उत्पत्ति 9:29

अनलक शाब्दिक बाइबल

नोआको जम्मा उमेर नौ सय पचास वर्ष भयो, अनि तिनी मरे

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 5:5 : 5 आदम ९३० वर्ष बाँचे अनि तिनी मरे ।
  • उत्प 5:20 : 20 येरेद ९६२ बाँचे र तिनी मरे ।
  • उत्प 5:27 : 27 मतूशेलह ९६९ वर्ष बाँचे अनि तिनी मरे ।
  • उत्प 5:32 : 32 नोआ ५०० वर्ष बाँचेपछि, तिनी शेम, हाम र येपेतका बुबा भए ।
  • उत्प 11:11-25 : 11 शेम अर्पक्षेदका पिता भएपछि तिनी पाँच सय वर्षसम्म बाँचे । तिनका अरू छोराहरू र छोरीहरू पनि भए । 12 अर्पक्षद पैँतीस वर्षको हुँदा तिनी शेलहका पिता बने । 13 अर्पक्षद शेलहका पिता भएपछो तिनी ४०३ वर्ष बाँचे । तिनका अरू छोराहरू र छोरीहरू पनि भए । 14 शेलह तीस वर्षका हुँदा तिनी एबेरला पिता बने । 15 शेलह एबेरका पिता भएपछि तिनी ४०३ वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए । 16 एबेर तीस वर्षको हुँदा तिनी पेलेगका पिता बने । 17 पेलेगका पिता भएपछि एबेर ४३० वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए । 18 पेलेग तीस वर्षको हुँदा तिनी रऊका पिता बने । 19 रऊका पिता भएपछि पेलेग २०९ वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए । 20 रऊ बत्तीस वर्षको हुँदा तिनी सरूगका पिता भए । 21 सरूगका पिता भएपछि रऊ २०७ वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए । 22 सरूग तीस वर्षको हुँदा तिनी नाहोरका पिता बने । 23 नाहोरका पिता भएपछि सरूग दुई सय वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए । 24 नाहोर उनन्तीस वर्षको हुँदा तिनी तेरहका पिता बने । 25 तेरहको पिता बनेपछि नाहोर ११९ वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए ।
  • भजन 90:10 : 10 हाम्रा आयु सत्तरी वर्ष वा हामी स्वस्थ्य छौं भने असी वर्ष हुन्छ । तर हाम्रा उत्तम वर्षहरू पनि कष्‍ट र पीडाले पूर्ण छन् । हो, ती चाँडै बितिजन्‍छन् र हामी उडिजान्छौं ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 28जलप्रलयपछि नोआ तिन सय पचास वर्ष बाँचे ।

  • उत्प 5:27-32
    6 पदहरू
    82%

    27मतूशेलह ९६९ वर्ष बाँचे अनि तिनी मरे ।

    28लेमेक १८२ वर्षको हुँदा, तिनी एउटा छोरोको बुबा भए ।

    29तिनले उनलाई यसो भन्दै नोआ नाउँ राखे, “यसले हामीलाई हाम्रा काम र हाम्रा हातका पिडादायी श्रमबाट विश्राम दिनेछ, जुन परमप्रभुले जमिनलाई सराप दिनुभएको कारण हामीले गर्नैपर्छ ।”

    30लेमेक नोआको बुबा भएपछि ५९५ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।

    31लेमेक ७७७ वर्ष बाँचे, अनि तिनी मरे ।

    32नोआ ५०० वर्ष बाँचेपछि, तिनी शेम, हाम र येपेतका बुबा भए ।

  • उत्प 5:17-20
    4 पदहरू
    81%

    17महलालेल ८९५ वर्ष बाँचे र तिनी मरे ।

    18येरेद १६२ वर्षको हुँदा, तिनी हनोकका बुबा भए ।

    19तिनी हनोकको बुबा भएपछि येरेद ८०० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।

    20येरेद ९६२ बाँचे र तिनी मरे ।

  • उत्प 5:4-5
    2 पदहरू
    80%

    4आदम शेतको बुबा भएपछि, तिनी आठ सय वर्ष बाँचे । तिनी अझ अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।

    5आदम ९३० वर्ष बाँचे अनि तिनी मरे ।

  • उत्प 5:8-9
    2 पदहरू
    78%

    8शेत ९१२ वर्ष बाँचे र तिनी मरे ।

    9एनोश ९० वर्षको हुँदा, तिनी केनानका बुबा भए ।

  • उत्प 7:5-6
    2 पदहरू
    77%

    5परमप्रभुले आज्ञा गर्नुभएझैँ नोआले सबै गरे ।

    6पृथ्वीमा जलप्रलय हुँदा नोआ छ सय वर्षका थिए ।

  • 11एनोश ९०५ वर्ष बाँचे र तिनी मरे ।

  • उत्प 7:21-24
    4 पदहरू
    75%

    21पक्षीहरू, पालिने पशुहरू, जङ्गली जनावरहरू, जमिनमा ठुलो सङ्ख्यामा बसोबास गर्ने सबै प्राणी र सबै मानव-जाति जो पृथ्वीमा चलहल गर्थे, ती सबै मरे ।

    22जमिनमा बस्‍ने सबै जीवित प्राणी जसले आ-आफ्ना नाकबाट जीवनको सास फेर्थे, ती सबै मरे ।

    23यसरी, मानव-जातिदेखि ठुला जनावरहरू र घस्रने जन्तुसम्म पृथ्वीको सतहमा भएको हरेक प्राणीसाथै आकाशका चराचुरुङ्गीहरू मासिए । तिनीहरू सबै नै पृथ्वीबाट नष्‍ट गरिए । नोआ र तिनीसित जहाजमा हुनेहरू मात्र बाँचे ।

    24एक सय पचास दिनसम्म पृथ्वीमा पानी घटेन ।

  • 14केनान ९१० वर्ष बाँचे र तिनी मरे ।

  • 23तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।

  • 12चालिस दिन र चालिस रातसम्म पृथ्वीमा पानी परिरह्‍यो ।

  • 9यिनीहरू नोआ बारेका घटनाहरू थिए । नोआ तिनका समयमा मानिसहरूमा धर्मी र दोषरहित मानिस थिए । नोआ परमेश्‍वरसँग हिँडे ।

  • 8त्यसपछि परमेश्‍वरले नोआ र तिनका छोराहरूलाई यसो भन्‍नुभयो,

  • 15परमेश्‍वरले नोआलाई भन्‍नुभयो,

  • 10सात दिनपछि पृथ्वीमा जलप्रलयको पानी पर्न लाग्यो ।

  • 1¶ त्यसपछि परमेश्‍वरले नोआ र तिनका छोराहरूलाई आशिष् दिनुभयो र भन्‍नुभयो, “फल्‍दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ ।

  • 32तेरह २०५ वर्ष बाँचे र तिनी हारानमा नै मरे ।

  • 6चालिस दिनपछि नोआले आफूले बनाएको जहाजको झ्याल खोले ।

  • 17तब पुरा बुढेसकालमा दीर्घायू भएर अय्यूब मरे ।