यहेज्केल 23:12
अश्शूरीहरू, तिनका गभर्नरहरू र आकर्षक किसिमले वस्त्र पहिरिने अधिकारीहरूसँग त्यो कामुक भई, जो घोडा चढ्ने मानिसहरू थिए । ती सबै जना बलिया र सुन्दर मानिसहरू थिए ।
अश्शूरीहरू, तिनका गभर्नरहरू र आकर्षक किसिमले वस्त्र पहिरिने अधिकारीहरूसँग त्यो कामुक भई, जो घोडा चढ्ने मानिसहरू थिए । ती सबै जना बलिया र सुन्दर मानिसहरू थिए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
3आफ्नो जवानी दिनमा तिनीहरूले मिश्रदेशमा वेश्यावृति गरे । तिनीहरूले त्यहाँ वेश्याको काम गरे । त्यहाँ तिनीहरूका स्तन मिचिए र तिनीहरूको कुमारी अवस्थाको मुन्टाहरू खेलाइए ।
4तिनिहरूमा दिदीको नाउँ ओहोला र बहिनीको नाउँ ओहोलिबा थियो । तब तिनीहरू मेरा भए, र तिनीहरूले छोराछोरी जन्माए । तिनीहरूका नाउँको अर्थ यही होः ओहोलाको अर्थ सामरिया र ओहोलिबाको अर्थ यरूशलेम हो ।
5तर मेरै भएको बेलामा पनि ओहोलाले वेश्यावृत्ति गरी । आफ्ना प्रेमी, प्रभावशाली अश्शूरीहरूसित त्यो मोहित भई,
6नीलो वस्त्र लाउने गभर्नर र तिनका अधिकारीहरू, जो बलिया र सुन्दर थिए, ती सबै जना घोडा चढ्ने मानिसहरू थिए ।
7यसरी तिनीहरू, सबै असल अश्शूरी मानिसहरूलाई त्यसले आफैलाई सुम्पिदिई, र त्यो मोहित भएका हरेक व्यक्तिसँग अनि तिनीहरूका सबै मूर्तिहरूसँग त्यसले आफैलाई अशुद्ध पारी ।
8किनकि त्यसले मिश्रदेशमा हुँदा पनि त्यसको वेश्यावृतिको व्यवहार छाडेकी थिईन । जति बेला त्यो एउटी जवान केटी थिई, त्यति बेला तिनीहरू त्योसित सुतेका थिए । त्यति बेला तिनीहरूले पहिलो पल्ट त्यसका कन्या स्तनहरू खेलाएका थिए । त्यति बेला तिनीहरूले त्यससित आफ्ना यौनका छाडा व्यवहार गर्न सुरु गरेका थिए ।
9यसकारण त्यसका प्रेमीहरूका हातमा अर्थात् अश्शूरीहरूका हातमा मैले त्यसलाई सुम्पिदिएँ, जोसँग त्यो मोहित भई ।
10तिनीहरूले त्यसलाई नाङ्गो पारे, त्यसका छोराछोरीलाई लगे, त्यसलाई तरवारले मारे र अरू स्त्रीहरूका माझमा त्यो कुख्यात भई । यसरी तिनीहरूले त्यसलाई दण्ड दिए ।
11त्यसकी बहिनी ओहोलिबाले त्यो कुरा देखी, तर त्यो झन् बढी कामुक भई र आफ्नी दिदीभन्दा पनि बढी वेश्यावृत्तिको काम गर्न लागी ।
13त्यसले आफैलाई अशुद्ध पारेकी मैले देखें । ती दुवै जना दिदीबहिनी उस्तै थिए ।
14त्यसपछि त्यसले आफ्नो वेश्यावृत्ति झन् बढाई । भित्तामा कोरिएका मानिसहरू, भित्तामा रातो रङ्गले पेन्ट गरेर बनाइएका कल्दीहरूका चित्रहरू त्यसले देखी,
