उत्पत्ति 41:1

अनलक शाब्दिक बाइबल

¶ दुई वर्षको अन्त्यमा फारोले एउटा सपना देखे । तिनी नील नदीको किनारमा उभिए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 20:3 : 3 तर परमप्रभु राती अबीमेलेकको सपनामा आउनुभयो, र तिनलाई भन्‍नुभयो, “सुन्, तैँले आफ्नो साथमा ल्याएको स्‍त्रीको कारण तँ श्रापित भएको छस्, किनभने त्यो अरू कसैकी पत्‍नी हो ।”
  • उत्प 29:14 : 14 लाबानले तिनलाई भने, “वास्‍तवमा तिमी मेरो हाड र मासु हौ ।” त्यसपछि याकूब तिनीसँग करिब एक महिना बसे ।
  • उत्प 31:21 : 21 आफूसित भएका सबै थोक लिएर तिनी भागे, र छिट्टै महानदी पार गरेर गिलादको पहाडी देशतर्फ अगाडि बढे ।
  • उत्प 37:5-9 : 5 योसेफले एउटा सपना देखे जसको विषयमा उनले आफ्ना दाजुहरूलाई बताए । त्यसपछि तिनीहरूले उनलाई झनै धेरै घृणा गरे । 6 उनले तिनीहरूलाई भने, “कृपया मैले देखेको सपनालाई सुन्‍नुहोस् । 7 हामी खेतमा अन्‍नका बिटाहरू बाँधिरहेका थियौँ अनि मेरो बिटाचाहिँ ठाडो भई उठ्यो, र तपाईंहरूका बिटाहरू मेरो बिटाको वरिपरि आई त्यसलाई दण्डवत् गरे । ” 8 उनका दाजुहरूले उनलाई भने, “के तैँले साँच्‍चै हामीमाथि शासन गर्नेछस्? के साँच्‍चै हामीमाथि तैँले अधिकार गर्नेछस्?” उनका सपना र उनले भनेका कुराहरूका कारण तिनीहरूले उनलाई झनै धेरै घृणा गरे । 9 उनले अर्को एउटा सपना देखे जसको विषयमा उनले आफ्ना दाजुहरूलाई बताए । उनले भने, “हेर्नुहोस्, मैले अर्को सपना देखेँः सूर्य, चन्द्र र एघारवटा ताराले मलाई दण्डवत् गरे ।” 10 आफ्ना दाजुहरूलाई झैँ उनले यो कुरा आफ्ना बुबालाई पनि बताए, तर उनका बुबाले उनलाई हप्‍काए । तिनले उनलाई भने, “तिमीले देखेको यो सपना के हो? के तिम्री आमा र म अनि तिम्रा सबै दाजुहरूले साँच्‍चै तिम्रोअगि भुइँसम्मै झुकेर दण्डवत् गर्नेछन्?”
  • उत्प 40:5 : 5 ती झ्यालखानामा भएका मिश्रका राजाका पकाउने र पियाउने दुवैले एकै रात आ-आफ्नै सपना देखे, र ती दुवै सपनाका आ-आफ्नै अर्थ थिए ।
  • निर्ग 1:22 : 22 फारोले आफ्ना सबै मानिसलाई आज्ञा दिए, “जन्मेको हरेक छोरोलाई तिमीहरूले नदीमा फ्याँक्‍नू, तर छोरीलाई भने जीवितै राख्‍नू ।”
  • निर्ग 4:9 : 9 तिनीहरूले मेरो शक्तिका यी दुईवटै चिन्हलाई पनि विश्‍वास गरेनन् वा तेरो कुरा सुनेनन् भने नदीबाट थोरै पानी लिएर जा र त्यसलाई सुक्खा भूमिमा खन्या । तैँले लिएर जाने पानी सुक्खा भूमिमा रगत बन्‍नेछ ।”
