नीतिवचन 8:25

अनलक शाब्दिक बाइबल

पहाडहरू स्थापित गरिनुअगि, डाँडाहरू बनाइनुअगि म जन्मेको थिएँ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 90:2 : 2 पहाडहरू बनाउनुअगि वा तपाईंले पृथ्वी र संसारलाई बनाउनुअगि, अनादिदेखि अनन्तसम्म नै तपाईं परमेश्‍वर हुनुहुन्छ ।
  • भजन 102:25-28 : 25 प्राचीन समयमा पृथ्वीलाई तपाईंले यसको ठाउँमा बसाल्नुभयो । आकाश तपाईंकै हातका काम हुन् । 26 तिनीहरू नष्‍ट हुनेछन्, तर तपाईं रहनुहुनेछ । तिनीहरू सबै लुगाझैं पुरानो हुनेछन् । तपाईंले तिनीहरूलाई लुगालाई झैं हटाउनुहुनेछ र तिनीहरू लोप हुनेछन् । 27 तर तपाईं समान हुनुहुन्छ, र तपाईंका वर्षहरूका अन्त हुनेछैन । 28 तपाईंका सेवकहरूका सन्तानहरू निरन्‍तर जिउनेछन् र तिनीहरूका सन्तानहरू तपाईंको उपस्थितिमा बस्‍नेछन् ।”
  • इब्रा 1:10 : 10 “हे प्रभु, आदिमा तपाईंले पृथ्वीको जग बसाल्नुभयो । स्वर्गहरू तपाईंका हातका काम हुन् ।
  • अय्यू 15:7-8 : 7 जन्मेकामध्ये पहिलो मानिस तपाईं नै हुनुहुन्छ र? पहाडहरूभन्दा पहिले तपाईंलाई बनाइएको हो र? 8 तपाईंले परमेश्‍वरको ज्ञानको गुप्‍त कुरा सुन्‍नुभएको छ? तपाईंले बुद्धिलाई आफूमा मात्रै सीमित गर्नुहुन्छ र?
  • अय्यू 38:4-9 : 4 मैले पृथ्वीको जग बसाल्दा तँ कहाँ थिइस्? तँसित धेरै समझशक्ति छ भने मलाई भन् । 5 यसको नाप कसले निधो गर्‍यो? तँलाई थाहा भए मलाई भन् । यसमाथि कसले नाप्ने धागो टाँग्यो? 6 के कुरा माथि यसका जगहरू बसालिए? यसको कुने-ढुङ्गो कसले बसाल्यो? 7 कति बेला बिहानका ताराहरूले एकसाथ गाए, र परमेश्‍वरका सबै छोराहरूले आनन्‍दले चिच्‍च्याए । 8 गर्भबाट निस्केझैं समुद्र फुटेर निस्कँदा, कसले त्‍यसका ढोकाहरू बन्द गर्‍यो? 9 कति बेला मैले त्‍यसलाई बादलको कपडाले ढाकें, अनि निस्पट्ट अन्धकारलाई त्यसको पटुका बनाएँ? 10 त्यस बेला मैले समुद्रमा मेरो सिमाना तोकिदिएँ, र यसका गजबारहरू तथा ढोकाहरू लगाइदिएँ, 11 अनि मैले त्यसलाई भनें, 'तँ यहाँसम्म आउन सक्छस्, तर यसभन्दा पर होइन । तेरा छालहरूको अहङ्कारको सिमा म यहाँ तोकिदिन्‍छु ।'

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • नीति 8:22-24
    3 पदहरू
    90%

    22परमप्रभुले मलाई सुरुमा अर्थात् उहाँका सुरुका कार्यहरूभन्दा पहिले नै सृष्‍टि गर्नुभयो ।

