उत्पत्ति 46:34

अनलक शाब्दिक बाइबल

तब तपाईंहरूले यसो भन्‍नुपर्छ, ‘हजुरका दासहरू हामी बाबु-छोराहरू हाम्रा युवावस्थादेखि अहिलेसम्‍म गाईबस्‍तु पाल्‍दै आएका छौँ ।’ तपाईंहरूले यसो गर्नुभयो भने तपाईंहरूले गोशेनमा बसोबास गर्न पाउनुहुनेछ, किनभने हरेक गोठालोचाहिँ मिश्रीहरूको लागि घृणाको पात्र हो ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 43:32 : 32 नोकरहरूले योसेफको लागि छुट्टै र तिनका दाजुहरूका लागि छुट्टै खाना पस्के । मिश्रीहरूले छुट्टै खाना खाए किनकि तिनीहरूले हिब्रूहरूसित खान सक्दैनथे। त्यसो गर्नु मिश्रीहरूका लागि अत्यन्तै घृणित कुरो थियो ।
  • निर्ग 8:26 : 26 मोशाले भने, “हामीलाई त्यसो गर्न ठिक हुँदैन किनकि हामीले परमप्रभु हाम्रा परमेश्‍वरलाई चढाउने बलिदान मिश्रीहरूको भन्दा बेग्लै हुनेछ । हामीले मिश्रीहरूलाई घिनलाग्‍ने बलि तिनीहरूकै आँखाको सामुन्‍ने चढायौँ भने के तिनीहरूले हामीमाथि ढुङ्गा बर्साउँदैनन् र?
  • उत्प 37:12 : 12 उनका दाजुहरू आफ्ना बुबाका भेडाबाख्राहरूका बगाललाई चराउन शकेममा गएका थिए ।
  • उत्प 46:32 : 32 उनीहरू सबै गाईबस्‍तु पाल्‍ने भएकाले गोठाला हुन्‌ । उनीहरूले आफ्‍ना सबै बगाल, बथान, र उनीहरूसँग भएका सबै थोक लिएर आएका छन्‌ ।’
  • उत्प 45:10 : 10 तपाईं गोशेन प्रदेशमा बस्‍नुहुनेछ, र तपाईं, तपाईंका छोराछोरीहरू, तपाईंका नातिनातिनाहरू, तपाईंका बगालहरू, तपाईंका बथानहरू र तपाईंसित भएका सबै मेरो नजिकै हुनुहुनेछ ।
  • उत्प 30:35 : 35 त्यस दिन लाबानले थोप्ले र पेटारे बाख्राहरू अनि सेतो दाग भएका सबै थोप्ले र पेटारे बाख्रीहरू अनि थुमाहरूका बिचमा भएका सबै काला थुमाहरू छुट्‌ट्याए र ती आफ्ना छोराहरूलाई दिए ।
  • उत्प 34:5 : 5 अब याकूबले आफ्नी छोरी दीनालाई शकेमले अशुद्ध पारेको कुरा सुने । तिनका छोराहरू खेतमा गाईबस्तु चराउन गएका थिए । त्यसैले तिनीहरू नफर्कुञ्‍जेल याकूब चुप लागेर बसे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 46:31-33
    3 पदहरू
    88%

    31योसेफले आफ्‍ना दाजुभाइहरू र आफ्‍ना बुबाका परिवारहरूलाई भने, “अब म गएर फारोलाई यसो भनेर खबर दिनेछु, ‘कनान देशका मेरा दाजुभाइहरू र मेरा बुबाका घरानाहरू मकहाँ आएका छन्‌ ।

    32उनीहरू सबै गाईबस्‍तु पाल्‍ने भएकाले गोठाला हुन्‌ । उनीहरूले आफ्‍ना सबै बगाल, बथान, र उनीहरूसँग भएका सबै थोक लिएर आएका छन्‌ ।’

    33जब फारोले तपाईंहरूलाई बोलाएर ‘तिमीहरूका कामधन्‍दा के हो?’ भनी सोध्‍छन्,

  • उत्प 47:3-7
    5 पदहरू
    85%

    3फारोले तिनका दाजुभाइहरूलाई सोधे, “तिमीहरूको कामधन्‍धा के हो?” उनीहरूले फारोलाई भने, “हामी हजुरका दासहरू हाम्रा पिता-पुर्खादेखि नै गोठाला हौँ ।”

