गलातीहरू 3:5
त्यसो भए, जसले तिमीहरूलाई पवित्र आत्मा दिनुहुन्छ र तिमीहरूका बिचमा शक्तिशाली कार्यहरूद्वारा काम गर्नुहुन्छ, के उहाँले यो व्यवस्था अनुसारका कामहरूका कारण गर्नुभएको हो कि विश्वास गरेर सुनेका कारणले?
त्यसो भए, जसले तिमीहरूलाई पवित्र आत्मा दिनुहुन्छ र तिमीहरूका बिचमा शक्तिशाली कार्यहरूद्वारा काम गर्नुहुन्छ, के उहाँले यो व्यवस्था अनुसारका कामहरूका कारण गर्नुभएको हो कि विश्वास गरेर सुनेका कारणले?
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
2म तिमीहरूबाट यो कुरा मात्र बुझ्न चाहन्छु । के तिमीहरूले पवित्र आत्मालाई व्यवस्था अनुसारका कामहरू गरेर पाएका हौ कि तिमीहरूले सुनेका कुरामा विश्वास गरेर पाएका हौ?
3के तिमीहरू यति धेरै मूर्ख भएका छौ? के अब केवल शरीरमा अन्त हुन तिमीहरूले आत्मामा सुरु गरेका थियौ?
4यदि त्यो साँच्चै निरर्थक थियो भने के तिमीहरूले व्यर्थमा यति धेरै कुराहरूको अनुभव गर्यौ त?
6अब्राहामले “परमेश्वरलाई विश्वास गरे अनि यो उनको निम्ति धार्मिकता गनियो ।”
11अब यो स्पष्ट छ, कि परमेश्वरले कसैलाई पनि व्यवस्थाद्वारा धर्मी ठहराउनुहुन्न, किनकि “धर्मी मानिस विश्वासद्वारा नै जिउनेछ ।”
12व्यवस्था विश्वासबाट आएको होइन, तर त्यसको सट्टामा, “जसले व्यवस्थामा भएका कुराहरू गर्दछ त्यो व्यवस्थाअनुसार नै जिउनेछ ।”
16व्यवस्थाद्वारा कोही पनि धर्मी हुन सक्दैन भन्ने कुरा हामी जान्दछौँ । त्यसको सट्टा, तिनीहरू येशू ख्रीष्टमा विश्वासद्वारा धर्मी ठहरिन्छन् । हामी ख्रीष्ट येशूमा विश्वासमा आयौँ ताकि हामी ख्रीष्टमा विश्वासद्वारा धर्मी ठहरिन सकौँ र व्यवस्थाअनुसारका कामहरूद्वारा होइन । किनकि व्यवस्थाअनुसारका कामहरूद्वारा कोही पनि धर्मी ठहरिन सक्दैन ।
17तर यदि हामी ख्रीष्टमा परमेश्वरद्वारा धर्मी हुन खोज्छौँ भने, हामीले आफैँलाई पापी भएको पनि पाउँछौ । के त्यसो भए ख्रीष्ट पापको दास हुनुभयो त? त्यस्तो होइन!
27घमण्ड कहाँ गर्ने? यो त हटाइएको छ । केको आधारमा? कामहरूको आधारमा? होइन, तर विश्वासको आधारमा हो ।
28तब हामी निचोडमा आउँछौँ, कि कुनै पनि व्यक्ति व्यवस्थाका कामहरूविना नै विश्वासद्वारा धर्मी ठहरिन्छ ।
4जो व्यवस्थाबाट धर्मी ठहराइएका छौ, तिमीहरू ख्रीष्टबाट अलग गरिएका छौ । तिमीहरू अनुग्रहबाट टाढा गएका छौ ।
5किनकि आत्माद्वारा विश्वासबाट हामीले धार्मिकताको आशाको प्रतीक्षा गरिरहेका छौँ ।
6ख्रीष्ट येशूमा न खतना न बेखतना कुनै मूल्यको हुन्छ । केवल प्रेमद्वारा काम गर्ने विश्वासको मात्र मूल्य हुन्छ ।
14यसको उद्देश्य यही थियो, कि अब्राहाममा भएको आशिष् ख्रीष्ट येशूद्वारा गैरयहूदीहरूमाझ आउन सकोस्, ताकि हामीले विश्वासद्वारा पवित्र आत्माको प्रतिज्ञा प्राप्त गर्न सकौँ ।
4अब जसले काम गर्छ, त्यसको ज्यालालाई अनुग्रहको रूपमा गनिँदैन, तर पाउनुपर्ने कुराको रूपमा गनिन्छ ।
