उत्पत्ति 31:24

अनलक शाब्दिक बाइबल

राती सपनामा परमेश्‍वर अरामी लाबानकहाँ देखा पर्नुभई तिनलाई भन्‍नुभयो, “तैँले याकूबसित असल वा खराब कुनै कुरो नभन्‍न होसियार हो ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 20:3 : 3 तर परमप्रभु राती अबीमेलेकको सपनामा आउनुभयो, र तिनलाई भन्‍नुभयो, “सुन्, तैँले आफ्नो साथमा ल्याएको स्‍त्रीको कारण तँ श्रापित भएको छस्, किनभने त्यो अरू कसैकी पत्‍नी हो ।”
  • उत्प 24:50 : 50 तब लाबान र बतूएलले जवाफ दिए, “यो कुरा परमप्रभुबाट नै हुन आएको हो । हामी तपाईंलाई खराब अथवा असल केही भन्‍न सक्‍दैनौँ ।
  • उत्प 31:29 : 29 तिमीलाई हानि गर्ने शक्ति मसित छ, तर तिम्रा परमेश्‍वर गत रात मसित यसो भन्दै बोल्नुभयो, 'तैँले याकूबसित असल वा खराब कुनै कुरो नभन्‍न होसियार हो ।'
  • उत्प 31:42 : 42 मेरा पिताका परमेश्‍वर जो अब्राहामका परमेश्‍वर र इसहाकका भय हुनुहुन्छ, उहाँ मसित नहुनुभएको भए निश्‍चय नै तपाईंले मलाई रित्तै हात पठाउनुहुने थियो । परमेश्‍वरले ममाथिको थिचोमिचो र मैले गरेको कडा परिश्रम देख्‍नुभएको छ । त्यसैले उहाँले गत रात तपाईंलाई हप्काउनुभयो ।”
  • २ शमू 13:22 : 22 अब्शालोमले अमनोनलाई केही पनि भनेनन्, किनकि तिनले आफ्नो बहिनीलाई जे गरेका थिए र तिनले जसरी आफ्नो बहिनी तामारलाई अपमान गरेका थिए, त्यसको निम्ति अब्शालोमले तिनलाई घृणा गरे ।
  • गिन 24:13 : 13 'बालाकलाई चाँदी र सुनले भरिएको तिनको दरबार नै दिए पनि, म परमप्रभुको बाहिर मैले चाहेको असल वा खराब कुनै पनि कुरा गर्न सक्दिनँ । म परमप्रभुले मलाई भन्‍नुहुने कुरा मात्र बताउन सक्छु ।' के मैले तिनीहरूलाई यो कुरा भनेको थिइनँ र?
  • व्यव 26:5 : 5 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु भन्‍नू, 'मेरा पुर्खा फिरन्ते अरामी थिए । तिनी मिश्रमा गई त्यहीँ बसोबास गरे, र तिनका मानिसहरू सङ्ख्यामा थोरै थिए । त्यहाँ तिनीबाट एक महान्, शक्तिशाली र असङ्ख्य जाति बन्यो ।
  • १ राजा 3:5 : 5 रातमा गिबोनमा परमप्रभु सपनामा सोलोमनकहाँ देखा पर्नुभयो । उहाँले भन्नुभयो, “तँ मबाट के चाहन्छस्, माग् ।”
  • अय्यू 33:15-17 : 15 राती सपनामा, दर्शनमा, मानिसहरू मस्त निद्रामा पर्दा, ओछ्यानमा सुतेको समयमा, 16 तब परमेश्‍वरले मानिसहरूका कान खोल्‍नुहुन्छ, र तिनीहरूलाई चेतावनीहरूले तर्साउनुहुन्छ, 17 मानिसका पापी उद्देश्यहरूबाट उसलाई फर्काएर ल्याउनलाई, र अहङ्कारलाई ऊबाट टाढा राख्‍नलाई ।
  • अय्यू 33:25 : 25 तब उसको मासु बच्‍चाको भन्दा कलिलो हुन्छ । उसले फेरि आफ्नो युवावस्थाको ताकत पाउनेछ ।
