उत्पत्ति 32:24

अनलक शाब्दिक बाइबल

याकूब एक्लै रहे, र एक जना मानिसले तिनीसित सूर्योदय नभएसम्म कुस्ती खेले ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • हो 12:3-5 : 3 गर्भमा नै याकूबले आफ्नो दाजुको कुर्कुच्‍चा समाते, र आफ्नो जवान अवस्थामा तिनले परमेश्‍वरसँग लडन्‍त गरे । 4 तिनले स्वर्गदूतसँग लडन्‍त गरे र जिते । तिनी रोए र उहाँको निगाहको निम्ति बिन्ती गरे । तिनले बेथेलमा परमेश्‍वरलाई भेटे । त्यहाँ तिनीसँग परमेश्‍वर बोल्‍नुभयो । 5 उहाँ सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर हुनुहुन्छ । पुकारा गर्नुपर्ने उहाँको नाउँ “परमप्रभु” हो ।
  • उत्प 32:28 : 28 ती मानिसले भने, “अबदेखि उसो तिम्रो नाउँ याकूब नभई इस्राएल हुनेछ । किनकि तिमीले परमेश्‍वर र मानिसहरूसित कुस्ती खेली जित हासिल गरेका छौ ।”
  • उत्प 32:30 : 30 याकूबले त्यस ठाउँको नाउँ पनीएल राखे किनकि तिनले भने, “मैले परमेश्‍वरलाई आमने-सामने देखेर पनि मेरो ज्यान जोगिएको छ ।”
  • लू 13:24 : 24 “साँगुरो ढोका भएर पस्‍ने कोसिस गर, किनभने धेरैले प्रयास गर्नेछन्, तर पस्‍न सक्षम हुनेछैनन् ।
  • एफिसी 6:12 : 12 किनकि हाम्रो लडाइ शरीर र रगतको विरूद्धमा होइन । तर, यो त शासकहरू र आत्मिक अधिकारीहरू र अन्धकारको राज्यको शासकहरू र स्वर्गीय स्थानहरूमा भएका दुष्‍टात्माहरूको विरूद्धमा हो ।
  • एफिसी 6:18 : 18 सबै प्रार्थना र बिन्तीद्वारा, हरसमय पवित्र आत्मामा प्रार्थना गर । विश्‍वासीहरू सबैका लागि प्रार्थना र निरन्तर प्रयत्‍नसाथ यही मन सँगै सतर्क भइराख ।
  • लू 22:44 : 44 पीडामा परेर पनि उहाँले जोसिलो प्रकारले प्रार्थना गर्नुभयो, अनि उहाँका पसिना रगतको ठुला-ठुला थोपाजस्तै भुइँमा खसिरहेका थिए ।
  • १ कोरि 15:47 : 47 पहिलो मानिस भूमिको माटोबाट बनाइएको पृथ्वीको हो । दोस्रो मानिस स्वर्गबाट आएको हो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 32:25-32
    8 पदहरू
    87%

    25ती मानिसले याकूबलाई जित्‍न नसक्‍ने देखेपछि तिनले याकूबको कम्मरको खोक्रो भागमा प्रहार गरे । याकूब तिनीसित कुस्ती खेल्दा तिनको कम्मरको गेडी फुस्क्यो ।

    26ती मानिसले भने, “मलाई जान देऊ किनकि उज्यालो हुँदै छ ।” याकूबले भने, “तपाईंले मलाई आशिष् नदिउञ्‍जेलसम्म म तपाईंलाई जान दिन्‍नँ ।”

    27ती मानिसले तिनलाई भने, “तिम्रो नाउँ के हो?” याकूबले जवाफ दिए, “याकूब ।”

    28ती मानिसले भने, “अबदेखि उसो तिम्रो नाउँ याकूब नभई इस्राएल हुनेछ । किनकि तिमीले परमेश्‍वर र मानिसहरूसित कुस्ती खेली जित हासिल गरेका छौ ।”

    29याकूबले तिनलाई सोधे, “कृपया, मलाई तपाईंको नाउँ बताइदिनुहोस् ।” तिनले भने, “किन तिमी मेरो नाउँ सोध्छौ?” त्यसपछि त्यहाँ तिनले याकूबलाई आशिष् दिए ।

    30याकूबले त्यस ठाउँको नाउँ पनीएल राखे किनकि तिनले भने, “मैले परमेश्‍वरलाई आमने-सामने देखेर पनि मेरो ज्यान जोगिएको छ ।”

