होशे 8:9

अनलक शाब्दिक बाइबल

किनकि वन-गधा एक्लै गएझैं, तिनीहरू अश्‍शूरसम्‍म गए । एफ्राइमले आफ्नै निम्ति प्रेमीहरू नियुक्‍त गरेको छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यिर्मि 2:24 : 24 तँ उजाड-स्थानमा बस्‍न आदत भएको कामातुर भएर हावा सुँघ्‍दै हिंड्ने वन-गधैनी हो। त्यसको कामवासनालाई कसले नियन्त्रण गर्न सक्छ? त्यसको पछि लाग्‍ने कुनै पनि गधा थकित हुनुपर्दैन । मैथुनको समयमा तिनीहरूले त्यसलाई फेला पार्नेछन् ।
  • हो 5:13 : 13 जब एफ्राइमले आफ्नो रोग देख्‍यो, र यहूदाले आफ्नो घाउ देख्‍यो, तब एफ्राइम अश्‍शूरमा गयो, र यहूदाले महान् राजाकहाँ सन्देशवाहक पठायो । तर त्यसले तेरा मानिसहरूलाई निको पार्न वा तिमीहरूका घाउ निको पार्न सकेन ।
  • हो 7:11 : 11 एफ्राइमचाहिं सजिलै छकाउन सकिने र विवेकहीन ढुकुरजस्‍तो छ, मिश्रदेशलाई पुकारा गर्दैछ, त्‍यसपछि अश्‍शूरतिर उड्दैछ ।
  • यहे 16:33-34 : 33 मानिसहरूले त हरेक वेश्‍यालाई ज्‍याला दिन्‍छन्, तर तैंले चाहिं उल्‍टो आफ्‍ना सबै प्रेमीलाई ज्याला दिन्छेस् र तँसित वेश्‍यवृति गर्न चारैतिरबाट तिनीहरू तँकहाँ आऊन् भनेर घुस दिन्‍छेस्‌ । 34 यसैले तँ र अरू स्‍त्रीहरूमा फरक छ । किनकि आफूसँग सुत भन्‍न कोही पनि तँकहाँ आउँदैन । बरु, तैंले तिनीहरूलाई ज्याला दिन्छेस् । कसैले पनि तँलाई ज्‍याला दिंदैन ।
  • यहे 23:5-9 : 5 तर मेरै भएको बेलामा पनि ओहोलाले वेश्‍यावृत्ति गरी । आफ्‍ना प्रेमी, प्रभावशाली अश्‍शूरीहरूसित त्‍यो मोहित भई, 6 नीलो वस्‍त्र लाउने गभर्नर र तिनका अधिकारीहरू, जो बलिया र सुन्दर थिए, ती सबै जना घोडा चढ्ने मानिसहरू थिए । 7 यसरी तिनीहरू, सबै असल अश्‍शूरी मानिसहरूलाई त्यसले आफैलाई सुम्पिदिई, र त्‍यो मोहित भएका हरेक व्‍यक्‍तिसँग अनि तिनीहरूका सबै मूर्तिहरूसँग त्यसले आफैलाई अशुद्ध पारी । 8 किनकि त्‍यसले मिश्रदेशमा हुँदा पनि त्‍यसको वेश्‍यावृतिको व्‍यवहार छाडेकी थिईन । जति बेला त्‍यो एउटी जवान केटी थिई, त्‍यति बेला तिनीहरू त्‍योसित सुतेका थिए । त्‍यति बेला तिनीहरूले पहिलो पल्‍ट त्‍यसका कन्‍या स्‍तनहरू खेलाएका थिए । त्‍यति बेला तिनीहरूले त्‍यससित आफ्‍ना यौनका छाडा व्‍यवहार गर्न सुरु गरेका थिए । 9 यसकारण त्यसका प्रेमीहरूका हातमा अर्थात् अश्‍शूरीहरूका हातमा मैले त्यसलाई सुम्पिदिएँ, जोसँग त्यो मोहित भई ।
