यशैया 65:24

अनलक शाब्दिक बाइबल

तिनीहरूले पुकार्नअगि म जवाफ दिनेछु । अनि तिनीहरू बोल्दै गर्दा नै मैले सुन्‍नेछु ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • दानी 10:12 : 12 अनि तिनले मलाई यसो भने, “ए दानिएल, नडराऊ । बुझ्न र आफ्‍नो परमेश्‍वरको सामु आफैंलाई नम्र बनाउन तिमीले प्रयास गरेका पहिलो दिनदेखि नै तिम्रा शब्दहरूको सुनुवाइ भएको छ, र तिम्रा शब्दहरूकै कारणले म आएको छु ।
  • १ यूह 5:14-15 : 14 अनि यदि हामीले उहाँको इच्छाअनुसार कुनै पनि कुरा माग्यौँ भने, उहाँले हाम्रो बिन्ती सुन्‍नुहुन्छ । उहाँको सामुन्‍ने हामीसँग भएको दृढता यही हो । 15 अनि यदि हामीले उहाँसँग जे मागे पनि उहाँले हाम्रो बिन्ती सुनुहुन्छ भनी हामी जान्दछौँ भने हामीले उहाँसँग मागेका नम्र-निवेदनहरू हामीसँग छन् भनेर पनि हामी जान्दछौँ ।
  • यशा 58:9 : 9 तब तिमीहरूले पुकार्नेछौ र परमप्रभुले तिमीहरूलाई जवाफ दिनुहुनेछ । तिमीहरूले सहायताको निम्ति पुकारा गर्नेछौ र उहाँले भन्‍नुहुनेछ, “म यहाँ छु ।” तिमीहरूले आफ्‍ना माझबाट जुवा, दोष लगाउने औंला र दुष्‍ट बोली हटायौ भने,
  • मर 11:24 : 24 त्यसकारण म तिमीहरूलाई भन्दछुः तिमीहरूले जुन कुराको निम्ति प्रार्थना गर्छौ र माग्छौ, यो तिमीहरूले पाएका छौ र तिमीहरूको हुनेछ भनी विश्‍वास गर ।
  • भजन 91:15 : 15 जब त्यसले मलाई पुकारा गर्छ, तब म त्यसलाई जवाफ दिनेछु । म कष्‍टमा त्योसँग हुनेछु । म त्यसलाई विजय दिनेछु र त्यसको आदर गर्नेछु ।
  • भजन 32:5 : 5 तब मैले आफ्‍नो पाप तपाईंमा स्वीकार गरें र मैले फेरि मेरो अधर्म लुकाइनँ । मैले भनें, “म आफ्‍ना अपराधहरू परमप्रभुमा स्वीकार गर्नेछु,” र तपाईंले मेरो पापको दोष क्षमा गर्नुभयो । सेल
  • भजन 50:15 : 15 कष्‍टको समय मलाई पुकारा गर । म तिमीहरूलाई बचाउनेछु र तिमीहरूले मेरो महिमा गर्नेछौ ।”
  • यशा 55:6 : 6 जबसम्‍म परमप्रभुलाई भेट्टाउन सक्‍छौ, तबसम्‍म उहाँलाई खोज । उहाँ नजिक हुनुहुँदा नै उहाँको खोजी गर ।
  • दानी 9:20-23 : 20 जब म बोलिरहेको, प्रार्थना गरिरहेको र आफू अनि आफ्‍ना मानिस इस्राएलका पाप स्‍विकार गरिरहेको थिएँ, र परमेश्‍वरको पवित्र पर्वत निम्‍ति परमप्रभु मेरा परमेश्‍वरको सामु मेरा बिन्‍तीहरू राख्दै थिएँ— 21 मैले प्रार्थना गरिरहँदा, मैले दर्शनमा पहिला देखेको मानिस, गाब्रिएल साँझको बलिदानको समयमा तिव्र वेगले उडेर तल मकाहाँ आए । 22 उनले मलाई समझ दिए र मलाई भने, “ए दानिएल, तिमीलाई अन्तर्दृष्‍टि र समझ दिनलाई अहिले म आएको हुँ । 23 तिमीले कृपाको निम्ति बिन्ती गर्न सुरु गर्दा, आज्ञा दिइयो र तिमीलाई जवाफको बारेमा बताउनलाई म आएको हुँ, किनकि तिमीलाई धेरै प्रेम गरिएको छ । यसकारण यो वचन विचार गर र प्रकट भएको कुरालाई बुझ ।
  • लू 15:18-20 : 18 म यस ठाउँलाई छोडेर मेरा बुबाकहाँ जानेछु, र उहाँलाई भन्‍नेछु, ‘बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको दृष्‍टिमा पाप गरेको छु । 19 म तपाईंको छोरा भनिनयोग्य छैनँ; मलाई तपाईंका सेवकहरूमध्ये एक नोकर बनाउनुहोस् ।’ 20 यसरी कान्छो छोराले त्यस ठाउँ छाडे र आफ्ना बुबाको घरतर्फ लागे । उनी टाढै छँदा बुबाले उनलाई देखे र दयाले भरिएर दौडे र अँगालो हालेर म्वाँइ खाए ।
