होशे 1:4

अनलक शाब्दिक बाइबल

परमप्रभुले होशेलाई भन्‍नुभयो, “उसको नाउँ यिजरेल राख् । किनकि केही समयमा नै, म येहूको घरानालाई यिजरेलमा बगाएको रगतको कारण दण्ड दिनेछु र इस्राएलको घरानाको राज्यलाई म अन्‍त गर्नेछु ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ राजा 10:7-8 : 7 त्यसैले जब तिनीहरूकहाँ चिठी आयो, तब तिनीहरूले राजाका छोराहरूलाई समाते र सत्तरी जनालाई नै मारे, तिनीहरूका शिरहरू टोकरीहरूमा राखे, र ती यिजरेलमा येहूकहाँ पठाए । 8 एक जना सन्देशवाहक येहूकहाँ यसो भन्‍न आयो, “तिनीहरूले राजाका छोराहरूका शिरहरू ल्याएका छन् ।” त्‍यसैले तिनले भने, “बिहानसम्म तिनलाई मूल ढोकामा दुईवटा थुप्रो लगाएर राख्‍नू ।”
  • २ राजा 10:10-11 : 10 अब तिमीहरूले निश्‍चय नै बुझ्नुपर्छ कि आहाबको घरानाको सम्बन्धमा बोलिएको परमप्रभुको वचनको कुनै पनि भाग खेर जाने छैन किनकि परमप्रभुले आफ्ना सेवक एलियाद्वारा बोल्नुभएअनुसार गर्नुभएको छ ।” 11 त्यसैले येहूले यिजरेलमा आहाबका घरानाका बाँकी रहेका सबै जना, तिनका मुख्य मानिसहरू, तिनका नजिकका मित्रहरू र पुजारीहरू कसैलाई पनि नछडी सबैलाई मारे ।
  • मत्त 1:21 : 21 तिनले एक जना पुत्र जन्माउनेछिन् र तिमीले उहाँको नाउँ येशू राख्‍नेछौ, किनकि उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ ।”
  • लू 1:13 : 13 तर स्वर्गदूतले उनलाई भने, “जकरिया नडराऊ, किनकि तिम्रो प्रार्थनाको सुनाइ भएको छ । तिम्री पत्‍नी एलीशिबाले तिम्रो लागि एउटा छोरा जन्माउनेछिन् र तिमीले उनको नाउँ यूहन्‍ना राख्‍नेछौ ।
  • लू 1:31 : 31 हेर, तिमी गर्भवती हुनेछ्यौ र एउटा छोरा जन्माउनेछ्यौ । तिमीले उहाँको नाउँ येशू राख्‍नेछ्यौ ।
  • लू 1:63 : 63 उनले लेख्‍नका लागि पाटी मागे, र त्यसमा “तिनको नाउँ यूहन्‍ना हो” भनेर लेखे । त्यो देखेर तिनीहरू सबै अचम्मित भए ।
  • यूह 1:42 : 42 उनले आफ्ना भाइलाई येशूकहाँ ल्‍याए । अनि येशूले उनलाई हेर्नुभयो र भन्‍नुभयो, “तिमी यूहन्‍नाका छोरा सिमोन हौ । तिमीलाई केफास (जसको अर्थ पत्रुस हो ) भनिनेछ ।
  • २ राजा 9:24-25 : 24 तब येहूले आफ्नो धनु निकाले र पुरा शक्ति लगाएर योरामका काँधहरूका बिचैमा तिनलाई हाने । काँडले तिनको मुटुलाई नै छेड्यो, र तिनी आफ्नो रथमा लडे । 25 तब येहूले आफ्ना सेनापति बिदकारलाई भने, “तिनलाई उठाऊ र यिजरेली नाबोतको खेतमा फालिदेऊ । तिनका पिता आहाबको पछि रथमा तिमी र म जाँदा परमप्रभुले तिनको विरुद्धमा भन्‍नुभएको यो अगमवाणीको बारेमा वोचार गरः
  • २ राजा 10:17 : 17 जब तिनी सामरियामा आए, तब जसरी परमप्रभुले पहिले नै आहाबको घरानालाई एलियाद्वारा भन्‍नुभएको थियो त्‍यसरी नै येहूले सामरियामा बाँकी रहेका तिनका सबै सन्तानलाई मारे, र आहाबको राजकीय वंशको एउटैलाई पनि छाडेनन् ।