  • हो 2:5-7 : 5 किनकि तिनीहरूकी आमा वेश्‍या थिई, र तिनीहरूलाई गर्भधारण गर्नेले लज्‍जास्‍पद किसिमले काम गरेकी छे । त्यसले भनी, “म आफ्‍ना प्रमीहरूको पछि जानेछु, किनकि तिनीहरूले मलाई मेरो रोटी र पानी, मेरो ऊन र सूती कपडा, मेरो तेल र दाखमद्य दिन्छन् ।” 6 यसकारण त्यसको मार्ग रोक्‍नलाई म काँडे झाडीका बार लगाउनेछु । त्यसले आफ्नो बाटो पत्ता नलगाओस् भनेर, म त्यसको विरुद्ध पर्खाल लगाउनेछु । 7 त्यो आफ्ना प्रेमीहरूको पछि लाग्‍नेछ, तर त्यसले तिनीहरूलाई भेट्‍टाउनेछैन । त्यसले तिनीहरूलाई खोज्‍नेछ, तर त्यसले तिनीहरूलाई पाउनेछैन । अनि त्यसले भन्‍नेछ, “म आफ्‍नो पहिलो पतिकहाँ नै फर्कनेछु, किनभने अहिलेभन्दा त्यो नै मेरो निम्ति असल थियो ।”
  • हो 2:10 : 10 तब त्यसका प्रेमीहरूकै सामु म त्यसलाई नाङ्गो बनाउनेछु, र मेरो हातबाट त्यसलाई कसैले बचाउनेछैन ।
  • हो 12:1 : 1 ¶ एफ्राइमले हावा खान्‍छ र त्यसले पूर्वीय बतासको पछि लाग्‍छ । त्यसले झुट र हिंसालाई निरन्तर बढाउँछ । तिनीहरूले अश्‍शूरसँग करार बाँध्‍दछन् र मिश्रदेशमा जैतूनको तेल लान्छन् ।
  • २ राजा 15:19 : 19 तब अश्शूरका राजा पूल इस्राएलको विरुद्धमा आए, र इस्राएल राज्यलाई आफ्‍नो हात सुदृढ पार्नलाई पुलले आफूलाई सहयोग गरोस् भनेर मनहेमले पूललाई एक हजार तोडा चाँदी दिए ।
  • अय्यू 39:5-8 : 5 वन-गधालाई कसले छाडा छोडेको हो? कुद्‍ने गधाको बन्धन कसले फुकालेको हो, 6 जसको बासस्थान अराबामा, त्यसको घर खारको जग्गामा मैले बनाएको छु । 7 सहरको होहल्ला सुनेर त्यसले गिल्ला गर्दै हाँस्‍छ । लखेट्नेले कराएको त्यसले सुन्दैन । 8 डाँडाहरूमा भएका आफ्‍ना खर्कहरूतिर त्‍यो घुम्‍छ । खानलाई त्यहाँ त्यसले हरेक हरियो बिरुवा खोज्‍छ ।
  • यशा 30:6 : 6 नेगेवको घमण्डको बारेमा एउटा घोषणाः कष्‍ट र खतराको देशबाट भएर सिंहनी र सिंह, साप र उड्ने सर्प निस्कनेछन्, आफूलाई सहायता गर्न नसक्‍ने मानिसहरूकहाँ लैजानलाई तिनीहरूले गधाहरूलाई आफ्‍ना सम्पत्ति र ऊँटहरूलाई आफ्‍ना बहुमूल्य भण्डारहरू बोकाउँछन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • हो 8:10-11
    2 पदहरू
    78%

