यिर्मिया 23:17

अनलक शाब्दिक बाइबल

मेरो अनादर गर्नेहरूलाई तिनीहरूले निरन्तर यसो भनिरहेका छन्, 'तिमीहरूका निम्ति शान्ति हुने छ भनी परमप्रभु घोषणा गर्नुहुन्‍छ ।' आफ्नै हृदयको हठमा हिंड्ने हरेक व्‍यक्‍तिले भन्छ, 'तिमीहरूमाथि विपत्ति आउनेछैन ।'

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मीका 3:11 : 11 तिमीहरूका अगुवाहरूले घुस खाएर न्याय गर्छन्, तिमीहरूका पुजारीहरूले मोलको निम्ति शिक्षा दिन्छन्, र तिमीहरूका अगमवक्ताहरूले पैसाको निम्ति अगमवाणी बोल्दछन् । तथापि तिमीहरू परमप्रभुमा भर पर्छौ र भन्छौ, “के परमप्रभु हामीसँग हुनुहुन्‍न? हामीमाथि कुनै खराबी आइपर्नेछैन ।”
  • यिर्मि 13:10 : 10 मेरो वचन सुन्‍न इन्कार गर्ने, आफ्नो हृदयको कठोरतामा हिंड्ने, अरू देवताहरूको पुजा गर्न तिनीहरूका पछि जाने र तिनीहरूको सामु निहुरने यो दुष्‍ट जाति त्यही पटुकाजस्तै हुनेछ, जसको कुनै काम छैन ।
  • यिर्मि 8:11 : 11 शान्‍ति नै नहुँदा पनि 'शान्ति, शान्ति' भनेर तिनीहरूले मेरा मानिसहरूको चोटलाई अलिअलि मात्र निको पारेका छन् ।
  • आमो 9:10 : 10 ‘विपत्तिले हामीलाई उछिन्‍ने वा छुनेछैन’ भन्‍नेहरू, मेरा मानिसहरूमध्येका सबै पापीहरू तरवारद्वारा मारिनेछन् ।
  • मीका 3:5 : 5 परमप्रभु यस्तो भन्‍नुहुन्छ, “मेरा मानिसहरूलाई गलत मार्गमा हिँडाउने अगमवक्ताहरू, कसैले तिनीहरूलाई केही खान दिए भने, तिनीहरू ‘शान्ति होस्’ भनेर घोषणा गर्दछन् । तर यदि त्यसले तिनीहरूलाई केही खान दिएन भने, तिनीहरू त्यसको विरुद्ध युद्ध गर्नको निम्ति लागिपर्दछन् ।
  • जक 10:2 : 2 किनकि घरका मूर्तिहरू झुट बोल्छन्, र भविष्य बताउनेहरू झुटा दर्शनहरू देख्‍छन् । तिनीहरू छलपूर्ण सपनाहरू बताउँछन् र व्यर्थका सान्त्वना दिन्छन् ।यसैकारण तिनीहरू भेडाझैँ बरालिन्छन् र गोठालो नभएकोले समस्यामा पर्छन् ।
  • यहे 13:22 : 22 किनकि तिमीहरूले झुटा बोलेर धर्मीहरूलाई निराश तुल्‍याएका हुनाले, जबकि मैले उसलाई निरास तुल्याउने इच्छा गरिनँ, र तिमीहरूले दुष्‍ट व्‍यक्‍तिका कामहरूलाई उत्‍साह दियौ ताकि आफ्‍नो प्राण बचाउन आफ्‍ना चालबाट ऊ फर्कनेछैन—
  • यिर्मि 9:14 : 14 तिनीहरू आ-आफ्ना हठी हृदयद्वारा हिंडेका हुनाले र आफ्‍ना पुर्खाहरूले सिकाएझैं गरी तिनीहरूले बाल देवताहरूको अनुसरण गरेको हुनाले यस्तो भएको हो ।
