उत्पत्ति 5:8
शेत ९१२ वर्ष बाँचे र तिनी मरे ।
शेत ९१२ वर्ष बाँचे र तिनी मरे ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
3आदम १३० वर्षको हुँदा तिनी आफ्नै स्वरूपमा जन्मेका छोरोको बुबा भए, र तिनले उनको नाउँ शेत राखे ।
4आदम शेतको बुबा भएपछि, तिनी आठ सय वर्ष बाँचे । तिनी अझ अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
5आदम ९३० वर्ष बाँचे अनि तिनी मरे ।
6शेत १०५ वर्षको हुँदा तिनी एनोशको बुबा भए ।
7तिनी एनोशको बुबा भएपछि, तिनी ८०७ वर्ष बाँचे र अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
9एनोश ९० वर्षको हुँदा, तिनी केनानका बुबा भए ।
10तिनी केनानको बुबा भएपछि, एनोश ८१५ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
11एनोश ९०५ वर्ष बाँचे र तिनी मरे ।
12केनान ७० वर्षको हुँदा, तिनी महलालेलको बुबा भए ।
13तिनी महलालेलका बुबा भएपछि, केनान ८४० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
14केनान ९१० वर्ष बाँचे र तिनी मरे ।
15महलालेल ६५ वर्षको हुँदा, तिनी येरेदको बुबा भए ।
16तिनी येरेदका बुबा भएपछि, तिनी ८३० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
17महलालेल ८९५ वर्ष बाँचे र तिनी मरे ।
18येरेद १६२ वर्षको हुँदा, तिनी हनोकका बुबा भए ।
19तिनी हनोकको बुबा भएपछि येरेद ८०० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
20येरेद ९६२ बाँचे र तिनी मरे ।
21हनोक ६५ वर्षको हुँदा, तिनी मतूशेलहको बुबा भए ।
22हनोक मतूशेलहको बुबा भएपछि तिनी ३०० वर्षसम्म परमेश्वरसँगै हिँडे ।
23तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
25मतूशेलह १८७ वर्षको हुँदा, तिनी लेमेकको बुबा भए ।
26तिनी लेमेकको बुबा भएपछि, मतूशेलह ७८२ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
27मतूशेलह ९६९ वर्ष बाँचे अनि तिनी मरे ।
28लेमेक १८२ वर्षको हुँदा, तिनी एउटा छोरोको बुबा भए ।
29नोआको जम्मा उमेर नौ सय पचास वर्ष भयो, अनि तिनी मरे
30लेमेक नोआको बुबा भएपछि ५९५ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
31लेमेक ७७७ वर्ष बाँचे, अनि तिनी मरे ।
32नोआ ५०० वर्ष बाँचेपछि, तिनी शेम, हाम र येपेतका बुबा भए ।
25आदमले तिनको पत्नीसँग फेरि सहवास गरे र तिनले अर्को छोरा जन्माइन् । तिनले त्यसको नाउँ शेत राखिन् र भनिन्, “कयिनले मारेका हाबिलको सट्टामा परमेश्वरले मलाई अर्को छोरा दिनुभएको छ ।”
26शेतको एउटा छोरा भयो तिनले तिनको नाउँ एनोश राखे । त्यस बेलादेखि मानसिहरूले परमेश्वरको नाउँ पुकार्न सुरु गरे ।
32तेरह २०५ वर्ष बाँचे र तिनी हारानमा नै मरे ।
1¶ आदम, शेत, एनोश,
16एबेर तीस वर्षको हुँदा तिनी पेलेगका पिता बने ।
17पेलेगका पिता भएपछि एबेर ४३० वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए ।
28इसहाक एक सय असी वर्षसम्म बाँचे ।