  • प्रेरि 4:31 : 31 तिनीहरूले प्रार्थना गरेर सिध्याएपछि तिनीहरू भेला भएको ठाउँ हल्लियो र तिनीहरू सबै पवित्र आत्माले भरिए र तिनीहरूले परमेश्‍वरको वचन साहससित बोले ।
  • प्रेरि 10:30-32 : 30 कर्नेलियसले भने, “चार दिनअगि यही घडीमा म मेरो घरमा दिउँसो तिन बजे प्रार्थना गरिरहँदा सेतो पोशाक लगाएका एक जना मानिस मेरो सामु खडा भए । 31 तिनले भने, ‘हे कर्नेलियस, परमेश्‍वरले तिम्रो प्रार्थना सुन्‍नुभएको छ र तिमीले गरीबहरूलाई दिएको दानको सम्झना गर्नुभएको छ । 32 त्यसैले, कसैलाई योप्पामा पठाऊ र पत्रुस भनिने सिमोनलाई डाकेर ल्याऊ । तिनी सिमोन भनिने चर्मकारको घरमा बसिरहेका छन् जुन समुद्रको छेउमा पर्छ ।’
  • प्रेरि 12:5-9 : 5 त्यसकारण पत्रुस झ्यालखानामा हालिए, तर उनको निम्ति समूहले यत्‍नपूर्वक परमेश्‍वरसँग प्रार्थना गरेका थिए । 6 हेरोदले तिनलाई बाहिर ल्याउन खोजेको अघिल्लो दिन, त्यस रातमा पत्रुस दुई जना सिपाहीका बिचमा दुईवटा साङ्लाले बाँधिएर सुतिरहेका थिए । ढोकाको अगाडि पहरेदारहरूले झ्यालखानाको सुरक्षा दिइरहेका थिए । 7 तब अचानक तिनको छेउमा प्रभुका दूत देखा परे र त्यस कोठामा ज्योति चम्क्यो । उनले पत्रुसको कोखामा हिर्काएर तिनलाई उठाए र भने, “छिटो उठ ।” त्यसपछि तिनका हातहरूबाट साङ्लाहरू झरे । 8 स्वर्गदूतले तिनलाई भने, “तिमी आफैँले कपडाहरू र चप्पलहरू लगाऊ ।” पत्रुसले त्यसै गरे । स्वर्गदूतले तिनलाई भने, “आफ्ना बाहिरी वस्‍त्रहरू लगाऊ र मलाई पछ्याऊ ।’’ 9 त्यसकारण पत्रुसले स्वर्गदूतलाई पछयाए र बाहिर गए । स्वर्गदूतले जुन काम गरेका थिए त्यो वास्तविक थियो भन्‍ने कुरा पत्रुसलाई थाहा नै थिएन । उनले दर्शन देखिरहेको छु भनी विचार गरे। 10 त्यसपछि पहिलो र दोस्रो पहरेदारलाई पार गरी सकेपछि, तिनीहरू सहरतिर डोर्‍याउने फलामे ढोकामा आइपुगे; यो तिनीहरूका निम्ति आफैँ खोलियो । तिनीहरू बाहिर गए र तलतिरको गल्लीमा गए र ठिक त्यही समयमा स्वर्गदूतले तिनलाई छाडेर गए । 11 जब पत्रुस आफ्नो होशमा आए, उनले भने, “अहिले मलाई साँच्‍चै थाहा भयो कि प्रभुले आफ्ना स्वर्गदूत पठाएर हेरोदको हातबाट यहूदी मानिसहरूले आशा गरेको कुराबाट मलाई छुटकारा दिनुभयो ।” 12 उनले यो महसुस गरेपछि, उनी मर्कूस उपनाउँ गरेका यूहन्‍नाकी आमाको घरमा आए; त्यहाँ धेरै विश्‍वासीहरू भेला भएर प्रार्थना गरिरहेका थिए । 13 जब उनले ढोका ढकढक्याए, तब रोधा नाउँ गरेकी एकजना दासी केटी ढोका खोल्न आइन् । 14 जब तिनले पत्रुसको आवाजलाई चिनिन्, तब आनन्दले भरिएर ढोका खोल्नै भुलिन् अनि कुद्दै कोठाभित्र आइन् र पत्रुस ढोकानिर उभिरहेका थिए भनी सुनाइन् । 15 त्यसैले तिनीहरूले तिनलाई भने, “तिमी बहुलाएकी छौ ।” यो त्यस्तै नै थियो भनी तिनले जिद्दी गरिन् । तिनीहरूले भने, “यो उनको स्वर्गदूत हो ।” 16 तर पत्रुसले निरन्तर ढोका ढकढक्याइरहे र जब तिनीहरूले ढोका खोले, तिनीहरूले उनलाई देखे र चकित भए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यशा 65:21-23
    3 पदहरू
    73%

