यशैया 49:16

अनलक शाब्दिक बाइबल

हेर, मैले तेरो नाउँ आफ्‍नो हत्केलामा खोपेको छु । तेरा पर्खालहरू निरन्तर मेरो सामु छन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 13:9 : 9 यो तिमीहरूका निम्ति हातमा र तिमीहरूको निधारमा सम्झना गराउने कुरो हुनेछ । परमप्रभुको शक्तिशाली हातले तिमीहरूलाई मिश्रबाट बाहिर ल्याएकोले तिमीहरूको मुखमा यो उहाँको विधि हुनेछ ।
  • भजन 48:12-13 : 12 सियोन पर्वत वरिपरि हिंड, त्यसको चारैतिर जाओ । त्यसका धरहराहरू गन्‍ती गर, 13 त्यसका पर्खालहरू ध्‍यान लगाएर हेर, र त्यसका दरबारहरू हेर, ताकि तिमीहरूले अर्को पुस्तालाई यसको बारेमा बताउन सक्‍छौ ।
  • यशा 60:18 : 18 तेरो देशमा हिंसा कदापि सुनिनेछैन, न त तेरो सिमानाभित्र विध्वांस वा तोडफोड सुनिनेछ, तर तैंले तेरा पर्खालहरूलाई मुक्‍ति र तेरा ढोकाहरूलाई प्रशंसा भन्‍नेछस् ।
  • यशा 62:6 : 6 ए यरूशलेम, मैले तेरा पर्खालहरूमा रक्षकहरू राखेको छु । तिनीहरू दिनरात चुप बस्दैनन् । तिमीहरू जो परमप्रभुलाई पुकार्छौ, विश्राम नलेओ ।
  • हाग्गै 2:23 : 23 सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ, त्यस दिन ए शालतिएलका छोरा यरुबाबेल, म तँलाई मेरो दास बनाउनेछु । म तँलाई छाप-औँठीझैँ बनाउनेछु, किनभने मैले तँलाई चुनेको छु! परमप्रभु घोषणा गर्नुहुन्छ!’”
  • प्रका 21:10-21 : 10 अनि तिनले मलाई आत्मामा बोकेर एउटा ठुलो अग्‍लो पर्वतमा लगे र परमेश्‍वरबाट स्वर्गदेखि तल झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए । 11 यरूशलेममा परमेश्‍वरको महिमा थियो, र त्यसको चमक बहुमूल्य रत्‍नहरूजस्तो, मणिक स्फटिक पत्थरको जस्तो थियो । 12 त्यसका बाह्रवटा ढोकासँगै एउटा ठुलो अग्‍लो पर्खाल थियो, ढोकाहरूमा बाह्र जना स्वर्गदूत थिए । ढोकाहरूमा इस्राएलको सन्तानका बाह्रै कुलका नाउँहरू लेखिएका थिए । 13 पूर्वमा तिनवटा ढोका, उत्तरमा तिनवटा ढोका, दक्षिणमा तिनवटा ढोका र पश्‍चिममा तिनवटा ढोका थिए । 14 सहरका पर्खालका बाह्रवटा जग थिए, र तीमाथि थुमाका बाह्रै प्रेरितका बाह्रवटा नाउँ थिए । 15 मसँग बोल्नुहुनेसँग सहर र त्यसका पर्खालहरू नाप्‍नलाई एउटा सुनको नाप्‍ने लौरो थियो । 16 त्यो सहर वर्गाकार थियो; त्यसको लम्बाइ र चौडाइ उस्तै थिए । त्यस लौरोले सहर नाप्दा त्यो लगभग बाह्र हजार लम्बाइको थियो (त्यसको लम्बाइ, चौडाइ र उचाइ उस्तै थिए ) । 17 तिनले त्यसको पर्खाल पनि नापे, मानिसहरूद्वारा नाप्‍दा त्यो पैँसट्ठी मिटरको थियो । (जुन स्वर्गदूतहरूले पनि नापेको हो ) । 18 पर्खाल बिल्लौर र सहर शुद्ध सुनले सफा काँचजस्तै बनाइएको थियो । 19 पर्खालका जगहरू हर प्रकारका बहुमूल्य पत्थरद्वारा बनाइएका थिए । पहिलो बिल्लौर थियो, दोस्रो निलमणि थियो, तेस्रो हरित थियो, चौथो पन्‍ना थियो । 20 पाँचौँ आनिक्स थियो, छैटौँ लालमणि थियो, सातौँ पीतमणि थियो, आठौँ बेरूज थियो, नवौँ पुष्पराज थियो, दसौँ लसुने रत्‍न थियो । एघारौँ नीलमणि थियो, र बाह्रौँ कटेला थियो । 21 बाह्रवटा ढोका बाह्र मोतीका थिए । प्रत्येक ढोका मोतीबाट बनेको थियो । सहरका गल्लीहरू निखुर सुनका थिए, काँचजस्तै छर्लङ्ग देखिन्थे ।
  • श्रेष्ठ 8:6 : 6 मलाई तपाईंको हृदय र तपाईंको पाखुरामा एउटा छापजस्तै गरी लगाउनुहोस्, किनकि प्रेम मृत्युजत्तिकै प्रबल हुन्छ । जोसिको भक्ति पातालजत्तिकै निष्‍ठुर हुन्छ । यसको ज्वाला दन्कन्छ । यो दन्कने आगो हो । यो कुनै पनि आगोभन्दा तातो हुन्छ ।
  • यशा 26:1 : 1 ¶ त्यस दिन यहूदाको देशमा यो गीत गाइने छः हामीसँग बलियो सहर छ । परमेश्‍वरले मु‍क्‍तिलाई यसको पर्खालहरू र घेराहरू बनाउनुभएको छ ।
  • यशा 54:12 : 12 म तेरो गजुरहरू रूबीले र तेरा ढोकाहरू चम्कने पत्थरहरूले र तेरो बाहिरी पर्खाल सुन्दर ढुङ्गाहरूले बनाउनेछु ।
  • यिर्मि 22:24 : 24 “यो परमप्रभुको घोषणा हो, जस्तो म जीवित छु, ए यहूदाका राजा यहोयाकीमको छोरो यहोयाकीन, तँ मेरो हातको छाप-औंठी होस्, म तँलाई धुजाधुजा पार्नेछु ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यशा 49:14-15
    2 पदहरू
    85%

