यशैया 23:3
ठुला पानीमाथि सिहोरको अन्न थियो, नील नदीको उत्पादन त्यसको उब्जनी थियो । अनि त्यो जातिहरूको व्यापार भयो ।
ठुला पानीमाथि सिहोरको अन्न थियो, नील नदीको उत्पादन त्यसको उब्जनी थियो । अनि त्यो जातिहरूको व्यापार भयो ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
4ए सीदोन, लज्जित हो, किनकि समुद्रले, समुद्रको शक्तिशालीले बोलेको छ । त्यसले भन्छ, “म प्रसव वेदनामा परेको छैन, न बालक जन्माएको छु, न मैले छोराहरू हुर्काएको छु, न छोरीहरू हुर्काएको छु ।”
5मिश्रदेशमा खबर आउँदा, टुरोसको विषयमा तिनीहरूले शोक गर्नेछन् ।
1¶ टुरोसको बारेमा एउटा घोषणाः ए तर्शीशका पानी जहाजहरू हो कराओ । किनकि त्यहाँ न घर छ न बन्दरगाह नै छ । साइप्रसको देशबाट यो कुरा तिनीहरूलाई प्रकट गरिएको छ ।
2ए समुद्री तटका बासिन्दाहरू हो, मौन बस । समुद्रमा यात्रा गर्ने सीदोनका व्यापारीहरूले तिमीहरूलाई भरिदिएका छन् ।
32तेरो निम्ति तिनीहरूले विलाप गर्नेछन्, र तँलाई हेरेर तिनीहरूले शोकगीत गाउनेछन् । टुरोस जस्तै को छ, जो समुद्रको बिचमा चुप शान्त पारिएको छ ।
33जब समुद्र किनारमा तेरा व्यापारका माल जान्थे, तिनले धेरै जना मानिसलाई सन्तुष्ट पार्थे । तेरा धेरै धन-सम्पत्ति र व्यापारका मालले तैंले पृथ्वीका राजाहरूलाई धनी तुल्याइस् ।
34तर समुद्रले गहिरो पानीले जब तँलाई ध्वंस पार्यो, तब तेरा तेरा मालहरू र तेरा सबै चालक दल डुबे ।
10ए तर्शीशकी छोरी हो, नील नदीलाई जोतेझैं आफ्नो खेत जोत् । टुरोसमा अब फेरि बजार-क्षेत्र छैन ।
11परमप्रभुले समुद्रमाथि आफ्नो हात पसार्नुभएको छ र उहाँले राज्यहरूलाई हल्लाउनुभएको छ । फोनिकेको विषयमा त्यसका किल्लाहरूलाई नाश गर्ने आज्ञा उहाँले दिनुभएको छ ।
12उहाँले भन्नुभयो, “ए सीदोनकी अत्याचारमा परेकी कन्या छोरी, तैले फेरि आनन्द मनाउने छैनस् । उठ्, साइप्रसमा पारि जा । तर तैंले त्यहाँ पनि विश्राम पाउनेछैनस् ।”
22हरेक असल मसला र सबै किसिमका बहुमूल्य रत्नहरू बेच्न शेबा र रामाहका व्यापारीहरू तँकहाँ आए । व्यापारका सामानको रूपमा तिनीहरूले तँलाई सुन दिए ।
23शेबा, अश्शूर र किल्मदसँगै हारान, कन्नेह र अदनका व्यापारीहरूले तँसित व्यापार गरे ।
24नीलो रङ्गका कपडा, बुट्टादार कपडाहरू,र डोरीहरूले बाँधेर रङ्गीचङ्गी र बुट्टादार राडीपाखी र राम्ररी बुनेका लुगा तेरा बजारमा बेच्नेहरू यिनीहरू नै थिए ।
25तर्शीशका जहाजहरूले तेरा व्यापारका सामानहरू ढुवानी गर्थे । समुद्रका बिचमा व्यापारका सामानले तँ भरिपूर्ण, गह्रौं भएको थिइस् ।
26तेरा नाविकहरूले तँलाई विशाल समुद्रमा लगेका छन् । पूर्वीय बतासले तँलाई समुद्रकै बिचमा ध्वंस पारेको छ ।
27तेरा धन-सम्पत्ति, सामान र व्यापारका माल । तेरा माझीहरू र तेरा नावीहरू, र जहाज बनाउनेहरू । तेरा व्यापारीहरू र तँसँग भएका तेरा युद्धका योद्धाहरू, र जहाजमा हुने अरू सबै जना तेरो सर्वनाशको दिनमा समुद्रको गहिरोमा डुब्नेछन् ।
7ए आनन्दित सहर, के तँलाई यस्तो भएको छ, जसको उत्पत्ति प्राचीन समयमा नै भएको छ, जसका खुट्टाले त्यसलाई बसोबास गर्न विदेशी भूमिमा पुर्याएको छ?
