इब्रानीहरू 12:10

अनलक शाब्दिक बाइबल

किनकि एकातिर, हाम्रा बाबुहरूले केही दिनसम्‍म हामीलाई अनुशसानमा राखे जुन त्यसो गर्न तिनीहरूलाई उचित लाग्यो । तर अर्कोतिर, हामीले उहाँको पवित्रतालाई बाँड्न सकौँ भनेर परमेश्‍वरले हाम्रै भलाइका लागि त्यसो गर्नुहुन्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ पत्रु 1:4 : 4 यी कुराहरूद्वारा उहाँले हामीलाई बहुमूल्य र महान् प्रतिज्ञाहरू दिनुभएको छ । तिमीहरू संसारका कुइच्छाबाट आउने भ्रष्‍टताबाट उम्केर ईश्‍वरीय स्वभावमा सहभागी हुन सक भनेर उहाँले यस्तो गर्नुभयो ।
  • लैव्य 11:44-45 : 44 किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ । म पवित्र भएको कारण तिमीहरूले आफैलाई पवित्र राख्‍नुपर्छ, र यसैकारण तिमीहरू पवित्र होओ । जमिनमा घस्रने कुनै पनि प्राणीबाट तिमीहरूले आफैलाई अपवित्र नबनाओ । 45 किनभने तिमीहरूका परमेश्‍वर हुनलाई तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याउने परमप्रभु म नै हुँ । यसैकारण म पवित्र भएको हुनाले तिमीहरू पवित्र होओ ।
  • लैव्य 19:2 : 2 “ इस्राएलका मानिसहरूको सबै समुदायलाई भन्, ‘म परमप्रभु तिमीहरूका परमेश्‍वर पवित्र भएको कारण तिमीहरू पवित्र होओ ।
  • भजन 17:15 : 15 मेरो बारेमा, म धार्मिकतामा तपाईंको मुहार हेर्नेछु । तपाईंको दृष्‍टिमा म ब्युँझँदा, म सन्तुष्‍ट हुनेछु ।
  • यहे 36:25-27 : 25 त्‍यसपछि तिमीहरूमाथि म पवित्र पानी छर्किनेछु, यसरी तिमीहरू आफ्‍ना सबै अशुद्धताबाट शुद्ध हुनेछौ, र तिमीहरूका सबै मूर्तिहरूबाट म तिमीहरूलाई शुद्ध पर्नेछु । 26 तिमीहरूका अन्तस्करणमा म तिमीहरूलाई एउटा नयाँ हृदय र नयाँ आत्मा दिनेछु, र तिमीहरूका शरीरबाट ढुङ्गाको हृदय म निकाल्‍नेछु । किनभने म तिमीहरूलाई मासुको हृदय दिनेछु । 27 तिमीहरूमा म आफ्‍नो आत्मा हालिदिनेछु र तिमीहरूलाई मेरा विधिहरूमा हिंड्न र मेरा आज्ञाहरू पालन गर्न सक्षम तुल्‍याउनेछु ।
  • एफिसी 4:24 : 24 परमेश्‍वरले चाहनुभएअनुसार नयाँ मनुष्यता धारण गर्नको निम्ति यस्तो गर । यो नयाँ मनुष्यतालाई धार्मिकता र सत्यताको पवित्रतामा सृजना गरिएको हो ।
  • एफिसी 5:26-27 : 26 उहाँले तिनलाई पवित्र गर्न यसो गर्नुभयो । उहाँले तिनलाई वचनमा पानीले धोएर शुद्ध पार्नुभयो । 27 दागरहित वा चाउरी नभएको वा अन्य यस्ता कुनै थोक नभएको, तर पवित्र र दोषरहित, महिमित मण्डली आफ्नै निम्ति प्रस्तुत गर्नको निम्ति उहाँले यस्तो गर्नुभयो ।
  • कलस्सी 1:22 : 22 तर अब परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍टको शरीरले मृत्युद्वारा मिलापमा ल्याउनुभएको छ । तिमीहरूलाई परमेश्‍वरले आफ्नो अगि पवित्र, दोषरहित तथा निर्दोष साबित गर्नको निम्ति यो गर्नुभयो,
  • तीत 2:14 : 14 येशूले हामीलाई अधार्मिकताबाट स्वतन्‍त्र पार्न, र आफ्नै निम्ति जे असल छ त्यही गर्न इच्छुक मूल्यवान मानिसहरू अर्थात् शुद्ध बनाउन आफैँलाई हाम्रो निम्ति दिनुभयो ।
  • इब्रा 12:5-6 : 5 अनि तिमीहरूलाई छोराहरूसरह उत्‍साह दिने अर्तीलाई तिमीहरूले भुलेका छौः “हे मेरो छोरा, परमेश्‍वरको अनुशासनलाई हलुका नसम्‍झ । जब उहाँद्वारा तिमी सुधारिन्छौ, तब हरेस नखाऊ । 6 किनकि परमप्रभुले जसलाई प्रेम गर्नुहुन्‍छ ती हरेकलाई अनुशासनमा राख्‍नुहुन्छ । अनि उहाँले ग्रहण गर्ने हरेक छोरालाई उहाँले दण्ड दिनुहुन्‍छ ।”
  • १ पत्रु 1:15-16 : 15 तर तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू पनि आ-आफ्ना जीवनका सबै व्यवहारमा पवित्र होओ । 16 किनकि यस्तो लेखिएको छ, “तिमीहरू पवित्र होओ किनकि म पवित्र छु ।”
  • १ पत्रु 2:5 : 5 तिमीहरू पनि येशू ख्रीष्‍टद्वारा परमेश्‍वरको निम्ति ग्रहणयोग्य आत्मिक बलिदानहरू चढाउने पवित्र पुजारीहरू हुनको निम्ति आत्मिक भवन निर्माण गर्ने जीवित पत्थरहरूजस्तै हौ ।
  • १ पत्रु 2:9 : 9 तर तिमीहरू त चुनिएका वंश, राजकीय पुजारीहरू, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा हौ । त्यसैले, तिमीहरूलाई अन्धकारबाट बोलाई उहाँको उदेकको ज्योतिमा ल्याउनुहुनेका आश्‍चर्यकर्महरूको घोषणा गर्न सक ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • इब्रा 12:5-9
    5 पदहरू
    83%

