यशैया 43:14

अनलक शाब्दिक बाइबल

परमप्रभु, तिमीहरूका उद्धारक, इस्राएलका परमपवित्र यसो भन्‍नुहुन्छ, “तिमीहरूका निम्‍ति म बेबिलोनमा पठाउँछु र तिनीहरू सबैलाई भगौडाहरूका रूपमा तल लानेछु, यसरी बेबिलोनीहरूका आनन्दको गीतलाई विलापको सोरमा बदली गर्नेछु ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 23:13 : 13 कल्दीहरूको देशलाई हेर् । यी मानिहरू समाप्‍त भएका छन् । अश्‍शूरीहरूले त्‍यसलाई जङ्गली जनावरहरूको निम्ति उजाड-स्‍थान बनाएका छन् । तिनीहरूले आफ्‍ना घेरा-मचान खडा गरेका छन् । तिनीहरूले त्‍यसका दरबारहरू नष्‍ट गरे । तिनीहरूले त्‍यसलाई भग्‍नावशेषको थुप्रो बनाए ।
  • यशा 43:1 : 1 ¶ तर अब ए याकूब तँलाई सृष्‍ट गर्नुहुने, अनि ए इस्राएल, तँलाई बनाउनुहुने परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः “नडरा, किनकि मैले तँलाई उद्धार गरेको छु । तेरो नाउँ काढेर मैले तँलाई बोलाएको छु, तँ मेरै होस् ।
  • यशा 43:3-4 : 3 किनकि म परमप्रभु तेरो परमेश्‍वर, इस्राएलको परमपवित्र तेरो उद्धारक हुँ । मैले मिश्रदेशलाई तेरो मूल्यको रूपमा दिएको छु, कूश र सेबालाई तेरो बद्लामा दिएको छु । 4 तँ मेरो दृष्‍टिमा मूल्यवान र विशेष भएको हुनाले, म तँलाई प्रेम गर्छु । यसकारण तेरो सट्टामा म मानिसहरूलाई र जीवनको सट्टामा अरू मानिसहरूलाई तेरो दिने छु ।
  • यशा 44:6 : 6 इस्राएलका राजा, त्यसको उद्धारक, सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, “म नै पहिलो हुँ र म नै अन्तिम हुँ । र मबाहेक अरू कुनै परमेश्‍वर छैन ।
  • यशा 44:24-45:5 : 24 तँलाई गर्भमा आकार दिनुहुने परमप्रभु तेरा उद्धारक यसो भन्‍नुहुन्छः “म परमप्रभु हुँ, जसले हरेक कुरा बनाएँ, जसले आकाशलाई एक्‍लै फैलाएँ, जसले पृथ्वीलाई एक्‍लै बनाएँ । 25 हात हेरेर फतफताउनेका खोक्रा कुरालाई व्यार्थ तुल्याउने म नै हुँ र हात हेर्ने कुरा पढ्‍नेलाई घृणा गर्ने म नै हुँ । यस्‍ता बुद्धिमान्‌हरूका बुद्धिलाई उल्टाउने र तिनीहरूका सल्लाहलाई मूर्ख बनाउने म नै हुँ । 26 आफ्ना सेवकका वचनहरू पुरा गर्ने र आफ्ना दूतहरूका भविष्यवाणी पुरा गर्ने परमप्रभु म नै हुँ, जसले यरूशलेमलाई भन्छ, 'त्यसमा बसोवास गरिनेछ,' र यहूदाका नगरहरूका बारेमा भन्छ, 'तिनीहरूलाई फेरि निर्माण गरिनेछ र म तिनका भग्‍नावशेषहरूलाई खडा गर्नेछु ।' 27 जसले गहिरो समुद्रलाई भन्छ, 'सुक् र तेरा धारहरूलाई म सुकाउनेछु ।' 28 कोरेसलाई यसो भन्‍नुहुने परमप्रभु नै हुनुहुन्‍छ, 'त्यो मेरो गोठालो हो, त्यसले मेरा हेरक इच्छा पुरा गर्नेछ । त्यसले यरूशलेमको बारेमा, 'त्यसलाई पुननिर्माण गरिनेछ,' र मन्दिरको बारेमा, 'यसको जग बसालियोस्' भनेर आदेश दिनेछ ।” 1 ¶ आफ्नो अभिषिक्‍त कोरेसलाई परमप्रभुले यसो भन्‍नुहुन्छ, उसको सामु रहेका जातिहरूलाई अधीन गर्न, राजाहरूलाई निशस्‍त्र पार्न र ढोकाहरू खुल्‍ला रहून् भनेर उसको सामु भएका ढोकाहरू खोल्न, उसको दाहिने हातलाई म समात्छुः 2 “म तेरो अगि-अगि जानेछु र पर्वतहरूलाई समतल बनाउनेछु । काँसाका ढोकाहरूलाई म टुक्रा-टुक्रा बनाउनेछु र तिनीहरूका फलामे बारहरूलाई काटेर टुक्रा बनाउनेछु। 3 अनि अँध्यारोका भण्डारहरू र टाढा लुकाइएका धनहरू म तँलाई दिनेछु, जसले गर्दा तैंले जान्‍न सक्‍छस् कि म परमप्रभु इस्राएलका परमेश्‍वर हुँ जसले तेरो नाउँ काढेर तँलाई बोलाउँछ । 4 मेरो सेवक याकूब र मेरो चुनिएको इस्राएलको निम्‍ति, मैले थोरै आदरको पद तँलाई दिएर तेरो नाउँ काढेर बोलाएको छु, तापनि तैंले मलाई चिन्दैनस् । 5 म परमप्रभु हुँ र त्‍यहाँ अरू कुनै छैन । मबाहेक कोही परमेश्‍वर छैन । तैंले मलाई नचिनेको भए तापनि म तँलाई युद्धको निम्ति सुसज्‍जित पार्नेछु ।