  • व्यव 11:10 : 10 किनकि तिमीहरू अधिकार गर्न जान लागेको देश मिश्र देशजस्तो होइन जहाँबाट तिमीहरू आयौ, जहाँ तिमीहरूले बिउ रोप्यौ र बारीमा झैँ खुट्टाले पानी हाल्यौ ।
  • न्या 7:13-14 : 13 जब गिदोन त्यहाँ पुगे, एक जना मानिसले आफ्‍नो साथीलाई सपनाको बारेमा भन्‍दै थियो । त्यस मानिसले भन्यो, “हेर, मैले एउटा सपना देखें, र जौको एउटा रोटी मिद्दानीको छाउनीभित्र गुड्दै आयो । त्यो पालमा आयो, र त्यसलाई जोडले हिर्कायो र त्यसलाई उल्टो गरी पल्टाइदियो, यसैले त्यो ढल्यो ।” 14 अर्को मानिसले भन्यो, “यो त इस्राएली गिदोनको (योआशका छोराको) तरवारबाहेक अरू केही होइन । परमेश्‍वरले तिनलाई मिद्दानी र तिनीहरूका सबै सेनामाथि विजय दिनुभएको छ ।”
  • एस्थ 6:1 : 1 ¶ त्यस रात राजा सुत्‍न सकेनन् । तिनले सेवकहरूलाई आफ्नो राज्‍यकालका घटनाहरूको विवरणहरू ल्याउन हुकुम गरे, र राजाको सामु चर्को सोरमा ति पढियो ।
  • अय्यू 33:15-16 : 15 राती सपनामा, दर्शनमा, मानिसहरू मस्त निद्रामा पर्दा, ओछ्यानमा सुतेको समयमा, 16 तब परमेश्‍वरले मानिसहरूका कान खोल्‍नुहुन्छ, र तिनीहरूलाई चेतावनीहरूले तर्साउनुहुन्छ,
  • यशा 19:5 : 5 समुद्रका पानीहरू सुक्‍नेछन्, अनि नदीहरू सुक्‍नेछन् र रित्तो हुनेछन् ।
  • यहे 29:3 : 3 घोषणा गर र यसो भन्ः 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर्, ए मिश्रदेशको राजा फारो, म तेरो विरुद्धमा छु । आफ्‍नो नदीको बिचमा लडिरहने, ठुलो अजिङ्गर तँ यसो भन्‍छस्, “मेरो नदी मेरै हो । त्‍यो मैले आफ्‍नो निम्‍ति बनाएको हुँ ।”
  • यहे 29:9 : 9 यसैले मिश्रदेश उजाड र बग्‍नावशेष हुनेछ । तब तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌, किनभने समुद्रको पशुले भनेको थियो, “नील नदी मेरै हो, किनकि मैले नै त्‍यो बनाएको हुँ ।”
  • दानी 2:1-3 : 1 ¶ नबूकदनेसरको शासनकालको दोस्रो वर्षमा, तिनले सपनाहरू देखे । तिनको मन विचलित भयो, र तिनी सुत्‍न सकेनन् । 2 त्यसपछि राजाले जादुगरहरू र मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरूलाई बोलाए । उनले जोखना हेर्नेहरू र बुद्धिमान्‌ मानिसहरूलाई पनि बोलाए । उनका सपनाहरूका अर्थ तिनीहरूले उनलाई बताऊन् भन्‍ने उनको इच्‍छा थियो । यसैले तिनीहरू भित्र आए र राजाको सामु खडा भए । 3 राजाले तिनीहरूलाई भने, “मैले एउटा सपना देखें, र त्यो सपनाको अर्थ के हुन सक्छ भनेर जान्‍नलाई मेरो मन विचलित भएको छ ।”
