यिर्मिया 44:23

अनलक शाब्दिक बाइबल

तिमीहरूले धुप बालेका र परमप्रभुको विरुद्धमा पाप गरेको कारणले अनि तिमीहरूले उहाँको स्‍वोर, उहाँको व्यवस्था, उहाँका विधानहरू वा उहाँका करारका आदेशहरू पालन नगरेको कारणले तिमीहरूको विरुद्धमा यो विपत्ति आएको हो, जस्तो आजको दिनसम्म छ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ राजा 9:9 : 9 अरूहरूले जवाफ दिने छन्, ' तिनीहरूले तिनीहरूका पिता-पुर्खाहरूलाई मिश्र देशबाट ल्याउनुहुने तिनीहरूका परमेश्वर परमप्रभुलाई त्यागी अरू देवताहरूको पछि लागी तिनीहरूको सामु निहुरी तिनीहरूलाई पुजेकाले परमप्रभुले तिनीहरूमाथि यी सबै विपत्ति ल्याउनुभएको हो' ।”
  • दानी 9:11-12 : 11 तपाईंको वचन पालन गर्नलाई इन्‍कार गरेर सबै इस्राएलले तपाईंको व्यवस्थाको विरुद्धमा अपराध गरेका छन्। परमेश्‍वरका सेवक मोशाका व्यवस्थामा लेखिएका सराप र प्रतिज्ञा हामीमाथि खनिएका छन्, किनकि हामीले उहाँको विरुद्ध पाप गरेका छौं। 12 परमप्रभुले हामीमाथि ठुलो विपत्ति ल्याउनुभएर उहाँले हामी र हाम्रा शासकहरूका विरुद्धमा बोल्नुभएका वचनहरू पुरा गर्नुभएको छ । किनभने यरूशलेमलाई जे गरिएको छ सारा स्वर्गमुनि त्यस्तो कहिल्यै गरिएको छैन ।
  • नहे 13:18 : 18 के तपाईंहरूका पुर्खाहरूले यसै गरेका होइनन् र? के हाम्रा परमेश्‍वरले हामी र हाम्रो सहरमाथि यी सबै खराबी ल्याउनुभएको होइन र? अब शबाथलाई अपवित्र पारी तपाईंहरूले इस्राएलमाथि अझै धेरै क्रोध ल्याउँदै हुनुहुन्छ ।”
  • भजन 119:150 : 150 मेरो सतावट गर्नेहरू मेरो नजिक आइरहेका छन्, तर तिनीहरू तपाईंको व्यवस्थाबाट धेरै टाढा छन् ।
  • भजन 119:155 : 155 उद्धारचाहिं दुष्‍टहरूदेखि धेरै टाढा हुन्‍छ, किनकि तिनीहरूले तपाईंका विधिहरू मन पराउँदैनन् ।
  • यिर्मि 7:13-15 : 13 त्यसैले अब यो परमप्रभुको घोषणा हो, तिमीहरूका यी सबै अभ्यासको बारेमा तिमीहरूसित म बेलाबेलामा बोलेँ, तर तिमीहरूले सुनेनौ । मैले तिमीहरूलाई बोलाएँ, तर तिमीहरूले जवाफ दिएनौ । 14 त्यसकारण मैले शीलोलाई जे गरें, मेरो नाउँद्वारा बोलाइने यस मन्दिरलाई पनि म त्यसै गर्नेछु, तिमीहरूले भरोसा गरेको यो घर हो, जुन मैले तिमीहरू र तिमीहरूका पुर्खाहरूलाई दिएँ । 15 जसरी मैले तिमीहरूका सबै दाजुभाइ अर्थात् एफ्राइमका सबै सन्तानलाई निकालेँ, त्यसरी नै मेरो सामुबाट म तिमीहरूलाई निकाल्नेछु ।”
