यशैया 21:13

अनलक शाब्दिक बाइबल

अरब देशको बारेमा एउटा घोषणा । तिमीहरू ददानीहरूका यात्री दलहरूले अरबको मरुभूमिमा रात बिताओ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यिर्मि 25:23-24 : 23 ददान, तेमा र बूज, तिनीहरूका शिरका किनाराहरूमा कपाल काट्नेहरू सबैले यसलाई पिउनुपर्‍यो । 24 यसबाहेक, अरबका सबै राजा, उजाड-स्थानमा बस्‍ने मिश्रित मानिसहरूका सबै राजा,
  • यहे 27:15 : 15 तेरा किनारहरूमा रोडसका मानिसहरू तेरा व्‍यापारीहरू थिए । व्यापारका सामानहरू तेरा हातमा थिए । तिनीहरूले तँलाई सीङ्, हस्‍ती हाड र अब्‍नुसको काठ दाम रूपमा दिए ।
  • उत्प 25:3 : 3 योक्षान शेबा र ददानका पिता भए । अश्‍शूरी, लतूशी र लऊम्‍मीहरू ददानका सन्‍तान थिए ।
  • १ राजा 10:15 : 15 यसबाहेक, पैकारीहरू र व्यापारीहरूले पनि सुन ल्याउँथे । अरब देशका सबै राजा र प्रादेशिक राज्यपालहरूले पनि सोलोमनकहाँ सुनचाँदी ल्याउने गर्थे ।
  • १ इति 1:9 : 9 कूशका छोराहरू सेबा, हवीला, सब्‍त, रामाह र सब्‍तका थिए । रामाका छोराहरू शेबा र ददान थिए ।
  • १ इति 1:32 : 32 अब्राहामकी उपपत्‍नी कतूराका छोराहरू जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूह थिए । योक्षानका छोराहरू शेबा र ददान थिए ।
  • यशा 13:1 : 1 ¶ बेबिलोन बारेमा आमोजका छोरा यशैयाले प्राप्‍त गरेका घोषणाः
  • यशा 13:20 : 20 पुस्‍तौं-पुस्‍तासम्म त्‍यसमा कोही बसोवास गर्नेछैनन् । अरबीले त्यहाँ आफ्नो पाल टाँग्‍नेछैन, न त गोठालाहरूले आफ्ना बगालहरूलाई त्यहाँ विश्राम गराउनेछन् ।
  • यहे 27:20-21 : 20 ददानले तँसित घोडाका जीनपोशको व्‍यापार गर्‍यो । 21 अरब देश र केदारका सबै मुखियाहरू तँसँग व्‍यापार गरे । तिनीहरूले थुमा, भेडा र बाख्रा उपलब्ध गराए ।
  • गलाती 4:25 : 25 अहिले हागारचाहिँ अरबको सीनै पर्वत हो । तिनले वर्तमान यरूशलेमको सङ्केत गर्छिन्, किनकि तिनी तिनका छोराछोरीहरूसँगै दासत्वमा छिन् ।
  • यिर्मि 49:28-33 : 28 केदार र हासोरका राज्यहरूको विषयमा परमप्रभु नबूकदनेसरलाई यसो भन्‍नुहुन्छ (यति बेला बेबिलोनका राजा नबूकदनेसरले यी ठाउँहरूलाई आक्रमण गर्न लागेका थिए): “उठ्, र केदारलाई आक्रमण गर्, अनि पूर्वका ती मानिसहरूलाई नष्‍ट पार् । 29 तिनीहरूका पाल र तिनीहरूका बगाल लगिनेछन्, साथमा तिनीहरूका पालका पर्दाहरू र तिनका सबै सरसामान पनि । तिनीहरूका ऊँटहरू तिनीहरूबाट लगिनेछन्, र मानिसहरू तिनीहरूमाथि चिच्‍याउनेछन्, 'त्रास जताततै छ!” 30 ए हासोरका बासिन्दाहरू हो, भाग, धेरै टाढा जाओ, जमिनका गुफाहरूमा लुक, यो परमप्रभुको घोषणा हो— किनकि बेबिलोनका राजा नबूकदनेसरले तिमीहरूको विरुद्धमा योजना रच्दैछ । भाउ, पछि फर्क । 31 उठ्, आराम भएको जातिलाई आक्रमण गर, जुन सुरक्षामा बस्‍छ,” परमप्रभु भन्‍नुहुन्छ । “तिनीहरूका मूल ढोकाहरू वा तिनमा गजबारहरू छैनन्, अनि त्यसका मानिसहरू त्‍यत्तिकै बस्छन् । 32 किनकि तिनीहरूका ऊँटहरू लुटको माल बन्‍नेछन्, र तिनीहरूको प्रचुर धन-सम्पत्ति युद्धमा लुटिने माल बन्‍नेछन् । तब शोकमा आफ्‍ना कपाल काट्ने हरेकलाई म हावामा तितरबितर पार्नेछु, र तिनीहरूमाथि म हरेक कुनाबाट विपत्ति ल्याउनेछु, यो परमप्रभुको घोषणा हो । 33 हासोर स्यालहरूको अखडा अर्थात् सदाको निम्ति उजाड-स्थान बन्‍नेछ । त्यहाँ कोही बस्‍नेछैन । कुनै मानिस त्यहाँ रहनेछैन ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहे 27:19-21
    3 पदहरू
    76%