  • २ राजा 10:29-31 : 29 तर नबातका छोरा यारोबामका पापहरू जसद्वारा तिनले इस्राएललाई पाप गर्न लगाए, अर्थात् बेथेल र दानमा सुनका बाछाहरूका पुजालाई येहूले छाडेनन् । 30 त्यसैले परमप्रभुले येहूलाई भन्‍नुभयो, “ परमप्रभुको दृष्‍टिमा जे ठिक थियो, तैँले त्यही गरेको कारणले र आहाबको घरानालाई मेरो ह्रदयमा भएअनुसार गरेको हुनाले तेरा सन्तानहरूको चार पुस्तासम्म इस्राएलको सिंहासनमा बस्‍नेछन् ।” 31 तर आफ्ना सारा ह्रदयले इस्राएलका परमप्रभु परमेश्‍वरको व्यवस्थामा हिँड्न कुरालाई येहूले वास्ता गरेनन् । इस्राएललाई पाप गर्न लगाउने यारोबामका पापहरूबाट तिनी फर्केनन् ।
  • २ राजा 15:10-12 : 10 याबेशका छोरा शल्लूमले जकरियाको विरुद्धमा षड्यन्त्र गरे, तिनलाई इब्लममा आक्रमण गरे र मारे । त्यसपछि तिनको ठाउँमा आफू राजा भए । 11 जकरियाका बारेमा भएका अरू सबैकुरा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन् । 12 परमप्रभुले येहूसँग यसो भनेर बोल्‍नुभएको उहाँको वचन यही थियो, “तेरा सन्तानहरू इस्राएलको राजगद्धिमा चौथो पुस्तासम्म बस्‍नेछन् ।” त्यस्तै हुन आयो ।
  • २ राजा 15:29 : 29 इस्राएलका राजा पेकहको समयमा अश्शूरका राजा तिग्लत-पिलेसेर आए, र तिनले इयोन, हाबिल-बेथ-माका, यानोह, केदेश, हासोर, गिलाद, गालील र नप्‍तालीका सबै भूमि लिए । तिनले मानिसहरूलाई बन्‍दी बनाएर अश्शूर देशमा लगे ।
  • २ राजा 17:6-9 : 6 होशियाको नवौँ वर्षमा अश्शूरका राजाले सामरियालाई कब्जा गरे र इस्राएलीहरूलाई अश्शूरमा लगे । तिनीहरूलाई गोजानको हाबोर नदीको किनारको हलहमा र मादीहरूका सहरहरूमा तिनले बसाले । 7 इस्राएलीहरूले आफूलाई मिश्रदेशका राजा फारोको हातबाट छुटाउनुहुने, तिनीहरूलाई मिश्रदेशबाट ल्याउनुहुने परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा पाप गरेका हुनाले यसरी तिनीहरू बन्‍दी भए । यी मानिसहरूले अरू देवताहरूको पुजा गरिरहेका थिए, 8 र इस्राएलका मानिसहरूका सामुबाट परमप्रभुले धपाउनुभएका जातिहरूका अभ्यासहरू तथा इस्राएलका राजाहरूका अभ्यासहरू गरिरहेका थिए । 9 इस्राएलका मानिसहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा जे कुराहरू गर्नु ठिक थिएन, गुप्‍त रूपमा त्यही गरे । धरहरादेखि किल्लासम्‍म नै आफ्‍ना सबै सहरहरूमा तिनीहरूले आफ्‍ना निम्‍ति उच्‍च थानहरू बनाए । 10 हरेक उच्‍च डाँडा रहरेक हरियो रुखमुनि तिनीहरूले डुङ्गाका मूर्तिहरू र अशेराका खम्बाहरू बनाए । 11 तिनीहरूका सामुबाट परमप्रभुले धपाउनुभएका जातिहरूले गरेजस्तै तिनीहरूले उच्‍च थानहरूमा धूप बाले । परमप्रभुलाई रिस उठाउनलाई इस्राएलीहरूले दुष्‍ट कुराहरू गरे, 12 तिनीहरूले मूर्तिहरूको पुजा गरे, जसका बारेमा परमप्रभुले तिनीहरूलाई भन्‍नुभएको थियो, “तिमीहरूले यो कुरा गर्ने छैनौ ।” 13 तापनि परमप्रभुले हरेक अगमवक्ता र हरेक दर्शीद्वारा इस्राएल र यहूदालाई यसो भनरे चेताउनी दिनुभएको थियो, “आ-आफ्ना दुष्‍ट मार्गहरूबाट फर्केर मेरा आज्ञाहरू र विधिहरू पालन गर, अनि मैले तिमीहरूका पुर्खाहरूलाई आज्ञा गरेका अनि आफ्‍ना सेवकहरू अर्थात् अगमवक्ताहरूद्वारा मैले तिमीहरूकहाँ पठाएका सबै आज्ञा पालन गर्न सावधना होओ ।” 14 तर तिनीहरूले सुनेनन् । बरु परमप्रभु आफ्‍ना परमेश्‍वरमाथि विश्‍वास नगर्ने आफ्‍ना पुर्खाहरूजस्तै तिनीहरू ज्‍यादै हठी भए । 