अय्यूब 10:9
म बिन्ती गर्छु, माटोलाई आकार दिएझैं तपाईंले मलाई बनाउनुभएको कुरा सम्झनुहोस् । के तपाईंले मलाई फेरि धूलोमा नै पुर्याउनुहुन्छ?
म बिन्ती गर्छु, माटोलाई आकार दिएझैं तपाईंले मलाई बनाउनुभएको कुरा सम्झनुहोस् । के तपाईंले मलाई फेरि धूलोमा नै पुर्याउनुहुन्छ?
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
5के तपाईंका दिनहरू मानव-जातिका दिनझैं, वा तपाईंका वर्ष मानिसका वर्षझैं छन्,
6तपाईंले मेरो अधर्मको जाँचबूझ गर्नुहुन्छ, र मेरो पाप खोज्न गर्नुहुन्छ,
7म दोषी छैनँ भनी तपाईं जान्नुहुन्छ, र कोही पनि छैन जसले मलाई तपाईंको हातबाट बचाउन सक्छ?
8तपाईंकै हातले सबैतिरबाट मलाई आकार दिएर, एकसाथ बनाए, तापनि तपाईंले मलाई नष्ट पार्दै हुनुहुन्छ ।
10के तपाईंले मलाई दूधझैं खन्याउनुभएको छैन, अनि पनीरझैं जमाउनुभएको छैन?
11तपाईंले मलाई छाला र मासुले ढाक्नुभएको छ, अनि हड्डी र नसाहरूले एकसाथ गाँस्नुभएको छ ।
5तपाईं सक्नुहुन्छ भने मलाई जवाफ दिनुहोस् । आफ्ना बहसहरू मेरो सामु क्रमैसित राख्नुहोस्, र खडा हुनुहोस् ।
6हेर्नुहोस्, परमेश्वरको दृष्टिमा तपाईं जस्तो हुनुहुन्छ म पनि त्यस्तै हुँ । म पनि माटैबाट रचना गरिएको हुँ ।
19उहाँले मलाई हिलोमा फाल्नुभएको छ । म धूलो र खरानीझैं भएको छु ।
12तपाईंहरूका सम्झनलायक भनाइहरू खरानीले बनेका उखानहरू हुन् । तपाईंहरूका सुरक्षा माटोले बनेका सुरक्षा हुन् ।
20त्यसको विपरीत, हे मानिस, परमेश्वरको विरुद्धमा जवाफहरू दिने तिमी को हौ? के आकार दिइएको थोकले आकार दिनेलाई यसो भन्छ, “तिमीले मलाई किन यस्तो बनाएको? ”
21के कुमालेसित उही माटोको डल्लोबाट विशेष प्रयोगको निम्ति प्रयोग गरिने भाँडो र दैनिक प्रयोगको निम्ति प्रयोग गरिने भाँडो बनाउने अधिकार हुँदैन र?
47मेरो आयु कति छोटो छ र तपाईंले मानवजातिका सबै सन्तानलाई कति बेकामको सृष्टि गर्नुभएको छ भनी विचार गर्नुहोस् ।
9त्यसलाई धिक्कार जसले आफूलाई बनाउनेसँग बहस गर्छ, जो जमिनमा भएका सबै माटोका भाँडाका माझमा अरू कुनै माटोको भाँडाजस्तै छ! के माटोले कुमालेलाई यसो भन्छ, 'तैंले के बनाउँदैछस्' वा तैंले बनाएको भाँडोमा हत्ता नै छैन?’
16तिमीहरूले कुराहरूलाई उल्टा बनाउँछौ! के कुमालेलाई माटोजस्तै ठान्ने, ताकि बनाइएको थोकले आफूलाई बनाउनेलाई यसो भनोस्, “त्यसले मलाई बनाएको होइन” वा बनाएको थोकले आफूलाई बनाउनेलाई भन्ने, “त्यसले मलाई बुझ्दैन”?
10मलाई चोट दिन छोड्नुहोस् । तपाईंको हातको मुक्काले म विह्वल भएको छु ।
15जब मलाई गुप्तमा बनाइयो, जब मलाई पृथ्वीको गहिराइमा जटिल किसिमले बनाइयो, तब मेरा हाडहरू तपाईंबाट लुकेका थिएनन् ।
18त्यसो भए, तपाईंले मलाई किन गर्भबाट बाहिर ल्याउनुभएको छ? मैले आफ्नो आत्मा त्यागेको भए, अनि कसैले कहिल्यै मलाई नदेखेको भए हुन्थ्यो ।
19म कहिल्यै अस्तित्वमा नभएजस्तो हुन्थें । म गर्भबाट नै चिहानमा लगिन्थें ।
20के मेरा दिनहरू थोरै मात्र छैनन् र? त्यसो भए, रोक्नुहोस्, मलाई नसताउनुहोस् जसले गर्दा केही क्षण म आराम गर्न सकूँ,
8तापनि, हे परमप्रभु, तपाईं हाम्रा पिता हुनुहुन्छ । हामी माटो हौं । तपाईं हाम्रो कुमाले हुनुहुन्छ । अनि हामी सबै तपाईंको हातका काम हौं ।
13दुखबाट टाढा तपाईंले मलाई पातालमा लुकाउनुहुन्छ, र तपाईंको रिस नमरेसम्म तपाईंले मलाई गुप्तमा राख्नुहुन्छ, र त्यहाँ म रहने समय तपाईंले तोक्नुहुन्छ, र मलाई याद गर्नुहुन्छ ।
15मलाई गर्भमा रच्नुहुनेले नै तिनीहरूलाई पनि रच्नुभएको होइन र? हामी सबैलाई उहाँले नै गर्भमा बनाउनुभएको होइन र?