  • भजन 105:14-15 : 14 उहाँले कसैलाई पनि तिनीहरूमाथि थिचोमिचो गर्ने अनुमति दिनुभएन । तिनीहरूका खातिर उहाँले राजाहरूलाई हप्‍काउनुभयो । 15 उहाँले भन्‍नुभयो, “मेरो अभिषिक्‍त जनलाई नछोओ र मेरा अगमवक्‍ताहरूका हानि नगर ।”
  • यशा 37:29 : 29 म विरुद्धको तेरो रिसको कारणले र तेरो अहङ्कार मेरो कानमा परेको हुनाले, तेरो नाकमा म आफ्‍नो बल्छी हाल्‍नेछु र म आफ्‍नो लगाम तेरो मुखमा हाल्नेछु । तँ जताबाट आएको हो तेतै म तँलाई फर्काउनेछु ।”
  • हो 12:12 : 12 याकूब अरामको देशमा भागे । एक जना पत्‍नी पाउनलाई इस्राएलले काम गरे, र एक जना पत्‍नी पाउनलाई तिनले भेडाका बगालको रेखदेख गरे ।
  • मत्त 1:20 : 20 जसै उनले यी कुराहरूको बारेमा विचार गरे, सपनामा परमप्रभुका एक जना स्वर्गदूत उनको सामु देखा परे र यसो भने, “हे दाऊदका पुत्र योसेफ, मरियमलाई आफ्नी पत्‍नीको रूपमा स्वीकार्न नडराऊ, किनकि जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माद्वारा गर्भधारण हुनुभएको हो ।
  • मत्त 2:12 : 12 परमेश्‍वरले तिनीहरूलाई हेरोदकहाँ फर्की नजानू भनी सपनामा चेतावनी दिनुभयो । त्यसैले, तिनीहरू अर्कै बाटो भएर आ-आफ्नै देशमा गए ।
  • मत्त 27:19 : 19 जब उनी न्यायकर्ताको आसनमा बसिरहेका थिए, उनकी पत्‍नीले उनलाई सन्देश पठाइन् र भनिन्, “ती निर्दोष मानिसलाई केही नगर्नुहोस्, किनकि उनको कारणले गर्दा आज मैले सपनामा निकै दुःख भोगेकी छु ।”
  • उत्प 40:5 : 5 ती झ्यालखानामा भएका मिश्रका राजाका पकाउने र पियाउने दुवैले एकै रात आ-आफ्नै सपना देखे, र ती दुवै सपनाका आ-आफ्नै अर्थ थिए ।
  • उत्प 41:1 : 1 ¶ दुई वर्षको अन्त्यमा फारोले एउटा सपना देखे । तिनी नील नदीको किनारमा उभिए ।
  • गिन 12:6 : 6 परमप्रभुले भन्‍नुभयो, “मेरो वचन सुन । मेरो अगमवक्‍ता तिमीहरूसँग हुँदा म आफैलाई त्यससँग दर्शनमा प्रकट गर्नेछु र त्यससँग सपनामा कुरा गर्छु ।
  • गिन 22:20 : 20 परमेश्‍वर राती बालामकहाँ आउनुभयो र तिनलाई भन्‍नुभयो, “यी मानिसहरू तँलाई डाक्‍न आएका हुनाले उठ् र तँ तिनीहरूसँग जा । तर मैले भनेको कुरा मात्र गर् ।”
  • गिन 22:26 : 26 त्यसपछि परमप्रभुका दूत अझै अगाडि साँघुरो ठाउँमा गएर उभिए, जहाँ यता-उता कतै फर्कने ठाउँ थिएन ।
  • उत्प 28:5 : 5 यसरी इसहाकले याकूबलाई पठाए । तिनी पद्दन-आराममा एसाव र याकूबकी आमा रिबेकाका दाजु अरामी बतूएलका छोरा लाबानकहाँ गए ।
  • उत्प 31:10 : 10 एक पटक बगाल मिसिने समयमा मैले सपनामा बोकाहरू बगालमा सँगसँगै भएको देखेँ । बोकाहरू छिर्केमिर्के, पेटारे र थोप्ले थिए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 31:25-26
    2 पदहरू
    79%