    10तिनीहरूले जातिहरूका बिचमा प्रेमीहरू नियुक्‍त गरे तापनि, अब तिनीहरूलाई म एकसाथ भेला गराउनेछु । राजकुमारहरूका राजाको दमनको कारणले, तिनीहरू दुःखी हुन लाग्‍नेछन् ।

    11किनकि पापबलिहरूका निम्ति एफ्राइमले वेदीहरूको सङ्ख्या बढाएका छन्, तर झन् पाप गर्ने वेदीहरू ती भएका छन् ।

  • हो 7:10-11
    2 पदहरू
    77%

    10इस्राएलको घमण्डले आफ्‍नै विरुद्ध गवाही दिन्छ, तापनि तिनीहरू परमप्रभु आफ्‍ना परमेश्‍वरतिर फर्केका छैनन्, न त यी सबै कुरापछि पनि तिनीहरूले उहाँलाई खोजेका छन् ।

    11एफ्राइमचाहिं सजिलै छकाउन सकिने र विवेकहीन ढुकुरजस्‍तो छ, मिश्रदेशलाई पुकारा गर्दैछ, त्‍यसपछि अश्‍शूरतिर उड्दैछ ।

  • हो 4:16-18
    3 पदहरू
    74%

    16किनकि एउटी अटेरी साँडी-गाईले झैं इस्राएलले अटेरी भएर व्यवहार गरेको छ । भेडाहरूलाई घाँसे-मैदानमा लगेझैं परमप्रभुले कसरी तिनीहरूलाई खर्कमा लान सक्‍नुहुन्‍छ?

    17एफ्राइमले आफूलाई मूर्तिहरूसँग मिलाएको छ । त्यसलाई वास्‍तै नगर ।

    18तिनीहरूका कडा दाखमद्यले छोड्दा पनि, तिनीहरू निरन्‍तर व्यभिचारमा गर्छन् । र त्यसको शासकहरूले आफ्‍नो लज्‍जास्‍पद कुरालाई ज्यादै मन पराउँछन् ।

  • 9यसकारण त्यसका प्रेमीहरूका हातमा अर्थात् अश्‍शूरीहरूका हातमा मैले त्यसलाई सुम्पिदिएँ, जोसँग त्यो मोहित भई ।

  • 8इस्राएल निलिएको छ । अब जातिहरूमा बिचमा ती काम नलाग्‍ने वस्तुझैं रहन्‍छन् ।

  • 1¶ एफ्राइमले हावा खान्‍छ र त्यसले पूर्वीय बतासको पछि लाग्‍छ । त्यसले झुट र हिंसालाई निरन्तर बढाउँछ । तिनीहरूले अश्‍शूरसँग करार बाँध्‍दछन् र मिश्रदेशमा जैतूनको तेल लान्छन् ।

  • 5तर मेरै भएको बेलामा पनि ओहोलाले वेश्‍यावृत्ति गरी । आफ्‍ना प्रेमी, प्रभावशाली अश्‍शूरीहरूसित त्‍यो मोहित भई,

  • 12अश्‍शूरीहरू, तिनका गभर्नरहरू र आकर्षक किसिमले वस्‍त्र पहिरिने अधिकारीहरूसँग त्यो कामुक भई, जो घोडा चढ्‍ने मानिसहरू थिए । ती सबै जना बलिया र सुन्दर मानिसहरू थिए ।

  • 20लेबनानका पहाडहरूमा उक्लेर जा र चर्को गरी करा । बाशानमा तेरो सोर निकाल् । अबारीम पहाडहरूबट चर्को गरी करा, किनकि तेरा सबै मित्रहरू नष्‍ट गरिनेछन् ।

  • 69%

    24तँ उजाड-स्थानमा बस्‍न आदत भएको कामातुर भएर हावा सुँघ्‍दै हिंड्ने वन-गधैनी हो। त्यसको कामवासनालाई कसले नियन्त्रण गर्न सक्छ? त्यसको पछि लाग्‍ने कुनै पनि गधा थकित हुनुपर्दैन । मैथुनको समयमा तिनीहरूले त्यसलाई फेला पार्नेछन् ।

