उत्पत्ति 36:15

अनलक शाब्दिक बाइबल

एसावका वंशहरूमा नजिकका घरानाहरू यिनै थिए: एसावका जेठा छोरा एलीपजका छोराहरूः तेमान, ओमार, सपो, कनज,

थप स्रोतहरू

उल्लेखित पदहरू

  • अय्यू 2:11 : 11 जब अय्यूबका तिन जना मित्रले तिनीमाथि आइपरेका यी सबै खराबीको बारेमा सुने, तब तिनीहरू हरेक आ-आफ्नो ठाउँबाट निस्केर आए, अर्थात् एलीपज तेमानी, बिल्दद शुही र सोपर नमाती । तिनीसँगै शोक गर्न र तिनलाई सान्त्वना दिन तिनीहरूले समय निकाले ।
  • उत्प 36:11-12 : 11 एलीपजका छोराहरू तेमान, ओमार, सपो, गाताम, र कनज थिए । 12 एसावका छोरा एलीपजकी उपपत्‍नी तीम्‍नले अमालेकलाई जन्माइन् । एसावकी पत्‍नी आदाका नातिहरू यी नै थिए ।
  • उत्प 36:18 : 18 एसावकी पत्‍नी ओहोलीबामाबाट जन्मेका नजिकका घरानाहरू यी नै थिएः येऊश, यालाम र कोरह । अनाकी छोरी एसावकी पत्‍नी ओहोलीबामाबाट जन्मेका नजिकका घरानाहरू यी नै हुन् ।
  • निर्ग 15:15 : 15 तब एदोमका मुखियाहरू डराउनेछन् । मोआबका सिपाहीहरू हल्लिनेछन् । कनानका सबै बासिन्दा पग्लनेछन् ।
  • १ इति 1:35-36 : 35 एसावका छोराहरू एलीपज, रूएल, येऊश, यालाम र कोरह थिए । 36 एलीपजका छोराहरू तेमान, ओमार, सपो, गाताम, कनज, तिम्‍न र अमालेक थिए ।
  • १ इति 1:45 : 45 योबाब मरेपछि तिनको ठाउँमा तेमानीहरूको देशका हूशाम राजा भए ।
  • १ इति 1:51-54 : 51 हदद मरे । एदोमका प्रधानहरूमा प्रधान तीम्‍न, प्रधान अल्‍वा, प्रधान यतेत, 52 प्रधान ओहोलीबामा, प्रधान एलाह, प्रधान पीनोन, 53 प्रधान कनज, प्रधान तेमान, प्रधान मिब्सार, 54 प्रधान मग्‍दीएल र प्रधान ईराम थिए । एदोमका प्रधानहरू यी नै थिए ।
  • उत्प 36:4 : 4 आदाले एसावबाट एलीपजलाई जन्माइन्, र बासमतले रूएललाई जन्माइन् ।
  • अय्यू 4:1 : 1 ¶ तब एलीपज तेमानीले जवाफ दिए र भने,
  • अय्यू 21:8 : 8 तिनीहरूका सन्तानहरू तिनीहरूकै आँखाको सामु स्‍थापित हुन्छन्, र तिनीहरूका छोराछोरी तिनीहरूकै आँखाको सामु स्‍थापित हुन्छन् ।
  • भजन 37:35 : 35 दुष्‍ट र डरलाग्‍दा व्यक्‍ति आफ्नो माटोमा हरियो रूखझैं फैलिएको मैले देखेको छु ।
  • यिर्मि 49:7 : 7 एदोमको विषयमा सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, “के तेमानमा अबदेखि कुनै बुद्धि पाइँदैन? के समझदारहरूबाट असल सल्लाह गायब भएको छ? के तिनीहरूको बुद्धि भ्रष्‍ट भएको छ?
  • यिर्मि 49:20 : 20 “त्यसैले परमप्रभुले एदोमको विरुद्धमा निधो गर्नुभएका योजनाहरू, तेमानका बासिन्दाहरूको विरुद्धमा बनाउनुभएका योजनाहरू सुन । निश्‍चय नै तिनीहरूका स-साना बगालका पनि घिस्याएर लगिनेछन् । तिनीहरूका खर्कहरू उजाड-स्थानमा परिणत हुनेछन् ।
  • यहे 25:13 : 13 यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः म आफ्नो हातले एदोमलाई हिर्काउनेछु, र त्‍यहाँ भएका हरेक मानिस र पशुको नाश गर्नेछु । तेमानदेखि ददानसम्‍मै म त्‍यसलाई भग्‍नावशेष, उजाड पार्नेछु । तिनीहरू तरवारले ढल्‍नेछन्‌ ।
  • आमो 1:12 : 12 तेमानमा म आगो पठाउनेछु, र त्यसले बोज्राका दरबारहरूलाई भस्म पार्नेछ ।”
  • ओबद 1:9 : 9 ए तेमान, तेरा बलवान मानिसहरू निराश हुनेछन्, जसको कारणले एसावका पहाडबाट सबै मानिसहरू काटिएर सखाप हुनेछन् ।
  • हब 3:3 : 3 परमेश्‍वर तेमानबाट आउनुभयो, र एकमात्र पवित्रचाहिँ पारान पर्वतबाट आउनुभयो । सेला उहाँको महिमाले आकाशहरू ढाके, र पृथ्वी उहाँको प्रशंसाले भरिएको छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 36:40-43
    4 पदहरू
    89%