    19इजालका दान र यावानले तँलाई फलाम, तेजपात र बोझो दिए । यी तेरा व्यापारका माल बने ।

    20ददानले तँसित घोडाका जीनपोशको व्‍यापार गर्‍यो ।

    21अरब देश र केदारका सबै मुखियाहरू तँसँग व्‍यापार गरे । तिनीहरूले थुमा, भेडा र बाख्रा उपलब्ध गराए ।

  • यशा 21:10-12
    3 पदहरू
    73%

    10ए मेरा चुटिएका र निफनिएकाहरू हो, मेरा खलाका सन्तानहरू हो! सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वरबाट मैले जे सुनेको छु सो मैले तिमीहरूलाई घोषणा गरेको छु ।

    11दुमाको बारेमा एउटा घोषणा । कसैले मलाई सेइरबाट बोलाउँछ, “ए पहरेदार, रात कति बाँकी छ? ए पहरेदार, रात कति बाँकी छ?”

    12पहरेदारले भन्‍यो, “बिहान आउँछ र रात पनि आउँछ । तिमीलाई सोध्‍नुछ भने सोध । अनि फेरि फेर्केर आऊ ।”

  • 1¶ समुद्र नजिकको मरुभूमिको बारेमा एउटा घोषणा । नेगेवमा चल्ने आँधीहुरी जस्तै मरुभूमि र डरलाग्‍दो देशबाट यो आउँछ ।

  • 14तिर्खाउनेहरूका निम्ति पानी ल्याओ । ए तेमा देशका बासिन्दाहरू, रोटी लिएर भगौडाहरूलाई भेट ।

  • यिर्मि 49:8-9
    2 पदहरू
    72%

    8ए ददानमा बासिन्दाहरू हो, भाग र फर्क, जमिनका गुफाहरूमा बस । किनकि मैले त्यसलाई दण्ड दिने बेलामा म त्यसमाथि एसावको विपत्ति ल्याउँदैछु ।

    9दाख टिप्नेहरू तँकहाँ आए भने के तिनीहरूले केही दानाहरू छोड्‍दैनन् र? रातमा चोरहरू आए भने के तिनीहरूले आफूले चाहे जति मात्र लैजाँदैनन् र?

  • 71%

    23ददान, तेमा र बूज, तिनीहरूका शिरका किनाराहरूमा कपाल काट्नेहरू सबैले यसलाई पिउनुपर्‍यो ।

    24यसबाहेक, अरबका सबै राजा, उजाड-स्थानमा बस्‍ने मिश्रित मानिसहरूका सबै राजा,

  • 15तेरा किनारहरूमा रोडसका मानिसहरू तेरा व्‍यापारीहरू थिए । व्यापारका सामानहरू तेरा हातमा थिए । तिनीहरूले तँलाई सीङ्, हस्‍ती हाड र अब्‍नुसको काठ दाम रूपमा दिए ।

  • 69%

    28केदार र हासोरका राज्यहरूको विषयमा परमप्रभु नबूकदनेसरलाई यसो भन्‍नुहुन्छ (यति बेला बेबिलोनका राजा नबूकदनेसरले यी ठाउँहरूलाई आक्रमण गर्न लागेका थिए): “उठ्, र केदारलाई आक्रमण गर्, अनि पूर्वका ती मानिसहरूलाई नष्‍ट पार् ।

    29तिनीहरूका पाल र तिनीहरूका बगाल लगिनेछन्, साथमा तिनीहरूका पालका पर्दाहरू र तिनका सबै सरसामान पनि । तिनीहरूका ऊँटहरू तिनीहरूबाट लगिनेछन्, र मानिसहरू तिनीहरूमाथि चिच्‍याउनेछन्, 'त्रास जताततै छ!”