    5अनि तिमीहरूलाई छोराहरूसरह उत्‍साह दिने अर्तीलाई तिमीहरूले भुलेका छौः “हे मेरो छोरा, परमेश्‍वरको अनुशासनलाई हलुका नसम्‍झ । जब उहाँद्वारा तिमी सुधारिन्छौ, तब हरेस नखाऊ ।

    6किनकि परमप्रभुले जसलाई प्रेम गर्नुहुन्‍छ ती हरेकलाई अनुशासनमा राख्‍नुहुन्छ । अनि उहाँले ग्रहण गर्ने हरेक छोरालाई उहाँले दण्ड दिनुहुन्‍छ ।”

    7कष्‍टलाई अनुशासनझैँ सहो । परमेश्‍वरले तिमीहरूसित छोराहरूलाई जस्‍तै व्‍यवहार गर्नुहुन्‍छ । किनकि बाबुले अनुशासन नगरेको कुन छोरा हुन्‍छ र?

    8तर यदि तिमीहरू अनुशसानविनाका छौ भने तिमीहरू अवैध भयौ, उहाँका छोराहरू भएनौ ।

    9यो भन्दा बढी, हामीलाई अनुशासन गर्ने हाम्रा संसारिक बुबाहरू अनुशासनकर्ताका रूपमा थिए, जसलाई हामीले आदर गर्‍यौँ । यसकारण, के हामीले हाम्रा आत्‍माका पिताको झन् बढी आज्ञा पालन गर्नुपर्दैन र?