  • यिर्मि 32:31-33 : 31 परमप्रभु घोषणा गर्नुहुन्छ, ‘तिनीहरूले यस सहरलाई बनाएको दिनदेखि यसले मेरो रिस र क्रोधको पाएको छ । आजको दिनसम्‍म पनि यस्‍तै भएको छ । त्यसैले म यसलाई मेरो मुहारबाट हटाउनेछु । 32 इस्राएल र यहूदाका मानिसहरूका, तिनीहरू, तिनीहरूका राजाहरू, राजकुमारहरू, पुजारीहरू, अगमवक्ताहरू अनि यहूदाको हरेक मानिस र यरूशलेमको हरेक बासिन्दाले मलाई रिस उठाउनलाई गरेका सारा दुष्‍ट कुराहरू कारणले म त्‍यो गर्नेछु । 33 मैले तिनीहरूलाई उत्सुकतापूर्वक सिकाए तापनि तिनीहरूले आफ्ना मुहार मतिर फर्काउनुको साटो पिठिउँ फर्काएका छन् । मैले तिनीहरूलाई सिकाउने कोसिस गरें, तर सुधारलाई स्वीकार गर्न तीमध्‍ये एक जनाले पनि ध्यान दिएन ।
  • यिर्मि 40:3 : 3 त्यसैले परमप्रभुले नै यो विपत्ति ल्याउनुभयो । उहाँले भन्‍नुभएझैं उहाँले गर्नुभयो, किनकि तिमीहरूले उहाँको विरुद्धमा पाप गर्‍यौ, र उहाँको कुरा मानेनौ । त्यसकारण यो विपत्ति तिमीहरूमाथि आइपरेको हो ।
  • यिर्मि 44:8 : 8 तिमीहरूका हातका कामहरूद्वारा, तिमीहरू बस्‍न गएका मिश्रदेशमा अरू देवताहरूलाई धुप बालेर तिमीहरूका हातले गरेका कामका दुष्‍टता तिमीहरूले मलाई चोट पुर्‍याएका छौ । तिमीहरू नष्‍ट गरिन र पृथ्वीका सबै जातिका बिचमा सराप र निन्दाको पात्र बन्‍न तिमीहरू त्यहाँ गएका छौ ।
  • यिर्मि 44:18 : 18 हामीले स्वर्गकी रानीलाई धुप बाल्न र उनलाई अर्घबलिहरू खन्याउन छोड्दा हामी सबै जनाले गरिबी भोग्दै थियौँ अनि हामी तरवार र अनिकालले मर्दै थियौँ ।”
  • यिर्मि 44:21 : 21 “के तिमीहरू, तिमीहरूका पुर्खाहरू, तिमीहरूका राजाहरू, अगुवाहरू र देशका मानिसहरूले यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा चढाएका धुपलाई परमप्रभुले सम्झनुभएन र? किनकि परमप्रभुले यो सम्झनुहुन्छ । यो उहाँको विचारमा आउँछ ।
  • विलाप 1:8 : 8 यरूशलेमले घोर पाप गर्‍यो । त्यो अशुद्ध वस्तुजस्तै तिरस्कृत भएको छ । त्यसलाई आदर गर्ने सबैले अहिले त्यसलाई तिरस्कार गर्छ, किनकि तिनीहरूले त्यसको नग्‍नता देखेका छन् । त्यसले सुस्केरा हाल्छ, र भाग्‍ने कोसिस गर्छ ।
  • भजन 78:56 : 56 तापनि तिनीहरूले सर्वोच्‍च परमेश्‍वरलाई चुनौति दिए र अवज्ञा गरे, अनि उहाँका गम्भीर आज्ञाहरू पालन गरेनन् ।
  • २ इति 36:16 : 16 तर परमप्रभुको क्रोध उहाँका मानिसहरूमाथि नपरुञ्जेल र सहायता आउने बाटो बन्द हुनेगरी तिनीहरूले उहाँका दूतहरूको गिल्ला गरे, उहाँको वचनहरूको निन्दा गरे र उहाँका अगमवक्ताहरूलाई हाँसोमा उडाए ।
  • १ कोरि 10:20 : 20 तर म अन्यजाति मूर्तिपूजकहरूको बलिदानको बारेमा भन्दछु, कि तिनीहरूले यी कुराहरू भूतहरूलाई चढाउँछन्, परमेश्‍वरलाई होइन! तिमीहरू भूतहरूसँग सहभागी होओ भन्‍ने म चाहन्‍नँ ।
  • २ कोरि 6:16 : 16 र परमेश्‍वरको मन्दिर र मूर्तिहरूबिच के सम्झौता? त्यसकारण, हामीहरू जीवित परमेश्‍वरका मन्दिर हौँ, जसरी उहाँले भन्‍नुभएको छः “म तिनीहरूका बिचमा हिँड्नेछु र बास गर्नेछु । म तिनीहरूका परमेश्‍वर हुनेछु र तिनीहरू मेरा मानिसहरू हुनेछन् ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 83%

