उत्पत्ति 30:14
गहुँ कटनी गर्ने समयमा रूबेन खेतमा गए, र तिनले विशाखमूलहरू भेट्टाएर ती आफ्नी आमा लेआकहाँ लिएर आए । त्यसपछि राहेलले लेआलाई भनिन्, “तिम्रो छोराका केही विशाखमूलहरू मलाई देऊ ।”
गहुँ कटनी गर्ने समयमा रूबेन खेतमा गए, र तिनले विशाखमूलहरू भेट्टाएर ती आफ्नी आमा लेआकहाँ लिएर आए । त्यसपछि राहेलले लेआलाई भनिन्, “तिम्रो छोराका केही विशाखमूलहरू मलाई देऊ ।”
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
15लेआले उनलाई भनिन्, “के तिमीले मेरा पति मबाट लैजानु सामान्य विषय हो र? अब तिमी मेरो छोराका विशाखमूलहरू पनि लिन चाहन्छ्यौ? राहेलले भनिन्, “त्यसो भए, तिम्रो छोराका विशाखमूलहरूको सट्टामा आज राति तिनी तिमीसितै सुत्नेछन् ।”
16साँझमा याकूब खेतबाट आए । लेआ तिनलाई भेट्न गइन् र भनिन्, “आज राती तपाईं मसित सुत्नुपर्छ किनकि मैले तपाईंलाई मेरो छोराका विशाखमूलहरू दिएर भाडामा लिएको छु ।” त्यसैले त्यस रात याकूब उनीसित सुते ।
17परमेश्वरले लेआको पुकारा सुन्नुभयो, र उनी गर्भवती भएर याकूबको निम्ति पाँचौँ छोरो जन्माइन् ।
29लाबानले आफ्नी कमारी बिल्हालाई आफ्नी छोरी राहेलकी कमारी हुनलाई दिए ।
30त्यसैले याकूबले राहेलसँग पनि सहवास गरे, तर तिनले लेआलाई भन्दा राहेललाई बढी प्रेम गर्थे । यसकारण याकूबले थप सात साल लाबानको सेवा गरे ।
31लेआलाई प्रेम नगरिएको परमप्रभुले देख्नुभयो, त्यसैले उहाँले तिनको कोख खोलिदिनुभयो । तर राहेलका सन्तान भएका थिएनन् ।
32लेआले गर्भवती भएर एक छोरो जन्माइन्, र तिनले यसो भनेर त्यसको नाम रूबेन राखिन् । “साँच्ची नै परमप्रभुले मेरो दु:ख देख्नुभएको छ, अब त मेरा पतिले निश्चय नै मलाई प्रेम गर्नुहुनेछ ।”
33लाबान याकूब र लेआको पालसाथै दुई जना कमारीका पालभित्र गए, तर तिनले ती घर-देवताहरू पाएनन् । तिनी लेआको पालबाट बाहिर आई राहेलको पालभित्र पसे ।
34राहेलले ती घर-देवताहरू ल्याएकी थिइन् र तिनलाई ऊँटको काठीमा लुकाएकी थिइन् । उनी तीमाथि बसेकी थिइन् । लाबानले पुरै पालमा खोजी गरे तापनि ती पाएनन् ।
1¶ आफूले याकूबबाट कुनै सन्तान नजन्माएको देखेर राहेलले आफ्नी दिदीको डाह गरिन् । उनले याकूबलाई भनिन्, “मलाई सन्तान दिनुहोस्, नत्रभने म मर्नेछु ।”
2राहेलमाथि याकूबको क्रोध दन्कियो । तिनले भने, “के तिमीलाई सन्तान दिनबाट रोक्नु हुने म परमेश्वरको स्थानमा छु र?
3उनले भनिन्, “हेर्नुहोस्, मेरी कमारी बिल्हा यहीँ छे । त्योसित सहवास गर्नुहोस् ताकि त्यसले मेरो निम्ति सन्तान जन्माउन सकोस्, र त्यसद्वारा मसित सन्तान हुनेछ ।”
4त्यसैले उनले आफ्नी कमारी बिल्हा याकूबकी पत्नी हुनलाई दिइन्, र याकूब त्यससित सुते ।
5बिल्हा गर्भवती भई र त्यसले याकूबको निम्ति एउटा छोरो जन्माई ।
4याकूबले राहेल र लेआलाई आफ्नो बगालको खेतमा बोलाउन पठाए,
14राहेल र लेआले तिनलाई जवाफ दिएर भने, “के हाम्रा पिताको घरमा हाम्रा निम्ति हकको कुनै भाग छ र? के उहाँले हामीलाई विदेशीहरूलाई जस्तै व्यवहार गर्नुभएको छैन र?