15आफ्ना कम्मर वरिपरि पटुका बाँधेका र आफ्ना शिरमा लट्कने फेटा बाँधेका । ती सबै जना कल्दी फौजका रथी अधिकारीहरूजस्ता, बेबिलोनियाका छोराहरूजस्तै देखिन्थे, जसको आफ्नो देश कल्दीया हो ।
16त्यसले उनीहरूलाई देख्ने बित्तिकै उनीहरूका निम्ति त्यो कामुक भई । यसैले कल्दिया देशमा उनीहरूकहाँ त्यसले दूतहरू पठाई ।
17त्यसपछि बेबिलोनीहरू त्यसकहाँ त्यसको कामुक ओच्छ्यानमा आए र आफ्ना छाडा यौनले तिनीहरूले त्यसलाई अशुद्ध पारे । त्यसले जे गरेकी थिई त्यसद्वारा त्यो अशुद्ध भई । यसरी मनमा घृणा बोकेर त्यो उनीहरूसँग टाढा भई ।
18जब त्यसले आफ्ना वेश्यावृत्तिका कामहरू गरी र आफ्नो नग्नता देखाई, तब जसरी मनमा घृणा बोकेर त्यसकी दिदीसँग म टाढा भएको थिएँ, त्यसरी नै म त्योसँग पनि टाढा भएँ ।
19तब मिश्रदेशमा त्यो वेश्या हुँदाको, आफ्ना युवावस्थाका समयलाई सम्झेर त्यसले आफ्नो वेश्यावृत्ति झन् बढाई ।
20यसरी त्यो आफ्ना प्रेमीहरूसित कामुक भई, जसका गुताङ्गहरू गधाहरूका जस्ता थिए, अनि जसका वीर्य घोडाहरूका झैं निस्कन्थ्यो ।
21मिश्रीहरूले तेरा स्तनका मुन्टाहरू खेलाउँदा र तेरा जवानीका स्तनहरू मिच्दा, तैंले आफ्ना जवानीका लज्जापूर्ण कामहरू यसरी नै गरिस् ।
22यसैकारण ए ओहोलिबा, परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः ‘हेर्, तेरा प्रेमीहरूलाई म तेरो विरुद्धमा उठाउनेछु । जसबाट तँ टाढा भईस्, उनीहरूलाई चारैतिरबाट म तेरो विरुद्धमा ल्याउनेछुः
23बेबिलोनीहरू र सबै कल्दीहरू, पकोद, शोअ र कोअका मानिसहरू, र तिनीहरूसँगै सबै अश्शूरहरू, बलिया, सुन्दर मानिसहरू, गभर्नरहरू, कमाण्डरहरू, ती सबै जना अधिकारीहरू र इज्जतदार मानिसहरूलाई, घोडामा सवार सबै जना मानिसहरूलाई ।
24उनीहरू तेरो विरुद्धमा हतियारहरू र रथहरू र गाडाहरू र मानिसहरूका ठुलो भीडलाई साथमा लिएर आउनेछन् । ठुला ढालहरू, साना ढालहरू लिएर र टोप लाएर उनीहरूले तँलाई घेरा हाल्नेछन् । तँलाई दण्ड दिने मौका उनीहरूलाई म दिनेछु, र उनीहरूले आफ्ना कामहरूले तँलाई दण्ड दिनेछन् ।
42यसैले हल्ला गर्ने भीड त्यसको वरिपरी थियो । तिनमा सबै किसिमका मानिसहरू, यतिसम्म कि उजाड-स्थानबाट साबीहरू पनि ल्याइए, र उनीहरूले आफ्ना हातमा चुराहरू लगाए र शिरमा सुन्दर मुकुटहरू लगाए ।
43तब व्भिचारले दिक्क भएकी स्त्रीको विषयमा मैले यसो भनें, 'अब उनीहरू त्यससँग यौनका अनैतिक काम गर्नेछन्, र त्यसले उनीहरूसँग गर्नेछे ।’
44जसरी मानिसहरू एउटी वेश्याकहाँ जान्छन् त्यसरी उनीहरू त्यसकहाँ गए र त्यससँग सुते । यसरी उनीहरू ती अनैतिक स्त्रीहरू, ओहोला र ओहोलिबासित सुते ।
