उत्पत्ति 25:17

अनलक शाब्दिक बाइबल

इश्‍माएलको जम्‍मा उमेर एक सय सैँतिस वर्ष हुँदा तिनको मृत्‍यु भयो र तिनी आफ्‍ना पिता-पुर्खाहरूसँगै मिल्‍न गए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 15:15 : 15 तर तँचाहिँ तेरा पिता-पूर्खाहरूकहाँ शान्तिमा जानेछस् र तँलाई वृद्धवस्थामा दफन गरिनेछ ।
  • उत्प 25:7-8 : 7 अब्राहाम जम्‍मा एक सय पचहत्तर वर्षसम्‍म बाँचे । 8 अब्राहाम पुरा जीवन जिएर बुढ़ेसकालमा मरे, र आफ्‍ना मरेका पिता-पुर्खाहरूसँग मिल्‍न गए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 25:18-19
    2 पदहरू
    81%

    18तिनीहरूको बसोबास मिश्रको सिमानानजिक भएको अश्‍शूर देशतिर पर्ने हवीलादेखि शूरसम्‍म थियो । तिनीहरू एक-अर्काको शत्रुतामा बसे ।

    19अब्राहामका छोरा इसहाकको वृत्तान्‍त यही हो । अब्राहाम इसहाकका पिता भए ।

  • उत्प 25:7-9
    3 पदहरू
    81%

    7अब्राहाम जम्‍मा एक सय पचहत्तर वर्षसम्‍म बाँचे ।

    8अब्राहाम पुरा जीवन जिएर बुढ़ेसकालमा मरे, र आफ्‍ना मरेका पिता-पुर्खाहरूसँग मिल्‍न गए ।

    9तिनका छोराहरू इसहाक र इश्‍माएलले तिनलाई हित्ती सोहोरको छोरा एप्रोनको खेतमा भएको मम्रेनजिकको मक्‍पेलाको ओडारमा गाडे ।

  • उत्प 35:28-29
    2 पदहरू
    79%

    28इसहाक एक सय असी वर्षसम्म बाँचे ।

    29इसहाकले आफ्नो अन्तिम सास फेरे र तिनको मृत्यु भयो अनि तिनी आफ्ना पुर्खाहरूसित मिल्न गए । तिनी पुरा बुढेसकालसम्म बाँचेका थिए । तिनका छोराहरू एसाव र याकूबले तिनलाई गाडे ।

  • 16इश्‍माएलका छोराहरू यी नै थिए । तिनीहरूका बस्‍ती र छाउनीहरूअनुसार ती बाह्र कुलनायकका नाउँ यी नै थिए ।

  • उत्प 25:11-13
    3 पदहरू
    72%

    11अब्राहामको मृत्‍युपछि परमेश्‍वरले तिनका छोरा इसहाकलाई आशिष्‌ दिनुभयो, र इसहाक बेअर-लहै-रोइ नजिकै बसोबास गरे ।

    12साराकी कमारी मिश्री हागारपट्टिबाट जन्‍मेको अब्राहामको छोरो इश्‍माएलका सन्तान यिनै थिए ।

    13जन्‍म क्रमको सूचीअनुसार इश्‍माएलका छोराहरूका नाउँ यी नै थिएः इश्‍माएलको जेठो छोरो नबायोत, केदार, अदबेल,

  • उत्प 17:25-26
    2 पदहरू
    72%

    25तिनको छोरो इश्माएलचाहिँ आफ्नो खलडीको खतना गर्दा तेह्र वर्षका थिए ।

    26अब्राहाम र इश्माएलको खतना एकै दिनमा भयो ।

  • 18अब्राहामले परमेश्‍वरलाई भने, “इश्माएल नै तपाईंको आशिष्‍्‌मा बाँचिरहे त हुन्छ!”

  • 33छोराहरूलाई यो आज्ञा दिइसकेपछि याकूबले आफ्‍ना खुट्टा ओछ्यानमा पसारेर आफ्‍नो प्राण त्‍यागे, र आफ्‍ना पिता-पुर्खाहरूसँग मिल्‍न गए ।

  • उत्प 16:15-16
    2 पदहरू
    70%

    15हागारले अब्रामको छोरो जन्माई, अनि हागारले जन्माएको छोरोको नाम अब्रामले इश्माएल राखे ।

    16हागारले अब्रामको निम्ति छोरो जन्माउँदा अब्राम छयासी वर्षका थिए ।

  • 28याकूब मिश्रमा सत्र वर्ष बसे । यसरी याकूबको जम्‍मा उमेर एक सय सतचालिस वर्ष भयो ।

  • 28अब्राहामका छोराहरू इसहाक र इश्‍माएल थिए ।

  • 32तेरह २०५ वर्ष बाँचे र तिनी हारानमा नै मरे ।

  • 20इश्माएको विषयमा मैले तेरो बिन्ति सुनेँ । हेर्, म त्यसलाई आशिष् दिनेछु, र त्यसलाई फल्दो‍-फुल्दो बनाएर प्रशस्त गरी त्यसको वृद्धि गर्नेछु । त्यो बाह्र जातिका अगुवाहरूका पिता हुनेछ, र त्यसलाई म ठुलो जाति बनाउनेछु ।

  • 26यसरी योसेफ एक सय दस वर्षको भएर मरे, र उनीहरूले तिनको लाश सुगन्‍धित लेप दलेर बाकसमा हालेर मिश्रमा नै राखे ।

  • 17तब पुरा बुढेसकालमा दीर्घायू भएर अय्यूब मरे ।

  • 5आफ्नो छोरो जन्मिँदा अब्राहाम सय वर्षका थिए ।

  • 17महलालेल ८९५ वर्ष बाँचे र तिनी मरे ।

  • 31यतूर, नापीश र केदमा । यिनीहरू इश्‍माएलका छोराहरू थिए ।

  • 15तर तँचाहिँ तेरा पिता-पूर्खाहरूकहाँ शान्तिमा जानेछस् र तँलाई वृद्धवस्थामा दफन गरिनेछ ।