यिर्मिया 32:7

अनलक शाब्दिक बाइबल

तेरो काका शल्लूमको छोरो हनमेल तँकहाँ आउँदैछ, र उसले यसो भन्‍नेछ, ‘अनातोतमा भएको मेरो खेत किन्‍नुहोस्, किनकि त्यो किन्‍ने हक तपाईंकै हो ।'

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यिर्मि 1:1 : 1 ¶ बेन्यामीनको क्षेत्रमा पर्ने अनातोतका पुजारीहरूमध्ये एक जना हिल्कियाहका छोरा यर्मियाका वचन यिनै हुन् ।
  • यिर्मि 11:21 : 21 त्यसकारण परमप्रभु तेरो प्राण लिन खोज्ने अनातोतका मानिसहरूको सम्बन्धमा यसो भन्‍नुहुन्छ, “तिनीहरू भन्छन्, 'तैंले परमप्रभुको नाउँमा अगमवाणी बोल्‍नुहँदैन, नत्रता तँ हाम्रा हातबाट मर्नेछस् ।'
  • लैव्य 25:25 : 25 यदि तिमीहरूको कोही सङ्गी-इस्राएली गरिब भयो र त्यसले गरिबीको कारण आफ्नो केही सम्पत्ति बेच्‍यो भने, त्यसको सबैभन्दा नजिकको नातेदार आएर त्यसले तिमीहरूलाई बेचेको सम्पत्ति पुनः किन्‍न सक्‍ने छ ।
  • लैव्य 25:34 : 34 तर तिनीहरूका सहरहरू वरिपरि भएका भूमिहरू नबेच्‍नू किनभने ती लेवीहरूका स्थायी सम्पत्ति हुन् ।
  • लैव्य 25:49 : 49 त्यस मानिसको काका, वा काकाको छोरा, वा त्यसको परिवारको कोही नजिकको नातेदारले त्यसलाई छुटाउन सक्‍ने छ । वा त्यो धनाढ्य भएको छ भने, त्यसले आफैलाई छुटाउन सक्‍ने छ ।
  • गिन 35:2 : 2 “इस्राएलका मानिसहरूलाई तिनीहरूका आ-आफ्नो भूमिको हिस्साबाट लेवीहरूलाई केही दिन आज्ञा दे । तिनीहरूले उनीहरूलाई बस्‍नको निम्ति सहरहरू र त्यसको वरिपरि खर्क दिनुपर्छ ।
  • यहो 21:18-19 : 18 यसको खर्कसहित अनातोत, र यसको खर्कसहित चारवटा सहर दिइयो । 19 हारूनका सन्तानहरू, पुजारीहरूलाई दिइएका सहरहरू तिनीहरूका खर्कहरूसहित तेह्रवटा थिए ।
  • रूत 4:3-9 : 3 बोअजले नजिकका कुटुम्बलाई भने, “मोआब देशबाट फर्केर आएकी नाओमीले हाम्रो दाज्यू एलीमेलेकको जग्गाको टुक्रा बेच्दैछिन् । 4 'यहाँ बसिरहेकाहरूको उपस्थितिमा र मेरा मानिसहरूको धर्मगुरुहरूको उपस्थितिमा यसलाई किन्‍नुहोस्' भनी तपाईंलाई जानकारी दिने मैले विचार गरेँ । यदि तपाईंले यसलाई छुट्टाउन चाहनुहुन्छ भने, छुट्टाउनु होस्, ताकी मैले जान्‍न सकुँ, किनभने तपाईं र तपाईंपछि मबाहेक यसलाई छुट्टाउने कोही छैन ।” अर्को मानिसले भने, “म यसलाई छुट्टाउँछु ।” 5 त्यसपछि बोअजले भने, “तपाईंले नाओमीबाट जग्गा किनेको दिनमा नै मृतकको उत्तराधिकारको नाउँलाई उठाउनको निम्ति मृत मानिसको विधवा मोआबी रूथलाई पनि लानुपर्छ ।” 6 अनि नजिकका कुटम्बले भने, “आफ्नो उत्तराधिकारलाई हानि नगरी मैले यो आफ्नो निम्ति छुट्टाउन सक्दिनँ । तपाईंले नै मेरो छुटकाराको अधिकार लिनुहोस्, किनभने मैले छुट्टाउन सक्दिनँ ।” 