  • यिर्मि 18:18 : 18 त्यसैले मानिसहरूले भने, “आओ, हामी यर्मियाको विरुद्धमा षड्यन्त्रहरू रचौं, किनकि पुजारीहरूबाट व्यवस्था वा बुद्धिमान् मानिसहरूबाट सरसल्लाह वा अगमवक्ताहरूबाट वचन कहिल्यै नष्‍ट हुने छैनन् । आओ, हाम्रा वचनहरूले त्यसलाई आक्रमण गरौं, अनि अब फेरि त्यसले घोषणा गरेका कुराहरूमा हामी ध्यान नदिऊँ ।”
  • यहे 13:10 : 10 यो कारणले र तिनीहरूले मेरो मानिसहरूलाई टाढा लगेका र यसो भनेका कारणले, “शान्‍ति,” जब शान्‍ति नै छैन । तिनीहरू एउटा पर्खाल बनाउँदैछन् जसलाई तिनीहरूले चुन लगाउनेछन् ।'
  • गिन 11:20 : 20 तर तिमीहरूले तिमीहरूको नाक लागूञ्‍जेलसम्म पुरै महिनाभरि नै मासु खानेछौ । यो तिमीहरूलाई दिगमिग हुनेछ, किनभने तिमीहरूले परमप्रभुलाई इन्कार गरेका छौ, जो तिमीहरू माझ हुनुहुन्छ । तिमीहरू उहाँको सामु रोएका छौ । तिमीहरूले भन्यौ, “हामीले मिश्र देश किन छाड्यौँ?”
  • व्यव 29:19 : 19 त्यस्तो व्यक्तिले यो श्रापका वचनहरू सुन्दा त्यसले आफैलाई आशिष् दिई आफ्नो ह्रदयमा यसो भन्छ, 'म मेरो ह्रदयको हठीपनामा हिँडे तापनि मसित शान्ति हुने छ ।' यसले सुक्खा जमिनसँगै भिजेको जमिनलाई पनि नष्‍ट गर्ने छ ।
  • यिर्मि 3:17 : 17 त्यस बेला तिनीहरूले यरूशलेमको बारेमा घोषणा गर्ने छन्, 'यो परमप्रभुको सिंहासन हो ।' अनि अरू सबै जाति परमप्रभुको नाउँमा यरूशलेममा जम्मा हुनेछन् । अब उसो तिनीहरू तिनीहरूका दुष्‍ट हृदयको हठमा हिंड्नेछैनन् ।
  • यिर्मि 5:12 : 12 तिनीहरूको परमप्रभुको बारेमा झूट बोलेका छन् र यसो भनेका छन्, “उहाँले केही गर्नुहुने छैन । हामीमाथि कुनै हानि आउनेछैन, र हामीले कुनै तरवार वा अनिकाल देख्‍ने छैनौं ।
  • यिर्मि 6:14 : 14 शान्‍ति नै नहुँदा पनि, 'शान्ति, शान्ति' भन्दै, तिनीहरूले मेरा मानिसहरूको चोटलाई अलिअलि मात्र निको पारेका छन् ।
  • यिर्मि 7:24 : 24 तर तिनीहरूले सुनेनन्, वा ध्यान नै दिए । तिनीहरू आफ्‍ना दुष्‍ट हृदयका आफ्नै हठी योजनामुताबिक जिए । त्यसैले तिनीहरू पछिल्तिर गए, अगिल्तिर बढेनन् ।
  • यिर्मि 4:10 : 10 त्यसैले मैले भनें, “हाय, परमप्रभु परमेश्‍वर, 'तिमीहरूका लागि शान्ति हुनेछ' भनेर निश्‍चय नै तपाईंले यी मानिस र यरूशलेमलाई पूर्णतः धोका दिनुभएको छ । तापनि तरवारले तिनीहरूको जीवनको विरुद्धमा प्रहार गर्दैछ ।”