15 तिनीहरूले उहाँका विधिहरू र तिनीहरूका पुर्खाहरूसित उहाँले बाँध्‍नुभएको करार र उहाँले तिनीहरूलाई दिनुभएका करारका आज्ञाहरूलाई इन्कार गरे । तिनीहरूले बेकम्मा अभ्यासहरूको अनुसरण गरे अनि तिनीहरू आफै पनि बेकम्मा भए । तिनीहरूले आफ्नो वरिपरि भएका अरू जातिहरूको अनुसरण गरे जसको नकल्ल नगर्नू भनेर परमप्रभुले तिनीहरूलाई आज्ञा दिनुभएको थियो । 16 तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरका सबै आज्ञालाई बेवास्ता गरे । तिनीहरूले पुजा गर्नलाई पिटेर तयार पारिएका धातुको दुईवटा बाछाका बनाए । तिनीहरूले अशेरा देवीको खम्बा बनाए, र तिनीहरूले आकाशका सम्पूर्ण तारा र बालको पुजा गरे । 17 तिनीहरूले आफ्ना छोराछोरीलाई आगोमा हिंड्‍न लगाए, तिनीहरूले जोखना हेर र टुनामुना गरे, तिनीहरूले परमप्रभुको दृष्‍टिमा जे खराब छ, त्यही गर्न आफैलाई बेचे, र तिनीहरूले उहाँलाई रिस उठाए । 18 त्यसकारण परमप्रभु इस्राएलसित अत्यन्तै रिसाउनुभयो, र तिनीहरूलाई आफ्नो दृष्‍टिबाट हटाइदिनुभयो । त्यहाँ यहूदाको कुलबाहेक कोही पनि छोडिएन । 19 यहूदाले पनि परमप्रभु आफ्‍ना परमेश्‍वरका आज्ञाहरू पालन गरेनन्, र तिनीहरूले इस्राएलले गरेका अभ्‍यासहरूको अनुसरण गरे । 20 यसैले परमप्रभुले इस्राएलका सबै सन्तानलाई इन्कार गर्नुभयो । उहाँले तिनीहरूलाई कष्‍ट दिनुभयो, र तिनीहरूलाई आफ्नो दृष्‍टिबाट नफल्‍नुभएसम्म उहाँले तिनीहरूलाई लुटको मालको रूपमा अधिकार गर्नेहरूको हातमा सुम्पिनुभयो । 21 उहाँले इस्राएललाई दाऊदको राजकीय वंशबाट अलग गर्नुभयो, र तिनीहरूले नबातका छोरा यारोबामलाई राजा बनाए । यारोबामले इस्राएललाई परमप्रभुको अनुसरण गर्नबाट बहकाए र तिनीहरूलाई ठुलो पाप गर्न लगाए । 22 इस्राएलका मानिसहरूले यारोबामका सबै पापको अनुसरण गरे र तिनीहरू ती कुराबाट फर्केनन्, 23 त्यसैले परमप्रभुले आफ्ना सबै सेवक अगमवक्ताहरूद्वारा आफूले गर्छु भन्‍नुभएझैँ इस्राएललाई आफ्नो दृष्‍टिबाट हटाउनुभयो । यसरी तिनीहरूको आफ्नै देशबाट इस्राएललाई अश्शूरमा बन्दी बनाएर लगियो, र आजको दिनसम्म पनि त्‍यस्‍तै भएको छ ।
  • २ राजा 18:9-9 : 9 राजा हिजकियाको चौथो वर्ष, जुन इस्राएलका राजा एलाहका छोरा होशियाको सातौँ वर्षमा, अश्शूरका राजा शलमनेशेर सामरियाको विरुद्धमा आए र त्‍यसलाई घेरा हाले । 10 तिन वर्षको अन्त्यमा अर्थात् हिजकियाको छैटौँ वर्षमा, जुन इस्राएलका राजा होशियाको नवौँ वर्षमा, तिनीहरूले त्‍यसलाई कब्जा गरे । यसरी सामरियालाई कब्जा गरियो । 11 यसरी अश्शूरका राजाले इस्राएलीहरूलाई बन्दी बनाएर अश्शूरमा लगे, र तिनीहरूलाई हलहमा, गोजानको हाबोर नदीको किनारमा र मादीहरूका सहरहरूमा बसाले । 12 तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको आवाज नसुनेको तर परमप्रभुका दास मोशाले दिएका उहाँको करारका सबै आज्ञालाई उल्लङ्घन गरेका हुनाले उहाँले यसो गर्नुभयो । तिनीहरूले त्‍यसलाई सुन्‍न र पालन गर्न इन्कार गरे ।