    23पृथ्वीको आरम्भदेखि नै युगौँ पहिले मलाई बनाइएको थियो ।

    24महासागरहरू हुनुभन्दा पहिले नै, पानीले भरिपूर्ण खोला-नालाहरू हुनुभन्दा पहिले नै मलाई जन्म दिइयो ।

  • नीति 8:26-31
    6 पदहरू
    85%

    26परमप्रभुले पृथ्वी वा जमिनहरू वा संसारको पहिलो धुलो बनाउनुअगि म जन्मेको थिएँ ।

    27उहाँले आकाशहरू स्थापित गर्नुहुँदा, महासागरको सतहमा घेरा लगाउनुहुँदा म त्यहाँ थिएँ ।

    28उहाँले माथि बादलहरू स्थापित गर्नुहुँदा र महासागरका मूलहरूलाई तिनीहरूका स्थानमा बसाल्नुहुँदा म त्यहाँ थिएँ ।

    29उहाँको आज्ञाविना पानी आफ्नो सिमानाभन्दा बाहिर नजाओस् भन्‍नाका लागि उहाँले समुद्रको सिमा तोकिदिनुहुँदा र सुक्खा भूमिका जगहरू बसाल्नुहुँदा म त्यहाँ थिएँ ।

    30एउटा सिपालु कारीगरझैँ म उहाँको छेउमा थिएँ । दिनप्रति दिन म उहाँको आनन्द भएँ र सधैँभरि उहाँको सामु आनन्दित हुन्थेँ ।

    31म उहाँको सारा संसारमा रमाउँदै थिएँ, र मानव-जातिका छोराहरूमा मेरो आनन्द थियो ।

  • 2पहाडहरू बनाउनुअगि वा तपाईंले पृथ्वी र संसारलाई बनाउनुअगि, अनादिदेखि अनन्तसम्म नै तपाईं परमेश्‍वर हुनुहुन्छ ।

  • 7जन्मेकामध्ये पहिलो मानिस तपाईं नै हुनुहुन्छ र? पहाडहरूभन्दा पहिले तपाईंलाई बनाइएको हो र?

  • अय्यू 38:4-6
    3 पदहरू
    74%

    4मैले पृथ्वीको जग बसाल्दा तँ कहाँ थिइस्? तँसित धेरै समझशक्ति छ भने मलाई भन् ।

    5यसको नाप कसले निधो गर्‍यो? तँलाई थाहा भए मलाई भन् । यसमाथि कसले नाप्ने धागो टाँग्यो?

    6के कुरा माथि यसका जगहरू बसालिए? यसको कुने-ढुङ्गो कसले बसाल्यो?

  • भजन 139:15-16
    2 पदहरू
    74%

    15जब मलाई गुप्‍तमा बनाइयो, जब मलाई पृथ्वीको गहिराइमा जटिल किसिमले बनाइयो, तब मेरा हाडहरू तपाईंबाट लुकेका थिएनन् ।

    16तपाईंले मलाई गर्भभित्रै देख्‍नुभयो । मेरो निम्‍ति तोकिएको आयुको पहिलो दिन हुनुअगि नै ती तपाईंको पुस्तकमा लेखिएका थिए ।

  • 25प्राचीन समयमा पृथ्वीलाई तपाईंले यसको ठाउँमा बसाल्नुभयो । आकाश तपाईंकै हातका काम हुन् ।

  • भजन 22:9-10
    2 पदहरू
    71%

    9तपाईंले मलाई गर्भबाट ल्याउनुभयो । मैले आमाको दूध खाँदा नै तपाईंले मलाई तपाईंमा भरोसा गर्ने बनाउनुभयो ।

    10गर्भैदेखि मलाई तपाईंमा सुम्पिएको छ । म आफ्‍नो आमाको गर्भमा हुँदादेखि नै तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ

  • 10“हे प्रभु, आदिमा तपाईंले पृथ्वीको जग बसाल्नुभयो । स्वर्गहरू तपाईंका हातका काम हुन् ।