7 छुट्कारा र मालसामानको सट्टापट्टा सम्बन्धि इस्राएलको पहिलेको समयमा यस्तो चलन थियो । यी सबै कुराहरूको पुष्‍टि गर्न एक जनाले आफ्नो जुत्ता फुकाल्थ्यो र त्यो आफ्नो छिमेकीलाई दिन्थ्यो; यो नै इस्राएलमा वैधानिक सम्झौता गर्ने शैली थियो । 8 त्यसैले नजिकको कुटुम्बले बोअजलाई भने, “यो तपाईं आफैले किन्‍नुहोस्,” र तिनले आफ्नो जुत्ता फुकाले । 9 त्यसपछि बोअजले धर्मगुरुहरू र सबै मानिसहरूलाई भने, “मैले एलीमेलेकको, किल्योन र महलोनको सबै थोक मैले आज किनेँ भन्‍ने कुराको साक्षी तपाईंहरू हुनुहुन्छ ।”
  • १ राजा 14:5 : 5 परमप्रभुले अहियाहलाई भन्नुभयो, “हेर्, यारोबामकी पत्नी आफ्नो छोरोको बारेमा तँबाट सल्लाह लिन आउँदै छे किनकि त्यसको छोरो बिरामी परेको छ । तैँले यस्तो-यस्तो जवाफ दिनू किनकि त्यो अर्कै स्त्री भएझैँ त्यसले नाटक गर्छे ।”
  • मर 11:2-6 : 2 र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू हाम्रो सामुन्‍नेको गाउँमा जाओ । तिमीहरू पस्‍ने बित्तिकै तिमीहरूले कहिल्यै नचढेको बछेडो पाउनेछौ । त्यसलाई फुकाओ र मकहाँ ल्याओ । 3 कसैले तिमीहरूलाई ‘तिमीहरूले किन यसो गरिरहेका छौ?’ भनेर सोध्यो भने, तिमीहरूले भन्‍नू, ‘प्रभुलाई यसको खाँचो छ, र उहाँले तुरुन्तै यहाँ नै फिर्ता पठाउनुहुनेछ’ ।” 4 तिनीहरू गए र खुल्ला गल्लीमा ढोका बाहिर बाँधिएको एउटा बछेडो भेटे र तिनीहरूले यसलाई फुकाए । 5 त्यहाँ केही मानिसहरू उभिरहेका थिए जसले तिनीहरूलाई भने, “तिमीहरूले त्यो बछेडोलाई फुकाएर के गर्न लागिरहेका छौ?” 6 तिनीहरूले उनीहरूलाई येशूले तिनीहरूलाई भन्‍नुभएझैँ भने, अनि मानिसहरूले तिनीहरूलाई जान दिए ।
  • मर 14:13-16 : 13 उहाँले आफ्ना चेलाहरूमध्ये दुई जनालाई पठाउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “सहरमा जाओ र एक जना पानीको गाग्रो बोक्‍ने मानिसले तिमीहरूलाई भेट्नेछ र उसलाई पछ्याओ । 14 जुन घरभित्र ऊ पस्छ, उसलाई पछ्याओ र त्यस घरको मालिकलाई भन, “गुरुज्यू भन्‍नुहुन्छ, मेरो पाहुना कोठा कहाँ छ जहाँ मैले मेरा चेलाहरूसँग निस्तार-चाडको भोज खानेछु?” 15 उनले तिमीहरूलाई एउटा तयार भएको ठुलो माथिल्लो तलाको कोठा देखाउनेछन् । त्यहाँ नै हाम्रो निम्ति तयारी गर्नू ।” 16 चेलाहरू निस्के र सहरतिर लागे । तिनीहरूले उहाँले तिनीहरूलाई भन्‍नुभएजस्तै पाए र तिनीहरूले निस्तार-चाडको तयारी गरे ।
  • लैव्य 25:23 : 23 कोही नयाँ स्थायी मालिकलाई भूमि नबेच्‍नू, किनभने त्यो भूमि मेरो हो । तिमीहरू सबै परदेशीहरू हौ र मेरो भूमिका अस्थायी बासिन्दाहरू हौ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 92%