    25लाबानले याकूबलाई भेट्टाउँदा याकूब त्यस पहाडी देशमा पाल टाँगेर बसेका थिए । गिलादको पहाडी देशमा लाबान पनि आफ्ना आफन्तहरूसँगै पाल टाँगेर बसे ।

    26लाबानले याकूबलाई भने, “तिमीले मेरा छोरीहरूलाई युद्धका कैदीहरूलाई जस्तै गरी लगेर मलाई छल गरी यो के गरेको?

  • 29तिमीलाई हानि गर्ने शक्ति मसित छ, तर तिम्रा परमेश्‍वर गत रात मसित यसो भन्दै बोल्नुभयो, 'तैँले याकूबसित असल वा खराब कुनै कुरो नभन्‍न होसियार हो ।'

  • उत्प 31:10-12
    3 पदहरू
    78%

    10एक पटक बगाल मिसिने समयमा मैले सपनामा बोकाहरू बगालमा सँगसँगै भएको देखेँ । बोकाहरू छिर्केमिर्के, पेटारे र थोप्ले थिए ।

    11सपनामा परमेश्‍वरका दूतले मलाई भने, 'हे याकूब!' मैले जवाफ दिएँ, “हजुर, म यहाँ छु ।'

    12उहाँले भन्‍नुभयो, 'तेरा आँखा उठाएर सबै बोका बगालमाथि चढिरहेको हेर् । तिनीहरू छिर्केमिर्के, पेटारे र थोप्ले छन् किनकि लाबानले तँलाई गरेको हरेक कुरा मैले देखेको छु ।

  • 20अरामी लाबानलाई थाहा नदिई घर छाडेकाले याकूबले तिनलाई पनि छल गरे ।

  • 2राती दर्शनमा परमेश्‍वर इस्राएलसँग यसो भन्दै बोल्‍नुभयो “याकूब, याकूब ।” तिनले भने, “म यहीँ छु ।”

  • उत्प 31:1-3
    3 पदहरू
    73%

    1¶ याकूबले लाबानका छोराहरूले यसो भनेका सुने, “हाम्रा पिताका सबै थोक याकूबले लिएका छन्, र हाम्रा पिताका सम्पत्तिबाट नै तिनले यी सबै सम्पत्ति पाएका हुन् ।”

    2याकूबले लाबानको व्यवहार देखे । याकूबप्रति लाबानको मनसाय परिवर्तन भइसकेको याकूबले देखे ।

    3तब परमप्रभुले याकूबलाई भन्‍नुभयो, “तेरा पुर्खाहरू र तेरा आफन्तहरूको देशमा फर्केर जा, र म तँसित हुनेछु ।”

  • 50तब लाबान र बतूएलले जवाफ दिए, “यो कुरा परमप्रभुबाट नै हुन आएको हो । हामी तपाईंलाई खराब अथवा असल केही भन्‍न सक्‍दैनौँ ।

  • उत्प 31:22-23
    2 पदहरू
    73%

    22याकूब भागेको कुरा लाबानलाई तेस्रो दिनमा बताइयो ।

    23त्यसैले तिनले आफूसित आफ्ना आफन्तहरू लिई सात दिनसम्म तिनको पिछा गरे । लाबानले गिलादको पहाडी देशमा तिनलाई भेट्टाए ।

  • 42मेरा पिताका परमेश्‍वर जो अब्राहामका परमेश्‍वर र इसहाकका भय हुनुहुन्छ, उहाँ मसित नहुनुभएको भए निश्‍चय नै तपाईंले मलाई रित्तै हात पठाउनुहुने थियो । परमेश्‍वरले ममाथिको थिचोमिचो र मैले गरेको कडा परिश्रम देख्‍नुभएको छ । त्यसैले उहाँले गत रात तपाईंलाई हप्काउनुभयो ।”

  • उत्प 31:31-33
    3 पदहरू
    72%

    31याकूबले लाबानलाई जवाफ दिई भने, “तपाईंले आफ्ना छोरीहरू मबाट जबरजस्ती खोसेर लैजानुहुने थियो भनी मैले ठानेकाले म डराएको थिएँ । त्यसैले म सुटुक्‍क भागेँ ।