  • यशा 54:5-8 : 5 किनभने तँलाई बनाउनुहुने तेरो स्‍वामी हुनुहुन्छ । उहाँको नाउँ सर्वशक्तिमान् परमप्रभु हो । इस्रएलको परमपवित्र तेरो उद्धारक हुनुहुन्छ । उहाँलाई सारा पृथ्वीको परमेश्‍वर भनिन्छ । 6 किनकि त्यागिएकी र आत्मामा दुःखी पत्‍नीको रूपमा जवानीमा विवाह भएकी र तिरस्‍कृत स्‍त्रीलाई झैं परमप्रभुले तँलाई फिर्ता बोलाउनुभएको छ,” तेरो परमेश्‍वर भन्‍नुहुन्छ । 7 “छोटो समयको निम्ति मैले तँलाई त्यागें, तर ठुलो दयासाथ म तँलाई भेला पार्नेछु । 8 रिसको झोंकमा मैले क्षणिक रूपमा आफ्‍नो मुख तँबाट लुकाएँ । तर अनन्त करारको विश्‍वस्‍ततामा म तँमाथि दया गर्नेछु— तँलाई छुट्टाउनुहुने परमप्रभु भन्‍नुहुन्छ ।
  • यिर्मि 50:2-9 : 2 “जातिहरूलाई खबर गर र तिनीहरूलाई सुन्‍न लगा । सङ्केत उठा र तिनीहरूलाई सुन्‍न लगा । यसलाई नलुका । यसो भन्, 'बेबिलोनलाई लिइएको छ । बेललाई लाजमा पारिएको छ । मरोदक हताश भएको छ । यसका मूर्तिहरू लाजमा पारिएका छन् । यसका प्रतिमाहरू हताश पारिएका छन् ।' 3 यसको विरुद्धमा उत्तरबाट एउटा जातिको उदय हुनेछ, र यसको देशलाई उजाड पार्नेछ । यसमा कोही बस्‍ने छैन । मानिस र पशु दुवै भाग्‍नेछन् । 4 यो परमप्रभुको घोषणा हो, ती दिनमा र त्‍यो समयमा इस्राएल र यहूदाका मानिसहरू रुँदैरुँदै जान र परमप्रभु आफ्‍ना परमेश्‍वरको खोजी गर्न सँगसँगै आउनेछन् । 5 तिनीहरूले सियोनतिर जाने बाटो सोध्‍नेछन्, र यसो भन्दै त्‍यतैतिर फर्कनेछन्, हामि जानेछौं र परमप्रभुसित कहिलै नबिर्सिने अनन्त करारमा सहभगी हुनेछौं ।” 6 मेरा मानिसहरू एउटा हराएको बगाल भएको छ । तिनीहरूका गोठालाहरूले तिनीहरूलाई पहाडहरूमा बरालिदिएका छन् । तिनीहरूले उनीहरूलाई एउटा पहाडदेखि अर्को पडाहमा फर्काएका छन् । तिनीहरू गए, अनि आफू बसेको ठाउँ तिनीहरूले बिर्से । 7 तिनीहरूकहाँ जाने हरेकले तिनीहरूलाई निले । तिनीहरूका वैरीहरूले भने, 'हामी दोषी छैनौं, किनकि तिनीहरूले परमप्रभु, आफ्‍ना साँचो घर, आफ्‍ना पुर्खाहरूको आशाको विरुद्धमा पाप गरे ।' 8 बेबिलोनको बिचबाट निस्केर आओ । कल्दीहरूको देशबाट बाहिर जाओ । बोकाहरूजस्ता होओ जुन अरू बगालभन्दा अगिअगि जान्‍छन् । 9 किनकि हेर, मैले काम गर्न र बेबिलोनको विरुद्धमा उत्तरबाट म महान् जातिहरूको समूहलाई खडा गर्न लागेको छु । तिनीहरू आफै त्यसको विरुद्धमा व्यवस्थित हुनेछन् । त्यहाँबाट बेबिलोन कब्जा गरिनेछ । तिनीहरूका काँडहरू निपुण योद्धाजस्ता छन् जो रित्तो हात फर्कँदैनन् । 10 कल्दी लुटको माल बन्‍नेछ । यसलाई लुट्नेहरू सबै सन्तुष्‍ट हुनेछन्, यो परमप्रभुको घोषणा हो । 11 तँ रमाउँछस् । मेरो उत्तराधिकारको लुटको मालमा तैंले उत्सव मनाउँछस् । खर्कमा नाच्ने बाछोझैं तँ वरिपरि उफ्रन्छस् । शक्तिशाली घोडाझैं तँ हिनहिनाउँछस् ।
  • यिर्मि 50:17-18 : 17 इस्राएल सिंहहरूद्वारा तितरबितर पारिएको र लखेटिएको भेडा हो । पहिले अश्शूरका राजाले त्यसलाई खायो । त्यसपछि बेबिलोनका राजाले त्यसका हड्‍डीहरू भाँचिदियो । 18 त्यसकारण सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः हेर्, मैले बेबिलोनका राजा र त्यसको देशलाई दण्ड दिनै लागेको छु, जसरी मैले अश्शूरको देशलाई दण्ड दिएँ ।
  • यिर्मि 50:27-34 : 27 त्यसका सबै साँढेहरूलाई मार । तिनीहरूलाई काटिने ठाउँमा पठाओ । तिनीहरूलाई धिक्‍का छ! किनकि तिनीहरूका दिन— तिनीहरूका दण्डको समय आएको छ । 28 बेबिलोनको देशबाट भागिरहेकाहरू र त्‍यहाँ बाँचेकाहरूको आवाज सुनिन्छ । यिनीहरूले सियोनका लागि परमप्रभु हाम्रा परमेश्‍वरको बदला र उहाँको मन्दिरको बदलाको खबर दिनेछन् ।” 29 “बेबिलोनको विरुद्धमा काँड हान्‍नेहरू, आफ्‍ना धनु तान्‍नेहरूलाई बोलाओ । त्यसको विरुद्धमा छाउनी हाल, र कोही पनि भाग्‍न नपाओस् । त्यसले गरेको कामअनुसार त्यसको बदला लेओ । त्यसले प्रयोग गरेको नापअनुसार त्यसलाई गर । किनभने त्यसले परमप्रभु, इस्राएलका परमपवित्रलाई दुषित पारेको थियो । 30 त्यसैले त्यसका युवाहरू सहरका चोकहरूमा ढल्‍नेछन्, र त्यस दिन त्यसका योद्धाहरू नष्‍ट हुनेछन्, यो परमप्रभुको घोषणा हो ।” 