गलातीहरू 3:2

अनलक शाब्दिक बाइबल

म तिमीहरूबाट यो कुरा मात्र बुझ्‍न चाहन्छु । के तिमीहरूले पवित्र आत्मालाई व्यवस्था अनुसारका कामहरू गरेर पाएका हौ कि तिमीहरूले सुनेका कुरामा विश्‍वास गरेर पाएका हौ?

थप स्रोतहरू

उल्लेखित पदहरू

  • प्रेरि 2:38 : 38 अनि पत्रुसले तिनीहरूलाई भने, “पश्‍चात्ताप गर र तिमीहरू हरेकले तिमीहरूका पाप क्षमाको निम्ति येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्मा लेओ र तिमीहरूले पवित्र आत्माको वरदान प्राप्‍त गर्नेछौ ।
  • प्रेरि 15:8 : 8 मानिसहरूका हृदय जान्‍नुहुने परमेश्‍वरले हामीलाई जस्तै तिनीहरूलाई पवित्र आत्मा दिएर तिनीहरूलाई गवाही दिनुहुन्छ ।
  • प्रेरि 19:2-6 : 2 पावलले तिनीहरूलाई सोधे, “के तिमीहरूले विश्‍वास गर्दा पवित्र आत्मा पायौ त?” तर तिनीहरूले उनलाई भने, “होइन, हामीले त पवित्र आत्माको बारेमा अहिलेसम्म सुनेका समेत छैनौँ ।” 3 पावलले भने, “त्यसो भए तिमीहरूले केमा बप्‍तिस्मा लियौ त?” तिनीहरूले भने, “यूहन्‍नाको बप्‍तिस्मामा ।” 4 त्यसैले पावलले जवाफ दिए, “यूहन्‍नाले दिने बप्‍तिस्माचाहिँ पश्‍चात्तापको हो । उनले मानिसहरूलाई भनेका थिए कि उनीहरूले तिनीभन्दा पछि आउनुहुनेमाथि अर्थात् येशूमाथि विश्‍वास गर्नुपर्छ ।” 5 मानिसहरूले त्यो कुरा सुनेपछि उनीहरूले प्रभु येशूको नाउँमा बप्‍तिस्मा लिए । 6 त्यसपछि पावलले उनीहरूमाथि हात राखे र पवित्र आत्मा उनीहरूमाथि आउनुभयो अनि उनीहरूले अन्यभाषाहरूमा बोले र अगमवाणी गरे ।
  • गलाती 3:14 : 14 यसको उद्देश्य यही थियो, कि अब्राहाममा भएको आशिष् ख्रीष्‍ट येशूद्वारा गैरयहूदीहरूमाझ आउन सकोस्, ताकि हामीले विश्‍वासद्वारा पवित्र आत्माको प्रतिज्ञा प्राप्‍त गर्न सकौँ ।
  • एफिसी 1:13-14 : 13 ख्रीष्‍टमा तिमीहरूले सत्य वचन, तिमीहरूको छुट्काराको सुसमाचार सुनिसकेपछि, उहाँमा नै तिमीहरूले विश्‍वास गरेका छौ र प्रतिज्ञा सहितको पवित्र आत्माको छाप लगाइएका थियौ । 14 हामीले हाम्रो उत्तराधिकार प्राप्‍त नगरून्जेल सम्म पवित्र आत्मा हाम्रो उत्तराधिकारको निश्‍चयताको प्रमाण हुनुहुन्छ । यो उहाँको महिमाको प्रशंसाको लागि हो ।
  • इब्रा 2:4 : 4 त्यही समयमा परमेश्‍वरले यसलाई चिह्नहरू, अचम्मका काम र विभिन्‍न शक्‍तिशाली कामहरूबाट अनि उहाँको आफ्नै इच्छाअनुसार पवित्र आत्माका वरदानहरूको वितरणद्वारा प्रमाणित गरिदिनुभयो ।
  • इब्रा 6:4 : 4 किनकि जसले एक चोटि ज्योति पाएर स्वर्गको वरदान चाखेका थिए, जो पवित्र आत्मामा सहभागी भएका थिए, तिनीहरूका लागि यो असम्भव कुरा हो ।
  • गलाती 3:5 : 5 त्यसो भए, जसले तिमीहरूलाई पवित्र आत्मा दिनुहुन्छ र तिमीहरूका बिचमा शक्‍तिशाली कार्यहरूद्वारा काम गर्नुहुन्छ, के उहाँले यो व्यवस्था अनुसारका कामहरूका कारण गर्नुभएको हो कि विश्‍वास गरेर सुनेका कारणले?
  • रोमी 10:16-17 : 16 तर तिनीहरू सबैले सुसमाचार सुनेनन् । किनकि यशैया भन्छन्, “हे प्रभु, हाम्रो सन्देश कसले विश्‍वास गरेको छ?” 17 त्यसकारण, विश्‍वास सुनाइबाट आउँछ, र सुनाइ ख्रीष्‍टको वचनद्वारा आउँछ ।
  • प्रेरि 8:15 : 15 तिनीहरू आएपछि तिनीहरूले उनीहरूले पवित्र आत्मा पाउन सकून् भनी उनीहरूका निम्ति प्रार्थना गरे ।