    4त्यसपछि उनीहरूले फारोलाई भने, “हामी यस देशमा अस्थायी बसोबास गर्न आएका छौँ । कनान देशमा घोर अनिकाल परेको हुनाले हजुरका दासहरूका बगालहरूको निम्ति चरन छैन । त्यसैले अब बिन्‍ती छ, हामी हजूरका दासहरूलाई गोशेन प्रदेशमा बसोबास गर्ने अनुमति दिनुहोस् ।”

    5त्यसपछि फारोले योसेफलाई भने, “तिम्रा बुबा र तिम्रा दाजुभाइहरू तिमीकहाँ आएका छन्‌ ।

    6मिश्रदेश तिम्रै अगि छ । देशको सबैभन्‍दा असल ठाउँ गोशेन प्रदेशमा नै तिम्रा बुबा र तिम्रा दाजुभाइहरूलाई बस्‍ने बन्दोबस्त गर । उनीहरूमध्‍ये सक्षम मानिसहरूलाई गाईबस्‍तुहरूको जिम्मा देऊ ।”

    7तब योसेफले आफ्‍ना बुबा याकूबलाई पनि फारोकहाँ हाजिर गराए । याकूबले फारोलाई आशीर्वाद दिए ।

  • उत्प 45:17-18
    2 पदहरू
    74%

    17फारोले योसेफलाई भने, “तिम्रा दाजुहरूलाई यसो गर्न भन, 'आ-आफ्ना पशुहरू लदाएर कनान देशमा जाओ ।

    18तिमीहरूका पिता र घरानाहरूलाई लिएर मकहाँ आओ । म तिमीहरूलाई मिश्रको असल ठाउँ दिनेछु, र तिमीहरूले यस देशका स्वादिष्‍ट मासु खानेछौ ।

  • 1¶ तब भित्र गएर योसेफले फारोलाई भने, “मेरा बुबा र दाजुभाइहरू, उनका बगाल र बथानहरू र उनीहरूका सबै थोक लिएर कनानबाट आएका छन्‌ । हेर्नुहोस्, अहिले उनीहरू गोशेन प्रदेशमा छन्‌ ।”

  • 10तपाईं गोशेन प्रदेशमा बस्‍नुहुनेछ, र तपाईं, तपाईंका छोराछोरीहरू, तपाईंका नातिनातिनाहरू, तपाईंका बगालहरू, तपाईंका बथानहरू र तपाईंसित भएका सबै मेरो नजिकै हुनुहुनेछ ।

  • 19तिनीहरूले भने, “एक जना मिश्रीले हामीलाई गोठालाहरूबाट छुटकारा दिए । तिनले हाम्रो निम्ति पानी तान्‍नुका साथै भेडा-बाख्राहरूलाई पनि पानी खुवाइदिए ।”

  • 7तिनीहरूले त्यसलाई भने, “किन मेरा मालिकले यस्ता कुराहरू गर्नुहुन्छ? तपाईंका दासहरूले कहिल्यै यस्तो कुरा गर्न सक्दैनन् ।

  • 32नोकरहरूले योसेफको लागि छुट्टै र तिनका दाजुहरूका लागि छुट्टै खाना पस्के । मिश्रीहरूले छुट्टै खाना खाए किनकि तिनीहरूले हिब्रूहरूसित खान सक्दैनथे। त्यसो गर्नु मिश्रीहरूका लागि अत्यन्तै घृणित कुरो थियो ।

  • निर्ग 8:25-26
    2 पदहरू
    71%

    25फारोले मोशा र हारूनलाई बोलाउन पठाए र भने, “हाम्रो आफ्नै देशमा गएर तिमीहरूका परमेश्‍वरलाई बलिदान चढाउन जाओ ।”

    26मोशाले भने, “हामीलाई त्यसो गर्न ठिक हुँदैन किनकि हामीले परमप्रभु हाम्रा परमेश्‍वरलाई चढाउने बलिदान मिश्रीहरूको भन्दा बेग्लै हुनेछ । हामीले मिश्रीहरूलाई घिनलाग्‍ने बलि तिनीहरूकै आँखाको सामुन्‍ने चढायौँ भने के तिनीहरूले हामीमाथि ढुङ्गा बर्साउँदैनन् र?