    21“के तिमीहरू, तिमीहरूका पुर्खाहरू, तिमीहरूका राजाहरू, अगुवाहरू र देशका मानिसहरूले यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा चढाएका धुपलाई परमप्रभुले सम्झनुभएन र? किनकि परमप्रभुले यो सम्झनुहुन्छ । यो उहाँको विचारमा आउँछ ।

    22तब तिमीहरूका दुष्‍ट अभ्यासहरूका कारणले र तिमीहरूले गरेका घिनलाग्दा कुराहरूको कारणले उहाँले यसलाई सहन सक्‍नुभएन । तब तिमीहरूको देश उजाड, त्रास र सराप बन्यो, यसैले आजको दिनसम्म त्यहाँ एक जना बासिन्‍दा छैन ।

  • 80%

    5तर तिनीहरूले सुनेनन् । अरू देवताहरूलाई धुप बाल्ने तिनीहरूको दुष्‍टताबाट ध्‍यान हटाउने वा फर्कने कुरालाई तिनीहरूले इन्‍कार गरे ।

    6त्यसैले यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा मेरो रिस र क्रोध खन्याइयो, र आगो लगाइयो । ती उजाड र सर्वनाश भए, जस्तो आजको दिनसम्‍म छ ।'

    7त्यसैले अब परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'आफ्नै विरुद्धमा तिमीहरू किन ठुला-ठुला दुष्‍ट काम गर्दैछौ? यहूदाका पुरुषहरू, स्‍त्रीहरू, बालबालिका तथा दूधे बालकहरूबाट किन आफै बहिष्कृत हुँदैछौ? तिमीहरूका कोही पनि बाँकी छाडिनेछैनौ ।

    8तिमीहरूका हातका कामहरूद्वारा, तिमीहरू बस्‍न गएका मिश्रदेशमा अरू देवताहरूलाई धुप बालेर तिमीहरूका हातले गरेका कामका दुष्‍टता तिमीहरूले मलाई चोट पुर्‍याएका छौ । तिमीहरू नष्‍ट गरिन र पृथ्वीका सबै जातिका बिचमा सराप र निन्दाको पात्र बन्‍न तिमीहरू त्यहाँ गएका छौ ।

    9तिमीहरूका पुर्खाहरू अनि यहूदाका राजाहरू र तिनीहरूका पत्‍नीहरूले गरेका दुष्‍टतालाई के तिमीहरूले बिर्सेका छौ? यहूदा देशमा र यरूशलेमका सडकहरूमा तिमीहरू आफै र तिमीहरूका पत्‍नीहरूले गरेका दुष्‍ट कामलाई के तिमीहरूले बिर्सेका छौ?

