उत्पत्ति 10:4

अनलक शाब्दिक बाइबल

एलीशाह, तर्शीश, कित्तीम र रोदानीम यावानका छोराहरू थिए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • गिन 24:24 : 24 कित्तीमको समुद्री तटबाट जहाजहरू आउने छन्; तिनीहरूले अश्शूरलाई आक्रमण गर्नेछन् र एबेरमाथि विजय हासिल गर्ने छन्, तर तिनीहरू अन्त पनि विनाशमा नै हुने छन् ।
  • यशा 23:1 : 1 ¶ टुरोसको बारेमा एउटा घोषणाः ए तर्शीशका पानी जहाजहरू हो कराओ । किनकि त्यहाँ न घर छ न बन्दरगाह नै छ । साइप्रसको देशबाट यो कुरा तिनीहरूलाई प्रकट गरिएको छ ।
  • यशा 23:12 : 12 उहाँले भन्‍नुभयो, “ए सीदोनकी अत्‍याचारमा परेकी कन्या छोरी, तैले फेरि आनन्द मनाउने छैनस् । उठ्, साइप्रसमा पारि जा । तर तैंले त्यहाँ पनि विश्राम पाउनेछैनस् ।”
  • दानी 11:30 : 30 किनभने कित्तिमका जहाजहरू उसको विरुद्धमा आउनेछन्, र ऊ डराउनेछ र पछि हट्नेछ । त्यो पवित्र करारको विरुद्ध ऊ रिसले चूर हुनेछ, र पवित्र करारलाई त्याग्‍नेहरूलाई उसले समर्थन गर्नेछ ।
  • यहे 27:12 : 12 तँसँग बेच्नको निम्ति चाँदी, फलाम, जस्‍ता र सीसाजस्ता सामानका प्रशस्‍त धनसम्‍पत्ति भएको कारणले तर्शीश तेरो व्‍यापारको साझेदार थियो । तिनीहरूले तेरा मालसामान किने र बेचे ।
  • यहे 27:25 : 25 तर्शीशका जहाजहरूले तेरा व्‍यापारका सामानहरू ढुवानी गर्थे । समुद्रका बिचमा व्‍यापारका सामानले तँ भरिपूर्ण, गह्रौं भएको थिइस् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ इति 1:4-8
    5 पदहरू
    95%

    4नोआका छोराहरू शेम, हाम र येपेत थिए ।

    5येपेतका छोराहरू गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास थिए ।

    6गोमेरका छोराहरू अशकनज, रीपत र तोगर्मा थिए ।

    7यावानका छोराहरू एलीशाह, तर्शीश, कित्तीम र रोदानीम थिए ।

    8हामका छोराहरू कूश, मिश्रइम, पूत र कनान थिए ।

  • उत्प 10:1-3
    3 पदहरू
    80%

    1¶ यिनीहरू नोआका सन्तानहरू थिए, अर्थात्, शेम, हाम, र येपेत । जलप्रलयपछि तिनीहरूका छोराहरू जन्मे ।

    2गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास येपेतका छोराहरू थिए ।

    3अशकनज, रीपत र तोगर्मा गोमेरका छोराहरू थिए ।

  • उत्प 10:5-7
    3 पदहरू
    77%

    5यिनीहरूबाट नै समुद्रतटवासी छुट्टिए र तिनीहरू आफ्‍नो जातिअनुरूप आ-आफ्‍नो भाषाअनुसार तिनीहरूको भूमितिर गए ।

    6कूश, मिश्रइम, पूत र कनान हामका छोराहरू थिए ।

    7सेबा, हवीला, सब्ता, रामाह र सब्तका कूशका छोराहरू थिए । शेबा र ददान रामाहका छोराहरू थिए ।

  • उत्प 10:25-27
    3 पदहरू
    73%

    25एबेरका दुई जना छोरा भए । एक जना छोराको नाउँ पेलेग थियो, किनभने तिनको समयमा पृथ्वी विभाजित भयो । तिनको भाइको नाउँ योक्तान थियो ।