8मुकुटहरू दिने टुरोसको विरुद्धमा यो योजना कसले बनाएको हो, जसका व्यापारीहरू शासकहरू छन्, जसका व्यापारीहरू पृथ्वीमा नै आदरणिय छन्?
2जसले नरकटका डुङ्गाहरूमा समुद्रहुँदै राजदूतहरू पठाउँछ । हे फुर्तिला दूतहरू, सबै अग्ला र चिल्ला जातिकहाँ जाओ, टाढा नजिकका मानिसलाई डराउनेहरू, एउटा बलियो र विजयी जाति जसको देशलाई नदीहरूले विभाजन गर्छ ।
16ए बिर्सिएकी वेश्या, एउटा वीणा लि र सहरमा जा । त्यो राम्ररी बजा, धेरै गीतहरू गा, ताकि तेरो सम्झना गरिनेछ ।
17सत्तरी वर्षपछि त्यो दिन यस्तो हुनेछ, परमप्रभुले टुरोसलाई सहायता गर्नुहुनेछ र त्यसले फेरि वेश्यवृत्ति गरेर पैसा कमाउन सुरु गर्नेछे, र त्यसले आफ्ना सेवाहरू पृथ्वीका सबै राज्यहरूलाई दिनेछे ।
18त्यसका नाफाहरू र कमाइहरू परमप्रभुको निम्ति अलग गरिनेछ । ती भण्डारमा राखिने वा कोषमा जम्मा गरिने छैन, किनकि त्यसका नाफाहरू पमप्रभुको उपस्थितिमा बस्नेहरूलाई दिइनेछ र तिनीहरूलाई प्रशस्त खाना आपुर्ती गर्न प्रयोग गरिनेछ, र यसरी तिनीहरूसँग उत्तम गुणस्तर लुगा हुनेछ ।
5तब तैंले हेर्नेछस्, प्रज्वलित हुनेछस्, तेरो हृदय आनन्दित हुनेछ र भरिएर पोखिनेछ, किनभने समुद्रको प्रशस्तता तँलाई खन्याइनेछ र जातिहरूका सम्पत्ति तँकहाँ आउनेछन् ।
14उनी व्यापारी जहाजझैँ छिन् । उनले टाढाबाट आफ्नो भोजन ल्याउँछिन् ।
2दमस्कसको सिमानामा भएको हमात, र टुरोस र सीदोनको निम्ति पनि यो घोषणा हो, किनकि तिनीहरू धेरै बुद्धिमान छन् ।
3टुरोसले आफैँ एउटा गढी बनाएको छ, र त्यसले सडकहरूमा धुलोसरह चाँदी र माटोसरह निखुर सुन थुपारेको छ ।
4हेर! परमप्रभुले त्यसबाट सबै खोस्नुहुनेछ र त्यसको बललाई समुद्रमा नष्ट गर्नुहुनेछ, अनि त्यो आगोले भस्म हुनेछ ।
22टुरोस र सीदोनका राजाहरू, समुद्रपारि किनाराका सबै राजा,
4टुनामुनामा निपुण, त्यो सुन्दर वेश्या, जसले आफ्नो, र टुनामुनाले जाति-जातिहरूलाई बेच्छे, त्यसको कामवासनापूर्ण कामहरूका कारण यो भइरहेको छ ।
9कूश र मिश्र त्यसका शक्ति थिए, र त्यसको कुनै अन्त थिएन । पूत र लिबिया त्यसका मित्रराष्ट्रहरू थिए ।
10तथापि नो शहर निर्वासनमा लगियो, त्यो दासत्वमा लगियो, त्यसका छोराछोरीहरू हरेक सडकहरूका मुखमा टुक्रा-टुक्रा पारिए । त्यसका शत्रुहरूले त्यसका भारदारहरूका निम्ति चिट्ठा हाले, र त्यसका सबै महान् मानिसहरू साङ्लाले बाँधिए ।
12तँसँग बेच्नको निम्ति चाँदी, फलाम, जस्ता र सीसाजस्ता सामानका प्रशस्त धनसम्पत्ति भएको कारणले तर्शीश तेरो व्यापारको साझेदार थियो । तिनीहरूले तेरा मालसामान किने र बेचे ।
16तेरा धेरै उत्पादनमा अरामले व्यापार गर्यो । तिनीहरूले तँलाई फिरोजा, बैजनी, रङ्ग लगाइएका वस्त्र, मलमलका कपडा, मूगा-मोती र मानिक तेरा व्यापारका सामानको रूपमा उपलव्ध गराए ।