    21तिनीहरूले घरहरू बनाउनेछन् र तिनमा बसोवास गर्नेछन् । तिनीहरूले दाखबारीहरू लगाउनेछन् र तिनका फल खानेछन् ।

    22तिनीहरूले घर निर्माण गरेपछि फेरि त्‍यसमा अरू कोही बस्‍ने कुरा कदापि हुनेछैन । तिनीहरूले रोप्‍ने र फल अरूले खाने हुनेछैन, किनकि मानिसहरूका दिनहरू रूखहरूका दिनहरू जस्तै हुनेछ । मेरा चुनिएकाहरूले आफ्‍ना हातका कामको पुर्ण रूपमा उपभोग गर्नेछन् ।

    23तिनीहरूले व्यर्थमा परिश्रम गर्नेछैनन्, न त निराशामा जन्‍म दिनेछन् । किनकि तिनीहरू र तिनीहरूसँगै तिनीहरूका सन्तानहरू पनि परमप्रभुद्वारा आशिष् दिइएका सन्तानहरू हुन् ।

  • 6हेर, मेरो सामु यस्तो लेखिएको छः म चूपचाप रहनेछैनँ, किनकि तिनीहरूलाई म साटो फेर्नेछु । तिनीहरूकै काखमा तिनीहरूलाई म बदला दिनेछु,

  • हो 2:21-22
    2 पदहरू
    72%

    21त्यो दिनमा जवाफ दिनेछु, यो परमप्रभुको घोषणा हो, म आकाशमण्‍डललाई जवाफ दिनेछु, र तिनले पृथ्‍वीलाई जवाफ दिनेछन् ।

    22पृथ्‍वीले अन्‍न, नयाँ दाखमद्य र तेललाई जवाफ दिनेछ र तिनले यिजरेललाई जवाफ दिनेछन् ।

  • यशा 30:18-19
    2 पदहरू
    72%

    18तापनि परमप्रभुले तिमीहरू प्रति अनुग्रही हुनलाई आशा गरिरहनुभएको छ, यसकारण तिमीहरूलाई दया देखाउन उहाँ तयार हुनुहुन्छ । किनकि परमप्रभु न्यायको परमेश्‍वर हुनहुन्छ । उहाँको प्रतिक्षा गर्ने सबै जना धन्यका हुन् ।

    19किनकि मानिसहरू सियोनमा, यरूशलेमा बस्‍नेछन् र तिमीहरू फेरि रुनेछैनौ । तिमीहरूको रुवाइको आवाज सुन्‍दा उहाँ निश्‍चय नै अनुग्रही हुनुहुनेछ । जब उहाँले त्‍यो सुन्‍नुहुन्छ, तब उहाँले तिमीहरूलाई जवाफ दिनुहुनेछ ।