31 “हेर्, अहङ्कारी, म तेरो विरुद्धमा छु, यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो, किनकि ए अहंकारी, तँलाई दण्ड दिने तेरो दिन आइपुगेको छ, जति बेला म तँलाई दण्‍ड दिनेछु । 32 त्यसैले अहङ्कारीहरू ठक्‍कर खानेछन् र ढल्‍नेछन् । कसैले तिनीहरूलाई उठाउनेछैन । म तिनीहरूका सहरहरूमा आगो लगाउनेछु । त्‍यसले उसको वरिपरि भएको हरेक कुरोलाई भस्म पार्नेछ । 33 सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छः यहूदाका मानिसहरूसँगै इस्राएलका मानिसहरूलाई थिचोमिचो गरिएको छ । तिनीहरूलाई कब्जा गर्नेहरूले अझै पनि तिनीहरूलाई थुनिराखेका छन् । तिनीहरूले उनीहरूलाई जान दिन इन्‍कार गर्छन् । 34 तिनीहरूलाई छुटकारा दिने बलवान् हुनुहुन्छ । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो । देशमा चैन ल्याउन र बेबिलोनमा बस्‍नेहरूकहाँ द्वन्‍द ल्याउन उहाँले साँच्‍चै तिनीहरूको पक्षमा बोल्नुहुनेछ ।
  • यिर्मि 51:1-9 : 1 ¶ “परमप्रभु यसो भन्‍नुहुन्छः ‘हेर्, बेबिलोनको विरुद्धमा र लेब-कमाइमा बस्‍नेहरूको विरुद्धमा समेत मैले विनाशको हुरीबतासलाई उत्तेजित पार्नै लागेको छु । 2 म बेबिलोनमा विदेशीहरू पठाउनेछु । तिनीहरूले त्‍यसलाई तितर-बितर पार्नेछन्, र त्यसको देशलाई सर्वनाश गर्नेछन्, किनकि विपत्तिको दिनमा तिनीहरू चारैतिरबाट त्यसको विरुद्धमा आउनेछन् । 3 धनुर्धारीहरूलाई आफ्ना धनु तान्‍न नदेओ । तिनीहरूलाई कवच लगाउन नदेओ । त्यसका युवाहरूलाई नजोगाऊ । त्यसका सम्पूर्ण सेनालाई विनाशको लागि अलग गर । 4 किनभने घाइते मानिसहरू कल्दीहरूको देशमा ढल्नेछन् । मारिएकाहरू त्यसका सडकहरूमा ढल्नेछन् । 5 किनभने इस्राएल र यहूदाको देश इस्राएलका परमपवित्रको विरुद्धमा गरिएको अपराधले भरिएको भए तापनि सर्वशक्तिमान् परमप्रभु तिनीहरूका परमेश्‍वरले तिनीहरूलाई बिर्सनुभएको छैन । 6 बेबिलोनको बिचबाट भाग । हरेक मानिसलाई आफ्नै ज्यान बचाउन देओ । त्यसको अधर्ममा नष्‍ट नहोओ । किनकि यो परमप्रभुको बदलको समय हो । त्यसका सबै कुराको बदला उहाँले लिनुहुनेछ । 7 परमप्रभुको हातमा बेबिलोन एउटा सुनको कचौरा थियो जसले सारा संसारलाई मत्त्‍याएको थियो । जातिहरूले त्यसको दाखमद्य पिए र बौलाहा भए । 8 बेबिलोन अकस्मात् ढल्‍नेछ, र नष्‍ट हुनेछ । त्यसको लागि विलाप गर । त्यसको पीडाको लागि औषधी देओ । सायद त्यो निको हुनेछ । 9 'हामीले बेबिलोनलाई निको पार्न चाह्यौं, तर त्यो निको भएन । हामी सबैले त्यसलाई छोडौं र हाम्रो आफ्नै देशमा जाऔं । किनकि त्यसको दोष आकाशसम्मै पुगेको छ । यो बादलमा थुप्रिएको छ । 10 परमप्रभुले हामीलाई निर्दोष घोषणा गर्नुभएको छ । आओ, सियोनमा परमप्रभु हाम्रा परमेश्‍वरका कामहरू बताऔं ।' 11 काँडहरू तिखा बनाओ र ढालहरू उठाओ । बेबिलोनलाई नष्‍ट गर्ने योजनामा परमप्रभुले मादीका राजाको आत्मालाई उत्तेजित पार्दै हुनुहुन्छ । यो परमप्रभुको बदला हो, उहाँको मन्दिरको विनाशको लागि लिइने बदला हो ।
  • यिर्मि 51:24 : 24 तैंले देख्‍ने गरी म बेबिलोन र कल्दीका सबै बासिन्दालाई बदला लिनेछु, किनकि तिनीहरूले सियोनमा सारा किसिमका दुष्‍ट काम गरेका छन्, यो परमप्रभुको घोषणा हो ।
  • यिर्मि 51:34-37 : 34 'बेबिलोनका राजा नबूकदनेसरले मलाई खाएको छ, उसले मलाई अलमलमा पारेको छ, र मलाई रित्तो भाँडो बनाएको छ । राक्षसले झैं त्यसले मलाई निलेको छ । मेरा स्वादिष्‍ट खानाले त्यसले आफ्‍नो पेट भरेको छ, र त्यसले मलाई बान्ता गरेर फालेको छ ।' 35 सियोनमा बस्‍नेले भन्छ, 'म र मेरो विरुद्धमा गरिएको हिंसा बेबिलोनमाथि नै परोस् ।' यरूशलेमले भन्‍नेछ, 'मेरो रगत कल्दीका बासिन्दाहरूमाथि परोस्' ।” 36 त्यसकारण परमप्रभु यसो भन्‍नुहुन्छः हेर्, मैले तेरो पक्ष लिन र तेरो लागि बदला लिन लागेको छु । किनकि म बेबिलोनको नदी सुकानेछु, र त्यसका पानीका मुहानहरू सुक्खा तुल्यानेछु । 37 बेबिलोन भग्‍नावशेषको थुप्रो, स्यालहरू ओडार, त्रास र गिल्लाको पात्र हुनेछ, जहाँ कोही बासिन्‍दा छैन ।