  • १ इति 5:25-26 : 25 तर तिनीहरू आफ्‍ना पुर्खाहरूका परमेश्‍वरप्रति विश्‍वासयोग्य भएनन् । बरु, तिनीहरूले त्‍यस देशका मानिसहरूका देवताहरूको पुजा गरे, जसलाई परमेश्‍वरले तिनीहरूका सामु नाश गर्नुभएको थियो । 26 इस्राएलका परमेश्‍वरले अश्‍शूरका राजा पूललाई (जसलाई अश्‍शूरका राजा तिग्‍लत-पिलेसेर पनि भनिन्थ्यो) उक्‍साउनुभयो । उनले रूबेन, गाद र मनश्‍शेका आधा कुलका मानिसहरूलाई कैदमा लगे । उनले तिनीहरूलाई हलह, हाबोर, हारा र गोजान नदीका किनारमा लगे, जाहाँ तिनीहरू आजको दिनसम्‍म छन्‌ ।
  • यशा 7:14 : 14 यसकारण परमप्रभुले नै तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछः हेर, एज जना कन्या केटीले गर्भधारण गर्नेछिन्, एउटा छोरा जन्माउनेछिन् र उनको नाउँ इम्मानुएल राख्‍नेछिन् ।
  • यशा 9:6 : 6 किनकि हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ, हाम्रो निम्ति एउटा छोरा जन्‍मेको छ, र शासन उहाँको काँधमा हुनेछ । अनि उहाँको नाउँ अचम्मको सल्लाकार, शक्तिशाली परमेश्‍वर, अनन्‍तका पिता र शान्तिका राजकुमार राखिनेछ ।
  • यिर्मि 3:8 : 8 त्‍यसैले मैले देखेँ, त्यसरी नै त्यस विश्‍वासहीन इस्राएलले व्यभिचार गरेकी छे, र मैले त्यसलाई निकालेको छु, र त्यसको विरुद्धमा त्यागपत्र दिएको छु । त्यसकी विश्‍वासहीन बहिनी यहूदा डराइन । त्यो पनि गई र वेश्याले झैं काम गरी ।
  • यिर्मि 23:2 : 2 त्यसकारण आफ्‍ना मानिसका रेखदेख गर्ने गोठालाहरूको विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, “तिमीहरूले मेरो बगाललाई छरपष्‍ट पारेका छौ, र तिनीहरूलाई धपाइदिएका छौ । तिमीहरूले तिनीहरूको वास्ता गरेका छैनौ । त्‍यसैले तिमीहरूले गरेका दुष्‍ट्याइँको लागि मैले तिमीहरूलाई दण्ड दिनै लागेको छु, यो परमप्रभुको घोषणा हो ।
  • यहे 23:10 : 10 तिनीहरूले त्यसलाई नाङ्गो पारे, त्यसका छोराछोरीलाई लगे, त्यसलाई तरवारले मारे र अरू स्‍त्रीहरूका माझमा त्यो कुख्‍यात भई । यसरी तिनीहरूले त्यसलाई दण्ड दिए ।
  • यहे 23:31 : 31 तँ आफ्‍नी दिदीकै चालमा हिंडेकी छेस्‌, यसैले त्‍यसको दण्‍डको कचौरा म तेरो हातमा दिनेछु ।'
  • हो 1:6 : 6 गोमेर फेरि गर्भवती भई र एउटी छोरी जन्माई । तब परमप्रभुले होशेलाई भन्‍नुभयो, “त्यसको नाउँ लो-रूहामा राख्, किनकि इस्राएलको घरानालाई म फेरि कृपा गर्ने छैनँ, तिनीहरूलाई म कुनै किसिमले पनि क्षमा गर्ने छैनँ ।
  • हो 1:9 : 9 तब परमप्रभुले भन्‍नुभयो, “त्यसको नाउँ लो-अम्मी राख, किनकि तिमीहरू मेरा मनिसहरू होइनौ, र म तिमीहरूका परमेश्‍वर होइनँ ।
  • हो 2:13 : 13 बाल देवताका भोजका दिनका निम्ति म त्यसलाई दण्ड दिनेछु, जति बेला त्यसले तिनीहरूका निम्ति धूप बाली, जति बेला त्यसले आफ्ना औँठीहरू र गहनाले आफूलाई सुसज्‍जिए पारी, अनि त्यो आफ्ना प्रेमीहरूको पछि गई र मलाई बिर्सी, यो परमप्रभुको घोषणा हो ।”
  • हो 2:22 : 22 पृथ्‍वीले अन्‍न, नयाँ दाखमद्य र तेललाई जवाफ दिनेछ र तिनले यिजरेललाई जवाफ दिनेछन् ।
  • हो 9:17 : 17 मेरा परमेश्‍वरले तिनीहरूलाई इन्कार गर्नुहुन्छ किनभने तिनीहरूले उहाँको आज्ञा मानेका छैनन् । जातिहरूका बिचमा तिनीहरू फिरन्‍तेहरू हुनेछन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • हो 1:5-11
    7 पदहरू
    83%