22इस्राएल त्यस देशमा बसिरहँदा रूबेन आफ्ना पिताकी भित्रिनी बिल्हासित सुते, र इस्राएलले यस विषयमा सुने । याकूबका बार्ह जना छोरा थिए ।
23याकूबले लेआबाट जन्माएका छोराहरू यिनै थिएः जेठो रूबेन, त्यसपछि शिमियोन, लेवी, यहूदा, इस्साखार र जबूलून ।
16लाबानका दुई जना छोरी थिए । जेठीको नाउँ लेआ र कान्छीको नाउँ राहेल थियो ।
17लेआका आँखा धमिला थिए, तर राहेलचाहिँ शारीरिक रूपमा सुडौल र हेर्नमा सुन्दरी थिइन् ।
7राहेलकी कमारी बिल्हा फेरि गर्भवती भई र त्यसले याकूबको निम्ति दोस्रो छोरो जन्माई ।
10लेआकी कमारी जिल्पाले याकूबको निम्ति एउटा छोरो जन्माई ।
23साँझमा उनले आफ्नी छोरी लेआलाई याकूबकहाँ ल्याइदिए, र याकूबले तिनीसँग सहवास गरे ।
24लाबानले आफ्नी कमारी जिल्पालाई आफ्नी छोरी लेआकी कमारी हुनलाई दिए ।
25याकूबले बिहान हेर्दा त लेआ पो रहिछन् । तिनले लाबानलाई भने, “तपाईंले मप्रति यो के गर्नुभएको? मैले राहेलको निम्ति सेवा गरेको होइन र? त्यसो भए तपाईंले किन मसित छल गर्नुभयो?”
13दूधे-फुलहरूले आफ्नो बास्ना फैलाउँछन् । हामी उभिरहेको ढोकामा हर किसिमका उत्तम, नयाँ र पुराना फलहरू छन्, जुन मैले मेरा प्रेमीका लागि साँचिराखेकी छु ।
13लेआले भनिन्, “म सुखी छु । किनकि स्त्रीहरूले मलाई सुखी भन्ने छन् ।” त्यसैले उनले त्यसको नाउँ आशेर राखिन् ।
9याकूब तिनीहरूसँग कुरा गरिरहेकै बेला, राहेल आफ्ना बुबाका भेडाहरू लिएर त्यहाँ आइपुगिन्, किनकि तिनले भेडाहरू चराउँदै थिइन् ।
10जब याकूबले आफ्ना मामा लाबानकी छोरी राहेल र लाबानका भेडाहरू देखे, याकूबले नजिक आएर इनारको मुखको ढुङ्गा गुडाए, अनि आफ्ना मामा लाबानका भेडाहरूलाई पानी खुवाए ।
37रूबनले आफ्ना पितालाई यसो भने, “मैले बेन्यामीन तपाईंकहाँ फर्काएर ल्याइनँ भने तपाईंले मेरा दुई छोरालाई मार्न सक्नुहुन्छ । तिनलाई मेरो जिम्मामा सुम्पिदिनुस्, र म तिनलाई फेरि तपाईंकहाँ ल्याउनेछु ।”
22परमेश्वरले राहेललाई याद गर्नुभयो र उनको पुकारा सुन्नुभयो । उहाँले उनको गर्भ खोलिदिनुभयो ।
19लाबान आफ्ना भेडाहरूको ऊन कत्रन जाँदा राहेलले आफ्ना पिताका घर-देवताहरू चोरिन् ।
25राहेलले योसेफलाई जन्माएपछि याकूबले लाबानलाई भने, “मलाई बिदा दिनुहोस्, ताकि म मेरो आफ्नै घर र मेरो देशमा जान सकूँ ।
21रूबेनले यो सुने र उनलाई तिनीहरूका हातबाट बचाए । उनले भने, “हामी त्यसको प्राण नलिऔँ ।”
17अनि आफूले तयार पारेका स्वादिष्ठ तरकारी र रोटी आफ्ना छोरा याकूबका हातमा दिइन् ।
21त्यसपछि याकूबले लाबानलाई भने, “मैले सेवा गर्ने दिनहरू पुरा भएको हुनाले मलाई मेरी पत्नी दिनुहोस् ताकि म तिनीसँग विवाह गर्न सकूँ ।”
14तब तिनी गएर ती पाठा ल्याए र आमालाई दिए, र तिनकी आमाले याकूबका बुबालाई मनपर्ने स्वादिष्ठ तरकारी तयार गरिन् ।