    32तपाईंका घर-देवताहरू जोसुकैले चोरेको भए तापनि अबदेखि त्यो बाँच्नेछैन । हाम्रा आफन्तहरूको उपस्थितिमा तपाईंसित भएको कुनै थोक मसित छ भने चिनेर लैजानुहोस् ।” राहेलले ती चोरेकी थिइन् भनी याकूबलाई थाहा थिएन ।

    33लाबान याकूब र लेआको पालसाथै दुई जना कमारीका पालभित्र गए, तर तिनले ती घर-देवताहरू पाएनन् । तिनी लेआको पालबाट बाहिर आई राहेलको पालभित्र पसे ।

  • 6त्यसपछि परमप्रभुले तिनलाई सपनामा भन्‍नुभयो, “हो, यो मलाई पनि थाहा छ, कि तैँले आफ्नो हृदयको इमान्दारीमा यो गरिस्, र मैले नै तँलाई मेरो विरूद्ध पाप गर्नबाट बचाएँ । यसैकारण मैले तँलाई त्यस स्‍त्रीलाई छुन दिइनँ ।

  • 36याकूब रिसाए र तिनले लाबानलाई हप्काए, “मेरो दोष के हो? मेरो पाप के हो जसको लागि तपाईंले मेरो यसरी पिछा गर्नुभयो?

  • 34लाबानले भने, “हुन्छ । तिम्रो वचनअनुसार नै होस् ।”

  • 20परमेश्‍वर राती बालामकहाँ आउनुभयो र तिनलाई भन्‍नुभयो, “यी मानिसहरू तँलाई डाक्‍न आएका हुनाले उठ् र तँ तिनीहरूसँग जा । तर मैले भनेको कुरा मात्र गर् ।”

  • 55लाबान बिहान सबेरै उठे । तिनले आफ्ना नातिहरू, आफ्ना छोरीहरूलाई चुम्बन गरी आशिष् दिए । त्यसपछि लाबान बिदा भई घर फर्के ।

  • 51लाबानले याकूबलाई भने, “तिम्रो र मेरो बिचमा मैले खडा गरेको यो थुप्रो र यो खामोलाई हेर ।

  • 9याकूब पद्दन-आरामबाट आउँदा परमेश्‍वर फेरि तिनीकहाँ प्रकट हुनुभई तिनलाई आशिष् दिनुभयो ।

  • 12तिनले पृथ्वीमा खडा गरिएको एउटा भर्‍याङको सपना देखे । त्‍यसको टुप्‍पाचाहिँ आकाशसम्‍मै पुगेको रहेछ र परमेश्‍वरका दूतहरू त्‍यसमा उक्‍लने र ओर्लने गर्दा रहेछन्‌ ।

  • 27लाबानले तिनलाई भने, “मैले तिम्रो दृष्‍टिमा निगाह पाएको छु भने पर्ख, किनभने पूर्वलक्षणको प्रयोगद्वारा मैले थाहा पाएको छु, कि तिम्रो कारणले गर्दा परमप्रभुले मलाई आशिष् दिनुभएको छ ।

  • 9याकूबले भने, “मेरा पिता अब्राहामका परमेश्‍वर, मेरा पिता इसहाकका परमेश्‍वर यहोवेले मलाई भन्‍नुभयो, 'तेरो देश र तेरो कुटुम्बकहाँ फर्केर जा, म तेरो उन्‍नति गराउनेछु ।'

  • 13आफ्‍ना भानिज याकूब आएको समाचार पाउने बित्तिकै लाबान तिनलाई भेट्‌नलाई दौडेर गएर तिनलाई अँगालो हालेर चुम्‍बन गरे, अनि तिनलाई आफ्‍नो घरमा ल्‍याए । याकूबले लाबानलाई सबै कुरा बताइदिए ।

  • 1¶ परमेश्‍वरले याकूबलाई भन्‍नुभयो, “उठेर बेथेलमा जा, र त्यहीँ बस् । तँ तेरा दाजु एसावबाट भाग्दा तँकहाँ देखा पर्नुहुने परमेश्‍वरको निम्ति एउटा वेदी बना ।”

  • 15राती सपनामा, दर्शनमा, मानिसहरू मस्त निद्रामा पर्दा, ओछ्यानमा सुतेको समयमा,