यशैया 10:9
के कल्नो कर्कमीशजस्तै होइन र? के हमात अर्पादजस्तै होइन र? के सामरिया दमस्कसजस्तै होइन र?
के कल्नो कर्कमीशजस्तै होइन र? के हमात अर्पादजस्तै होइन र? के सामरिया दमस्कसजस्तै होइन र?
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
10जसरी मेरो हातले मूर्तीपुजक राज्यहरूलाई जितेको छ, जसका कुँदेका मूर्तिहरू यरूशलेम र सामरियामा भएका भन्दा धेरै थिए,
11सामरिया र त्यसको व्यार्थका मूर्तीहरूलाई मैले जे गरें, यरूशलेम र त्यसको मूर्तीहरूलाई पनि म त्यसै गर्नेछैन र?”
12जब परमप्रभुले सियोन पर्वतमा र यरूशलेममा आफ्नो काम सिद्ध्याउनुभएको छ, तब म अश्शूरका राजाको अहङ्कारी हृदयको बोली र त्यसको घमण्डी हेराइलाई दण्ड दिनेछु ।
13किनकि त्यसले भन्छ, “मेरो सामर्थ्य र मेरो बुद्धिले मैले काम गरें । मसँग समझ छ, र मैले मानिसहरूका सिमानाहरू हटाएको छु । मैले तिनीहरूको बहुमूल्य सम्पत्ति चोरेको छु, र साँढेले झैं मैले बासिन्दाहरूलाई होच्याएको छु ।
8किनकि उहाँले भन्नुहुन्छ, “मेरा सबै शासकहरू राजाहरू होइनन्?
18हिजकियाले तिमीहरूलाई यसो भनेर भ्रममा पार्न नदेओ, 'परमप्रभुले हामीलाई छुटकारा दिनुहुनेछ' । के अश्शूरका राजाका हातबाट मानिसहरूका कुनै देवताहरूले तिनीहरूलाई छुटकारा दिएका छन् र?
19हमात र अर्पादका देवताहरू कहाँ छन्? सपर्बेमका देवताहरू कहाँ छन्? के तिनीहरूले समरियालाई मेरो शक्तिबाट छुटकारा दिएका छन् र?
20यी देशहरूका सबै देवताहरूमध्ये कुनै देवताले आफ्नो देशलाई मेरो शक्तिबाट छुटकारा दिएका छन् । के परमप्रभुले यरूशलेमलाई मेरो शक्तिबाट बचाउनुभयो भनेजस्तै कुरा गर्छौ?”
33के कुनै जातिका देवताहरूले तिनीहरूलाई अश्शूरका राजाको हातबाट छुटकारा दिएका छन् र?
34हमात र अर्पादका देवताहरू कहाँ छन्? सपर्बेम, हेना र हेना र इव्वाका देवताहरू कहाँ छन्? के तिनीहरूले सामरियालाई मेरो हातबाट छुटकारा दिएका छन्?
35देशहरूका सबै देवतामध्ये के कुनै देवताले मेरो शक्तिबाट आफ्नो देशलाई छुटकारा दिएको छ र? कसरी परमप्रभुले मेरो शक्तिबाट यरूशलेमलाई छुटकारा दिन सक्छ र?”
1¶ सियोनमा आरामसित बस्नेहरूलाई धिक्कार, र सामरियाको पहाडी मुलुकमा सुरक्षित भएकाहरू, जातिहरूका उत्कृष्टहरूमध्ये विशिष्ट मानिसहरू, जसकहाँ इस्राएलको घराना सहायताको निम्ति आउँछन् ।
2तिमीहरूका अगुवाहरू यसो भन्छन्, “कल्नेहमा जाओ र हेर । त्यहाँबाट महान् सहर हामातमा जाओ, अनि त्यसपछि पलिश्तीहरूको गातमा जाओ । के तिमीहरूका दुई राज्यभन्दा ती असल छन् र? के तिनका सिमाना तिमीहरूका सिमानाभन्दा ठुलो छ?”
11हेर, अश्शूरका राजाहरूले सबै देशलाई पूर्ण रूपले नष्ट पारेका कुरा तिमीले सुनेका छौ । त्यसैले के तिमीले चाहिँ छुटकारा पाउनेछौ?
12मेरा पुर्खाहरूले नष्ट पारेकाः गोजान, हारान, रेसेप र तेल-अस्सारमा बस्ने अदनका मानिसहरूलाई ती जातिहरूका देवताहरूले छुटकारा दिएका छन्?
