यशैया 66:7

अनलक शाब्दिक बाइबल

प्रसवको वेथा लाग्‍नुभन्‍दा पहिले नै त्यसले बालक जन्माउनेछे । त्यसमाथि पीडा आउनअगि नै त्यसले छोरा जन्माई ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 54:1 : 1 ¶ “ए बाँझी स्‍त्री, जसले जन्म दिएकी छैन, गीत गा । आनन्दको गीत गा, उच्‍च सोरमा करा, तँ जो कहिल्यै प्रसव वेदनामा परेकी छैन । किनकि बाँझी स्‍त्रीको सन्तानहरू विवाहित स्‍त्रीको भन्दा धेरै छन्,” परमप्रभु भन्‍नुहुन्छ ।
  • गलाती 4:26 : 26 तर माथि रहेको यरूशलेम स्वतन्‍त्र छ, जोचाहिँ हाम्री आमा हुन् ।
  • प्रका 12:1-5 : 1 ¶ स्वर्गमा एउटा ठुलो चिह्न देखियोः सूर्य पहिरेकी तथा चन्द्रमालाई आफ्नो पैतलामुनि कुल्चेकी स्‍त्रीले बाह्रवटा तारा भएको मुकुटलाई पहिरेकी थिई । 2 त्यो गर्भवती थिई, र बालक जन्माउने प्रसव-वेदनामा चिच्‍च्याइरहेकी थिई । 3 त्यसपछि स्वर्गमा अर्को चिह्न देखियोः हेर! त्यहाँ ठुलो रातो सातवटा टाउका र दसवटा सिङ र त्यसको टाउकोमा सातवटा मुकुट लगाएको एउटा ठुलो रातो पशु थियो । 4 त्यसको पुच्छरले स्वर्गमा भएको एक-तिहाइ तारालाई सोहोरेर तिनीहरूलाई पृथ्वीमा खसाल्यो । बालक जन्माउन लागेकी त्यस स्‍त्रीको अगि त्यो डरलाग्दो पशु उभियो ताकि त्यसले त्यसको बालकलाई जन्माउने बित्तिकै निल्न सकोस् । 5 त्यसले एउटा बालकलाई जन्माई, जसले फलामको लौरोसँगै सबै जातिमाथि शासन गर्नेछ । त्यसको बालकलाई खोसेर परमेश्‍वर र उहाँको सिंहासनतिर लगियो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यशा 66:8-10
    3 पदहरू
    86%

    8यस्तो कुरा कसले सुनेको छ? यस्तो कुरा कसले देखेको छ? के देश एकै दिनमा जन्मन्छ? के जाति एकै क्षणमा स्थापित हुन सक्छ? तापनि सियोन प्रसवको वेथामा जाने बित्तिकै, त्यसले आफ्‍ना छोराछोरी जन्माउँछे ।

    9परमप्रभु सोध्‍नुहुन्छ, “के म बालकलाई जन्मने समयमा ल्याउँ, अनि बालकलाई जन्मिन नदिऊँ? वा के म बालकलाई जन्‍मने क्षणमा ल्याउँ र त्‍यसलाई पछाडि धकेलूँ? तेरा परमेश्‍वर सोध्‍नुहुन्छ ।”

    10यरूशलेमसित आनन्दित होओ र त्यसको निम्ति खुसी होओ, तिमीहरू सबै जसले त्यसलाई प्रेम गर्छौ । त्यसको निम्ति विलाप गर्नेहरू सबै त्योसँगै आनन्दित होओ ।

  • 21जब स्‍त्रीले जन्म दिन्छिन्, तिनी निराश हुन्छिन्, किनकि तिनको समय आएको छ, तर जब तिनले बच्‍चा जन्माउँछिन्, संसारमा एक बालक जन्मिएको छ भन्‍ने आनन्दले तिनलाई पीडाको सम्झना हुँदैन ।

  • यशा 26:17-18
    2 पदहरू
    76%

    17गर्भवती स्‍त्रीले बालक जन्माउने समय नजिक भएझैं, तिनी प्रसव वेदना हुँदा झैं र आफ्नो प्रसव वेदनामा चिच्याउँदा झैं, हे परमप्रभु, तपाईंको सामु हामी त्यस्तै छौं।