  • १ शमू 2:30 : 30 किनकि परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्छ, 'तेरो घराना र तेरो पुर्खाको घराना सदाको निम्ति मेरो सामु हिंड्नुपर्छ भनी मैले प्रतिज्ञा गरें ।' तर अब परमप्रभु भन्‍नुहुन्छ, 'यसो गर्ने कुरा मबाट टाढै रहोस्, किनकि मलाई आदर गर्नेलाई म आदर गर्छु, तर जसले मलाई तुच्‍छ ठान्छ उसको आदर घट्नेछ ।
  • २ शमू 12:10 : 10 त्यसैले अब तरवारले तेरो घरानालाई कहिल्यै छोड्ने छैन, किनभने तैंले मलाई घृणा गरेको छस् र हित्ती उरियाहको पत्‍नीलाई तेरो आफ्‍नो पत्‍नीको रूपमा लिएको छस् ।'
  • यशा 3:10-11 : 10 धर्मी मानिसलाई राम्रो हुनेछ भन, किनकि तिनीहरूले आफ्‍ना कामहरूका फल खानेछन् । 11 दुष्‍टलाई धिक्‍कार! उसलाई खराब हुनेछ, किनकि उहाँको हातको बदला उसैमाथि पर्नेछ ।
  • यशा 57:21 : 21 दुष्‍टहरूको निम्ति कुनै शान्ति छैन— परमेश्‍वर भन्‍नुहुन्छ ।”
  • यहे 13:15-16 : 15 किनकि म आफ्‍नो क्रोधमा त्यो पर्खाल र त्‍यसलाई चुनले पोत्‍नेहरूलाई नष्‍ट पार्नेछु । म तिमीहरूलाई भन्‍नेछु, “त्‍यो पर्खाल अब छैन न त त्‍यसलाई चुनले पोत्‍ने मानिसहरू नै छन्— 16 यरूशलेमको बारेमा अगमवाणी बोल्‍ने इस्राएलका यी अगमवक्ताहरू र त्‍यसको निम्‍ति शान्‍तिको दर्शन देख्‍नेहरू । तर त्यहाँ शान्ति नै छैन! यो परमप्रभु परमेश्‍वरको घोषणा हो' ।”
  • यिर्मि 28:3-9 : 3 बेबिलोनका राजा नबूकदनेसरले यस ठाउँबाट लगेको र बेबिलोनमा ओसारेको परमप्रभुको मन्दिरका सबै सामान म दुई वर्षभित्रमा यही ठाउँमा फर्काएर ल्याउनेछु । 4 त्यसपछि बेबिलोनमा पठाइएका यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीन र यहूदाका सबै बन्दीलाई म फर्काएर ल्याउनेछु, यो परमप्रभुको घोषणा हो, किनकि बेबिलोनका राजाको जुवालाई म भाँच्‍नेछु' ।” 5 त्यसैले परमप्रभुको मन्दिरमा खडा भएका पुजारीहरू र सबै मानिसको सामु यर्मिया अगमवक्ताले हनन्याह अगमवक्तासित बोले । 6 यर्मिया अगमवक्ताले भने, “परमप्रभुले यसै गरून्! तिमीले अगमवाणी बोलेका वचनहरू परमप्रभुले पुरा गरून्, अनि परमप्रभुको मन्दिरका सबै सामान र सबै बन्दीलाई बेबिलोनबाट यस ठाउँमा फर्काएर ल्याऊन् । 7 तापनि तिमीले सुन्‍ने गरी अनि सबै मानिसले सुन्‍ने गरी मैले घोषणा गरेको वचनलाई सुन । 8 तिमी र मभन्दा धेरै पहिलेका अगमवक्ताहरूले पनि धेरै जातिहरू, महान् राज्यहरू, युद्ध, अनिकाल र विपत्तिको विषयमा अगमवाणी बोले । 9 त्यसैले शान्ति हुनेछ भनी अगमवाणी बोल्ने अगमवक्ताले भनेको वचन पुरा भयो भने, त्यो वास्तवमै परमप्रभुद्वारा पठाइएको अगमवक्ता रहेछ भनी थाहा हुनेछ ।”