  • 11यस समयमा कुनै पनि अनुशासन आनन्दको हुँदैन, तर दुःखदायी नै हुन्‍छ । तथापि जे भए तापनि यसद्वारा तालिम प्राप्‍त गरेकाहरूका निम्ति भने अन्त्यमा गएर यसले धार्मिकताको शान्‍तिपूर्ण फल फलाउँदछ ।

  • नीति 3:11-12
    2 पदहरू
    76%

    11हे मेरो छोरो, परमप्रभुको निर्देशनलाई तुच्छ नठान्, र उहाँको हप्कीलाई घृणा नगर् ।

    12किनकि परमप्रभुले प्रेम गर्नुहुनेहरूलाई नै उहाँले अनुशासनमा राख्‍नुहुन्छ, जस्तो बुबालाई खुसी पार्ने छोरोलाई बुबाले व्यवहार गर्छ ।

  • 17हेर, त्यो मानिस धन्यको हो, जसलाई परमेश्‍वरले सुधार्नुहुन्छ । त्यसकारण सर्वशक्तिमान्‌को ताडनालाई इन्कार नगर ।

  • 5बुबाले आफ्नो छोरोलाई अनुशासनमा राखेझैँ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अनुशासनमा राख्‍नुहुन्छ भनी तिमीहरूले आफ्नो ह्रदयमा ख्याल राख्‍नू ।

  • 32तर जब हामी परमेश्‍वरबाट जाँचिन्छौँ हामी अनुशासित हुनेछौँ, र संसारसँगै दोषी ठहरिनेछैनौँ ।

  • 12हे परमप्रभु, तपाईंले जसलाई शिक्षा दिनुहुन्छ, जसलाई तपाईंले आफ्नो व्यवस्था सिकाउनुहुन्छ, त्यो धन्यको हो ।

  • 4र बुबाहरू हो, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ । बरु, अनुशासनमा र प्रभुको शिक्षा अनुसार अगि बढाओ ।

  • 24आफ्नो छोरोलाई अनुशासनमा नराख्‍नेले उसलाई घृणा गर्छ, तर आफ्नो छोरोलाई प्रेम गर्नेले उसलाई होसियारीसाथ अर्ती दिन्छ ।

  • इब्रा 2:10-11
    2 पदहरू
    69%

    10यो परमेश्‍वरका निम्ति उपयुक्त थियो, किनभने हरेक थोक उहाँका निम्ति र उहाँद्वारा अस्तित्वमा आएको छ । धेरै छोराहरू महिमामा ल्याइँदा उहाँको दुःखद्वारा तिनीहरूको मुक्‍तिलाई पुरा गर्न उहाँ एक अगुवा बनाइनुभयो ।

    11किनकि समर्पण गर्ने र समर्पण गरिएकाहरू दुवै एउटै स्रोतबाट आउँछन् । त्यसैकारण, उहाँ तिनीहरूलाई भाइहरू भनी बोलाउन शर्माउनुहुन्‍न ।

  • 10तिमीहरूको केही समयको कष्‍टपछि तिमीहरूलाई ख्रीष्‍टमा उहाँको महिमामा बोलाउनुहुने सबै अनुग्रहका परमेश्‍वरले तिमीहरूलाई सिद्ध, स्थापित र बलियो बनाउनुहुनेछ ।

  • इब्रा 10:32-34
    3 पदहरू
    68%

    32तर तिमीहरूले ज्योति पाएपछि पनि दुःखको कठिन घडीमा कसरी सह्‍यौ, ती अघिका दिनहरूको सम्झना गर ।

    33तिमीहरू सबैका सामु अपमानित र तिरस्कृत भएका थियौ, र त्यस्तै समस्यामा परेकाहरूसँगै तिमीहरू सहभागी भयौ ।