    5त्यस दिनमा यिजरेलको बेसीमा म इस्राएलको धनु भाँचिदिनेछु ।”

    6गोमेर फेरि गर्भवती भई र एउटी छोरी जन्माई । तब परमप्रभुले होशेलाई भन्‍नुभयो, “त्यसको नाउँ लो-रूहामा राख्, किनकि इस्राएलको घरानालाई म फेरि कृपा गर्ने छैनँ, तिनीहरूलाई म कुनै किसिमले पनि क्षमा गर्ने छैनँ ।

    7तापनि यहूदाको घरानामाथि म कृपा गर्नेछु, र म परमप्रभु तिनीहरूका परमेश्‍वर आफैले तिनीहरूलाई बचाउनेछु । धनु, तरवार, युद्ध, घोडाहरू, वा घोडचढीहरूले, म तिनीहरूलाई बचाउनेछैन ।”

    8गोमेरले लो-रूहामालाई दूध छुटाएपछि, त्यो गर्भवती भई र अर्को एउटा छोरो जन्माई ।

    9तब परमप्रभुले भन्‍नुभयो, “त्यसको नाउँ लो-अम्मी राख, किनकि तिमीहरू मेरा मनिसहरू होइनौ, र म तिमीहरूका परमेश्‍वर होइनँ ।

    10तापनि इस्राएलका मानिसहरूको सङ्ख्या समुद्रको किनारको बालुवा जत्तिकै हुनेछ, जसलाई नाप्‍न वा गन्‍न सकिंदैन । त्‍यो त्‍यहीं हुनेछ जहाँ तिनीहरूलाई भनिएको थियो, ‘तिमीहरू मेरा प्रजा होइनौ’, तिनीहरूलाई यसो भनिनेछ, ‘तिमीहरू जीवित परमेश्‍वरका मानिसहरू हौ ।’

    11यहूदाका मानिसहरू र इस्राएलका मानिसहरू, एकसाथ भेला पारिनेछन् । तिनीहरूले आफ्ना निम्ति एक जना अगुवालाई नियुक्‍त गर्नेछन्, र तिनीहरू त्यस देशबाट माथितर्फ जानेछन् किनकि यिजरेलको दिन महान् हुनेछ ।

  • हो 1:1-3
    3 पदहरू
    77%

    1¶ यहूदाका राजाहरू उज्‍जियाह, योताम, आहाज र हिजकिया अनि येहोआशका छोरा इस्राएलका राजा यारोबामको समयमा बेरीको छोरो होशेकहाँ आऐको परमप्रभुको वचन यही हो,