  • प्रेरि 10:44-47 : 44 पत्रुसले यी कुराहरू बताइरहँदा तिनको सन्देश सुन्‍नेहरू सबैमाथि पवित्र आत्मा ओर्लनुभयो । 45 पत्रुससँगै आएका यहूदी विश्‍वासीहरू छक्‍क परे किनकि पवित्र आत्माको वरदान अन्यजातिहरूलाई पनि दिइएको थियो । 46 किनभने तिनीहरूले यी अन्यजातिहरूले अन्य भाषाहरूमा बोलेका र परमेश्‍वरको प्रशंसा गरेका सुने । तब पत्रुसले जवाफ दिए, 47 “हामीले जस्तै पवित्र आत्मा प्राप्‍त गर्ने यी मानिसहरूलाई पानीको बप्‍तिस्मा लिनदेखि कसैले रोक्‍न सक्छ?”
  • प्रेरि 11:15-18 : 15 जब म तिनिहरूसँग बोल्न थालेँ, तिनीहरूमाथि पवित्र आत्मा आउनुभयो, जसरी सुरुमा हामीमाथि आउनुभएको थियो । 16 कसरी उहाँले भन्‍नुभएको थियो, तब मैले प्रभुका वचनहरूलाई सम्झेँ, ‘‘यूहन्‍नाले पानीले बप्‍तिस्मा दिए, तर तिमीहरूलाई पवित्र आत्मामा बप्‍तिस्मा दिइनेछ ।’’ 17 हामीले प्रभु येशू ख्रीष्‍टमाथि विश्‍वास गर्दा उहाँले हामीलाई दिनुभएको त्यही वरदान उहाँले तिनीहरूलाई दिनुभयो भने, परमेश्‍वरको विरोध गर्ने म को थिएँ र?’’’ 18 जब तिनीहरूले यी कुराहरू सुने, तिनीहरूले कुनै पनि प्रतिकृया जनाएनन् । तर तिनीहरूले परमेश्‍वरको प्रशंसा गरे र भने, ‘‘परमेश्‍वरले गैर-यहूदीहरूलाई पनि जीवनको निम्ति पश्‍चात्ताप दिनुभएको छ ।’’
  • रोमी 1:17 : 17 किनकि यसैमा परमेश्‍वरको धार्मिकता विश्‍वासबाट विश्‍वासमा प्रकट गरिएको छ, जस्तो लेखिएको छ “धर्मीहरू विश्‍वासद्वारा नै जिउनेछन् ।”
  • १ कोरि 12:7-9 : 7 सबैको भलाइको निम्ति हरेकलाई आत्माको बाहिर देखिने चिह्न दिइएको छ । 8 किनभने एउटालाई आत्माद्वारा बुद्धिको कुरा बोल्ने वरदान दिइएको छ भने उही आत्माद्वारा अर्कोलाई ज्ञानको कुरा गर्ने वरदान दिइएको छ । 9 त्यसरी नै कसैलाई एउटै पवित्र आत्माद्वारा विश्‍वासको वरदान दिइएको छ भने अझ अर्कोलाई उही आत्माद्वारा निको पर्ने वरदान दिइएको छ । 10 एउटालाई शक्‍तिको काम गर्ने वरदान दिइएको छ भने अर्कोलाई अगमवाणीको । एउटालाई आत्माहरू छुट्‌ट्याउने वरदान दिइएको छ भने अर्कोलाई भाषाहरूमा बोल्ने अनि कसैलाई भाषाहरूको अर्थ खोल्ने वरदान दिइएको छ । 11 तर यिनीहरू सबैमा एउटै आत्माले काम गर्नुहुन्छ । उहाँको इच्छाबमोजिम उहाँले हरेकलाई व्यक्‍तिगत रूपमा वरदानहरू दिनुहुन्छ । 12 जसरी शरीर एउटै हुन्छ र अङ्गहरू धेरै हुन्छन् अनि ती सबै अङ्ग एउटै शरीरको भएझैँ ख्रीष्‍टमा पनि त्यस्तै हुन्छ । 13 किनभने एउटै आत्माद्वारा हामीहरू सबैको एउटै शरीरमा बप्‍तिस्मा भएको थियो, यहूदी वा ग्रिक, कमारा वा स्वतन्‍त्र; सबैलाई एउटै आत्माबाट पिउन दिइएको छ ।
  • १ पत्रु 1:12 : 12 यो अगमवक्तालाई प्रकट गरिएको थियो जुन तिनीहरूले यी कुराहरूको सेवा गरिरहेका थिए, तिनीहरू आफ्नै लागि होइन तर तिमीहरूका लागि । यी कुरा स्वर्गबाट पठाइनुभएका पवित्र आत्माबाट तिमीहरूलाई प्रचार भएको सुसमाचार ल्याउनेहरूद्वारा तिमीहरूलाई सुनाइएको छ । यी कुराहरू प्रकट होऊन् भनेर स्वर्गदूतहरू पनि इच्छा गर्छन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • गलाती 3:3-6
    4 पदहरू
    84%

