यिर्मिया 32:8

अनलक शाब्दिक बाइबल

परमप्रभुले घोषणा गर्नुभएझैं मेरो काको छोरा हनमेल गारदको चोकमा मकहाँ आयो, र उसले मलाई भन्‍यो, 'बेन्यामीनको इलाकामा पर्ने अनातोतमा भएको मेरो खेत किन्‍नुहोस्, किनकि यसको उत्तराधिकारको तपाईं नै हो, र त्‍यो किन्‍ने हक पनि तपाईंकै हो । आफ्नो लागि त्‍यो किन्‍नुहोस् ।' तब यो परमप्रभुकै वचन रहेछ भनी मैले थाहा पाएँ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यिर्मि 32:7 : 7 तेरो काका शल्लूमको छोरो हनमेल तँकहाँ आउँदैछ, र उसले यसो भन्‍नेछ, ‘अनातोतमा भएको मेरो खेत किन्‍नुहोस्, किनकि त्यो किन्‍ने हक तपाईंकै हो ।'
  • यिर्मि 32:2 : 2 त्यस बेला बेबिलोनका राजाको सेनाले यरूशलेमलाई घेराबन्दी गर्दै थियो, र यर्मिया अगमवक्ता यहूदाका राजमहलको गारदको चोकमा थुनामा राखिएका थिए ।
  • यिर्मि 33:1 : 1 ¶ तब यर्मिया गारदको चोकमा थुनिएकै अवस्थामा परमप्रभुको वचन दोस्रो पटक तिनीकहाँ यसो भनेर आयो,
  • १ शमू 9:16-17 : 16 “भोलि करिब यति बेला, म बेन्यामीनको इलाकाबाट एक जना मानिसलाई पठाउनेछु र मेरा मानिस इस्राएलका शासक हुनलाई तैंले उसलाई अभिषेक गर्नू । उसले मेरा मानिसहरूलाई पलिश्तीहरूका हातहरूबाट बाचाउनेछन् । किनकि मैले आफ्‍ना मानिसहरूलाई दयादृष्‍टिले हेरेको छु किनभने मदतको लागि तिनीहरूले गरेको पुकारा मैले सुनेको छु ।” 17 जब शमूएलले शाऊललाई देखे, तब परमप्रभुले तिनलाई भन्‍नुभयो, “मैले तँलाई भनेको मानिस यही हो । मेरा मानिसहरूमाथि राज्‍य गर्ने मानिस यही हो ।”
  • १ शमू 10:3-7 : 3 तब तपाईं त्यहाँबाट अगि जानुहुँदा, तपाईं तबोरको फलाँटको रूखमा आउनुहुनेछ । एक जनाले तिनवटा पाठा, अर्कोले तिन वटा रोटी र अर्कोले एक मशक दाखमद्य बोकेर बेथेलमा परमेश्‍वरकहाँ गइरहेका तिन जना मानिसहरूलाई तपाईंले भेट्टाउनुहुनेछ । 4 तिनीहरूले तपाईंलाई अभिादन गर्नेछन् र तपाईंलाई दुई वटा रोटी दिनेछन्, जुन तपाईंले तिनीहरूका हातबाट लिनुहुनेछ । 5 त्यसपछि तपाईं परमप्रभुको पर्वतमा आउनुहुनेछ, जहाँ पलिस्तीहरूको चौकी छ । जब तपाईं सहरमा आइपुग्‍नुहुनेछ, तब तपाईंले वीणा, खैंजडी, बाँसुरी र सितार अगिअगि बजाउँदै तल आइरहेको भेट्टाउनुहुनेछ । तिनीहरूले अगमवाणी गरिरहेका हुनेछन् । 6 परमप्रभुको आत्मा तपाईंमाथि आउनुहुनेछ र तिनीहरूसँगै तपाईंले पनि अगमवाणी बोल्‍नुहुनेछ, र तपाईं एक जना अर्कै मानिस बद्लनुहुनेछ । 7 त्‍यति बेला जब यी चिन्हहरू तपाईंमा हुनेछन्, तब तपाईंको हातले जे भेट्टाउँछ सो गर्नुहोस्, किनकि परमेश्‍वर तपाईंसँग हुनुहुन्‍छ ।
  • १ राजा 22:25 : 25 मीकायाले भने, “हेर, तिमी भित्र कोठामा लुक्न जाँदा त्यस दिन तिमी आफैले देख्ने छौ ।”
  • १ इति 6:60 : 60 अनि बेन्‍यामीनको कुलबाट तिनीहरूले खर्कहरूसहित गेबा, खर्कहरूसहित आलेमेत, खर्कहरूसहित अनातोत दिए । तिनीहरूका सहरहरू जम्‍मा तेह्र वटा थिए । यी सहरहरू कहातीका तेह्र वंशहरू माझमा बाँडियो ।