  • उत्प 47:16-19
    4 पदहरू
    70%

    16योसेफले तिनीहरूलाई भने, “यदि तिमीहरूका रुपियाँ-पैसा सिद्धिए भने गाईबस्‍तु ल्‍याओ र तिमीहरूका गाईबस्‍तुका सट्टामा म तिमीहरूलाई अन्‍न दिनेछु ।”

    17यसकारण तिनीहरूले आफ्‍ना गाईबस्‍तुहरू योसेफकहाँ ल्‍याए । योसेफले तिनीहरूका घोडा, भेडाबाख्रा, गाईबस्‍तु, गधाका सट्टामा तिनीहरूलाई खानेकुरा दिए । त्‍यस साल गाईबस्‍तुका सट्टामा तिनीहरूलाई तिनले अन्‍न खुवाए ।

    18त्‍यो साल बितेपछि अर्को साल आएर तिनीहरूले योसेफलाई भने, “हामी हाम्रा मालिकदेखि केही कुरा पनि लुकाउँदैनौँ कि हाम्रा रुपियाँ-पैसा सबै सकिए र गाईबस्‍तुका बथान पनि सबै मालिककै भएका छन् । अब हजुरको आँखाको सामुन्‍ने हामीसँग हाम्रै जिउ र जग्‍गाजमिनबाहेक अरू केही छैन ।

    19हामी र हाम्रा जमिन हजूरका आँखाको सामुन्‍ने किन नष्‍ट हुने? अन्‍नको साटोमा हामी र हाम्रो जमिनलाई किन्‍नुहोस्, र हामी आफ्‍ना जग्‍गाजमिनसमेत फारोका कमारा-कमारी हुनेछौँ । हामीलाई बिउ दिनुहोस्, ताकि हामी जीवित हुन सकौँ र हाम्रा जग्‍गाजमिन पनि उजाड नहोऊन् ।”

  • 8योसेफका परिवारका सबै र तिनका दाजुभाइहरू र तिनका बुबाका परिवारका सबै गए । तर तिनीहरूका बालबच्‍चा, तिनीहरूका बगाल र बथानहरू गोशेन प्रदेशमा नै छोडिए ।

  • 24फारोले मोशालाई बोलाउन पठाए र भने, “गएर परमप्रभुको आराधना गर । तिमीहरूका परिवारहरू पनि तिमीहरूसँगै जान सक्‍नेछन्, तर तिमीहरूका गाईवस्तु र भेडा-बाख्राहरूलाई भने यहीँ छाड ।”

  • 20तिमीहरूका धन-सम्पत्तिको बारेमा चिन्ता नमान किनकि मिश्र देशका सबै असल-असल थोकहरू तिमीहरूकै हुन्' ।”

  • 15हाम्रा पुर्खाहरू मिश्रमा गए र मिश्रमा नै लामो समयसम्म बसेको तपाईंलाई थाहा छ । मिश्रीहरूले हामी र हाम्रा पुर्खाहरूलाई रुखो व्यवहार गरे ।

  • 12उनका दाजुहरू आफ्ना बुबाका भेडाबाख्राहरूका बगाललाई चराउन शकेममा गएका थिए ।

  • 21तिनीहरूले मोशा र हारूनलाई भने, “परमप्रभुले तपाईंहरूलाई हेरी दण्ड दिनुभएको होस् किनकि तपाईंहरूले हामीलाई फारो र उहाँका दासहरूको दृष्‍टिमा तिरस्कृत तुल्याउनुभएको छ । हामीलाई मार्न तपाईंहरूले तिनीहरूका हातमा तरवार थमाइदिनुभएको छ ।”

  • 4यी ठाउँहरूलाई परमप्रभुले इस्राएलका समुदायको सामु आक्रमण गर्नुभयो र तिनीहरू गाईवस्‍तुहरूका निम्ति राम्रा ठाउँहरू छन् । हामी तपाईंका दासहरूका गाईवस्‍तुहरू धेरै छन् ।”