    26योक्तान अल्मोदद, शेलेप, हसर्मवित, येरह,

    27हदोरम, ऊजाल, दिक्ला,

  • उत्प 10:20-22
    3 पदहरू
    71%

    20तिनीहरूका वंशहरू र भाषाहरूअनुसार तिनीहरूको भूमि र देशमा हामका छोराहरू यिनीहरू नै थिए ।

    21येपेतका दाजु शेमका पनि छोराहरू भए । शेम एबेरका सबै सन्तानहरूका पुर्खा थिए ।

    22एलाम, अश्‍शूर, अर्पक्षद, लूद र अराम शेमका छोराहरू थिए ।

  • उत्प 10:31-32
    2 पदहरू
    71%

    31तिनीहरूका वंशहरू र भाषाहरूअनुसार तिनीहरूका मुलुकहरू, जातिहरूअनुसार शेमका छोराहरू यिनीहरू नै थिए ।

    32तिनीहरूका वंशावलीहरू र जातिहरूअनुसार नोआका छोराहरूका वंशहरू यिनै थिए । यी जातिहरूबाट नै जातिहरू छुट्टिए र जलप्रलयपछि पृथ्वीभरि गए ।

  • 29ओपीर, हवीला योबाबका पिता बने ।

  • 23ओपीर, हवीला र योबाबका पिता बने । यी सबै योक्तानका सन्तति थिए ।

  • १ इति 1:16-17
    2 पदहरू
    70%

    16अर्वादीहरू, समारीहरू र हमातीहरूका पनि पुर्खा बने ।

    17शेमका छोराहरू एलाम, अश्‍शूर, अर्पक्षद, लूद र अराम थिए । अरामका छोराहरू ऊज, हुल, गेतेर र मेशेक थिए ।

  • 18अर्वादी, समारी र हमातीहरूका पुर्खा भए । त्यसपछि कनानीहरूका वंशहरू फैलिए ।

  • १ इति 1:20-21
    2 पदहरू
    69%

    20योक्तानचाहिं अल्‍मोदद, शेलेप, हसर्मवित, येरह,

    21हदोरम, ऊजाल, दिक्‍ला,

  • 10किनकि कित्तीमका किनारहरू पार गर र हेर । केदारमा सन्देशवाहकहरू पठाओ र पत्ता लगाओ, र त्यहाँ यस्तो काम पहिले कहिल्यै भएको रहेछ कि भनी हेर ।

  • यहे 27:12-13
    2 पदहरू
    68%

    12तँसँग बेच्नको निम्ति चाँदी, फलाम, जस्‍ता र सीसाजस्ता सामानका प्रशस्‍त धनसम्‍पत्ति भएको कारणले तर्शीश तेरो व्‍यापारको साझेदार थियो । तिनीहरूले तेरा मालसामान किने र बेचे ।

    13यावान, तूबल र मेशेकले तँसित कमारा-कमारी र काँसाका भाँडाहरूको व्‍यापार गरे । तिनीहरूले तेरा सामानका कारोबार गरे ।

  • 4दान, नप्‍ताली, गाद र आशेर ।

  • 22टुरोस र सीदोनका राजाहरू, समुद्रपारि किनाराका सबै राजा,

  • 10येदीएलका छोरा बिल्‍हान थिए । बिल्‍हानका छोराहरू येऊश, बेन्‍यामीन, एहूद, केनाना, जेतान, तर्शीश र अहीशहर थिए ।

  • 35एसावका छोराहरू एलीपज, रूएल, येऊश, यालाम र कोरह थिए ।

  • 9समुद्र किनारहरूले मेरो खोजी गर्छन् । टाढाबाट परमप्रभु तिमीहरूका परमेश्‍वर र इस्राएलका परमपवित्रको निम्ति तिमीहरूका छोराहरूलाई आफूसँग भएका सुन र चाँदीसँगै ल्याउनलाई तर्शीशका जहाजहरूले नेतृत्‍व गर्छन्, किनभने उहाँले तँलाई इज्‍जत गर्नुभएको छ ।

  • 10नोआ शेम, हाम र येपेत तिन छोराहरूका बुबा भए ।

  • 42एसेरका छोराहरू बिल्‍हान, जावान र अकान थिए । दीशानका छोराहरू ऊज र आरान थिए ।