  • यहे 27:29-36 : 29 दाबिलो खियाउनेहरू सबै जना आफ्‍ना जहाजबाट तल आउनेछन् । माझी र समुद्रका सबै नावीहरू किनारमा खडा हुनेछन्‌ । 30 तब तिनीहरूले आफ्‍ना सोर तँलाई सुनाउनेछन् र ठुलो स्‍वरले विलाप गर्नेछन्‌ । तिनीहरूले आफ्‍ना टाउकोमा धुलो हाल्‍नेछन् । तिनीहरू खरानीमा लडीबडी गर्नेछन्‌ । 31 तिनीहरूले तेरो लागि आफ्‍नो कपाल मुण्‍डन गर्नेछन्, र आफूमा भाङ्‌ग्रा बाँध्‍नेछन्, अनि तँलाई हेरेर तिनीहरू धुरुधुरु रुनेछन् र तिनीहरू कराउनेछन्‌ । 32 तेरो निम्‍ति तिनीहरूले विलाप गर्नेछन्, र तँलाई हेरेर तिनीहरूले शोकगीत गाउनेछन् । टुरोस जस्तै को छ, जो समुद्रको बिचमा चुप शान्‍त पारिएको छ । 33 जब समुद्र किनारमा तेरा व्‍यापारका माल जान्‍थे, तिनले धेरै जना मानिसलाई सन्‍तुष्‍ट पार्थे । तेरा धेरै धन-सम्‍पत्ति र व्‍यापारका मालले तैंले पृथ्‍वीका राजाहरूलाई धनी तुल्‍याइस्‌ । 34 तर समुद्रले गहिरो पानीले जब तँलाई ध्वंस पार्‍यो, तब तेरा तेरा मालहरू र तेरा सबै चालक दल डुबे । 35 किनारका सबै बासिन्‍दा तँलाई देखेर तर्सेका थिए, र तिनीहरूका राजाहरू त्रासले थरथर भए । तिनीहरूका अनुहारहरू कामे । 36 मानिसहरूका व्यापारीहरूले तँलाई खिसी गर्छन्‌ । तँ त्रास बनेको छस्, र तँ सदाको लागि फेरि कहिलै हुनेछैनस् ।
  • प्रका 5:9 : 9 तिनीहरूले एउटा नयाँ गीत गाएः “तपाईं त्यो मुट्ठोलाई लिन र त्यसका छापहरूलाई खोल्न योग्यका हुनुहुन्छ । किनकि तपाईं मारिनुभयो, र तपाईंको रगतले हरेक जाति, भाषा, मानिस र राष्‍ट्रलाई तपाईंले परमेश्‍वरका निम्ति किन्‍नुभयो ।
  • प्रका 18:11-21 : 11 पृथ्वीका व्यापारीहरूले त्यसको लागि रुने र विलाप गर्नेछन्, किनकि त्यस समयदेखि कसैले पनि त्यसका सामानहरू किन्‍नेछैन । 12 सुन, चाँदी, बहुमूल्य पत्थर, मोती, मिहिन सुती कपडा, बैजनी, रेसम, चहकिलो रङ सबै किसिमका सुगन्धित काठ, हरेक प्रकारका हस्तिहाडका भाँडाहरू, हरेक बहुमूल्य काठबाट बनेको भाँडा, काँसा, फलाम, सिङ्गमरमर, 13 तेजपात, मसला, धूप, मूर्र, सुगन्धित धूप, दाखमद्य, तेल, मसिनो पिठो, गहुँ, गाई, भेडा, घोडाहरू र रथहरू, र दासहरू र मानव आत्माहरू । 14 तेरो सबै शक्‍तिले तैंले चाहेको फल तँबाट गइसकेको छ । तेरा सबै सुखविलास र वैभवहरू गुमेका छन्, ती फेरि कहिल्यै भेटिनेछैनन् । 15 यी सामानका व्‍यापारीहरू जसले व्‍यापारद्वारा धन कमाएका थिए, तिनीहरूले त्यसमा परिआउने यातनाको डरले टाढै उभिएर रुने र चर्को गरी विलाप गर्नेछन् । 16 तिनीहरूले भन्‍नेछन्, “धिकार महान् सहर, तँलाई धिकार, त्यो जसले मलमल, बैजनी र रातो रङको कपडा लगाएर सुन, मोती र बहुमूल्य गहनाहरूले सिँगारिएकी थिइस् । 17 एकै घडीमा सबै सम्पत्ति नष्‍ट भएका छन् ।” हरेक जहाजको कप्‍तान, हरेक यात्रा गर्ने मानिस, नाविकहरू र समुद्रमा व्यापार गर्नेहरू टाढै उभिए । 18 त्यो जलेको धुवाँ देखेर तिनीहरू कराए । तिनीहरूले भने, “योजस्तो महान् सहर अरू कुन छ र?” 19 तिनीहरूले आफ्ना टाउकामा धुलो फ्याँकेर रुँदै र कराउँदै विलाप गरे, “धिक्‍कार, महान् सहरलाई धिक्‍कार, जहाँ समुद्रमा तिनीहरूका जहाज हुनेहरू त्यसको सम्पत्तिबाट धनी भएका थिए । किनकि एकै क्षणमा त्यो नष्‍ट पारिएकी छे ।” 20 स्वर्ग, त्यसमाथि आनन्द गर, विश्‍वासीहरू, प्रेरितहरू र अगमवक्‍ताहरू, किनकि परमेश्‍वरले तिमीहरूमाथिको न्‍याय त्यसमाथि ल्याउनुभएको छ ।” 21 एक जना शक्‍तिशाली स्वर्गदूतले जाँतोजस्तो एउटा ढुङ्गा उठाए र यसो भन्दै समुद्रमा फाले, “यस प्रकारले बेबिलोन, महान् सहर हिंसात्मक तरिकाले तल खसालिनेछ र त्यसलाई फेरि कहिल्यै देखिनेछैन ।
  • भजन 19:14 : 14 हे परमप्रभु, मेरो चट्टान र मेरो उद्धारक, मेरा मुखका शब्‍दहरू र मेरा हृदयका विचारहरू तपाईंको दृष्‍टिमा ग्रहणयोग्य होऊन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यशा 43:15-16
    2 पदहरू
    82%