    10आजको दिनसम्म पनि तिनीहरू नम्र भएका छैनन् । मैले तिनीहरू र तिनीहरूका पुर्खाहरूका सामु राखेको मेरा व्यवस्था वा विधानहरूलाई तिनीहरूले आदर गर्दैनन्, न त तिनीहरू तीअनुसार हिंड्छन् ।'

  • यिर्मि 44:2-3
    2 पदहरू
    80%

    2“सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘यरूशलेम र यहूदाका सबै सहरमाथि मैले ल्याएका विपत्तिहरू तिमीहरू आफैले देखेका छौ । हेर, आज ती भग्‍नावशेष भएका छन् । तिनमा बस्‍ने कोही छैन ।

    3धुप बाल्न र अरू देवताहरूको पुजा गर्न गएर तिनीहरूले मलाई चोट पुर्‍याउनलाई गरेका तिनीहरूका दुष्‍ट कुराहरूले गर्दा यसो भएको हो । यी देवताहरूलाई न तिनीहरूले चिन्दथे, न तिमीहरू चिन्छौ, न त तिमीहरूका पुर्खाहरूले चिन्दथे ।'

  • यिर्मि 40:2-3
    2 पदहरू
    79%

    2अङ्गरक्षकका कप्‍तानले यर्मियालाई लगे र भने, “परमप्रभु तिम्रा परमेश्‍वरले यस ठाउँको लागि यो विपत्तिको आज्ञा दिनुभयो ।

    3त्यसैले परमप्रभुले नै यो विपत्ति ल्याउनुभयो । उहाँले भन्‍नुभएझैं उहाँले गर्नुभयो, किनकि तिमीहरूले उहाँको विरुद्धमा पाप गर्‍यौ, र उहाँको कुरा मानेनौ । त्यसकारण यो विपत्ति तिमीहरूमाथि आइपरेको हो ।

  • २ इति 34:24-26
    3 पदहरू
    77%

    24‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: हेर्, मैले यहूदाका राजाको सामुन्‍ने पढेको पुस्तकमा लेखिएका सबै सरापहरू यो ठाउँ र त्यसका मानिसहरूमाथि ल्याउन लागेको छु ।

    25यस्तो हुनेछ किनकि तिनीहरूले मलाई त्यागेका छन्, र अरू देवताहरूलाई धूप बालेका छन्, र तिनीहरूका हातले बनाएका सबै कुराले मलाई रिस उठाएका छन्, यसैकारण मेरो क्रोध यस ठाउँमाथि खन्याइने छ, र यो निभाइने छैन’ ।

    26तर तिनले के गर्नुपर्छ भनेर परमप्रभुलाई सोधपुछ गर्न तिमीहरूलाई पठाउने यहूदाका राजालाई यही कुरा भनिदेओ, ‘तपाईंले सुन्‍नुभएको वचनको विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ:

  • २ राजा 22:16-18
    3 पदहरू
    75%

    16“परमप्रभु यसो भन्‍नुहुन्छः हेर्, यहूदाका राजाले यस पुस्तकमा पढेअनुसार यस ठाउँ र यसका बासिन्दाहरूमा म विपत्ति ल्याउनेछु ।

    17किनकि तिनीहरूले मलाई त्यागे अनि अन्य देवताहरूलाई धूप बाले, यसरी तिनीहरूले गरेका सबै कामले तिनीहरूले मलाई रिस उठाए— यसकारण यस ठाउँको विरुद्धमा मेरो क्रोध दन्केको छ, र यो निभाइने छैन' ।”

    18तर परमप्रभुको इच्छा जान्‍न तिमीहरूलाई पठाउने यहूदाका राजालाई चाहिं तिमीहरूले यसो भन, 'तपाईंले सुन्‍नुभएको वचनको विषयमा इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः

  • 16अरू देवताहरूलाई धुप बालेर र तिनीहरूका आफ्नै हातले बनाएका वस्तुहरूलाई पुजा गरेर मलाई त्यागेका हुनाले तिनीहरूका सबै दुष्‍ट कामको विरुद्धमा म इन्साफ गर्नेछु ।

  • 13परमप्रभु भन्‍नुहुन्छ, “मैले तिनीहरूका सामु राखेको मेरो व्यवस्थालाई तिनीहरूले त्यागेका हुनाले, तिनीहरूले मेरो आवाज सुनेर त्यसद्वारा नहिंडेका हुनाले यस्तो भएको हो ।