    14तर सियोनले भन्यो, “परमप्रभुले मलाई त्यग्‍नुभएको छ, र परमप्रभुले मलाई बिर्सनुभएको छ ।”

    15“के स्‍त्रीले आफ्‍नो दूध खुवाइरहेको बालकलाई बिर्सन सक्छे, अनि तिनले जन्माएकी बलकलाई दया देखाउँदिनन् र? हो, तिनीहरूले बिर्सन सक्छन्, तर तँलाई म बिर्सनेछैन ।

  • 17तेरा छोराछोरी फर्कन हतारिंदैछन्, जबकि तिमीहरूलाई विनाश पार्नेहरू टाढा जाँदैछन् ।

  • 16मैले आफ्‍नो वचन तेरो मुखमा हालेको छु, र आफ्‍नो हातको छायाले मैले तँलाई ढाकेको छु, ताकि मैले आकाशलाई राख्‍न सकुँ, पृथ्वीको जगहरू बसाल्न सकुँ र सियोनलाई, 'तिमीहरू मेरा मानिसहरू हौ' भन्‍न सकुँ ।

  • यशा 60:15-16
    2 पदहरू
    72%

    15तँबाट भएर कोही नहिंड्ने गरी त्यागिएको र घृणा गरिएको अवस्‍थामा रहनुको साटोमा, म तँलाई सदाको निम्ति गौरवको वस्तु, पुस्तादेखि पुस्‍तासम्‍मको निम्ति आनन्द बनाउनेछु ।

    16तैंले जातिहरूको दूध पनि पिउनेछस् र राजहरूका दूध कानेछस् । म, परमप्रभु नै तेरो उद्धारक र मुक्‍तिदाता, याकूबको शक्तिशाली हुँ भन्‍ने तैंले जान्‍नेछस् ।

  • 21ए याकूब र इस्राएल, यी कुराहरूका बारेमा विचार गर्, किनकि तँ मेरो सेवक होस्: “मैले तँलाई आकार दिएको हुँ । तँ मेरो सेवक होस्: ए इस्राएल, तँलाई बिर्सिइने छैन ।