    15म परमप्रभु, तेरो परमपवित्र, इस्राएलको सृष्‍टिकर्ता, तेरो राजा हुँ ।”

    16‍परमप्रभु यसो भन्‍नुहुन्छ, (जसले समुद्रमा बाटो र शक्तिशाली पानीमा गोरेटो खोल्नुभयो,

  • यशा 43:3-4
    2 पदहरू
    77%

    3किनकि म परमप्रभु तेरो परमेश्‍वर, इस्राएलको परमपवित्र तेरो उद्धारक हुँ । मैले मिश्रदेशलाई तेरो मूल्यको रूपमा दिएको छु, कूश र सेबालाई तेरो बद्लामा दिएको छु ।

    4तँ मेरो दृष्‍टिमा मूल्यवान र विशेष भएको हुनाले, म तँलाई प्रेम गर्छु । यसकारण तेरो सट्टामा म मानिसहरूलाई र जीवनको सट्टामा अरू मानिसहरूलाई तेरो दिने छु ।

  • 4सर्वशक्तिमान् परमप्रभु हाम्रा उद्धारक, इस्राएलको परमपवित्र उहाँको नाउँ हो ।

  • 9समुद्र किनारहरूले मेरो खोजी गर्छन् । टाढाबाट परमप्रभु तिमीहरूका परमेश्‍वर र इस्राएलका परमपवित्रको निम्ति तिमीहरूका छोराहरूलाई आफूसँग भएका सुन र चाँदीसँगै ल्याउनलाई तर्शीशका जहाजहरूले नेतृत्‍व गर्छन्, किनभने उहाँले तँलाई इज्‍जत गर्नुभएको छ ।

  • 4मुट्ठामा यस्तो लेखियो, “मैले यरूशलेमबाट बेबिलोनमा निर्वासित गरेका सबै कैदीलाई, म, सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍छु,

  • 13आजको दिनदेखि म उही हुँ र कसैले पनि मेरो हातबाट कसैलाई छुट्टाउनेछैन । म काम गर्छु र कसले त्यो फर्काउन सक्छ र?”