    34किनकि कैदमा हुनेहरूलाई तिमीहरूले दया देखायौ; आफ्नो सम्‍पत्ति खोसिँदा पनि त्यसलाई सहर्ष स्वीकार गर्‍यौ; यो जानेर कि तिमीहरूसँग अझ उत्तम र रहिरने आफ्नै सम्‍पत्ति छ ।

  • 6अहिले तिमीहरूले विभिन्‍न किसिमका धेरै कष्‍टको अनुभव गर्न जरुरी भए तापनि तिमीहरू यसमा रमाउँछौ ।

  • इब्रा 10:29-30
    2 पदहरू
    68%

    29परमेश्‍वरका पुत्रलाई खुट्टाले कुल्चने, परमेश्‍वरमा समर्पित गरिएको करारको रगतलाई अपवित्र तुल्याउने र अनुग्रहको आत्मालाई अपमान ठान्‍ने जो कोहीले झन् कति बढी सजाय पाउँछ होला ।

    30किनकि यसो भन्‍नुहुनेलाई हामी जान्दछौँ, “बदला लिने काम मेरो हो; म बदला लिनेछु ।” र फेरि, “परमप्रभुले उहाँका मानिसहरूको न्याय गर्नुहुनेछ ।”

  • 40हामीविना तिनीहरू सिद्ध नहोऊन् भनी परमेश्‍वरले हाम्रा लागि अझ उत्तम कुरा अघिबाटै योजना गरिदिनुभएको थियो ।

  • 18उहाँले झण्डै चालिस वर्षसम्म तिनीहरूलाई उजाड स्थानमा सहनुभयो।

  • 15हामीलाई विपत्तिमा पार्नुभएका दिनहरू र हामीले कष्‍ट भोगेका वर्षहरू जति थिए त्यति नै हामीलाई खुसी पार्नुहोस् ।

  • 14हरेकसित शान्‍तिमा बस्‍ने प्रयत्‍न गर, र पवित्रताविना कसैले पनि परमप्रभुलाई देख्‍न सक्दैन ।

  • 17किनकि यो क्षणिक छ, हलुका कष्‍टले हामीलाई सबै नापलाई माथ गर्ने वजनदार अनन्त महिमाको लागि तयार पारिरहेको छ ।

  • 15र पवित्र आत्माले पनि हामीलाई गवाही दिनुहुन्छ, किनभने पहिला उहाँले भन्‍नुभयो,

  • 1¶ प्रियहरू, हामीसँग यी प्रतिज्ञाहरू भएका कारण हाम्रो शरीर र आत्मामा हामीलाई अशुद्ध पार्ने कुराहरूबाट आँफैलाई शुद्ध पारौँ । परमेश्‍वरको भयमा पवित्रतालाई पछ्याऔँ ।

  • 7त्यसकारण, जसरी पवित्र आत्मा भन्‍नुहुन्छ, “आज, यदि तिमीले उहाँको सोर सुन्यौ भने,

  • 17तिमीहरूका अगुवाहरूको अधीनमा बस र आज्ञा मान, किनभने जसले हिसाब दिनुपर्नेले जस्तै गरी तिनीहरूले तिमीहरूका आत्माको रेखदेख गर्दछन् । आज्ञा मान ताकि तिम्रा अगुवाहरूले आनन्‍दसाथ तिमीहरूको वास्ता गरून्, दुःखसँग होइन, जुन तिमीहरूका लागि प्रयोगयोग्य छैन ।

  • नीति 23:13-14
    2 पदहरू
    67%

    13बच्‍चाबाट अर्तीलाई नरोक्, किनकि तैँले त्यसलाई अनुशासनमा राखिस् भने त्यो मर्ने छैन ।

    14त्यसलाई छडी लगाउने र पातालबाट त्यसको प्राण जोगाउने तँ नै होस् ।

  • 18आशा बाँकी छँदै आफ्नो छोरोलाई अनुशासनमा राख, र त्यसलाई मृत्युण्ड दिने इच्छा नबना ।