  • 5“मैले तँलाई गर्भमा रच्नुभन्दा पहिले, मैले तँलाई चुनें । तँ गर्भबाट बाहिर आउनुअगि मैले तँलाई अलग गरें । मैले तँलाई जाति-जातिहरूका निम्ति अगमवक्ता बनाएँ ।

  • 6पहाडका फेदहरूमा म तल गएँ, र पृथ्वीले आफ्ना घेराहरूले सदाको निम्ति मलाई थुनिदियो । तापनि हे परमप्रभु, मेरा परमेश्‍वर, तपाईंले मेरो जीवनलाई खाडलबाट माथि ल्‍याउनुभयो ।

  • 7प्रसवको वेथा लाग्‍नुभन्‍दा पहिले नै त्यसले बालक जन्माउनेछे । त्यसमाथि पीडा आउनअगि नै त्यसले छोरा जन्माई ।

  • 70%

    23मैले देशलाई हेरें। हेर, यो आकारहीन र शून्य थियो । किनकि आकाशमण्डलको लागि कुनै ज्योति थिएन ।

    24मैले पर्वतहरूलाई हेरें । हेर्, ती थरथर काँप्दै थिए, र सबै डाँडा यताउता हल्लिरहेका थिए ।

  • 5हेर्नुहोस्, म पापमा नै जन्में । आमाले गर्भमा गर्भधारण गर्ने बित्तिकै, म पापमा नै थिएँ ।

  • यशा 48:7-8
    2 पदहरू
    70%

    7अहिले र पहिलेदेखि होइन, तिनीहरू अस्तित्वमा आउँछन् र आजभन्दा पहिले तिनीहरूका बारेमा तिमीहरूले सुनेका छैनौ, त्यसैले तिमीहरूले यसो भन्‍न सक्‍दैनौ, 'हो, तिनीहरूका बारेमा मलाई थाहा थियो ।'

    8तिमीहरूले कहिल्यै सुनेनौ । तिमीहरूले जानेनौ । यी कुराहरू तिमीहरूका कानमा यसअघि भनिएको थिएन । किनकि तिमीहरू धेरै छली भएका छौ र जन्मैदेखि तिमीहरू विद्रोही भएका छौ भनी मलाई थाहा थियो ।

  • 25के धेरै पहिले नै मैले यसको निधो गरेको अनि प्राचीन समयमा नै मैले यो रचेको तैँले सुनेको छैनस् र? अब मैले यसलाई कार्यान्वयन गर्न खोज्दैछु । तैँले यहाँ किल्ला भएका सहरहरूलाई भग्‍नावशेषको थुप्रोमा समेटेको छस् ।

  • 6म गर्भमा हुँदादेखि नै तपाईंले मलाई सहारा दिनुभएको छ । मेरो आमाको गर्भदेखि मलाई बहिर निकाल्ने तपाईं नै हुनुहुन्छ । मेरो प्रशंसा सधैं तपाईंको बारेमा नै हुनेछ ।

  • 16अर्थात् सायद म तुहेर जन्‍मने थिएँ, कदापि उज्‍यालो नदेख्‍ने शिशुहरूझैं हुन्‍थें ।

  • 58येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई साँचो, साँचो भन्दछु, अब्राहाम हुनुभन्दा अगिदेखि नै म छँदै छु ।”

  • 1¶ ए समुद्र किनारमा बस्‍नेहरू हो, मेरो कुरा सुन! ए टाढाका मानिसहरू हो, मेरो कुरामा ध्यान देओ । मेरो आमाले मलाई संसारमा ल्याउनुहुँदा नै परमप्रभुले मलाई मेरो नाउँ काढेर बोलाउनुभएको छ ।

  • 1¶ आदिमा परमेश्‍वरले आकाशमण्डल र पृथ्वी सृष्‍टि गर्नुभयो ।

  • 19बुद्धिले नै परमप्रभुले पृथ्वी बनाउनुभयो र समझशक्तिले उहाँले आकाशहरू स्थापना गर्नुभयो ।

  • 8गर्भबाट निस्केझैं समुद्र फुटेर निस्कँदा, कसले त्‍यसका ढोकाहरू बन्द गर्‍यो?