    2जब परमप्रभु पहिलो पटक होशेद्वारा बोल्‍नुभयो, तब उहाँले तिनलाई यसो भन्‍नुभयो, “जा अनि एउटा वेश्‍यालाई आफ्नो पत्‍नी बना । त्यसले आफ्नो वेश्‍यागमनको फलस्वरूप छोराछोरी जन्माउनेछे । किनकि देशले परमप्रभुलाई त्यागेर ठुलो वेश्‍यागमन गरिरहेको छ ।”

    3यसैले होशे गएर दिब्‍लैमकी छोरी गोमेरलाई विवाह गरे, र त्‍यो गर्भवती भई र तिनको निम्ती एउटा छोरो जन्माई ।

  • हो 2:22-23
    2 पदहरू
    73%

    22पृथ्‍वीले अन्‍न, नयाँ दाखमद्य र तेललाई जवाफ दिनेछ र तिनले यिजरेललाई जवाफ दिनेछन् ।

    23आफ्‍नो निम्ति म त्यसलाई जमिनमा रोप्‍नेछु, र मैले लो-रूहामामाथि कृपा गर्नेछु । लो-अम्‍मीलाई म भन्‍नेछु, ‘तिमीहरू मेरा मानिसहरू हौ’ र तिनीहरूले मलाई भन्‍नेछन्, ‘तपाईं मेरा परमेश्‍वर हुनुहुन्‍छ ।’”

  • 27यो परमप्रभुको घोषणा हो, “हेर्, यस्‍ता दिनहरू आउँदैछन्‌, जुन बेला इस्राएल र यहूदाका घरानाहरूलाई मान्छे र पशुका सन्तानहरूले म रोप्नेछु ।

  • 30त्यसैले परमप्रभुले येहूलाई भन्‍नुभयो, “ परमप्रभुको दृष्‍टिमा जे ठिक थियो, तैँले त्यही गरेको कारणले र आहाबको घरानालाई मेरो ह्रदयमा भएअनुसार गरेको हुनाले तेरा सन्तानहरूको चार पुस्तासम्म इस्राएलको सिंहासनमा बस्‍नेछन् ।”

  • २ राजा 9:7-10
    4 पदहरू
    69%

    7तैँले आफ्नो मालिक आहाबको घरानालाई मार्नुपर्छ, यसरी ईजेबेलको हातद्वारा मारिएका परमप्रभुका सबै सेवक अगमवक्ताहरूका रगत र मेरा सेवकहरूका रगतको बदला मैले लिन सक्छु ।

    8किनकि आहाबको पुरै घराना नष्‍ट हुनेछ, र म आहाबको घरानाबाट कमारा होस् वा फुक्‍का हरेक पुरुषलाई निमिट्ट्यान्‍न पार्नेछु ।

    9म आहाबको घरानालाई नबातका छोरा यारोबामको घराना र अहज्याहका छोरा बाशाको घरानाजस्तै तुल्याउनेछु ।

    10ईजेबेललाई यिजरेलमा कुकुरहरूले खानेछन्, र त्यसलाई गाड्ने कोही हुनेछैन' ।” तब अगमवक्ताले ढोका खोले र भागे ।

  • 12परमप्रभुले येहूसँग यसो भनेर बोल्‍नुभएको उहाँको वचन यही थियो, “तेरा सन्तानहरू इस्राएलको राजगद्धिमा चौथो पुस्तासम्म बस्‍नेछन् ।” त्यस्तै हुन आयो ।

  • १ राजा 14:14-16
    3 पदहरू
    68%

    14साथै, त्यस दिन परमप्रभुले इस्राएलबाट एक जना राजा उठाउनुहुने छ जसले यारोबामको परिवारलाई खतम पारिदिने छ । आज नै त्यही दिन हो ।

    15किनकि पानीमा निगालो हल्लिएझैँ परमप्रभुले इस्राएललाई हल्लाउनुहुने छ, र उहाँले तिनीहरूका पिता-पुर्खाहरूलाई दिनुभएको यस असल देशबाट जरैदेखि उखेलिदिनुहुने छ । उहाँले तिनीहरूलाई यूफ्रेटिस नदीभन्दा पारि तितर-बितर पारिदिनुहुने छ किनकि तिनीहरूले अशेराका खम्बाहरू बनाई परमप्रभुलाई रिस उठाएका छन् ।