    8परमप्रभुले घोषणा गर्नुभएझैं मेरो काको छोरा हनमेल गारदको चोकमा मकहाँ आयो, र उसले मलाई भन्‍यो, 'बेन्यामीनको इलाकामा पर्ने अनातोतमा भएको मेरो खेत किन्‍नुहोस्, किनकि यसको उत्तराधिकारको तपाईं नै हो, र त्‍यो किन्‍ने हक पनि तपाईंकै हो । आफ्नो लागि त्‍यो किन्‍नुहोस् ।' तब यो परमप्रभुकै वचन रहेछ भनी मैले थाहा पाएँ ।

    9त्यसैले मेरो काकाको छोरो हनमेलबाट अनातोतमा भएको खेत मैले किनें, र त्यसलाई चाँदीको सत्र सेकेलको दाम जोखेर दिएँ ।

    10तब मैले तमसुकमा सही गरी छाप लगाएँ, र मैले यसको लागि साक्षीहरू राखेँ । मैले तराजुमा चाँदी जोखेर दिएँ ।

    11आज्ञा र विधानहरूको अनुसरण गरेर मैले छाप लगाइएको र नलागाइएको तमसुक लिएँ ।

    12मेरो काकाको छोरो हनमेल, तमसुकका साक्षीहरू र गारदको चोकमा बसेका सबै यहूदीका सामुन्‍ने छाप लगाइएको तमसुक मैले नेरियाहका छोरा, मसेयाहका नाति बारूकलाई दिएँ ।

    13तिनीहरूकै सामु मैले बारूकलाई आज्ञा दिएँ । मैले यसो भनें,

    14“सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः छाप लगाइएको र नलगाइएको तमसुकका यी दुवै प्रतिका यी कागजपत्र समात् र यिनलाई एउटा माटोको भाँडोमा हाल्‌, यसरी लामो समयसम्म ती रहनेछन् ।

    15किनकि सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः यस देशमा घरहरू, जमिनहरू र दाखबारीहरू फेरि किनिनेछन् ।”

    16नेरियाहका छोरा बारूकलाई खेत किनेको तमसुक दिएपछि मैले परमप्रभुलाई प्रार्थना चढाएँ र यसो भने,

  • 6यर्मियाले भने, “परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 74%

    25तब तपाईं आफैले मलाई भन्‍नुभयो, “यो सहर कल्दीहरूको हातमा दिंदै गरेको भए तापनि चाँदीको दाम तिरेर तेरो निम्‍ति एउटा खेत किन र त्‍यसको निति साक्षीहरू राख ।”

    26त्‍यसपछि परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,

  • 72%

    43तब यस देशमा जमिनहरू किनिनेछन्, जसको विषयमा तिमीहरू भन्दैछौ, 'यो उजाड पारिएको देश हो, जसमा न त मानिस छ, न पशु छ । यसलाई कल्दीहरूको हातमा दिइएको छ ।'

    44तिनीहरूले चाँदीले जमिन किन्‍नेछन्, र मुट्ठो लेखेर छाप लगाउनेछन् । तिनीहरूले बेन्यामीनको इलाकामा, सारा यरूशलेमको चारैतिर, र यहूदाका सहरहरू, पहाडी देशहरूका सहरहरू र तराई र नेगेवका सहरहरूमा साक्षीहरू भेला गर्नेछन् । किनकि म तिनीहरूको सुदिन फर्काउनेछु, यो परमप्रभुको घोषणा हो ।”