  • 19तेमाबाट आएका यात्रु-दलले त्‍यहाँ हेरे, जबकि शेबाका सहयात्रीहरूले तिनमा आशा राखे ।

  • यशा 21:16-17
    2 पदहरू
    69%

    16किनकि परमप्रभुले मलाई यसो भन्‍नुभयो, “एक वर्षभित्रमा नै ज्यालामा लिइएको श्रमिकले यो देख्‍नेछ, केदारको सारा गौरवको अन्‍त हुनेछ ।

    17केदारका धनुर्धारी अर्थात् योद्धाहरूमध्ये केही मात्र रहेनेछन्,” किनकि परमप्रभु इस्राएलका परमेश्‍वरले यसो भन्‍नुभएको छ ।

  • 6नेगेवको घमण्डको बारेमा एउटा घोषणाः कष्‍ट र खतराको देशबाट भएर सिंहनी र सिंह, साप र उड्ने सर्प निस्कनेछन्, आफूलाई सहायता गर्न नसक्‍ने मानिसहरूकहाँ लैजानलाई तिनीहरूले गधाहरूलाई आफ्‍ना सम्पत्ति र ऊँटहरूलाई आफ्‍ना बहुमूल्य भण्डारहरू बोकाउँछन् ।

  • यहे 38:12-13
    2 पदहरू
    67%

    12लूटका माल म कब्जा गर्नेछु र चोर्नेछु ताकि भर्खरै मात्र बसोबास गरिएका बाँझो जमिनका विरुद्धमा, र जातिहरूबाट भेला भएका मानिसहरू, गाईवस्तु र सम्पत्ति आर्जन गरिरहेका मानिसहरू र पृथ्वीको बिचमा बसोबास गरिरहेकाहरूका विरुद्ध म आफ्‍नो हात उठाउनेछु ।’

    13शेबा र ददान, र तर्शीशका व्यापारीहरूले आफ्‍ना जवान योद्धाहरूसँगै तँलाई यसो भन्‍नेछन्, ‘के तँ लुट्न आएको होस्? के तैंले तेरो फौजलाई लुटको माल, चाँदी र सुन, तिनीहरूका गाईवस्तु र सम्पत्ति जफत गर्न र लैजान भेला गराएको होस्?’

  • 13यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः म आफ्नो हातले एदोमलाई हिर्काउनेछु, र त्‍यहाँ भएका हरेक मानिस र पशुको नाश गर्नेछु । तेमानदेखि ददानसम्‍मै म त्‍यसलाई भग्‍नावशेष, उजाड पार्नेछु । तिनीहरू तरवारले ढल्‍नेछन्‌ ।

  • यशा 21:6-7
    2 पदहरू
    66%

    6किनकि परमप्रभुले मलाई यसो भन्‍नुभयो, “जा, एक जना पहरेदार राख । उसले जे देख्‍छ सो बताउनुपर्छ ।

    7जब उसले एउटा रथ, एक जोडी घोडचढी, गधामाथि चढ्नेहरू र उँटमाथि चढ्नेहरू देख्छ, तब उसले ध्यान दिनुपर्छ र निकै सजग हुनुपर्छ ।”

  • 10किनकि कित्तीमका किनारहरू पार गर र हेर । केदारमा सन्देशवाहकहरू पठाओ र पत्ता लगाओ, र त्यहाँ यस्तो काम पहिले कहिल्यै भएको रहेछ कि भनी हेर ।

  • यशा 60:6-7
    2 पदहरू
    66%

    6ऊँटका बथानहरू, मिद्यान र एपाका सवार गर्ने ऊँटहरूले तँलाई ढाक्‍नेछन् । ती सबै शेबाबाट आउनेछन् । तिनीहरूले सुन र धूप ल्याउनेछन् र परमप्रभुको प्रशंसा गाउनेछन् ।

    7केदारका सबै भेडाबाख्रालाई तँकहाँ जम्‍मा पारिनेछन् । नबायोतका भेडाहरूले तेरो आवश्यक्‍ता पुरा गर्नेछन् । तिनीहरू मेरो वेदीमा स्वीकारयोग्य बलिदान हुनेछन् । अनि आफ्‍नो महिमित भवनलाई म महिमित बनाउनेछु ।

  • यशा 13:20-21
    2 पदहरू
    66%

    20पुस्‍तौं-पुस्‍तासम्म त्‍यसमा कोही बसोवास गर्नेछैनन् । अरबीले त्यहाँ आफ्नो पाल टाँग्‍नेछैन, न त गोठालाहरूले आफ्ना बगालहरूलाई त्यहाँ विश्राम गराउनेछन् ।

