हबक्कूक 2:13
के सेनाहरूका परमप्रभुले यो भन्नुभएको छैन र, जातिहरू आगोको निम्ति परिश्रम गर्दछन् र अरू सबै जातिहरू व्यर्थमा थकित हुन्छन्?
के सेनाहरूका परमप्रभुले यो भन्नुभएको छैन र, जातिहरू आगोको निम्ति परिश्रम गर्दछन् र अरू सबै जातिहरू व्यर्थमा थकित हुन्छन्?
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
14तिमीहरूले भनेका छौ, ‘परमेश्वरको सेवा गर्नु व्यर्थ छ । हामीले उहाँले भनेअनुसार गरेर वा सेनाहरूहरूका परमप्रभुको अगि विलाप गर्दै हिँडेर हामीलाई के लाभ?
58सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छः बेबिलोनका चौडा पर्खालहरू पूर्ण रूपमा भत्काइनेछन्, र त्यसका अग्ला-अग्ला मूल ढोकाहरू जलाइनेछन् । तब त्यसलाई सहयोग गर्न आउने मानिसहरूले व्यर्थैमा परिश्रम गर्नेछन् । जातिहरूले त्यसको लागि गर्न खोज्ने हरेक कुरो जलाइनेछ ।”
5यसैकारण सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: आफ्ना मार्गहरूमाथि ध्यान देओ!
6तिमीहरूले प्रशस्त बीऊ छरेका छौ, तर फसल भने थोरै मात्र ल्याउँछौ, तिमीहरू खान्छौ तर तिमीहरूसँग पर्याप्त छैन । तिमीहरू पिउँछौ, तर प्रशस्त मद्य तिमीहरूसँग छैन । तिमीहरू लुगा लगाउँछौ तर आफैँलाई तातो राख्न सक्दैनौ, र ज्यालादारीमा काम गर्नेहरूले पैसा कमाउँछन् तर तिनीहरूले ती प्वालहरू भएका झोलामा राख्दछन् ।”
7सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: “आफ्ना मार्गहरूमाथि ध्यान देओ ।
8माथि पर्वतमा जाओ, काठहरू ल्याओ, र मेरो भवन बनाओ, अनि म त्यसमा आनन्द मनाउनेछु, र म महिमित हुनेछु - परमप्रभु भन्नुहुन्छ ।”
9“तिमीहरूले धेरै कुराको खोजी गर्यौ, तर हेर! तिमीहरूले घरमा थोरै कुरा ल्यायौ, कनभने मैले ती उडाइदिएँ । किन?” सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ । “किनभने मेरो भवन भग्नावशेषको बिचमा छ, तर तिमीहरू हरेक भने आफ्नै घर बनाउन लागिपरेका छौ ।
12‘धिक्कार त्यसलाई जसले रगतले शहर बनाउँछ, र जसले अधर्ममा नगर स्थापना गर्दछ ।’
15ती बेकम्मा छन्, गिल्ला गर्नेहरूको काम हुन् । तिनीहरूको दण्डको समयमा तिनीहरू नष्ट हुनेछन् ।
4तर मैले जवाफ दिएँ, “मैले व्यार्थमा परिश्रम गरेको छु, मैले बेकाममा मेरो शक्ति खर्च गरेको छु भनी सोचें, तापनि मेरो न्याय परमप्रभुसित नै छ र मेरो इनाम मेरो परमेश्वरसँग छ ।”
18ती बेकम्मा छन् । ती गिल्ला गर्नेहरूका काम हुन् । तिनीहरूको दण्डको समयमा ती नष्ट हुनेछन् ।
17तिमीहरूले आफ्ना बोलीले परमप्रभुलाई थकित तुल्याका छौ । तर तिमीहरू भन्छौ, “हामीले उहाँलाई कसरी थकित तुल्याएका छौँ?” यसो भनेर, “दुष्ट काम गर्ने सबै परमप्रभुको दृष्टिमा असल छ, र उहाँ तिनीहरूमा खुशी हुनुहुन्छ,” वा “न्यायका परमेश्वर कहाँ हुनुहुन्छ?”
9सर्वशक्तिमान् परमप्रभुले मलाई भन्नुभयो, धेरै वटा घर, ठुला र भव्य महलसमेत रित्ता हुनेछन्, त्यसमा बस्ने कोही हुनेछैन् ।
11के कुनै जातिले आफ्ना देवताहरू साटेका छन्? यद्यपि ती देवताहरू नै थिएनन् । तर जुन कुराले मेरो जातिलाई मदत गर्न सक्दैन, तिनै कुरासित तिनीहरूले आफ्नो महिमालाई साटेका छन् ।
12यही कारणले गर्दा हे आकाशमण्डल, थरथर हो, चकित हो र डरले काँप, यो परमप्रभुको घोषणा हो ।
14हेर, ती परालको झ्यासझैं हुनेछन् । आगोले तिनलाई जलाउनेछ । ज्वालाको हातबाट तिनीहरूले आफूलाई बचाउनेछैनन् । तिनीहरूलाई न्यानो पर्न कुनै भुङ्ग्रो छैन र तिनीहरूले आगो ताप्नलाई आगो छैन!