    40एसावका वंशहरूबाट तिनीहरूका नजिकका घराना र क्षेत्रहरू, र तिनीहरूका नामहरूअनुसार नजिकका घरानाहरूका मुखियाहरूका नाम यी थिएः तीम्‍न, अल्वा, यतेत,

    41ओहोलीबामा, एलाह, पीनोन,

    42कनज, तेमान, मिब्सार,

    43मग्दीएल र ईराम । तिनीहरूका देशमा तिनीहरूका बसोबासअनुसारका एदोमका नजिकका घरानाका मुखियाहरू यी नै थिए । एदोमीहरूका पिता एसाव यिनी नै थिए ।

  • उत्प 36:8-14
    7 पदहरू
    86%

    8यसैकारण एसाव (जसलाई एदोम पनि भनिन्छ) सेइरको पहाडी देशमा बसोबास गरे ।

    9सेइरको पहाडी देशमा एदोमीहरूका पूर्वज अर्थात् एसावका वंशहरू यसप्रकार थिए ।

    10एसावका छोराहरूका नाम यिनै थिएः एसावकी पत्‍नी आदाका छोरा एलीपज; एसावकी पत्‍नी बासमतका छोरा रूएल ।

    11एलीपजका छोराहरू तेमान, ओमार, सपो, गाताम, र कनज थिए ।

    12एसावका छोरा एलीपजकी उपपत्‍नी तीम्‍नले अमालेकलाई जन्माइन् । एसावकी पत्‍नी आदाका नातिहरू यी नै थिए ।

    13रूएलका छोराहरू यस प्रकार थिए: नहत, जेरह, शम्मा र मिज्‍जा । एसावकी पत्‍नी बासमतका नातिहरू यी नै थिए ।

    14एसावकी पत्‍नी, अनाकी छोरी र सिबोनकी नातिनी ओहोलीबामाका छोराहरू यी नै थिए । तिनले एसावबाट येऊश, यालाम र कोरह जन्माइन् ।

  • १ इति 1:51-54
    4 पदहरू
    85%

    51हदद मरे । एदोमका प्रधानहरूमा प्रधान तीम्‍न, प्रधान अल्‍वा, प्रधान यतेत,

    52प्रधान ओहोलीबामा, प्रधान एलाह, प्रधान पीनोन,

    53प्रधान कनज, प्रधान तेमान, प्रधान मिब्सार,

    54प्रधान मग्‍दीएल र प्रधान ईराम थिए । एदोमका प्रधानहरू यी नै थिए ।

  • उत्प 36:16-23
    8 पदहरू
    85%

    16कोरह, गाताम र अमालेक । एदोम देशमा एलीपजबाट जन्मेका नजिकका घरानाहरू यी नै थिए ।

    17एसावका छोरा रूएलका नजिकका घरानाहरू यिनै थिएः नहत, जेरह, शम्मा र मिज्‍जा । एदोम देशमा रूएलबाट जन्मेका नजिकका घरानाहरू यी नै थिए । ती एसावकी पत्‍नी बासमतका नातिहरू थिए ।