  • दानी 4:5-9 : 5 तर मैले देखेको एउटा सपनाले मलाई त्रसित बनायो । म त्‍यहाँ पल्टिरहँदा, मैले देखेका दृश्यहरू र मेरो मनका दर्शनहरूले मलाई व्याकुल बनाए । 6 यसैले बेबिलोनमा भएका सबै बुद्धिमान् मानिसहरूलाई मेरो सामु उपस्‍थित हुनलाई मैले एउटा उर्दी निकालें ताकि तिनीहरूले उक्‍त सपनाको अर्थ मलाई बताउन सकून् । 7 त्‍यसपछि जादुगरहरू, मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्नेहरू, बुद्धिमान् मानिसहरू र ज्योतिषीहरू आए । मैले तिनीहरूलाई सपना सुनाएँ, तर तिनीहरूले त्यसको अर्थ मलाई भन्‍न सकेनन् । 8 तर अन्तमा दानिएल आए— जसलाई मेरा देवताको नाउँ बेलतसजर दिइयो, र जसमा पवित्र देवहरूका आत्मा छन्— र मैले तिनलाई सपना सुनाएँ । 9 “ए बेलतसजर, जादुगरहरूका प्रमुख, पवित्र देवताहरूका आत्मा तिमीमा छन् भनी म जान्‍दछु र तिम्रो निम्ति कुनै पनि रहस्य कठिन हुँदैन । मैले आफ्‍नो सपनामा के देखें र त्यसको अर्थ के हो सो मलाई बताऊ । 10 म आफ्‍नो ओछ्यानमा पल्टिँदा मैले देखेका दर्शनहरू यी नै हुन्: मैले हेरें, र पृथ्वीको बिचमा एउटा रूख थियो, र त्यो अत्यन्तै अग्लो थियो । 11 त्यो रूख बढ्यो र बलियो भयो । त्यसको टुप्पो आकाशसम्मै पुग्यो, र पृथ्वीको पल्‍लो छेउबाट पनि त्यो देख्‍न सकिन्थ्यो । 12 त्यसका पातहरू सुन्दर थिए, त्यसका फल प्रशस्त थिए, र त्यसमा सबैको निम्ति खानेकुरो थियो । जङ्गली पशुहरूले त्यसमुनि छाहरी पाउँथे, र आकाशका चराहरूले त्यसका हाँगाहरूमा वास गर्थे । सबै जीवित प्राणीहरूले त्यसैबाट खान्थे । 13 म आफ्‍नो ओछ्यानमा पल्टिरहँदा मैले यस्तो दर्शन देखें, अनि आकाशबाट एउटा पवित्र समाचारवाहक तल आए । 14 तिनले ठुलो सोरमा कराए र यसो भने, ‘त्यो रूख र त्यसका हाँगाहरू काट, त्यसका पातहरू टिपेर फाल र त्यसका फललाई छरपष्‍ट पार । त्यसको छहारीमुनिबाट पशुहरू भागून् र चराहरू त्यसका हाँगाहरूबाट उडून् । 15 तर त्यसको जरासहितको फेदलाई फलाम र काँसाले बाँधिएर मैदानका कलिला घाँसहरूका बिच जमिनमा नै रहोस् । आकाशका शीतले त्यो भिजोस् । त्यो जमिनका बोट-बिरुवाका बिचमा रहने पशुहरूसित रहोस् । 16 त्यसको मनलाई मानिसको मनबाट बद्लियोस् र सातवर्ष नवितेसम्म त्यसलाई एउटा पशुको मन दिइयोस् । 17 यो निर्णय समाचारवाहकले बताएका उर्दिअनुसार हो । यो निर्णय पवित्र जनहरूले गर्नुभएको हो, ताकि बाँचेकाहरूले यो जानून्, कि सर्वोच्‍च परमेश्‍वरले मानिसहरूका राज्यमाथि शासन गर्नुहुन्छ र तिनीहरूमाथि शासन गर्नका निम्ति जोसुकैलाई अर्थात् सबैभन्दा निम्‍न स्‍तरका मानिसहरूका अधिनमा पनि उहाँले ती दिनुहुन्छ ।’ 18 म, राजा नबूकदनेसरले यो सपना देखें । अब तिमी बेलतसजर, मलाई यसको अर्थ बताऊ, किनभने मेरो राज्यका बुद्धिमान् मानिसहरू कसैले पनि मेरो निम्ति यसको अर्थ खोल्न सक्‍दैनन् । तर तिमीले यो गर्न सक्छौ, किनभने पवित्र देवताहरूका आत्मा तिमीमा छन् ।”
