जकरिया 9:1

अनलक शाब्दिक बाइबल

¶ “हद्राकको देशको विषयमा परमप्रभुको यस्तो वचन घोषणा भयो, र उहाँको वचन दमस्कसको विषयमा पनि आयो, किनभने सबै मनुष्यजाति र इस्राएलका सबै कुलहरूका आँखा परमप्रभुतिर छन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यिर्मि 49:23-27 : 23 दमस्कसको विषयमाः “हमात र अर्पाद लाजमा पर्नेछन्, किनकि तिनीहरूले विपत्तिको खबर सुनेका छन् । तिनीहरू पग्‍लेर जान्छन् । तिनीहरू शान्त नरहने समुद्रझैं छटपठीमा हुन्छन् । 24 दमस्कस साह्रै कमजोर भएको छ । यो भाग्‍नलाई फर्कन्छ । त्रासले यसलाई पक्रन्‍छ । प्रसव-वेदनामा भएकी स्‍त्रीझैं निराशा र पीडाले यसलाई पक्रन्छन् । 25 त्यो प्रशंसाको सहर अर्थात् मेरो आनन्दको नगर किन त्यागिएको छैन? 26 त्यसकारण त्यस दिन त्‍यसका युवाहरू सार्वजनिक ठाउँहरूमा ढल्नेछन्, र सबै योद्धा नष्‍ट हुनेछन्, यो सर्वशक्तिमान् यो परमप्रभुको घोषणा हो ।” 27 “किनकि दमस्कसको पर्खालमा म आगो लगाउनेछु, र यसले बेन-हददका किल्लाहरूलाई भस्म पार्नेछ ।”
  • आमो 1:3-5 : 3 परमप्रभु यसो भन्‍नुहुन्छः “दमस्कसका तिन वा चारवटा पापका निम्‍ति समेत, दण्ड दिनबाट म पछि हट्‍नेछैनँ, किनभने तिनीहरूले गिलादलाई फलामका औजारहरूले नाश पारे । 4 हजाएलको घरानामा म आगो पठाउनेछु, र त्यसले बेन-हददका किल्लाहरू भस्म पार्नेछ । 5 म दमस्कसका मूल ढोकाका गजबारहरू भाँच्‍नेछु र आवन उपत्यकामा राज्‍य गर्नेलाई, र बेथ-अदनमा राजदण्ड लिनेलाई समेत म टुक्राटुक्रा पार्नेछु । अरामका मानिसहरू निर्वासित भएर कीरमा जानेछन्,” परमप्रभु भन्‍नुहुन्छ ।
  • आमो 3:12 : 12 परमप्रभु यस्तो भन्‍नुहुन्छः “जसरी गोठालाले सिंहको मुखबाट दुईवटा खुट्टा, वा कानको एक टुक्रामात्र छुटाउँछ, यसरी नै सामरियामा बस्‍ने मानिसहरूलाई पनि छुटाइनेछ । तिनीहरूसित केवल पलङ्गको एउटा कुना वा खाटको एक टुक्रा मात्र छोडिनेछ ।”
  • जक 5:4 : 4 “म यो पठाउनेछु, अनि त्यो चोरको घरमा र मेरो नाउँको झुटो शपथ खानेको घरमा जानेछ, परमप्रभु घोषणा गर्नुहुन्छ । त्यो त्यस घरभित्रै रहनेछ र त्यसका काठहरू र ढुङ्गाहरूलाई ध्वस्त पार्नेछ ।”
  • जक 8:21-23 : 21 एउटा सहरका वासिन्दाहरू अर्को सहरमा जानेछन् र भन्‍नेछन्, ‘हामी तुरुन्तै परमप्रभुको सामु बिन्ती गर्न र सेनाहरूका परमप्रभुको खोजी गर्न जाऔँ! हामीहरू आफैँ पनि जाँदै छौँ ।’ 22 धेरै मानिसहरू र धेरै जातिहरू यरूशलेममा सेनाहरूका परमप्रभुको खोजी गर्न र उहाँको निगाह प्राप्‍त गर्न आउनेछन्! 23 सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: ती दिनहरूमा हरेक भाषा र जातिबाट दश जना मानिसहरूले तिम्रो लबेदाको छेउ समातेर यसो भन्‍नेछन्, ‘हामीलाई तपाईंसँग जान दिनुहोस्, किनभने परमेश्‍वर तपाईंसँग हुनुहुन्छ भन्‍ने हामीले सुनेका छौँ!’”
  • मल 1:1 : 1 ¶ इस्राएलको विषयमा मलाकीद्दारा भएको परमप्रभुको वचनको घोषणा ।
  • उत्प 14:15 : 15 तिनले आफ्‍ना मानिसहरूलाई राती तिनीहरू विरुद्ध समूह-समूहमा विभाजन गरे र तिनीहरूलाई आक्रमण गरे अनि तिनीहरूलाई होबासम्म खेदे, जुन दमस्कसको उत्तर पर्छ ।