5तर त्यसको निम्ति जसले काम गर्दैन, तर त्यसको सट्टा अधर्मीलाई धर्मी ठहराउनुहुनेमा विश्वास गर्छ, त्यसको विश्वासलाई धार्मिकताको रूपमा गनिन्छ ।
17त्यसकारण, विश्वास सुनाइबाट आउँछ, र सुनाइ ख्रीष्टको वचनद्वारा आउँछ ।
5त्यसो भए अपोल्लोस को हो? अनि पावल को हो? सबै परमेश्वरका सेवकहरू हुन्, जसले परमेश्वरले दिनुभएका कामहरूअनुसार गरे र त्यही माध्यमद्वारा तिमीहरूले विश्वास गर्यौ ।
4त्यही समयमा परमेश्वरले यसलाई चिह्नहरू, अचम्मका काम र विभिन्न शक्तिशाली कामहरूबाट अनि उहाँको आफ्नै इच्छाअनुसार पवित्र आत्माका वरदानहरूको वितरणद्वारा प्रमाणित गरिदिनुभयो ।
21त्यसो भए, के व्यवस्था परमेश्वरका प्रतिज्ञाहरूको विरुद्धमा छ त? कदापि होइन! किनकि यदि जीवन दिन सक्ने व्यवस्था दिइएको भए, निश्चय नै त्यही व्यवस्थाद्वारा धार्मिकता आउने थियो ।
22तिमीहरू देख्दछौ, कि उनका कामहरूसँगै विश्वासले कार्य गर्यो, र कामहरूद्वारा नै उनको विश्वास पूर्ण भयो ।
9त्यसैकारण, जोसँग विश्वास छ, तिनीहरू अब्राहामसँगै आशिषित हुन्छन्, तिनै अब्राहाम जससँग पनि विश्वास थियो ।
13किनकि परमेश्वरको सामु धर्मी ठहरिनेहरू व्यवस्था सुन्नेहरू होइनन्, तर व्यवस्था पालन गर्नेहरू नै धर्मी ठहरिनेछन् ।
17यसै गरी, विश्वासले पनि काम गर्दैन भने त्यो मरेतुल्य हुन्छ ।
18तर पनि कसैले यसो भन्ला, “तिमीहरूसँग विश्वास छ, र मसँग कामहरू छन् ।” कामविना तिमीहरूको विश्वास मलाई देखाऊ र मैले मेरा कामहरूद्वारा आफ्नो विश्वास तिमीहरूलाई देखाउनेछु ।
39विश्वास गर्ने हरेक उहाँद्वारा सबै थोकहरूबाट धर्मी ठहरिइन्छ, जसबाट मोशाको व्यवस्थाले तपाईंहरूलाई धर्मी ठहराउन सकेको थिएन ।
30यदि वास्तवमै परमेश्वर एक हुनुहुन्छ भने उहाँले खतना भएकाहरूलाई विश्वासद्वारा धर्मी ठहराउनुहुन्छ, र खतना नभएकाहरूलाई पनि विश्वासद्वारा नै धर्मी ठहराउनुहुन्छ ।
31के हामीले विश्वासद्वारा व्यवस्थालाई रद्द गर्छौं त? कहिल्यै यस्तो नहोस्! बरु, हामीले व्यवस्थालाई कायम पो राख्छौँ ।
2यदि अब्राहाम कामद्वारा धर्मी ठहरिएका भए, उनले घमण्ड गर्ने कारण हुन्थ्यो, तर परमेश्वरको सामु त होइन ।
9त्यसरी नै कसैलाई एउटै पवित्र आत्माद्वारा विश्वासको वरदान दिइएको छ भने अझ अर्कोलाई उही आत्माद्वारा निको पर्ने वरदान दिइएको छ ।
24तिमीहरू देख्दछौ, कि कामद्वारा मानिस धर्मी ठहरिन्छ, विश्वासद्वारा मात्र होइन ।
18तर यदि आत्माले तिमीहरूलाई अगुवाइ गर्नुहुन्छ भने तिमीहरू व्यवस्थाको अधीनमा हुँदैनौ ।
16अब उहाँको नाउँमाथिको विश्वासले यी मानिसलाई बलियो बनायो, जसलाई तपाईंले देख्नु र जान्नुहुन्छ । येशूप्रति यिनको विश्वासले यिनलाई तपाईंहरू सबैको सामुन्ने पूर्ण स्वास्थ्य प्रदान गरेको छ ।
8किनकि तिमीहरू अनुग्रहबाट विश्वासद्वारा बचाइएका छौ, र यो तिमीहरूबाट आएको होइन तर यो परमेश्वरको उपहार हो ।
14मेरा भाइहरू हो, यदि कोही मानिसले उसित विश्वास छ भनी भन्दछ तर उसले कुनै काम गर्दैन भने, त्यसबाट के लाभ? के त्यस विश्वासले उसलाई बचाउन सक्छ र?