  • दानी 7:1-8 : 1 ¶ बेबिलोनका राजा बेलसजरको पहिलो वर्षमा, दानिएल आफ्नो ओछ्यानमा पल्टिरहँदा तिनले एउटा सपना र दर्शन देखे । अनि तिनले सपनामा देखेका कुरालाई लेखे । तिनले सबैभन्दा महत्त्वपूर्ण घटनाहरूलाई लेखेः 2 दानिएलले वर्णन गरे, “रातमा मैले देखेको दर्शनमा स्‍वर्गका चार बतासले महान् समुद्रलाई घोलिरहेको मैले देखें । 3 प्रत्‍येक नै एक-अर्काबाट भिन्‍न चार विशाल पशु समुद्रबाट बाहिर आए । 4 पहिलोचाहिं सिंहजस्‍तो देखिन्‍थ्‍यो तर त्‍यसका चीलका पखेटाहरू थिए । मैले हेर्दै गर्दा, त्यसका पखेटाहरू च्यातिए र जमिनबाट त्‍यसलाई माथि उठाइयो र मानिसझैं दुई खुट्टामा त्यसलाई खडा गरियो । त्यसलाई मानिसको मन दिइएको थियो । 5 अनि त्‍यहाँ अर्को एउटा भालुजस्तो पशु थियो, र त्यो झुकिरहेको थियो । आफ्‍ना दाँतहरूका बिचमा त्‍यसले तिनवटा करङ थिए । त्यसलाई यसो भनियो, ‘उठ्‍ र धेरै जना मानिसलाई खा ।’ 6 यसपछि मैले फेरि हेरें । त्यहाँ अर्को एउटा पशु थियो, जुन चितुवाजस्तो देखिन्थ्यो । त्यसको पछाडिपट्टि चराका जस्‍तै चारवटा पखेटा थिए, र त्यसका चारवटा टाउका थिए । राज्‍य गर्ने अधिकार त्यसलाई दिइएको थियो । 7 त्यसपछि रातको दर्शनमा डरलाग्दो, भयङ्कर, र धेरै बलियो थियो एउटा चौथो पशु मैले देखें । त्यसका फलाममा ठुला-ठुला दाँत थिए । त्यसले चपायो, टुक्रा-टुक्रा पार्थ्यो, र बाँकीलाई खुट्टामुनि कुल्‍चियो । अरू पशुभन्दा त्यो फरक थियो, र त्यसका दशवटा सिङ थिए । 8 जसै मैले ती सिङहरूका बारेमा विचार गर्दै थिएँ, मैले हेरें र ती सिङका बिचमा अर्को एउटा सानो सिङ बढ्‍दै गरेको देखें । पहिलो तिनवटा सिङ उखेलिएर झरे । यो सिङका आँखा मानिसका आँखाजास्‍ता भएको मैले देखें र त्यसको एउटा मुखले ठुला कुराहरूको सेखी गर्दै थियो ।
  • मत्त 27:19 : 19 जब उनी न्यायकर्ताको आसनमा बसिरहेका थिए, उनकी पत्‍नीले उनलाई सन्देश पठाइन् र भनिन्, “ती निर्दोष मानिसलाई केही नगर्नुहोस्, किनकि उनको कारणले गर्दा आज मैले सपनामा निकै दुःख भोगेकी छु ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 41:17-20
    4 पदहरू
    85%