    16यारोबामले पाप गरेका कारण र तिनले इस्राएललाई पाप गर्न लगाएकाले उहाँले इस्राएललाई त्यागिदिनुहुने छ ।”

  • यशा 8:3-4
    2 पदहरू
    68%

    3म अगमवादिनीकहाँ गएँ र तिनी गर्भवती भइन् र एउटा छोरा जन्माइन् । तब परमप्रभुले मलाई भन्‍नुभयो, “त्यसको नाउँ महेर-शालल-हाज-बज राख् ।

    4किनकि बालकले 'मेरो बुबा' र 'मेरो आमा' भन्‍न जान्‍नअघि नै दमसकसको धन र सामरियाको लूटलाई अश्‍शूरको राजाले बोकेर लैजानेछ ।”

  • आमो 7:16-17
    2 पदहरू
    68%

    16अब परमप्रभुको वचन सुन । तिमी भन्छौ, ‘इस्राएलको विरुद्धमा अगमवाणी नगर, र इसहाकको घरानाको विरुद्धमा नबोल ।’

    17यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ, ‘तेरी पत्‍नी सहरमा वेश्‍या हुनेछे, तेरा छोराहरू र तेरा छोरीहरू तरवारद्वारा मारिनेछन्, तेरो देश नापिनेछ र विभाजन गरिनेछ, तँ एउटा अशुद्ध देशमा मर्नेछस्, र इस्राएल निश्‍चय नै आफ्नो देशबाट निर्वासनमा जानेछ ।’”

  • २ राजा 9:36-37
    2 पदहरू
    68%

    36त्‍यसैले तिनीहरू आएर येहूलाई बताए । तिनले भने, “आफ्ना सेवक तिश्बी एलियाद्वारा परमप्रभुले बोल्नुभएको वचन यही हो, 'यिजरेलको जमिनमा कुकुरहरूले ईजेबेलको मासु खानेछन्,

    37र ईजेबेलको लाश यिजरेलका खेतहरूमा मलझैँ हुनेछ ताकि कसैले यस्तो भन्‍न नसकोस्, 'यो ईजेबेल हो' ।”

  • 4हे याकूबका घराना र इस्राएलको घरानाका सबै वंश हो, परमप्रभुको वचन सुन ।

  • २ राजा 9:25-26
    2 पदहरू
    68%

    25तब येहूले आफ्ना सेनापति बिदकारलाई भने, “तिनलाई उठाऊ र यिजरेली नाबोतको खेतमा फालिदेऊ । तिनका पिता आहाबको पछि रथमा तिमी र म जाँदा परमप्रभुले तिनको विरुद्धमा भन्‍नुभएको यो अगमवाणीको बारेमा वोचार गरः

    26'परमप्रभु घोषणा गर्नुहुन्छ— हिजो मैले नाबोतको रगत र त्यसका छोराहरूको रगत देखेँ, र परमप्रभु भन्‍नुहुन्छ, निश्‍चय नै म यही खेतमा त्यसको बदला लिनेछु ।' अब परमप्रभुको वचनअनुसार तिनलाई उठाऊ र यही खेतमा फालिदेऊ ।”

  • 11त्यसैले येहूले यिजरेलमा आहाबका घरानाका बाँकी रहेका सबै जना, तिनका मुख्य मानिसहरू, तिनका नजिकका मित्रहरू र पुजारीहरू कसैलाई पनि नछडी सबैलाई मारे ।

  • 1¶ परमप्रभुको वचन मकहाँ यसो भनेर आयो,

  • न्या 11:1-2
    2 पदहरू
    67%

    1¶ गिलादी यिप्‍ता एक जना शक्तिशाली योद्धा थिए, तर तिनी एक जना वेश्याका छोरा थिए । गिलाद तिनका पिता थिए ।

    2गिलादकी पत्‍नीले पनि तिनका निम्‍ति अरू छोराहरू जन्माइन् । जब तिनकी पत्‍नीकी छोराहरू हुर्के, तिनीहरूले यिप्‍तालाई घर छोड्न बाध्‍य पारे र तिनलाई भने, “हाम्रो परिवारबाट तैंले केही पनि पैतृक अंश पाउनेछैनस् । तँ अर्कै स्‍त्रीको छोरा होस् ।”

  • 15तर अरामका राजा हजाएलको विरुद्धमा लड्दा राजा योरामलाई अरामीहरूले घाइते बनाएका हुनाले तिनी निको हुन यिजरेलमा फर्केका थिए । येहूले योरामका सेवकहरूलाई भने, “तिमीहरूको राय यस्तै छ भने यिजरेलमा गएर यो समाचार बताउनलाई कोही पनि भागेर सहरबाहिर जान नपाओस् ।”

  • 12त्यसैले, ए इस्राएल, म तेरो बिचमा केही डरलाग्दो कुरा गर्नेछु । र मैले तिमीहरूका बिचमा केही डरलाग्दो गर्ने हुनाले, ए इस्राएल, आफ्नो परमेश्‍वरलाई भेट्न तयार हो!