  • 6मिश्रीहरूले हामीलाई निष्‍ठुरतापूर्वक व्यवहार गरी हामीलाई दुःख दिए । तिनीहरूले हामीलाई कमाराहरूले गर्ने काम गर्न लगाए ।

  • 25तिनीहरूले भने, “हजूरले हाम्रो प्राण बचाइदिनुभएको छ । हजुरको निगाह हामीमाथि रहोस्‌ । हामी फारोका कमारा हुनेछौँ ।”

  • 23के तिनीहरूका सबै गाईबस्तु र सम्पत्ति अर्थात् जनावरहरू हाम्रा हुनेछैनन् र? त्यसैले तिनीहरूसित सहमत होऔँ र तिनीहरू हामीसित बसून् ।”

  • 7तिमीहरूले कुनै एदोमीलाई तिरस्कार नगर्नू । कुनै मिश्रीलाई घृणा नगर्नू किनकि तिमीहरू त्यसको देशमा परदेशी थियौ ।

  • 6तिनीहरूले आफ्‍ना गाईबस्‍तु र कनान देशमा जम्‍मा गरेका मालसामानहरूसँगै लगे । याकूब र तिनका जम्‍मै सन्तान मिश्रमा गए ।

  • 18तिनीहरूले तेरो कुरा सुन्‍नेछन् । तँ र इस्राएलका धर्म-गुरुहरू मिश्रका राजाकहाँ गई त्यसलाई यसो भन्‍नू, 'हिब्रूहरूका परमप्रभुले हामीलाई भेट्नुभएको छ । अब हामी तिन दिनको यात्रा गरी उजाड-स्थानमा जाऔँ ताकि हाम्रा परमप्रभु परमेश्‍वरलाई हामीले बलिदान चढाउन सकौँ ।'

  • 13याकूबले तिनलाई भने, “मेरा मालिकलाई थाहै छ, कि यी केटाकेटीहरू सानै छन् र यी गाईबस्तुहरूले दुध चुसाउँदै छन् । तिनीहरूलाई एकै दिन मात्र बेसरी धपाइयो भने ती सबै मर्नेछन् ।

  • 32तिमीहरूले भनेजस्तै तिमीहरूका गाईवस्तु र भेडा-बाख्राहरू लिएर जाओ र मलाई पनि आशिष् देओ ।”

  • 26हाम्रा गाईवस्तु पनि हामीसितै जानुपर्छ । तिनीहरूका खुर पनि छोडिनुहुँदैन किनकि हाम्रा परमप्रभु परमेश्‍वरको आराधना गर्न हामीले तिनलाई लैजानैपर्छ । किनकि हामी त्यहाँ नपुगेसम्म हामीले परमप्रभुलाई के-के चढाएर आराधना गर्ने भनी हामीलाई थाहा हुँदैन ।”

  • 16हामी मिश्रमा कसरी बस्यौँ र जाति-जातिहरूका बिचबाट हामी कसरी आयौँ भनी तिमीहरू जान्दछौ ।

  • 4परमप्रभुले इस्राएलका गाईवस्तु र मिश्रका गाईवस्तु छुट्‌ट्याउनेहुनेछ र इस्राएलीहरूको कुनै पनि गाईवस्तु मर्नेछैन ।

  • 7फारोका अधिकारीहरूले तिनलाई भने, “कहिलेसम्म यो मानिसले हामीलाई धम्की दिने? तिनीहरूका परमप्रभु परमेश्‍वरलाई आराधना गर्न इस्राएलीहरूलाई जान दिनुहोस् । मिश्र नष्‍ट भएको के हजुरले देख्‍नुभएको छैन र?”

  • 28गोशेनमा तिनलाई भेट्‌न आइदेऊन् भनी याकूबले यहूदालाई योसेफकहाँ खबर दिन आफ्‍नो अगि पठाए ।

  • 19नील नदीबाट अरू सातवटा कमजोर, नसप्रेका र दुब्ला-दुब्ला गाई निस्केर आए । मैले पुरै मिश्रभरि तीजस्ता नसप्रेका गाईहरू कहिल्यै देखेको छैनँ ।

  • 18तिनका दाजुहरू पनि आएर तिनका सामुन्‍ने घोप्‍टो परे । तिनीहरूले भने, “हेर्नुहोस्, हामी तपाईंका दास हौँ ।”