    3के तिमीहरू यति धेरै मूर्ख भएका छौ? के अब केवल शरीरमा अन्त हुन तिमीहरूले आत्मामा सुरु गरेका थियौ?

    4यदि त्यो साँच्‍चै निरर्थक थियो भने के तिमीहरूले व्यर्थमा यति धेरै कुराहरूको अनुभव गर्‍यौ त?

    5त्यसो भए, जसले तिमीहरूलाई पवित्र आत्मा दिनुहुन्छ र तिमीहरूका बिचमा शक्‍तिशाली कार्यहरूद्वारा काम गर्नुहुन्छ, के उहाँले यो व्यवस्था अनुसारका कामहरूका कारण गर्नुभएको हो कि विश्‍वास गरेर सुनेका कारणले?

    6अब्राहामले “परमेश्‍वरलाई विश्‍वास गरे अनि यो उनको निम्ति धार्मिकता गनियो ।”

  • 1¶ हे मूर्ख गलातीहरू! कसको दुष्‍ट आँखाले तिमीहरूलाई नोक्सानी गर्‍यो? के तिमीहरूका आँखाको अगाडि येशू ख्रीष्‍ट क्रुसमा टाँगिनुभएको कुरा दर्शाइएको थिएन र?

  • गलाती 2:16-17
    2 पदहरू
    77%

    16व्यवस्थाद्वारा कोही पनि धर्मी हुन सक्दैन भन्‍ने कुरा हामी जान्दछौँ । त्यसको सट्टा, तिनीहरू येशू ख्रीष्‍टमा विश्‍वासद्वारा धर्मी ठहरिन्छन् । हामी ख्रीष्‍ट येशूमा विश्‍वासमा आयौँ ताकि हामी ख्रीष्‍टमा विश्‍वासद्वारा धर्मी ठहरिन सकौँ र व्यवस्थाअनुसारका कामहरूद्वारा होइन । किनकि व्यवस्थाअनुसारका कामहरूद्वारा कोही पनि धर्मी ठहरिन सक्दैन ।

    17तर यदि हामी ख्रीष्‍टमा परमेश्‍वरद्वारा धर्मी हुन खोज्छौँ भने, हामीले आफैँलाई पापी भएको पनि पाउँछौ । के त्यसो भए ख्रीष्‍ट पापको दास हुनुभयो त? त्यस्तो होइन!