    25तेरो खुट्टालाई नाङ्गो हुनबाट र तेरो घाँटीलाई तिर्खाउनबाट तैंले नियन्त्रण गर्नुपर्छ । तर तैंले भनेको छस्, 'यो आशारहित छ! अहँ, म परदेशीहरूलाई प्रेम गर्छु र तिनीहरूकै पछि लाग्छु ।'

  • हो 5:3-4
    2 पदहरू
    69%

    3एफ्राइम र इस्राएल मबाट लुकेका छैनन् भनी म जान्‍दछु । ए एफ्राइम, तँ अब वेश्‍याझैं भएको छस् । इस्राएल अपवित्र पारिएको छ ।

    4तिनीहरूका कामहरूले तिनीहरूलाई परमेश्‍वरतर्फ फर्कन दिंदैनन्, किनकि तिनीहरूमा व्यभिचारको मन छ, र तिनीहरूले परमप्रभुलाई चिन्दैनन् ।

  • 6आफ्ना बगाल र बथानसँग परमप्रभुको खोजी गर्न तिनीहरू जानेछन्, तर तिनीहरूले उहाँलाई भेट्‍टाउने छैनन्, किनकि उहाँले आफैंलाई तिनीहरूबाट टाढा लानुभएको छ ।

  • हो 11:4-5
    2 पदहरू
    69%

    4तिनीहरूलाई मानवताका डोरीहरू र प्रेमको बन्धनहरूले मैले डोर्‍याएँ । तिनीहरूका काँधका जुवालाई सजिलो पारिदिने कोही व्‍यक्‍ति जस्तै म तिनीहरूका निम्‍ति थिएँ, र तिनीहरूका अगि म झुकें र तिनीहरूलाई खुवाएँ ।

    5के तिनीहरू मिश्रदेशमा फर्कने छैनन् र? तिनीहरू मकहाँ फर्कन नमानेका हुनाले, के अश्‍शूरले तिनीहरूमाथि राज्‍य गर्ने छैन र?

  • 20यसरी त्‍यो आफ्‍ना प्रेमीहरूसित कामुक भई, जसका गुताङ्गहरू गधाहरूका जस्‍ता थिए, अनि जसका वीर्य घोडाहरूका झैं निस्‍कन्‍थ्‍यो ।

  • हो 5:13-14
    2 पदहरू
    68%

    13जब एफ्राइमले आफ्नो रोग देख्‍यो, र यहूदाले आफ्नो घाउ देख्‍यो, तब एफ्राइम अश्‍शूरमा गयो, र यहूदाले महान् राजाकहाँ सन्देशवाहक पठायो । तर त्यसले तेरा मानिसहरूलाई निको पार्न वा तिमीहरूका घाउ निको पार्न सकेन ।

    14यसैले एफ्राइमको निम्ति म सिंहझैं हुनेछु, र यहूदाको घरानाको निम्ति जवान सिंहझैं हुनेछु । मैले नै तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछु र जानेछु । म तिनीहरूलाई बोकेर लानेछु, र तिनीहरूलाई बचाउने कोही पनि हुनेछैन ।

  • 6महान् राजाका निम्ति उपहारको रूपमा, तिनीहरू अश्‍शूरमा लगिनेछन् । एफ्राइम अपमान हुनेछ, र इस्राएल आफ्नो मूर्तिको लागि लाजमा पर्नेछ ।

  • 11एफ्राइम दाइँ गर्न मनपराउने दाइएको बाछोझैं हो, यसैले त्यसको सुन्दर काँधमा म एउटा जुवा हाल्‍नेछु । म एफ्राइमको काँधमा म एउटा जुवा राख्‍नेछु, यहूदाले हलो जोत्‍नेछ । र याकूब आफैले लिंड्‍को लगाउनेछ ।”

  • 28तैंले अश्‍शूरीहरूसित पनि वेश्‍यावृत्ति गरिस्, किनभने तँ तृप्‍त हुन सकिनस्‌ । तैंले वेश्याले झैं काम गरिस् र पनि तँ सन्तुष्‍ट भइनस् ।