13हमातका राजा, अर्पादका राजा, सपर्बेम, हेना र इव्वा सहरहरूका राजा कहाँ छन्?”
11हेर, अश्शूरका राजाले सबै देशहरूलाई पुर्ण रूपमा नष्ट पारेर के गरेका छन् भन्ने तिमीहरूले सुनेका छौ । त्यसैले के तिमीले चाहिं छुट्कारा पाउनेछौ र?
12के मेरा पुर्खाहरूले नष्ट पारेका जातिहरूः गोजान, हारान, रेसेप र तेल-अस्सारका अदनका मानिसहरू देवताहरूले तिनीहरूलाई छुटकारा दिए?
13हमातका राजा, अर्पादका राजा, सपर्बेम सहरहरूका, हेनाका र इव्वाका राजा कहाँ छन्?”
5यो सबै याकूबको अपराध र इस्राएलको घरनाका पापको कारणले भएको हो । याकूबको अपराध के हो? के त्यो सामरिया होइन? यहूदाको उच्च स्थान के हो? के त्यो यरूशलेम होइन?
9अश्दोदमा भएका किल्लाहरूमा, र मिश्रदेशमा भएका किल्लाहरूमा यो कुरा घोषणा गर । यसो भन, “सामरियाका पहाडहरूमा आफैलाई भेला पार र त्यहाँ के ठुलो भ्रम छ र के अत्याचार छ त्यो हेर ।
8निनवे, के तँ नील नदीको किनारमा बनाइएको नो शहरभन्दा असल छस्, त्यो शहर जसको वरिपरि पानी थियो, जसको सुरक्षा सागर, र जसको पर्खाल समुद्र थियो?
7“यो परमप्रभुको घोषणा हो, ए इस्राएलका मानिसहरू हो, के तिमीहरू मेरो निम्ति कूशका मानिसहरू जस्तै होइनौ? के मैले इस्राएलीहरूलाई मिश्रदेशबाट, पलिश्तीहरूलाई कप्तोरबाट, र अरामीहरूलाई कीरबाट बाहिर ल्याइनँ र?
9के यी कुराको काणले मैले तिनीहरूलाई दण्ड नदिने? यो परमप्रभुको घोषणा हो, र के यस्तो जातिलाई म आफैले बदला नलिने त?
13म र मेरा पुर्खाहरूले अरू देशका सबै मानिसलाई के गरेका छौं सो तिमीहरूलाई थाहा छैन र? के वरिपरिका देशका मानिसहरूका देवताहरूले मेरो शक्तिबाट आफ्ना देशहरूलाई बचाउन सकेका थिए र?
14मेरा पुर्खाहरूले पूर्ण रूपले नाश गरेका जातिहरूका देवतामध्ये के त्यहाँ कुनै देवता थियो जसले मेरो हातबाट आफ्ना मानिसहरूलाई बचाउन सक्यो? तिमीहरूका परमेश्वरले तिमीहरूलाई मेरो शक्तिबाट किन बचाउनुपर्छ र?
9सबै मानिसहरूले जान्नेछन्, घमण्डसाथ र अहङ्कारी हृदयले भन्ने एफ्राइम र सामरियाले पनि जान्नेछन्,
10“इँटहरू खसेका छन्, तर कुँदेका ढुङ्गाहरूले नै हामी पुनःनिर्माण गर्नेछौं । अञ्जीरका रूखहरू काटिएका छन्, तर तिनका ठाउँमा हामी देवदारुका रूखहरू रोप्नेछौं ।”
1¶ “हद्राकको देशको विषयमा परमप्रभुको यस्तो वचन घोषणा भयो, र उहाँको वचन दमस्कसको विषयमा पनि आयो, किनभने सबै मनुष्यजाति र इस्राएलका सबै कुलहरूका आँखा परमप्रभुतिर छन् ।
2दमस्कसको सिमानामा भएको हमात, र टुरोस र सीदोनको निम्ति पनि यो घोषणा हो, किनकि तिनीहरू धेरै बुद्धिमान छन् ।
7पानीको सतहमाथिको काठको एउटा टुक्राझैं, सामरियाका राजा नष्ट पारिनेछ ।
9त्यसैले, यो परमप्रभुको घोषणा हो, के मैले तिनीहरूलाई दण्ड दिनुपर्दैन र, के मैले यस्तो जातिसित बदला लिनुपर्दैन र? ।
10त्यसका दाखबारीका गराहरूमा जा र नष्ट गरिदे। तर तिनमा पूर्ण विनाश नगर । तिनका हाँगाहरू छिंवल, किनकि ती दाखका बोट परमप्रभुबाट आएका होइनन् ।
