उत्पत्ति 18:26
परमप्रभुले भन्नुभयो, “सदोम सहरभित्र पचास धर्मी जन पाएँ भने म तिनीहरूका खातिर सारा सहरलाई छोड़िदिनेछु ।”
परमप्रभुले भन्नुभयो, “सदोम सहरभित्र पचास धर्मी जन पाएँ भने म तिनीहरूका खातिर सारा सहरलाई छोड़िदिनेछु ।”
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
20तब परमप्रभुले भन्नुभयो, “सदोम र गमोराको विरुद्धमा उठेको आवाज धेरै ठुलो, र तिनीहरूका पाप साह्रै गम्भीर भएको कारण
21मकहाँ आएको त्यसको विरुद्धको आवाजअनुसार तिनीहरूले गरेका छन् कि छैनन् भन्ने कुरा हेर्नलाई म तल जानेछु । होइन रहेछ भने मलाई थाहा हुनेछ।”
22यसकारण ती पुरुषहरू त्यहाँबाट सदोमतिर गए, तर अब्राहामचाहिँ परमप्रभुको सामु उभिरहे ।
23तब अब्राहामले नजिक गएर भने, ‘के तपाईंले धर्मीहरूलाई पनि दुष्टहरूसँगै नष्ट गर्नुहुनेछ?
24सायद त्यस सहरमा पचास धर्मी जन छन् होला । के त्यसमा भएका पचास धर्मी जनका निम्ति त्यस सहरलाई नजोगाएर नष्ट पार्नुहुनेछ र?
25धर्मीलाई पनि दुष्टलाई जस्तै व्यवहार गरेर दुष्टका साथमा धर्मी जनलाई मार्ने काम तपाईंबाट टाढा रहोस् । यस्तो कुरा तपाईंबाट टाढा रहोस्! सारा पृथ्वीका न्यायकर्ताले न्यायोचित काम गर्नुहुन्न र?
27अब्राहामले जवाफ दिएर भने, “हेर्नुहोस्, म केवल माटो र खरानी मात्र भएर पनि परमप्रभुसँग कुरा गर्न आँट गरेको छु ।
28यदि त्यहाँ पाँच कम पचास जना धर्मी जन रहेछन् भने? केवल पाँच मात्र घटी भएको कारण तपाईं सारा सहरलाई नै नाश गर्नुहुनेछ?” त्यसपछि उहाँले भन्नुभयो, “यदि मैले त्यहाँ पैँतालीस पाएँ भने म त्यो नाश गर्नेछैनँ ।”
29तिनले फेरि उहाँसँग बोल्दै भने, “यदि त्यहाँ चालीस रहेछन् भने?” उहाँले भन्नुभयो, “चालीस जनाका खातिर पनि म त्यसो गर्नेछैनँ।”
30तिनले भने, “परमप्रभु रिसानी नहोस् ताकि म अझै बोल्न सकूँ । यदि त्यहाँ तिस जना पाइए भने?” उहाँले भन्नुभयो, “त्यहाँ तिस जना नै पाएँ भने पनि म त्यसो गर्नेछैनँ ।”
31तिनले भने, “हेर्नुहोस्, मैले परमप्रभुसँग कुरा गर्ने आँट गरेको छु । बिस जना पाइए भने?” उहाँले भन्नुभयो, “बिस जनाका खातिर पनि म त्यसलाई नाश गर्नेछैनँ ।”
32तिनले भने, “परमप्रभु रिसानी नहोस्। अब अन्तिम एक पल्ट बोल्नेछु । सायद त्यहाँ दस जना पाइन्छन् होला?” उहाँले भन्नुभयो, “दश जनाका खातिर पनि म त्यो नाश गर्नेछैनँ ।”
16तब ती पुरुषहरू उठे र सदोमतिर तल हेरे । अब्राहाम अलि परसम्म उनीहरूलाई बिदा गर्न गए ।
17तर परमप्रभुले भन्नुभयो, “मैले गर्न लागेको काम के अब्राहामबाट लुकाएर राखूँ?
17जब उनीहरूले तिनीहरूलाई बाहिर निकाले, ती मानिसहरूमध्ये एकजनाले भने, “आफ्नो प्राण बचाउनको निम्ति भाग! पछाडि फर्की नहेर, वा कतै समतल ठाउँमा नबस । पहाडहरूतिर भाग र तिमीहरू नष्ट हुनेछैनौ ।”
18लोतले तिनीहरूलाई भने, “होइन, मेरा मालिकहरू!