  • विलाप 2:14 : 14 तेरा अगमवक्ताहरूले तेरो लागि झुटा र बेकम्मा दर्शनहरू देखेका छन् । तेरो सुदिन पुनर्स्थापित गर्न तिनीहरूले तेरो अधर्मको पर्दाफास गरेका छैनन्, तर तिनीहरूले तँलाई झुटा र गलत वचनहरू दिएका छन् ।
  • यिर्मि 14:13-14 : 13 तब मैले भनें, “हे परमप्रभु परमेश्‍वर, हेर्नुहोस्, अगमवक्ताहरूले मानिसहरूलाई भन्दैछन्, 'तिमीहरूले तरवार देख्‍नेछैनौ । तिमीहरूका निम्ति अनिकाल पर्नेछैन, किनकि म यस ठाउँमा तिमीहरूलाई साँचो सुरक्षा दिनेछु' ।” 14 परमप्रभुले मलाई भन्‍नुभयो, “अगमवक्ताहरूले मेरो नाउँमा छलको अगमवाणी बोल्छन् । मैले तिनीहरूलाई पठाइनँ, न मैले तिनीहरूलाई कुनै आज्ञा दिएँ वा तिनीहरूसित बोलेँ । तर छली दर्शन र बेकम्मा, छली मन्त्रतन्त्र तिनीहरूका आफ्नै समझबाट आएका हुन्, जुन तिनीहरूले तिमीहरूलाई अगमवाणी बोल्दैछन् ।”
  • मल 1:6 : 6 “छोरोले आफ्नो बुबाको आदर गर्दछ, र दासले आफ्नो मालिकको । यदि, यसैकारण, म पिता हुँ भने, मेरो आदर कहाँ छ? म मालिक हुँ भने, मेरो निम्ति श्रद्धा कहाँ छ?” सेनाहरूका परमप्रभु तिमी पुजारीहरूलाई भन्‍नुहुन्छ, जसले मेरो नाउँको तिरस्कार गर्दछौ । “तर तिमीहरू भन्छौ, ‘हामीले कसरी तपाईंको नाउँको तिरस्कार गरेका छौँ?’
  • लू 10:16 : 16 जसले तिमीहरूले भनेको सुन्छ, त्यसले मैले भनेको सुन्छ, जसले तिमीहरूलाई इन्कार गर्छ, त्यसले मलाई इन्कार गर्छ, र जसले मलाई इन्कार गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई इन्कार गर्छ ।
  • १ थेस 4:8 : 8 त्यसकारण, जसले यो इन्कार गर्दछ त्यसले मानिसलाई होइन तर परमेश्‍वरलाई इन्कार गर्दछ, जसले तिमीहरूलाई आफ्ना पवित्र आत्मा दिनुहुन्छ ।
  • सप 1:12 : 12 त्यस बेला म बत्तीहरू बालेर यरूशलेमको खोजी गर्नेछु र त्यसको मद्यमा प्रसन्‍न भएका र आफ्नो हृदयमा ‘परमप्रभुले असल वा खराब केही पनि गर्नुहुनेछैन’ भनेर भन्‍ने मानिसहरूलाई सजाय दिनेछु ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 16सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, “तिमीहरूलाई अगमवाणी बोल्ने अगमवक्ताहरूका वचनहरू नसुन । तिनीहरूले तिमीहरूलाई भ्रमित तुल्याएका छन् । तिनीहरूले परमप्रभुको मुखबाट नभई आफ्नै समझबाट दर्शनहरूको घोषणा गर्दै छन् ।

