना हुन्‍छ ।

  • 18त्यसो भए मेरो इनाम के हो? यही हो कि जब म प्रचार गर्छु, सित्तैँमा सुसमाचार प्रचार गरूँ र सुसमाचरमा मेरो हकको पूर्ण प्रयोग नगरूँ ।

  • 18किनकि गैरयहूदीहरूका आज्ञाकारिताको निम्ति ख्रीष्‍टले मद्वारा पुरा गर्नुभएको कुराबाहेक अरू कुनै कुरामा पनि बोल्न म साहस गर्नेछैनँ । यिनीहरू वचन र कामद्वारा,

  • 15किनकि व्यवस्थाले क्रोध ल्याउँछ, तर जहाँ व्यवस्था छैन त्यहाँ अनाज्ञाकारिता हुँदैन ।

  • गलाती 1:9-10
    2 पदहरू
    68%

    9हामीले पहिले नै भनिसकेका छौँ र म अहिले फेरि पनि भन्दछु, “कसैले तिमीहरूले स्वीकार गरेको भन्दा बाहेक तिमीहरूका सामु अर्को सन्देशको घोषणा गर्दछ भने, त्यो श्रापित होस् ।”

    10के मैले अहिले मानिसहरू वा परमेश्‍वरको समर्थन खोजिरहेको छु र? के मैले मानिसहरूलाई खुसी पार्न खोजिरहेको छु र? यदि मैले अझै पनि मानिसहरूलाई खुसी पार्ने प्रयास गरिरहेको छु भने, म ख्रीष्‍टको दास होइनँ ।

  • 21म आफैँ परमेश्‍वरको व्यवस्थाबाट बाहिर नभएर ख्रीष्‍टको व्यवस्थामा भए तापनि व्यवस्थाबाट बाहिर भएकाहरूलाई जित्‍नको निम्ति म व्यवस्थाबाट बाहिर भएजस्तै बनेँ । व्यवस्थाबाट बाहिर भएकाहरूलाई जित्‍न सकूँ भनेर मैले यसो गरेँ ।

  • 12तर म जे गरिरहेको छु, त्यो म गर्नेछु । म यो गर्नेछु किनकि हाम्रो स्थानमा आएर स्थापित हुन खोज्दै जे कुरामा तिनीहरू घमण्ड गरिरहेका छन्, तिनीहरूको त्यो मौकालाई म बन्द गर्न चाहन्छु ।

  • 2यदि मैले तिमीहरूलाई दुःखित तुल्याएँ भने, मैले जसलाई दुःखित तुल्याएँ उसले बाहेक अरू कसले मलाई खुसी तुल्याउन सक्छ र?

  • 11र जान, कि यस्तो मनिस सही मार्गबाट भड्केको छ, पाप गर्दै छ र आफैँलाई दोष्याउँछ ।

  • 7तर मेरो निम्ति लाभदायक भएका सबै कुराहरू, ख्रीष्‍टको खातिर मैले हानि नै सम्झेको छु ।