    18हामी गर्भवती भएका छौं, हामी प्रसव वेदनामा परेका छौं, तर यो त हामीले हावालाई मात्र जन्माएको जस्तो भएको छ । हामीले पृथ्वीमा उद्धार ल्याएका छैनौं र संसारका बासिन्दाहरू ढलेका छैनन् ।

  • 2त्यो गर्भवती थिई, र बालक जन्माउने प्रसव-वेदनामा चिच्‍च्याइरहेकी थिई ।

  • मीका 4:9-10
    2 पदहरू
    74%

    9अब, तिमीहरू किन ठुलो सोरमा कराउँछौ? के तिमीहरूका बिचमा कोही राजा छैन? के तिमीहरूको सल्लाहकार मरिसक्‍यो? के यही कारणले प्रसववेदनाकी स्‍त्रीलाई झैँ पीडाले तिमीहरूलाई पक्रेको छ?

    10सियोनकी छोरी, प्रसववेदनाकी स्‍त्रीझैँ बच्‍चा जन्माउनको निम्ति पीडा र वेदनामा पर् । किनभने अब तँ सहरबाट बाहिर जानेछस्, मैदानमा बस्‍नेछस्, र बेबिलोनमा जानेछस् । त्यहाँ तँलाई बचाइनेछ । त्यहाँ परमप्रभुले तिमीहरूका शत्रुका हातबाट तिमीहरूलाई बचाउनुहुनेछ ।

  • 13प्रसवको पीडा त्यसमाथि आउनेछ, तर त्यो एउटा मूर्ख छोरा हो, किनकि जन्मने समय हुँदा पनि त्यो कोखबाट बाहिर आउँदैन ।

  • यिर्मि 30:6-7
    2 पदहरू
    72%

    6पुरुषले बच्‍चा जन्माउन सक्छ कि सक्दैन भनी सोध र हेर । किन हरेक जवान मानिस प्रसव-वेदनामा परेकी स्‍त्रीझैं आफ्नो हातले पेट समातेको म देख्छु त? किन तिनीहरू सबैका अनुहार पहेंला भएका छन् त?

    7हाय! त्यो दिन कस्तो डरलाग्दो दिन हुनेछ । त्यस्तो अरू कुनै दिन हुनेछैन । यो याकूबको निम्ति दुःखकष्‍टको समय हुनेछ, तर त्यसबाट ऊ बचाइनेछ ।

  • 9सात जना सन्तान जन्माउने आमा उजाड हुनेछे । त्‍यसले उफ् उफ् गर्नेछे । दिन छँदै त्यसको घाम अस्ताउनेछ । त्यो लज्‍जित र अपमानित हुनेछे, किनकि बाँकी रहेकाहरूलाई म तिनीहरूका शत्रुहरूको उपस्थितिमा तरवारलाई दिनेछु, यो परमप्रभुको घोषणा हो ।”

  • 3यसैकारण प्रसववेदनामा भएकीले बच्‍चा नजन्माएसम्म, र त्यसका बाँकी रहेकाहरू इस्राएलका मानिसकहाँ नफर्केसम्म परमेश्‍वरले तिनीहरूलाई त्याग्‍नुहुनेछ ।

  • 1¶ “ए बाँझी स्‍त्री, जसले जन्म दिएकी छैन, गीत गा । आनन्दको गीत गा, उच्‍च सोरमा करा, तँ जो कहिल्यै प्रसव वेदनामा परेकी छैन । किनकि बाँझी स्‍त्रीको सन्तानहरू विवाहित स्‍त्रीको भन्दा धेरै छन्,” परमप्रभु भन्‍नुहुन्छ ।

  • 57अब एलीशिबाको बालक जन्माउने बेला आयो, र तिनले एउटा छोरा जन्माइन् ।

  • 5त्यसले एउटा बालकलाई जन्माई, जसले फलामको लौरोसँगै सबै जातिमाथि शासन गर्नेछ । त्यसको बालकलाई खोसेर परमेश्‍वर र उहाँको सिंहासनतिर लगियो ।