    18एसावकी पत्‍नी ओहोलीबामाबाट जन्मेका नजिकका घरानाहरू यी नै थिएः येऊश, यालाम र कोरह । अनाकी छोरी एसावकी पत्‍नी ओहोलीबामाबाट जन्मेका नजिकका घरानाहरू यी नै हुन् ।

    19एसावका छोराहरू यी नै थिए, र तिनीहरूका नजिकका घरानाहरू यी नै हुन् ।

    20होरी सेइरका छोराहरू यी नै थिएः लोतान, शोबाल, सिबोन, अना,

    21दीशोन, एसेर र दीशान जो त्यस देशका बासिन्दाहरू थिए । एदोमको देशमा सेइरबाट जन्मेका बासिन्दा होरीहरूका नजिकका घरानाहरू यी नै थिए ।

    22लोतानका छोराहरू होरी र हेमान थिए, र तीम्‍न लोतानकी बहिनी थिइन् ।

    23शोबालका छोराहरू यिनै थिएः अल्बान, मानहत, एबाल, शपो र ओनाम ।

  • १ इति 1:35-42
    8 पदहरू
    85%

    35एसावका छोराहरू एलीपज, रूएल, येऊश, यालाम र कोरह थिए ।

    36एलीपजका छोराहरू तेमान, ओमार, सपो, गाताम, कनज, तिम्‍न र अमालेक थिए ।

    37रूएलका छोराहरू नहत, जेरह, शम्‍मा र मिज्‍जा थिए ।

    38सेइरका छोराहरू: लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर, र दीशान थिए ।

    39लोतानका छोराहरू होरी र हेमाम थिए, अनि लोतानकी बहिनीको नाम तीम्‍न थियो ।

    40शोबालका छोराहरू अल्‍बान, मानहत, एबाल, शपो र ओनाम थिए । सिबोनका छोराहरू अय्‍या र अना थियो ।

    41अनाका छोरा दीशोन थिए । दीशोनका छोराहरू हेमदान, एश्‍बान, यित्रान र करान थिए ।

    42एसेरका छोराहरू बिल्‍हान, जावान र अकान थिए । दीशानका छोराहरू ऊज र आरान थिए ।

  • उत्प 36:26-31
    6 पदहरू
    79%

    26दीशोनका छोराहरू यी थिएः हेमदान, एश्‍बान, यित्रान र करान ।

    27एसेरका छोराहरू यी थिएः बिल्हान, जावान र अकान ।

    28दीशानका छोराहरू यी थिएः ऊज र आरान ।

    29होरीहरूका नजिकका घरानाहरू यी थिए: लोतान, शोबाल, सिबोन, अना,

    30दीशोन, एसेर र दीशान । सेइर देशमा तिनीहरूका नजिकका घरानाहरूको सूचीअनुसारका होरीहरूका नजिकका घरानाहरू यी नै थिए ।

    31इस्राएलीहरूमाथि कुनै राजाले शासन गर्नुअगि एदोम देशमा राज्य गर्ने राजाहरू यी नै थिए ।

  • 1¶ एसाव (जसलाई एदोम पनि भनिन्थ्यो) का वंशहरू यसप्रकार थिए ।

  • उत्प 36:4-5
    2 पदहरू
    72%

    4आदाले एसावबाट एलीपजलाई जन्माइन्, र बासमतले रूएललाई जन्माइन् ।

    5ओहोलीबामाले येऊश, यालाम र कोरहलाई जन्माइन् । कनान देशमा जन्मेका एसावका छोराहरू यी नै थिए ।

  • 30मिश्‍मा, दुमा, मस्‍सा, हदद, तेमा,

  • 15हदद, तेमा, यतूर, नापीश र केदमा ।

  • 9ए तेमान, तेरा बलवान मानिसहरू निराश हुनेछन्, जसको कारणले एसावका पहाडबाट सबै मानिसहरू काटिएर सखाप हुनेछन् ।

  • 27हदोरम, ऊजाल, दिक्ला,