  • २ इति 29:7-8
    2 पदहरू
    74%

    7तिनीहरूले दलानका ढोकाहरू पनि बन्‍द गरिदिए र बत्तीहरू निभाए । तिनीहरूले इस्राएलका परमेश्‍वरको पवित्रस्‍थानमा धूप बाल्‍न र होमबलि चढाउन छोडिदिए ।

    8यसकारण परमप्रभुको क्रोध यहूदा र यरूशलेममाथि परेको थियो, र उहाँले तिनीहरूलाई डर, आतङ्क र घृणाका पात्र बनाउनुभएको छ, जस्‍तो तिमीहरूका आफ्नै आँखाले तिमीहरू देख्‍न सक्छौ ।

  • 74%

    15तब आफ्‍ना पत्‍नीहरूले अरू देवताहरूलाई धुप बाल्दैथिए भनी थाहा पाएका त्यस ठुलो सभाका सबै मानिस र उक्‍त सभामा भएका सबै स्‍त्री अनि तल्लो र माथिल्लो मिश्रमा बस्‍ने सबै यहूदीले यर्मियालाई जवाफ दिए,

    16तिनीहरूले भने, “परमप्रभुको नाउँमा तिमीले हामीलाई भनेका वचनका तिम्रा कुरा हामी सुन्‍नेछैनौं ।

    17किनकि हामीले गर्नेछौं भनेका सबै कुरा हामी निश्‍चय नै गर्नेछौं, अर्थात् स्वर्गकी रानीलाई धुप बाल्नेछौं, अनि यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा हामी, हाम्रा पुर्खाहरू, हाम्रा राजाहरू र हाम्रा अगुवाहरूले गरेझैं हामी तिनको निम्‍ति अर्घबलिहरू खन्याउनेछौं । तब हामी भोजनले भिपूर्ण हुनेछौं, र कुनै विपत्तिविना हाम्रो उन्‍नति हुनेछ ।

    18हामीले स्वर्गकी रानीलाई धुप बाल्न र उनलाई अर्घबलिहरू खन्याउन छोड्दा हामी सबै जनाले गरिबी भोग्दै थियौँ अनि हामी तरवार र अनिकालले मर्दै थियौँ ।”

  • 23त्यसैले तिनीहरू यसभित्र पसे र यसको अधिकार गरे । तर तिनीहरूको तपाईंको कुरा मानेनन् वा तपाईंको व्यवस्थाअनुसार जिएनन् । तपाईंले तिनीहरूलाई आज्ञा गर्नुभएका कुनै पनि कुरा तिनीहरूले मानेनन्, त्यसैले तपाईंले तिनीहरूमाथि यी सबै विपत्ति ल्याउनुभयो ।

  • 17इस्राएलको घराना र यहूदाको घरानाले गरेका दुष्‍ट कामहरूको कारणले तिमीहरूलाई रोप्नुहुने सर्वशक्तिमान् परमप्रभुले तिमीहरूको विरुद्धमा विपत्तिको आदेश दिनुभएको छ— तिनीहरूले बाल देवतालाई भेटीहरू चढाएर मलाई रिस उठाएका छन् ।”

  • 18र तेरा चाल र कामहरूले तँमाथि यी कुरा ल्याएका छन् । यो तेरो दण्ड हुनेछ । यो कति भयानक हुनेछ! यसले तेरो हृदयलाई नै प्रहार गर्नेछ ।

  • 30वेश्‍याले झैं तैंले काम गरेको, जातिहरूसँग कामुक भएको, उनीहरूका मूर्तिहरूद्वारा तँ अशुद्ध भएको हुनाले यी कुराहरू तँलाई हुनेछेन् ।

  • 22अरूले यस्‍तो जवाफ दिनेछन्, ‘किनभने तिनीहरूले आफ्‍ना परमप्रभु परमेश्‍वरलाई त्‍यागे जसले तिनीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट बाहिर निकालेर ल्‍याउनुभयो । अनि तिनीहरूले अरू देवताहरू स्‍थापना गरे र तिनीहरूको सामु दण्‍डवत गरे र तिनीहरूको पुजा गरे । यसैकारण परमप्रभुले यी सबै विपत्ति तिनीहरूमाथि ल्‍याउनुभयो ।’”