1¶ दमस्कसको बारेमा एउटा घोषणा ।
5म दमस्कसका मूल ढोकाका गजबारहरू भाँच्नेछु र आवन उपत्यकामा राज्य गर्नेलाई, र बेथ-अदनमा राजदण्ड लिनेलाई समेत म टुक्राटुक्रा पार्नेछु । अरामका मानिसहरू निर्वासित भएर कीरमा जानेछन्,” परमप्रभु भन्नुहुन्छ ।
6किनकि यो मूर्ति इस्राएलबाट आएको हो । एउटा कारिगरले त्यो बनायो । त्यो परमेश्वर होइन! सामरियाको बाछोलाइ टुक्रा-टुक्रा पारिनेछ ।
28यारोबाम, तिनले गरेका सबै काम, तिनको शक्ति, कसरी तिनले युद्ध गरे र यहूदाको अधीनमा रहेका दमस्कस र हमातलाई इस्राएललाई फिर्ता गराए भन्ने बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
10किनकि कित्तीमका किनारहरू पार गर र हेर । केदारमा सन्देशवाहकहरू पठाओ र पत्ता लगाओ, र त्यहाँ यस्तो काम पहिले कहिल्यै भएको रहेछ कि भनी हेर ।
11के कुनै जातिले आफ्ना देवताहरू साटेका छन्? यद्यपि ती देवताहरू नै थिएनन् । तर जुन कुराले मेरो जातिलाई मदत गर्न सक्दैन, तिनै कुरासित तिनीहरूले आफ्नो महिमालाई साटेका छन् ।
8तब धेरै जातिहरू त्यस सहर भएर जानेछन् । एउटाले अर्कोलाई सोध्ने छ, 'यस महान् सहरप्रति परमप्रभुले किन यसरी व्यवहार गर्नुभएको होला?'
10अब के मैले यहाँ यस देशको विरुद्ध युद्ध गर्न र यसलाई विनाश पार्न परमप्रभुविना नै आएको हुँ र? परमप्रभुले मलाई भन्नुभयो, “यो देशलाई आक्रमण गर् र त्यसलाई नाश गर् ।”
9एफ्राइमको मुख्यालय सामरिया हो र सामरियाको मुखिया रमल्याहको छोरा हो । तिमी विश्वासमा दृढ रहँदैनौ भने, निश्चय नै तिमी सुरक्षित हुनेछैनौ ।”
11तिनी त्यो भूमिबाट बाहिर अश्शूरतित गए, र निनवे, रहोबोत-इर, कालह,
12र निनवे र कालह बिचमा पर्ने रेसेन निर्माण गरे । यो एउटा ठुलो सहर थियो ।
3परमप्रभु यसो भन्नुहुन्छः “दमस्कसका तिन वा चारवटा पापका निम्ति समेत, दण्ड दिनबाट म पछि हट्नेछैनँ, किनभने तिनीहरूले गिलादलाई फलामका औजारहरूले नाश पारे ।
24अश्शूरका राजाले बेबिलोनबाट र कूताबाट र अव्वाबाट हमात र सपर्बेमबाट मानिसहरू ल्याए र इस्राएलका मनिसहरूको साटोमा तिनीहरूलाई सामरियाका सहरहरूमा बसाले । तिनीहरूले सामरिया कब्जा गरे र यसका सहरहरूमा बसे ।
4किनकि बालकले 'मेरो बुबा' र 'मेरो आमा' भन्न जान्नअघि नै दमसकसको धन र सामरियाको लूटलाई अश्शूरको राजाले बोकेर लैजानेछ ।”
18हे परमप्रभु, यो सत्य हो, अश्शूरका राजाहरूले सबै जातिहरू र तिनीहरूका देशलाई विनाश गरेका छन् ।
5बेथ-आवनका बाछाहरूका कारणले, सामरियामा बसोबास गर्नेहरू डराउँनेछन् । त्यसका मानिसहरूले तिनीहरूका निम्ति विलाप गरे, अनि तीमाथि र तिनका गौरवमा, आनन्द मनाउने ती मूर्तिपुजक पुजारीहरूले पनि विलाप गरे, तर तिनीहरू अब त्यहाँ छैनन् ।
23दमस्कसको विषयमाः “हमात र अर्पाद लाजमा पर्नेछन्, किनकि तिनीहरूले विपत्तिको खबर सुनेका छन् । तिनीहरू पग्लेर जान्छन् । तिनीहरू शान्त नरहने समुद्रझैं छटपठीमा हुन्छन् ।