  • १ राजा 2:26 : 26 तब राजाले पुजारी अबियाथारलाई भने, “तिम्रो आफ्नै जग्गा अनातोतमा जाऊ । तिमी मृत्युको लायक छौ, तर मेरा पिता दाऊदको सामु तिमीले परमप्रभुको सन्दुक बोकेकाले र मेरा पिताजस्तै हरेक मार्गमा तिमीले दुःख भोगेकाले तिमीलाई म यस बेला मार्दिनँ ।”
  • जक 11:11 : 11 त्यस दिन त्यो करार तोडियो, र भेडाको हेरचाह गर्नेहरू र मलाई हेर्नेहरूले परमप्रभु बोल्नुभएको थाहा पाए ।
  • यूह 4:53 : 53 त्‍यसपछि यो येशूले “तिम्रो छोरा बाँच्‍छ” भन्‍नुभएको घडी थियो भन्‍ने ती बुबाले महसुस गरे । यसकारण तिनी र तिनका आफ्ना सम्‍पूर्ण घरानाले विश्‍वास गरे ।
  • प्रेरि 10:17-28 : 17 आफूले देखेको दर्शनको अर्थ के होला भनेर पत्रुस अन्योलमा परिरहँदा कर्नेलियसले पठाइएका मानिसहरू ढोकाको सामु खडा भए । तिनीहरू घर खोज्दै त्यहाँ आइपुगेका थिए । 18 पत्रुस भनिने सिमोन त्यहाँ बसिरहेका छन् कि छैनन् भनी तिनीहरूले सोधे । 19 पत्रुसले दर्शनको बारेमा अझै सोचिरहेकै बेला पवित्र आत्माले तिनलाई भन्‍नुभयो, “हेर, तिन जना मानिसले तिम्रो खोजी गर्दैछन् । 20 उठ र तल जाऊ अनि तिनीहरूसँगै लाग । तिनीहरूसँगै जानदेखि नडराऊ किनकि मैले नै तिनीहरूलाई पठाएको हुँ ।” 21 त्यसैले, पत्रुस ती मानिसहरूकहाँ ओर्ले र तिनले भने, “तपाईंहरूले खोजिरहनुभएको व्यक्ति मै हुँ । तपाईंहरू किन आउनुभएको?” 22 तिनीहरूले भने, “परमेश्‍वरको आराधना गर्ने कर्नेलियस नाउँ गरेका कप्‍तान धर्मी मानिस हुनुहुन्छ जो सारा यहूदी जातिको बिचमा प्रसिद्ध हुनुहुन्छ । परमेश्‍वरका पवित्र स्वर्गदूतले तपाईंलाई बोलाएर उहाँको घरमा ल्याऊ भनी उहाँलाई आज्ञा दिए ताकि उहाँले तपाईंको सन्देश सुन्‍न सकून् ।” 23 त्यसैले, पत्रुसले तिनीहरूलाई भित्र आई तिनी र तिनका मानिसहरूसित बस्‍न निमन्‍त्रणा दिए । भोलिपल्‍ट बिहान पत्रुस उठे र तिनीहरूसँगै गए । योप्पाका केही भाइहरू पनि तिनीसँगै लागे । 24 अर्को दिन तिनीहरू कैसरिया आइपुगे । कर्नेलियसले तिनीहरूको प्रतीक्षा गर्दै थिए । तिनले आफ्ना नातेदारहरूसाथै घनिष्‍ठ मित्रहरूलाई पनि बोलाएका थिए । 25 पत्रुस भित्र पसेपछि कर्नेलियसले तिनलाई स्वागत गरे र तिनको सम्मान गर्दै तिनले दण्डवत् गरे । 26 तर पत्रुसले तिनलाई उठाएर भने, “उठ्नुहोस् । म आफैँ पनि केवल मानिस हुँ ।” 27 पत्रुस तिनीसित बातचित गरिरहँदा तिनी भित्र प्रवेश गरे र धेरै मानिसहरू जम्मा भएका देखे । 28 पत्रुसले तिनीहरूलाई भने, “तपाईंहरूलाई थाहा छ कि एउटा यहूदीले अर्को जातिका मानिसहरूसित सङ्गत गर्नु वा तिनीहरूलाई भेटघाट गर्नु अनुचित कार्य हो । तर मैले कुनै पनि मानिसलाई अशुद्ध वा अपवित्र भन्‍नु हुँदैन भनी परमेश्‍वरले मलाई देखाउनुभएको छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यिर्मि 32:6-7
    2 पदहरू
    92%