13तिनीहरूका धन-सम्पत्ति लुटिनेछन्, र तिनीहरूका घरहरू त्यागिएर नाश हुनेछन् । तिनीहरूले घर बनाउनेछन् तर त्यहाँ बस्नेछैनन् र दाखबारीहरू लगाउनेछन् तर त्यसको मB पिउनेछैनन् ।
1¶ परमप्रभुले नै घर बनाउनुभएन भने, त्यसलाई बनाउनेहरूले व्यर्थमा काम गर्छन् । परमप्रभुले नै सहरको रक्षा गर्नुभएन भने, रक्षकले व्यर्थमा रक्षा गर्छ ।
1¶ इस्राएलको विषयमा परमप्रभु यस्तो घोषणा गर्नुहुन्छ, जसले आकाश बनाउनुभयो र पृथ्वीको जग बसाल्नुभयो, जसले मानिसको आत्मालाई त्यसभित्र रच्नुभयो,
12वास्तवमा, तेरो सेवा नगर्ने जातिहरू र राज्यहरू नाश हुनेछन् । ती जातिहरू पुर्ण रूपमा नष्ट पारिनेछ ।
14इस्राएलले आफ्ना सृष्टिकर्ता, मलाई बिर्सेको छ, र दरबारहरू बनाएका छ । यहूदाले धेरै सहरहरूलाई किल्लाबन्दी गरेको छ, तर त्यसका सहरहरूमा म आगो पठाउनेछु, र त्यसले उसका किल्लाहरू भष्म पार्नेछ ।
5हेर्, त्यो सिङ्गै हुँदा पनि केही कामको बन्न सकेन । निश्चय पनि आगोले भस्म भएपछि, अझै पनि त्यसबाट केही कामको कुरा बन्दैन ।
28उहाँको सास जातिहरूलाई विनाशको नाङ्लोले निफन्न घाँटीसम्म नै आउने उर्लंदो जलाधारजस्तै छ । उहाँको सास मानिसहरूलाई भर्माउन लगाउने मानिसहरूको बङ्गरामा लगाइएको लगामजस्तो छ ।
1¶ हेर्, परमप्रभुले पृथ्वीलाई रित्तो बनाउन, यसलाई विनाश पार्न, यसको सतहलाई बिगार्न र यसका बासिन्दाहरूलाई तितरबितर पार्न लाग्नुभएको छ ।
6मानिसहरूसँग झूटा दर्शनहरू छन् र तिनीहरू झुटा भविष्यवाणी गर्छन् । तिनीहरू यसो भन्छन्, “परमप्रभुको घोषणा यस्तो-यस्तो छ ।” परमप्रभुले तिनीहरूलाई पठाउनुभएको होइन । तापनि आफ्ना सन्देश पुरा हुनेछन् भनी तिनीहरूले मानिसहरूलाई आशा गर्ने बनाएका छन् ।
11हेर्, आगो बाल्ने र आफैलाई राँकोले सुसज्जित पार्ने तिमीहरू सबै जनाः आफ्नो आगोको उज्यालोमा र आफूले बालेका राँकोमा हिंड । तिमीहरूले मबाट यही कुरा पाएका छौः तिमीहरू पीडाको ठाउँमा ढल्किनेछौ ।
8यसकारण परमप्रभुको क्रोध यहूदा र यरूशलेममाथि परेको थियो, र उहाँले तिनीहरूलाई डर, आतङ्क र घृणाका पात्र बनाउनुभएको छ, जस्तो तिमीहरूका आफ्नै आँखाले तिमीहरू देख्न सक्छौ ।
9कामदारले आफ्नो परिश्रमबाट के लाभ पाउँछ र?