  • 17परमप्रभु, तिमीहरूका उद्धारक, इस्राएलका परमपवित्र यसो भन्‍नुहुन्छ, “म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, जसले कसरी सफल हुने भनी सिकाउँछ, जसले तिमीहरू जानुपर्ने बाटोमा डोर्‍याउँछ ।

  • 1¶ तर अब ए याकूब तँलाई सृष्‍ट गर्नुहुने, अनि ए इस्राएल, तँलाई बनाउनुहुने परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः “नडरा, किनकि मैले तँलाई उद्धार गरेको छु । तेरो नाउँ काढेर मैले तँलाई बोलाएको छु, तँ मेरै होस् ।

  • 14नडरा, ए किरा याकूब र इस्राएलका मानिसहरू, तँलाई म सहायात गर्नेछु— यो परमप्रभु, तिमीहरूका उद्धारक, इस्राएलका परमपवित्रको घोषणा हो ।

  • यशा 49:7-8
    2 पदहरू
    73%

    7जातिहरूले तुच्‍छ ठानेका, घृणा गरेका र शासकहरूका सेवकलाई इस्राएलको उद्धारक, तिनीहरूका परमपवित्र परमप्रभु यसो भन्‍नुहुन्छ, “विश्‍वासयोग्य परमप्रभु, इस्राएलका परमपवित्रले तँलाई चुन्‍नुभएको हुनाले राजाहरूले तँलाई देख्‍नेछन् र खडा हुनेछन्, अनि राजकुमारहरूले तँलाई देख्‍नेछन् र घोप्टो पर्नेछन् ।”

    8परमप्रभु यसो भन्‍नुहुन्छ, “मैले आफ्‍नो कृपा देखाउन निश्‍चित गरेको समयमा म तँलाई जवाफ दिनेछु, अनि उद्धारको दिनमा म तँलाई सहायता गर्नेछु । म तेरो सुरक्षा गर्नेछु र देशको पुनःनिर्माण गर्न र उजाड जमिनमा फेरि बस्‍ती बसाल्‍न तँलाई मानिसहरूका करारको रूपमा दिनेछु ।

  • 20बेबिलोनबाट बाहिर आओ! कल्दीहरूबाट भाग! गुञ्‍जयमान् आवाजसँगै यो घोषणा गर! यसलाई प्रकट गर, यसलाई पृथ्वीको अन्तिम छेउसम्म जान देओ । यसो भन, 'परमप्रभुले आफ्नो सेवक याकूबलाई उद्धार गर्नुभएको छ ।'

  • 20त्यसैले हे सबै निर्वासितहरू हो, जसलाई उहाँले यरूशलेमबाट बेबिलोनमा पठाउनुभएको छ, तिमीहरू आफूले भने परमप्रभुको वचन सुन ।

  • 73%

    33सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छः यहूदाका मानिसहरूसँगै इस्राएलका मानिसहरूलाई थिचोमिचो गरिएको छ । तिनीहरूलाई कब्जा गर्नेहरूले अझै पनि तिनीहरूलाई थुनिराखेका छन् । तिनीहरूले उनीहरूलाई जान दिन इन्‍कार गर्छन् ।

    34तिनीहरूलाई छुटकारा दिने बलवान् हुनुहुन्छ । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो । देशमा चैन ल्याउन र बेबिलोनमा बस्‍नेहरूकहाँ द्वन्‍द ल्याउन उहाँले साँच्‍चै तिनीहरूको पक्षमा बोल्नुहुनेछ ।

  • यशा 44:22-24
    3 पदहरू
    73%

    22तेरा विद्रोहका कामहरूलाई एउटा बाक्‍लो बादललाई झैं र तेरा पापहरूलाई एउटा बादललाई झैं मैले हटाएको छु । मकहाँ फर्की, किनकि मैले तँलाई उद्धार गरेको छु ।

    23ए आकाश गाओ, किनकि परमप्रभुले नै यसो गर्नुभएको हो । ए पृथ्वीका गहिराइ हो कराओ । ए पर्वतहरू, वनका सबै रूख हो, गीत गाओ । किनकि परमप्रभुले याकूबलाई उद्धार गर्नुभएको छ र इस्राएलमा आफ्‍नो महिमा प्रकट गर्नुहुनेछ ।

    24तँलाई गर्भमा आकार दिनुहुने परमप्रभु तेरा उद्धारक यसो भन्‍नुहुन्छः “म परमप्रभु हुँ, जसले हरेक कुरा बनाएँ, जसले आकाशलाई एक्‍लै फैलाएँ, जसले पृथ्वीलाई एक्‍लै बनाएँ ।