    31याकूबले पनीएल पार गर्दा सूर्योदय भइसकेको थियो । तिनको कम्मरको कारणले गर्दा तिनी खोच्याएर हिँड्दै थिए ।

    32यसैकारण आजको दिनसम्म इस्राएलका मानिसहरूले कम्मरको नसा खाँदैनन् किनकि ती मानिसले याकूबको कम्मरको गेडी फुस्काउँदा ती नसाहरूमा चोट पुर्‍याएका थिए ।

  • हो 12:3-4
    2 पदहरू
    74%

    3गर्भमा नै याकूबले आफ्नो दाजुको कुर्कुच्‍चा समाते, र आफ्नो जवान अवस्थामा तिनले परमेश्‍वरसँग लडन्‍त गरे ।

    4तिनले स्वर्गदूतसँग लडन्‍त गरे र जिते । तिनी रोए र उहाँको निगाहको निम्ति बिन्ती गरे । तिनले बेथेलमा परमेश्‍वरलाई भेटे । त्यहाँ तिनीसँग परमेश्‍वर बोल्‍नुभयो ।

  • उत्प 32:21-23
    3 पदहरू
    74%

    21त्यसैले उपहारहरू तिनको अगिअगि पठाइए । तिनी आफैचाहिँ त्यस रात शिविरमा नै बसे ।

    22रातमा याकूब निद्राबाट ब्युँझे । आफ्ना दुई पत्‍नी, तिनीहरूका कमारीहरू र एघार जना छोरा लिएर तिनी प्रस्थान गरे । तिनले तिनीहरूलाई यब्बोक खोला पारि पठाए ।

    23यसरी तिनले आफ्ना सबै सम्पत्ति खोला पारि पठाए ।

  • उत्प 32:1-2
    2 पदहरू
    72%

    1¶ याकूब पनि आफ्नो बाटो लागे, र परमेश्‍वरका दूतहरूले तिनीसित भेट गरे ।

    2याकूबले तिनीहरूलाई देखेपछि तिनले भने, “यो त परमेश्‍वरको शिविर हो ।” त्यसैले तिनले त्यस ठाउँको नाउँ महनोम राखे ।

  • उत्प 32:7-9
    3 पदहरू
    71%

    7तब याकूब ज्यादै भयभीत भए र आत्तिए । त्यसैले तिनले आफूसित भएका मानिसहरू, बगालहरू, बथानहरू र ऊँटहरूलाई दल-दल गरी दुई भागमा विभाजन गरे ।

    8तिनले भने, “एसावले आएर एउटा दललाई अाक्रमण गरे भने बाँकी रहेको दल भाग्‍नेछ ।

    9याकूबले भने, “मेरा पिता अब्राहामका परमेश्‍वर, मेरा पिता इसहाकका परमेश्‍वर यहोवेले मलाई भन्‍नुभयो, 'तेरो देश र तेरो कुटुम्बकहाँ फर्केर जा, म तेरो उन्‍नति गराउनेछु ।'

  • 11कुनै एउटा ठाउँमा पुगेपछि सूर्य अस्‍ताएको हुनाले तिनी त्‍यस रात त्‍यहीँ बास बसे । त्‍यस ठाउँमा भएका ढुङ्गाहरूमध्येबाट एउटा लिएर आफ्‍नो सिरान बनाई त्‍यही ठाउँमा सुत्‍नलाई पल्‍टे ।

  • उत्प 35:9-10
    2 पदहरू
    70%

    9याकूब पद्दन-आरामबाट आउँदा परमेश्‍वर फेरि तिनीकहाँ प्रकट हुनुभई तिनलाई आशिष् दिनुभयो ।

    10परमेश्‍वरले तिनलाई भन्‍नुभयो, “तेरो नाउँ याकूब हो, तर अबदेखि तेरो नाउँ याकूब भनिनेछैन । तेरो नाउँ इस्राएल हुनेछ ।” त्यसैले परमेश्‍वरले तिनको नाउँ इस्राएल राखिदिनुभयो ।

  • उत्प 28:15-16
    2 पदहरू
    69%

    15हेर्, म तँसँग छु र तँ जहाँसुकै गए तापनि म तेरो रक्षा गर्नेछु । म फेरि तँलाई यस ठाउँमा फर्काएर ल्‍याउनेछु । किनकि मैले तँलाई प्रतिज्ञा गरेका कुरा पुरा नगरुञ्‍जेल म तँलाई छोड्‌नेछैनँ ।”

