उत्पत्ति 25:18

अनलक शाब्दिक बाइबल

तिनीहरूको बसोबास मिश्रको सिमानानजिक भएको अश्‍शूर देशतिर पर्ने हवीलादेखि शूरसम्‍म थियो । तिनीहरू एक-अर्काको शत्रुतामा बसे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 16:12 : 12 त्यो हरेक मानिसको विरुद्धमा खडा हुनेछ, र हरेक मानिस त्यसको विरूद्धमा लाग्‍नेछ, र आफ्ना सबै दाजुभाइहरूबाट अलग बस्‍नेछ ।”
  • उत्प 20:1 : 1 ¶ अब्राहाम त्यहाँबाट नेगेवको भूमितर्फ गए, र कादेश र शूरको बिचमा बसे । उनी गरारमा बसोबास गर्ने एक परदेशी थिए ।
  • उत्प 21:14 : 14 अब्राहाम सबेरै उठे, अनि रोटी र पानीको एउटा मशक लिएर हागारको काँधमा राखिदिए । उनले बालकलाई तिनकै साथमा दिएर पठाए । तिनी त्यहाँबाट गइन् र बेर्शेबाको उजाड-स्थानमा भौँतारिन् ।
  • उत्प 21:21 : 21 ऊ पारानको उजाड-स्थानमा बस्दा, उसकी आमाले उसको निम्ति मिश्रबाट एउटा पत्‍नी ल्याइदिइन् ।
  • १ शमू 15:7 : 7 त्यसपछि शाऊलले हविलादेखि मिश्रदेशको पूर्वमा पर्ने शूरसम्म नै आक्रमण गरे ।
  • २ राजा 23:29 : 29 ती दिनमा मिश्रदेशका राजा फारो नेकोले आफ्‍ना सेना लिएर उत्तरमा यूफ्रेटिस नदी पारि अश्शूरका राजालाई युद्धमा मदत गर्न गए । राजा योशियाह नेकोलाई मगिद्दोमा रोक्‍ने उदेश्‍यले गए तर त्‍यहाँ युद्धमा तिनी मारिए ।
  • भजन 78:64 : 64 तिनीहरूका पुजारीहरू तरवारले ढले र तिनीहरूका विधवाहरू रुन सकेनन् ।
  • यशा 19:23-24 : 23 त्यस दिनमा मिश्रदेशदेखि अश्शूरसम्म जाने एउटा मुल बाटो हुनेछ, अनि अश्शूरीहरू मिश्रदेशमा आउनेछन् र मिश्रीहरू अश्शूरमा जानेछन् । अनि मिश्रीहरूले अश्शूरीहरूसँगै आराधना गर्नेछन् । 24 त्यस दिनमा मिश्रदेश र अश्शूरसँगै इस्राएल पृथ्वीको माझमा आशिष्‌मा तेस्रो हुनेछ ।
  • उत्प 2:11 : 11 पहिलो नदीको नाम पीशोन हो । यो त्यही नदी हो जुन हवीलाको सारा भूमिमा बग्दछ, जहाँ सुन पाइन्छ ।
  • उत्प 10:7 : 7 सेबा, हवीला, सब्ता, रामाह र सब्तका कूशका छोराहरू थिए । शेबा र ददान रामाहका छोराहरू थिए ।
  • उत्प 10:29 : 29 ओपीर, हवीला योबाबका पिता बने ।
  • उत्प 13:10 : 10 यसैले, लोतले वरिपरि हेरे, र यर्दनको बेँसीचाहिँ परमप्रभुको बगैँचाजस्तै, मिश्रदेशजस्तै सोअरसम्म नै सबैतिर पानीले राम्ररी भिजेको थियो । यो परमप्रभुले सदोम र गमोरा सर्वनाश गर्न अघिको कुरा थियो ।)
  • उत्प 14:10 : 10 सिद्दीमको बेँसी अलकत्राको धापले भरिएको थियो, र सदोम र गमोराका राजाहरू भागे, तिनीहरू त्यसमा खसे । बाँकी रहेकाहरू पहाडतिर भागे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 25:16-17
    2 पदहरू
    81%

    16इश्‍माएलका छोराहरू यी नै थिए । तिनीहरूका बस्‍ती र छाउनीहरूअनुसार ती बाह्र कुलनायकका नाउँ यी नै थिए ।