28तैंले अश्शूरीहरूसित पनि वेश्यावृत्ति गरिस्, किनभने तँ तृप्त हुन सकिनस् । तैंले वेश्याले झैं काम गरिस् र पनि तँ सन्तुष्ट भइनस् ।
29कल्दीका व्यापारीहरूका देशमा पनि तैंले धैरै वेश्यावृत्तिका कामहरू गरिस्, र यसले पनि तँलाई सन्तुष्ट बनाएन ।
9किनकि वन-गधा एक्लै गएझैं, तिनीहरू अश्शूरसम्म गए । एफ्राइमले आफ्नै निम्ति प्रेमीहरू नियुक्त गरेको छ ।
13यसरी तँ सुन र चाँदीले आभूषित भइस्, र तैंले मलमल र रेशमी र बुट्टादार कपडा लगाइस् । तैंले मसिनो पीठो, मह र भद्राक्षको तेल खाइस्, र तँ अत्यन्तै सुन्दरी थिइस्, र तँ रानी भइस् ।
14तेरो सौन्दर्यको कारणले तेरो ख्याति जातिहरूका बिचमा फैलियो, किनभने मैले तँलाई दिएको गौरवको कारण तेरो सौन्दर्य सिद्ध थियो—यो परमप्रभु परमेश्वरको घोषणा हो ।
15तर तेरो आफ्नो सौन्दर्यमा तैंले भरोसा राखिस् र तेरो ख्यातिको कारणले तैंले एक वेश्याले झैं काम गरिस् । छेउबाट जाने जोसुकैलाई पनि तैंले वेश्याले झैं आफ्नो काम तैंले गरिस्, ताकि तेरो सौन्दर्य उसको भयो ।
16तब आफ्ना केही वस्त्र लिएर तैंले राम्ररी सिङ्गारिएका डाँडाका थानहरू बनाइस्, र त्यहीं नै तैंले वेश्याले झैं व्यवहार गरिस् । यस्तो नहुनुपर्थ्यो । न त यस्तो कुराको अस्तित्वमा हुनुपर्थ्यो ।
17मैले तँलाई दिएको सुन र चाँदीका गहना तैंले लिइस् र तैंले आफ्नो निम्ति पुरुष-मूर्तिहरू बनाइस् र तीसित तैंले वेश्याले झैं काम गरिस् ।
8तिनीहरू कामवासनाले मस्त घोडाहरूजस्ता थिए । मैथुनको चाहनाले तिनीहरू चारैतिर डुल्दै थिए । प्रत्येक आफ्नो छिमेकीको पत्नीको लागि हिनहिनायो ।
40अब हेर— दूतहरूले पठाएका टाढाबाट आएका मानिसहरूलाई तैंले बोलाईस् । तिनीहरू साँच्चै आए जसका निम्ति तैंले नुहाईस्, आँखामा गाजल लगाईस् र आफूलाई गहनाले सिंगारिस् ।
10तथापि नो शहर निर्वासनमा लगियो, त्यो दासत्वमा लगियो, त्यसका छोराछोरीहरू हरेक सडकहरूका मुखमा टुक्रा-टुक्रा पारिए । त्यसका शत्रुहरूले त्यसका भारदारहरूका निम्ति चिट्ठा हाले, र त्यसका सबै महान् मानिसहरू साङ्लाले बाँधिए ।
37यसकारण हेर्, तैंले भेटेका सबै प्रेमीहरूलाई म भेला गर्नेछु, तैंले प्रेम गरेका सबै प्रेमीहरू र तैंले घृणा गरेका सबैलाई म भेला गर्नेछु, र तिनीहरूलाई म तेरा विरुद्धमा तेरो चारैतिर जम्मा गर्नेछु । तिनीहरूले तेरो नग्नता देखून् भनेर म तेरो नग्नता उघारिदिनेछु ।
25हरेक चोकमा आफ्नो निम्ति एउटा अल्गो देवता-थान बनाइस् र तैंले आफ्नो सुन्दताको अपमान गरिस्, अनि त्यहाँबाट जाने सबैलाई आफ्ना खुट्टाहरू फैलाइस् र तैंले आफ्नो वेश्यावृत्तिका कामहरू बढाइस् ।