  • रूत 4:3-4
    2 पदहरू
    71%

    3बोअजले नजिकका कुटुम्बलाई भने, “मोआब देशबाट फर्केर आएकी नाओमीले हाम्रो दाज्यू एलीमेलेकको जग्गाको टुक्रा बेच्दैछिन् ।

    4'यहाँ बसिरहेकाहरूको उपस्थितिमा र मेरा मानिसहरूको धर्मगुरुहरूको उपस्थितिमा यसलाई किन्‍नुहोस्' भनी तपाईंलाई जानकारी दिने मैले विचार गरेँ । यदि तपाईंले यसलाई छुट्टाउन चाहनुहुन्छ भने, छुट्टाउनु होस्, ताकी मैले जान्‍न सकुँ, किनभने तपाईं र तपाईंपछि मबाहेक यसलाई छुट्टाउने कोही छैन ।” अर्को मानिसले भने, “म यसलाई छुट्टाउँछु ।”

  • लैव्य 25:24-27
    4 पदहरू
    70%

    24तिमीहरूले हासिल गरेका सबै जग्‍गाको निम्ति छुटकाराको अधिकार दिनू; तिमीहरूले जुन परिवारबाट जग्‍गा किन्यौ त्यही परिवारलाई त्यो जग्‍गा किन्‍ने मौका दिनू ।

    25यदि तिमीहरूको कोही सङ्गी-इस्राएली गरिब भयो र त्यसले गरिबीको कारण आफ्नो केही सम्पत्ति बेच्‍यो भने, त्यसको सबैभन्दा नजिकको नातेदार आएर त्यसले तिमीहरूलाई बेचेको सम्पत्ति पुनः किन्‍न सक्‍ने छ ।

    26यदि त्यो सम्पत्तिलाई फुकाउनको निम्ति त्यसको कुनै नातेदार छैन, तर त्यो फेरि धनाढ्य भयो र त्यो फुकाउने क्षमता त्योसँग भयो भने,

    27त्यसले त्यो जग्‍गा बेचेपछि बितेका वर्षहरू गनोस् र त्यसले जुन मानिसलाई त्यो जग्‍गा बेचेको थियो त्यसलाई बाँकी रकम तिरोस् । त्यसपछि त्यो आफ्नै जग्‍गाजमिनमा फर्कन सक्छ ।

  • 24पुनर्स्थापनाको वर्षमा त्यो जमिन जसबाट किनिएको थियो अर्थात् त्यस जमिनको मालिककहाँ नै फिर्ता जाने छ ।

  • लैव्य 25:48-49
    2 पदहरू
    69%

    48तिमीहरूको सङ्गी-इस्राएली किनिसकेपछि त्यसलाई पुनः किनेर फुकाउन सकिने छ । परिवारमा कसैले त्यसलाई छुटकारा दिन सक्छ ।

    49त्यस मानिसको काका, वा काकाको छोरा, वा त्यसको परिवारको कोही नजिकको नातेदारले त्यसलाई छुटाउन सक्‍ने छ । वा त्यो धनाढ्य भएको छ भने, त्यसले आफैलाई छुटाउन सक्‍ने छ ।

  • लैव्य 27:19-22
    4 पदहरू
    69%

    19यदि त्यो जमिन अलग गर्ने मानिसले त्यो छुटाउन चाहेमा त्यसले त्यसको मूल्यमा पाँचौँ भाग थपोस्, र त्यो त्यसको हुने छ ।

    20तर यदि त्यसले त्यो जमिनलाई छुटाएन, वा त्यसले त्यो जमिन कुनै अर्को मानिसलाई बेचेको भए, त्यो अब फेरि छुटाउन मिल्दैन ।

    21त्यो भूमि पुनर्स्थापनाको वर्षमा स्वतन्त्र हुँदा परमप्रभुको निम्ति पूर्ण रूपमा दिइएको जमिनझैँ त्यो परमप्रभुको निम्ति पवित्र उपहार हुने छ । त्यो पुजारीको हुने छ ।