    17फारोले योसेफलाई बताए, “मेरो सपनामा म नील नदीको किनारमा उभिएँ ।

    18नील नदीबाट सातवटा सप्रेका र मोटा-मोटा गाई निस्केर आए, अनि तिनीहरू नर्कटको झाडीमा चरे ।

    19नील नदीबाट अरू सातवटा कमजोर, नसप्रेका र दुब्ला-दुब्ला गाई निस्केर आए । मैले पुरै मिश्रभरि तीजस्ता नसप्रेका गाईहरू कहिल्यै देखेको छैनँ ।

    20त्यसपछि नसप्रेका र दुब्ला-दुब्ला गाईहरूले सातवटा मोटा-मोटा गाईलाई खाइदिए ।

  • उत्प 41:2-12
    11 पदहरू
    84%

    2नील नदीबाट सातवटा सप्रेका र मोटा-मोटा गाई निस्केर आए, अनि तिनीहरू नर्कटको झाडीमा चरे ।

    3नील नदीबाट अरू सातवटा नसप्रेका र दुब्ला-दुब्ला गाई निस्केर आए । तिनीहरू नदीको किनारमा उभिरहेका पहिलेका गाईहरूसँगै उभिए ।

    4त्यसपछि नसप्रेका र दुब्ला-दुब्ला गाईहरूले सातवटा सप्रेका र मोटा-मोटा गाईलाई खाइदिए । अनि फारो ब्युँझे ।

    5तिनी फेरि सुते र अर्को सपना देखे । सातवटा भरिला र असल अनाजका बाला एउटै डाँठमा उम्रे ।

    6त्यसपछि सेप्रा र पूर्वीय बतासद्वारा ओइलाइएका अरू सातवटा अन्‍नका बाला तिनीहरू पछि पलाए ।

    7सेप्रा बालाहरूले ती सातवटा भरिला र असल बालालाई खाइदिए । फारो ब्युँझे, र यो त सपना पो रहेछ भनी तिनलाई थाहा भयो ।

    8बिहान तिनको आत्मा बेचैन भयो । तिनले मिश्रका सबै जादुगर र बुद्धिमान् मानिसहरूलाई बोलाउन पठाए । फारोले तिनीहरूलाई आफ्ना सपनाहरू बताए, तर फारोलाई सपनाहरूको अर्थ खोल्न सक्‍ने त्यहाँ कोही भएन ।

    9त्यसपछि मुख्य पियाउनेले फारोलाई भने, “आज म मेरो दोषको बारेमा सोच्दै छु ।

    10फारो आफ्ना नोकरहरूसित रिसाउनु भई मलाई र मुख्य पकाउनेलाई अङ्गरक्षकका कप्‍तानको कैदखानामा राख्‍नुभयो ।

    11तिनी र मैले एउटै रात सपना देख्यौँ । हामीले आ-आफ्नो अर्थ भएका सपना देख्यौँ ।

    12त्यहाँ हामीसित एक जना जवान हिब्रू मानिस थियो जो अङ्गरक्षकका कप्‍तानको नोकर थियो । हामीले त्यसलाई हाम्रा सपनाहरू बताएपछि त्यसले अर्थ खोलिदियो । त्यसले हामीलाई आ-आफ्ना सपनाअनुसार अर्थ खोलिदियो ।

  • उत्प 41:25-33
    9 पदहरू
    76%

    25योसेफले फारोलाई भने, “फारोका सपनाहरू एउटै हुन् । परमेश्‍वरले गर्न लाग्‍नुभएको कुरा उहाँले फारोलाई प्रकट गराउनुभएको छ ।

    26सातवटा असल गाई र सातवटा असल बाला सात वर्ष हुन् । सपनाहरू एउटै हुन् ।

    27तीपछि आएका सातवटा दुब्ला-दुब्ला र नसप्रेका गाई सात वर्ष हुन्, र पूर्वीय बतासद्वारा ओइल्याइएका सातवटा बाला अनिकालका सात वर्ष हुन् ।