  • 73%

    24तब यर्मियाले सबै मानिस र सबै स्‍त्रीलाई भने, “हे मिश्रदेशमा भएका यहूदाका सबै मानिस हो, परमप्रभुको वचन सुन ।

    25सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः 'स्वर्गकी रानीलाई पुजा गर्न र उनलाई अर्घबलिहरू चढाउन हामीले खाएका भाकलहरूलाई हामी निश्‍चय नै पुरा गर्नेछौं' भनी तिमीहरू र तिमीहरूका पत्‍नीहरू दुवैले तिमीहरूका मुखले भनेका थियौ र तिमीहरूले आफ्ना हातले पुरा गरेका छौ । अब तिमीहरूका भाकलहरू पुरा गर । तिनलाई निरन्‍तर गर ।’

  • 14यसकारण परमप्रभुले विपत्तिलाई पठाउन तयार राख्‍नुभएको छ, र त्यो हामीमाथि ल्याउनुभएको छ, किनभने परमप्रभु हाम्रा परमेश्‍वर आफूले गर्नुहुने सबै काममा धर्मी हुनुहुन्छ, तापनि हामीले उहाँको वचन पालना गरेका छैनौं ।

  • 32इस्राएल र यहूदाका मानिसहरूका, तिनीहरू, तिनीहरूका राजाहरू, राजकुमारहरू, पुजारीहरू, अगमवक्ताहरू अनि यहूदाको हरेक मानिस र यरूशलेमको हरेक बासिन्दाले मलाई रिस उठाउनलाई गरेका सारा दुष्‍ट कुराहरू कारणले म त्‍यो गर्नेछु ।

  • 18किनकि सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः जसरी मेरो रिस र क्रोध यरूशलेमका बासिन्दाहरूमाथि खन्याइएको थियो, तिमीहरू मिश्रमा गयौ भने त्‍यसरी नै मेरो क्रोध खन्याइनेछ । तिमीहरू सराप र त्रासको पात्र, सराप खाने पात्र र अपमानको कुरा बन्‍नेछौ, र फेरि तिमीहरूले यो देश देख्‍नेछैनौ ।”

  • 11तपाईंको वचन पालन गर्नलाई इन्‍कार गरेर सबै इस्राएलले तपाईंको व्यवस्थाको विरुद्धमा अपराध गरेका छन्। परमेश्‍वरका सेवक मोशाका व्यवस्थामा लेखिएका सराप र प्रतिज्ञा हामीमाथि खनिएका छन्, किनकि हामीले उहाँको विरुद्ध पाप गरेका छौं।

  • 7तिनीहरूका पापहरू र तिनीहरूका पुर्खाहरूका पापहरूको निम्ति एकसाथ,” परमप्रभु भन्‍नुहुन्छ । “डाँडाहरूमाथि धूप बालेको र पहाडहरूमाथि मेरो गिल्‍ला गरेकोमा म तिनीहरूसँग बदला लिनेछु । यसकारण तिनीहरूको विगतका कामहरूलाई तिनीहरूको काखमा म नापिदिनेछु ।”

  • 11तिनीहरूका सामुबाट परमप्रभुले धपाउनुभएका जातिहरूले गरेजस्तै तिनीहरूले उच्‍च थानहरूमा धूप बाले । परमप्रभुलाई रिस उठाउनलाई इस्राएलीहरूले दुष्‍ट कुराहरू गरे,

  • 7तर तिमीहरूले मेरो कुरा सुनेका छैनौ । त्‍यसैले तिमीहरूको हानि गर्न तिमीहरूका हातको कामले उहालाई रिस उठाएका छौ, यो परमप्रभुको घोषणा हो ।’

  • 72%

    10तब तैंले यी सबै वचन यी मानिसलाई भन्‍नेछस्, र तिनीहरूले तँलाई भन्‍नेछन्, 'परमप्रभुले किन हाम्रो विरुद्धमा यो सबै ठुला विपत्तिको आदेश दिनुभएको छ? परमप्रभु हाम्रा परमेश्‍वरको विरुद्धमा हामीले गरेका अपराध र पाप के हो?'