  • 25ब्वाँसो र थुमा सँगै चर्नेछन्, र सिंहले गोरूले झैं पराल खानेछ । तर सर्पको खाना धूलो हुनेछ । तिनीहरूले मेरो सबै पवित्र पहाडमाथि फेरि चोट पुर्‍याउनेछैनन् न त विनाश गर्नेछन्,” परमप्रभु भन्‍नुहुन्छ ।

  • 12तब तिमीहरूले मलाई पुकार्नेछौ, र जानेछौ र मलाई प्रार्थना चढाउनेछौ, र म तिमीहरूको प्रार्थना सुन्‍नेछु ।

  • 9तब तिमीहरूले पुकार्नेछौ र परमप्रभुले तिमीहरूलाई जवाफ दिनुहुनेछ । तिमीहरूले सहायताको निम्ति पुकारा गर्नेछौ र उहाँले भन्‍नुहुनेछ, “म यहाँ छु ।” तिमीहरूले आफ्‍ना माझबाट जुवा, दोष लगाउने औंला र दुष्‍ट बोली हटायौ भने,

  • 28तब तिनीहरूले मेरो पुकारा गर्ने छन्, तर मे जवाफ दिने छैनँ । तिनीहरूले मेरो औधी खोजी गर्ने छन्, तर मलाई भेट्टाउने छैनन् ।

  • 12तिमीहरूलाई म तरवारको निम्ति खटाउनेछु र तिमीहरू सबै जना हत्‍यारा सामु घोप्‍टिनेछौ, किनभने मैले तिमीहरूलाई बोलाउँदा तिमीहरूले जवाफ दिएनौ । म बोल्दा तिमीहरूले सुनेनौ । तर तिमीहरूले मेरो दृष्‍टिमा जे खराब थियो त्यही गर्‍यौ र मलाई खसी नपार्ने काम गर्न रोज्‍यौ ।”

  • 15तपाईंले मलाई बोलाउनुहुन्‍छ, र म जवाफ दिन्‍छु । आफ्‍नो हातको कामको लागि तपाईंको इच्छा हुन्‍छ ।

  • 26उहाँले टाढाका जातिहरूका निम्ति चिन्हको झण्डा उठाउनुहुनेछ र पृथ्वीको अन्तमा भएकाहरूलाई सुसेलेर बोलाउनुहुनेछ । हेर, तिनीहरू द्रूत गतिमा र तुरुन्तै आउनेछन् ।

  • 15जब त्यसले मलाई पुकारा गर्छ, तब म त्यसलाई जवाफ दिनेछु । म कष्‍टमा त्योसँग हुनेछु । म त्यसलाई विजय दिनेछु र त्यसको आदर गर्नेछु ।

  • 22थोरैचाहिं एक हजार हुनेछ, सानो एउटा पनि बलियो जाति हुनेछ । जब समय आउँछ, तब म, परमप्रभुले यी कुराहरू चाँडै नै पुरा गर्नेछु ।

  • 4त्यसपछि तिमी शासकहरूले परमप्रभुलाई पुकार्नेछौ, तर उहाँले तिमीहरूलाई जवाज दिनुहुनेछैन । त्यस बेला उहाँले आफ्नो मुहार तिमीहरूदेखि लुकाउनुहुनेछ किनभने तिमीहरूले दुष्‍ट कामहरू गरेका छौ ।”

  • 3'मलाई पुकार्, र म तँलाई जवाफ दिनेछु । म तँलाई महान् कुराहरू, तैंले नबुझ्ने रहस्यहरू देखाउनेछु ।'

  • यहे 24:14-15
    2 पदहरू
    67%

    14म परमप्रभुले यो घोषणा गरेको हुँ, र म यो गर्नेछु । म पछि हट्‌नेछैनँ, न त म त्‍यसबाट आराम नै गर्नेछु । तेरा चाल र तेरा कामहरूले तिनीहरूले तेरो न्‍याय गर्नेछन्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

    15त्यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ आयोः

  • 14हेर, हृदयको खुसीको कारणले मेरा सेवकहरू आनन्दसाथ कराउनेछन्, तर तिमीहरू हृदयको पीडाको कारणले कराउनेछौ र आत्माको पीडाको कारणले विलाप गर्नेछौ ।

