उत्पत्ति 41:53
मिश्र देशको सात वर्षको सहकालको अन्त्य भयो ।
मिश्र देशको सात वर्षको सहकालको अन्त्य भयो ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
54योसेफले भनेजस्तै गरी सात वर्षको अनिकालको थालनी भयो । सबै देशहरूमा अनिकाल परेको थियो तर मिश्र देशमा भने अनाज थियो ।
55सारा मिश्र अनिकालले तडपिँदा जनताहरूले अनाजको लागि फारोलाई पुकारे । फारोले सबै मिश्रीहरूलाई भने, “योसेफकहाँ जाओ र तिनले भनेझैँ गर ।”
56अनिकालले पुरै देशलाई ढाकेको थियो । योसेफले सबै भण्डारणहरू खुला गरी मिश्रीहरूलाई अनाज बेचे । मिश्र देशमा अनिकाल अति भयानक थियो ।
57सारा संसारमा भयानक अनिकाल परेकोले सबै देशका मानिसहरू योसेफबाट अनाज किन्न मिश्रमा आउँदै थिए ।
26सातवटा असल गाई र सातवटा असल बाला सात वर्ष हुन् । सपनाहरू एउटै हुन् ।
27तीपछि आएका सातवटा दुब्ला-दुब्ला र नसप्रेका गाई सात वर्ष हुन्, र पूर्वीय बतासद्वारा ओइल्याइएका सातवटा बाला अनिकालका सात वर्ष हुन् ।
28मैले फारोलाई बताएको कुरा यही नै हो । परमेश्वरले गर्न लाग्नुभएको कुरा उहाँले फारोलाई प्रकट गराउनुभएको छ ।
29हेर्नुहोस्, मिश्रदेशभरि ठुलो सहकालको सात वर्ष हुनेछ ।
30त्यसपछि सात वर्षको अनिकाल पर्नेछ, र मिश्रभरि त्यस सात वर्षको सहकालको सम्झना हुनेछैन, अनि अनिकाले देशलाई सखाप पार्नेछ ।
31देशमा पछि आउने अनिकालको कारणले गर्दा सहकाललाई सम्झनेछैन किनकि यो अति नै भयानक हुनेछ ।
35सहरहरूमा खानाका लागि तिनीहरूले आउँदै गरेका यी असल वर्षहरूका सबै अनाज जम्मा गरून् । तिनीहरूले यसको सञ्चय गर्नुपर्छ ।
36मिश्रमा आउने सात वर्षको अनिकालको अवधिमा यी अनाज वितरण गरिनुपर्छ । यसरी अनिकालद्वारा देश सखाप हुनेछैन ।”
37फारो र तिनका सबै कामदारको दृष्टिमा यो सल्लाह राम्रो थियो ।
46मिश्रका राष्ट्रप्रमुख फारोको सामु उभिँदा योसेफ तिस वर्षका थिए । योसेफ फारोको उपस्थितिबाट गई सारा मिश्र देशभरि चाहार्थे ।
47सहकालका सात वर्षमा जमिनले प्रचुर मात्रामा उब्जनी गर्यो ।
48तिनले सात वर्षमा मिश्र देशका सबै अनाज सङ्कलन गरी त्यसलाई सहरहरूमा राखे । तिनले हरेक सहरमा वरिपरिका खेतहरूबाट अनाज थन्क्याएर राखे ।
49योसेफले अन्नको भण्डारण समुद्रको बालुवासरह गरे । अन्न यति धेरै थियो कि तिनले हिसाब राख्नै छाडिदिए ।
1¶ देशमा अति भयानक अनिकाल परेको थियो ।
13घोर अनिकालको कारण पुरै देशमा कुनै खानेकुरा थिएन । अनिकालद्वारा मिश्र र कनान दुवै देश कमजोर भए ।
14मिश्र र कनान देशका बासिन्दाहरूलाई बेचेका अन्नबाट प्राप्त सबै रुपियाँ योसेफले जम्मा गरे । त्यसपछि योसेफले त्यो रुपियाँ फारोको महलमा ल्याए ।
15जब मिश्र र कनानमा भएका सबै आफ्ना रुपियाँ-पैसा खर्च भयो, सबै मिश्रीहरू यसो भन्दै योसेफकहाँ आए, “हामीलाई अन्न दिनुहोस् । हाम्रो रुपियाँ-पैसा सकिएको कारण तपाईंका आँखाको सामुन्ने हामी किन मरौँ?”
6यी दुई वर्ष यो देशमा अनिकाल परिसकेको छ, र अझै पाँच वर्ष न हलो जोतिनेछ न कटनी गरिनेछ ।
11त्यस बेला सारा मिश्र र कनानभरि अनिकाल पर्यो र ठुलो सङ्कष्ट आइपर्यो । परिणाम स्वरूप हाम्रा पुर्खाहरूले कुनै खाना पाएनन् ।
1¶ दुई वर्षको अन्त्यमा फारोले एउटा सपना देखे । तिनी नील नदीको किनारमा उभिए ।
18त्यो साल बितेपछि अर्को साल आएर तिनीहरूले योसेफलाई भने, “हामी हाम्रा मालिकदेखि केही कुरा पनि लुकाउँदैनौँ कि हाम्रा रुपियाँ-पैसा सबै सकिए र गाईबस्तुका बथान पनि सबै मालिककै भएका छन् । अब हजुरको आँखाको सामुन्ने हामीसँग हाम्रै जिउ र जग्गाजमिनबाहेक अरू केही छैन ।
20यसरी योसेफले मिश्रका सबै जग्गाजमिन फारोको निम्ति किने । अनिकाल धेरै भएको हुनाले हरेक मिश्रीले आफ्ना जग्गाजमिन बेच्यो । यसरी जग्गाजमिन फारोको भयो ।
52तिनले दोस्रो छोरोको नाउँ एफ्राइम राखे किनकि तिनले भने, “परमेश्वरले मेरो कष्टलको देशमा मेरो फलिफाप गराउनुभएको छ ।”
41फारोले योसेफलाई भने, “हेर, मैले तिमीलाई मिश्र देशभरिको अधिकारी तुल्याएको छु ।”
11म त्यहाँ तपाईंको बन्दोवस्त गर्नेछु किनकि अनिकालका पाँच वर्ष अझै बाँकी छन्, नत्रता तपाईं, तपाईंको घराना र तपाईंसित भएका सबै दरिद्रतामा जानेछन्' ।”
7सेप्रा बालाहरूले ती सातवटा भरिला र असल बालालाई खाइदिए । फारो ब्युँझे, र यो त सपना पो रहेछ भनी तिनलाई थाहा भयो ।