  • 14शान्‍ति नै नहुँदा पनि, 'शान्ति, शान्ति' भन्दै, तिनीहरूले मेरा मानिसहरूको चोटलाई अलिअलि मात्र निको पारेका छन् ।

  • 11शान्‍ति नै नहुँदा पनि 'शान्ति, शान्ति' भनेर तिनीहरूले मेरा मानिसहरूको चोटलाई अलिअलि मात्र निको पारेका छन् ।

  • 12तिनीहरूको परमप्रभुको बारेमा झूट बोलेका छन् र यसो भनेका छन्, “उहाँले केही गर्नुहुने छैन । हामीमाथि कुनै हानि आउनेछैन, र हामीले कुनै तरवार वा अनिकाल देख्‍ने छैनौं ।

  • 76%

    11त्यसैले अब, यहूदाका मानिसहरू र यरूसलेमका बासिन्दाहरूसित बोल् र भन्, “परमप्रभु यसो भन्‍नुहुन्छ, 'हेर, मैले तिमीहरूको विरुद्धमा विपत्तिको रचना गर्नै लागेको छु । मैले तिमीहरूको विरुद्धमा योजना बनाउने लागेको छु । तिमीहरूका चाल र तिमीहरूका अभ्यासहरूले तिमीहरूलाई भलो ल्‍याउने गरी हरेक व्यक्तिले आफ्नो दुष्‍ट चालबाट पश्‍चात्ताप गरोस् ।'

    12तर तिनीहरू भन्छन्, 'यो व्यर्थ छ । हामी आफ्‍नै योजनाअनुसार काम गर्नेछौं । हामी हरेकले आफ्नै दुष्‍ट, हठी हृदयले इच्छा गरेअनुसार गर्नेछौं ।'

  • 76%

    13तब मैले भनें, “हे परमप्रभु परमेश्‍वर, हेर्नुहोस्, अगमवक्ताहरूले मानिसहरूलाई भन्दैछन्, 'तिमीहरूले तरवार देख्‍नेछैनौ । तिमीहरूका निम्ति अनिकाल पर्नेछैन, किनकि म यस ठाउँमा तिमीहरूलाई साँचो सुरक्षा दिनेछु' ।”

    14परमप्रभुले मलाई भन्‍नुभयो, “अगमवक्ताहरूले मेरो नाउँमा छलको अगमवाणी बोल्छन् । मैले तिनीहरूलाई पठाइनँ, न मैले तिनीहरूलाई कुनै आज्ञा दिएँ वा तिनीहरूसित बोलेँ । तर छली दर्शन र बेकम्मा, छली मन्त्रतन्त्र तिनीहरूका आफ्नै समझबाट आएका हुन्, जुन तिनीहरूले तिमीहरूलाई अगमवाणी बोल्दैछन् ।”

  • 8तर तिनीहरूले सुनेनन्, वा ध्यानै दिएनन् । हरेक व्यक्ति आफ्नै दुष्‍ट हृदयको कठोरतामा हिंडिरहेको छ । त्यसैले यस करारमा मैले तिनीहरूलाई आज्ञा गरेका सबै श्राप मैले तिनीहरूका विरुद्धमा ल्याएँ । तर मानिसहरूले अझै पनि आज्ञा मानेनन् ।”

  • यहे 13:6-7
    2 पदहरू
    74%

    6मानिसहरूसँग झूटा दर्शनहरू छन्‌ र तिनीहरू झुटा भविष्‍यवाणी गर्छन् । तिनीहरू यसो भन्‍छन्, “परमप्रभुको घोषणा यस्‍तो-यस्तो छ ।” परमप्रभुले तिनीहरूलाई पठाउनुभएको होइन । तापनि आफ्‍ना सन्‍देश पुरा हुनेछन् भनी तिनीहरूले मानिसहरूलाई आशा गर्ने बनाएका छन् ।

    7के तिमीहरूले झूटा दर्शनहरू देखेका र झुटा भविष्‍यवाणीहरू बोलेका होइनौ र, तिमीहरू जसले “परमप्रभु यस्‍तो-यस्तो भन्‍नुहुन्‍छ,” भन्‍दछौ, जबकि म आफैले ती भनेकै होइन?

