उत्पत्ति 29:3

अनलक शाब्दिक बाइबल

सबै बगालहरू त्‍यहाँ जम्‍मा भएपछि गोठालाहरूले इनारको मुखबाट ढुङ्गा गुडाएर भेडाहरूलाई पानी खान दिन्‍थे । त्‍यसपछि तिनीहरूले त्यो ढुङ्गालाई इनारको मुखमा फेरि पहिलेकै ठाउँमा राखिदिन्‍थे ।

थप स्रोतहरू

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 29:1-2
    2 पदहरू
    93%

    1¶ तब याकूब आफ्‍नो बाटो लागे र पूर्वका मानिसहरूको देशमा पुगे ।

    2तिनले हेर्दा मैदानमा एउटा इनार देखे, र त्‍यसको नजिक भेडाका तिनवटा बगाल बसिरहेका थिए । किनकि त्‍यही इनारबाट तिनीहरूले बगाललाई पानी खुवाउँथे, र इनारको मुख ढाक्‍ने ढुङ्गा ठुलो थियो ।

  • उत्प 29:6-10
    5 पदहरू
    85%

    6उनले तिनीहरूलाई सोधे, “के उहाँ सन्‍चै हुनुहुन्‍छ?” तिनीहरूले भने, “उहाँ सन्‍चै हुनुहुन्‍छ, र हेर्नुहोस्, उहाँकी छोरी राहेल भेडाहरू लिएर आउँदै छिन्‌ ।”

    7याकूबले भने,“ हेर, मध्य दिन भएको छ । भेडा-बाख्राहरूलाई जम्‍मा गर्ने बेला भएको छैन । भेडाहरूलाई पानी खुवाएर जाओ र तिनीहरूलाई चर्न देओ ।

    8तिनीहरूले भने, “सबै बगालहरू जम्‍मा नभई हामी तिनीहरूलाई पानी खुवाउन सक्दैनौँ । त्यसपछि यी मानिसहरूले इनारको मुखको ढुङ्गो हटाउनेछन्, अनि हामी भेडाहरूलाई पानी खुवाउनेछौँ ।”

    9याकूब तिनीहरूसँग कुरा गरिरहेकै बेला, राहेल आफ्‍ना बुबाका भेडाहरू लिएर त्‍यहाँ आइपुगिन्, किनकि तिनले भेडाहरू चराउँदै थिइन् ।

    10जब याकूबले आफ्‍ना मामा लाबानकी छोरी राहेल र लाबानका भेडाहरू देखे, याकूबले नजिक आएर इनारको मुखको ढुङ्गा गुडाए, अनि आफ्‍ना मामा लाबानका भेडाहरूलाई पानी खुवाए ।

  • 4याकूबले तिनीहरूलाई भने, “हे मेरा भाइ हो, तिमीहरू कहाँका हौ?” तिनीहरूले भने, “हामी हारानका हौँ ।”

  • उत्प 26:18-20
    3 पदहरू
    74%

    18तिनले आफ्‍ना पिताका पालोमा तिनीहरूले खनेका इनारहरू फेरि खने । अब्राहामको मृत्‍युपछि पलिश्‍तीहरूले ती रोकिदिएका थिए । अनि तिनले ती इनारहरूलाई आफ्‍ना पिताले राखेकै नाउँ राखिदिए ।

    19इसहाकका नोकरहरूले बेँसीमा खन्‍दा बगिरहेको पानीको मूल भेट्टाए ।

    20तर गरारका गोठालाहरूले इसहाकका गोठालाहरूसँग झगडा गरेर भने “यो पानी हाम्रो हो ।” यसकारण इसहाकले त्‍यस इनारको नाउँ एसेक राखे, किनभने तिनीहरूले उनीसँग झगडा गरे ।

  • उत्प 30:38-39
    2 पदहरू
    74%

    38त्यसपछि तिनले बगालहरूको सामु रहेका ती ताछिएका हाँगाहरू पानी पिउन आउने डूँडको सामु राखे । पानी पिउन आउँदा तिनीहरू गर्भवती भए ।

    39ती बगालहरू हाँगाहरूका सामुन्‍ने मिसिने भएकाले तिनीहरूले पाठापाठी पनि त्यस्तै छिर्केमिर्के, पेटारे र थोप्ले ब्याए ।