  • 21के तिमीहरूले जानेका छैनौ? के तिमीहरूले सुनेका छैनौ? के सुरुदेखि नै यो कुरा तिमीहरूलाई भनिएको छैन? पृथ्वीको जगहरू बसालेदेखि नै तिमिहरूले बुझेका छैनौ?

  • 4परमप्रभु परमेश्‍वरले आकाश र पृथ्वीलाई सृष्‍टि गर्नुभएको समयमा भएका घटनाक्रमहरूको वृत्तान्त यही थियो ।

  • 26मैले यसलाई लामो समुअगि नै कसरी निश्‍चित गरेको छु र यसलाई प्राचीन समयमा नै गरेको छु भन्‍ने तैंले सुनेको छैनस्? अहिले म यसलाई पुरा गर्दैछु । तँ यहाँ अभेद्य सहरहरूलाई भग्‍नावशेष बनाउनलाई छस् ।

  • 5यसकारण मैले यी कुराहरू तिमीहरूलाई पहिले नै बताएँ । ती हुनुअगि नै मैले तिमीहरूलाई जानकारी दिएँ, त्यसैले तिमीहरूले यसो भन्‍न सक्‍नेछैनौ, 'मेरो मूर्तीले त्‍यो गरेको छ,' वा 'मेरो खोपेको आकृति र मेरो धातुबाट बनाइएको आकृतिले यी कुराहरू ठहराए ।’

  • 5जति बेला सर्वशक्तिमान्‌ मसितै हुनुहुन्थ्यो, र मेरा छोराछोरा मेरो वरिपरि हुन्‍थे,

  • 5उहाँले पृथ्वीका जगहरू बसाल्नुभयो र त्‍यो कहिल्यै हटाइनेछैन ।

  • 8तपाईंले तिनीहरूका निम्‍ति तोक्‍नुभएका ठाउँहरूमा पहाडहरू उठे र बेसीहरू फैलिए ।

  • 8तपाईंकै हातले सबैतिरबाट मलाई आकार दिएर, एकसाथ बनाए, तापनि तपाईंले मलाई नष्‍ट पार्दै हुनुहुन्छ ।

  • 2उहाँले मलाई डरलाग्‍दो खाडलबाट, दलदले हिलोबाट निकाल्नुभयो र उहाँले मेरा खुट्टाहरूलाई चट्टानमाथि बसाल्नुभयो र मेरा पाइलाहरूलाई सुरक्षित बनाउनुभयो ।

  • 13तपाईं मेरा भित्री अङ्गहरू बनाउनुभयो । मेरी आमाको गर्भमा तपाईंले मलाई बनाउनुभयो ।

  • 18त्यसो भए, तपाईंले मलाई किन गर्भबाट बाहिर ल्याउनुभएको छ? मैले आफ्‍नो आत्मा त्यागेको भए, अनि कसैले कहिल्यै मलाई नदेखेको भए हुन्‍थ्‍यो ।

  • 15साथै, प्राचीन पर्वतहरूका उत्तम कुराहरू, र अनन्तका पर्वतहरूका अनमोल कुराहरूले आशिषित् होस् ।

  • 3“मैले धेरै पहिलेदेखि नै घोषणा गरेको छु । तिनीहरू मेरो मुखबाट निस्के र मैले नै तिनीहरूलाई प्रकट गरें । तब मैले अचानक ती गरें र ती हुन आए ।

  • 14सर्वशक्तिमान् परमप्रभुको त्यो दिन सबै अग्‍ला पर्वतका विरुद्धमा, माथि उठेका सबै डाँडाका विरुद्धमा,