  • २ इति 20:12 : 12 हे हाम्रा परमेश्‍वर, के तपाईं उनीहरूको न्‍याय गर्नुहुन्‍न र? किनकि हाम्रो विरूद्ध आइरहेको यो ठुलो फौज को सामना गर्ने शक्ति हामीसँग छैन । हामीले के गर्नुपर्ने हो सो हामी जान्‍दैनौं, तर हाम्रा दृष्‍टि तपाईंमा छन् ।”
  • भजन 25:15 : 15 मेरा आँखाहरू सदासर्वदा परमप्रभुमाथि हुन्छन्, किनकि उहाँले मेरा खुट्टाहरूलाई जालबाट मुक्‍त गर्नुहुनेछ ।
  • भजन 145:15 : 15 सबैका आँखाहरूले तपाईंमा आसा गर्छन् । तिनीहरूका भोजन तपाईंले तिनीहरूलाई ठिक समयमा दिनुहुन्छ ।
  • यशा 9:8-9 : 8 परमप्रभुले याकूबको विरुद्धमा वचन पठाउनुभयो र यो इस्राएलमा पर्‍यो । 9 सबै मानिसहरूले जान्‍नेछन्, घमण्डसाथ र अहङ्कारी हृदयले भन्‍ने एफ्राइम र सामरियाले पनि जान्‍नेछन्, 10 “इँटहरू खसेका छन्, तर कुँदेका ढुङ्गाहरूले नै हामी पुनःनिर्माण गर्नेछौं । अञ्जीरका रूखहरू काटिएका छन्, तर तिनका ठाउँमा हामी देवदारुका रूखहरू रोप्‍नेछौं ।” 11 यसकारण परमप्रभुले उसको शत्रु रसीनलाई उसको विरुद्धमा खडा हुनुहुनेछ र उसका शत्रुहरूलाई, 12 पुर्वका अरामीहरू र पश्‍चिमका पलिश्‍तीहरू उक्साउनुहुनेछ । तिनीहरूले खुल्ला मुखले इस्राएललाई निल्नेछन् । यी सबै कुराले उहाँको रिस मर्दैन । बरु, उहाँको हात अझै पसारिएकै छ । 13 तापनि उहाँले प्रहार गरेका मानिसहरू उहाँतिर फर्कंदैनन्, न त तिनीहरूले परमप्रभुको खोजी गर्नेछन् । 14 यसकारण परमप्रभुले इस्राएलबाट टाउको र पुच्छर, खजूरको हाँगा र नर्कट एकै दिनमा नष्‍ट पार्नुहुनेछ । 15 अगुवाहरू र भद्र मानिसहरू मुखिया हुन् । झुटो सिकाउने अगमवक्ता पुच्छर हो । 16 यी मानिसहरूलाई डोर्‍याउनेहरूले तिनीहरूलाई पथभ्रष्‍ट पार्छन् र तिनीहरूद्वारा डोर्‍याइनेहरू निलिन्छन् । 17 यसकारण परमप्रभु तिनीहरूका जवानहरूसित आनन्‍दित हुनुहुन्‍न, न त उहाँले तिनीहरूका अनाथ र विधवाहरूमाथि दया गर्नुहुनेछ, किनकि हरेक व्‍यक्‍ति अधर्मी र दुष्‍ट छन्, अनि हरेक मुखले मूर्ख कुराहरू गर्छन् । यी सबै कुराहरूमा उहाँको रिस मर्दैन । बरु, उहाँको हात अझै पसारिएकै छ । 18 दुष्‍टता आगोझैं बल्छ । त्‍यसले सिउँडी र काँढालाई भष्‍म पार्छ । यसले जङ्गलको झाडीलाई पनि जलाउँछ, जसले धूँवाको मुस्लोमा उठ्नेछ । 19 सर्वशक्तिमान् परमप्रभुको क्रोधले देश जलेको छ र मानिसहरू आगोको निम्ति इन्धनजस्तै छन् । कुनै मानिसले आफ्नो भाइलाई छोड्दैन । 20 तिनीहरूल दाहिने हातमा खानेकुरा समात्छन् तर तिनीहरू अझै भोको नै हुन्‍छन् । तिनीहरूले देब्रे हातमा खाना खानेछन्, तर अझै तृप्‍त हुनेछैनन् । प्रत्‍येकले आफ्नै बाहुलीको मासु पनि खानेछ । 21 मनश्‍शेले एफ्राइमलाई, अनि एफ्राइमले मनश्‍शेलाई भस्म गर्नेछ । तिनीहरू एकसाथ यहूदालाई आक्रमण गर्नेछन् । यी कुराहरूमा, उहाँको रिस मर्दैन । बरु, उहाँको हात अझै पसारिएकै छ ।
  • यशा 13:1 : 1 ¶ बेबिलोन बारेमा आमोजका छोरा यशैयाले प्राप्‍त गरेका घोषणाः