    28मैले फारोलाई बताएको कुरा यही नै हो । परमेश्‍वरले गर्न लाग्‍नुभएको कुरा उहाँले फारोलाई प्रकट गराउनुभएको छ ।

    29हेर्नुहोस्, मिश्रदेशभरि ठुलो सहकालको सात वर्ष हुनेछ ।

    30त्यसपछि सात वर्षको अनिकाल पर्नेछ, र मिश्रभरि त्यस सात वर्षको सहकालको सम्झना हुनेछैन, अनि अनिकाले देशलाई सखाप पार्नेछ ।

    31देशमा पछि आउने अनिकालको कारणले गर्दा सहकाललाई सम्झनेछैन किनकि यो अति नै भयानक हुनेछ ।

    32फारोलाई सपना दोहोर्‍याइनुको कारणचाहिँ यही हो, कि परमेश्‍वरले यो विषयलाई पक्‍का गर्नुभएको छ, र उहाँले चाँडै यसो गर्नुहुनेछ ।

    33अब फारोले कुशल र बुद्धिमान् मानिसको खोजी गरी तिनलाई मिश्र देशको जिम्मेवारी दिनुहोस् ।

  • उत्प 41:14-15
    2 पदहरू
    76%

    14त्यसपछि फारोले योसेफलाई डाक्‍न पठाए । तिनीहरूले तिनलाई चाँडै नै झ्यालखानाबाट निकालेर ल्याए । तिनले दारी खौरेपछि लुगाहरू बद्लेर फारोकहाँ आए ।

    15फारोले योसेफलाई भने, “मैले एउटा सपना देखेँ, तर यसको अर्थ खोल्ने कोही भएन । तर तिमीले सपना सुन्यौ भने यसको अर्थ खोल्न सक्छौ भनी मैले तिम्रो बारेमा सुनेको छु ।”

  • 46मिश्रका राष्‍ट्रप्रमुख फारोको सामु उभिँदा योसेफ तिस वर्षका थिए । योसेफ फारोको उपस्थितिबाट गई सारा मिश्र देशभरि चाहार्थे ।

  • उत्प 40:1-2
    2 पदहरू
    74%

    1¶ मिश्रका राजाका पियाउने र पकाउनेले आफ्ना मालिकको विरुद्ध काम गरे ।

    2आफ्ना यी दुई अधिकार प्राप्‍त मुख्‍य पियाउने र पकाउनेसँग फारो क्रोधित भए ।

  • 5ती झ्यालखानामा भएका मिश्रका राजाका पकाउने र पियाउने दुवैले एकै रात आ-आफ्नै सपना देखे, र ती दुवै सपनाका आ-आफ्नै अर्थ थिए ।

  • 6उनले तिनीहरूलाई भने, “कृपया मैले देखेको सपनालाई सुन्‍नुहोस् ।

  • 22मेरो अर्को सपनामा मैले सातवटा भरिला र असल अनाजका बाला एउटै डाँठमा उम्रिरहेका देखेँ ।

  • 53मिश्र देशको सात वर्षको सहकालको अन्त्य भयो ।

  • 41फारोले योसेफलाई भने, “हेर, मैले तिमीलाई मिश्र देशभरिको अधिकारी तुल्याएको छु ।”

  • 37फारो र तिनका सबै कामदारको दृष्‍टिमा यो सल्लाह राम्रो थियो ।

  • 19उनका दाजुहरूले एक-अर्कासँग भने, “हेर, त्यो स्वप्‍न-दर्शी आउँदै छ ।

  • 1¶ नबूकदनेसरको शासनकालको दोस्रो वर्षमा, तिनले सपनाहरू देखे । तिनको मन विचलित भयो, र तिनी सुत्‍न सकेनन् ।