  • 16तपाईंले मलाई गर्भभित्रै देख्‍नुभयो । मेरो निम्‍ति तोकिएको आयुको पहिलो दिन हुनुअगि नै ती तपाईंको पुस्तकमा लेखिएका थिए ।

  • 5हे यरूशलेम, मैले तेरो सम्‍झनालाई बेवास्‍ता गर्छु भने, मेरो दाहिने हातले आफ्‍नो सीप बिर्सोस् ।

  • यशा 54:6-8
    3 पदहरू
    70%

    6किनकि त्यागिएकी र आत्मामा दुःखी पत्‍नीको रूपमा जवानीमा विवाह भएकी र तिरस्‍कृत स्‍त्रीलाई झैं परमप्रभुले तँलाई फिर्ता बोलाउनुभएको छ,” तेरो परमेश्‍वर भन्‍नुहुन्छ ।

    7“छोटो समयको निम्ति मैले तँलाई त्यागें, तर ठुलो दयासाथ म तँलाई भेला पार्नेछु ।

    8रिसको झोंकमा मैले क्षणिक रूपमा आफ्‍नो मुख तँबाट लुकाएँ । तर अनन्त करारको विश्‍वस्‍ततामा म तँमाथि दया गर्नेछु— तँलाई छुट्टाउनुहुने परमप्रभु भन्‍नुहुन्छ ।

  • यशा 46:3-4
    2 पदहरू
    70%

    3ए याकूबको घराना, मेरो कुरा सुन्, ए इस्राएलका सबै बाँकी रहेकाहरू, जसलाई मैले तिमीहरूका जन्म हुनअगिदेखि अर्थात् गर्भदेखि नै बोकेको छु ।

    4तिमीहरूका बुढेसकालमा पनि उही हुँ र तिमीहरूका कपाल फुल्‍ने बेलामा पनि म तिमीहरूलाई बोक्‍नेछु । मैले तँलाई बनाएँ र म नै तँलाई बोक्‍नेछु । म तँलाई बोक्‍नेछु र म तँलाई छुटकारा दिनेछु ।

  • 6ए यरूशलेम, मैले तेरा पर्खालहरूमा रक्षकहरू राखेको छु । तिनीहरू दिनरात चुप बस्दैनन् । तिमीहरू जो परमप्रभुलाई पुकार्छौ, विश्राम नलेओ ।

  • 10नडरा, किनकि म तँसँग छु । चिन्तित नहो, किनकि म नै तेरो परमेश्‍वर हुँ । म तँलाई बलियो बनाउनेछु, र म तँलाई सहायता गर्नेछु, अनि आफ्‍नो धर्मी दाहिने हातले म तँलाई थाम्‍नेछु ।

  • यशा 49:20-22
    3 पदहरू
    70%

    20शोकको अवधिमा जन्‍मेका छोराछोरीले तैंले सुन्‍ने गरी भन्‍नेछन्, 'यो ठाउँ हाम्रा निम्ति साँगुरो हुन्छ, ठाउँ तयार पार, ताकि हामी बस्‍न सकौं ।'

    21तब तैंले आफैलाई सोध्‍नेछस्, ' मेरो निम्ति यी छोराछोरी कसले जन्माएको हो? म शोकमा र बाँझी, निर्वासित र त्‍यागिएकी थिएँ । यी छोराछोरीलाई कसले हुर्कायो? हेर, मलाई एक्‍लै छोडिएको थियो । यिनीहरू कहाँबाट आए?’”

    22परमप्रभु परमेश्‍वरले यसो भन्‍नुहुन्छ, “हेर्, जातिहरूतिर म आफ्‍नो हात उठाउनेछु । मानिसहरूतिर म आफ्‍नो संकेतको झन्डा उठाउनेछु । तिनीहरूले तेरा छोराहरूलाई आफ्‍ना हातमा र तेरी छोरीहरूलाई आफ्‍ना काँधमा बोकेर ल्याउनेछन् ।

  • 4तँ मेरो दृष्‍टिमा मूल्यवान र विशेष भएको हुनाले, म तँलाई प्रेम गर्छु । यसकारण तेरो सट्टामा म मानिसहरूलाई र जीवनको सट्टामा अरू मानिसहरूलाई तेरो दिने छु ।

  • 8तिमीहरूले चिन्हको रूपमा तिनलाई हातमा बाँध्‍नू र तिमीहरूका आँखाका बिचमा तिनले पट्टको काम गरून् ।