  • यशा 17:1-3 : 1 ¶ दमस्कसको बारेमा एउटा घोषणा । 2 अरोएरका सहरहरूलाई त्यागिनेछ । तिनीहरू बथानहरू बस्‍ने ठाउँहरू हुनेछन् र तिनीहरूलाई कसैले पनि तर्साउनेछैन । 3 किल्लाबन्‍दी गरिएका सहरहरू एफ्राइमबाट, दमस्कसको राज्यबाट लोप हुनेछन्, र अरामका बाँकी रहेकाहरू—तिनीहरू इस्राएलका मानिसहरूको गौरवझैं हुनेछन्— यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।
  • यशा 17:7-8 : 7 त्यस दिन मानिसहरूले आफ्‍ना सृष्‍टिकर्तालाई हेर्नेछन् र तिनीहरूका आँखाले इस्राएलका पवित्रलाई हेर्नेछन् । 8 तिनीहरूले आफ्नो हातका कामहरू अर्थात् वेदीहरूतिर हेर्नेछैनन्, न त तिनीहरूले आफ्नै औंलाले बनाएका अशेराका खम्बाहरू न सूर्यका प्रतिमाहरूलाई नै हेर्नेछन् ।
  • यशा 45:20-22 : 20 आफूलाई भेला पार र आओ! जातिहरूका माझबाटका आएका शरणार्थीहरू, एकसाथ भेला होओ! तिनीहरूसँग ज्ञान नै छैन, जसले खोपेका मूर्तिहरू बोक्छन् र बचाउन नसक्‍ने देवताहरूसँग प्रार्थना गर्छन् । 21 नजिक आओ र मलाई यो घोषणा गर, प्रमाण ल्याओ! तिनीहरूले एकसाथ षड्यन्त्र गरून् । यसलाई धेरै पहिलेदेखि कसले प्रकट गरेको छ? कसले यो घोषणा गर्‍यो? के यो म परमप्रभुले नै थिएनँ र? ‍मबाहेक त्‍यहाँ अरू कुनै परमेश्‍वर छैन, न्यायी परमेश्‍वर र उद्धारक । मबाहेक कुनै अरू छैन । 22 ए पृथ्वीका अन्‍तिम छेउका हो, मतिर फर्क र बाँच । किनकि म नै परमेश्‍वर हुँ र त्‍यहाँ अरू कोही छैन ।
  • यशा 52:10 : 10 परमप्रभुले आफ्नो पवित्र बाहुली सबै जातिहरूको दृष्‍टिमा प्रकट गर्नुभएको छ । सारा पृथ्वीले हाम्रा परमेश्‍वरको उद्धार देख्‍नेछ ।
  • यिर्मि 16:19 : 19 हे परमप्रभु, तपाईं मेरो किल्ला र मेरो शरणस्थान, सङ्कष्‍टको दिनमा मेरो सुरक्षाको स्थान हुनुहुन्छ । पृथ्वीका कुनाबाट जातिहरू तपाईंकहाँ आउनेछन् र भन्‍नेछन्, “निश्‍चय नै हाम्रा पुर्खाहरूले छललाई अधिकार गरे । तिनीहरू रित्ता छन् । तिनीहरूमा कुनै लाभ छैन ।
  • यिर्मि 23:33-38 : 33 यी मानिसहरू, वा अगमवक्ता वा पुजारीले तँलाई 'परमप्रभुको बोझ के हो?' भनी सोधे भने तैंले तिनीहरूलाई भन्‍नेछस्, 'तिमीहरू नै बोझ हौ, र म तिमीहरूलाई निष्कासित गर्नेछु,' यो परमप्रभुको घोषणा हो । 34 ‘यो परमप्रभुको बोझ हो,’ भनिरहने अगमवक्ता, पुजारी र मानिसका सम्‍बन्‍धमा म त्‍यो मानिस र उसको घरानालाई दण्ड दिनेछु । 35 तिमीहरू हरेक व्‍यक्‍तिले आफ्नो छिमेकीलाई र हरेक मानिसले आफ्नो भाइलाई निरन्‍तर सोधिरहन्छौ, 'परमप्रभुले के जवाफ दिनुभयो?' र 'परमप्रभुले के घोषणा गर्नुभयो?' । 36 तर तिमीहरू फेरि 'परमप्रभुको बोझ' को बारेमा कुरा गर्नेछैनौ, किनकि बोझचाहिं हरेक मानिसको आफ्नै वचन हो, र तिमीहरूले जीवित परमेश्‍वर, सर्वशक्तिमान् परमप्रभु, हाम्रा परमेश्‍वरका वचनलाई बङ्ग्याएका छौ । 37 अगमवक्तालाई तैंले यसो भनेर सोध्‍नेछस्, 'परमप्रभुले तिमीलाई के जवाफ दिनुभयो?' वा 'परमप्रभुले के भन्‍नुभयो?' 38 तर तिमीहरू भन्‍छौ, 'यो परमप्रभुको बोझ हो,' भने, परमप्रभु यसो भन्‍नुहुन्‍छः ‘यो परमप्रभुको बोझ हो,’ भनी तिमीहरूले भन्‍नेछैनौ भनेर मैले तिमीहरूलाई पठाउँदा पनि तिमीहरूले, ‘यो परमप्रभुको बोझ हो,’ भन्‍यौ,