    11त्यसैले तिनीहरूलाई यसो भन्, 'तिमीहरूका पुर्खाहरूले मलाई त्यागे र तिनीहरू अरू देवताहरूको पछि गए र पुजा गरे, र तिनीहरूको सामु निहुरे, यो परमप्रभुको घोषणा हो । तिनीहरूले मलाई त्यागे र र मेरो व्यवस्था पालन गरेका छैनन् ।

  • 17त्यसैले परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हेर, यहूदा र यरूशलेममा बसोबास गर्ने हरेकमाथि मैले तिनीहरूको विरुद्धमा घोषणा गरेका विपत्तीहरू ल्याउँदैछु, किनकि मैले तिनीहरूलाई बोलें, तर तिनीहरूले सुनेनन् । मैले तिनीहरूलाई बोलाएँ, तर तिनीहरूले जवाफै दिएनन् ।'”

  • 29त्यसैले मैले गलत गरेको छु भनी मलाई किन दोष लगाउँछस्? तिमीहरू सबैले मेरो विरुद्धमा पाप गरेका छौ, यो परमप्रभुको घोषणा हो ।

  • 15तेरो घाउको लागि किन मदतको माग्‍दैछस्? तेरो पीडालाई निको पार्न सकिंदैन । तेरा धेरै अधर्म र तेरा अनगिन्ती पापको कारणले मैले तँमाथि यी कुरा ल्याएको हुँ ।

  • 9तर तैँले तँभन्दा अगिका सबैले भन्दा दुष्ट काम गरेको छस् । तैँले अरू देवताका मूर्तिहरू र ढालेर बनाएका धातुका प्रतिमूर्तिहरू बनाएर मलाई रिस उठाएको छस्, र मलाई तेरो पीठपछि राखेको छस् ।

  • 15“सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हेर्, मैले यो सहर र यसका सबै नगरहरूको विरुद्धमा घोषणा गरेका सबै विपत्ति ल्याउनै लागेकोछु, किनकि तिनीहरू अटेरी भए र मेरा वचन सुन्‍न इन्कार गरे' ।”

  • 9अरूहरूले जवाफ दिने छन्, ' तिनीहरूले तिनीहरूका पिता-पुर्खाहरूलाई मिश्र देशबाट ल्याउनुहुने तिनीहरूका परमेश्वर परमप्रभुलाई त्यागी अरू देवताहरूको पछि लागी तिनीहरूको सामु निहुरी तिनीहरूलाई पुजेकाले परमप्रभुले तिनीहरूमाथि यी सबै विपत्ति ल्याउनुभएको हो' ।”

  • 29यो परमप्रभुको घोषणा हो, तिमीहरूका विरुद्धमा मैले तिमीहरूलाई यो ठाउँमा दिने चिन्‍हचाहिं यो हुनेछ, यसैले कि मेरो वचनले निश्‍चय पनि तिमीहरूलाई विपत्तिले आक्रमण गर्नेछ भनी तिमीहरूलाई थाहा होस् ।

  • 4परमप्रभु यस्तो भन्‍नुहुन्छः “यहूदाका तिन वा चारवटा पापका निम्‍ति समेत, दण्ड दिनबाट म पछि हट्‍नेछैनँ, किनभने तिनीहरूले परमप्रभुको व्यवस्थालाई तिरस्‍कार गरे, र उहाँका विधिहरू पालना गरेनन् । तिनीहरूका झुटले तिनीहरूलाई भ्रममा पार्‍यो, जसका पछि तिनीहरूका पुर्खाहरू पनि हिंडेका थिए ।