6निश्चय नै हरेक मानिस छाया झैं हिंड्डुल गर्छ । निश्चय नै हरेक व्यक्ति धन थुपार्न हतार गर्छ, तापनि ति कसले पाउनेछ भनी तिनीहरू जान्दैनन् ।
13जसले आफ्नो घर अधार्मिकता, आफ्ना माथिल्ला कोठाहरू अन्यायले बनाउँछ, जसले आफ्नो छिमेकीलाई सित्तैमा काम लगाउँछ, अनि जसले उसलाई ज्याला दिंदैन, त्यसलाई धिक्कार छ ।
8तिनीहरूको देश मूर्तीहरूले पनि भरिएको छ । तिनीहरूले आफ्नै हातहरूका कलाको, तिनीहरूका आफ्नै औंलाहरूले बनाएका कुराहरूको पुजा गर्छन् ।
5किनकि दर्शनको बेसीमा सर्वशक्तिमान् परमप्रभुको निम्ति कोलाहल, कुल्चिने अलमल पार्ने र पर्खालहरू भत्काउने र मानिसहरू डाँडाहरूतिर रुने दिन हो ।
29हेर, ती सबै केही पनि होइनन्, अनि तिनीहरूका कामहरू केही पनि होइनन् । तिनीहरूका ढालेका धातुका आकृतिहरू हावा र रित्ता हुन् ।
9त्यसका घमण्ड र त्यसका सबै गौरवलाई अपमान गर्न, त्यसका पृथ्वीकै आदरणियलाई लज्जित पार्न सर्वशक्तिमान् परमप्रभुले नै यो योजना बनाउनुभएको हो ।
15तिमीहरूले मेरा मानिसहरूलाई किन कुल्चन्छौ र गरिबहरूको अनुहारहरू किन पिस्छौ?” यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।
1¶ किनभने हेर, त्यो दिन आउँदै छ, जुन दिन भट्टीझैँ दन्कनेछ । त्यस दिन सबै हठी र दुष्ट काम गर्नेहरू ठुटाझैँ हुनेछन् । आउन लागेको दिनले तिनीहरूलाई जलाई भस्म गर्नेछ, र तिनीहरूको न त जरा न हाँगा बाँकी रहनेछ, सेनाहरूका परमप्रभु भन्नुहुन्छ ।
17ए घेराबन्दीमा बाँचेका मानिसहरू हो, आ-आफ्नो पोकोपन्तरो जम्मा गर र देश छोड ।
14तथापि समुद्रलाई पानीले ढाकेझैँ सारा भुमि परमप्रभुको महिमाको ज्ञानले भरिनेछ ।
12काँढाका झाडीहरू काटेर जलाएझैं मानिसहरूलाई चूनझैं जलाइनेछ ।
13तिमीहरू यसो पनि भन्छौ, ‘यो कति थकानयुक्त छ,’ र आफ्नो नाक बङ्गाउँछौ,” सेनाहरूका परमप्रभु भन्नुहुन्छ । “जङ्गली पशुले लगेका र लङ्गडो वा रोग लागेको पशु तिमीहरू ल्याउँछौ, र तिमीहरू यी आफ्नो भेटीस्वरूप ल्याउँछौ । के म ती तिमीहरूका हातबाट अर्पण गरूँ?” परमप्रभु भन्नुहुन्छ ।
4“हामीहरू कुल्चिएकाछौँ, तर हामी हाम्रा भग्नावशेषहरूलाई पुनर्निर्माण गर्नेछौँ,” भनेर एदोमले भनेमा, परमप्रभुले भन्नुहुनेछ, “तिनीहरूले पुनर्निर्माण गर्लान्, तर म फेरि तल झारिदिनेछु । अरूहरूले तिनीहरूलाई ‘दुष्टताको देश’ र ‘परमप्रभुले सदाको निम्ति श्रापित गर्नुभएको जाति’ भनेर भन्नेछन् ।
7सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “मैले तिनीहरूलाई खार्न र जाँच्न लागेको छु, किनकि मेरा मानिसहरूले जे गरेका छन्, त्यसको लागि म अरू के गर्न सक्छु र?
10निनवे रित्तो र नष्ट भएको छ । सबैका हृदय पग्लिन्छन्, सबैका घुँडाहरू एक आपसमा ठोकिन्छन्, र पीडा सबैमा छ, तिनीहरू सबैका अनुहारहरू पहेँला छन् ।
18परमप्रभुको क्रोधको दिनमा न त तिनीहरूको चाँदी न तिनीहरूको सुनले तिनीहरूलाई बचाउन सक्नेछ । उहाँको डाहको आगोमा सारा पृथ्वी भस्म हुनेछ, किनभने उहाँले पृथ्वीका सारा वासिन्दाहरूको पूर्ण र भयानक अन्त गर्नुहुनेछ ।”
14त्यसैले सर्वशक्तिमान् परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, “तैंले यसो भनेको हुनाले हेर, म तेरो मुखमा मेरो वचन हाल्नै लागेको छु । यो आगोजस्तो हुनेछ, र यी मानिसहरू दाउराजस्ता हुनेछन् । किनकि यसले तिनीहरूलाई भस्म पार्ने छ ।
9मूर्तीहरू बनाउने सबै जना केही पनि होइनन् । तिनीहरू प्रशन्न हुने थोकहरू व्यर्थ हुन् । तिनीहरूका गवाहीहरूले कुनै कुरा पनि देख्न वा जान्न सक्दैनन् र तिनीहरू लजमा पारिनेछन् ।
10तिनीहरूको घमण्डको कारण मोआब र अम्मोनलाई यस्तो हुनेछ, किनभने तिनीहरूले सेनाहरूका परमप्रभुका मानिसहरूको उपहास र खिल्ली गरे ।
9यी मानिसहरूलाई कामको बोझ बढाइदेओ ताकि तिनीहरू यसमा लागिराखेर छली वचनहरूतर्फ ध्यान नदिऊन् ।”
13यसकारण सुझबुझको कमीला गर्दा मेरा मानिसहरू निर्वासनमा गएका छन् । तिनीहरूका आदरणिय अगुवाहरू भोक-भोकै हुन्छन् र तिनीहरूका साधारण मानिससँग पिउनलाई कुनै कुरा छैन ।
13यसकारण सर्वशक्तिमान् परमभुको डरलाग्दो क्रोध र उहाँको प्रचण्ड रिसको दिनमा, आकाशलाई म हल्लाउनेछु, र पृथ्वी आफ्नो ठाउँमा हल्लिनेछ ।