  • हो 9:9-11
    3 पदहरू
    68%

    9गिबाका दिनहरूमा झैं, तिनीहरूले आफैंलाई भित्री रूपमा भ्रष्‍ट पारेका छन् । तिनीहरूको अधर्म परमेश्‍वरले सम्झना गर्नुहुनेछ र उहाँले तिनीहरूका पापको दण्ड दिनुहुनेछ ।

    10परमप्रभु भन्‍नुहुन्छ, “मैले इस्राएललाई भेट्‍टाउँदा, त्‍यो उजाड-स्‍थानमा दाख पाएको जस्‍तै थियो । नेभाराको बोटमा ऋतुको पहिलो फलझैं, मैले तिमीहरूका पुर्खाहरूलाई भेट्‍टाएँ । तर तिनीहरू बाल-पोरमा गए, र तिनीहरूले आफैंलाई त्यस लज्‍जास्पद मूर्तिकहाँ अर्पण गरे । तिनीहरूले प्रेम गर्ने मूर्तिहरूझैं तिनीहरू पनि घृणित भए ।

    11एफ्राइमको बारेमाचाहिं, तिनीहरूको महिमा चराझैं उडिजानेछ । त्यहाँ कुनै जन्‍म, कुनै गर्ववास, र कुनै गर्भधारण हुनेछैन ।

  • 3तिनीहरू परमप्रभुको देशमा सधैंभरि रहनेछैनन्, बरु, एफ्राइम मिश्रदेशमा फर्कनेछ, र एक दिन तिनीहरूले अश्‍शूरमा अशुद्ध भोजन खानेछन् ।

  • 1¶ ए इस्राएल, अरू मानिसहरूझैं आनन्दित नहोओ । किनकि आफ्ना परमेश्‍वरलाई त्यागेर, तिमीहरूले विश्‍वासहीन भएका छौ । अन्‍नका सबै खलामा वेश्‍यालाई तिर्नुपर्ने ज्याला तिर्न तिमीहरू मन पराउँछौ ।

  • 17मेरा परमेश्‍वरले तिनीहरूलाई इन्कार गर्नुहुन्छ किनभने तिनीहरूले उहाँको आज्ञा मानेका छैनन् । जातिहरूका बिचमा तिनीहरू फिरन्‍तेहरू हुनेछन् ।

  • 5किनकि तिनीहरूकी आमा वेश्‍या थिई, र तिनीहरूलाई गर्भधारण गर्नेले लज्‍जास्‍पद किसिमले काम गरेकी छे । त्यसले भनी, “म आफ्‍ना प्रमीहरूको पछि जानेछु, किनकि तिनीहरूले मलाई मेरो रोटी र पानी, मेरो ऊन र सूती कपडा, मेरो तेल र दाखमद्य दिन्छन् ।”

  • 8एफ्राइमले आफैंलाई अरू मानिसहरूसँग मिसाएको छ । नफर्काइएको रोटीजस्‍तै एफ्राइम छ ।

  • 5वन-गधालाई कसले छाडा छोडेको हो? कुद्‍ने गधाको बन्धन कसले फुकालेको हो,

  • 7यसरी तिनीहरू, सबै असल अश्‍शूरी मानिसहरूलाई त्यसले आफैलाई सुम्पिदिई, र त्‍यो मोहित भएका हरेक व्‍यक्‍तिसँग अनि तिनीहरूका सबै मूर्तिहरूसँग त्यसले आफैलाई अशुद्ध पारी ।

  • 8तिनीहरू कामवासनाले मस्‍त घोडाहरूजस्ता थिए । मैथुनको चाहनाले तिनीहरू चारैतिर डुल्दै थिए । प्रत्येक आफ्नो छिमेकीको पत्‍नीको लागि हिनहिनायो ।

  • 2जति धेरै तिनीहरूलाई बोलाइयो, तिनीहरू मबाट त्यति नै टाढा गए । तिनीहरूले बाल देवतालाई बलिदान चढाए, र मूर्तिहरूलाई धूप बाले ।