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यशा 17:1-3
    3 पदहरू
    80%

    1¶ दमस्कसको बारेमा एउटा घोषणा ।

    2अरोएरका सहरहरूलाई त्यागिनेछ । तिनीहरू बथानहरू बस्‍ने ठाउँहरू हुनेछन् र तिनीहरूलाई कसैले पनि तर्साउनेछैन ।

    3किल्लाबन्‍दी गरिएका सहरहरू एफ्राइमबाट, दमस्कसको राज्यबाट लोप हुनेछन्, र अरामका बाँकी रहेकाहरू—तिनीहरू इस्राएलका मानिसहरूको गौरवझैं हुनेछन्— यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।

  • आमो 1:3-5
    3 पदहरू
    74%

    3परमप्रभु यसो भन्‍नुहुन्छः “दमस्कसका तिन वा चारवटा पापका निम्‍ति समेत, दण्ड दिनबाट म पछि हट्‍नेछैनँ, किनभने तिनीहरूले गिलादलाई फलामका औजारहरूले नाश पारे ।

    4हजाएलको घरानामा म आगो पठाउनेछु, र त्यसले बेन-हददका किल्लाहरू भस्म पार्नेछ ।

    5म दमस्कसका मूल ढोकाका गजबारहरू भाँच्‍नेछु र आवन उपत्यकामा राज्‍य गर्नेलाई, र बेथ-अदनमा राजदण्ड लिनेलाई समेत म टुक्राटुक्रा पार्नेछु । अरामका मानिसहरू निर्वासित भएर कीरमा जानेछन्,” परमप्रभु भन्‍नुहुन्छ ।

  • 27“किनकि दमस्कसको पर्खालमा म आगो लगाउनेछु, र यसले बेन-हददका किल्लाहरूलाई भस्म पार्नेछ ।”

  • 1¶ इस्राएलको विषयमा परमप्रभु यस्तो घोषणा गर्नुहुन्छ, जसले आकाश बनाउनुभयो र पृथ्वीको जग बसाल्नुभयो, जसले मानिसको आत्मालाई त्यसभित्र रच्नुभयो,