    22यदि कुनै मानिसले आफूले किनेको जमिन परमप्रभुको निम्ति अलग गर्दछ, तर त्यो जमिन त्यसको परिवारको जमिनको भाग होइन भने,

  • 5त्यसैले परमप्रभुको मन्दिरमा खडा भएका पुजारीहरू र सबै मानिसको सामु यर्मिया अगमवक्ताले हनन्याह अगमवक्तासित बोले ।

  • 12त्यसैले परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,

  • 8राजा सिदकियाहले यरूशलेमका सबै मानिससित तिनीहरूको छुटकाराको घोषणा गर्ने करार बाँधेपछि यर्मियाकहाँ परमप्रभुको यो वचन आयो,

  • 38यो परमप्रभुको घोषणा हो, “हेर्, यस्‍ता दिनहरू आउँदैछन्‌, जुन बेला यो सहर हननेलको धरहरादेखि कुने-ढोकसम्मै पुनर्निर्माण गरिनेछ ।

  • 30तब परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,

  • 31तर गाउँका घरहरू जसका वरिपरि कुनै पर्खाल छैन, त्यसलाई जग्‍गासरह मानिने छ । ती फुकाउन सकिने छ, र पुनर्स्थापनाको वर्षमा ती फिर्ता गर्नुपर्ने छ ।

  • 32अनातोत, नोब र हननिया,

  • 12हनन्याह अगमवक्ताले यर्मिया अगमवक्ताको काँधबाट जुवा निकालेर भाँचेपछि परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,

  • 9यसैकारण परमप्रभुको यस्तो वचन मकहाँ आयो,

  • 1¶ परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,

  • 1¶ त्यही वर्ष अर्थात् यहूदाका राजा सिदकियाहले राज्‍य गरेको चौथो वर्षको पाँचौं महिनामा अज्‍जूरका छोरा, गिबोनमा बस्‍ने अगमवक्ता हनन्याहले परमप्रभुको मन्दिरमा पुजारीहरू र सबै मानिसको सामु मसित बोले । तिनले भने,

  • 15आफ्नो छिमेकीबाट जग्‍गा किन्दा अर्को पुनर्स्थापनाको वर्षसम्ममा कटनी गर्न सकिने वर्षहरू र बालीहरूलाई ध्यानमा राख्‍नू । जग्‍गा बेच्‍न लागेका तिमीहरूका छिमेकीले पनि यो कुरा ध्यानमा राखोस् ।

  • 6अनि नजिकका कुटम्बले भने, “आफ्नो उत्तराधिकारलाई हानि नगरी मैले यो आफ्नो निम्ति छुट्टाउन सक्दिनँ । तपाईंले नै मेरो छुटकाराको अधिकार लिनुहोस्, किनभने मैले छुट्टाउन सक्दिनँ ।”

  • 19त्यसपछि तिनले एक सय चाँदीका सिक्‍कामा शकेमका पिता हमोरका छोराहरूबाट एउटा जग्गा किने र त्यहीँ नै आफ्नो पाल टाँगे ।

  • 12तब परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,

  • 29यदि कुनै मानिसले पर्खाल लगाएको सहरभित्र घर बेच्‍छ भने, त्यसले त्यो बेचेको एक वर्षभित्र त्यो फेरि किन्‍न सक्‍ने छ । एक वर्षसम्म त्योसँग छुटकाराको अधिकार हुने छ ।

  • 27त्यसैले अब, तिम्रो विरुद्धमा आफैलाई अगमवक्ता बनाउने अनातोतको यर्मियालाई किन हप्काएनौ?

  • 23परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,

  • 17त्‍यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ भयो,

  • 23त्यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 1¶ परमप्रभुबाट यर्मियाकहाँ यसो भनेर वचन आयो,

  • 8तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 1¶ यहूदाका राजा योशियाहका छोरा सिदकियाहको शासनकालको सुरुमा परमप्रभुको यो वचन यर्मियाकहाँ आयो ।