  • 5हेर्नुहोस्, उजाड-स्थानका वन-गधाहरूझैं, यी गरिब मानिसहरू होसियारी भएर खानेकुरा खोज्‍दै आफ्नो काममा जान्छन् । सायद अराबाले तिनीहरूका छोराछोरीलाई खानेकुरा जुटाउनेछ ।

  • 4किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, “सुरुमा मेरा मानिसहरू अस्थायी रूपमा बसोवास गर्न मिश्रदेशमा गए । अनि अश्शूरले तिनीहरूलाई कुनै ठिक कारणविना नै अत्याचार गर्‍यो ।

  • 6किनकि तपाईंले याकूबको घराना, आफ्ना मानिसहरूलाई त्याग्‍नुभएको छ, किनभने तिनीहरू पुर्वका प्रचलनले भरिएका छन् र पलिश्‍तीहरूले झैं तिनीहरू जोखना हेर्छन्, र तिनीहरूले विदेशीका छोराहरूसँग हात मिलाउँछन् ।

  • 23त्यस दिनमा मिश्रदेशदेखि अश्शूरसम्म जाने एउटा मुल बाटो हुनेछ, अनि अश्शूरीहरू मिश्रदेशमा आउनेछन् र मिश्रीहरू अश्शूरमा जानेछन् । अनि मिश्रीहरूले अश्शूरीहरूसँगै आराधना गर्नेछन् ।

  • 10इस्राएलको घरानामा मैले घिनलाग्‍दो कुरा देखेको छु । त्यहाँ एफ्राइमको वेश्‍यागमन छ, र इस्राएल अशुद्ध भएको छ ।

  • 6जब तिमीहरूले खर्कमा खायौ, तब तिमीहरू भरपेट भयौ, र जब तिमीहरूको पेट भरियो, तब तिमीहरूका हृदयमा घमण्ड पलायो । त्यही कारणले तिमीहरूले मलाई भुल्यौ ।

  • 9न्यायको दिनमा एफ्राइम निर्जन हुनेछ । इस्राएलका कुलहरू बिचमा निश्‍चय हुन आउने कुरा मैले घोषणा गरेको छु ।

  • 6किनकि, हेर, तिनीहरू विनाशबाट उम्के भने, मिश्रदेशले तिनीहरूलाई एकसाथ भेला गर्नेछ, र मोपका मानिसहरूले तिनीहरूलाई गाड्नेछन् । तिनीहरूका चाँदीका धन काँढाघारीले ढाक्‍नेछ, र तिनीहरूका पालहरू काँढाका झाँगहरूले भरिनेछ ।

  • 17परमप्रभुले तिमी, तिम्रा मानिसहरू र तिम्रा बुबाको घरानामाथि एफ्राइम यहूदाबाट छुटेदेखि कहिल्यै नभएको कुरा ल्याउनुहुनेछ— उहाँले तिमीमाथि अश्शूरका राजा ल्याउनुहुनेछ ।”

  • 11एफ्राइम कुल्चिएको छ, त्यो न्यायमा कुल्चिएको छ, किनभने त्यो आफ्नै इच्‍छामा मूर्तिहरूको पछि लागेको छ ।

  • 1¶ सहायताको निम्ति मिश्रदेशमा जाने, घोडाहरूमा भर पर्ने र रथहरूमा (किनकि ती धेरै छन्) र घोडचढीहरूमा (किनकि ती असंख्य छ्न्) भरोसा गर्नेहरूलाई धिक्‍कार! तर तिनीहरूले इस्राएलका परमपवित्रको वास्‍ता गर्दैनन्, न तिनीहरूले परमप्रभुको खोजी नै गर्छन् ।

  • 3तर इस्राएलले जे असल छ त्यो इन्‍कार गरेको छ, र सत्रुले त्यसलाई खेद्‍नेछ ।