19तपाईंका दृष्टिमा तपाईंको दासले कृपा पाएको छ, र मेरो प्राण बचाउनको निम्ति ममाथि तपाईंहरूले ठुलो दया देखाउनुभएको छ, तर म पहाडहरूतिर भाग्न सक्दिनँ, किनभने ममाथि विपत्ति आइलाग्नेछ र म मर्नेछु ।
20हेर्नुहोस्, त्यहाँको सहर भाग्नको निम्ति नजिक छ, र त्यो सानो पनि छ । कृपया, मलाई त्यहाँ भाग्न दिनुहोस् (के त्यो सानोचाहिँ होइन र?), र मेरो जीवन बच्नेछ ।”
21उनले तिनलाई भने, “ठिक छ, म तिम्रो यो अनुरोध पनि पुरा गर्नेछु र तिमीले उल्लेख गरेको त्यस सहर म नष्ट गर्दिनँ ।
22छिटो गर! त्यहाँ भाग, किनभने तिमी त्यहाँ नपुगेसम्म म केही गर्न सक्दिनँ ।” यसैकारण त्यस सहरलाई सोअर भनियो ।
28उनले सदोम र गमोरातर्फ र सबै समतल भूमिमा हेरे । उनले त्यस भूमिबाट भट्टीको धुवाँझैँ माथितिर धुवाँ आइरहेको देखे ।
29परमेश्वरले समतल भूमिका सहरहरूलाई नष्ट गर्नुभएपछि, उहाँले अब्राहामलाई सम्झनुभयो । उहाँले लोतले बसोबास गरेका सहरहरूलाई नष्ट गर्नुहुँदा, लोतलाई त्यस विनाशको माझबाट बाहिर निकाल्नुभयो ।
12अब्राम कनानको भूमिमा नै बसे, र लोत मैदानका सहरहरूमा बसे । तिनले आफ्ना पालहरू सदोमसम्म नै टाँगेर बसे ।
13सदोमका मानिसहरू परमप्रभु विरुद्धमा दुष्ट पापीहरू थिए ।
24त्यसपछि परमप्रभुले सदोम र गमोरामाथि आकाशबाट गन्धक र आगो बर्साउनुभयो ।
25उहाँले ती सहरहरू, सबै समतल भूमि, र ती सहरहरूका बासिन्दाहरू, र भूमिमा उब्जेका सबै बिरुवाहरूलाई नष्ट पार्नुभयो ।
3तिनले भने, “प्रभु, यदि तपाईंको नजरमा मैले निगाह पाएको छु भने, आफ्नो दासलाई छोडेर नजानुहोस् ।
29तर त्यो दिन जब लोत सदोम छोडेर गए, त्यसपछि आगो र गन्धक स्वर्गबाट बर्सियो र सबै कुरालाई नष्ट गर्यो ।
24तर म तिमीहरूलाई भन्दछु, कि इन्साफको दिनमा तेरो निम्ति भन्दा सदोम मुलुकको निम्ति सजिलो हुनेछ ।”
40जसरी परमेश्वरले सदोम र गमोरा अनि तिनीहरूका छिमेकीहरूलाई नष्ट गर्नुभयो, त्यसरी नै त्यहाँ कोही बस्नेछैन, कुनै व्यक्ति त्यहाँ रहनेछैन, यो परमप्रभुको घोषणा हो ।”
15साँच्चै म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा त्यस सहरको भन्दा सदोम र गमोराको इन्साफ बढी सहनीय हुन्छ ।
7तिनले भने, “मेरा भाइहरू, म बिन्ती गर्दछु, यस्तो दुष्ट काम नगर्नुहोस् ।
8हेर्नुहोस्, मेरा दुई छोरी छन् जो कुनै मानिससँग सुतेका छैनन् । म बिन्ती गर्दछु, मेरा छोरीहरूलाई तपाईंहरूकहाँ ल्याउन दिनुहोस्, र तपाईंहरूको नजरमा जे असल लाग्छ तिनीहरूसँग त्यही गर्नुहोस् । केवल यी मानिसहरूलाई केही नगर्नुहोस्, किनभने उनीहरू मेरो छतको छायामुनि आएका पाहुना हुन् ।”
12त्यसपछि ती मानिसहरूले लोतलाई भने, “के तिमीकहाँ अरू कोही छन्? जुवाइँ, छोराहरू, छोरीहरू, र यस सहरमा तिम्रा जो कोही छन्, सबैलाई यस सहरबाट बाहिर लैजाऊ ।
13किनभने हामीले यो ठाउँलाई नष्ट गर्न लागेका छौँ, किनभने परमप्रभुको अगि यस सहरको विरुद्धमा दोषहरू यति ठुला भएका छन्, कि उहाँले हामीलाई यस सहरलाई नष्ट पार्न पठाउनुभएको छ ।”
5एक जना धर्मी र न्याय तथा धर्मिकता कायम राख्ने मानिसको बारेमा के भण्न सकिन्छ—
6अनि अधर्मीहरूमाथि के आइपर्नेछ भन्ने कुराको उदाहरणको निम्ति परमेश्वरले सदोम र गमोरा सहरहरूलाई खरानीमा परिणत गरिदिनुभयो र तिनीहरूलाई विनाशको निम्ति दोषी ठहराउनुभयो ।
10यसैले, लोतले वरिपरि हेरे, र यर्दनको बेँसीचाहिँ परमप्रभुको बगैँचाजस्तै, मिश्रदेशजस्तै सोअरसम्म नै सबैतिर पानीले राम्ररी भिजेको थियो । यो परमप्रभुले सदोम र गमोरा सर्वनाश गर्न अघिको कुरा थियो ।)
30यसैले पर्खाल निर्माण गरिदिने र देश मद्वारा नष्ट नहोस् भनी देशको लागि मेरो सामुन्ने धाँदोमा उभिदिने एक जना मानिस तिनीहरूका बिचमा मैले हेरें, तर मैले कोही पनि पाइनँ ।
18जसरी सदोम र गमोरा अनि तिनीहरूका छिमेकीहरूको पतन भयो,” परमप्रभु भन्नुहुन्छ, “त्यहाँ कोही पनि बस्नेछैन । कुनै पनि व्यक्ति त्यहाँ रहनेछैन ।
4तर उनीहरू सुत्नअगि सदोम सहरका सबै युवा र जवान, र सहरका सबै भागबाट सबै मानिसहरू आएर त्यस घरलाई घेरे ।