  • 73%

    23दमस्कसको विषयमाः “हमात र अर्पाद लाजमा पर्नेछन्, किनकि तिनीहरूले विपत्तिको खबर सुनेका छन् । तिनीहरू पग्‍लेर जान्छन् । तिनीहरू शान्त नरहने समुद्रझैं छटपठीमा हुन्छन् ।

    24दमस्कस साह्रै कमजोर भएको छ । यो भाग्‍नलाई फर्कन्छ । त्रासले यसलाई पक्रन्‍छ । प्रसव-वेदनामा भएकी स्‍त्रीझैं निराशा र पीडाले यसलाई पक्रन्छन् ।

    25त्यो प्रशंसाको सहर अर्थात् मेरो आनन्दको नगर किन त्यागिएको छैन?

  • 1¶ आमोसका छोरा यशैयाले यहूदा र यरूशलेमका बारेमा दर्शनमा दखेका कुराहरू ।

  • 2दमस्कसको सिमानामा भएको हमात, र टुरोस र सीदोनको निम्ति पनि यो घोषणा हो, किनकि तिनीहरू धेरै बुद्धिमान छन् ।

  • 8परमप्रभुले याकूबको विरुद्धमा वचन पठाउनुभयो र यो इस्राएलमा पर्‍यो ।

  • 8हेर्, परमप्रभु परमेश्‍वरको आँखा पापी राज्यमाथि पर्छ, र म त्यसलाई पृथ्वीको सतहबाट विनाश गर्नेछु, तर म याकूबको घरानालाई पूर्ण रूपमा नाश गर्नेछैनँ, यो परमप्रभुको घोषणा हो ।

  • यहे 47:16-17
    2 पदहरू
    70%

    16अनि त्यो सिमाना बेरोतह हुँदै सिब्रैमसम्म जानेछ, जुन दमस्कस र हमातको बिचमा छ, अनि त्यसपछि हासेर हात्तीकनसम्मै जानेछ, जुन हौरानको सिमानाको छेउमा छ ।

    17यसैले त्यो सिमाना समुद्रदेखि दमस्कस हुँदै उत्तरमा हमात भएर हसर-एनानसम्म जानेछ । योचाहिं उत्तरी भाग हुनेछ ।

  • यहे 21:1-2
    2 पदहरू
    70%

    1¶ तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयोः

    2“ए मानिसको छोरो, तेरो अनुहार यरूशलेमको विरुद्धमा फर्का र पवित्रस्‍थानहरूका विरुद्धमा बोल् । इस्राएल देशको विरुद्धमा अगमवाणी गर् ।

  • 1¶ परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 15तब परमप्रभुले तिनलाई भन्नुभयो, “फर्केर दमस्कसको उजाड-स्थानको बाटोमा जा, र तँ त्यहाँ आइपुगेपछि हजाएललाई अरामका राजाको रूपमा अभिषेक गर् ।

  • 9यसैकारण परमप्रभुको यस्तो वचन मकहाँ आयो,

  • 5तिमीहरूका आफ्नै आँखाले यो देख्‍नेछन्, अनि तिमीहरूले भन्‍नेछौ, ‘इस्राएलका सिमानाहरूभन्दा बाहिर पनि परमप्रभु महान् हुनुहुन्छ ।’”

  • 9अश्‍दोदमा भएका किल्लाहरूमा, र मिश्रदेशमा भएका किल्लाहरूमा यो कुरा घोषणा गर । यसो भन, “सामरियाका पहाडहरूमा आफैलाई भेला पार र त्यहाँ के ठुलो भ्रम छ र के अत्याचार छ त्‍यो हेर ।

  • 1¶ परमप्रभुको यो वचन मकहाँ यसो भनेर आयो,

  • 8किनभने अरामको मुख्‍यालय दमसकस हो र दमसकसको मुखिया रेसीन हो । पैंसट्ठी वर्षभित्र, एफ्राइम टुक्रा-टुक्रा हुनेछ र त्यसमा कोही मानिस हुनेछैन ।

  • 1¶ अगमवक्ता हबकूकले पाएका सन्देश,

  • 1¶ बेबिलोन बारेमा आमोजका छोरा यशैयाले प्राप्‍त गरेका घोषणाः

  • 9के कल्नो कर्कमीशजस्तै होइन र? के हमात अर्पादजस्तै होइन र? के सामरिया दमस्‍कसजस्तै होइन र?