  • 14यसको उद्देश्य यही थियो, कि अब्राहाममा भएको आशिष् ख्रीष्‍ट येशूद्वारा गैरयहूदीहरूमाझ आउन सकोस्, ताकि हामीले विश्‍वासद्वारा पवित्र आत्माको प्रतिज्ञा प्राप्‍त गर्न सकौँ ।

  • 21तिमीहरू जो व्यवस्थाको अधीनमा रहने इच्छा गर्दछौ, मलाई यो बताओ, कि व्यवस्थाले के भन्दछ भन्‍ने कुरा के तिमीहरूले सुन्दैनौ?

  • गलाती 5:4-6
    3 पदहरू
    72%

    4जो व्यवस्थाबाट धर्मी ठहराइएका छौ, तिमीहरू ख्रीष्‍टबाट अलग गरिएका छौ । तिमीहरू अनुग्रहबाट टाढा गएका छौ ।

    5किनकि आत्माद्वारा विश्‍वासबाट हामीले धार्मिकताको आशाको प्रतीक्षा गरिरहेका छौँ ।

    6ख्रीष्‍ट येशूमा न खतना न बेखतना कुनै मूल्यको हुन्छ । केवल प्रेमद्वारा काम गर्ने विश्‍वासको मात्र मूल्य हुन्छ ।

  • रोमी 3:27-28
    2 पदहरू
    72%

    27घमण्ड कहाँ गर्ने? यो त हटाइएको छ । केको आधारमा? कामहरूको आधारमा? होइन, तर विश्‍वासको आधारमा हो ।

    28तब हामी निचोडमा आउँछौँ, कि कुनै पनि व्यक्‍ति व्यवस्थाका कामहरूविना नै विश्‍वासद्वारा धर्मी ठहरिन्छ ।

  • गलाती 3:11-12
    2 पदहरू
    72%

    11अब यो स्पष्‍ट छ, कि परमेश्‍वरले कसैलाई पनि व्यवस्थाद्वारा धर्मी ठहराउनुहुन्‍न, किनकि “धर्मी मानिस विश्‍वासद्वारा नै जिउनेछ ।”

    12व्यवस्था विश्‍वासबाट आएको होइन, तर त्यसको सट्टामा, “जसले व्यवस्थामा भएका कुराहरू गर्दछ त्यो व्यवस्थाअनुसार नै जिउनेछ ।”

  • 21त्यसो भए, के व्यवस्था परमेश्‍वरका प्रतिज्ञाहरूको विरुद्धमा छ त? कदापि होइन! किनकि यदि जीवन दिन सक्‍ने व्यवस्था दिइएको भए, निश्‍चय नै त्यही व्यवस्थाद्वारा धार्मिकता आउने थियो ।

  • गलाती 3:23-26
    4 पदहरू
    71%

    23तर ख्रीष्‍टमा विश्‍वास आउनुभन्दा अगाडि विश्‍वासको प्रकाश नआउन्जेलसम्म हामी व्यवस्थाद्वारा कैदमा थियौँ र सीमित थियौँ ।

    24त्यसकारण, हामी विश्‍वासद्वारा धर्मी ठहरिनको निम्ति ख्रीष्‍ट नआउन्जेलसम्मको लागि व्यवस्था हाम्रो संरक्षक बन्यो ।

    25अब विश्‍वास आइसकेकोले हामी कुनै संरक्षकको अधीनमा छैनौँ ।

    26किनकि ख्रीष्‍ट येशूमा विश्‍वासद्वारा तिमीहरू सबै परमेश्‍वरका पुत्रहरू हौ ।

  • 9र उहाँमा स्थापित हुन सकूँ । व्यवस्थाबाट मैले आफैँले प्राप्‍त गरेको धार्मिकता मसँग छैन । बरु, ख्रीष्‍ट येशूमा विश्‍वासद्वारा प्राप्‍त गरेको धार्मिकता मसँग छ, जुन धार्मिकता विश्‍वासमा आधारित परमेश्‍वरबाट मैले प्राप्‍त गरेको हुँ ।