    6यर्मियाले भने, “परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

    7तेरो काका शल्लूमको छोरो हनमेल तँकहाँ आउँदैछ, र उसले यसो भन्‍नेछ, ‘अनातोतमा भएको मेरो खेत किन्‍नुहोस्, किनकि त्यो किन्‍ने हक तपाईंकै हो ।'

  • 87%

    9त्यसैले मेरो काकाको छोरो हनमेलबाट अनातोतमा भएको खेत मैले किनें, र त्यसलाई चाँदीको सत्र सेकेलको दाम जोखेर दिएँ ।

    10तब मैले तमसुकमा सही गरी छाप लगाएँ, र मैले यसको लागि साक्षीहरू राखेँ । मैले तराजुमा चाँदी जोखेर दिएँ ।

    11आज्ञा र विधानहरूको अनुसरण गरेर मैले छाप लगाइएको र नलागाइएको तमसुक लिएँ ।

    12मेरो काकाको छोरो हनमेल, तमसुकका साक्षीहरू र गारदको चोकमा बसेका सबै यहूदीका सामुन्‍ने छाप लगाइएको तमसुक मैले नेरियाहका छोरा, मसेयाहका नाति बारूकलाई दिएँ ।

    13तिनीहरूकै सामु मैले बारूकलाई आज्ञा दिएँ । मैले यसो भनें,

    14“सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः छाप लगाइएको र नलगाइएको तमसुकका यी दुवै प्रतिका यी कागजपत्र समात् र यिनलाई एउटा माटोको भाँडोमा हाल्‌, यसरी लामो समयसम्म ती रहनेछन् ।

    15किनकि सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः यस देशमा घरहरू, जमिनहरू र दाखबारीहरू फेरि किनिनेछन् ।”

    16नेरियाहका छोरा बारूकलाई खेत किनेको तमसुक दिएपछि मैले परमप्रभुलाई प्रार्थना चढाएँ र यसो भने,

  • 75%

    43तब यस देशमा जमिनहरू किनिनेछन्, जसको विषयमा तिमीहरू भन्दैछौ, 'यो उजाड पारिएको देश हो, जसमा न त मानिस छ, न पशु छ । यसलाई कल्दीहरूको हातमा दिइएको छ ।'

    44तिनीहरूले चाँदीले जमिन किन्‍नेछन्, र मुट्ठो लेखेर छाप लगाउनेछन् । तिनीहरूले बेन्यामीनको इलाकामा, सारा यरूशलेमको चारैतिर, र यहूदाका सहरहरू, पहाडी देशहरूका सहरहरू र तराई र नेगेवका सहरहरूमा साक्षीहरू भेला गर्नेछन् । किनकि म तिनीहरूको सुदिन फर्काउनेछु, यो परमप्रभुको घोषणा हो ।”