  • 16यरूशलेमको बारेमा अगमवाणी बोल्‍ने इस्राएलका यी अगमवक्ताहरू र त्‍यसको निम्‍ति शान्‍तिको दर्शन देख्‍नेहरू । तर त्यहाँ शान्ति नै छैन! यो परमप्रभु परमेश्‍वरको घोषणा हो' ।”

  • 24तर तिनीहरूले सुनेनन्, वा ध्यान नै दिए । तिनीहरू आफ्‍ना दुष्‍ट हृदयका आफ्नै हठी योजनामुताबिक जिए । त्यसैले तिनीहरू पछिल्तिर गए, अगिल्तिर बढेनन् ।

  • 20खराबी गर्ने योजना बनाउनेहरूको हृदयमा छल हुन्छ, तर शान्तिका परामर्शदाताहरूमा आनन्द आउँछ ।

  • 10त्यसैले मैले भनें, “हाय, परमप्रभु परमेश्‍वर, 'तिमीहरूका लागि शान्ति हुनेछ' भनेर निश्‍चय नै तपाईंले यी मानिस र यरूशलेमलाई पूर्णतः धोका दिनुभएको छ । तापनि तरवारले तिनीहरूको जीवनको विरुद्धमा प्रहार गर्दैछ ।”

  • 12तर तिमीहरूका पुर्खाहरूले भन्दा तिमीहरूले अझै धेरै दुष्‍ट काम गरेका छौ, किनकि हेर, प्रत्‍येक व्यक्ति आफ्‍नो दुष्‍ट हृदयको कठोरताद्वारा हिंडेको छ । मेरो कुरा सुन्‍ने कोही छैन ।

  • 19त्यस्तो व्यक्तिले यो श्रापका वचनहरू सुन्दा त्यसले आफैलाई आशिष् दिई आफ्नो ह्रदयमा यसो भन्छ, 'म मेरो ह्रदयको हठीपनामा हिँडे तापनि मसित शान्ति हुने छ ।' यसले सुक्खा जमिनसँगै भिजेको जमिनलाई पनि नष्‍ट गर्ने छ ।

  • 5परमप्रभु यस्तो भन्‍नुहुन्छ, “मेरा मानिसहरूलाई गलत मार्गमा हिँडाउने अगमवक्ताहरू, कसैले तिनीहरूलाई केही खान दिए भने, तिनीहरू ‘शान्ति होस्’ भनेर घोषणा गर्दछन् । तर यदि त्यसले तिनीहरूलाई केही खान दिएन भने, तिनीहरू त्यसको विरुद्ध युद्ध गर्नको निम्ति लागिपर्दछन् ।

  • 10मेरो वचन सुन्‍न इन्कार गर्ने, आफ्नो हृदयको कठोरतामा हिंड्ने, अरू देवताहरूको पुजा गर्न तिनीहरूका पछि जाने र तिनीहरूको सामु निहुरने यो दुष्‍ट जाति त्यही पटुकाजस्तै हुनेछ, जसको कुनै काम छैन ।

  • 73%

    37अगमवक्तालाई तैंले यसो भनेर सोध्‍नेछस्, 'परमप्रभुले तिमीलाई के जवाफ दिनुभयो?' वा 'परमप्रभुले के भन्‍नुभयो?'

    38तर तिमीहरू भन्‍छौ, 'यो परमप्रभुको बोझ हो,' भने, परमप्रभु यसो भन्‍नुहुन्‍छः ‘यो परमप्रभुको बोझ हो,’ भनी तिमीहरूले भन्‍नेछैनौ भनेर मैले तिमीहरूलाई पठाउँदा पनि तिमीहरूले, ‘यो परमप्रभुको बोझ हो,’ भन्‍यौ,

  • 10यो कारणले र तिनीहरूले मेरो मानिसहरूलाई टाढा लगेका र यसो भनेका कारणले, “शान्‍ति,” जब शान्‍ति नै छैन । तिनीहरू एउटा पर्खाल बनाउँदैछन् जसलाई तिनीहरूले चुन लगाउनेछन् ।'

  • 10तिनीहरूले दर्शीहरूलाई भन्छन्, “नहेर्नुहोस्,” र अगमवक्ताहरूलाई भन्छन्, “हामीलाई सत्य अगमवाणी नगर्नुहोस् । हाम्रा निम्‍ति चापलुसी कुरा गर्नुहोस्, भ्रम अगमवाणी गर्नुहोस् ।