  • 32त्‍यही दिन इसहाकका नोकरहरू आएर तिनीहरूले खनेका इनारको विषयमा तिनलाई बताए । तिनीहरूले भने, “हामीले पानी भेट्टाएका छौँ ।”

  • 30तिनले जवाफ दिए, “यो कुवा मैले खनेको हुँ भनी साक्षी होस् भनेर यी सात पाठी तपाईंले मेरा हातबाट प्राप्‍त गर्नुहुनेछ ।”

  • 15तिनका पिता अब्राहामको पालोमा उनका नोकरहरूले खनेका सबै इनारहरू पलिश्‍तीहरूले ढुङ्गा-माटोले पुरेर रोकिदिए ।

  • उत्प 31:45-46
    2 पदहरू
    72%

    45त्यसकारण याकूबले एउटा ढुङ्गो लिएर त्यसलाई खामोको रूपमा खडा गरे ।

    46याकूबले आफ्ना आफन्तहरूलाई भने, “ढुङ्गाहरू जम्मा गर ।” तिनीहरूले ढुङ्गाहरूको थुप्रो लगाए । त्यसपछि तिनीहरूले त्यही थुप्रोनेर खानपान गरे ।

  • 19तिनीहरूले भने, “एक जना मिश्रीले हामीलाई गोठालाहरूबाट छुटकारा दिए । तिनले हाम्रो निम्ति पानी तान्‍नुका साथै भेडा-बाख्राहरूलाई पनि पानी खुवाइदिए ।”

  • 11कुनै एउटा ठाउँमा पुगेपछि सूर्य अस्‍ताएको हुनाले तिनी त्‍यस रात त्‍यहीँ बास बसे । त्‍यस ठाउँमा भएका ढुङ्गाहरूमध्येबाट एउटा लिएर आफ्‍नो सिरान बनाई त्‍यही ठाउँमा सुत्‍नलाई पल्‍टे ।

  • उत्प 24:19-20
    2 पदहरू
    72%

    19त्‍यसलाई पिउन दिइसकेपछि तिनले भनिन्, “तपाईंका ऊँटहरूका निम्‍ति पनि तिनीहरूले पिई नसकुञ्‍जेल म पानी उघाएर दिनेछु ।”

    20तब तिनले झट्टै आफ्‍नो गाग्रोको पानी डुँडमा खन्‍याएर फेरि पानी उघाउन इनारतिर दौडेर गइन्, र तिनले सबै ऊँटहरूका निम्‍ति पनि पानी उघाइदिइन्‌ ।

  • 19त्यसपछि परमप्रभुले तिनका आँखा खोलिदिनुभयो, र तिनले पानीको एउटा कुवा देखिन् । तिनी गएर त्यस मशकमा पानी भरिन्, अनि बालकलाई पानी दिइन् ।

  • उत्प 24:29-30
    2 पदहरू
    71%

    29रिबेकाका लाबान नाउँ भएका एक जना दाजु थिए । लाबान दौडेर बाहिर बाटोमा इनारनेर भएका त्‍यस मानिसतिर गए ।

    30जब उनले आफ्‍नी बहिनीको नाकमा नत्‍थ र हातमा बाला देखे र “त्‍यस मानिसले मलाई यसो भन्‍यो” भन्‍ने कुरा आफ्‍नी बहिनीबाट सुने, तब उनी त्‍यस मानिसकहाँ गए, त्यो मानिस इनारको छेउमा ऊँटहरूका नजिकै उभिइरहेको थियो ।

  • उत्प 24:13-14
    2 पदहरू
    71%

    13हेर्नुहोस्, म यो इनारनेर उभिरहेको छु, र सहरका मानिसहरूका छोरीहरू पानी भर्नलाई आउँदै छन्‌ ।

    14यसैले यसो होस्‌: जुन कन्‍यालाई म ‘तिम्रो गाग्रो मतिर पानी पिउनलाई ढल्‍काइदेऊ’ भनुँला, र जसले मलाई ‘खानुहोस्, म तपाईंका ऊँटहरूलाई पनि खुवाइदिन्‍छु’ भन्‍छिन्, तिनलाई नै तपाईंले आफ्‍ना दास इसहाकको निम्‍ति रोज्‍नुभएको होस्‌ । तपाईंले मेरा मालिकलाई करारको दया देखाउनुभएको रहेछ भन्‍ने म त्‍यसैबाट थाहा पाउनेछु ।”