  • 70%

    39यसकारण, हेर, तिमीहरू र तिमीहरूका पुर्खाहरूलाई मैले दिएको सहरसाँगै म तिमीहरूलाई समातेर मेरो उपस्थितिबाट टाढा फल्‍नै लागेको छु ।

    40तब म तिमीहरूमाथि अनन्त लाज र अपमान हालिदिनेछु, जुन कहिल्यै बिर्सिने छैन ।”

  • यशा 54:10-11
    2 पदहरू
    69%

    10पर्वतहरू खसे र पहाडहरू थरथर भए पनि, मेरो अटल प्रेम तँबाट हट्‍नेछैन, न त मेरो शान्तिको करारको हल्‍लिनेछ— तँलाई दया गर्नुहुने परमप्रभु भन्‍नहुन्छ ।

    11ए कष्‍टमा परेका, आँधी-बेहरीले बत्ताइएका र सान्त्वना नपाएकाहरू हो, हेर, तेरो बाटोमा म फिरोजा पत्‍थरले जोड्नेछु र तेरो जगहरू नीरले बसाल्‍नेछु ।

  • 13किनकि म, परमप्रभु तेरो परमेश्‍वरले तेरो दाहिने हात समातेर यसो भन्‍नेछु, 'नडरा, म तँलाई सहायता गर्दैर्छु ।'

  • यशा 49:1-2
    2 पदहरू
    69%

    1¶ ए समुद्र किनारमा बस्‍नेहरू हो, मेरो कुरा सुन! ए टाढाका मानिसहरू हो, मेरो कुरामा ध्यान देओ । मेरो आमाले मलाई संसारमा ल्याउनुहुँदा नै परमप्रभुले मलाई मेरो नाउँ काढेर बोलाउनुभएको छ ।

    2उहाँले मेरो मुखलाई धारिलो तरवारजस्तो बनाउनुभएको छ । उहाँले मलाई आफ्‍नो हातको छायामा लुकाउनुभएको छ । उहाँले मलाई टल्काएको काँड बनाउनुभएको छ । उहाँले मलाई आफ्‍नो ठोक्रोमा लुकाउनुभएको छ ।

  • 8परमप्रभु यसो भन्‍नुहुन्छ, “मैले आफ्‍नो कृपा देखाउन निश्‍चित गरेको समयमा म तँलाई जवाफ दिनेछु, अनि उद्धारको दिनमा म तँलाई सहायता गर्नेछु । म तेरो सुरक्षा गर्नेछु र देशको पुनःनिर्माण गर्न र उजाड जमिनमा फेरि बस्‍ती बसाल्‍न तँलाई मानिसहरूका करारको रूपमा दिनेछु ।

  • 15“किनकि हेर! अरू जातिहरूको तुलनामा मैले तँलाई सानो, मानिसहरूद्वारा घृणित तुल्याएको छु ।

  • 1¶ तर अब ए याकूब तँलाई सृष्‍ट गर्नुहुने, अनि ए इस्राएल, तँलाई बनाउनुहुने परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः “नडरा, किनकि मैले तँलाई उद्धार गरेको छु । तेरो नाउँ काढेर मैले तँलाई बोलाएको छु, तँ मेरै होस् ।

  • 5आफ्‍नो मन्‍दिरमा र मेरा पर्खालहरूभित्र छोराहरू र छोरीहरू हुनेभन्दा असल स्मारकको रूपमा तिनीहरूलाई म खडा गर्नेछु । तिनीहरूलाई कहिल्यै नकाटिने अनन्तको स्मारक म दिनेछु ।

  • 18त्यसकारण, मेरा यी वचनहरू तिमीहरूका हृदय र मनमा भण्डारण गर; तिमीहरूका हातमा चिन्हको रूपमा बाँध र ती तिमीहरूका आँखाका बिचमा फेटा होऊन् ।

  • 23तर उसले आफ्ना छोराछोरी अर्थात् मेरा हातका कामलाई देख्‍छ, तब तिनीहरूले मेरो नाउँलाई पवित्र तुल्याउनेछन् । तिनीहरूले याकूबको परमपवित्रको नाउँलाई पवित्र तुल्याउनेछन् र तिनीहरू इस्राएलको परमेश्‍वरको भयमा खडा हुनेछन् ।

