गलातीहरू 3:21
त्यसो भए, के व्यवस्था परमेश्वरका प्रतिज्ञाहरूको विरुद्धमा छ त? कदापि होइन! किनकि यदि जीवन दिन सक्ने व्यवस्था दिइएको भए, निश्चय नै त्यही व्यवस्थाद्वारा धार्मिकता आउने थियो ।
त्यसो भए, के व्यवस्था परमेश्वरका प्रतिज्ञाहरूको विरुद्धमा छ त? कदापि होइन! किनकि यदि जीवन दिन सक्ने व्यवस्था दिइएको भए, निश्चय नै त्यही व्यवस्थाद्वारा धार्मिकता आउने थियो ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
17अब म यो भन्दछु । परमेश्वरले पहिले नै स्थापना गर्नुभएको करारलाई ४३० वर्षपछि आएको व्यवस्थाले रद्द गर्दैन ।
18किनकि उत्तराधिकार व्यवस्थाद्वारा आएको हो भने, यो अहिले प्रतिज्ञाद्वारा आउने थिएन । तर परमेश्वरले प्रतिज्ञाद्वारा अब्राहामलाई यो सित्तैँमा दिनुभयो ।
19त्यसो भए व्यवस्था किन दिइयो त? ती प्रतिज्ञा गरिएकाहरूकहाँ अब्राहामका सन्तान नआउन्जेलसम्म अपराधको कारणले व्यवस्था थपियो । यो व्यवस्था एउटा मध्यस्तकर्ताको हातद्वारा स्वर्गदूतहरूमार्फत लागु गरिएको थियो ।
20अहिले मध्यस्तकर्ताले एकभन्दा बढी व्यक्तिलाई बुझाउँछ, तापनि परमेश्वर एउटै हुनुहुन्छ ।
10व्यवस्था अनुसारका कामहरूमा भर पर्नेहरू श्रापित हुन्छन् । किनकि यसरी लेखिएको छ “व्यवस्थामा लेखिएका सबै कुराहरू पालन नगर्ने सबै श्रापित हुन्छन् ।”
11अब यो स्पष्ट छ, कि परमेश्वरले कसैलाई पनि व्यवस्थाद्वारा धर्मी ठहराउनुहुन्न, किनकि “धर्मी मानिस विश्वासद्वारा नै जिउनेछ ।”
12व्यवस्था विश्वासबाट आएको होइन, तर त्यसको सट्टामा, “जसले व्यवस्थामा भएका कुराहरू गर्दछ त्यो व्यवस्थाअनुसार नै जिउनेछ ।”
20उहाँको दृष्टिमा व्यवस्थाका कामहरूद्वारा कुनै पनि मानिस धर्मी नठहरिने हुनाले यसो भएको हो । किनकि व्यवस्थाद्वारा नै पापको ज्ञान आउँछ ।
21तर अब व्यवस्थाविना नै परमेश्वरको धर्मीकता प्रकट गरिएको छ । यसलाई व्यवस्था र अगमवक्ताहरूद्वारा साक्षी दिइएको छ,
22अर्थात् यो विश्वास गर्ने सबैका निम्ति येशू ख्रीष्टमा विश्वासद्वारा आउने परमेश्वरको धार्मिकता हो । किनकि त्यहाँ कुनै भेदभाव छैन ।
22तर त्यसको सट्टामा, पापको अधीनमा रहेका सबै कुरालाई धर्मशास्त्रले कैदमा राख्यो । परमेश्वरले यो गर्नुभयो ताकि येशू ख्रीष्टमा विश्वासद्वारा हामीलाई बचाउने उहाँको प्रतिज्ञालाई विश्वास गर्नेहरूलाई दिन सकियोस् ।
23तर ख्रीष्टमा विश्वास आउनुभन्दा अगाडि विश्वासको प्रकाश नआउन्जेलसम्म हामी व्यवस्थाद्वारा कैदमा थियौँ र सीमित थियौँ ।
24त्यसकारण, हामी विश्वासद्वारा धर्मी ठहरिनको निम्ति ख्रीष्ट नआउन्जेलसम्मको लागि व्यवस्था हाम्रो संरक्षक बन्यो ।
21म परमेश्वरको अनुग्रहलाई इन्कार गर्दिनँ, किनकि यदि व्यवस्थाद्वारा धार्मिकता आउने भए, ख्रीष्ट व्यर्थैमा मर्नुभयो ।
30यदि वास्तवमै परमेश्वर एक हुनुहुन्छ भने उहाँले खतना भएकाहरूलाई विश्वासद्वारा धर्मी ठहराउनुहुन्छ, र खतना नभएकाहरूलाई पनि विश्वासद्वारा नै धर्मी ठहराउनुहुन्छ ।
31के हामीले विश्वासद्वारा व्यवस्थालाई रद्द गर्छौं त? कहिल्यै यस्तो नहोस्! बरु, हामीले व्यवस्थालाई कायम पो राख्छौँ ।
27घमण्ड कहाँ गर्ने? यो त हटाइएको छ । केको आधारमा? कामहरूको आधारमा? होइन, तर विश्वासको आधारमा हो ।