3के तपाईंले यीमध्ये कुनैलाई हेर्नुहुन्छ? के तपाईंले मलाई आफूसँगै न्यायमा ल्याउनुहुन्छ?
4मैले पृथ्वीको जग बसाल्दा तँ कहाँ थिइस्? तँसित धेरै समझशक्ति छ भने मलाई भन् ।
20मैले पाप नै गरेको भए पनि, हे मानिसलाई हेर्नुहुने, त्यसले तपाईंलाइ के हुन्छ त? तपाईंले मलाई किन निसाना बनाउनुभएको छ जसको कारण म तपाईंको लागि बोझ छु?
21किन मेरो अपराध तपाईंले क्षमा गर्नुहुन्न र मेरो अधर्म हटाउनुहुन्न? अब म धूलोमा पल्टनेछु । तपाईंले मलाई ध्यानपूर्वक खोज्नुहुनेछ, तर मेरो अस्तित्व रहनेछैन ।”
22तपाईंले मलाई बतासमा उचाल्नुहुन्छ र त्यसले मलाई उडाउने बनाउनुहुन्छ । तपाईंले मलाई आँधीमा यताउता हुत्याउनुहुन्छ ।
15माटोको भाँडोको खपटोझैं मेरो बल सुकेको छ । मेरो जिब्रो मेरो तालुमा टाँसिन्छ । तपाईंले मलाई मृत्युको धूलोमा सुताउनुभएको छ ।
3तपाईंले मानिसलाई धूलोमा फर्काउनुहुन्छ, र तपाईं भन्नुहुन्छ, “ए मानवजातिका सन्तानहरू हो, फर्क ।”
4तर त्यसले बनाइरहेको माटोको भाँडो त्यसको आफ्नै हातमा बिग्रियो । त्यसैले उसले आफ्नो मन बद्ल्यो र आफ्नो दृष्टिमा असल लागेअनुसार अर्को भाँडो बनायो ।
5तब परमप्रभुको यो वचन यसो भनेर मकहाँ आयो,
6“ए इस्राएलका घराना हो, के म तिमीहरूलाई यही कुमालेले जस्तै गर्न सक्दिनँ र? यो परमप्रभुको घोषणा हो । हेर, ए इस्राएलका घराना हो, कुमालेको हातमा माटो भएझैं तिमीहरू मेरो हातमा तेस्तै छौ ।
14किनकि हामी कसरी बनिएका छौं भनी उहाँले जान्नुहुन्छ । हामी धूलो हौं भनी उहाँलाई थाहा छ ।
73तपाईंका हातहरूले मलाई बनाएका र आकार दिएका छन् । मलाई सुझबुझ दिनुहोस् ताकि म तपाईंका आज्ञाहरू सिक्न सकूँ ।
12मरेको मानिसलाई झैं मलाई भुलिएको जसलाई कसैले विचार गर्दैन । म फुटेको भाँडोजस्तै छु ।
9मेरो मृत्युमा म चिहानमा गएँ भने के फाइदा हुन्छ र? के धूलोले तपाईंको प्रशंसा गर्नेछ र? के त्यसले तपाईंको विश्वासनीयताको घोषणा गर्छ र?
4“हे परमप्रभु, मेरो जीवनको अन्त कहिले हुन्छ र मेरो समय कहिलेसम्म छ सो मलाई जान्न दिनुहोस् । म कति क्षणिक छु भनी मलाई देखाउनुहोस् ।
8के म अन्यायी छु भनेर तँ साँच्चै भन्छस्? तैंले आफू ठिक छु भनी दाबी गर्नलाई तँ मलाई दोष लगाउँछस्?
8तपाईंले मलाई सुक्खा पार्नुभएको छ, जसले मेरो विरुद्धमा साक्षी दिन्छ । मेरो शरीरको दुब्लोपन मेरो विरुद्धमा खडा हुन्छ, र यसले मेरो अनुहारको विरुद्धमा साक्षी दिन्छ ।
2म परमेश्वरलाई भन्नेछु, 'मलाई दोषी ठहराउने काम मात्र नगर्नुहोस् । तपाईंले मलाई किन दोष लगाउनुहुन्छ सो देखाउनुहोस् ।
10तपाईंको दन्कँदो रिसको कारणले तपाईंले मलाई तल फाल्नलाई माथि उचाल्नुभएको छ ।
5पुराना दिनहरूलाई म सम्झिन्छु । तपाईंका सबै कामहरू म ध्यान गर्छु । तपाईंका उपव्धीहरूमा म चिन्तन गर्छु ।
4मानवजातिको के महत्त्व छ कि तपाईंले तिनीहरूलाई हेर्नुहुन्छ, वा मानिसजातिको कि तपाईंले तिनीहरूको वास्ता दिनुहुन्छ?
38जति बेला धुलो कडा डल्लो बन्छ, अनि माटोका डल्लाहरू एकसाथ टाँसिएर बस्छ?
17मानिस के हो र तपाईंले उसको ख्याल राख्नुपर्ने, तपाईंले आफ्नो मनलाई उसमा लगाउनुपर्ने,
17मेरो प्राण शान्तिबाट वञ्चित भएको छ । प्रसन्नता के हो भनी मैले बिर्सेको छु ।
4उहाँले मेरो मासु र छाला गलाइदिनुभएको छ । उहाँले मेरा हाडहरू भाँचिदिनुभयो ।
9तपाईंले मलाई गर्भबाट ल्याउनुभयो । मैले आमाको दूध खाँदा नै तपाईंले मलाई तपाईंमा भरोसा गर्ने बनाउनुभयो ।
3यी दस पटक तपाईंहरूले मेरो अपमान गर्नुभएको छ । तपाईंहरूले मलाई कठोरतापूर्वक व्यवहार गरे पनि तपाईंहरू लाज मान्नुहुन्न ।