  • 14तिमीहरूले यो देख्‍नेछौ र तिमीहरूको हृदय आनन्दित हुनेछ, तिमीहरूका हड्‍डीहरू कलिलो घाँसझैं पलाउनेछ । परमप्रभुको बाहुलीले आफ्‍ना सेवकहरूलाई प्रकट गर्नेछ, तर आफ्ना शत्रहरूका विरुद्धमा उहाँले आफ्‍नो रिस प्रकट गर्नुहुनेछ ।

  • 1¶ “जसले सोधेनन् तिनीहरूद्वारा खोजिन म तयार थिएँ । जसले खोजेनन् तिनीहरूद्वारा भेट्टाइन म तयार थिएँ । मेरो नाउँ नपुकार्ने जातिलाई मैले भनें, 'म यहीं छु । म यहीं छु ।’

  • यशा 29:17-18
    2 पदहरू
    67%

    17केही क्षणमा नै लेबनानलाई खेत बनाइनेछ र खेतचाहिं जङ्गल हुनेछ ।

    18त्यो दिनमा बहिराले वचनको पुस्तक सुन्‍नेछ र अन्‍धाका आँखाले गहन अन्धकारबाट देख्‍नेछ ।

  • 6जबसम्‍म परमप्रभुलाई भेट्टाउन सक्‍छौ, तबसम्‍म उहाँलाई खोज । उहाँ नजिक हुनुहुँदा नै उहाँको खोजी गर ।

  • यशा 66:7-9
    3 पदहरू
    67%

    7प्रसवको वेथा लाग्‍नुभन्‍दा पहिले नै त्यसले बालक जन्माउनेछे । त्यसमाथि पीडा आउनअगि नै त्यसले छोरा जन्माई ।

    8यस्तो कुरा कसले सुनेको छ? यस्तो कुरा कसले देखेको छ? के देश एकै दिनमा जन्मन्छ? के जाति एकै क्षणमा स्थापित हुन सक्छ? तापनि सियोन प्रसवको वेथामा जाने बित्तिकै, त्यसले आफ्‍ना छोराछोरी जन्माउँछे ।

    9परमप्रभु सोध्‍नुहुन्छ, “के म बालकलाई जन्मने समयमा ल्याउँ, अनि बालकलाई जन्मिन नदिऊँ? वा के म बालकलाई जन्‍मने क्षणमा ल्याउँ र त्‍यसलाई पछाडि धकेलूँ? तेरा परमेश्‍वर सोध्‍नुहुन्छ ।”

  • 8परमप्रभु यसो भन्‍नुहुन्छ, “मैले आफ्‍नो कृपा देखाउन निश्‍चित गरेको समयमा म तँलाई जवाफ दिनेछु, अनि उद्धारको दिनमा म तँलाई सहायता गर्नेछु । म तेरो सुरक्षा गर्नेछु र देशको पुनःनिर्माण गर्न र उजाड जमिनमा फेरि बस्‍ती बसाल्‍न तँलाई मानिसहरूका करारको रूपमा दिनेछु ।

  • 20त्‍यति बेला तिनीहरूका मानिसहरू पहिलेजस्तै हुनेछन्, र तिनीहरूको सभा मेरो सामु स्थापित हुनेछ, जति बेला तिनीहरूलाई अहिले यातना दिने सबैलाई मैले दण्ड दिन्‍छु ।

  • 15हेर्नुहोस्, तिनीहरू मलाई यसो भन्दैछन्, 'परमप्रभुको वचन कहाँ छ? त्‍यो आओस् ।'

  • 22तब मलाई बोलाउनुहोस्, र म जवाफ दिनेछु । वा तपाईंसित म बोल्‍नेछु र तपाईंले जवाफ दिनुहोस् ।

  • 5तब अन्‍धाहरूका आँखाहरूले देख्‍नछन् र बहिराहरूका कानले सुन्‍नेछन् ।

  • 4त्यसरी नै तिनीहरूको आफ्नो दण्ड म चुन्‍नेछु । तिनीहरूले जे कुराको डर मान्छन् त्यही नै म तिनीहरूमा ल्याउनेछु किनभने मैले बोलाउँदा कसैले जवाफ दिएन । मैले बोलाउँदा कसैले सुनेन । मेरो दृष्‍टिमा जे खराब थियो तिनीहरूले त्यही गरे र मलाई जे कुराले खुसी पर्दैन त्यही गरे ।”