  • 25पहाडहरू स्थापित गरिनुअगि, डाँडाहरू बनाइनुअगि म जन्मेको थिएँ ।

  • 27किनकि यस्तो लेखिएको छ, “ए बाँझी स्‍त्री, जसले जन्म दिन सक्दिनन्, आनन्द मनाओ । तिमी जसले बालक जन्माउने अनुभव पाएकी छैनौ, मन खोल र आनन्दले कराऊ । किनकि त्यस बाँझीका पति भएकाहरूका भन्दा पनि धेरै छोराछोरीहरू छन् ।”

  • 31त्यसैले म पीडाको आवाज, पहिलो बच्‍चाको जन्ममा हुने प्रसव-वेदना र सियोनकी छोरीको चिच्‍याहट सुन्‍दैछु । त्यसले स्वाँ-स्वाँ गर्दै सास फेर्दैछे । त्यसले आफ्ना हात फैलाउँछे, 'मलाई धिक्‍कार छ! यी हत्याराहरूको कारणले गर्दा म मूर्छा परिरहेकी छु ।”

  • 24हामीले तिनीहरूका बारेमा खबरहरू सुनेका छौं, र निराश हुँदा हाम्रा हातहरू नै लत्रेका छन् । जन्म दिंदा स्‍त्रीलाई भएझैं सङ्कष्‍टले हामीलाई समात्छ ।

  • 6कम्‍पले तिनीहरूलाई समात्‍यो, प्रसव वेदना परेकी स्‍त्रीझैं पीडित भए ।

  • 14म लामो समयसम्म चुपचाप बसेको छु । म मौन रहेको छु र आफैंलाई थामेको छु । अब म प्रसव वेदनामा परेको स्‍त्रझैं कराउँछु । म स्वाँ-स्वाँ गर्छु र छिटो-छिटो सास फेर्छु ।

  • 6सहरबाट युद्धको होहल्लाको आवाज आउँछ, मन्दिरबाट एउटा आवाज, परमप्रभुले आफ्‍ना शत्रुहरूलाई बदला लिनुभएको आवाज आउँछ ।

  • 3ए याकूबको घराना, मेरो कुरा सुन्, ए इस्राएलका सबै बाँकी रहेकाहरू, जसलाई मैले तिमीहरूका जन्म हुनअगिदेखि अर्थात् गर्भदेखि नै बोकेको छु ।

  • 23तँ जो 'लेबनान' मा बस्‍छस्, जुन देवदारुले बनेका घरहरू हुन्, प्रसव-वेदनमा भएकी स्‍त्रीलाई जस्तै तँमाथि पीडा आउँदा तँ कसरी तँमाथि दया गरिनेछ र ।”

  • 3म अगमवादिनीकहाँ गएँ र तिनी गर्भवती भइन् र एउटा छोरा जन्माइन् । तब परमप्रभुले मलाई भन्‍नुभयो, “त्यसको नाउँ महेर-शालल-हाज-बज राख् ।

  • 14त्‍यस्‍तो व्यक्‍तिको बारेमा विचार गर जसका कल्‍पना दुष्‍टतापूर्ण छन्, जो विनाशपूर्ण योजनाहरू लिन्‍छ, जसले हानिकारक झुटहरू जन्माउँछ ।

  • 3यसकारण मेरो कमर दुखेको छ । स्‍त्रीको प्रसव पीडाजस्‍तो पीडाले मलाई समातेको छ । मैले जे सुनेको छु त्यसद्वारा म झुकेको छु । मैले जे देखेको छु सोद्वारा म व्याकुल भएको छु ।

  • 2“इस्राएलका मानिसहरूलाई यसो भन्‍नू, ‘यदि कुनै स्‍त्री गर्भवती भएर त्यसले छोरो जन्माई भने, त्यसको रजस्‍वलाका दिनहरूझैँ त्यो सात दिनसम्म अशुद्ध रहने छे ।

  • 3तिनीहरू निहुरिन्छन्, र आफ्ना पाठा पाउँछन्, अनि यसरी तिनीहरूको आफ्नो प्रसव-वेदना सकिन्छ ।