17किनकि यसैमा परमेश्वरको धार्मिकता विश्वासबाट विश्वासमा प्रकट गरिएको छ, जस्तो लेखिएको छ “धर्मीहरू विश्वासद्वारा नै जिउनेछन् ।”
26जसरी आत्मादेखि अलग हुँदा शरीर मर्दछ, त्यसै गरी कामबाट अलग हुँदा विश्वास पनि मर्दछ ।
9र उहाँमा स्थापित हुन सकूँ । व्यवस्थाबाट मैले आफैँले प्राप्त गरेको धार्मिकता मसँग छैन । बरु, ख्रीष्ट येशूमा विश्वासद्वारा प्राप्त गरेको धार्मिकता मसँग छ, जुन धार्मिकता विश्वासमा आधारित परमेश्वरबाट मैले प्राप्त गरेको हुँ ।
6तर यो अनुग्रहद्वारा हो भने यो कामद्वारा होइन । नत्रता अनुग्रह अनुग्रह नै हुने थिएन । (नोटः केही पुरानो प्रतिलिपिमा यस्तो छ, तर यदि यो कर्महरूद्वारा हो भने यो अनुग्रह हुँदै होइन; नत्र कर्म हुँदै हुँदैन ।)
8पवित्र आत्माको काम झन् कति धेरै महिमित होला?
20मूर्ख मानिस हो, के तिमी यो जान्न चाहन्छौ, कि कामविनाको विश्वास व्यर्थ हुन्छ?
30त्यसो भए, हामी के भनौँ त? गैरयहूदीहरू जसले धार्मिकतालाई पछ्याइरहेका थिएनन्, तिनीहरूले धार्मिकता अर्थात् विश्वासद्वारा आउने धार्मिकता प्राप्त गरे ।
5हामीलाई यसको निम्ति तयार गर्नुहुने परमेश्वर नै हुनुहुन्छ, जसले हाम्रो निम्ति पछि आउने कुराको बैनाको रूपमा पवित्र आत्मा दिनुभएको छ ।
18किनकि उत्तराधिकार व्यवस्थाद्वारा आएको हो भने, यो अहिले प्रतिज्ञाद्वारा आउने थिएन । तर परमेश्वरले प्रतिज्ञाद्वारा अब्राहामलाई यो सित्तैँमा दिनुभयो ।
20उहाँको दृष्टिमा व्यवस्थाका कामहरूद्वारा कुनै पनि मानिस धर्मी नठहरिने हुनाले यसो भएको हो । किनकि व्यवस्थाद्वारा नै पापको ज्ञान आउँछ ।
7उहाँको शक्तिको कामद्वारा मलाई दिइएको परमेश्वरको अनुग्रहको वरदानद्वारा म यस सुसमाचारको सेवक भएको छु ।
14किनकि यदि ती व्यवस्थाकाहरू उत्तराधिकारीहरू हुन् भने विश्वासीलाई त रित्तो बनाइयो र प्रतिज्ञालाई रद्द गरियो ।
22अर्थात् यो विश्वास गर्ने सबैका निम्ति येशू ख्रीष्टमा विश्वासद्वारा आउने परमेश्वरको धार्मिकता हो । किनकि त्यहाँ कुनै भेदभाव छैन ।
16यसैले, यो विश्वासद्वारा हुन्छ, ताकि त्यो अनुग्रहद्वारा हुन सकोस् । परिणामस्वरूप, प्रतिज्ञा सारा सन्तानहरूका निम्ति निश्चित छ । अनि यी सन्तानहरूले केवल व्यवस्था जान्नेहरूलाई मात्र होइन, तर ती अब्राहामको विश्वासबाट आएकाहरूलाई पनि समेट्छन् । किनकि उनी हामी सबैका पिता हुन् ।
6परमेश्वरले हामीलाई नयाँ करारका सेवकहरू हुन योग्य बनाउनुभएको छ । यो करार अक्षरबाट होइन, तर आत्माबाट हो । किनकि अक्षरले मार्दछ, तर आत्माले जीवन दिन्छ ।