17यहूदा र इस्राएलको देशले तँसित व्यापार गर्दैथिए । तिनीहरूले तँलाई मिन्नीतको गहूँ, रोटी, मह, तेल र लेप तेरा व्यापारका सामानका रूपमा उपलव्ध गराए ।
5समुद्रका पानीहरू सुक्नेछन्, अनि नदीहरू सुक्नेछन् र रित्तो हुनेछन् ।
17तिनीहरूले तेरो विषयमा विलाप गर्नेछन् र तँलाई यसो भन्नेछन्: नाविकहरू बसोबास गर्ने, तँ कसरी नष्ट भइस् । शक्तिशाली र प्रसिद्ध सहर अब समुद्रबाट हराएको छ । त्यसका बासिन्दाहरूले आफ्ना नजिक बस्ने हरेकलाई कुनै बेला थर्कमान् पारेका थिए ।
7तेरो जहाजको पाल मिश्रदेशको मिहीन बुट्टादार सूती कपडाबाट बनेको थियो । त्यसैले तेरो झन्डाको काम गर्यो । एलीशाहको किनारका नीलो र बैजनी रङ्गका कपडा तेरो चँदुवाका निम्ति प्रयोग भए ।
1¶ एक पटक मानिसहरूले भरिपूर्ण सहर अहिले सुनसान बसिरहेको छ । त्यो शक्तिशाली जाति भए तापनि विधवाजस्तै भएको छ । त्यो जाति-जातिहरूका बिचमा राजकुमारीजस्तै थियो, तर अहिले जबरजस्ती दासत्वमा लगिएको छ ।
4अब, टुरोस, सीदोन र पलिश्तीका सबै क्षेत्रहरू, तिमीहरू किन मसँग रिसाउँछौ? के तिमीहरूले मलाई बदला लिन सक्छौ? तिमीहरूले मलाई बदला लियौ भने पनि, तिमीहरूको बदलालाई म तुरुन्तै तिमीहरूकै थाप्लोमा फर्काउनेछु ।
10कूशका नदीहरूको पारिबाट मेरो आराधना गर्नेहरू, र तितरबितर भएका मेरा मानिसहरूले मेरो निम्ति बलिदानहरू ल्याउनेछन् ।
42बेबिलोनको माथि समुद्र आएको छ । यसका उर्लंदा छालहरूले त्यो ढाकिएको छ ।
11यसले आफ्ना हाँगाहरू समुद्रसम्म र आफ्ना जराहरू यूफ्रेटिस नदीसम्समै फैलायो ।
9गबालका दक्ष अनुभवी कारीगरहरू तँसित जहाजमा थिए । समुद्रका सबै जहाजहरू र तिनका नाविकहरूले व्यापारका निम्ति तेरा सामान ल्याउँथे ।
26यरूशलेमका ढोकाहरूले विलाप र विलौना गर्नेछन् । अनि त्यो एक्लो हुनेछ र भूइँमा बस्नेछ ।
4तेरा सिमानाहरू समुद्रको बिचमा छन् । तँलाई निर्माण गर्नेहरूले तँलाई पूर्ण रूपले सुन्दर बनाए ।
13जबूलून समुद्रको किनारमा बस्नेछ । जहाजहरूका निम्ति त्यो बन्दरगाह हुनेछ, र त्यसको सिमाना सीदोनसम्म हुनेछ ।
5त्यो समुद्रको बिचमा जालहरू सुकाउने ठाउँ हुनेछ, किनभने मैले नै यो घोषणा गरेको छु— यो परमप्रभु परमेश्वरको घोषणा हो— र त्यो जातिहरूका निम्ति लूटको माल हुनेछ ।
8हेश्बोनका खेतहरू साथै सिब्माका दाखहरू सुकेका छन् । याजेरमा पुगेको र मरुभूमिमा फैलिएको उत्तम दाखहरूलाई, जातिहरूका शासकहरूले कुल्चेका छन् । त्यसका टुसाहरू बाहिर देशमा फैलिए । ती समुद्रमाथि गए ।
21बरु, परमप्रभु आफ्नो वैभवमा फराकिलो नदीहरू र खोलाहरूको ठाउँमा हामीसँग हुनुहुनेछ । पतवारले चलाइने कुनै पनि युद्धका पानी जहाजहरूले यात्रा गर्नेछैनन् र कुनै पनि ठुला पानी जहाजहरू जानेछैनन् ।
13ए धेरै पानी भएको ठाउँनेर बस्ने मानिसहरू हो, ए धेरै धन-सम्पत्ति भएका मानिसहरू हो, तिमीहरूको अन्त्य आएको छ । तिमीहरूको जीवनको धागो अब काटेर छोटो पारिएको छ ।