  • 18तर यदि आत्माले तिमीहरूलाई अगुवाइ गर्नुहुन्छ भने तिमीहरू व्यवस्थाको अधीनमा हुँदैनौ ।

  • प्रेरि 19:2-3
    2 पदहरू
    70%

    2पावलले तिनीहरूलाई सोधे, “के तिमीहरूले विश्‍वास गर्दा पवित्र आत्मा पायौ त?” तर तिनीहरूले उनलाई भने, “होइन, हामीले त पवित्र आत्माको बारेमा अहिलेसम्म सुनेका समेत छैनौँ ।”

    3पावलले भने, “त्यसो भए तिमीहरूले केमा बप्‍तिस्मा लियौ त?” तिनीहरूले भने, “यूहन्‍नाको बप्‍तिस्मामा ।”

  • गलाती 2:19-21
    3 पदहरू
    70%

    19व्यवस्थाद्वारा व्यवस्थाको निम्ति म मरेँ, ताकि म परमेश्‍वरको निम्ति बाँच्‍न सकूँ ।

    20म ख्रीष्‍टसँगै क्रुसमा टाँगिएको छु । अब उसो जिउने म होइनँ, तर ख्रीष्‍ट ममा जिउनुहुन्छ । अब जुन जीवन म शरीरमा जिउँछु, म परमेश्‍वरका पुत्रको विश्‍वासमा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफैँलाई मेरो निम्ति दिनुभयो ।

    21म परमेश्‍वरको अनुग्रहलाई इन्कार गर्दिनँ, किनकि यदि व्यवस्थाद्वारा धार्मिकता आउने भए, ख्रीष्‍ट व्यर्थैमा मर्नुभयो ।

  • 12मैले यो कुनै मानिसबाट प्राप्‍त गरेको होइन, न त मलाई यो सिकाइएको थियो । बरु, मलाई यो येशू ख्रीष्‍टको प्रकाशद्वारा दिइएको थियो ।

  • 18किनकि उत्तराधिकार व्‍यवस्थाद्वारा आएको हो भने, यो अहिले प्रतिज्ञाद्वारा आउने थिएन । तर परमेश्‍वरले प्रतिज्ञाद्वारा अब्राहामलाई यो सित्तैँमा दिनुभयो ।

  • 9तर अहिले तिमीहरूले परमेश्‍वरलाई चिन्दछौ वा निश्‍चय नै तिमीहरू परमेश्‍वरद्वारा चिनिएका छौ भने, किन तिमीहरू फेरि कमजोर र मूल्यहीन आधारभूत सिद्धान्तहरूतर्फ फर्किरहेका छौ? के तिमीहरू फेरि दास हुने चाहना गर्छौ?

  • 4हामीमा व्यवस्थाको मापदण्ड पुरा हुन सकोस् भनेर उहाँले यसो गर्नुभयो, ताकि हामी शरीरअनुसार होइन, तर आत्माअनुसार चल्न सकौँ ।

  • गलाती 6:12-13
    2 पदहरू
    69%

    12शारीरिक रूपमा प्रभाव पार्न चाहनेहरूले तिमीहरूलाई खतना गर्न बाध्य गराउँछन् । ख्रीष्‍टको क्रुसको खातिर सतावट भोग्‍नु नपरोस् भनेर मात्र तिनीहरूले यसो गर्छन् ।

    13किनकि खतना भएकाहरूले नै व्यवस्थाको पालन गरेका हुँदैनन् । बरु, तिमीहरूका शरीरका विषयमा घमण्ड गर्न सकून् भनेर तिमीहरूको खतना भएको तिनीहरू चाहन्छन् ।

  • 8किनकि तिमीहरू अनुग्रहबाट विश्‍वासद्वारा बचाइएका छौ, र यो तिमीहरूबाट आएको होइन तर यो परमेश्‍वरको उपहार हो ।