  • यशा 45:13-14
    2 पदहरू
    73%

    13मैले नै कोरेसलाई धार्मिकतामा उत्तेजित पारें र त्यसका सबै मार्गलाई म नै सहज बनाइदिनेछु । त्यसले मेरो सहर निर्माण गर्नेछ । त्यसले मेरा निर्वासित मानिसहरूलाई घर जान दिनेछ, न कुनै मूल्य वा घूस लिनेछ,” सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्छ ।

    14परमप्रभु यसो भन्‍नुहुन्छ, “मिश्रदेशको कमाइ र शेबाका अग्‍ला कदका मानिसहरूसँग कूशको व्यापार तँकहाँ ल्याइनेछ । ती तेरै हुनेछन् । साङ्लामा तिनीहरू तेरो पछि-पछि आउनेछन् । तिनीहरू तेरो सामु घोप्टो पर्नेछन् र यसो भन्‍दै तँसँग बिन्ति गर्नेछन्, 'निश्‍चय पनि परमेश्‍वर तपाईंसँग हुनुहुन्छ र उहाँबाहेक अरू कोही छैन' ।”

  • 36त्यसकारण परमप्रभु यसो भन्‍नुहुन्छः हेर्, मैले तेरो पक्ष लिन र तेरो लागि बदला लिन लागेको छु । किनकि म बेबिलोनको नदी सुकानेछु, र त्यसका पानीका मुहानहरू सुक्खा तुल्यानेछु ।

  • 71%

    14तब तिमीहरूले मलाई भेट्टाइनेछौ, यो परमप्रभुको घोषणा हो, र म तिमीहरूका सुदिन फर्काउनेछु । मैले तिमीहरूलाई छरपष्‍ट पारेका सबै जाति र ठाउँहरूबाट म तिमीहरूलाई जम्मा गर्नेछु, यो परमप्रभुको घोषणा हो, मैले तिमीहरूलाई जुन ठाउँबाट निर्वासित गरें, त्यहाँबाट म तिमीहरूलाई फर्काएर ल्याउनेछु ।'

    15परमेश्‍वरले हाम्रा निम्ति बेबिलोनमा नै अगमवक्ताहरू खडा गर्नुभएको छ भनी तिमीहरूले भनेकको हुनाले,

  • 11किनकि तँलाई बचाउन म तँसितै छु, यो परमप्रभुको घोषणा हो । तब मैले तँलाई तितर-बितर पारेको सबै जतिका, सबैलाई म बिलकुलै खतम पार्नेछु । तर म निश्‍चय नै तँलाई खतम पार्ने छैनँ, यद्यपि म तँलाई न्यायपूर्वक अनुशासन गर्छु, र तँलाई दण्ड नदिई छोड्‍नेछैनँ ।'

  • 1¶ परमप्रभु यसो भन्‍नुहुन्छ, “मैले तेरी आमालाई दिएको त्यागपत्रको प्रमाणपत्र कहाँ छ? मेरो कुनचाहिं ऋणीकहाँ मैले तँलाई बेचें? हेर, तिमीहरूका पापहरूका कारणले तिमीहरूलाई बेचियो र तिमीहरूका विद्रोहको कारणले तिमीहरूका आमालाई टाढा पठाइयो ।

  • 7किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, “याकूबको निम्ति आनन्दले कराओ । जातिहरूका मानिसहरूका प्रमुखको लागि खुसीले चिच्‍च्याओ । प्रशंसा सुनियोस् । यसो भन, 'परमप्रभुले आफ्ना जाति, इस्राएलका बाँकी रहेकाहरूलाई उद्धार गर्नुभएको छ ।'

  • 4मेरो सेवक याकूब र मेरो चुनिएको इस्राएलको निम्‍ति, मैले थोरै आदरको पद तँलाई दिएर तेरो नाउँ काढेर बोलाएको छु, तापनि तैंले मलाई चिन्दैनस् ।

  • 16तैंले जातिहरूको दूध पनि पिउनेछस् र राजहरूका दूध कानेछस् । म, परमप्रभु नै तेरो उद्धारक र मुक्‍तिदाता, याकूबको शक्तिशाली हुँ भन्‍ने तैंले जान्‍नेछस् ।

  • 6“म परमप्रभुले तिमीलाई धार्मिकतामा बोलाएको छु र तिम्रो हात समात्‍नेछु । म तिमीलाई सुरक्षा दिनेछु र मानिसहरूको निम्ति करारको रूपमा र जतिहरूका निम्ति ज्योतिको रूपमा खडा गर्नेछु,

  • 9तब तिनले उनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, जसकहाँ तिमीहरूले मलाई तिमीहरूका बिन्ती राख्‍न पठायौ,

  • 22'ती बेबिलोनमा लगिनेछन्, र ती फर्काइने दिन नआएसम्म ती त्यहीँ नै रहनेछन्, यो परमप्रभुको घोषणा हो । त्यसपछि म तिनलाई ल्याउनेछु, र तिनलाई यस ठाउँमा पुनर्स्थापित गराउनेछु' ।”

  • 4त्यसपछि बेबिलोनमा पठाइएका यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीन र यहूदाका सबै बन्दीलाई म फर्काएर ल्याउनेछु, यो परमप्रभुको घोषणा हो, किनकि बेबिलोनका राजाको जुवालाई म भाँच्‍नेछु' ।”