28तब हामी निचोडमा आउँछौँ, कि कुनै पनि व्यक्ति व्यवस्थाका कामहरूविना नै विश्वासद्वारा धर्मी ठहरिन्छ ।
16व्यवस्थाद्वारा कोही पनि धर्मी हुन सक्दैन भन्ने कुरा हामी जान्दछौँ । त्यसको सट्टा, तिनीहरू येशू ख्रीष्टमा विश्वासद्वारा धर्मी ठहरिन्छन् । हामी ख्रीष्ट येशूमा विश्वासमा आयौँ ताकि हामी ख्रीष्टमा विश्वासद्वारा धर्मी ठहरिन सकौँ र व्यवस्थाअनुसारका कामहरूद्वारा होइन । किनकि व्यवस्थाअनुसारका कामहरूद्वारा कोही पनि धर्मी ठहरिन सक्दैन ।
17तर यदि हामी ख्रीष्टमा परमेश्वरद्वारा धर्मी हुन खोज्छौँ भने, हामीले आफैँलाई पापी भएको पनि पाउँछौ । के त्यसो भए ख्रीष्ट पापको दास हुनुभयो त? त्यस्तो होइन!
13किनकि अब्राहाम र उनका सन्तानहरूलाई दिइएको प्रतिज्ञा अर्थात् तिनीहरू संसारको उत्तराधिकार हुने प्रतिज्ञा व्यवस्थाद्वारा दिइएको थिएन । बरु, यो विश्वासको धार्मिकताद्वारा थियो ।
14किनकि यदि ती व्यवस्थाकाहरू उत्तराधिकारीहरू हुन् भने विश्वासीलाई त रित्तो बनाइयो र प्रतिज्ञालाई रद्द गरियो ।
15किनकि व्यवस्थाले क्रोध ल्याउँछ, तर जहाँ व्यवस्था छैन त्यहाँ अनाज्ञाकारिता हुँदैन ।
16यसैले, यो विश्वासद्वारा हुन्छ, ताकि त्यो अनुग्रहद्वारा हुन सकोस् । परिणामस्वरूप, प्रतिज्ञा सारा सन्तानहरूका निम्ति निश्चित छ । अनि यी सन्तानहरूले केवल व्यवस्था जान्नेहरूलाई मात्र होइन, तर ती अब्राहामको विश्वासबाट आएकाहरूलाई पनि समेट्छन् । किनकि उनी हामी सबैका पिता हुन् ।
7त्यसो भए, हामी के भनौँ त? के व्यवस्था आफैँ पाप हो? यस्तो कहिल्यै नहोस् । तथापि यदि व्यवस्था नभएको भए मैले कहिल्यै पाप जान्ने थिइनँ । किनकि यदि व्यवस्थाले, “तैँले लोभ नगर्” नभनेसम्म मैले लोभ के हो भनी कहिल्यै जान्ने थिइनँ ।
4विश्वास गर्ने सबैको निम्ति ख्रीष्ट नै धार्मिकताको निम्ति व्यवस्थाको समाप्ति हुनुहुन्छ ।
5किनकि मोशा व्यवस्थाबाट आउने धार्मिकताको विषयमा लेख्छन्, “व्यवस्थाको धार्मिकता पालन गर्ने मानिस, यो धार्मिकताद्वारा नै जिउनेछ ।”
19व्यवस्थाद्वारा व्यवस्थाको निम्ति म मरेँ, ताकि म परमेश्वरको निम्ति बाँच्न सकूँ ।
39विश्वास गर्ने हरेक उहाँद्वारा सबै थोकहरूबाट धर्मी ठहरिइन्छ, जसबाट मोशाको व्यवस्थाले तपाईंहरूलाई धर्मी ठहराउन सकेको थिएन ।
15त्यसो भए के त? के हामी व्यवस्थामा छैनौँ, तर अनुग्रहमा छौँ भनेर हामी पाप गरौँ त? कहिल्यै यस्तो नहोस् ।
14यसको उद्देश्य यही थियो, कि अब्राहाममा भएको आशिष् ख्रीष्ट येशूद्वारा गैरयहूदीहरूमाझ आउन सकोस्, ताकि हामीले विश्वासद्वारा पवित्र आत्माको प्रतिज्ञा प्राप्त गर्न सकौँ ।
15भाइहरू हो, म मानवीय शब्दहरूमा बोल्दछु । एक पटक पक्का भइसकेको मानिसले बनाएको इच्छा-पत्र त न कसैले रद्द गर्छ न त त्यसमा केही थपिन्छ ।
13त्यसैले, के जे असल छ त्यो मेरो निम्ति मृत्यु बन्यो? यस्तो कहिल्यै नहोस् । तर पापलाई पाप नै देखाउन सकियोस् भनी जे असल थियो त्यसद्वारा ममा मृत्यु ल्याइयो । आज्ञाद्वारा यस्तो भयो, ताकि पाप अत्यधिक पापमय बन्न सकोस् ।
21तिमीहरू जो व्यवस्थाको अधीनमा रहने इच्छा गर्दछौ, मलाई यो बताओ, कि व्यवस्थाले के भन्दछ भन्ने कुरा के तिमीहरूले सुन्दैनौ?