  • 12उनका दाजुहरू आफ्ना बुबाका भेडाबाख्राहरूका बगाललाई चराउन शकेममा गएका थिए ।

  • 43म इनारको छेउमा उभिरहेछु, पानी भर्नलाई आउने स्‍त्रीलाई मैले 'तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन देऊ,' भन्‍दा

  • उत्प 24:45-46
    2 पदहरू
    70%

    45“मैले यी कुरा मनमनै भनिसक्‍न अगि नै, हेर्नुहोस्, रिबेका काँधमा आफ्‍नो गाग्रो बोकेर आइन्, र इनारमा ओर्लेर पानी उघाइन्‌ । मैले तिनलाई भनेँ, ‘कृपया मलाई पानी पिउन देऊ ।’

    46“तिनले तुरुन्‍तै आफ्‍नो काँधबाट गाग्रो झारेर भनिन्, ‘पिउनुहोस् र म तपाईंका ऊँटहरूका निम्‍ति पनि पानी पिउन दिनेछु ।’ तब मैले पानी पिएँ, र तिनले मेरा ऊँटहरूलाई पनि पानी पिउन दिइन्‌ ।

  • 32उनीहरू सबै गाईबस्‍तु पाल्‍ने भएकाले गोठाला हुन्‌ । उनीहरूले आफ्‍ना सबै बगाल, बथान, र उनीहरूसँग भएका सबै थोक लिएर आएका छन्‌ ।’

  • 29तिनीहरू कनानमा आफ्ना पिता याकूबकहाँ फर्केर तिनीहरूमाथि आइपरेका सबै कुरा बताइदिए । तिनीहरूले भने,

  • उत्प 30:41-42
    2 पदहरू
    70%

    41बलिया भेडाहरू मिसिँदा याकूबले बगालहरूका सामुन्‍ने डूँडमा ती हाँगाहरू राखिदिन्थे ताकि तिनीहरू हाँगाहरूकै बिचमा गर्भवती होऊन् ।

    42तर बगालमा भएका कमजोर जनावरहरू आउँदा तिनले तिनीहरूको सामु हाँगाहरू राख्दैनथ्ये । यसरी कमजोर जनावरहरू लाबानका भए र बलियाहरू याकूबका भए ।

  • 18याकूब बिहान सबेरै उठे, र आफूले सिरान बनाएको ढुङ्गा लिए । त्यसलाई खामोजस्‍तै गरी खडा गरेर त्‍यसको टुप्‍पामा तेल खन्‍याए ।

  • 19ती मानिसकी पत्‍नीले त्यो इनारको ढकनी ल्‍याइन् र इनारको मुख ढाकिन् अनि त्‍यसमाथि बिस्‍कुन सुकाइन्, त्यसैले इनारमा जोनाथन र अहीमास थिए भनेर कसैले थाहा पाएनन् ।

  • 31त्यसैले लाबानले भने, “म तिमीलाई के दिऊँ?” याकूबले भने, “तपाईंले मलाई केही पनि दिनुपर्दैन । तपाईंले मलाई केही दिनुभयो भने मैले फेरि तपाईंको बगाललाई खुवाउनुपर्ने हुन्छ र यसको हेरचाह गर्नुपर्ने हुन्छ ।

  • 11त्यसले ऊँटहरूलाई सहरको बाहिर इनारको नजिकै घुँडा टेक्‍न लगायो । त्यो साँझपख स्‍त्रीहरू पानी भर्न आउने बेला थियो ।

  • 4याकूबले राहेल र लेआलाई आफ्नो बगालको खेतमा बोलाउन पठाए,

  • 29याकूबले लाबानलाई भने, “मैले तपाईंको कस्तो सेवा गरेको छु र तपाईंका गाईबस्तु कसरी सप्रेका छन् भनी तपाईं जान्‍नुहुन्छ ।

  • 18तिनले पद्दन-आराममा आफूले प्राप्‍त गरेका आफ्ना सबै गाईबस्तु र सबै सम्पत्तिलाई आफ्नो अगिअगि पठाए । त्यसपछि तिनी कनान देशमा आफ्ना पिता इसहाककहाँ जान निस्के ।

  • 35त्यस दिन लाबानले थोप्ले र पेटारे बाख्राहरू अनि सेतो दाग भएका सबै थोप्ले र पेटारे बाख्रीहरू अनि थुमाहरूका बिचमा भएका सबै काला थुमाहरू छुट्‌ट्याए र ती आफ्ना छोराहरूलाई दिए ।