  • 24तैंले देख्‍ने गरी म बेबिलोन र कल्दीका सबै बासिन्दालाई बदला लिनेछु, किनकि तिनीहरूले सियोनमा सारा किसिमका दुष्‍ट काम गरेका छन्, यो परमप्रभुको घोषणा हो ।

  • 2जसले नरकटका डुङ्गाहरूमा समुद्रहुँदै राजदूतहरू पठाउँछ । हे फुर्तिला दूतहरू, सबै अग्ला र चिल्ला जातिकहाँ जाओ, टाढा नजिकका मानिसलाई डराउनेहरू, एउटा बलियो र विजयी जाति जसको देशलाई नदीहरूले विभाजन गर्छ ।

  • 15तेरो निम्ति तिनीहरू यस्तै भएका छन्— जससँग तैंले काम गरेको छस्, अनि तिनीहरूसँग तैंले आफ्‍नो जवानीखि किनबेच गरेको छस्, तिनीहरू हरेक आ-आफ्नै निर्देशनमा भौंतारिए । तँलाई छुटकारा दिने सक्‍ने त्‍यहाँ कोही छैन ।”

  • 25तर परमप्रभु यसो भन्‍नुहुन्छ, “हो, योद्धाहरूबाट कैदीहरूलाई खोसिनेछ र लूटका मालहरू छुट्टाइनेछ । किनकि तेरो विरोधीलाई म विरोध गर्नेछु र तेरा छोराछोरीलाई बचाउनेछु ।

  • 24यसकारण सर्वशक्तिमान् परमप्रभु, इस्राएलका शक्तिशाली परमपवित्रको घोषणा यो हो, “तिनीहरूलाई धिक्‍कार! आफ्‍ना विरोधीहरूसँग बदला म लिनेछु र आफ्‍ना शत्रुहरूसँग म टो फेर्नेछु ।

  • 14तिमीहरू सबैले आफूलाई भेला पार र सुन! तिमीहरूका माझमा कसले यी कुराहरू घोषणा गरेको छ? परमप्रभुको मित्रले बेबिलोनविरुद्ध उहाँको उद्देश्य पुरा गर्ने छ । कल्दीहरूका विरुद्धमा उसले परमप्रभुको इच्छा पुरा गर्नेछन् ।

  • 9तँ जसलाई म पृथ्वीको अन्तिम छेउबाट फर्काएर ल्याउँदैछु र जसलाई मैले टाढा ठाउँहरूबाट बोलाएँ, अनि जसलाई मैले भनें, 'तँ मेरो सेवक होस्।' मैले तँलाई चुनेको छु, र तँलाई इन्कार गरेको छैन ।

  • 6इस्राएलका राजा, त्यसको उद्धारक, सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, “म नै पहिलो हुँ र म नै अन्तिम हुँ । र मबाहेक अरू कुनै परमेश्‍वर छैन ।

  • 3त्‍यो दिनमा तिमीहरूका कष्‍ट र पीडाबाट, अनि तिमीहरूले गर्नुपर्ने कडा परिश्रमबाट परमप्रभुले तिमीहरूलाई विश्राम दिनुहुन्‍छ,

  • 3किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, “तिमीहरू सित्तैंमा बेचिएका थियौ, अनि पैसाविना नै तिमीहरूको छुटकारा हुनेछ ।”

  • 10त्यसपछि तिनीहरूलाई भन्, 'सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः मैले नबूकदनेसरलाई मेरो सेवकको रूपमा बोलाउन सन्देशवाहकहरू पठाउनै लागेको छु । यर्मियाले गाडेका ती ढुङ्गाहरूमाथि म त्यसको सिंहासन बसाल्नेछु । नबूकदनेसरले तीमाथि आफ्नो मण्डप खडा गर्नेछ ।

  • 3उहाँले मलाई भन्‍नुभयो, “ए इस्राएल, तँ मेरो सेवक होस्, जसद्वारा म आफ्‍नो महिमा देखाउँछु ।”

  • 1¶ ए मेरो सेवक, याकूब, ए इस्राएल जसलाई मैले चुनेको छु, अब सुन्:

  • 21नजिक आओ र मलाई यो घोषणा गर, प्रमाण ल्याओ! तिनीहरूले एकसाथ षड्यन्त्र गरून् । यसलाई धेरै पहिलेदेखि कसले प्रकट गरेको छ? कसले यो घोषणा गर्‍यो? के यो म परमप्रभुले नै थिएनँ र? ‍मबाहेक त्‍यहाँ अरू कुनै परमेश्‍वर छैन, न्यायी परमेश्‍वर र उद्धारक । मबाहेक कुनै अरू छैन ।

  • 15किनकि म परमप्रभु तेरा परमेश्‍वर हुँ, जसले समुद्रलाई घोल्‍नुहुन्छ ताकि त्‍यसको छालहरू गर्जून्— उहाँको नाउँ सर्वशक्तिमान् परमप्रभु हो ।

  • 26मैले तिनीहरूका ज्यान लिन खोज्नेहरू र बेबिलोनका राजा नबूकदनेसर र उसका सेवकहरूका हातमा तिनीहरूलाई दिन लागेको छु । त्यसपछि मिश्रदेश पहिलेझैं आबादी हुनेछ,’ यो परमप्रभुको घोषणा हो ।