  • 20किनकि तिनीहरूले शान्तिको कुरा गर्दैनन् । तर हाम्रो देशमा शान्तिमा बसेकाहरूका विरुद्धमा तिनीहरू छलपूर्ण कुरा गर्छन् ।

  • 2तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • यहे 33:30-31
    2 पदहरू
    73%

    30यसैले, ए मानिसको छोरा, मन्‍दिरहरूका पर्खालहरू र ढोकाहरूका छेउमा तेरा मानिसहरू तेरो बारेमा कुरा गरिरहेका छन्, र हेरकले अर्को मानिस, र हरेक मानिसले आफ्नो भाइलाई यस्तो भन्छ, ‘जाऔं र परमप्रभुको मुखबाट निस्कने अगमवक्ताको वचन सुनौं!’

    31यसैले मानिसहरूले सधैं गरेझैं धेरै जना तँकहाँ आउनेछन्, र तेरो अगि बस्‍नेछन् र तेरा वचनहरू सुन्‍नेछन्, तर तिनीहरूले ती पालना गर्नेछैनन् । तिनीहरूका मुखमा ठिक शब्दहरू छन्, तर तिनीहरूका हृदयहरू अन्यायपूर्ण फाइदाको पछि छन् ।

  • 11तिमीहरूका अगुवाहरूले घुस खाएर न्याय गर्छन्, तिमीहरूका पुजारीहरूले मोलको निम्ति शिक्षा दिन्छन्, र तिमीहरूका अगमवक्ताहरूले पैसाको निम्ति अगमवाणी बोल्दछन् । तथापि तिमीहरू परमप्रभुमा भर पर्छौ र भन्छौ, “के परमप्रभु हामीसँग हुनुहुन्‍न? हामीमाथि कुनै खराबी आइपर्नेछैन ।”

  • 26अगमवक्ताहरूले आफ्नै मनबाट झूटा कुराहरूको अगमवाणी बोल्‍ने, र तिनीहरूले आफ्ना हृदयबाट छली अगमवाणी बोल्‍ने कुरा कहिलेसम्म भइरहन्‍छ?

  • 17त्यस बेला तिनीहरूले यरूशलेमको बारेमा घोषणा गर्ने छन्, 'यो परमप्रभुको सिंहासन हो ।' अनि अरू सबै जाति परमप्रभुको नाउँमा यरूशलेममा जम्मा हुनेछन् । अब उसो तिनीहरू तिनीहरूका दुष्‍ट हृदयको हठमा हिंड्नेछैनन् ।

  • 15‘किनकि यो परमप्रभुको घोषणा हो, मैले तिनीहरूलाई पठाएको छैनँ, किनकि तिनीहरूले मेरो नाउँमा झूटा कुरो अगमवाणी बोल्दैछन् जसको कारणले म तँलाई धपाउनेछु, अनि तिमी र तिम्रो निम्‍ति अगमवाणी बोलिरहने अगमवक्ताहरू दुवै मर्नेछौ' ।”

  • 17परमप्रभुले मलाई भन्‍नुभयो, 'तिनीहरूले भनेका कुरा ठिक छ ।

  • 2“ए मानिसको छोरो, इस्राएलमा अगमवाणी बोलिरहेका अगमवक्ताहरूका विरुद्धमा अगमवाणी बोल्, र आफ्‍नै कल्‍पनाहरूका अगमवाणी बोल्‍नेहरूलाई यसो भन्, 'परमप्रभुको वचन सुन ।

  • 22त्‍यहाँ दुष्‍टहरूलाई शान्ति हुँदैन,’ परमप्रभु भन्‍नुहुन्छ ।”

  • 15हेर्नुहोस्, तिनीहरू मलाई यसो भन्दैछन्, 'परमप्रभुको वचन कहाँ छ? त्‍यो आओस् ।'

  • 18तापनि परमप्रभुको परिषद् सभामा को खडा भएको छ र? उहाँको वचनलाई कसले देख्‍ने र कसले सुन्‍ने गर्छ र? उहाँको वचनलाई कसले ध्यान दिने र सुन्‍ने गर्छ र?