  • 24तिनको सुत्‍केरी हुने बेला आउँदा तिनको कोखमा जुम्‍ल्‍याहा थिए ।

  • 6तिनीहरू त्यहीँ छँदा मरियमको बालक जन्माउने समय आयो ।

  • 27तिनको बच्‍चा जन्माउने समय भयो । तिनको गर्भमा जुम्ल्याहा थियो ।

  • 18त्यसलाई डोर्‍याउन त्यसले जन्माएका सबै छोराहरूमध्ये कोही पनि छैनन् । हात समातेर त्यसलाई डोर्‍याउनलाई त्यसले हुर्काएको सबै छोरामध्ये कोही पनि छैनन् ।

  • 16त्यसले आफ्ना बच्‍चाहरूलाई आफ्नो नभएजस्तै गरी निर्दयतापूर्वक व्यवहार गर्छ । त्यसको परिश्रम व्यर्थैमा खेर जान्छ कि भनी त्यो डराउँदैन,

  • 22ए विश्‍वासघाती छोरी, तँ कहिलेसम्म यताउता गरिबस्छेस्? किनकि परमप्रभुले पृथ्वीमा केही नयाँ कुरो सृजनुभएको छ अर्थात् एक जना स्‍त्रीले एक जना बलियो पुरुषलाई घेर्छे ।”

  • 17तर एलीशाले त्‍यो स्‍त्रीलाई भनेझैँ तिनी गर्भवती भइन् र अर्को वर्ष ठिक त्यही समयमा एउटा छोरो जन्माइन् ।

  • 8तिनीहरू त्रसित हुनेछन् । प्रसव वेदनामा परेकी स्‍त्रलाई झै तिनीहरूलाई पीडा र वेदनाले समात्‍छ । तिनीहरूले चकित हुँदै एकअर्कालाई हेर्नेछन् । तिनीहरूका अनुहारहरू राता हुनेछन् ।

  • 43बेबिलोनका राजाले तिनीहरूको बारेमा खबर सुन्यो, र त्यसका हात चिन्ताले फतक्‍कै गले । प्रसव-वेदनामा परेकी स्‍त्रीझैं वेदनाले त्यसलाई समात्यो ।

  • 14यसकारण परमप्रभुले नै तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछः हेर, एज जना कन्या केटीले गर्भधारण गर्नेछिन्, एउटा छोरा जन्माउनेछिन् र उनको नाउँ इम्मानुएल राख्‍नेछिन् ।

  • 5“मैले तँलाई गर्भमा रच्नुभन्दा पहिले, मैले तँलाई चुनें । तँ गर्भबाट बाहिर आउनुअगि मैले तँलाई अलग गरें । मैले तँलाई जाति-जातिहरूका निम्ति अगमवक्ता बनाएँ ।

  • 13आमाले आफ्‍नो बालकलाई सान्त्वना दिएझैं म तिमीहरूलाई सान्त्वना दिनेछु, र यरूशलेममा तिमीहरूले सान्त्वना पाउनेछौ ।”

  • 17उनी अत्यधिक पीडामा हुँदा सुँडेनीले उनलाई भनी, “भयभीत नहुनुहोस् किनकि अब तपाईंले अर्को छोरो जन्माउनुहुनेछ ।”

  • 24तिनीहरूले पुकार्नअगि म जवाफ दिनेछु । अनि तिनीहरू बोल्दै गर्दा नै मैले सुन्‍नेछु ।

  • 10धिक्‍कार त्‍यसलाई जसले बुबालाई भन्छ, 'तपाईंले के जन्‍माउनुभयो?' वा आमालाई भन्छ, ‘तपाईंले के जन्‍म दिनुभयो?'

  • 3किनकि यस ठाउँमा जन्मने छोराहरू र छोरीहरू, तिनीहरूलाई जन्माउने आमाहरू र तिनीहरूलाई यस देशमा जन्मने पार्ने बाबुलाई परमप्रभु यसो भन्‍नुहुन्छ,

  • 17एक जना स्त्रीले भनी, “हे मेरा मालिक, यो स्त्री र म एउटै घरमा बस्छौँ, अनि त्यस घरमा मैले एउटा बालक जन्माएँ ।