  • 75%

    24हेर्नुहोस्, यो सहर कब्जा गर्नलाई घेर-मचान सहरसम्मै आइपुगेको छ । तरवार, अनिकाल, विपत्तिको कारणले यो सहरको विरुद्धमा लडाइँ गर्ने कल्दीहरूको हातमा यसलाई दिइएको छ । किनकि जे हुनेछ भनी तपाईंले भन्‍नुभयो, त्यो हुँदैछ, र तपाईंले त्‍यो हेर्दै हुनुहुन्‍छ ।

    25तब तपाईं आफैले मलाई भन्‍नुभयो, “यो सहर कल्दीहरूको हातमा दिंदै गरेको भए तापनि चाँदीको दाम तिरेर तेरो निम्‍ति एउटा खेत किन र त्‍यसको निति साक्षीहरू राख ।”

    26त्‍यसपछि परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,

  • 8तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • रूत 4:3-4
    2 पदहरू
    69%

    3बोअजले नजिकका कुटुम्बलाई भने, “मोआब देशबाट फर्केर आएकी नाओमीले हाम्रो दाज्यू एलीमेलेकको जग्गाको टुक्रा बेच्दैछिन् ।

    4'यहाँ बसिरहेकाहरूको उपस्थितिमा र मेरा मानिसहरूको धर्मगुरुहरूको उपस्थितिमा यसलाई किन्‍नुहोस्' भनी तपाईंलाई जानकारी दिने मैले विचार गरेँ । यदि तपाईंले यसलाई छुट्टाउन चाहनुहुन्छ भने, छुट्टाउनु होस्, ताकी मैले जान्‍न सकुँ, किनभने तपाईं र तपाईंपछि मबाहेक यसलाई छुट्टाउने कोही छैन ।” अर्को मानिसले भने, “म यसलाई छुट्टाउँछु ।”

  • 9यसैकारण परमप्रभुको यस्तो वचन मकहाँ आयो,

  • 1¶ त्यही वर्ष अर्थात् यहूदाका राजा सिदकियाहले राज्‍य गरेको चौथो वर्षको पाँचौं महिनामा अज्‍जूरका छोरा, गिबोनमा बस्‍ने अगमवक्ता हनन्याहले परमप्रभुको मन्दिरमा पुजारीहरू र सबै मानिसको सामु मसित बोले । तिनले भने,

  • 8राजा सिदकियाहले यरूशलेमका सबै मानिससित तिनीहरूको छुटकाराको घोषणा गर्ने करार बाँधेपछि यर्मियाकहाँ परमप्रभुको यो वचन आयो,

  • 24पुनर्स्थापनाको वर्षमा त्यो जमिन जसबाट किनिएको थियो अर्थात् त्यस जमिनको मालिककहाँ नै फिर्ता जाने छ ।

  • 23त्यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 38यो परमप्रभुको घोषणा हो, “हेर्, यस्‍ता दिनहरू आउँदैछन्‌, जुन बेला यो सहर हननेलको धरहरादेखि कुने-ढोकसम्मै पुनर्निर्माण गरिनेछ ।

  • 19त्यसपछि तिनले एक सय चाँदीका सिक्‍कामा शकेमका पिता हमोरका छोराहरूबाट एउटा जग्गा किने र त्यहीँ नै आफ्नो पाल टाँगे ।

  • 5त्यसैले परमप्रभुको मन्दिरमा खडा भएका पुजारीहरू र सबै मानिसको सामु यर्मिया अगमवक्ताले हनन्याह अगमवक्तासित बोले ।

  • 17त्‍यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ भयो,

  • 1¶ तब यर्मिया गारदको चोकमा थुनिएकै अवस्थामा परमप्रभुको वचन दोस्रो पटक तिनीकहाँ यसो भनेर आयो,

  • 6परमप्रभुले मलाई भन्‍नुभयो, “यहूदाका सहरहरू र यरूशलेमका सडकहरूका यी सबै कुराको घोषणा गर् । यसो भन्, 'यस करारका वचनहरूलाई सुन र तिनलाई कार्यावन्यन गर ।