  • 17तिमीहरूले आफ्ना बोलीले परमप्रभुलाई थकित तुल्याका छौ । तर तिमीहरू भन्छौ, “हामीले उहाँलाई कसरी थकित तुल्याएका छौँ?” यसो भनेर, “दुष्‍ट काम गर्ने सबै परमप्रभुको दृष्‍टिमा असल छ, र उहाँ तिनीहरूमा खुशी हुनुहुन्छ,” वा “न्यायका परमेश्‍वर कहाँ हुनुहुन्छ?”

  • 25त्रास आउनेछ । तिनीहरूले शान्ति खोज्‍नेछन्, तर त्‍यहाँ केही हुनेछैन ।

  • 13“मेरो विरूद्ध तिमीहरूका वचन कडा भएका छन्,” परमप्रभु भन्‍नुहुन्छ । “तर तिमीहरू भन्छौ, ‘हामीहरूले हाम्रो बिचमा तपाईंको विरुद्ध के भनेका छौँ?’

  • 6“अगमवाणी नगर” भनेर तिनीहरू भन्‍नेछन् । “तिनीहरूले यस्ता कुराहरूको अगमवाणी गर्नुहुँदैन; तिरस्कार हामीमाथि आउनेछैन ।”

  • 6तेरो बासस्थान छलको बिचमा छ । आफ्‍नो छलमा तिनीहरूले मलाई इन्कार गर्छन्, यो परमप्रभुको घोषणा हो ।

  • 35तिमीहरू हरेक व्‍यक्‍तिले आफ्नो छिमेकीलाई र हरेक मानिसले आफ्नो भाइलाई निरन्‍तर सोधिरहन्छौ, 'परमप्रभुले के जवाफ दिनुभयो?' र 'परमप्रभुले के घोषणा गर्नुभयो?' ।

  • 11परमप्रभुले मसँग बोल्नुभयो, उहाँको बलियो बाहुली ममाथि थियो र यी मानिसहरू हिंडेका मार्ग नहिंड्न मलाई चेताउनी दिनुभयो ।

  • 31अगमवक्ताहरूले छलपूर्ण अगमवाणी गर्छन्, र पुजारीहरूले आफ्नै शक्तिले शासन गर्छन् । मेरो मानिसहरूले यही तरिका मन पराउँछन्, तर अन्त्यमा के हुने छ?”

  • 14तिनीहरू आ-आफ्ना हठी हृदयद्वारा हिंडेका हुनाले र आफ्‍ना पुर्खाहरूले सिकाएझैं गरी तिनीहरूले बाल देवताहरूको अनुसरण गरेको हुनाले यस्तो भएको हो ।

  • जक 8:17-18
    2 पदहरू
    71%

    17आफ्नो हृदयमा एक अर्काको विरुद्धमा खराबी गर्ने योजना नबनाओ, र झुटा शपथलाई प्रेम नगर - किनभने यी कुराहरूलाई म घृणा गर्दछु! – परमप्रभु घोषणा गर्नुहुन्छ ।”

    18अनि सेनाहरूका परमप्रभुको यस्तो वचन मकहाँ आयो,

  • 21तिमीहरूले आ-आफ्ना हृदयमा सोधौला, 'परमप्रभुले बोल्नुभएको वचन होइन भनेर हामीले कसरी थाहा पाउने?'

  • 3यसैकारण परमप्रभु यस्तो भन्‍नुहुन्छ, “हेर, यस वंशको विरुद्ध म सर्वनाश ल्याउँदै छु, र त्यसबाट तिमीहरू उम्कन सक्‍नेछैनौ । तिमीहरू घमण्डसाथ हिँड्नेछैनौ, किनकि त्यो खराब समय हुनेछ ।

  • 3अधर्म गर्ने दुष्‍टहरूसँगै मलाई टाढा नलानुहोस्, जसले आफ्‍ना छिमेकीहरूसँग शान्तिका कुरा गर्छन् तर आफ्‍ना हृदयहरूमा खराबी हुन्छ ।