  • 1¶ तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 27यसकारण म तिमीहरूलाई दमस्मसभन्दा पर निर्वासनमा पठाउनेछु,” परमप्रभु भन्‍नुहुन्छ, जसको नाउँ सर्वशक्तिमान् परमेश्‍वर हो ।

  • 12पुर्वका अरामीहरू र पश्‍चिमका पलिश्‍तीहरू उक्साउनुहुनेछ । तिनीहरूले खुल्ला मुखले इस्राएललाई निल्नेछन् । यी सबै कुराले उहाँको रिस मर्दैन । बरु, उहाँको हात अझै पसारिएकै छ ।

  • 1¶ परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • यशा 8:4-5
    2 पदहरू
    69%

    4किनकि बालकले 'मेरो बुबा' र 'मेरो आमा' भन्‍न जान्‍नअघि नै दमसकसको धन र सामरियाको लूटलाई अश्‍शूरको राजाले बोकेर लैजानेछ ।”

    5परमप्रभु फेरि मसँग बोल्नुभयो,

  • 4परमप्रभुले तिनलाई भन्‍नुभयो, “सहरको बिचबाट— यरूशलेमको बिचबाट भएर जा र सहरमा गरिएका सबै घिनलाग्‍दा कामहरू देखेर शोक र विलाप गर्ने सबै मानिसहरूका निदारहरूमा एउटा चिन्‍ह लगा ।”

  • 8तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 1¶ तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयोः

  • 1¶ फेरि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 1¶ सियोनमा आरामसित बस्‍नेहरूलाई धिक्‍कार, र सामरियाको पहाडी मुलुकमा सुरक्षित भएकाहरू, जातिहरूका उत्कृष्‍टहरूमध्ये विशिष्‍ट मानिसहरू, जसकहाँ इस्राएलको घराना सहायताको निम्ति आउँछन् ।

  • 25अश्शूरलाई म आफ्‍नो देशमा चकनाचूर पार्नेछु र मेरो पर्वतमा म त्‍यसलाई खुट्टामुनि कुल्चिनेछु । तिनीहरूका काँधबाट त्यसको जुवा हटाइनेछ र तिनीहरूका पिठ्यूबाट त्यसको भारी निकालिनेछ ।”

  • 20त्यसपछि परमप्रभुको वचन मकहाँ यसो भनेर आयो,

  • 18तेरा सबै उत्‍पादन, धेरै धन-सम्‍पत्ति, र हेलबोनको दाखमद्य र जाहारको ऊनको व्यापारी दमस्‍कस थियो ।

  • 1¶ दर्शनको बेसीको विषयमा एउटा घोषणाः के कारणले तिमीहरू सबै जना घरको छतमाथि गएका छौ?

  • 1¶ निनवेको विषयमा भएको घोषणा । एल्कोशी नहूमको दर्शनको पुस्तक ।

  • 5सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरले भूमिलाई छुनुहुन्छ र त्यो पग्‍लिन्छ, त्यसमा बसोबास गर्ने सबै जना विलाप गर्छन् । त्यसका सबै कुरा नदीझैं माथि उठ्नेछ, र मिश्रको नदीझैं फेरि तल डुब्‍नेछन् ।

  • 5तब यशैयाले हिजकियालाई भने, “सर्वशक्तिमान् परमप्रभुको वचन सुन्‍नुहोस्,

  • 12जब परमप्रभुले सियोन पर्वतमा र यरूशलेममा आफ्नो काम सिद्ध्याउनुभएको छ, तब म अश्‍शूरका राजाको अहङ्कारी हृदयको बोली र त्यसको घमण्डी हेराइलाई दण्ड दिनेछु ।

  • 1¶ फेरि पनि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 9ए सुसमाचार ल्याउनेहरू हो, उच्‍च पहाड सियोनमाथि जाओ । हे यरूशलेम ठुलो सोरमा कराओ । ए सुसमाचार ल्याउनेहरू हो, आफ्ना सोर उचाल, नडराओ । यहूदाका सहरहरूलाई भन, “तिमीहरूका परमेश्‍वर यहाँ हुनुहुन्छ!”