  • 32अनातोत, नोब र हननिया,

  • 22यदि कुनै मानिसले आफूले किनेको जमिन परमप्रभुको निम्ति अलग गर्दछ, तर त्यो जमिन त्यसको परिवारको जमिनको भाग होइन भने,

  • 8यही कारणले त्यस जमिनलाई आजको दिनसम्‍म पनि “रगतको जमिन” भनिन्‍छ ।

  • 12त्यसैले परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,

  • 15अनि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 12हनन्याह अगमवक्ताले यर्मिया अगमवक्ताको काँधबाट जुवा निकालेर भाँचेपछि परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,

  • लैव्य 27:19-20
    2 पदहरू
    67%

    19यदि त्यो जमिन अलग गर्ने मानिसले त्यो छुटाउन चाहेमा त्यसले त्यसको मूल्यमा पाँचौँ भाग थपोस्, र त्यो त्यसको हुने छ ।

    20तर यदि त्यसले त्यो जमिनलाई छुटाएन, वा त्यसले त्यो जमिन कुनै अर्को मानिसलाई बेचेको भए, त्यो अब फेरि छुटाउन मिल्दैन ।

  • 8त्‍यसपछि बिहान परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 24तिमीहरूले हासिल गरेका सबै जग्‍गाको निम्ति छुटकाराको अधिकार दिनू; तिमीहरूले जुन परिवारबाट जग्‍गा किन्यौ त्यही परिवारलाई त्यो जग्‍गा किन्‍ने मौका दिनू ।

  • 2त्यस बेला बेबिलोनका राजाको सेनाले यरूशलेमलाई घेराबन्दी गर्दै थियो, र यर्मिया अगमवक्ता यहूदाका राजमहलको गारदको चोकमा थुनामा राखिएका थिए ।

  • 17यसरी मक्‍पेलामा मम्रेनेरको एप्रोनको खेत र त्‍यसभित्र भएका ओडार र रूखहरूसमेत एप्रोनले

  • 14त्‍यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 4परमप्रभुको यो वचन यसो भनेर मकहाँ आयो,

  • 2यसैले मैले त्यसलाई मेरो निम्ति पन्ध्र शेकेल चाँदी र अढाइ मुरी जौ तिरेर किनें ।

  • 5तरै पनि हाम्रा शरीर हाम्रा दाजुभाइहरूका शरीर जस्तै हुन्, र हाम्रा छोराछोरीहरू तिनीहरूका छोराछोरीहरूजस्तै हुन् । हाम्रा छोराछोरीहरूलाई कमारा-कमारी बन्‍नको लागि बेच्न हामी बाध्य छौँ । हाम्रा केही छोरीहरू पहिले नै कमारी भइसकेका छन् । अरू मानिसहरूले हाम्रा खेतहरू र हाम्रा दाखबारीहरू अधिकार गरेकाले हामीसित मदत गर्ने खुबी छैन ।”

  • 15यर्मिया गारदको चोकमा गिरफ्तार भएकै बेलामा परमप्रभुको वचन यसो भनेर तिनीकहाँ आयो,

  • 15तर तिमीहरू आफैले चाहिं पश्‍चात्ताप गरेका र मेरो दृष्‍टिमा जे ठिक छ, सो गर्न थालेका छौ । तिमीहरू हरेकले आफ्नो छिमेकीलाई स्वतन्त्रताको घोषणा गर्‍यौ, र मेरो नाउँद्वारा कहलाइने मन्दिरमा तिमीहरूले मेरो सामु करार बाँध्यौ ।

  • 1¶ तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयोः

  • 3किनकि यस्‍ता दिनहरू आउँदैछन्, जति बेला म आफ्‍ना जाति, इस्राएल र यहूदाको सुदिन पुनर्स्थापित गराउनेछु, यो परमप्रभुको घोषणा हो । म परमप्रभुले नै यो भनेको हुँ । किनकि मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशमा म तिनीहरूलाई फर्काएर ल्याउनेछु, र तिनीहरूले त्‍यसमा अधिकार गर्नेछन् ।”