    21तर मरूभुमिका जङ्‍गली पशुहरू त्यहाँ बस्‍नेछन् । तिनीहरूका घरहरू लाटोकोसेराले भरिनेछन् । सुतुर्मुगहरू र घोरलहरू त्यहाँ उफ्रनेछन् ।

  • 11मरुभूमि र सहरहरूले सोर निकालून्, केदार बसेका गाउँहरू आनन्दले कराऊन्! सेला काबासिन्दाहरूले गाऊन्, पर्वतका चुचुराबाट तिनीहरू कराऊन् ।

  • 6यसमा एदोम र इश्‍माएलका पालहरू, र मोआबका मानिसहरू र हग्री पर्छन्,

  • 15हदद, तेमा, यतूर, नापीश र केदमा ।

  • 5मलाई धिक्‍कार होस्, किनभने म मेशेकमा अस्थायी रूपमा मात्र बस्छु । पहिले केदारका पालहरूका माझमा म बस्थें ।

  • 52अरब, दुमा, एशान,

  • 1¶ दमस्कसको बारेमा एउटा घोषणा ।

  • 61मरुभूमिमा त्यहाँ बेथ-अराबा, मिद्दीन, सकाका,

  • 10किनकि किल्लाबन्दी गरिएको सहर उजाड भएको छ, बासस्थानलाई उजाड-स्‍थानझैं उजाड पारिएको र त्‍यागिएको छ । त्यहाँ बाछा चर्छ, पल्टन्छ र त्‍यसको हाँगाहरू खान्छ ।

  • 1¶ मोआबको बारेमा एउटा घोषणा । साँच्‍चै, मोआबको आरलाई एकै रातमा उजाड र नष्‍ट पारिन्छ । साँच्‍चै, मोआबको कीरलाई एकै रातमा उजाड र नष्‍ट पारिन्छ ।

  • १ इति 1:30-31
    2 पदहरू
    64%

    30मिश्‍मा, दुमा, मस्‍सा, हदद, तेमा,

    31यतूर, नापीश र केदमा । यिनीहरू इश्‍माएलका छोराहरू थिए ।

  • 8तब तिनले भने, “हामीले कुन दिशाबाट आक्रमण गर्नुपर्छ?” यहोशापातले जवाफ दिए, “एदोमको उजाड-स्थानको बाटोबाट ।”

  • 20“त्यसैले परमप्रभुले एदोमको विरुद्धमा निधो गर्नुभएका योजनाहरू, तेमानका बासिन्दाहरूको विरुद्धमा बनाउनुभएका योजनाहरू सुन । निश्‍चय नै तिनीहरूका स-साना बगालका पनि घिस्याएर लगिनेछन् । तिनीहरूका खर्कहरू उजाड-स्थानमा परिणत हुनेछन् ।

  • 25तिनीहरू भोजन गर्न बसे । तिनीहरूले आफ्ना आँखा उठाएर हेरे, र गिलादबाट ऊँटहरूमा मसलाहरू, लेप र मुर्र लिएर आइरहेको इश्माएलीहरूको एउटा यात्री दललाई देखे । तिनीहरू ती सरसामान लिएर मिश्रतर्फ यात्रा गर्दै थिए ।

  • 7सेबा, हवीला, सब्ता, रामाह र सब्तका कूशका छोराहरू थिए । शेबा र ददान रामाहका छोराहरू थिए ।

  • 1¶ “हद्राकको देशको विषयमा परमप्रभुको यस्तो वचन घोषणा भयो, र उहाँको वचन दमस्कसको विषयमा पनि आयो, किनभने सबै मनुष्यजाति र इस्राएलका सबै कुलहरूका आँखा परमप्रभुतिर छन् ।

  • 17जब इस्राएलले यसो भनेर एदोमका राजालाई दूतहरू पठाए, ‘कृपया हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्,’ एदोमका राजाले सुनेनन् । तिनीहरूले मोआबका राजाकहाँ पनि दूतहरू पठाए, तर तिनले इन्कार गरे । यसरी इस्राएलचाहिं कादेशमा नै बसे ।

  • 13तर भुमि भने त्यसमा बसोबास गर्ने मानिसहरूका कारण, र तिनीहरूका कामका प्रतिफलको कारण उजाड हुनेछ ।

  • 15बेँसीका ओह्रालाहरू, जो आरको सहरतिर लाग्छन् र मोआबको सिमानसम्म पुग्छन् ।”