    17इश्‍माएलको जम्‍मा उमेर एक सय सैँतिस वर्ष हुँदा तिनको मृत्‍यु भयो र तिनी आफ्‍ना पिता-पुर्खाहरूसँगै मिल्‍न गए ।

  • उत्प 25:8-9
    2 पदहरू
    74%

    8अब्राहाम पुरा जीवन जिएर बुढ़ेसकालमा मरे, र आफ्‍ना मरेका पिता-पुर्खाहरूसँग मिल्‍न गए ।

    9तिनका छोराहरू इसहाक र इश्‍माएलले तिनलाई हित्ती सोहोरको छोरा एप्रोनको खेतमा भएको मम्रेनजिकको मक्‍पेलाको ओडारमा गाडे ।

  • उत्प 25:11-12
    2 पदहरू
    72%

    11अब्राहामको मृत्‍युपछि परमेश्‍वरले तिनका छोरा इसहाकलाई आशिष्‌ दिनुभयो, र इसहाक बेअर-लहै-रोइ नजिकै बसोबास गरे ।

    12साराकी कमारी मिश्री हागारपट्टिबाट जन्‍मेको अब्राहामको छोरो इश्‍माएलका सन्तान यिनै थिए ।

  • 19अब्राहामका छोरा इसहाकको वृत्तान्‍त यही हो । अब्राहाम इसहाकका पिता भए ।

  • उत्प 35:27-29
    3 पदहरू
    71%

    27याकूब किर्यत-अर्बा (जुन हेब्रोन हो) मा आफ्ना पिता इसहाककहाँ आए जहाँ अब्राहाम र इसहाक बसोबास गरेका थिए ।

    28इसहाक एक सय असी वर्षसम्म बाँचे ।

    29इसहाकले आफ्नो अन्तिम सास फेरे र तिनको मृत्यु भयो अनि तिनी आफ्ना पुर्खाहरूसित मिल्न गए । तिनी पुरा बुढेसकालसम्म बाँचेका थिए । तिनका छोराहरू एसाव र याकूबले तिनलाई गाडे ।

  • 28अब्राहामका छोराहरू इसहाक र इश्‍माएल थिए ।

  • 6त्यसपछि योसेफ, तिनका सबै दाजुहरू र त्यो सबै पुस्ता मरे ।

  • 28हारान तिनको पिता तेरहसको सामु नै तिनको जन्म थलो अर्थात् कल्दीहरूको ऊरमा मरे ।

  • 15त्यसैले याकूब मिश्रमा गए । त्यहाँ तिनको मृत्यु भयो र हाम्रा पुर्खाहरू पनि त्यहीँ नै मरे ।

  • उत्प 25:5-6
    2 पदहरू
    69%

    5अब्राहामले आफूसँग भएका सबै थोक इसहाकलाई दिए ।

    6तर आफू जीवित छँदै तिनका उपपत्‍नीपट्टिका छोराहरूलाई उनले उपहारहरू दिए, र आफ्‍ना छोरा इसहाकबाट छुट्‍याएर तिनीहरूलाई पूर्व देशतिर पठाए ।

  • 12त्यो हरेक मानिसको विरुद्धमा खडा हुनेछ, र हरेक मानिस त्यसको विरूद्धमा लाग्‍नेछ, र आफ्ना सबै दाजुभाइहरूबाट अलग बस्‍नेछ ।”

  • 15तर तँचाहिँ तेरा पिता-पूर्खाहरूकहाँ शान्तिमा जानेछस् र तँलाई वृद्धवस्थामा दफन गरिनेछ ।

  • 18अब्राहामले परमेश्‍वरलाई भने, “इश्माएल नै तपाईंको आशिष्‍्‌मा बाँचिरहे त हुन्छ!”

  • 24तब योसेफले आफ्‍ना दाजुभाइहरूलाई भने, “मेरो मर्ने बेला भयो, तर परमेश्‍वर अवश्यनै तिमीहरूकहाँ आउनुहुनेछ, र उहाँले अब्राहाम, इसहाक र याकूबसित शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशमा यस देशबाट तिमीहरूलाई निकालेर लैजानुहुनेछ ।”

  • 34अब्राहाम इसहाकका पिता बने । इसहाकका छोराहरू एसाव र इस्राएल थिए ।

  • 2तिनीकहाँ देखा परेर परमप्रभुले भन्‍नुभयो, “तल मिश्रमा नजा, मैले तँलाई बसोबास गर् भनेकै ठाउँमा बस्‌ ।