    16तब याकूबले निद्राबाट ब्‍युँझेर भने, “निश्‍चय नै परमप्रभु यस ठाउँमा हुनुहुँदोरहेछ, र मलाई यो थाहा थिएन ।”

  • उत्प 31:20-21
    2 पदहरू
    69%

    20अरामी लाबानलाई थाहा नदिई घर छाडेकाले याकूबले तिनलाई पनि छल गरे ।

    21आफूसित भएका सबै थोक लिएर तिनी भागे, र छिट्टै महानदी पार गरेर गिलादको पहाडी देशतर्फ अगाडि बढे ।

  • 42मेरा पिताका परमेश्‍वर जो अब्राहामका परमेश्‍वर र इसहाकका भय हुनुहुन्छ, उहाँ मसित नहुनुभएको भए निश्‍चय नै तपाईंले मलाई रित्तै हात पठाउनुहुने थियो । परमेश्‍वरले ममाथिको थिचोमिचो र मैले गरेको कडा परिश्रम देख्‍नुभएको छ । त्यसैले उहाँले गत रात तपाईंलाई हप्काउनुभयो ।”

  • 2राती दर्शनमा परमेश्‍वर इस्राएलसँग यसो भन्दै बोल्‍नुभयो “याकूब, याकूब ।” तिनले भने, “म यहीँ छु ।”

  • 25लाबानले याकूबलाई भेट्टाउँदा याकूब त्यस पहाडी देशमा पाल टाँगेर बसेका थिए । गिलादको पहाडी देशमा लाबान पनि आफ्ना आफन्तहरूसँगै पाल टाँगेर बसे ।

  • 36एसावले भने, “त्‍यसको नाउँ याकूब राखिएको के ठिकै होइन? किनभने त्‍यसले मलाई दुई पल्‍ट ठग्यो । त्‍यसले मेरो ज्‍येष्‍ठ-अधिकार हर्‍यो, र अहिले मैले पाउने आशिष्‌ पनि लग्‍यो ।” उनले फेरि भने, “के तपाईंले मेरो निम्‍ति एउटै आशिष्‌ पनि जगेडा राख्‍नुभएको छैन?”

  • 26त्‍यसपछि त्‍यसको भाइ बाहिर निस्क्यो । त्यसको हातले एसावको कुर्कुच्‍चा समातिरहेको थियो । त्‍यसको नाउँ याकूब राखियो । इसाहककी पत्‍नीले तिनीहरूलाई जन्‍माउँदा तिनी साठी वर्ष पुगेका थिए ।

  • 8राहेलले भनिन्, “निकै सङ्घर्ष गरेर मैले मेरी दिदीमाथि जित हासिल गरेको छु ।” उनले त्यसको नाउँ नप्‍ताली राखिन् ।

  • 36याकूब रिसाए र तिनले लाबानलाई हप्काए, “मेरो दोष के हो? मेरो पाप के हो जसको लागि तपाईंले मेरो यसरी पिछा गर्नुभयो?

  • 11सपनामा परमेश्‍वरका दूतले मलाई भने, 'हे याकूब!' मैले जवाफ दिएँ, “हजुर, म यहाँ छु ।'

  • 13त्यस रात याकूब त्यहीँ बसे । आफ्ना दाजु एसावलाई उपहारस्वरूप दिनलाई तिनले आफूसित भएका केही थोकहरू अलग गरे जुन यिनै थिएः

  • 42तर बगालमा भएका कमजोर जनावरहरू आउँदा तिनले तिनीहरूको सामु हाँगाहरू राख्दैनथ्ये । यसरी कमजोर जनावरहरू लाबानका भए र बलियाहरू याकूबका भए ।

  • 3तब परमप्रभुले याकूबलाई भन्‍नुभयो, “तेरा पुर्खाहरू र तेरा आफन्तहरूको देशमा फर्केर जा, र म तँसित हुनेछु ।”

  • 6याकूब तिनीसित भएका सबै मानिससित लूज अर्थात् बेथेलमा आइपुगे जुन कनान देशमा पर्छ ।

  • 24तापनि त्‍यसको धनु स्थिर रहनेछ, र याकूबका शक्तिशाली परमेश्‍वरका हातको कारण र ती गोठाला अर्थात् इस्राएलको चट्टानद्वारा त्‍यसका हातहरू सिपालु हुनेछन्, ती गोठाला, इस्राएलको चट्टानद्वारा ।