  • 14किनकि म दिनभरि कष्‍टमा परेको छु र हरेक बिहान ताड्ना पाएको छु ।

  • अय्यू 36:10-11
    2 पदहरू
    66%

    10उहाँको निर्देशन सुन्‍नलाई उहाँले तिनीहरूका कान खुल्‍ला गर्नुहुन्छ, र अधर्मबाट फर्कन तिनीहरूलाई आदेश दिनुहुन्छ ।

    11तिनीहरूले उहाँको सोर सुने अनि उहाँको आराधना गरे भने, तिनीहरूले आफ्नो समय समृद्धिमा, र आफ्ना वर्षहरू सन्तुष्‍टिमा बिताउनेछन् ।

  • 10के उहाँले हामीहरूका निम्ति नै यो बोलिरहनुभएको छैन र? यो हाम्रो निम्ति लेखिएको हो । किनभने खेत जोत्‍नेले बालीको आशा राखेर नै जोत्‍नुपर्छ र बाली चुट्नेले पनि बाली भित्र्याउने आशले नै चुट्नुपर्छ ।

  • 17आफ्नो छोरोलाई अनुशासनमा राख्, र त्यसले तैलाई चैन दिने छ; त्यसले तेरो जीवनमा आनन्द ल्याउने छ ।

  • 6त्यो व्यक्‍तिलाई बहुमतद्वारा दिइएको सजाय पर्याप्‍त छ ।

  • 12हामी आफ्नै हातले कडा परिश्रम गर्दछौँ । मानिसहरूले गिल्ला गर्दा हामी तिनीहरूलाई आशिष्‌‌ दिन्छौँ । सतावटमा पर्दा हामी सहन्छौँ ।

  • 6तिनीहरूले जस्तै हामीले दुष्‍ट कुराहरूको इच्छा नगरौँ भनेर यी कुराहरू हाम्रा लागि उदाहरणहरू थिए ।

  • 9तिमीहरू सताइएको कारणले होइन, तर तिमीहरूको दुःखले तिमीहरूलाई पश्‍चात्तापसम्म डोर्‍याएको कारणले अब म खुसी छु । तिमीहरूले ईश्‍वरीय शोकको महसुस गर्‍यौ । हाम्रो कारण तिमीहरूले कुनै नोक्सानी भोगेनौ ।

  • 7किनकि जमिनले आफूमाथि बर्सिने जुन पानी पिउँछ, जसमा बारम्बार पानी पर्छ र त्यसले जमिनमा काम गर्नेहरूका लागि उपयुक्त अन्‍न उत्पादन गर्दछ, त्यस जमिनले परमेश्‍वरबाट आशिष् प्राप्‍त गर्दछ ।

  • 14म त्यको बुबा हुने छु र त्यो मेरो छोरा हुने छ । जब त्यसले पाप गर्छ, तब म त्यसलाई मानिसका लोरोले र मानिसका छोराहरूका कोर्राहरूले अनुशासित गर्ने छु ।

  • 11तिमीहरूलाई पनि थाहा छ, कि हामीले तिमीहरू हरेकलाई कसरी एउटा बुबाले आफ्ना छोराछोरीलाई गरे झैँ तिमीहरूलाई उत्साह, सान्त्वना दियौँ र गवाही दियौँ,

  • 20यदि तिमीले पाप गरेर सहन्छौ भने त्यो कुन ठुलो कुरा भयो र? तर यदि तिमीले असल गरेर पनि सहन्छौ भने त्यो परमेश्‍वरमा प्रशंसनीय हुनेछ ।

  • 24हामीले एक अर्कालाई प्रेम र असल कामहरूले कसरी उत्साह दिने भन्‍ने कुरालाई विचार गरौँ ।

  • 25त्यसको सट्टामा, तिनले पापको क्षणिक सुख भोग्‍नुभन्दा बरु परमेश्‍वरका मानिसहरूसँगै दुःख भोग्‍ने कुरालाई छाने ।