26यौनले उन्मत्त तेरो मिश्रदेशका छिमेकीहरूसित पनि तैंले वेश्यावृत्ति गरेको छस्, र वेश्यावृत्तिका तेरा अरू धेरै कामले मलाई रिस उठाइस् ।
8तिनीहरूका घोडाहरू चितुवाभन्दा तेज, र साँझका ब्वाँसाहरूभन्दा द्रुत छन् । यसैकारण तिनीहरूका घोडाहरूले जमिनमा कुल्चन्छन्, र तिनीहरूका घोडचढीहरू टाढा-टाढाबाट आउँछन्, र तिनीहरू शिकारलाई खानको निम्ति आतुर भएको गरुडझैँ उड्छन् ।
30वेश्याले झैं तैंले काम गरेको, जातिहरूसँग कामुक भएको, उनीहरूका मूर्तिहरूद्वारा तँ अशुद्ध भएको हुनाले यी कुराहरू तँलाई हुनेछेन् ।
4टुनामुनामा निपुण, त्यो सुन्दर वेश्या, जसले आफ्नो, र टुनामुनाले जाति-जातिहरूलाई बेच्छे, त्यसको कामवासनापूर्ण कामहरूका कारण यो भइरहेको छ ।
9त्यसको वेश्यावृत्ति त्यसको लागि केहीजस्तो भएन । त्यसले देशलाई दुषित पारी, र त्यसले ढुङ्गा र रुखहरूसित व्यभिचार गरी ।
18तिनीहरूका कडा दाखमद्यले छोड्दा पनि, तिनीहरू निरन्तर व्यभिचारमा गर्छन् । र त्यसको शासकहरूले आफ्नो लज्जास्पद कुरालाई ज्यादै मन पराउँछन् ।
7तेरा उत्तम बेसीहरू रथहरूले भरिनेछन् र घोडचढीहरूले ढोकाहरूमा आफ्ना ठाउँ ओगट्नेछन् ।
13बाल देवताका भोजका दिनका निम्ति म त्यसलाई दण्ड दिनेछु, जति बेला त्यसले तिनीहरूका निम्ति धूप बाली, जति बेला त्यसले आफ्ना औँठीहरू र गहनाले आफूलाई सुसज्जिए पारी, अनि त्यो आफ्ना प्रेमीहरूको पछि गई र मलाई बिर्सी, यो परमप्रभुको घोषणा हो ।”
36परमप्रभुले मलाई भन्नुभयो, “ए मानिसको छोरो, के तैंले ओहोला र ओहोलिबाको न्याय गर्नेछस्? त्यसैले तिनीहरूका घृणित कामहरूका तिनीहरूलाई विरोध गर,
10फारस, लूद र पूतका मानिसहरू तेरो फौजमा तेरा योद्धहरू थिए । तिनीहरूले आ-आफ्ना ढाल र टोप तँभित्रै टाँगे । तिनले तेरो गौरव दर्शाए ।
5किनकि तिनीहरूकी आमा वेश्या थिई, र तिनीहरूलाई गर्भधारण गर्नेले लज्जास्पद किसिमले काम गरेकी छे । त्यसले भनी, “म आफ्ना प्रमीहरूको पछि जानेछु, किनकि तिनीहरूले मलाई मेरो रोटी र पानी, मेरो ऊन र सूती कपडा, मेरो तेल र दाखमद्य दिन्छन् ।”
24मेरा मालिकका सेवकहरूमध्ये सबैभन्दा तल्लो एउटा कप्तानको पनि तपाईं कसरी विरोध गर्न सक्नुहुन्छ? तपाईंले रथहरू र घोडचढीहरूको लागि मिश्रदेशमा भरोसा गर्नुगर्नुपर्छ ।
3त्यसको माझमा त्यसका राजकुमारहरू गर्जने सिंहझैँ छन् । त्यसका न्यायकर्ताहरू साँझमा आउने ब्वाँसाहरूझैँ छन् जसले बिहानसम्म खानको निम्ति केही पनि बाँकी राख्दैनन् ।