5त्यसो भए, जसले तिमीहरूलाई पवित्र आत्मा दिनुहुन्छ र तिमीहरूका बिचमा शक्तिशाली कार्यहरूद्वारा काम गर्नुहुन्छ, के उहाँले यो व्यवस्था अनुसारका कामहरूका कारण गर्नुभएको हो कि विश्वास गरेर सुनेका कारणले?
6अब्राहामले “परमेश्वरलाई विश्वास गरे अनि यो उनको निम्ति धार्मिकता गनियो ।”
2किनकि ख्रीष्ट येशूमा जीवनको आत्माको सिद्धान्तले मलाई पाप र मृत्युको सिद्धान्तबाट स्वतन्त्र बनाएको छ ।
3जुन कुरा गर्न व्यवस्था असमर्थ थियो, सो परमेश्वरले गर्नुभयो, किनकि यो शरीरद्वारा कमजोर थियो । उहाँले आफ्ना पुत्रलाई पापमय शरीरको रूपमा पापको निम्ति बलिदान हुन पठाउनुभयो र उहाँले पापलाई शरीरमा दण्ड दिनुभयो ।
2यदि अब्राहाम कामद्वारा धर्मी ठहरिएका भए, उनले घमण्ड गर्ने कारण हुन्थ्यो, तर परमेश्वरको सामु त होइन ।
6कहिल्यै यस्तो नहोस्! किनकि त्यसो भए त परमेश्वरले कसरी संसारको न्याय गर्नुहुन्छ?
9र उहाँमा स्थापित हुन सकूँ । व्यवस्थाबाट मैले आफैँले प्राप्त गरेको धार्मिकता मसँग छैन । बरु, ख्रीष्ट येशूमा विश्वासद्वारा प्राप्त गरेको धार्मिकता मसँग छ, जुन धार्मिकता विश्वासमा आधारित परमेश्वरबाट मैले प्राप्त गरेको हुँ ।
2म तिमीहरूबाट यो कुरा मात्र बुझ्न चाहन्छु । के तिमीहरूले पवित्र आत्मालाई व्यवस्था अनुसारका कामहरू गरेर पाएका हौ कि तिमीहरूले सुनेका कुरामा विश्वास गरेर पाएका हौ?
13किनकि व्यवस्था नहुँदा पनि संसारमा पाप थियो, तर व्यवस्था नहुँदा पापको निम्ति कुनै लेखा हुँदैन ।
4जो व्यवस्थाबाट धर्मी ठहराइएका छौ, तिमीहरू ख्रीष्टबाट अलग गरिएका छौ । तिमीहरू अनुग्रहबाट टाढा गएका छौ ।
13किनकि परमेश्वरको सामु धर्मी ठहरिनेहरू व्यवस्था सुन्नेहरू होइनन्, तर व्यवस्था पालन गर्नेहरू नै धर्मी ठहरिनेछन् ।
30त्यसो भए, हामी के भनौँ त? गैरयहूदीहरू जसले धार्मिकतालाई पछ्याइरहेका थिएनन्, तिनीहरूले धार्मिकता अर्थात् विश्वासद्वारा आउने धार्मिकता प्राप्त गरे ।
31तर इस्राएलीहरू, जो व्यवस्थाको धार्मिकताको पछि लागे, तिनीहरू यसमा आइपुगेनन् ।
17किनकि यसैमा परमेश्वरको धार्मिकता विश्वासबाट विश्वासमा प्रकट गरिएको छ, जस्तो लेखिएको छ “धर्मीहरू विश्वासद्वारा नै जिउनेछन् ।”
9एक समय म व्यवस्थाविना जीवित थिएँ, तर जब आज्ञा आयो, पापले पुनः जीवन पायो र म मरेँ ।
10जीवन ल्याउनुपर्ने आज्ञा मेरो निम्ति मृत्युमा परिणत हुन पुग्यो ।