  • 17त्यसकारण, विश्‍वास सुनाइबाट आउँछ, र सुनाइ ख्रीष्‍टको वचनद्वारा आउँछ ।

  • 20उहाँको दृष्‍टिमा व्यवस्थाका कामहरूद्वारा कुनै पनि मानिस धर्मी नठहरिने हुनाले यसो भएको हो । किनकि व्यवस्थाद्वारा नै पापको ज्ञान आउँछ ।

  • 2तिमीहरूका निम्ति परमेश्‍वरले मलाई दिनुभएको उहाँको अनुग्रहको कार्यको विषयमा तिमीहरूले सुनेका छौ भनी म विचार गर्दछु ।

  • 31के हामीले विश्‍वासद्वारा व्यवस्थालाई रद्द गर्छौं त? कहिल्यै यस्तो नहोस्! बरु, हामीले व्यवस्थालाई कायम पो राख्‍छौँ ।

  • 6तिमीहरू यति छिटै फरक सन्देशतिर फर्किएको देख्दा म चकित परेको छु । ख्रीष्‍टको अनुग्रहद्वारा तिमीहरूलाई बोलाउनुहुनेबाट तिमीहरू टाढिएको देख्दा म चकित परेको छु ।

  • 6तर अब हामी व्यवस्थाबाट स्वतन्त्र पारिएका छौँ । हामीलाई जुन कुराले बाँधेको थियो, त्यसको निम्ति हामी मरेका छौँ । हामीले पुरानो विधानमा होइन, तर पवित्र आत्माको नयाँपनमा सेवा गर्न सकौँ भनेर यसो भएको हो ।

  • 2मसँग भएका सबै भाइहरूका साथ म यो पत्र गलातियाका सबै मण्डलीहरूलाई लेखिरहेको छु ।

  • 39विश्‍वास गर्ने हरेक उहाँद्वारा सबै थोकहरूबाट धर्मी ठहरिइन्छ, जसबाट मोशाको व्यवस्थाले तपाईंहरूलाई धर्मी ठहराउन सकेको थिएन ।

  • 2किनकि ख्रीष्‍ट येशूमा जीवनको आत्माको सिद्धान्तले मलाई पाप र मृत्युको सिद्धान्तबाट स्वतन्‍त्र बनाएको छ ।

  • 13किनकि परमेश्‍वरको सामु धर्मी ठहरिनेहरू व्यवस्था सुन्‍नेहरू होइनन्, तर व्यवस्था पालन गर्नेहरू नै धर्मी ठहरिनेछन् ।

  • 3किनकि खतना हामीहरू नै हौँ । हामीहरू नै परमेश्‍वरका आत्माद्वारा आराधना गर्दछौँ । हामीहरू नै ख्रीष्‍ट येशूमा गर्व गर्दछौँ, र शरीरमा कुनै भरोसा राख्दैनौँ ।

  • 9तापनि तिमीहरू शरीरमा छैनौ, तर आत्मामा छौ, यदि यो सत्य हो भने परमेश्‍वरका आत्मा तिमीहरूमा बास गर्नुहुन्छ । तर यदि कसैसँग ख्रीष्‍टका आत्मा हुनुहुन्‍न भने, त्यो उहाँको होइन ।

  • 1¶ स्वतन्‍त्रताको निम्ति ख्रीष्‍टले हामीलाई मुक्त गराउनुभएको हो । यसैकारण, स्थिर होओ र फेरि बन्धनको जुवामुनि नपर ।

  • 12तर हामीले संसारको आत्मा पाएका छैनौँ, तर परमेश्‍वरका आत्मा पाएका छौँ, ताकि परमेश्‍वरले हामीलाई सित्तैँमा दिनुभएका कुराहरू हामीले जान्‍न सकौँ ।

  • 13तर तिमीहरू यो कुरा जान्दछौ, कि मेरो शारीरिक बिमारीको कारण मैले तिमीहरूलाई पहिलो पटक सुसमाचार घोषणा गरेँ ।