  • 4तिनी‍हरूले प्राचीन भग्‍नावशेषहरूको पुनःनिर्माण गर्नेछन् । तिनीहरूले पहिलेका उजाड अवस्‍थाहरूबाट पुनर्स्थापना गर्नेछन् । तिनीहरूले भग्‍नावशेष भएका सहरहरू र पुरानो पुस्‍ताका उजाड अवस्‍थाहरूबाट पुनर्स्थापना गर्नेछन् ।

  • 15हेर्, कसैले कष्‍ट ल्यायो भने, त्‍यो मबाट हुनेछैन । तँमाथि कष्‍ट ल्याउने जोसुकैले पराजय बेहोर्नेछ ।

  • 19हेर्, तँलाई दमन गर्नेहरूसँग म लेखा लिनेछु । त्यसबेला, म लङ्गडालाई बचाउनेछु र बहिष्कृतहरूलाई भेला गराउनेछु । म तिनीहरूलाई मान-सम्मान दिनेछु, र तिनीहरूको शर्मलाई सारा पृथ्वीभरि प्रसिद्धिमा परिणत गरिदिनेछु ।

  • 21तँ सुरक्षित हुँदा मैले तँसित बोलेँ, तर तैंले भनिस्, 'म सुन्‍ने छैनँ ।' तेरो युवावस्थादेखि यो तेरो चलन थियो, किनकि तैंले मेरो सोर सुनेको छैनस् ।

  • यशा 65:8-9
    2 पदहरू
    66%

    8परमप्रभु यसो यसो भन्‍नुहुन्छ, “दाखको झुप्‍पामा रस भेट्टाउँदा, एक जनाले 'यसलाई नाश नपार, किनकि यसमा असल कुरा छ' भने जस्तो हो । मेरो सेवकको खतिर म यसै गर्नेछुः तिनीहरू सबैलाई म नाश गर्नेछैन ।

    9याकूब र यहूदाका सन्तानहरूलाई म ल्याउनेछु, जसले मेरो पर्वतहरू अधिकार गर्नेछन् । मेरा चुनिएका जनहरूले देशलाई अधिकार गर्नेछन् र मेरा सेवकहरू त्यहाँ बस्‍नेछन् ।

  • 19परमप्रभुले आफ्ना मानिसहरूलाई जवाफ दिनुभयो, “हेर, म तिमीहरूका निम्ति अन्‍न, नयाँ दाखमद्य, र तेल पठाउनेछु । ती कुराहरूले तिमीहरू सन्तुष्‍ट हुनेछौ, र तिमीहरूलाई फेरि म जातिहरूका बिचमा अपमानित तुल्‍याउनेछैनँ ।

  • 11त्यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ, 'हेर, मैले तिनीहरूमाथि यस्तो विपत्ति ल्याउनै लागेको छु, जुन विपत्तिबाट तिनीहरू भाग्‍न सक्‍ने छैनन् । तब तिनीहरूले मेरो पुकारा गर्नेछन्, तर म तिनीहरूको कुरा सुन्‍नेछैनँ ।

  • 14‘हेर्, यो परमप्रभुको घोषणा हो, यस्‍ता दिनहरू आउँदैछन्, जति बेला मैले इस्राएलको घराना र यहूदाको घरानालाई प्रतिज्ञा गरेको कुरा पुरा गर्नेछु ।

  • 12किनकि तिमीहरू आनन्दमा जानेछौ र शन्तिसित डोर्‍याइनेछौ । तिमीहरूका सामु पर्वतहरू र पहाडहरू आनन्दको सोरमा गाउनेछन्, अनि मैदानका सबै रूखले आफ्‍ना हातले ताली बजाउनेछन् ।

  • 23तिमीहरूमध्ये कसले यो सुन्‍नेछ? भविष्यमा कसले सुन्‍नेछ र ध्यान दिनेछ?

  • 4यशैया बिचको चोकमा पुग्‍नुभन्दा अगि परमप्रभुको वचन यसो भनेर तिनीकहाँ आयो,

  • 18किनकि तिनीहरूका कामहरू र तिनीहरूका विचारहरू म जान्दछु । सबै जातिहरू र भाषाहरू मैले भेला पार्ने समय आउँदैछ । तिनीहरू आउनेछन् र मेरो महिमा देख्‍नेछन् ।

  • 20यसैले मैले तिनीहरूलाई भनें, “परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,