  • 19तिमीहरूका सन्तानहरू बालुवाझैं असंख्या हुने थिए र तिमीहरूका गर्भबाट जन्‍मेका छोराछोरीका बलुवाका कणझैं अनगिन्ति हुने थिए । तिनीहरूका नाउँ मेरो सामुबाट काटिने वा मेटिने थिएन ।

  • 3विगतमा परमप्रभु मकहाँ देखा पर्नुभयो र भन्‍नुभयो, “ए इस्राएल, मैले तँलाई अनन्त प्रेमले प्रेम गरेको छु । त्यसैले मैले तँलाई करारको विश्‍वसनीयताले मतिर खिँचेको छु ।

  • 4वरिपरि चारैतिर हेर् र देख् । तिनीहरू सबै आफै भेला हुन्छन् र तँकहाँ आउँछन् । तेरा छोराहरू टाढाबाट आउनेछन् र तिनीहरूका हातले तेरी छोरीहरूलाई बोकेर ल्‍याउनेछन् ।

  • 6“म परमप्रभुले तिमीलाई धार्मिकतामा बोलाएको छु र तिम्रो हात समात्‍नेछु । म तिमीलाई सुरक्षा दिनेछु र मानिसहरूको निम्ति करारको रूपमा र जतिहरूका निम्ति ज्योतिको रूपमा खडा गर्नेछु,

  • 11तेरा अनाथहरूलाई पछाडि छोड् । तिनीहरूका जीवनको हेरचाह म गर्नेछु, र तेरा विधवाहरूले ममाथि भरोसा गर्न सक्छन् ।”

  • 3तिनलाई तेरा औँलाहरूमा बेह्रेर राख् । तिनलाई तेरो हृदयको पाटीमा लेखेर राख् ।

  • 18हेर, म र परमप्रभुले मलाई दिनुभएको छोरा सियोन पर्वतमा वास गर्नुहुने सर्वशक्तिमान् परमप्रभुबाट, इस्राएलको निम्‍ति चिन्हहरू र आश्‍चर्य कामहरू हुन् ।

  • 17तपाईंको बाहुली तपाईंको दाहिने हातको मानिसमाथि, तपाईंले आफ्नो निम्ति बलियो बनाउनुभएको मानिसको पुत्रमाथि रहोस् ।

  • 32के कन्याले आफ्नो गरगहना, दुलहीले आफ्ना घुम्टो भुल्छे र? तरै पनि मेरो जातिले मलाई गन्‍नै नसक्‍ने दिनदेखि भुलेको छ ।

  • 13तपाईं मेरा भित्री अङ्गहरू बनाउनुभयो । मेरी आमाको गर्भमा तपाईंले मलाई बनाउनुभयो ।

  • 3परमप्रभुको हातमा तँ एउटा सुन्दरताको मुकुट र आफ्‍नो परमेश्‍वरको हातमा राजकीय मुकुट हुनेछस् ।

  • 4नडरा, किनकि तँ लज्‍जित हुनेछैनस्, न त निराश हुनेछस्, किनकि तेरो अपमान गरिेनेछैन । आफ्‍नो जवानीको लाजलाई र आफ्‍नो त्‍यागिएको अवस्‍थाको अपमानलाई तैंले बिर्सनेछस् ।

  • 10विदेशीहरूका छोराहरूले तेरा पर्खालहरू पुनःनिर्माण गर्नेछन् र तिनीहरूका राजाहरूले तेरो सेवा गर्नेछन् । मेरो क्रोधमा मैले तँलाई दण्ड दिए तापनि मेरो कृपामा म तँलाई दया देखाउनेछु ।

  • 15हेर्, कसैले कष्‍ट ल्यायो भने, त्‍यो मबाट हुनेछैन । तँमाथि कष्‍ट ल्याउने जोसुकैले पराजय बेहोर्नेछ ।

  • 27“हे यर्मिया, तिनीहरूका मार्ग निरीक्षण गर्न र जाँच गर्न मैले तँलाई धातु जाँच गर्नेजस्तै मेरा मानिसहरूको जाँच गर्ने मानिस बनाएको छु ।

  • 5मेरो अगाडि र पछाडि तपाईं मलाई घेर्नुहुन्छ र ममाथि तपाईंको हात राख्‍नुहुन्छ ।