  • १ राजा 21:21-23
    3 पदहरू
    67%

    21परमप्रभु तपाईंलाई यसो भन्नुहुन्छ, 'हेर्, म तँमाथि विपत्ति ल्याउने छु, र इस्राएलमा भएको तेरो हरेक पुरुष, कमारा र फुक्कालाई पूर्ण रूपमा भस्म पारी सर्वनाश पार्ने छु ।

    22म तेरो घरानालाई नबातका छोरा यारोबाम र अहियाका छोरा बाशाको घरानाजस्तै तुल्याउने छु किनकि तैँले मलाई रिस उठाई इस्राएललाई पाप गर्न लगाएको छस् ।'

    23परमप्रभुले ईजेबेलको सम्बन्धमा पनि यसो भन्नुभएको छ, 'यिजरेलको पर्खालको छेउमा नै कुकुरहरूले ईजेबेललाई खाने छन् ।'

  • 12त्यसैले हे यारोबामकी पत्नी, उठेर आफ्नो घर फर्केर जाऊ । तिमी सहरमा प्रवेश गर्दा तिम्रो बालक अबिया मर्ने छ ।

  • 10त्यसकारण हेर्, म तेरो परिवारमा विपत्ति ल्याउने छु । चाहे कमारा होस् या फुक्का, म इस्राएलको हरेक पुरुष बालकलाई खतम पारिदिने छु, र तेरो घरानालाई गोबर जलाएझैँ पूर्ण रूपमा हटाइदिने छु ।

  • 1¶ “जब इस्राएल जवान मानिस थियो, तब मैले त्यसलाई प्रेम गरें, र मैले मेरो पुत्रलाई मिश्रबाट बाहिर ल्याएँ ।

  • 8हेर्, परमप्रभु परमेश्‍वरको आँखा पापी राज्यमाथि पर्छ, र म त्यसलाई पृथ्वीको सतहबाट विनाश गर्नेछु, तर म याकूबको घरानालाई पूर्ण रूपमा नाश गर्नेछैनँ, यो परमप्रभुको घोषणा हो ।

  • 17हजाएलको तरवारबाट उम्कने जोसुकैलाई येहूले मार्ने छन्, र येहूको तरवारबाट उम्कने जोसुकैलाई एलीशाले मार्ने छन् ।

  • 4परमप्रभुको यो वचन यसो भनेर मकहाँ आयो,

  • 14“तर ए इस्राएलका घराना, हेर, म तिमीहरूका विरुद्धमा एउटा जातिलाई खडा गर्नेछु— परमप्रभु सर्वशक्‍तमान् परमेश्‍वरको घोषणा हो । तिनीहरूले तिमीहरूलाई लेबो-हमातदेखि अराबाको खोलासम्मै पीडा दिनेछन् ।”

  • 17यिजरेलको धरहरामा पहरेदार खडा थियो, र त्यसले येहूका फौज आइरहेको टाढैबाट देख्यो । त्यसले भन्यो, “मानिसहरूको एउटा समूह आइरहेको मैले देख्दछु ।” योरामले भने, “एक जना घोडचढीलाई तिनीहरूलाई भेट्न पठा । त्यसलाई यसो भन्‍न लगा, 'के तपाईंहरू मित्रभावले आउनुभएको हो'?”

  • 17किनकि म त्यसको मुखबाट बालको नाउँ हटाइदिनेछु, र तिनका नाउँ फेरि कहिल्यै सम्झना हुनेछैन ।”

  • 1¶ ए इस्राएलका मानिस हो, तिमीहरूका विरूद्धमा, मिश्रदेशबाट मैले निकालेर ल्याएको सम्‍पूर्ण परिवारको विरुद्धमा परमप्रभुले बोल्नुभएको यो वचन सुनः